Thursday, October 26, 2017

एनआरएनको सम्मेलन हुँदाहुँदै

एनआरएनको सम्मेलन हुँदाहुँदै
हाल काठमाडौंमा विदेशमा छरिएर रहेका नेपालीहरूको सम्मेलन हुँदैछ | सम्मेलनले नेतृत्व चयन गर्ने छ | उनीहरूले नेपाल र नेपाली प्रति देखाएको मायाको सम्मान गर्छु |

सम्मेलनमा नेतृत्व चयन गर्न आएका सबै नेपालीहरू शेष, लामिछाने, महतहरूझैं पूँजीपति छैनन् | कसैसंग पूँजी होला, कसैसंग सीप | धन र सीपमा सहकार्य हुनुपर्छ | सिपालु र धनिमा सहकार्य हुनुपर्छ |

विदेशी नै भए पनि नेपालीहरूमा नेपालको संकीर्ण जातिवाद, घृणावाद, अस्वीकार्यवाद, जडसूत्रतावाद हावी भएको देख्दा दुख लाग्छ | एनआरएनको नेतृत्व र सदस्यहरूले नेपालमा फैलिँदो घृणावाद, उच्छेदवाद र नेपालको विविधतालाई विभिन्न वहानामा समाप्त पार्न तम्तयार राजनैतिक शक्तिलाई सकारात्मक दिशामा बढ्न उत्प्रेरणा दिने कारक बन्न सक्नुपर्छ |

एउटा अर्को तीतोसत्य पनि बोल्नैपर्छ - आम नेपालीहरूले एनआरएनहरूलाई "धनको धक्कु लगाउने" शक्तिका रूपमा बुझ्दछन् | एस्तो बुझाईका कारण उनीहरूले व्यक्तिगत तथा समुहगतरूपमा नेपालको विकासको लागि गरेको कामलाई ओझेलमा पार्छ | सम्मेलनले एनआरएनले गरेका विकासकार्यको संदेश जनतासम्म पुर्याउने कार्ययोजना बनाउनुपर्छ |

पश्चिमा मोडेलको राजनैतिक विचारधारालाई अङ्गिकार गर्दा नेपाली समाज घृणावादको भूमरीमा फंसेको छ | राजनैतिक नेतृत्वहरू शक्तिकेन्द्रहरूका खेताला भएका छन् | एनआरएनले आफुलाई नेपालका राजनैतिक नेतृत्वको खेताला बन्नबाट जोगाउन सक्नुपर्छ | हामी नेपालीहरूका लागि वर्तमान राजनैतिक नेतृत्व र प्रणाली बाध्यता होला तर तपाईंहरूका लागि छैन |

विश्वमा नेपालीहरूको पहिचान आतंककारीका रूपमा छैन | भ्रष्टाचारले गाँजे पनि नेपाली जनतालाई विकसित, विकासशील राष्ट्रहरूले विश्वास गर्छन् | वेलायतजस्तो विकसित देशमा नेपालीहरूले सैन्य-सेवा गर्छन् | एस्तो विश्वसनीयतालाई अगाडी सारेर एनआरएनहरूको संजालले नेपालीहरूलाई भिजा-फ्री बनाउनेतिर पहल गर्नुपर्छ |

एनआरएनहरू आफैले स्वीकार गरे पनि नगरे पनि उनीहरू नेपालका लागि अवैतनिक राजदूत हुन् - आफ्नो देशका लागि | खासगरी, अमेरिका-अस्ट्रेलिया र क्यानाडाजस्ता मानव शक्तिको खाँचो भएका देशहरूमा एनआरएनले नेपाली नागरिकका लागि फ्री-भिजाका लागि पहल गर्नुपर्छ |

एनआरएनहरू "बसुधैव कुटुम्बकम्" बलियो संवाहक हुन् | उनीहरूको उपस्थितिले नेपाल गौरवान्वित भएको छ र उनीहरूको देशमा नेपाली नागरिकहरूका लागि सहज बनेको छ | एनआरएनहरूको आपसमा मन मिलोस् र नया नेतृत्वले प्रेम, सद्भावना र सहकार्यको संस्कृतिमा जोड देओस | घृणावाद र अस्वीकार्यतावादको अन्त्य गर्न सफल होस् |

एनआरएन आफ्नो जरोकिलोसंग जोडिन गरिरहेको प्रयास अत्यन्त सम्मान जनक छ | आ-आफ्नो देशमा नेपालका रैथाने धर्म, संस्कृति तथा भाषाहरूको प्रवर्धन गर्न पनि उहाहरूले सहकार्य गर्नुपर्छ | सबैले सबैको भाषा तथा संस्कृतिको विकासका लागि सहकार्य गर्नुपर्छ | त्यहाँ विकसित भैरहेको नया पुस्ताले त्यहाको स्थानीय भाषा सहित नेपाली, मैथिली, भोजपुरी, नेवारी, तामांग, गुरुङआदि बोलीहरू बोल्न सके कति राम्रो होला ? घृणावादले गर्दा नेपालमा यो सम्भव भएन तर विदेशमा एस्तो हुन सक्छ |
नया नेतृत्वलाई बधाई र शुभकामना

लुलु गाईको संरक्षण - दुवै हातमा लड्डु !!!

हिमाली भेकमा पाइने लुलु गाई नेपालको रैथाने जातको गाई हो | यो गाई मुस्ताग लगायतका हिमाली जिल्लाहरूमा पालिन्छ |

यसको वजन र आकार एउटा सप्रेको बाखो भन्दा बढी हुँदैन | घाँसको अभाव हुने हिमाली जिल्लाहरूमा यो पाइन्छ र रौं लामा हुनेहुँदा हिमाली जाडोलाई सजिलै सहन्छ | सानो आकारको हुनाले घाँस पनि थोरै भए पुग्छ |

पर्वत लगायत पहाडी जिल्लाहरूका रैथाने गाईहरू पनि अग्ला र ठूला त हुँदैनन् तर लुलु कै विकसित रूप हो कि भन्ने भान पर्छ |

लुलु गाईको दूध अत्यन्त घीऊ लाग्ने खालको हुन्छ | मुक्तिनाथमा भेटिएका बुजुर्गले भने "ज्वरो आयो, चीसो लाग्यो, शरीर दुख्यो, माहवारी विग्रीयो, बच्चा जन्मन गारो भो भने मनतातो दूधको प्रयोग हुन्छ |

