Friday, March 13, 2015

हिंसाको अहिंसक प्रतिकार

हामी फेरी स्पस्ट पार्न चाहन्छौ : हामी देशको अन्तरिम संविधानको धारा २३ को 'ग' नेपाली जनतालाई प्रदान गरेको अधिकारको संरक्षणका पक्षमा बलियोसंग उभिएका छौँ | इसाई, मुस्लिम वा अन्य धार्मिक व्यक्तिहरूसंग हाम्रो कुनै कुनै गुनासो छैन | हाम्रो लक्ष व्यक्ति वा धार्मिताको विरोध गर्नु नभई संविधानले प्रदान गरेको अधिकारको रक्षाका लागि जनचेतना फैलाउनु हो | देशका ८२% हिन्दू जनसंख्या सहित यहाँका अन्य रैथाने धर्म, संस्कृति र आस्थाहरूको संरक्षणमा जोड दिनु हो |

हामी हिंसात्मक आन्दोलनमा कत्ति पनि विश्वास गर्दैनौं | हाम्रो ब्रत नै अहिंसा हो | न हामी हिँसा गर्छौं न हिँसाको समर्थन नै गर्छौं | हिंसाले हिँसा नै फैलाउँछ | हिँसा समाजको लागि कलंक हो | धर्म र संस्कृतिको संरक्षण र विस्तार गर्दा हाम्रा पूर्वजहरूले हिँसाको प्रयोग गरेनन् | शंकराचार्यले मन, बचन र कर्मले कुनै पनि हिंसा नगरी भारतवर्षका  बौद्धहरू सनातन धर्ममा फिर्ता गरे | यो काम उनले शास्त्रार्थबाट गरे | तत्कालीन बौद्ध समुदायले पनि अहिंसक पराजयलाई प्रकृतिरूपमा स्वीकार गर्यो | शास्त्रार्थमा पराजित भएपछि समस्त बौद्धहरू हिन्दू बने | शंकराचार्यले काठमाडौंमा पनि बौद्धहरूलाई शास्त्रार्थमा पराजित गरेर शंकराचार्य मठ स्थापना गरेको इतिहास छ |

हिन्दू, जैन र बौद्धहरूले आफ्नो धर्म फैलाउन हिंसाको प्रयोग गरेको इतिहास छैन | हामी नेपालीहरूले एस्तो अहिसक इतिहास बोकेर हिडीरहेको छौँ | हाम्री संग हजारौं वर्षको सहकार्य गरेको इतिहास छ | नेपालीहरू सहअस्तित्वका लागि
विश्व मै उदाहरण बनेका छन् | नेपालीहरूको यो विशेषतालाई विश्वव्यापीकरण गर्नुपर्छ | संसारका सबैखाले द्वन्दहरू नेपाली समाजको बनवटमा समाप्त हुन सक्छन् | हाम्रो अहिंसक, मिलनसार र सहअस्तित्वको संस्कृति नै हाम्रो प्राण हो | हिंसा हाम्रो बाटो थिएन | नेपालमा मच्चिएको हिंसा युरोपबाट आयातित सिद्धान्तका कारण भएको हो |

मुस्लिम र इसाई पृष्ठभूमिमा विकसित भएका राजनैतिक चिन्तनले हिंसालाई परिवर्तनको संवाहक ठान्छन् | इसाई-मुस्लिमहरूको विकास हिसात्मक प्रणालीबाट भएको हो भन्ने कुरा अव लुकेको छैन | मुस्लिम र इसाईहरूको वर्चस्व बढ्दैजाँदा देशहरूमा सामाजिक विखण्डन हुनु र धर्म, जात र संस्कृतिका नाममा रक्तपात हुनु साधारण कुरा हो | आजको नेपाली समाज पनि विदेशी चिन्तन, धर्म र धनले द्वन्दमा फंसेको छ | युरोपेली सिद्धान्तलाई आफ्नो मूलधार मान्नेहरू यसलाई विकासको प्राथमिक चरण भन्छन् | मेरो विचारमा अर्काका विचार बोकेर हिंड्नु द्वन्दलाई स्थायीकरण गर्नु हो |

इस्लामवाद, इसाईवाद, मार्क्सवादआदिले कुनै पनि देशमा द्वन्दको समाधान गरेको इतिहास छैन | मुस्लिमहरू आपसमै लडिरहेका छन् | इसाईहरू पनि आपसमा रक्तपात गरिरहेका छन् | मार्क्सवादका हजारौं संस्करणहरू उब्जेका छन् | उनीहरू बीच पनि रक्तपातपूर्ण द्वन्द चलिनै रहेको छ | जहाँजहाँ यी चिन्तनहरूको वर्चस्व देखियो ती देश र समाजहरू द्वन्द्वमा धसिए |

हामी हिन्दूहरू युद्धको संस्कृतिमा विश्वास गर्दनौं | हामी अरूको कुरामा हस्तक्षेप गर्दैनौं भने हाम्रो धर्म, संस्कृति र संस्कार उपर तिनको हस्तक्षेप हामीलाई कसरी स्वीकार्य हुन सक्छ ? हामी सबै मिलेर धर्मपरिवर्तनकारी शक्तिहरूको बौद्धिक प्रतिकार गरौँ | स्वधर्मको रक्षाका लागि जनचेतना जगाउने कामको अग्रसरता लिऔं | 

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...