Tuesday, October 16, 2018

पतिपत्नी - मीठो सम्वन्धको पहल - १

पतिपत्नी - मीठो सम्वन्धको पहल -१ 
पतिपत्नी निकै सभ्य शब्द हो | सम्भोग क्रिया सभ्यताको स्रोत हो | पतिपत्नी बीचको सम्भोगले जीवन बन्छ | वैदिकसभ्यताको स्रोत वेद हो | वेदले यौनक्रियाका लागि विवाह अनिवार्य मान्छ | तेस्तै पतिपत्नीले सन्तान जन्माउँनै पर्छ | सन्तान पतिपत्नीको उत्स हो | यौनक्रिया विवाहेतर पनि हुन्छ | एस्तो यौनक्रियाको उदेश्य सन्तान हुँदैन | कामाचरण अराजक भयो भने प्रेम हुँदैन | प्रेमरहित भएर पतिपत्नीको सम्वन्ध दीगो हुँदैन | कामाचरणका लागि प्रेम, धन, धर्म यी तीनैबटा साधनको आवश्यकता पर्छ | 

धर्म, अर्थ र काम - जीवनको लक्ष हो | जीवनको जग नैतिकतामा उभिएको हुनुपर्छ | कर्म, अकर्म र विकर्मको भेद जान्नु नै धर्म हो | सदाचारपूर्ण जीवन पद्धिति नै धार्मिकता हो | धन कमाउनु पर्छ | तेसको स्रोत अन्याय हुनुहुँदैन | अत्याचार हुनुहुँदैन | भष्टाचार हुनुहुँदैन | एस्तो धन "काम"का लागि उपयुक्त हुन्छ | अन्यायको धनले "काम" प्रेमपूर्ण हुँदैन | सुखदायी हुँदैन |

काम (शारीरिक सुख) केवल शारीरिक सुखका लागि होइन | प्रेम, सन्तोष, आनन्द र अत्यमा, मोक्ष कामको लक्ष हो | पतिपत्नीले प्रेमपूर्ण सम्भोग गर्छन् | नियमपूर्वक सम्भोग गर्छन् | कलाहरूप्रयोग गरेर सम्भोग गर्छन् | देव, पितृ, देवऋण तिर्नका लागि सम्भोग गर्छन् | वंशवर्धनका लागि सम्भोग गर्छन् | गृहस्थ धर्मको पालन गर्छन् | र अन्त्यमा, मोक्ष प्राप्त गर्छन् | यो सबै थोक कामशास्त्रमा उल्लेख छ | मेरो कार्यपत्र कामग्रन्थहरूमा केन्द्रित छ | 

......................
धर्म, अर्थ र काममा नमस्कार छ (कामसूत्र १/१/१) वात्स्यायनले प्रसिद्ध "कामसूत्रको" आरम्भ गर्दै लेखेका छन् | एसमा काम तेस्रो स्थानमा छ | धर्म र अर्थ पछि मात्र काम छ | मोक्षको कुरा यहाँ छैन | एसलाई त्रिपुरुषार्थ पनि भनिन्छ | शास्त्रीय मर्यादाको पालन कामचरणका लागि अनिवार्य छ | दम्पत्तिका विचको कामले मोक्षमा वाधा हुँदैन | तर विवाह विधिपूर्वक हुनुपर्छ (कामसूत्र ३/१/१) | असलमा, कामशास्त्रको प्रयोजन कामको विज्ञापन गर्नुहोइन | धर्म अर्थ र कामको तात्विक ज्ञान दिनु हो (कामसूत्र १/१/३) | पतिपत्नीको वीचको प्रेमपूर्ण सम्वन्धलाई वर्धन गर्नु हो |

महादेव र पार्वती कामशास्त्रका प्रथम गुरू-शिष्य हुन् | महादेवका शिष्य नन्दी, ऊद्दालक श्वेतकेतु, भ्रब्य,दत्तक, सुवर्णनाभ, घोटक मुख, गोणिका पुत्र, कुचुमारआदि कामशास्त्रका पूर्वआचार्यहरूको चर्चा बात्स्यायनले गरेका छन् | तेस्तै जयकृष्ण दीक्षितको पौरुरवसमनसिजसूत्रम्, मीननाथको स्मरदीपिका, पुरुरवको कदम्वरस्वीकारणसूत्र, राजर्षी भारतको कदम्वरस्वीकरणकरिका, ज्योतिस्वरको पंचसायक, कविराज मुकुटदन्डीको नर्मकेलिकौतुक संवाद, जयदेव कविको रतिमन्जरी, ब्राभब्य मुनिको ब्राभब्यकारिका, प्रौढदेवराजको रतिरत्नप्रदीपिका, दीक्षित सामराजले लेखेको रतिकल्लोलिनी, कुमारहरिहरको शृङ्गाररसप्रबन्धदीपिका दैवज्ञ सूर्यको कामतन्त्रकाब्य र काञ्चिनाथको रतिरहस्य प्रमुख ग्रन्थ हुन् | तर आचार्य बात्स्यायनको कामसूत्र यी मध्ये प्रमुख मानिन्छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...