धेरै रोगमा गहुतको प्रयोग पनि हुन्छ | खासगरी उडुस र जुम्रा, लुतो र घाऊ पाक्नबाट जोगाउन गहतको प्रयोग हुन्छ भने मर्किएको, हाड भाच्चिएको अवस्थामा वेसार र गोवर तताएर बाधिन्छ |

तर बढ्दो आधुनिकीकरण र व्यक्तिवादी प्रवृतिका कारण यी रैथाने गाईहरू लोप हुने अवस्थामा छन् | सरकारी वा गैर-सरकारीतहबाट यी रैथाने गाइहरूको संरक्षणको लागि कुनै प्रयास भएको देखिन्न न सुनिन्छ |

सबै मान्छेहरू ब्यापारी भएका छन् | सुँगुर र गाईको मिश्रणबाट विकसित गरिएको जर्सी गाईतिर मान्छेको अभिरुचि बढ्दो छ | धेरै दूधले स्वास्थ्य पनि धेरै राम्रो गर्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ |

नेपालको राष्ट्रीय पशु नै भए पछि यसको संरक्षण गर्नु र त्यसप्रति जनतामा चेतना संचार गर्ने काम सरकारको प्राथमिकतामा पर्नुपर्छ भने गाईलाई राष्ट्रिय पशु घोषित गर्न/गराउन अफ्फ्नो प्रयास रहेको भन्ने गोवादी संघसंस्थाहरुले पनि लुलु गाईको संरक्षणमा ध्यान दिनुपर्छ |

बौद्धहरूले गाईको पूजाआजा त गर्दैनन् तर तिनको मासु पनि खाँदैनन् | उनीहरूले हिन्दू देवीका रूपमा पूजिने गाई प्रति अगाध श्रद्धा राख्छन् | यदि सनातन धर्मावलम्वीहरू लुलु-गाईको संरक्षणका लागि अगाडी सर्छन् भने हिमाली समुदायको पूर्ण समर्थ रहन्छ - बुजुर्गले भने |

विदेशी पर्यटकको गतिविधि बढ्न थाले पछि स्थानीय मानिसहरूले अन्य पेशा अपनाउन थालेका छन् | सरदार २० वर्ष आयुभएको र लैनो हुँदा दूई किलो सम्म दूध दिने गाई अहिले रुचिको विषय रहेन |

यदि यसै किसिमले लुलु गाईको अपेक्षा हुने हो भने आगामी वीसवर्षमा "नेपालको रैथाने जातको गाई लुलु थियो र अहिके लोप भैसकेको अवस्था छ" भनेर इतिहासमा पढाउनु पर्ने छ |

लुलु गाईको दूधको गुणबत्ताको चर्चा गर्दा ऋषि बशिष्ठले पालेको कामधेनु गाई लुलु नै हुनुपर्छ | लुलु गाईको दूध हिमाली औषधिहरूको सार हो | लुलु जुन बेला पनि दुहुन सकिन्छ र दूधमा चिनी हाल्नु पर्दैन |

मिल्छ भने मुक्तिनाथमा "लुलु गाईको लागि गौशालाको निर्माणतिर प्रयन्त गरौँ | यसले नेपालको रैथाने हिमाली जातको गाईको सुरक्षा सुनिश्चित हुन्छ | यसतिर ध्यानदिन सके "गाई-पूजा" सफल हुनेछ |

दुई करोड हिन्दूहरूले गाईपूजामा गर्ने सरदर खर्च २०० रुपैया रहेको अनुमान गर्छु | यदि यो खर्च लुलु-गौशाला निर्माण गर्न जम्मा गर्ने हो भने धर्म पनि हुने नेपालको रैथाने जातको गाईको संरक्षण पनि हुने | स्वर्ग पनि मिल्ने धरतीमा असल काम पनि हुने - दुवै हातमा लड्डु !!

(फोटो : लेखक लुलु गाईसंग)

हिन्दूधर्मको विद्वान् को ?

हिन्दू धर्म, संस्कृति तथा रितिरिवाजका विषयमा जान्ने र बुझाउने सबैभन्दा प्रमाणिक स्रोत हिन्दूहरू नै हुन् | तर यसो भनिरहंदा हिन्दू लेख्नेहरू सबैले हिन्दूत्वको प्रतिनिधित्व गर्छन् भन्नु उचित हुँदैन |

वि.स. २०६३ मा नेपाल धर्मनिरपेक्ष घोषित भएपछि नेपालमा हिन्दूधर्मको चर्चा बढी नै हुन थालेको छ | हिन्दू धर्मको ब्याख्या गरेर नेता बन्ने लिगलिगेमा धेरै स्वयम्भू विद्वानहरू थपिएका छन् | यी सबै आफु बाहेक अर्कोलाई विद्वान ठान्दैनन् | विद्वताको यो प्रदर्शन सनातन धर्मको चिन्तामा भन्दा आफु नेता बन्ने विषयमा केन्द्रित रहेको हुन्छ भन्ने कुरा अव लुकेको छैन |

वास्तविकता के हो भने अहिलेका धेरै हिन्दूहरू केवल लिखितम् हिन्दू हुन् र यिनीहरूबाट हिन्दुत्वको प्रमाणिक स्वरूप बुझ्न सकिन्छ भन्नु पूर्ण सत्य हुँदैन | हिन्दूत्व बुझ्न र बुझाउनका लागि कमसेकम संस्कृत र संस्कृतिको पालन गर्ने हुनुपर्छ |

अहिन्दू पनि हिन्दु संस्कृतिका विद्वान हुन सक्छन् | तर उनको त्यो विद्वता हिन्दू धर्म तथा संस्कृतिभित्र रहेका कमीकमजोरीहरू खोजेर यसलाई कमजोर तुल्याउन आर्जित गरिएको हो कि वास्तवमा हिन्दू संस्कृतिको विकासक्रमसंग जोडिएको वास्तविकता प्रकट गर्ने प्रयोजनसंग सम्वन्धित छ |

