Tuesday, December 30, 2014

हिन्दुत्व सम्वन्धी दशवटा उत्तर !!!

हिन्दुत्व सम्वन्धी दशवटा उत्तर !!!
हिन्दू संस्कृति र धर्मको उत्पत्तिका वारेमा बाइबलका आधारमा पाश्चात्यहरू दिएको इतिहास झूटो हो | हालका अध्ययनहरू बेदहरूको समय कमसेकम १० हजार वर्ष भएको र भाषाको विकास सम्वन्धी अध्यताहरूले समेत वेदहरू प्राचीनतम मानवरचित ग्रन्थ प्रमाणित गरेका छन् | धन, बल र छल सम्पन्न मिसनरीहरूले हिन्दू धर्म र संस्कृति बदनामी गरिरहेका छन् | यहाँ हिन्दूहरूका विषयमा धेरै सोधिने दशबटा प्रश्नहरूको सरल उत्तर प्रस्तुत गरिएको छ |


आत्मा (जीवात्मा) के हो ?

हिन्दूहरू आत्माको अमरतामा विश्वास गर्छन् | वेद, उपनिषद्, पूराण र अन्य धर्म ग्रन्थहरूले आत्माका विषयमा वर्णन गरेका छन् | गीताको दोस्रो अध्यायमा आत्मालाई, अजरमर, नित्य, अभेद्यआदिका रूपमा वर्णन गरिएको छ | दार्शनिकहरूले आत्माको विषयमा अत्यन्त ध्यान दिएर खोज गरेका छन् | वेद र उपनिषद्हरूले आत्माको अनन्तता र नित्यताका प्रसस्त रुपमा बोलेका छन् | वेद र उपनिषदले वर्णन गरेको आत्मा सम्वन्धि अवधारणालाई दार्शनिकहरूले फरकफरक तवरले बुझ्ने प्रयत्न गरेका छन् |

महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो निवन्ध 'पाँचबटा चाहिने कुरा' आत्मालाई तेस्रो प्राथमिकता राखेका छन् | वेदका अनुसार आत्माको नै जीवात्मा हुन् | आत्मा कसले निर्मित गरेको वस्तु होइन | जव नित्य आत्माले संसारको संसारको सुख भोग्ने विचार गर्छ अनि, ऊ जीवात्मा बन्छ | यो शरीर आत्माको अस्थायी निवास स्थान हो | शरीरमा आएर जीवात्माले पापपुण्य कमाउछ | पापकर्म गरेर पशुआदि योनिमा जन्म लिएर कर्मको फल भोग्छ भने राम्रो कर्म गरेमा स्वर्गआदिमा गएर सुखको उपभोग गर्छ |

केही हिन्दूग्रम्थहरूले आत्मालाई भगवानको सानो अंशका रूपमा वर्णन गरेको पाइन्छ भने केहीले आत्मालाई 'ब्रह्म' भएको विश्वास गर्छन् | यहाँ हामीले बुझ्नु पर्ने मुख्य विषय के हो भने हिन्दू धर्मका अनुसार संसारका हरेक वस्तुमा आत्माको निवास छ | पशु, पक्षी, जलचर, थलचर, अन्तरीक्ष तथा अन्य लोकहरू पनि आत्मा (जीवात्माले) भरिपूर्ण छन् | हाम्रो आत्मा परमात्माको अंश वा ब्रह्म भएकोले यसमा पनि उसका सूक्ष्म गुणहरू विद्यमान छन् र त्यसैले संसारका हरेक वस्तु पूजनीय र श्रद्धायोग्य हुन्छन् | गाई, ब्राह्मण र कुकुरको शरीरमा रहेको आत्मामा कुनै भेद छैन | शरीर आत्माको अस्थायी घर भएकोले स्त्रीपुरुषका रुपमा चिनिन्छ तर आत्मा आफैमा स्त्री वा पुरुष होइन |

