Saturday, August 12, 2023

स्वतन्त्रता र स्वच्छन्दता

 स्वतन्त्रता र स्वच्छन्दता

१. मोहिनी २७ वर्ष की छन् | उनको घरायसी अवस्था र आफै व्यबसाय निकै फस्टाएको छ | उनी विहानै ४:३० मा उठ्छिन् | स्नान, योग तथा आध्यात्मिक साधना गर्छिन् | स्वास्थका लागि हितकारी भोजन गर्छिन् | पति, छोराछोरी, सासुससुराप्रति उनले परम्परागत सम्मान गरेकै छन् | धार्मिक, सांस्कृतिक, सामाजिक दायित्वप्रति उनको सहभागिता निकै प्रसंसीय छ | केहीले उनको "परम्परावादी" भनेर आलोचना पनि गर्छन् तर उनको मधुर व्यबहार र खुसी परिवार देखेर मुख वन्द हुन्छ | उनको घरमा शास्त्रले बर्जित गरेको मदिराआदिको प्रवेश छैन | दुई जना बालबालिकाले विहानै उठेर आमावुवा र हजुरआमाआदिलाई नमस्कार गरेको देख्दा छिमेकीहरू छक्क पर्छन् | उनी आफ्नी मालिक आफै हुन् | उनको जीवन निकै नियमित, अनुशाशित र स्वतन्त्र छ |
२. अनुराग ३३ वर्षका छन् | उनी निकै सम्पन्न घरका सन्तान भएकोले आफ्नै ब्युजिनेश छ | उनी आफ्नो मनका मालिक छन् | धार्मिक, सांस्कृतिक तथा सामाजिक दायित्वप्रति उनी खुला विचार राख्छन् | उनलाई लाग्ग्छ, मान्छेको जीवन रमाइलोका लागि हो | उनी मन मौजी छन् | मनको रमाइलो र शरीरको मज्जाका लागि थाइल्याण्ड, अमेरिका पुग्छन् | उनी विवाह सस्थामा विश्वास राख्दैनन् | धार्मिक विश्वासहरूप्रति विद्रोह त छैन तर यदि धर्मले रमाइलो गर्न रोक्छ भने अर्थहीन ठान्छन् |
उनी आफ्नो घरमा कहिले आउँछन् वा जान्छन् घरका सदस्यहरूलाई पत्तो हुँदैन | खान-लाउन निकै मन गर्छन् | थुप्रै केटी साथी हुनु र स्वाभाविक ठान्छन् | उनको रमाइलो जीवन शैली देखेर युवा-पुस्ता उनीतिर आकर्षित देखिन्छ | तर सामाजिक, सांस्कृतिक, धार्मिक तथा अन्य दायित्व पुरा गर्नु पर्ने ठाउँमा उनको खोजी हुँदैन |
.....
उपरोक्त दुईबटा पात्रका जीवन शैली पढ्दा दोश्रो जीवनशैली प्रति आकर्षित हुने थुप्रै होलान् तर के तपाईंको परिवारले परिवारको सदस्यका रूपमा यस्तो व्यक्तिलाई स्वीकृति प्रदान गर्ला ? यो प्रश्न आफैसंग सोध्ने र उत्तर दिने हो | हो, सुन्दा यी दूवै शब्दले एकै अर्थ दिन्छन् जस्तो लाग्छ तर संस्कृत भाषाको विशेषताअनुसार निकै फरक छ | पहिलो शब्द स्वतन्त्रको अर्थ आत्मनियन्त्रण अर्थात् नियम, नीति तथा शास्त्रका अधिनमा रहेर कर्म गर्नु हुन्छ | स्वतन्त्रतामा सामाजिक, सांस्कृतिक, धार्मिक तथा कर्तव्यको पूर्ण पालन गरिन्छ | नियम पालन गर्नका लागि कसैको दवाव हुँदैन | तन्त्रको अर्थ हो - जालो | प्राचिनकालमा स्वेच्छाले शास्त्रीय मर्यादालाई पालन गर्नुलाई स्वत्रन्त्रता मानिन्थ्यो | स्वतन्त्रतामा आत्मनियन्त्रण हुन्छ |
मन र शारीरिक गतिविधिलाई विवेकको डोरीले बाँधेर कर्तव्यपूर्ण भावनाले कर्म गर्नेहरू स्वतन्त्र हुन्छन् र यसरी कर्म गर्ने निरपेक्ष वातावरण प्राप्त हुने अवस्था स्वतन्त्रता हुन्छ |
स्वछन्दताको अर्थ हो - आफ्नो मन, शरीर र आध्यात्मिक गतिविधिलाई हावाजस्तै जताततै बग्न दिनु | स्वच्छन्दतामा मन र शरीरमा बुद्धि तथा विवेकको नियन्त्रण हुँदैन | मन अत्यन्त चंचल हुन्छ | मनको चाहना र भावनालाई पूर्ण गर्नेतिर लाग्नुनै स्वच्छन्दता हो | स्वच्छन्दतामा विवेकको बन्धन हुँदैन, मन र इन्द्रियजन्य सुखानुभूतिलाई नै जीवनको सर्वोच्च लक्षका रूपमा परिचालित हुनेहरू स्वच्छन्दताको अभ्यास कर्ता हुन् | स्वच्छन्दतामा विवेकको भन्दा भावना र कर्तव्यको भन्दा अधिकारको डिमाण्ड हुन्छ |
स्वच्छन्दताले सामाजिक, सांस्कृतिक, धार्मिक, सामाजिक तथा राष्ट्रीय बन्धनलाई अस्वीकार गर्छ | कानुनी दण्डका डरले स्वच्छन्दतावादीहरू नियमित हुन्छन्, अन्यथा आत्मनियन्त्रणको अभाव हुँदा यिनीहरू अराजकनै हुन्छन् | स्वच्छन्दताको अर्थ हो विवेकशील र उच्चनैतिकतावादी झैं देखिएर इन्द्रिय र आफ्नो स्वार्थका परिचालित हुने | सजिलो भएकोले आजको समाजले मनको नियन्त्रण अर्थात् स्वच्छन्दतालाई बढी महत्व दिन्छ | सुखवादीहरू स्वच्छन्दताका प्रतिविम्ब हुन सक्छन् |
यसरी स्वतन्त्रमा आत्मनियन्त्रण, नियमन र मोक्षको लक्ष हुन्छ भने स्वच्छन्दतामा स्वार्थ, अराजकता, विद्रोह र बन्धनको लक्ष हुन्छ | मूल्य मान्यताहरूप्रति विद्रोह हुन्छ | स्वच्छन्दतावादले विश्वलाई कमसल बनाउँछ भने स्वतन्त्रताले विश्वलाई सफल र असल बनाउन मदत गर्छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...