Monday, March 9, 2015

तिम्रो आरोप : मेरो उत्तर

मेरो लेखहरू पढ्नेहरूले मलाई कट्टरपन्थी हिन्दू, विवेकहिन हिन्दू, परिवर्तन विरोधी हिन्दू,पश्चगामी हिन्दू, प्रतिकृयावादी हिन्दू, राजावादी, संघिएता विरोधी, दलित विरोधी, विकास विरोधी, पहिचान विरोधी हिन्दूजस्ता शब्दहरू प्रयोग गरेर आलोचना मात्र गर्दैनन्, भौतिक आक्रमणको धम्की पनि दिन्छन् | मैले यी आलोचना र धम्किहरूलाई शक्तिको रूपमा ग्रहण गर्छु र धम्की दिनेहरूले मेरो मेरा लागि तयार पारेर मलाई उपकार नै गरेका छन् | जव आलोचकहरूसंग आफुले अवलम्वन गरेको धर्म, अवधारणा र राजनैतिक मान्यतालाई तर्कको कसौटीमा सिद्ध गर्न सक्दैनन्, उनीहरूको आलोचनाको स्तर भौतिक विध्वंसमा उत्रिन्छ, ज्यान मार्ने धम्की दिन्छन् र मार्छन् पनि |

यी आरोपहरू मध्ये केही काल्पनिक छन् भने केही सत्य | म एउटा कट्टरपन्थी हिन्दू विचारक हुँ | मेरो जीवन दर्शन र चिन्तन मेरा वैदिक पूर्खाहरूको उदार चिन्तनको छहारीमा उभिएको छ | मैले मेरो वैदिक धर्म संस्कृति, नेपालका रैथाने संस्कृतिहरूको रक्षा र संरक्षणप्रति आग्रह छ | मैले मेरो देशको पहिचानका लागि देशका रैथाने सांस्कृतिक, सामाजिक तथा बैचारिक चिन्तनको सुरक्षा हुनुपर्छ भन्ने मान्यता राख्छु | यदि यो विचारका कारण म कट्टरपन्थी हुँ भने यो मलाई दिएको 'नोवेल-पुरस्कार' हो स्वीकार गर्छु |

जहाँसम्म विवेकहीन हिन्दू भन्ने आरोप छ मेरो लागि स्वीकार्य छैन | एउटा 'हिन्दू परिवार र सभ्यतामा जन्मेको व्यक्ति 'विवेकहीन' हुनै सक्दैन | पशुपक्षी, जल-आकाश र जीवाणुसम्मलाई आफ्नो बन्धु (बसुधैव कुटुम्बकम्) को उदार परम्परामा मेरो लालनपालन र हुर्काइ भएको हो | विवेकको अर्थ बुद्धि होइन | विवेकी व्यक्तिले विद्वान हुनु आवस्यक छैन | विवेकीको अर्थ हो - सम्मान जनक ब्यबहार गर्नु, सम्मानजनक उपस्थिति जनाउनु र समग्रको कल्याणको ब्यबहार गर्नु | यहुदी, इसाई, मुस्लिमहरूको धार्मिक जीवन बुझ्नेहरू विवेकी हुन् | यी पन्थका अनुयायीहरू विद्वान हुन सक्छन् तर विवेकी हुदैनन् |

यदि विश्वसंग समान ब्यबहार गर्नुपर्छ, चराचरका हरेक कणमा उनै ब्रहमको उपस्थिति छ भनेर विश्वास गर्नु अविवेक हो भने यो आरोप स्वीकार गर्न कुनै कठिनाइ छैन तर मुस्लिम वा इसाई नबनि कन स्वर्ग जान सकिन्न | मोहम्मद वा जिससलाई ऊद्धारकका रूपमा स्वीकार नगर्नेहरू 'नास्तिक हुन्, काफिर हुन् र यिनको दण्ड मृत्यु हो' भन्नेहरूले यो आरोप लगाउनु नौलो कुरा होइन | उनीहरू आफु मिलेर बस्न सक्दैनन्, तिनमा रहेका हजारौं पन्थहरू मध्ये को स्वर्ग जान्छ भन्ने टुङ्गो सम्म नभएकाले एस्तो आरोप लगाउँदा हाँसोमात्र लाग्छ |