वाइबल वा कुरानले शरीरलाई नै आत्मा भनेर वर्णन गरेको छ | बाइबल-कुरानकाअनुसार परमेश्वरले छ दिनमा संसारको सृष्टि गरेपछि सातौं दिन विश्राम गर्यो | पछि आफुले एक्लोपन अनुभव गरेपछि 'माटो'बाट वर्तमान मान्छेको आकृति बनायो र त्यसमा फुकेर 'प्राण' हाल्यो | बाइबल र कुरान दूबैले रगतलाई नै आत्मा मानेका छन् | कुरान र बाइबलका अनुसार लोग्ने मानिस बाहेक अन्य कुनै पनि जीवित वस्तुमा आत्मा हुँदैन | महिलामा पनि आत्मा हुँदैन किनभने परमेश्वरले स्त्रीलाई पुरुषले भोग्न बनाएको हो | धार्मिकग्रन्थहरूको यही मान्यताले गर्दा मुस्लिम र इसाईहरूले महिलालाई बस्तुका रूपमा ब्यबहार गर्छन् | इराकका कट्टरपन्थी आतंकवादी ISSI ले वन्धक वनाएका यजदि महिलाहरूलाई बोलिलगाएर बेचिरहेका छन् |

आजका क्रिस्चियनहरू ब्यबहारिक रूपमा वदलिएका भए पनि सत्रौं शताब्दिसम्म महिलालाई हेर्ने र ब्यबहार गर्ने दृष्टिकोण आजका मुस्लिमहरूसंग मिल्थ्यो | आज पनि कट्टरपन्थी इसाईहरूले महिलामा आत्मा हुँदैन नै भन्ने विश्वास गर्छन् | जव मुस्लिम र क्रिश्चियन धर्म ग्रन्थले महिलामा आत्मा हुने कुरालाई अस्वीकार गर्छन् भने अन्य जीवित वस्तुमा आत्मा भएको विश्वास गर्ने कुरै भएन | यसै कारण यिनले प्राणीको सजिलै हत्या गर्छन् | रह्यो कुरा, लोग्ने मानिसमा रहेको आत्मा, यदि यसले बाइबल वा कुरानको आदेशअनुसार काम गर्यो भने स्वर्ग जान्छ नत्र हमेशाका लागि नर्कमा जान्छन् |

तर हिन्दू धर्मकाअनुसार शरीर आत्माको अस्थायी निवास भएकोले स्त्री वा पुरुषको शरीरमा निवास गर्ने आत्मा एउटा नै हुन्छ | आत्माका रूपमा स्त्री र पुरुष दूबै समान छन् | हरेक आत्माको कर्तब्य आफ्नो मूल स्वरूप प्राप्त गर्नु हो | आत्मा विशुद्ध तत्व भएकोले त्यो पुरुष वा स्त्री हुँदैन | उपनिषद्का अनुसार जीवात्माका रूपमा हरेक व्यक्तिको प्रमुख लक्ष नै आफ्नो पूरातन स्वरूपलाई प्राप्त गर्नुहो | ''आत्मा वारे चिन्तब्यो, मन्तब्य वा निधिध्यासितव्य वा | आत्मा नै ज्ञानको प्रमुख विषय भएकोले यस वारे विचार गरौँ, चर्चापरिचर्चा गरौँ र यसैका विषयमा खोजतलास गरौँ | भक्तहरू भगवानका समिप जान्छन् भने ज्ञानीहरू भगवानसंग एकरूप हुन्छन् | यसरी, हिन्दू धर्मकाअनुसार आत्माको बयक्तिकता कहिल्यै पनि लोप हुँदैन |

हिन्दु धर्मको आरम्भ कसरी र कहिले भएको हो ?

