पाश्चात्य
‘थियोलोजी’ शब्दको नेपाली वा ठ्याक्क मिल्ने अनुवाद छैन | एउटा पुस्तक र
एउटा पन्थ र एउटा ईश्वरमा आस्था राख्नै पर्ने हुन्छ | संदेशदातामा
पूर्णविश्वास गर्नु नै पर्ने हुन्छ | यी कुराहरूमा विश्वास नगर्नेहरू
नास्तिक मानिन्छन् | यहाँ सम्म कि नास्तिकहरूलाई जीवित रहने
अधिकारसम्म हुँदैन | मुस्लिम, यहुदी र इसाईहरू
एकै स्रोतबाट विकसित भएका हुन् र सबै एकेश्वरवादमा विश्वास गर्छन् | तर
एकअर्काको आध्यात्मिक अस्तित्व स्वीकार्य
छैन र आपसको दृष्टिकोणमा अत्यन्त शत्रुतापूर्ण छ | यिनको शत्रुताको
मूलधार ‘एकेश्वरवाद’ हो | एउटा अल्लाह वा गडमा विश्वास गरेमात्र
‘आस्तिक भइन्छ’ भन्ने अतिविश्वास नै हो |
सनातन धर्मको
आस्तिकता ईश्वरमा होइन वेदमा जीवित छ | वेदको ज्ञानमा अविश्वास गर्नेहरू
नास्तिक हुन् | नास्तिकले ज्ञानको महत्वमा विश्वास गर्दैनन् |
ज्ञानको
निन्दा गर्छन् | ज्ञानका ढोका उघ्रंदा संसारमा पाप अवतरित भएको
विश्वास गर्छन् | खासगरी ‘इभलाई फल चाखेपछि आफु नाङ्गो भएको
ज्ञान भयो’ भन्ने बाइबलको कथनले ज्ञानको ढोका वन्द गर्छ | ज्ञानको
महत्वलाई स्वीकार नगर्नेहरू नास्तिक हुन् |
नेपाली विद्वान
लक्ष्मण भण्डारी लेख्छन् ‘’ ‘अस्ति इति मतिरस्यास्तीति आस्तिक’, अर्थात्
छ भन्ने बुद्धि जसको छ, त्यो आस्तिक हो । त्यस्तै, ‘नास्ति
इति मतिरस्यास्तीति नास्तिक’, अर्थात् छैन भन्ने विचार वा बुद्धि
जोसँग छ, त्यो नास्तिक हो । सामान्यतया हामीले आस्तिक भनेर ईश्वरको अस्तित्व
स्वीकार गर्ने व्यक्तिलाई भन्ने गर्दछौँ भने नास्तिक भनेर ईश्वरको अस्तित्व
अस्वीकार गर्ने व्यक्तिलाई भन्ने गर्दछौँ । तर, ‘आस्तिक’ शब्दले
केवल ईश्वरको अस्तित्व स्वीकार्ने व्यक्ति भन्ने अर्थ मात्र दिँदैन, यसले
यो संसारमा देखिने र नदेखिने सबै विषय र वस्तुको अस्तित्व स्वीकार्ने व्यक्ति
भन्ने बुझाउँछ । त्यस्तै, ‘नास्तिक’ शब्दले केवल ईश्वरको अस्तित्व
स्वीकार नगर्ने व्यक्ति भन्ने मात्र बुझाउँदैन, बरू संसारका
देखिएका र नदेखिएका कुनै पनि वस्तुको अस्तित्व स्वीकार नगर्ने व्यक्ति भनेर
बुझाउँदछ ।
आस्तिकता
त्यस्तो भाव हो, जुन भावले सबैलाई उच्च मूल्य प्रदान गर्दछ,
सबैको
अस्तित्वलाई हार्दिकतासाथ स्वीकार गर्दछ र सबैप्रति श्रद्धावान् बन्ने प्रेरणा
प्रदान गर्दछ । तर, नास्तिकतामा त्यो हार्दिकता हुँदैन । नास्तिकता
सदैव नकारात्मक हुन्छ । यसले केवल छैन मात्र भन्दछ । यो पनि छैन, त्यो
पनि छैन भन्नु नै वास्तवमा नास्तिकता हो । जब कि यो पनि छ, त्यो पनि छ भनेर
भन्नु आस्तिकता हो । आस्तिकता स्वीकृतिको दर्शन हो भने नास्तिकता अस्वीकृतिको
