Monday, March 2, 2015

८. विवाह, बालविवाह, पुनर्विवाह र दाइजो

पश्चिमी मिडिया र अधिकार कर्मीहरूलाई 'हिन्दूहरू बालविवाह'का समर्थक हुन्छन्' भन्ने भ्रम सृजित गरिएको छ | हिन्दूहरूमा बालविवाहका केही छिटपुट घटना बाहेक 'इतिहासको कुरा' बनिसकेको छ | वर्तमानका हिन्दू समुदाय कुनै पनि किसिमको बालविवाहमा विश्वास गर्दैनन् | २०६८ को जनगणनाले औसत नेपालीहरूको विवाह गर्ने उमेर १९.३ महिना भएको प्रमाणित गरेको छ | एतिहुँदाहुँदै पनि कसैले हिन्दूहरूलाई 'बालविवाह'को समर्थक भन्ने आरोप लगाउंछ भने सहमत हुन सकिन्न |

मनुस्मृतिका केही श्लोकहरूमा ब्राहमण, क्षेत्री, वैश्य तथा शूद्र कन्याहरूको विवाहको उमेर क्रमश ८, १०, १२ र सोह्र वर्ष निर्धारण गरिएको छ | त्यस वखत यी कुराहरू स्वीकार्य भए पनि आज अस्वीकृत र शास्त्रीय बनेका छन् | हिन्दू संस्कृतिमा आठप्रकारका विवाहको प्रावधान छ तर यी प्रावधानहरूमा सबैभन्दा मान्य र स्वीकृत ब्राहम र दैव विवाह हुन् | अन्य विवाहहरू बाध्यात्मक र पृष्ठभूमिसंग सम्वन्धित छन् | असुर, राक्षस र पैसाच विवाह विवाहलाई घृणित र दण्डयोग्य भनिएको छ | ब्रह्म विवाहमा कन्या तथा वरको विवाह शास्त्रीय विधिविधान अनुरूप हुन्छ | दैवविवाहमा खास प्रयोजनका लागि कन्यादानका रूपमा विवाह संस्कार गरिन्छ | आर्ष-विबाहमा वरले कन्याका आमावुवालाई सम्पत्ति दिन्छन् | प्रजापत्य विवाहमा आमावुवा अथवा आफन्तले 'ठूलो र कूलघरमा' जवरजस्ती विवाह गराउँछन् | गन्दर्भ विवाह आजको 'लव-म्यारिज' हो यसमा स्र्त्री र पुरुषको सहमति भए पुग्छ | कन्यालाई किनेर जवर्जस्ती विवाह गर्नु असुर विवाह हो भने अपहरण गरेर विवाह गर्नु राक्षस र रोगी, असहाय तथा विपत्मा पारेर गरिने विवाह पिसाच विवाह हो | नेपालका केही जातिहरूमा अपहरण गरेर विवाह गर्ने चलन छ भने लभ-म्यारिज पनि चलिसकेको छ |

हिन्दू संस्कृतिमा विवाहको सम्वन्ध आध्यात्मिकतासंग गाँसिएको छ | पश्चिमा क्रिश्चियनहरू र मुस्लिमहरूका लागि विवाह ‘सेक्सका लागि गरिने कागजी सम्झौता’ हो | बाइबल र कुरानले महिलामा आत्मा छैन भन्छ | कागजी सम्झौता गरेर ‘भोग्ने’ बाहेक अन्य सरोकार हुँदैन | हिन्दू संस्कृतिको विवाहसंस्थासंग उपरोक्त ‘जंगली-विवाह’ विधिसंग तुलना गर्न खोज्नु नै मूर्खतापूर्ण कुरा हुन्छ | किनभने हिन्दूहरूका लागि विवाहको अर्थ ‘सृष्टि-चक्रमा’ योगदान गर्नु हो भने पश्चिमाहरू र मुस्लिमहरूमा सेक्सको मजालिनु हो | सेक्सलाई मज्जाको विषय मान्नेहरू विवाहलाई पवित्र मिलनको रूपमा कसरी स्वीकार गर्न सकून् ? मुस्लिम धर्मका संस्थापक गुरू मोहम्मद आफैले ६ वर्षीय बालिका आयसासंग विवाह गरेको र उनी नौवर्षकी हुँदा करणी गरेको कुरा कुरानमा उल्लेख छ | बाइबलमा पनि ब्यथेलमा आक्रमण गर्दा जितेर ल्याएका ‘छ वर्षका बालिका’संग विवाह गर्न आदेश दिएको उदाहरण प्राप्त हुन्छ तथापि विवाहको उमेर भने तोकिएको देखिन्न | मुस्लिम र क्रिश्चियन दूबै समुदायमा महिलाका लागि पुनर्विवाहको प्रावधान छ |