हिन्दु धर्मको आरम्भ कसरी र कहिले भएको हो ?
सनातन धर्म, बैदिक धर्म, हिन्दू धर्म, आर्य धर्मका रूपमा हामीले हाम्रो धर्म, संस्कृतिलाई बुझ्नुपर्छ | धर्म र पन्थ यी दुवै फरक-फरक कुरा हुन् | पन्थ (रिलिजन) एउटा मानिसले स्थापित गरेको हुन्छ, उसको एउटा किताव र एउटा पवित्रस्थल हुन्छ | उदारणका लागि क्रिश्चियन, मुस्लिम र बौद्ध पन्थ हुन् | उदाहरणका लागि इसाई धर्मका संस्थापक इसा-मसी ह हुन्, धार्मिक पुस्तक बाइबल, तीर्थस्थल इजरायल र पूजाअर्चना स्थल चर्च हो | मुस्लिम पन्थका संस्थापक मोहम्मद हुन् भने आध्यात्मिक पुस्तक कुरान, पूजास्थल मस्जिद र तीर्थस्थल मक्का हो | एउटा पन्थका हजारौं सम्प्रदायहरू हुन्छन् | इसाईहरूका करिव ४३० बटा सम्प्रदाय भएको विश्वास गरिन्छ भने मुस्लिमका सीया, सुन्नी, अलहदिस आदि ७३ र बौद्धका थेरवाद, महायान र बज्रयानआदि ८० बटा जति सम्प्रदायहरू छन् | सम्प्रदायहरूले एकआपसको धार्मिक अस्तित्वलाई झूटो ठान्छन् र आफु बाहेकको ‘उपासक’ नर्कमा जाने वा ईश्वरबाट दण्डित हुने ग्यारेन्टी गर्छन् | सीयाहरूले सुन्निलाई देखि सहन्नन् भने क्याथोलिकले प्रोस्टेस्टेन्टलाई देखि सहदैनन् | उपरोक्त पन्थहरू मान्छेले बनाएका हुन् त्यसैलेले इतिहासले समय किटानी गर्न सकेको छ |

संसारमा वैदिक-सनातन संस्कृति नै’ एकमात्र धर्म हो | धर्म-प्राकृतिक विषय भएकोले कुनै व्यक्ति विशेषले स्थापना गर्ने प्रश्न नै उठदैन | श्रीमद्भागवतमा भगवान नारायणले धर्मको स्थापना आफुले गरेको भन्नु भएको छ (धर्मंतु साक्षात्भगवत् प्राणितं) | नारायण आफैमा अनादि तथा अनंत भएकोले उहाँले स्थापित गरेको धर्म पनि अनादि र अनन्त नै हुन्छ | त्यसैले हिन्दूधर्मको संस्थापक स्वयम् भगवान भएकोले यो मानवीय इतिहासमा बाँधिन सक्दैन | अत: हिन्दू वैदिक सनातन धर्म अनादि, अनन्त र समग्र हो | पन्थहरूले धर्मपरिवर्तन गर्छन्/गराउँछन् | मुस्लिम वा क्रिश्चियन बन्न सुन्नत (लिंगको छाला काट्ने) बेप्तिस्म (पानीमा डुबेर धर्म परिवर्तन गरेको प्रतिज्ञा) गर्नुपर्छ तर हिन्दू बन्नका लागि कुनै प्रकारका शर्त हुँदैनन् | हरेक व्यक्ति जन्मदा नै हिन्दू भएर जन्मन्छ | अमेरिकाको प्रसिद्ध टाइम म्यागजिनमा धर्मको स्तम्भ लेख्ने प्रसिद्ध लेखिका लिन्डाले यस वारे सटीक टिप्पणी गर्दै लेखेकी छिन् ‘हरेक मान्छे जन्मदा हिन्दू भएर जन्मन बाध्य छ र अहिलेको अमेरिकी समाजले ७६%प्रतिशत जनताले आफुलाई इसाई भने पनि ब्यबहारमा हिन्दू नै छ | योगप्रतिको बढ्दो चासो, धर्मप्रति स्वत्रन्त्र विचार तथा चिहानमा गाड्नु भन्दा आफुलाई जलाउन उचित ठान्नु : यी सबै कुरा यो समाजले हिन्दूबाट स्वीकार गरिसकेको छ | त्येसैले आज हिन्दू संस्कृति विश्व धर्म बनेर उदाइसकेको छ | हामी क्रमश: हिन्दू बनिरहेका छौ |

यसरी हिन्दूधर्मलाई पन्थ वा सम्प्रदायसग तुलना गरेर समयमा नाप्ने प्रयत्न गर्नु मूर्खत हुन्छ | पश्चिममा विद्वानहरूले विश्वका कुनै पनि धर्म र संस्कृतिलाई बाइबलको सृष्टि आरम्भ भएको समय ई.पू. ४००४ भन्दा पूर्व भएको तत्थ्य सहन नसक्ने हुँदा हिन्दू-धर्मको स्थापना र विकास ई.पू. १५०० तिर भएको काल्पनिक इतिहास बनाएका छन् | जुन हिन्दू धर्मावलम्बीहरूलाई मान्य छैन |

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...