दर्शन । आस्तिकता ग्रहणको दर्शन हो भने नास्तिकता निषेधको दर्शन’’ |
वैदिक सनातन
धर्मको आस्तिकतामा सर्वग्राह्यता छ | अन्धो समर्पण भन्दा ज्ञानको प्रकाशले
परिपक्व भएको समर्पण छ | सनातन वैदिकहरूको आस्तिकता विज्ञानले
अनुप्राणित छ | जनै, टुप्पी, सन्ध्यावन्दन,
रूख,
पक्षी,
आहारब्यबहार
सबैको अर्थ छ | सबै कुरा ईश्वरको लागि मात्र समर्पित छैनन् |
काम
शास्त्रका लेखक बात्स्यायन पनि आस्तिक हुन् भने ईश्वरको अस्तित्वलाई नमान्ने
जैमिनी पनि आस्तिक नै हुन् | वैदिकसनातन धर्मले कट्टरता सिकाउंदैन |
एउटा
सनातन धर्मको सिपाही सत्यप्रति कठोर हुन्छ तर धार्मिकताप्रति होइन | यही
नै आस्तिकता हो |
सनातन धर्मले
ज्ञानको महत्वलाई अस्वीकार गर्नेहरू नास्तिक हुन् भनेको छ | गीताले ‘संसारमा
ज्ञानजस्तो पवित्रता केही छैन’ ज्ञानको महत्वलाई स्वीकार गरेको छ | विधर्मिको
(मुस्लिम र इसाई)को धार्मिकता तिनको अन्धविश्वासमा टीकेको छ | ईश्वरले
दिने दण्डको कठोरतामा अडिएको छ | ज्ञानको महत्वलाई उनीहरू स्वीकार गर्न
सक्दैनन् किनभने पहिलो पटकको ज्ञानले पाप
अवतरित भएको थियो – इभका माध्यमबाट | उनीहरूको आस्तिकता कैद छ | उनीहरूका
लागि ‘पहिलो पाप’मा अविश्वास गर्नेहरू नास्तिक हुन् | पापमा विश्वास
गर्नेहरू कसरी आस्तिक हुन्छन् ? बुझ्न र बुझाउन नसकिने पहेली हो |
ज्ञान (वेद) र
अब्राहम पन्थका बीचमा विपरित सम्वन्ध छ | उनीहरूका लागि ज्ञान पापको स्रोत हो र
ईश्वरीय-डर धर्मको | ईश्वरको डर नमान्ने मानिस नास्तिक हो | नास्तिकहरूको
संसारमा बाँच्ने अधिकार छैन | हिन्दूहरू ज्ञानमा विश्वास गर्छन् अत:
यी नास्तिक हुन् | मुस्लिम र क्रिस्चियनहरूको आस्तिकता कुरान र
बाइबलको अन्धविश्वासमा जीवित छ | उनीहरूका लागि बाइबल र कुरानमा विश्वास
नगर्नेहरू ‘नास्तिक’ हुन् | यस्ता नास्तिकहरूको हत्या गर्दा
‘परमेश्वर’ खुसी हुन्छन् | नास्तिकहरूका मन्दिर, चैत्य,
उपासना
पद्यति तथा सभ्यताहरू मास्नु आस्तिकता हो | उनीहरूले ‘यो
कुरा’मा कम्प्रोमाइज’ गर्न सक्दैनन् | धर्मपरिवर्तन गरेको नेपाली समाज यही
असहिष्णुतातिर अगाडी बढिरहेको छ | नेपाली राजनीतिले धर्मनिरपेक्षताका
आडमा यही प्रवृतिलाई काखमा च्यापिरहेको छ |
सनातन धर्मको
स्रोतबाट आस्तिकतामा लागेको व्यक्तिमा नकारात्मकता हुनै सक्दैन | उसको
ज्ञान ‘बसुधैव कुटुम्बकम्’को बलियो जगमा उभिएको हुन्छ | एउटा सनातन
धर्मीको ज्ञानमा ‘विश्व नै ईश्वर हो, विश्वका हरेक प्राणी ईश्वरीय
अभिव्यक्ति हुन् | सबैमा ईश्वर छ | सबैको स्रोत
ईश्वर नै हुन् | नकारात्मकता पाप हो | सकारात्मकता
धर्म हो | गरिएको कर्मको परिणाम जानेर सम्पन्न कर्महरू धर्म हुन् | नास्तिकताको
