Saturday, August 12, 2023

हिन्दू विरुद्ध

 १. यो देशमा हिन्दूहरू विरुद्ध जे बोले पनि हुन्छ, हिन्दूहरूलाई जे गरे पनि हुन्छ, हिन्दूहरूमा प्रतिकार गर्ने चरित्र छैन र यी सधैं अर्काको लुलुपोतो गरिरहन्छन् भन्ने भाष्य निर्माण भएको छ | सबै भन्दा उदेक लाग्दो कुरा त के हो भने एस्तो भाष्य निर्माणमा सबैभन्दा बढी सहयोग "धर्मनिरपेक्षवाद हिन्दु"ले नै गरिरहेका छन् |

२, यो देशको मौलिक संस्कृति मान्नेहरेक व्यक्ति नेपालको आदिवासी हो | नाकका आधारमा, बोलीका आधारमा, भूगोल र सम्प्रदायका आधारमा कुनै पनि विदेशी-शरणार्थी होइन - हिन्दूहरू र तिनका अगुवाहरूले सधैं यही कुरा भनिरहेका हुन्छन् | तर पनि सधैं हिन्दूहरू विरुद्ध उग्रतापूर्ण शब्द प्रयोग गर्ने, गालीगलौज गर्ने, अन्यायको सूत्राधारका रूपमा प्रस्तुत गर्नेहरूमा प्रधानमन्त्रीतहसम्मका व्यक्तिहरू छन् | नेपालका हिन्दू समुदाय विरुद्ध आपराधिक क्रियाकलाप विरुद्ध बोल्दा "धर्मनिरपेक्षता"को अपमान हुन्छ भन्ने भाष्य पनि यिनै धूर्तहरूले स्थापित गरेका छन् |

३. नेपालका हिन्दू-सनातनी विरुद्ध सर्वप्रथम गालीगलौज गर्नेहरू नेपाली होइनन्, | ती राजा पृथ्वीनारायण शाहले देश निकाला गरेका कप्युचिन पादरीहरू हुन् | आजको सभ्य, डेमोक्रेट र प्रगतिशील समाजमा नेपाली हिन्दू-सनातनीका विरुद्ध गालीगलौज गर्ने, शरणार्थी भन्दै अपमान गर्नेहरू यिनै कप्युचिनो पादरीहरूका "मूत्र-विसर्जन" हुन् भन्नका लागि प्रमाण दिनु पर्दैन | कप्युचिनोहरूको सिको गर्दै अहिलेका सरकारका मुखिया प्रचण्ड र उनका मतियार बाबुरामजीहरूले हिन्दूहरूको "खेदोखन्ने" काममा कुनै कसर छोडेनन् | आजभोली हिन्दू धर्म, संस्कृतिप्रति सहिष्णु भएको नाटक गरिरहेका छन् |

४. हिन्दूहरू ककेशियाबाट आएका हुन् भन्ने मनोगढ़ंत इतिहासका जनक एशियाटिक सोसाइटीका जन मिल हुन् | तेसपछि हिन्दूहरूलाई विदेशी आक्रान्ताका रुपमा परिभाषित गर्ने र हिन्दू-सनातनी वाग्मयको अनुवादका नाममा अनुचित र बाइबल वा अंग्रेजहरूलाई "महान्" भन्ने किसिमले अनुवाद गर्ने चलन आयो | आज विश्वका धेरै विश्वविद्यालयहरूका अनुसन्धानले "अंग्रेजहरूले भारतवर्षको वदनाम गर्न मिशिनरीहरूको मतियार बनेर मनगढ़ंते इतिहास लेखेका थिए" भन्ने कुरा निर्विवाद स्वीकार गरिसकेका छन् | तर नेपालको तथाकथित प्रगतिशील र समाजवादी तप्का गतार्थ भएको मनगढ़ंते इतिहास बोकेर हिड्ने "गधा"को काम गरिरहेको छ | आज पनि नेपालका प्रगतिशील, समाजवादीहरूको प्रमुख कार्य भनेकै "जोइन मिल"को इतिहास बोक्नु र कप्युचिनोका लागि समवेदनाका आँशु बगाउनु हो | अनि, हिन्दूहरूको चित्त दुख्छ नै |

५. नेपालको सबैभन्दा प्राचीन मन्दिर भक्तपुरको चाँगुनारायण हो | यसको शिलालेखले ब्राह्मणक्षेत्री नेपालका रैथाने हुन् भन्ने प्रमाणित गरेको छ भने सिङ्गो सिंजाउपत्यकाको इतिहासले र बुद्धका जातकहरूले वर्णाश्रमी सनातनीको अस्तित्वलाई नेपालको आदिवासी समुदायका रूपमा प्रमाणित गरेको छ | यदि बाहुनक्षेत्री आदिवासी होइनन् भने क्षत्रीय शुद्धोदनका छोरा सिद्धार्थ पनि आदिवासी हुँदैनन् र मुन्दुममा उल्लेख भएका ब्राह्मण-क्षेत्रीहरुको अस्तित्व पनि झूटो हो | हिन्दूहरूलाई "अन्य" समुदाय भनेर २०७३ को संबिधानले जातीय घृणावाद फैलाएको हो | संविधानले जुन समुदाय र वर्गलाई "आदिवासी जनजाति" भनेर मान्यता दिएको छ यसले यो समुदायलाई पनि अन्याय गरेको छ किनभने यसले कसैलाई "नेपाली" बन्न दिंदैन | यही संबैधानिक व्यबस्था स्थापित गरेर विदेशीहरूले यी रैथाने समुदायको मनमा अर्को रैथाने समुदाय "हिन्दूहरू"ओरती घृणा फैलाएका छन् | हिन्दूहरूको तेजोवध गर्दा खुशी हुनेहरू देशका नागरिक अवश्य हुन् तर आत्माचाहिं विदेशीको हुन्छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...