मेरो अनुभवमा, केही मान्छेहरू प्रायोजित रूपमैं हिन्दू धर्मको अध्ययन गरेर वदनाम गर्ने प्रयोजनका लागि खटिएका हुन्छन् | र केही व्यक्तिहरू अनुसन्धानको पवित्र उदेश्यसंग आवद्ध भएर हिन्दूत्वको अध्ययन गर्छन् |

मैले भनिसकें हिन्दू धर्मको लुपहोल खोज्न हिन्दू धर्मको अध्ययन गर्ने मध्ये ५०% विद्वानहरू सनातन धर्ममा प्रवेश गरेका छन् भने ५०% हिन्दुत्वको खैरो खान्ने जनशक्तिका रूपमा परिचित छन् |

तर यहाँ एउटा कुरा भने उल्लेख गर्नैपर्छ - हिन्दू संस्कृतिमा धर्मपरिवर्तनको कुनै अवधारणा छैन | धर्म छोडेर कुनै मान्छे हिन्दू बन्दैन | धार्मिक बनाउने काम मुस्लिम तथा इसाईमा हुन्छ | हिन्दुत्वसंग आफु जोडिनुपर्छ |

एउटा हिन्दूको मनमा हिन्दुत्वप्रति पूर्वाग्रह हुनु प्राकृतिक ठहरिन्छ र इसाईमा पनि यही तत्थ्य लागु हुन्छ | तर हिन्दूहरूको उद्गम नै बहुलतावादमा आधारित भएकोले उनीहरू एकेश्वरवादमा आधारित अनुसन्धाताहरू भन्दा मानसिकरूपमा धेरै फराकिलो विचारका हुन सक्छन् |

यदि कुनै हिन्दूको शिक्षा एकेश्वरवादी विचारधाराको स्रोतबाट विकसित भएको शिक्षा पद्यति (अमेरिकन, युरोपेली, अस्ट्रेलियन शिक्षापद्यतिको विकास चर्चबाट भएको हो र नेपाल-भारतमा त्यसैको नक्कल गरिएको छ) ले पनि आफुलाई निरपेक्ष राख्न सक्दैन | नेपाल र भारतका आधुनिक विविबाट प्रशिक्षित विद्वानहरूले युरोपेली र अमेरिकी खोजहरूलाई "अमृत" ठान्नु र उनीहरूले यहाँका अनुसन्धानहरूमा विश्वास गर्न नसक्नु यसैको उपज हो |

असलमा, आजभोली हिन्दू धर्म, संस्कृति तथा सभ्यताका सबैभन्दा ठूला शत्रु विदेशी होइनन्, विदेशीको नक्कलमा स्थापित गरिएका हाम्रै विश्वविद्यालयबाट उत्पादित विद्वानहरू नै हुन् | उनीहरूको मनोविज्ञानमा युरो-अमेरिकेली सुप्रिमेसीको भूत चढेको छ |

धर्मको महलमा हिन्दू लेख्नेहरू सबै मान्छे सनातन धर्मका विज्ञ हुँदैनन् |

सांस्कृतिक आमहत्याको संघारमा नेपाल

अमेरिकी गठबन्धनले १९९२ मा इराकमा आक्रमण गरेर त्यहाँ नरसंहार मचाएको धेरै समय वितेको छैन | त्यो आमसंहार हतियार प्रयोग गरेर मचाइएको थियो र अहिले पनि अमेरिका लगायत देशहरूको प्रत्यक्ष-अप्रत्यक्ष संलग्नतामा आमसंहारहरू भैरहेका छन् |

नेपाल हिन्दू तथा बौद्ध बहुल देश भएको र यहाका जनता पनि शान्तिप्रिय भएकोले यो गठबन्धनले हतियार बेच्नका लागि आमसंहारको प्रोपोगान्डा रच्न सम्भावना नभएपछि सांस्कृतिक आमसंहारको संरचना खडा गरेका छन् | एस्तो संरचना अमेरिकी स्टेट-विभाग अन्तर्गत र युरोपेली कमिशनको धर्म तथा मानवाधिकार शाखाभित्र खडा गरिएको छ |

जहाँ शान्ति छ, त्यहाँ यी राष्ट्रहरूले आफ्नो प्रभाव विस्तार गर्न धर्म तथा मानवाधिकार शास्त्रको प्रयोग गर्छन् | मैले लेखिरहेका यी हरफहरू अमेरिका वा युरोपेलीहरूप्रति विद्द्वेषका कारण होइन, उनीहरूले विगत २६ वर्षदेखि सार्वजनिक गरिरहेका रिपोर्टहरूमा आधारित छन् |

स-साना जातीय समुदायका व्यक्तिहरूलाई युरोपेली वा यु.एनमा जागिर दिने र त्यहाँ उनीहरूलाई "सामाजिक तथा सांस्कृतिक विद्रोह गर्न प्रशिक्षण दिएर विद्रोही बनाउने काम तिनले गर्छन् | पछि तिनै विद्रोहीहरूलाई सामाजिक अभियन्ताका रूपमा खडा गरेर सामाजिक घृणावादको विकास गर्छन् | मेरो कुरा नपत्याए नेपामा युएन वा युरोपेली-अमेरिकी निकायमा जागिर खाइरहेका वा रिटायर भएकाहरूको जीवनचर्याका विषयमा आफ्नै बुझ्नुहोस् | उत्तर मिल्नेछ |

लोभले होस् वा जानेर नै होस्, नेपालको रैथाने धर्म संस्कृति तथा रितिरिवाजसहित साहित्यिक सम्पदाको विनाश गर्न धेरै राजनीतिज्ञ, समाजसेवी र पण्डितसम्म लागेका छन् | यसको प्रत्यक्ष उदहारण हो - बजेटमा विदेशी निर्भरता र आइएनजिओहरूको अच्काली सक्रियता |

पाठ्य पुस्तकहरू अग्रेजीकरण गरिनु, अदालतमा अंग्रेजी अनिवार्य गर्नेतिर प्रयत्न गर्नु, नेपालमा सबैभन्दा थोरै समुदायलाई प्रतिनिधित्व गर्ने इसाई धर्मलाई "नेपालको प्रमुख धर्मका रूपमा पाठ्यपुस्तकमा समेटिनु, १९६२ सम्म केवल ८-१० संख्यामा रहेका चर्चहरू बढेर सन् १९१६ एकाएक ९००० को हाराहारीमा पुग्नु, अंग्रेज राजदूतले खुला रूपमा नै धर्मनिरपेक्षताका विषयमा बोल्नुआदि सांस्कृतिक आमहत्यातिरको स्पस्ट संकेत हो |