जग अहंकारमा छ | एउटा पुस्तक, एउटा परमेश्वर,
एउटा
धर्म, एउटा ईश्वर-पुत्र वा दूत र तीर्थस्थलको अहंकारमा टिकेका आस्थाहरू
नास्तिक हुन् | यी नास्तिकहरूले आफ्नो बाहेक अर्काको अस्तित्व
स्वीकार गर्न सक्दैनन् | इजरायल र मक्काको राज्य बाहेक अरूको
अस्तित्वलाई अस्वीकार गर्नेहरू नास्तिक हुन् |
हिन्दूहरूको
नास्तिकता उसको 'छुवाछुत' छ | छुवाछुतमा
विश्वास गर्ने हिन्दू नास्तिक हो | यो नास्तिकताको तुलना इसाई-मुस्लिम आस्तिकतासंग
मिल्दो छ | मुस्लिम-इसाई आस्तिकतामा अन्य आस्था र
संस्कृतिलाई कुनै ठाउँ छैन | छुवाछुतवादीहरूका लागि पनि हिन्दूहरूको
प्राकृतिक आस्तिकता भित्र कुनै ठाउँ छैन | छुवाछुतवादी हिन्दू र मुस्लिम-ईसाई एकै सिक्काका दूईबटा
पाटा हुन् | मुस्लिम-क्रिस्चियनहरूले आफु बाहेक अरूको सफाया
गर्छन् छुवाछुतवादी हिन्दूहरूले आफ्नै सफाया गर्छन् | अहिलेको हिन्दू
समाजले छुवाछुतवादी नास्तिकतालाई अस्वीकार गरिसकेको छ | यो लेख
लेखिरहँदा सनातन संयुक्त मोर्चाको नेतृत्व गरेर डा. मीठाराम विश्वकर्माले नास्तिक
हिन्दूहरूलाई र मुस्लिम-इसाईहरूलाई चुनौती दिदै छन् | कुकुरको पुछार
बरू सोझिएला तर ईसाईहरूले हिन्दू-बौद्धहरूको धार्मिक र आध्यात्मिक अस्तित्व
स्वीकार गर्ने छैनन् |
संसारभरिका
सभ्यताहरूको अस्तित्वले एकापसमा मिलेर बस्ने र सहकार्य गर्ने प्राकृतिक संदेश
प्रदान गरिरहेको छ | आस्तिक शब्दको ‘अस्ति’ शब्दले छ र हो भन्ने
अर्थलाई बुझाउँदछ । जसले कसैको अस्तित्व अस्वीकार गर्दैन, सबै छन् भन्ने
मान्दछ, त्यही व्यक्तिलाई आस्तिक शब्दले जनाउँदछ । हामी कोही पनि केही नभएको
ठाउँमा बसेका छैनौँ । जहाँ हामी बसेका छौँ, त्यहाँ सबैथोक
छन् | हाम्रो दर्शन नै सकारात्मक सोचको दर्शन हो । आस्तिकता भनेकै
सकारात्मक सोच हो । हामी कहिल्यै पनि नकारात्मक भएनौँ । हाम्रा पूर्वज सधैँ
प्रसन्न हुन्थे, सधैँ आशावादी हुन्थे । हाम्रा पूर्वजहरुले,
आचार्य
एवम् ऋषिमनिषीहरुले जीवनलाई तोडेर होइन, जोडेर हेर्न सिकाएका छन् । जीवनलाई
कुरुप बनाएर मिल्क्याउन होइन, सिँगारेर सार्थक तुल्याउन सिकाएका छन्
। उनीहरुले सिकाएको त्यही दर्शनको नाम हो, ‘आस्तिकताको
दर्शन’ ।
अत: आफ्नो मौलिक
सनातन धर्ममा आस्था राखौं किनभने यो आस्थामा संसारको कल्याण छ, देशको
उन्नति छ र आफ्नो पनि कल्याण छ | हामी नेपालीहरूले हिन्दू
बैदिक-संस्कृति र सभ्यताको अंग बन्ने प्राकृतिक अवसर प्राप्त गरेका छौँ | यो
हाम्रो गौरव र पहिचान हो | मानवताको पूर्णता हो, आध्यात्मिक
पूर्णता हो | हामी पूर्णका सन्तति हौँ र हाम्रो गन्तब्य पनि
पूर्णता वा सत्-चित्-आनन्द हो |
No comments:
Post a Comment