हिन्दू धर्ममा सद्गृहस्थ, परिवार निर्माणको जिम्मेदारीयोग्य शारीरिक, मानसिक परिपक्वतापछि युवक-युवतिबीच विवाह संस्कार हुन्छ | भारतीय संस्कृतिका अनुसार विवाह केवल शारीरिक या सामाजिक अनुबन्ध मात्र नभई श्रेष्ठ आध्यात्मिक साधना हो । त्यसैले 'धन्यो गृहस्थाश्रमः' भनिएको छ । सद्गृहस्थले समाजको अनुकूल व्यवस्था एवं विकास में सहयोग गर्छन् | गृहस्थीका माध्यमबाट ब्रह्मचर्य, वानप्रस्थ एवं सन्यासलाई सहयोग गर्छन् । असलमा, आज वैदिक विवाह संस्कार के पारिवारिक एवं सामूहिक प्रयोग सफल तथा उपयोगी सिद्ध भएको छ | पश्चिमाहरू वैदिकविधिले विवाह गरेका दम्पत्तिहरूको दीर्घकालीन दाम्पत्य जीवन देखेर आरिस गर्छन् | उनीहरू ‘सम्झौता’मा आधारित विवाहसंस्थाबाट आजित छन् भने लेस्वीयन (महिला-महिला बीच विवाह) र गे-हरूको (पुरुष-पुरुष बीच विवाह) अप्राकृतिक सम्वन्धलाई समेत विवाहका रूपमा स्वीकार गरेर यसलाई अझै अपवित्र र कूरूप बनाइदिएका छन् |

विवाह दूई आत्माहरूको पवित्र बन्धन हो । दूई प्राणी आफ्नो फरक-फरक आस्तित्वलाई एकापसमा समर्पित गरेर एउटा संसारको वन्धन निर्माण गर्छन् | त्याग, समर्पण, कर्तब्य र अधिकार प्रत्याभूति यी सबै कुराहरू आपसमा शेयर गर्छन् | संसारदेखि आध्यात्मिक पथसम्म संगै हिंड्ने ‘सप्तपदी’ प्रतिज्ञा गर्छन् | ‘’हामीले एकापसमा एकार्काको आफ्नै शरीरको अंगसरह हेर विचार गर्ने छौँ, हामीले गृहस्थी जीवनका सबै समस्याहरू सरसल्लाह गरेर समाधान गर्ने छौँ, विरामी परेको बखत एकआपसमा पूर्ण हेरविचार गर्ने छौँ, हामीले एकआपसमा असल मित्रको ब्यबहार गर्ने छौँ, हामीले परस्परको यौन-जीवनप्रति विश्वसनियता कायम गर्ने छौँ, पतिले पत्नीलाई र पत्नीले पतिलाई समान महत्व दिने छौँ, हरेक धार्मिक र सामाजिक कार्यहरू अनिवार्यरूपमा संगै गर्ने छौँ आदि सप्तप्रतिज्ञाले नै वैदिक विवाहसंस्थाको महत्व स्थापित गर्छ | पश्चिमा संस्कृतिको अन्धो अनुकरणलाई मानवाधिकार ठान्नेहरूले उपरोक्त प्रतिज्ञाको महत्व बुझ्न सक्दैन् |

हिन्दू धर्म सांस्कृतिक जीवनमा विवाह एउटा आध्यात्मिक संस्था भएकोले पश्चिमा मोडेलको विकृतिपूर्ण ‘लव-म्यारिज’लाई यसले महत्व दिदैंन न त वालविवाहको पक्ष पोषण नै गर्छ | वेद, उपनिषद् र पूराण ‘महिलाहरूले स्वयम्वर गरेका प्रसस्त उदाहरण छन् | सीता, द्रोपदी, दमयन्ती आदि-आदि | एति हुँदाहुँदै पनि केही समुदायमा बालविवाह प्रचलित छ | यो रोकिनु पर्छ | १९ वर्षको उमेर नपुगी विवाह गर्नु हुँदैन | उपरोक्त विषयको निदान गर्न हिन्दू संघसंस्थाहरू सकारात्मक छन् | वर्तमान समयमा बालविवाहलाई हिन्दू समाजले अस्वीकार गरिसकेको हुँदा सामाजिक रूपमा अस्वीकृत भैसकेको छ | यो स्वीकार्य हुँदैन |