साम्यवादीहरू जसले विगतका दिनमा संस्कृति र सभ्यताका सबै चिन्हहरू समाप्त पार्ने 'सांस्कृतिक-क्रान्ति' गरे तिनले मलाई विवेकहीन भएको आरोप लगाउनु पनि हास्यास्पद छ |  मानवसभ्यता र संस्कृतिको विनाशमा साम्यवादी, इसाई र मुस्लिमहरूको अचम्मको समानता छ | इसाई र मुस्लिमहरूले 'धर्मका नाममा' मानव सभ्यताका चिन्हहरू समाप्त पारे र परिरहेका छन् भने साम्यवादीहरूले 'विकासको अवरोध'का रूपमा संस्कृति र सभ्यताहरूको सफाया गरे | यी विवेकहीनहरूसंग के कुरा गर्नु !!!

जीवनको प्रवाहलाई प्राकृतिक रूपमा स्वीकार गर्नु हिन्दूहरूको आफ्नो मौलिक पहिचान हो | कुनै वखत छुवाछुतलाई सभ्यता ठानेर मलजोल गरेका हिन्दूहरूका आजका पुस्ता त्यसैका विरुद्ध सशक्त उभिएका छन् | यदि हिन्दूहरू परिवर्तनका विरोधी भएको भए दलित उन्मुक्तिका लागि कानुन बनाउने थिएनन्, मन्दिरमा महिलाहरूलाई पुजारी बनाउने थिएनन्, धर्मगुरूका रूपमा महिलाहरूको सम्मान गर्ने थिएनन् | यसै परिवर्तनलाई आत्मसात गर्ने प्राकृतिक खुवी हुँदा नेपालमा इसाई, मुस्लिमहरूले स्थान पाएका छन् | पाकिस्तानी मूलका केनाडेली विद्वान जफरले भनेझैँ 'हिन्दजस्तो परिवर्तनशील धर्म र संस्कृति संसारमा कुनै छैन | उ सबैसंग मिल्न सक्छ किनभने उसको रगतमा परिवर्तनलाई स्वीकार गर्न सक्ने गुणछ | राजनीति पनि एतिप्रगतिशील हुन सक्दैन |

यदि नेपालको इसाई-साम्यवादीहरूको गठबन्धनले परिवर्तनको अर्थ बाइबल वा कुरानको अधिपत्यलाई स्वीकार गर्नु हो भन्छ, पाश्चात्यहरूको सांस्कृतिक दासत्वलाई परिवर्तन ठान्छ भने एस्तो परिवर्तनसंग मेरो घृणा छ | मेरो प्राकृतिक परिवर्तनशीलतामा यी अप्राकृतिक, पक्षपाती, अविवेकी परिवर्तनका लागि कुनै स्थान हुनसक्दैन | नेपालीहरूको आदिम परिचयसंग ईर्ष्यालु भएर यसका जरा काट्न तम्तयार शक्तिहरूको परिवर्तनलाई स्वीकार गर्न सक्दिन | तर बाइबल र कुरानको अविवेकी जीवनशैली नेपालीहरूमा लाद्ने षड्यन्त्र छोडेर आउँ, तिमीहरूलाई स्वीकार्न म तयार छु |

निश्चय नै सभ्यता र संस्कृति संरक्षणको कुरा गर्नु केही अर्थमा पश्चगमन हो | पुरानोपन प्रतिको हठवादलाई न त्यागी नयाँको आगमन हुँदैन | हामी वैदिक, उपनिषद् र पुराणको युगमा फर्केर जान सक्दैनौं | कुनै पनि हिन्दूले त्यस्तो सपना पनि देख्दैन | हिन्दूहरूमा चलिआएको विविधता जीवन पद्यतिको संरक्षण नै मेरो चिन्तनको अपेक्षा हो |  मन्दिर, चैत्य, मठ, हिन्दूहरूको धार्मिक र सामाजिक ब्यबस्थालाई विस्थापित गर्न चर्च र मस्जिदको विस्तार हुनुपर्छ र एस्तो परिवर्तनले समाज आधुनिक र विकसित हुन्छ भन्ने मान्यतासंग सहमत हुन सकिदैन | लर्ड मेकालेले पूर्वाग्रहपूर्ण तवरले हिन्दू संस्कृति उपर थोपरेको यो आत्मघाति चिन्तन संस्थागत बनेर हामी हिन्दूहरूको अस्तित्व मेटाउने बाटोतिर अघिबढिरहेको अवस्थामा हिन्दूहरूको सांस्कृतिक र धार्मिक संरक्षणको उठान गर्दा 'पश्चगामी' बन्न परे गर्व गर्छु |