अमेरिकाको स्टेट विभाग अन्तर्गत ब्युरो अफ डेमोक्रेसी, ह्युमन राइटस् एण्ड लेबरले विश्वभरीमा प्रजातन्त्र, मानवाधिकार तथा धार्मिक स्वतन्त्रताको अवस्थाको डाटा प्राप्त गर्छ र हरेक वर्ष ती डाटामा आधारित रहेर प्रजातन्त्र, मानवाधिकार र धार्मिक स्वतन्त्राको विषयमा रिपोर्ट रिलिज गर्छ | अचम्मको कुरा के छ भने अमेरिकाको यो समुहमा एकजना पनि हिन्दू, जैन, बौद्ध, सीख छैनन् |

उपरोक्त रिपोर्ट दिने काम धेरैजसो चर्च तथा चर्चसंग सम्वन्धित गैर-सरकारी संस्थाहरूले गर्छन् | उक्त संस्थाले २००१ देखि लगातार नेपालको धार्मिक स्वतन्त्रताका विषयमा आफ्नो धारणा गर्दै आएको छ | विभागले नेपालमा धार्मिक स्वतन्त्रताको वाधकतत्वका रूपमा हिन्दू तथा बौद्ध संस्कृतिलाई देखेको छ | हरेक वर्ष नेपाली रैथानेहरू संस्कृतिहरूलाई धार्मिक स्वतन्त्रताको वाधक तत्वका रूपमा प्रस्तुत गर्छ |

यदि नेपालका रैथाने धार्मिक संस्थाहरू हिन्दू, बौद्ध, जैन, किरातआदि धार्मिक स्वतन्त्रताका लागि वाधक छन् भने उसले कुन धार्मिक समुहका लागि धार्मिक स्वतन्त्रताको अपेक्षा गर्छ त ? यो कुरा आम मानिसले बुझ्न सक्दैनन् तर नेतृत्वमा भएकाहरूले राम्ररी बुझेका छन् | संविधान जारी गर्नु पूर्व हिन्दूराष्ट्रका सवालमा जनमत त्यसै दवाइएको होइन |

असलमा, जानेर वा नजानेर नेपालमा धार्मिक स्वतन्त्रता छैन, दलित तथा महिलाहरू अत्याचार ग्रस्त छन् भनेर रिपोर्ट दिने संस्थाहरूले नेपालको रैथाने सांस्कृतिक संस्थाहरूको आमहत्या गरिरहेका छन् | अहिले नेपालीहरूका लागि सबैभन्दा महत्वपूर्णका नै "सांस्कृतिक आमहत्या देखि नेपाली समाजलाई जोगाउने काममा क्रियाशील हुनु हो |"

नेपालको सांस्कृतिक आमहत्याको प्रायोजक वा प्रतिनिधिका रूपमा संयुक्त राष्ट्रमा काम गर्ने वा गरिसकेका तथाकथित नेपाली विद्वानहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्न सकिन्छ | एक पटक यु.एन. एजेन्सी वा अन्तरास्ट्रिय गैर-सरकारी संस्थामा काम गरेकाहरू या त चरमजातिवादी हुन्छन् वा अमेरिका-युरोपेलीवादी हुन्छन् |

मैले थोरै मात्र यस्ता विद्वानहरू भेटेको छु जसले यु.एन. एजेन्सी वा अन्तरास्ट्रिय गैर-सरकारी संस्थामा काम गरेपछि नेपालमुखी भएको भेटेको छु | धेरैजसो यु.एन. एजेन्सी वा अन्तरास्ट्रिय गैर-सरकारी संस्थामा काम गरेका पूर्वजागिरेहरू नेपालको रैथाने, धर्म, संस्कृति परम्पराको आमहत्या गर्न/गराउन क्रियाशील छन् भन्दा अत्युक्ति हुँदैन |

अहिले नेपालको राजनीति, शिक्षानीति, सामाजसेवा, मानवाधिकार सबै आयातित भएको र यिनको स्रोत पनि विदेश मै रहेकोले यिनको विकास हुँदैजाँदा नेपालको रैथाने सम्पदाहरू मासिन्छन् नै | यस अर्थमा नेपाली समाज क्रमशः सांस्कृतिक आमहत्यातिर अगाडी बढिरहेको छ |

जरोकिलोतिर फर्कनु नै यसको बलियो विकल्प छ |

साँचो हराएको पण्डित


पण्डित रामचन्द्रले आफ्नो दराजको साँचो विर्सेछन् | उनी आफ्नो शिष्यसंग घरको आँगनमा केही खोजिरहेका देखेर छिमेकीले सोधे -

"पण्डित जी के खोज्दै हुनुहुन्छ ?
"मैले साँचो कतै राखेछु"
"कता राख्नु भएको होला केही सम्झना छ ?"
"मैले आफ्नै पाठपूजा गर्ने कोठामा राखेको थिएँ"
"अनि, यहा वाहिर साँचो खोजेर पाइन्छ त ? छिमेकीले अचम्म मानेर भने
"यहाँ अलिधेरै प्रकाश आइरहेकोले यहाँ खोजिरहेको हो"
..................................