विधवा पुनर्विवाहका सम्वन्धमा आजको हिन्दू समाज उदारवादी छ | वेदमा पनि विधवाहरूले पुर्नर्विवाह गरेको उदाहरण भएको भनि आर्यसमाज र युगनिर्माण योजनाजस्ता संस्थाहरूले विधवाहरूको पुनर्विवाह गराएका छन् | यस अर्थमा, बैदिक संस्कृतिले पुनर्विवाहको आज्ञा दिंदैन भन्नु गलत हो | यदि विधवा आफैले पुनर्विवाह गर्ने इच्छाप्रकट गर्दिनन् भने त्यहाँ जवरजस्ती गरिनु हुँदैन | यो अमानवीय र व्यक्तिगत स्वतन्त्रताको हनन हो | यसैगरी पहिरनका विषयमा ‘विधवाको व्यक्तिगत इच्छा’लाई सम्मान गरिनुपर्छ | न त रातो लुगा लगाउन बलजफ्ती गरिनु हुन्छ न सेतो पहिरनका लागि | यो सबै कुरा सम्वन्धित महिलाको स्वविवेकमा छोडिनु पर्छ | वैदिक संस्कृतिको पहिचानसंग जोडिएको यो विषयलाई ‘पश्चिमा फोहोरी नजरिया’ले ब्याख्या र बुझ्नु आवश्यक छैन | महिलालाई बासनापूर्तिको साधन ठान्ने पश्चिमाआँखाले ‘यौन विना पनि प्रेम’ हुन्छ भन्ने कुरा कहिल्यै पनि बुझ्न सक्दैनन् |

अहिले नेपालको हिन्दू समाजमा विगतभन्दा पनि भयङ्कर रूपमा दाइजोप्रथा बढिरहेको छ | आजभन्दा २० वर्ष अगाडीसम्म पनि पहाडे हिन्दूमा दाइजोप्रथा थिएन | तर अहिले यो सबै नेपालीहरूको घरघरमा पुगेको छ | यो कुप्रथालाई भित्र्याउनेहरू ‘दहेजविरोधी’ नै हुन् भन्द अनुचित हुँदैन | हिन्दूधर्मले स्वेच्छाले आफ्नो छोरीलाई दिनसक्ने सम्पत्ति बाहेकलाई पूर्णरूपमा निन्दनीय कर्म भनेर निन्दा गरेको छ | असलमा, नेपालमा दहेजप्रथा मुस्लिमहरूका माध्यमबाट छिरेको हो | पहिले मधेसमा र अहिले सबै नेपालीको घरमा छिरेको छ | हिन्दू धर्मले दाइजोलाई ‘स्वेच्छिक विषय’ भनेको हुँदा दाइजो माग्नेहरू र आफ्नो हैसियत भन्दा दाइजो दिन कबुल्ने दूबै नर्कमा जान्छन् | शास्त्रहरूमा विवाहित वा अविवाहित छोरीले घरमूलीको रूपमा काम गरेर परिवारको पालन गरेका अनगिन्ती उदाहरण छन् | स्वच्छिक भन्दा बढी दाइजो दिनु र लिनु दुवै पापकर्म हो | यमराजले दूबैलाई आगोमा पोल्ने छन् | हामी हिन्दूहरूले आफ्नो मन, बचन र ब्यबहारबाट हटाउनु पर्ने विषय नै दाइजो हो |

मैले निवेदन गरिसकें कि हिन्दू संस्कृतिमा बालविवाहको कुरो एकाधसमयको विषय भइसकेको छ | आज कानुनी तथा सामाजिक रूपमा बालविवाह अस्वीकार गरिन्छ | त्यैपनि केही पश्चिमा क्रिश्चियनहरूका स्वदेशी मतियारहरू स्वस्थानीको कथा र मनुस्मृतिका केही भनाइहरूलाई पस्केर हिन्दू धर्म र संस्कृतिको वदनाम गरिरहेको देखिन्छ, सुनिन्छ | यी सबै पात्रहरू धनका भोका हुन् | डलर र क्रिश्चियनहरूको गर्नु नै यिनीहरूको एकल एजेन्डा हो | हामी आफ्नो विवाह संस्थामा विश्वास गरौँ, सप्तपादीमा दिएका वचनहरू एकआपसमामा सम्मान पूर्वक पालन गरौँ | हाम्रो धर्म र संस्कृतिको रक्षा हुन्छ | हाम्रो गौरव बढ्छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...