रैथाने संस्कृतिका सीपहरू (मूर्तिकला, मन्दिर निर्माण, चित्रकला, नृत्य, चाडवाड)लाई समाप्त नपारी देश र संस्कृतिको अग्रगामी विकास हुन सक्दैन भन्ने उग्रवामपन्थीहरू र यी हरेक रैथाने सभ्यताहरूले आफ्नो परिचय फालेर ईसाई वा मुस्लिम हुनुपर्छ भन्ने मान्यता बोकेका इसाई-मुसाईहरू कसरी अग्रगामी हुन्छन् ? हामी हिन्दूहरूले सोध्नुपर्छ | यदि नेपालीहरूको मौलिकता जोगाउनुपर्छ र यसका लागि जनजागरण हुनुपर्छ भन्ने मेरो आग्रह 'पश्चगमन' हो भने मेरो लागि यो गौरवको विषय हो | मैले यो गौरवका लागि आत्मवलिदानलाई समेत सहजरूपमा स्वीकार गर्छु |

म जन्मेको हुर्केको र शिक्षित भएको हिन्दू-समाजले प्रतिक्रिया विहिन भएर सबै कुरालाई 'विश्वास'का रूपमा स्वीकार गर्न सक्दैन | कुरान र बाइबलका मानव विरोधी, सभ्यता विरोधी, आपराधिक शिक्षालाई ईश्वरको डरले स्वीकार्न मेरो शिक्षाले मलाई अनुमति दिन्न | प्रतिक्रिया गर्नु हिन्दूहरूको स्वभाव हो र प्रतिक्रियाहरूलाई स्वीकार्नु हिन्दूहरूको उदारवादी ब्यबहार | हिन्दू हुनका लागि वेद, पुराण वा धार्मिक कट्टरपन्थीपनको कुनै आवश्यकता छैन | यहाँ ईश्वरवादी र निरिश्वरवादी, मूर्तिपूजक-मूर्तिपूजा विरोधी संगै रहन सक्छन् | हिन्दूहरू डरका कारण हिन्दू हुन सक्दैनन् | हिन्दू भैरहन हिन्दूको इश्वरले डरकर गर्दैन | ईश्वर नै नमान्ने साम्यवादी र ईश्वरले दिने दण्डको डरले धार्मिकताको नाटक गर्ने मुस्लिम-इसाईहरूले मेरो प्रतिक्रियालाई सहन सक्दैनन् |

एकल सभ्यता, एकल पन्थ, एकल विचार र डरमा हुर्केकोहरूले मेरो प्रतिक्रिया कसरी रुचाउन् ! उग्रवामपन्थीहरूले आफ्नो विचारसंग असहमत हुनेलाई मृत्युदण्ड दिन्छन् र मुस्लिम र ईसाईले पनि | त्यहाँ प्रतिक्रियाको पुरस्कार मृत्यु तोकिएको छ, नर्क तोकिएको छ | नारीहरूहरूको पूजा गर्ने मेरो सभ्यतासंग असहमत हुनेले दिएको एस्तो उपाधिलाई मैले सम्मान गर्छु | उनीहरूले दिन सक्ने उच्चतम सम्मान यही हो | कमसेकम मेरो चिन्तनको आलोकमा भए पनि प्रतिक्रियावादी बन्न सफल भए | बधाई छ, अल्लाह, गड र मार्क्सको ह्वीपलाई उलंघन गरेकोमा |