नेपाली रैथाने विद्वानहरूको वर्तमान पण्डित रामचन्द्र भन्दा फरक छैन | सबैले आफ्नो इतिहास, संस्कृति तथा विवेकको साँचो आफ्नो पूजाआजाको अध्यारो कोठामा छोडेका छन् |

त्यो ठाउं एति अध्यारो भैसकेको छ कि त्यसमा प्रवेश गरेर साँचो खोज्ने र दराज खोलेर कितावहरू पढ्ने सीप थोरैसंग मात्र छ | कितावहरू राखेको दराज रेसमी किराले धुजाधूजा परिसकेको छ |

अनि, धेरै पण्डितजीहरू भित्र रहेका खजाना खोज्नुको सट्टा अरूले वाहिर उज्यालोमा ल्याएर राखिदिएका काल्पनिक वा वास्तविक इतिहासमा आफ्नो प्रतिरूप खोज्ने प्रयत्न गर्छन् |

आफ्नो इतिहासको वास्तविकता दराजमा सडिरहेको छ | हामी विदेशीहरूले पस्केको इतिहासबाट सन्तुष्ट छैनौ तर आफ्नो दराज खोलेर हेर्ने हामीसंग जाँगर छैन | किनभने वाहिरको इतिहासले हाम्रो बुद्धि कुण्ठित भएको छ |

अरूका लागि अनुसन्धान, खोज गर्न सक्छौं तर आफ्ना लागि गर्न जाँगर छैन | अव रामचन्द्र पण्डितहरूले आफ्नो अध्यारो कोठामा गएर दराज खोल्ने थालनी गर्नुपर्छ |

नेपालीमा एउटा भनाई छ " कस्तुरी मृगको नाइटो सुगन्ध हुन्छ तर उसले आफ्नो जिन्दगी दौडेर त्यही सुगन्ध खोज्दै विताउछ" - रैथाने नेपालीहरूको हविगत यस्तै देखिएको छ |

प्राचीनकालका सबै थोक श्रेष्ठ नै हुन्छन् भन्ने छैन | केही राम्रा होलान् केही समयानुकुल नहोलान् तर ती सबैको खोज गर्ने र तिनको विषयवस्तु खोल्ने सीप हाम्रो आफ्नै हुनुपर्छ | अरूले खोजिदिएकोको र बुझेको कुरा फरक ढंगले पस्किएको हुनसक्छ |

अहिले हामी रामचन्द्रहरू अरूले पस्किदिएको भागका कारण भ्रमित भएका छौं | यो भ्रमको सबैभन्दा ठूलो साइड इफेक्ट भनेकै आफ्नो क्षमतामा विश्वास गर्न नसक्नु हो | अमेरिकी समाजमा एउटा शब्द निकै प्रचलित छ "एस्त्रोकेशन" | यसको अर्थ हो अरूलाई आफ्नो शब्दजालमा यसरी फसाउँ, जसबाट उसले आफ्नै कुरामा विश्वास नगरेर हाम्रो कुरामा विश्वास गरोस् |

अहिले नेपालका रामचन्द्रहरू उनीहरूले लेखिदिएको, बोलिदिएको, खोजिदिएको विषयवस्तुमा आफुले खान लागेको थालको भात भन्दा बढी विश्वास गर्छन् | तर सिकायत चाहिं "अरूले हाम्रो संस्कृति, राजनीति, धर्म विगारे" भन्ने रहन्छ |

उनीहरूले तयार पारेको फ्रेमबाट बाहिर निस्कन डराउने तर फ्रेमको विषयमा सिकायत गरिरहने नेपालीहरूको ठूलो हुल छ | अव यो हुलले आफ्नो कोठा सफासुग्घर गरेर आफ्नै पिटारो खोल्न जरुरी भएको छ | चाहे पिटारो खोल्दा जे- निस्कोस, पिटारो आफ्नै हातले खोल्ने र बुझ्न हामी नै तयार हुनुपर्छ | नेपालका सम्पदाहरूको खोजमा विदेशी अर्कियोलोजिस्ट हाम्रा सहयोगी हुनुपर्छ, हामी उनीहरूका सहयोगी बनेर काम गर्नुहुँदैन |

आफ्नो कोठा उज्यालो छ भने दराजमा रहेका खजानाहरू सबैले हेर्न सक्छन् | बुझ्न सक्छन् र आफ्नै जरोकिलोमा उभिएर अरूलाई आफूतिर आकर्षित गर्न सक्छन् |

अरूले लेखिदिएको इतिहास, संस्कृति तथा पहिचानको कथा पढेर त्यसैलाई वास्तविक ठानेर घृणावादको विस्तार गर्नबाट जोगिनुपर्छ | नेपाली संस्कृति घृणावादका लागि पटक्कै होइन | यो तत्थ्य आफ्नो खजाना आफ्नै पौरखले खोले बुझिहालिंछ भन्ने मेरो विश्वास छ |

फेरी पनि ब्राह्मणहरू कै खाँचो


हिन्दी, गुजराती, नेपाली र अवधिआदि स्थानीय साहित्यको उदयपछि हिन्दूहरूमा ब्राह्मण-विरोधी भावनाहरूको उदय भएको पढ्न पाइन्छ | कवीर, तुलसीदास, रैदास, तुकाराम, नेपालमा जोसमनी सन्त परम्परामा ब्राहमणहरूको विरोध गरिएको छ | तर यिनले गरेको विरोध ब्राह्मणहरू विरुद्ध केन्द्रित नभई तिनको कर्मकाण्ड विरुद्ध छ | यी कुनै पनि जातिवादी होइनन् |

सन् १७२२ मा बृटिश इन्डियाले नया ऐनअनुसारको शिक्षानीति तय गरेपछि भने ब्राह्मण जातिका विरुद्ध जातीय आक्रमण आरम्भ भएका छन् | अंग्रेजहरूले वर्णलाई जातका रूपमा अनुवाद गरे | संस्कृत बुझ्नेहरूले सजिलै भन्न सक्छन् - वर्णको अर्थ रंग हुन्छ, जाति होइन | सन् १७८७ म्याकलेले जातिवादको सृजना गरेका हुन् | 

म्याकलेको नयाँ शिक्षामा दीक्षित भएका भारतीयहरूले वर्णको अर्थ "रंगविरंगी सामाजिक संरचना हो" भन्ने अनुमान नै गर्न सकेनन् | अंग्रेजहरूले वर्णभनेको जाति हो भनेर सिकाए, उनीहरूले विश्वास गरे | अहिले पनि यही भैरहेको छ | डा. राधाकृष्णन्, मदनमोहन मालवीय, बाल गंगाधर तिलक, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण समजस्ता विद्वानहरूले पनि यस विषयमा अंग्रेज-डक्ट्रिन नै अवलम्वन गरेको देखिन्छ |

शिक्षामा स्वाभाविक रुचि भएकोले ब्राहमणहरूनै अंग्रेजहरूले ल्याएको आत्मघाती शिक्षाका विद्यार्थी पनि बने | अंग्रेजी शिक्षा माध्यमबाट स्नातक भएका ब्राह्मणहरूले जातीय ब्राहमणलाई बढी समाते, रङ्गीविरंगी सामाजिक संस्कारलाई वहिस्कार गरे |

