Monday, March 2, 2015

४. हिन्दू धर्ममा महिलाको कस्तो स्थान छ ?

यो प्रश्नका उत्तर ती सबै महिला हुन् जुन अहिले रोजगारीका लागि देशविदेश पुगेका छन् | आफ्नो परिश्रम बेचेर आफ्नो परिवार र समाजलाई योगदान गरिरहेका छन् | अनेक धार्मिकस्थल र कार्यहरूको नेतृत्व गरिरहेका छन् | यदि हिन्दू धर्मले महिलाहरूलाई कुनै अधिकार दिएको थिएन भने उनीहरू रोजगारीका लागि कसरी विदेश पुग्थे ? नेपाल मै पनि अनेकौ महिलाहरूले भागवत वाचन गरिरहेका छन् | अनेक धार्मिकस्थल र कार्यक्रमको नेतृत्व गरिरहेका छन् | यदि हिन्दू धर्म महिलाप्रति धार्मिकरुपले विभेदकारी हुन्थ्यो भने महिलाहरूलाई समाजले श्रीमद्भागवतजस्तो पवित्र ग्रन्थको वाचकका रूपमा स्वीकार गर्ने थिएन न त माताका रूपमा सम्मान नै गर्ने थियो |

असलमा, हिन्दू धर्मले महिलालाई पुरुष भन्दा बढी अधिकार प्रदान गरेको छ | हरेक महिलाले 'देवी'का रूपमा सम्मान प्राप्त गर्छन् | हरेक धार्मिक कार्यहुँदा प्रथम पूजा कन्या कै हुन्छ | यज्ञ गर्दा अनिवार्य रूपमा महिलाको सहभागिता हुनै पर्छ | पुरुषले एक्लै गरेको यज्ञ अपूर्ण हुन्छ | सप्त मातृकाका रूपमा, नौ दुर्गाका रूपमा, महाकाली, सरस्वती, पार्वतीका रूपमा घरघरमा मातृशक्तिको सम्मान गरिन्छ | शास्त्रहरूले हरेक महिलालाई पुरुषसरह धार्मिक कार्यमा संलग्न हुने र मोक्षप्राप्त गर्न सक्ने अधिकारको स्पस्ट रूपमा संरक्षण गरेको छ | आज पनि हरेक हिन्दू पुरुषहरूले 'घर' भनेर आफ्नी पत्नीलाई इंगित गर्छन् | आज पनि हामी नेपालीहरूले 'जीवित-कुमारी'का रुपमा महिलाको पूजा गर्छौं | नदीहरूलाई समेत मातृशक्तिका रूपमा हामी हिन्दूहरूले सम्मान गर्छौं भने देवीहरूका लागि समर्पित मन्दिर र पूजास्थलहरू असंख्य छन् |

मैले सुनेअनुसार सन् १९६३ मा अमेरिका र सन् १९५८ मा वेलायतले महिलालाई मताधिकार प्रदान गरेको थियो | आज पनि धेरै मुस्लिम राष्ट्रहरूमा महिलाले मताधिकारको कुरा सपना नै छ | उनीहरू त्यहाँ 'बुर्का' नलगाई र एकजना परिवारको सदस्य बाहेक घरबाट बाहिर सम्म निस्कन सक्दैनन् | क्याथोलिकहरूको कट्टरताका कारण आयरल्याण्डमा एकजना हिन्दू महिलाले ज्यान गुमाएको र साउदीमा मुस्लिम लोग्नेले पुरुष चिकित्सकलाई विरामी पत्नी देखाउन नमानेको कारण ज्यान गुमाउनु परेको धेरै दिन वितेका छैनन् | विश्वको कुनै पनि हिन्दू-समाजमा एस्तो दानवीय कट्टरताको कल्पना पनि गर्न सकिन्न |

नेपालको संविधानले महिलालाई पुरुषसरह अधिकारप्रदान गरेको मात्र नभई आरक्षण दिएर महिलाहरूको लागि विशेष-अधिकारको ब्यबस्था पनि गरेको छ | एस्तो ब्यबस्था गर्दा कुनै पनि हिन्दूहरूले विरोध जनाएको संज्ञानमा आएको छैन | हिन्दूहरू अधिकार दिने सवालमा सबैभन्दा उदारवादी छ | तर ब्यबहारमा हिन्दू-समाजमा सामाजिक विभेद छैन भन्नु अनुचित हुनेछ | महिला भएकै कारण महिलाहरूले अनेक सामाजिक, सांस्कृतिक विभेदमा बाच्नु परेको कुरा यथार्थ हो तर एस्तो विभेदलाई 'कानूनका माध्यमबाट' न्यूनीकरण गर्दै जाने प्रतिवद्धता जनाउने उदारता पनि हिन्दुहरूले देखाएकै छन् |