मैले आफ्ना विचारहरूमा राजनैतिक अभिष्टको कुरा कहिले पनि गरेको छैन | मेरा लागि नेपालको राजनैतिक शक्ति कसको हातमा हुनुपर्छ भन्ने कुरा महत्वपूर्ण छैन | राजाले शासन गरेपनि प्रजाले शासन गरेपनि मेरो लागि कुनै समस्या छैन | मैले आफ्नो चिन्तनमा इसाई व्यक्ति वा मुस्लिम व्यक्तिको विरोध गरेको छैन | सङ्घीयता, धर्मनिरपेक्षता वा सापेक्षता राजनैतिक विषय हुन् | नेपालका रैथाने धर्म, संस्कृति र परम्पराहरूलाई प्रोत्साहित गर्ने र हाम्रो धर्म, संस्कृति र आत्मसम्मानलाई ध्वस्त पार्ने आगन्तुक सभ्यतामा अंकुश लगाउन सक्ने आत्मबल भएको राजनैतिक प्रणाली नै मेरो बुझाई हो |

माटोको नाम नेपाल राज्य हुँदैन | नेपाली राज्यको अर्थ यहाँका धर्म, संस्कृति, समाज, परम्परा, सभ्यता र कलाकृतिहरू हुन् | हामी नेपालीहरूसंग कमसेकम २७७० वर्ष लामो मिलेर, सहकार्य गर्दै, सहास्तित्वमा बसेको अनुभव छ | जातीयता, सङ्घीयता, राज्यब्यबस्थाको परिवर्तनका नाम यो परम्परालाई कलंकित गर्न हुँदैन | मेरो आग्रह र विचारको लक्ष यही हो | पहिचानका नाममा पहिचानहरू ध्वस्त गर्ने, छुवाछुत समाप्त गर्ने नाममा छुवाछुतवादलाई पहिचानका रूपमा संस्थागत गर्ने, धर्मनिरपेक्षताका नाममा स्थानीय संस्कृतिहरूलाई नष्ट पार्ने विदेशी शक्तिहरूलाई प्रवेश दिने र यसलाई धार्मिक स्वतन्त्रताको कू-ब्याख्या गर्नेहरूसंग मेरो बैचारिक सहमति हुनसक्दैन |

सहकार्य, एकता तथा अन्तरसंवादलाई विस्थापित गरेर विपरित कार्य, भिन्नता तथा अन्तरसम्वन्धको आत्मालाई मार्ने विभेदकारी चिन्तन (http://www.everesttimes.net/article.php?type=article&aid=663)लाई मेरो चिन्तनले स्वीकार गर्न सक्दैन | मेरो चिन्तनले मुक्तिनाथ अधिकारीको हत्याको समर्थन गर्न सक्दैन, बटुकहरूको टुप्पी काट्ने अतिवादी चिन्तनलाई स्वीकार्न सक्दैन, आफ्नो स्वामित्वको होटलमा गाईको मासु बेचेर गोहत्या गर्नेलाई जेल-सजायको ब्यबस्था गर्नेको चिन्तनलाई स्वीकार्न सक्दैन |

देशको ८२% हिन्दूहरूको परिचय मेटेर मात्र नेपालका आदिवासी-जनजातिको विकास हुन्छ भन्ने पूर्वाग्रही चिन्तनसंग सहमत हुन सकिन्न | एउटा जातिहरूलाई अर्को जाति विरुद्ध उचालेर देश र समाजको विकास हुन्छ भन्ने उग्रतासंग सहमत हुन सक्दिन | आफुहरूले JNU मा पढेर जनतालाई हत्या गर्ने प्रेरित गर्ने विचारहरूसंग सहमत हुन सक्दिन | आफ्नो धर्म, संस्कृति, सभ्यता, रैथाने संस्कृतिको सम्मानजनक निरन्तरताका माध्यमबाट सामाजिक विकास नै मेरो अपेक्षा हो | यदि मेरा यी चिन्तनहरू उग्रवामपन्थी, सभ्यता र संस्कृतिका उग्रविरोधी इसाई-मुसाईहरूलाई पच्दैनन् भने अपच नै होस् |

नेपालीहरूको समुन्नत भविष्यका लागि यिनको बैचारिक दासताबाट उन्मुक्ति खोज्ने मेरो कलम मेरो सास रहेसम्म चलिनै रहने छ |
(Copyright)

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...