पछिपछि, समाजका अन्य तवाकाहरू पनि अंग्रेजी शिक्षामा दीक्षित भए | यी नव-दीक्षितहरू खासगरी ब्राह्मणहरूका भयानक विरोधी भएर निस्किए | अंग्रेजले वर्णको अर्थ जात हो भनेर गरिएदिएको अनुवादका आधारमा प्राचीन संस्कृत साहित्यको ब्याख्या भयो |

त्यसपछि प्राचीन भारतीय दर्शनको नवीन ब्याख्या गर्ने विद्वानहरूको विकास भयो | दयानन्द, मनमोहन मालवीय, सवारकर र ब्रह्मोसमाजआदि व्यक्ति र संस्थाहरूले वैदिक साहित्यको नवीनतम ब्याख्या गर्ने नाममा "अंग्रेजी दिमागमा भारतीय ब्याख्या" गरे | फलत: जातिवाद अझै जटील बनेर उदायो |

कर्मकाण्डवादी ब्राह्मणको निन्दा गर्ने मध्यकालीन कविहरू होउन् अथवा अंग्रेजी शिक्षानीतिअन्तर्गत दीक्षित भएका नया "संस्कृतवादी" नै किन नहोउन्, धेरैजसोमा एउटा समानता देखिन्छ - यी ब्राह्मण परिवारमा जन्मेका थिएनन् | 

उनीहरूका साहित्यहरू सधैं ब्राह्मण विरोध रहे किनभने अंग्रेजहरूले ब्राह्मण एउटा उच्चजात हो भनेर गरेको अनुवादले अंग्रेजी शिक्षा पद्यतिभित्र रहेर पढ्नेहरूको मनोविज्ञानमा ब्राह्मणहरूप्रति तूस भरिएको देखिन्छ | अंग्रेजी विद्यालय वा विश्वविद्यालयमा पढ्नेहरू ब्राह्मण वा अन्य जातहरूमा ब्राह्मण विरोधी चिन्तन अन्यका तुलमामा बढी नै देखिन्छ | 
उपरोक्त धेरैजसो विद्वानहरू कर्मकाण्डीपनको विरुद्ध भन्दा पनि ब्राह्मण-जातजातिका विरुद्ध उभिएका छन् | प्राचीनकालमा ब्राह्मणहरूको पेशा नै विद्यजिवी भएको हुनाले उनीहरू अन्यका तुलनामा धेरै शिक्षित भए तर अंग्रेजहरूले बडो चलाखीले "वैदिक साहित्यको संरक्षण गर्ने र संवाहकका रूपमा काम गर्ने ब्राह्मणहरूलाई शोषकका रूपमा प्रस्तुत गरेर घृणाका पात्रका रूपमा रुपान्तरित गरे |

अचम्मको कुरा के भने अंग्रेजी जान्ने तर आफुलाई वैदिक सभ्यताकाका कट्टर पक्षपातीको कित्तामा उभ्याउनेहरूले  पनि ब्राह्मण जातिको अधोपतनका लागि काम गरे | फलत: ब्राह्मण परम्परामा जीवन्त रहेको संस्कृत साहित्यको जरोकिलो सधैंका लागि काटियो | आफ्नो हरेक कदममा चरम निन्दा भएको देखे र भोगेपछि ब्राह्मणहरूले आफ्नो पेशा छोड्न थाले | 

यसरी वैदिक पुनरोत्थानवादीहरूलाई प्रयोग गरेर अंग्रेजहरूले "विद्याजीवि" ब्राहमणको तेजोवध मात्र गरेनन्, ब्राह्मण-पेशाप्रति नै अरुचि उत्पन्न गर्न सफल भए | यहाँसम्म कि अभयचरण नामका गैर-ब्राह्मण वंगाली वैष्णव विद्वानले ब्राह्मण दीक्षाका माध्यमबाट नयाँ ब्राह्मणको सृजना गर्दै, आफु नै असली ब्राह्मण भएको दावी गरे | 

विद्याजीवि ब्राह्मणहरूको पेशालाई जातिवादमा परिवर्तन गरेर तिनलाई आफ्नो पेशाबाट विस्थापित गरेपछि अंग्रेजहरूलाई आफ्नो विचारधारा स्थापित गर्न सजिलो भएको हो | उपरोक्त पुनरोत्थानवादीहरूले पेशाजीवि ब्राह्मणहरूलाई वैदिक-साहित्य "अध्ययन गर्ने-अध्यपन गराउने" पेशाबाट विस्थापित गरे तर ती प्राचीन विद्याहरूको सम्वहनका लागि कुनै पूर्वाधार खडा गरेनन् |

यस अर्थमा वैदिक पुरोत्थानवादीहरू पनि प्राचीन विद्याको निरन्तरताका बाधकतत्व थिए भन्ने कुरामा शंका रहन्न | यदि छुवाछुतवादको अकुशल परम्परालाई निकालेर फ्याक्ने हो भने आज पनि वर्णमा आधारित ब्राहमणहरू नै रैथाने वैदिक विद्याका सबैभन्दा भरोसेमन्द संवाहक बन्न सक्छन् |

ब्राहमण र गैरब्राहमणहरू मिलेर उपरोक्त परम्परा गुरुकुल (नि:शुल्क पाठशाला)का माध्यमबाट निरन्तर चलिरहेको थियो | अंग्रेजहरूले ब्राह्मणहरूको आत्मविश्वास र अन्य जातिहरूको मनमा ब्राह्मणहरूप्रति घृणाभाव विकास गरेर विद्याजीविहरूको मौलिक रैथाने शिक्षापद्यति नै समाप्त पारिदिए | यदि हामी सनातन धर्मीहरूले आफ्नो इतिहास र पहिचान सुरक्षित राख्नु छ भने गुरुकुल पद्यतिको पुनर्जीवन अत्यावश्यक छ | 