असलमा, हाम्रो लडाई बालबालिकाको शिक्षाका लागि हुनुपर्छ, विदेशमा वेचीने महिलाहरूको रक्षाका लागि हुनुपर्छ, छोरा र छोरी बीच हुने सामाजिक कुरीति विरुद्ध हुनुपर्छ, महिलालाई उपभोग्यवस्तुका रूपमा पस्किने पश्चिमा संस्कृति विरुद्ध हुनुपर्छ, फलानो देवी को जय भनेर समुहमा बोल्ने र घरमा महिला र पुरुष बीच विभेद गर्ने संस्कृति विरुद्ध हुनुपर्छ | सुत्केरी महिलालाई गोठमा राख्ने कुरीति विरुद्ध हुनुपर्छ | यी सबै हिन्दूधर्मका अंग होइनन् | हामी सबै हिन्दूहरू यी कुरीति विरुद्ध लड्ने आँट गरिरहेका छौँ | के नेपाली मुस्लिम महिलाले एस्तो अधिकार उपयोग गर्नबाट तिनको धर्मले वन्चित गर्ला ? हामी हिन्दूहरूले महिलाअधिकारका सवालमा तीनपटक बोलेर दिने 'तालक'को संस्कृतिलाई अन्त्य गर्न मुस्लिमहरूलाई पनि दवाव दिनुपर्छ भने धर्मपरिवर्तन पछि विभेद हुँदैन भनेर सपना देखाउने नेपाली क्रिश्चियनहरूलाई 'महिला - पास्टर' बनाउन दवाव दिनुपर्छ |

अव केही आधुनिक अधिकारवादीको कुरा गरौँ | पश्चिमा छाडा उदारवादी संस्कृति नेपालमा भित्र्याउन मरिहत्ते गर्ने 'अधिकारवादी'हरूका लागि हिन्दूत्वभित्रको प्राकृतिक स्वतन्त्रता मन पर्ने कुरै हुँदैन | महिलाहरूलाई यौनबस्तु बनाएर सिनेमामा पस्कने, आफ्नो संस्कृतिको न्यानोपनबाट बाहिर निकालेर समाज र संस्कृतिप्रति विद्रोही बनाउने, यौनजन्य स्वतन्त्रतालाई 'स्वतन्त्रता' ठान्ने, स-साना पारिवारिक समस्याहरूलाई 'भयंकर-अत्यचार'का रूपमा परिभाषित गरेर डलर कुम्ल्याउनेहरूलाई हिन्दू-संस्कृतिको प्राकृतिक उदारता पच्दैन | यस्ता विद्रोही पात्रहरूलाई नेपालका ९०% महिलाले मान्ने तीज, भाईटीका, स्वस्थानी ब्रतालु विरुद्ध मिडियामा विष-बमन गरेको सुन्न र देख्न सकिन्छ | विचार, यी मध्ये अधिकासं पात्रहरूसंग धन र सम्पन्नता त हुन्छ तर पारिवारिक जीवन हुँदैन !!

किशोर-किशोरीहरूलाई अधिकारका नाममा आफ्नै संस्कृति विरुद्ध विद्रोही बनाएर 'विवाह' गर्न प्रेरित गरेर अधिकारको संरक्षण हुँदैन | पैसा र पहुचवालकी दोस्रो पत्नी बनेर जाँदा महिला अधिकार रक्षा हुँदैन | धर्मपरिवर्तनले पनि अधिकारको संरक्षण गर्दैन | आजभोली धर्मपरिवर्तन गराउन झोला बोकेर घरघरजाने क्रिश्चियनहरूले 'धर्म परिवर्तन गरेर विश्वासी बने समान अधिकार प्राप्त हुने' दावी गर्छन् | तर यसमा कुनै सत्यता छैन | तपाईंहरूले कुनै क्रिश्चियन महिलालाई 'पास्टर वा बिशप' भएर चर्चको नेतृत्व गरेको देख्नु वा सुन्नु भएको छ ? यी पाखण्डीहरूलाई तपाईंले सोध्नुपर्छ - किन आजसम्म नेपालमा महिला पास्टर छैनन् ?

असलमा, संसारमा सबैभन्दा बढी धार्मिक रूपमा महिलाहरूलाई अधिकार विहिन बनाउने र देख्न चाहने मुस्लिम र इसाई नै हुन् | बाइबल र कुरान खोलेर पढ्नुस् यी ग्रन्थहरूले महिलामा आत्मा नै हुँदैन भनेर स्पस्ट घोषणा गरेका छन् | जव महिलाहरूमा आत्मा नै हुँदैन भने अधिकारको प्रश्न नै रहेन |

अत: अधिकारवादको नाममा नेपालीमहिलाहरूलाई दिग्भ्रमित गर्ने डलरधारी र धर्मपरिवर्तनकारी शक्तिहरूको षड्यन्त्रलाई चिर्न यो लेखलाई अधिकतम रूपमा विस्तार गरौँ र हिन्दू धर्मले नारीहरूलाई दासी होइन देवीका रूपमा सम्मान गर्छ भन्ने वास्तविकता अगाडी सारौँ |
(यस सृंखलामा दशबटा स-साना लेखाहरू छन् |हिन्दुत्व सम्वन्धी दशवटा उत्तर !!!हिन्दू संस्कृति र धर्मको उत्पत्तिका वारेमा बाइबलका आधारमा पाश्चात्यहरू दिएको इतिहास झूटो हो | हालका अध्ययनहरू बेदहरूको समय कमसेकम १० हजार वर्ष भएको र भाषाको विकास सम्वन्धी अध्यताहरूले समेत वेदहरू प्राचीनतम मानवरचित ग्रन्थ प्रमाणित गरेका छन् | धन, बल र छल सम्पन्न मिसनरीहरूले हिन्दू धर्म र संस्कृति बदनामी गरिरहेका छन् | यहाँ हिन्दूहरूका विषयमा धेरै सोधिने दशबटा प्रश्नहरूको सरल उत्तर प्रस्तुत गरिएको छ | यहाँका लेखहरू लेखकको लिखित अनुमति बिना छाप्न पाइने छैन | त्यसो गरिए कानुनी कारवाही गरिने छ |)

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...