ब्राह्मणवादका नाममा ब्राह्मणहरूलाई सत्तेसराप गर्नेहरूले बुझ्नुपर्छ, अरूले अन्य रैथाने सीपहरू जोगाएझैं ब्राह्मणहरूले लेख्य तथा स्मृति परम्परामा आधारित रहेर प्राचीन साहित्यिक वैभवहरू जोगाएका हुन् | ती पूर्वज ब्राह्मणहरूले जीवित पुस्तकालय बनेर साहित्यको संरक्षण नगरिदिएको भए आजका नेपाली, विदेशी वा भारतीय विद्वानहरू "हाम्रो प्राचीन साहित्यिक सम्पदा विशाल छ, हामी इतिहास धर्म, तथा संस्कृतिका धनि छौँ" भन्दै विश्वसामु हाँक दिन पाउने थिएनन् |

ब्राहमणवादका नाम ब्राह्मणहरूलाई गालीगलौज गर्दैमा पूर्वजहरूको परिश्रम, योगदान र त्यागलाई अनदेखा गर्न सकिन्न | ब्राह्मणहरूलाई गालीगलौज गर्ने काम केवल घृणावादीले गर्न सक्छन् सभ्य समाजले होइन | यो कुरा आफ्नो जरोकिलोलाई माया गर्नेले मूल्यांकन गर्नुपर्छ | 

यसका लागि विदेशीहरूले तयार पारिदिएको "वर्ण भनेको जाति हो, जाति भनेको ब्राह्मण हो, ब्राह्मण भनेको शोषक हो" भन्ने परिभाषालाई "ब्राह्मण भनेको विद्याजीवि हो, उसले आफ्नो रैथाने साहित्य, संस्कार तथा विद्याहरूको पुस्तान्तरण गर्छ" भनेर बदल्नुपर्छ |

यदि हामी वैदिक साहित्य, धर्म-संस्कार तथा इतिहासको निरन्तरता चाहन्छौं भने अव पनि विद्याजीवि ब्राह्मणहरूको संरक्षण गर्नुपर्छ र उनीहरूलाई विद्याजीवि बन्न प्रेरित गर्नुपर्छ | यसरीमात्र हामी आमसांस्कृतिक विनाशबाट आफु र आफ्नो सभ्यतालाई जोगाउन सफल हुनेछौँ | आफ्नो रैथाने जरोकिलो थाम्न सफल हुनेछौं |

अन्त्यमा, छुवाछुतका सवालमा मनुका विचार अहिले अस्वीकार्य भए पनि (२/२३-२४) "ब्राह्मणले यो आर्यावर्तको सुरक्षा गर्न विद्यासंग्रह गर्ने र त्यो अगाडी बढाउने कार्यको नेतृत्व गर्नुपर्छ" दिएको आदेश पुन: स्थापित हुनैपर्छ | ब्राह्मणहरू विद्याजीविका रूपमा पुनर्जीवित हुनैपर्छ |

सर्वाधिकार लेखकमा 

Tuesday, October 24, 2017

कहीं प्रजातान्त्रिक अभ्यास आफ्नैलागि पासो नवनोस्....


नेपालको जनसंख्याअनुसार यो वर्ष करिव १ करोड ६० लाख मान्छेहरूले भोट खसाल्न पाउने छन् | यी मध्ये कतिले भोट खसाल्ने छन् ठ्याक्क भन्न सकिन्न तर अहिलेसम्मको मतदानको इतिहासमा सरदार ४७.३% भोटदाताले आफ्नो मतको प्रयोग गरेका छन् |

यी मतहरू सबै पार्टीका लागि खसालिएका हुन् | खसेको भोटका आधारमा नेपालमा बामपन्थीहरूका लागि मत दिने बढी छन् | भनिन्छ, यो प्रतिशत कूलमतको ६०% रहेको छ |

नेपालमा सरकार बनाउनेहरूले आजसम्मको इतिहासमा कूल मतसंख्याको २७% भन्दा बढी प्राप्त गरेका छैनन् | २७.८% मत वि.स. २०५१ सालको चुनावमा कृष्णप्रसाद भट्टराईको सरकारले प्राप्त गरेको थियो |

त्यसपछिका सरकारहरू सरदारमा २३% मतले १००% जनताका शासक बनेका छन् | प्रजातन्त्रको नाममा यो भन्दा ठूलो बेइमानी र धोकाधडी केही हुनैसक्दैन | नेपालमा बनेका सरकारहरूलाई न प्रजातान्त्रिक भन्न मिल्छ न जननिर्वाचित नै |

एउटा संस्था चलाउन त समस्त सदस्यहरूको ५१% बहुमत हुनैपर्छ भने सरकार बनाउने पार्टीका लागि समस्त भोटदाताको ५१% मत किन चाहिन्न ? यो कुराको जवाफ अमेरिकी, युरोपेलीआदिले दिंदैनन् न नेपालको चुनाव आयोगले नै जवाफ दिन्छ |

नेपालको संविधानमात्र प्रजातान्त्रिक छ तर यहाँका राजनैतिक प्रणालीहरू नितान्त सिन्डिकेट प्रणालीमा विश्वास गर्छन् | यिनीहरूका लागि आफ्नो र आफन्तको भलो हुने विषयहरू प्रजातान्त्रिक हुन्छन् अर्कोको भलाई हुने देखियो भने अप्रजातान्त्रिक |

मलाई लाग्छ, जुन दिन विश्वले कूल मताधिकारप्राप्त जनसंख्याको ५१% भोट प्राप्त गर्न सक्ने पार्टीले मात्र सरकार निर्माण गर्ने ब्यबस्था अङ्गिकार गर्छ, त्यो दिन मात्र "प्रजातन्त्र" घनिभूत हुन्छ | अन्यथा, प्रजातन्त्रको नाटक मंचन गर्ने कलाकारहरूको मात्र भलो हुन्छ |

प्रजात्रन्त्रलाई व्यक्तिको लोकप्रियता नापिने अवस्थाका रुपमा पनि अमेरिकी र युरोपेलीहरूले उचालेको देखिन्छ | यो पनि असत्य र छल, र धोकाको पुलिन्दामात्र हो | किनभने सीमित संख्या भएको एउटा चूनाव क्षेत्रले कसैको लोकप्रियता नाप्न सक्दैन |

यदि साँच्चिकै लोकप्रियताको प्रजातान्त्रिक पद्यति स्वीकार गर्ने हो भने चुनावमा उठ्ने हरेक व्यक्तिले राष्ट्रियतह (१ करोड ६० लाख) जनताको अभिमत पाउनुपर्छ | चितवनको सीमित भोट पाएका व्यक्ति प्रधानमन्त्री बन्नु प्रजातन्त्रको हत्या हो |

नेपाल र नेपालजस्ता राजनैतिक सिन्डिकेट भएका देशमा मताधिकार र मत ब्यबस्था हलिवुडको महँगो चलचित्रको छायांकन नै हो | जहाँ नेताहरू एकआपसमा हिरो र भिलेन दूबै हुन्छन् | यिनै व्यक्तिहरू पालैपालो हिरो-भिलेन र हिरोइनका रोलमा हुन्छन् |

जनताहरू अध्यारो हलमा बसेर विद्युतीय किरणहरूमा रेकर्ड गरिएको "प्रजातान्त्रिक लीला"हरू हेरेर दुखि-खुसी हुन्छन् | अचम्मको कुरा त के भने आफैले भोट दिएर बनाएको प्रजातान्त्रिक चलचित्र हेर्न पैसा तिर्नुपर्छ र रेकर्ड भएका सबै कुराहरू नबोलिकन टुलुटुलु हेरेर वाहिर निस्कनुपर्छ | त्यहाँ हेर्नेमात्र स्वतन्त्रता हुन्छ, बोल्ने, परिवर्तन गर्ने, रायसुझावका लागि कुनै स्पेस हुँदैन |

प्रजातान्त्रिक सिद्धान्तप्रति मेरो अनास्था छैन | तर नेपालमा मंचन गरिने प्रजातान्त्रिक अभ्यासमा विश्वास र आस्था गर्नु पर्ने कुनै पनि बलियो कारण मसंग छैन | नमीठो शब्दमा मुखै फोरेर भन्ने हो भने नेपालमा मताधिकार र मतप्रयोगको ब्यबस्था विदेशीशक्तिलाई रिझाउन गरिन्छ, नेपालीहरूलाई रिझाउन र यिनको भलो गर्न होइन |

जुन प्रजातान्त्रिक ब्यबस्थाको सैद्धान्तिक आधार नै विदेशी छ, जुन सिद्धान्तका प्लेयरहरू नै "विदेशीका लागि हाम्रो प्रजातन्त्र पत्यारिलो हुनुपर्छ" भन्ने मानसिक जगमा लडिन्छ, हरेक चुनावी गतिविधिको विदेशी दुतावासमा रिपोरटिंग हुन्छ र उनीहरूले "ठीक भने ठीक र वेठीक भने वेठीक" हुन्छ | यसमा मेरो आस्था नहुनु नै वेस ठहर्छ |

सबै अमेरिकी, युरोपेलीहरू नकारात्मक र गलत छन् भन्ने मूर्खतापूर्ण सिद्धान्त मैले प्रतिपादन गर्दिन तर युरोप-केन्द्रित राजनैतिक, शैक्षिक, धार्मिक, मानवाधिकारवादी पूर्वाग्रहका आधारमा विकसित भएका नेपालका प्रारूपहरू फेर्नै पर्ने भएका छन् | यी प्रारूपहरू नेपालको अग्रगमनमा सधैं तगारो बनिरहेका छन् |

विश्वमा एउटा पनि सफल मुलुक छैन जसले युरोपेली प्रतिमानहरू स्वीकार गरेर सफल बनेको होस् | युरोपेली प्रतिमान स्वीकारर्ने सबै देशहरू द्वन्दमा छन्, गरिवीमा छन् र भ्रष्टाचार तिनको पर्यायवाची बनेको छ | नेपालले पनि सन्यु १९५२ रोपकेन्द्रित प्रजातान्त्रिक ब्यबस्था अवलम्वन गरेकै हो - खै निकास ? खै विकास ? यसको जवाफ राजावादी, साम्यवादी र प्रजातन्त्रवादी सबैले दिनुपर्छ |

यसमा जनताको कुनै दोष छैन | किनभने रंगमंचका प्लेयरहरूले उनीहरूलाई यसरी दिग्भ्रमित गरेका छन् कि उनीहरूले यी प्लेयर बाहेकका विकल्प देख्न, बुझ्न नै सक्दैनन् | उनीहरूलाई "प्रजातान्त्रिक ब्यबस्था निर्विकल्प छ" भनेर भ्रमित गरिएको छ | अर्को शब्दमा, प्लेयरहरूले जनतालाई प्रजातन्त्र र साम्यवादका नाममा ब्याकमेलिंग गरिरहेका छन् |

ब्याक-मेलिंग वा सम्मोहन सधैं रहन्न | एस्तो ब्याकमेलिंगको अन्त्य गर्न "राज्यराष्ट्र"को रैथाने राजनैतिक विकल्प अगाडी आएको छ | यो एस्तो राजनैतिक ब्यबस्था हो -जसले पश्चिमाहरूले तयार पारेको "प्रजातान्त्रिक इन्द्रजाल"को भ्रमलाई सजिलै समाप्त पर्छ |

यो ब्यबस्थामा चुनाव पनि हुन्छ, नेतृत्व पनि चुनिन्छन् तर आफ्नै रैथाने सिद्धान्तका आधारमा उत्तरदायी नेतृत्वले जनताको सेवा गर्छन् | पश्चिमा प्रजातान्त्रिक ब्यबस्थामा सेवकको नाटक गरेर मालिकहरू चुनिन्छन् तर राज्यराष्ट्रको ब्यबस्थामा सेवक वा मालिक होइन, उत्तरदायी नेतृत्व चुनिन्छ | उत्तरदायी नेतृत्व न सेवक नै न मालिक नै | उसको काम भनेको आफुले प्राप्त गरेको उत्तरदायित्वलाई न्यायपूर्वक सम्पादन गर्नुमात्र लक्ष हुन्छ |

चुनावमा उठ्नु, भोट खसाल्नु र नेतृत्वका लागि उम्मेदवार बन्नु तपाईंको आफ्नो रोजाई हो तर के तपाईंको यस रोजाईले "उत्तरदायी नेतृत्व" प्रदान गर्ने ग्यारेन्टी गर्छ त ? एक पटक अवश्य विचार गर्नुहोला | कहीं आफुले प्रयोग गरेको मताधिकार आफ्नै घांटीको पासो नवनोस् |

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...