Tuesday, July 18, 2017

शरीर : पाश्चात्य बुझाई

पश्चिमाहरूले बुद्धिको प्रयोग गरेर भौतिक विकासमा ठूलै चमत्कार गरेका छन् | मैले यो सत्य अस्वीकार गर्न सक्दिन र मिल्दैन पनि | यतिधेरै राम्रो काम गरेपनि उनीहरू आफ्नो शरीरको दासत्वबाट माथिल्लोस्तरमा उक्लिन सकेनन् | उनीहरू सधै आफ्नो मन र शरीरको रक्षाका लागि मात्रै तन्मय भएर काम गरे | यसले पश्चिमाहरूमा शरीर रक्षाको लागि "शक्ति आर्जन" गर्ने प्रतिस्पर्धा चल्यो |

सन् २०१७ को मार्च २३-२५मा काठमांडू हायात होटेलमा आयोजित बौद्ध सेमिनारमा उनीहरूले "ज्ञानमा पनि सुप्रिमेसी" प्राप्त गर्ने बालहठ गरेको देखियो | मैले त्यहाँबाट बुझें शरीरको रक्षाका लागि विनाशकारी "आणविक शास्त्र"को विकास गर्नेहरूले कुनै पनि हालतमा बौद्धिक वा आध्यात्मिकस्तरको सोपान पार गर्न सक्दैनन् |

अमेरिकन, युरोपेली तथा अन्य पश्चिमा पद्यतिको सेवामा "सर्वेभवन्तु सुखिन" आत्मिकभाव हुनै सक्दैन | यसको कारणस्पस्ट छ, उनीहरूका लागि सेवागर्नु पनि एउटा असल काम गर्ने "ब्युजिनेस" नै हो |

छान्द्ग्यउपनिषद पढ्दै गर्दा मैले बुझें, शरीर शरीरको सम्वन्ध मनसंग हुन्छ. मनको सम्वन्ध बासना र आत्मसुरक्षा भन्दा माथि उठ्न सक्दैन | मैले आजसम्म कुनै पश्चिमा विद्वानले अर्काको कल्याणका लागि ऋषि दधिचीलेझैँ आत्मदान दिएको उदाहरण भेटेको छैन |

हो, हामी मध्ये कुनै पनि दधिची, शिवि वा हरिश्चन्द्र बन्ने दावा गर्न सकिंदैन तर वैदिकशास्त्रको मूल्यहरूमा आफ्नो शरीरको, परिवारको, गाउँको, राष्ट्रको र अन्त्यमा विश्वको कल्याणको खातिर निस्वार्थ बन्ने क्षमताको विकास गर्ने हामीसंग खुवी छ | हामीले यो खुवी वारम्वार देखाएका छौँ | भूइँचालोको बेलामा हामीले सेवा गर्यौं तर उनीहरूले सेवाको ब्युजिनेस गरेर फर्के |

मैले सनातन वैदिक हिन्दू संस्कृतिको जरोकिलो समातें किनभने यसले सेवालाई ब्युजिनेस ठान्दैन | सेवा निश्वार्थ नै हुन्छ | सेवालाई ब्युजिनेस ठान्ने र आफ्नो शरीरको रक्षाका लागि समग्र विश्वको सुरक्षालाई धरापमा पार्ने पश्चिमा पद्यतिसंग मेरो सहमति छैन | यदि मेरा छिमेकीहरूले अणुवम बनाएका छन् भने त्यो पनि आयातित शरीरवादी सोच नै हो |

एउटा कुरा पक्का हो, शरीरवादी चिन्तनको प्रवलता रहेसम्म सेवा सधैं ब्युजिनेस नै रहने छ | हामी यो पश्चिमा सोचको लागि चुनौती बन्नुपर्छ | मैले आफ्नो शरीर, परिवार, छिमेकी तथा अन्यलाई माया नगर्नुहोस् भन्ने धृष्टता गर्दिन तर यी सबै काम गर्दागर्दै पनि आफ्नो जरोकिलोको लागि सेवालाई निस्वार्थ बनाउने प्रयत्न गर्न आव्हान गर्छु |

यसो गर्दा मैले आफुलाई नितान्त भारतवर्षको एउटा विनम्र नागरिकको नाताले आफ्नोपनको रक्षा गर्ने दृढ संकल्प गर्ने प्रेरित भने गर्छु | पश्चिमाहरूका असल पक्षहरूको सिको गर्न कुनै गारो छैन तर शरीरवादी चिन्तनले निम्त्याएको हाम्रो रुग्णत न्यूनीकरण गर्दै जाने र नेपाललाई विश्वको केन्द्रका रूपमा विकसित गर्ने अर्को विकल्प मैले देखेको छैन |

मैले लेखेको एउटा शब्द पनि लहडमा, पश्चिमाप्रतिको पूर्वाग्रह वा अन्य कुनै कारणले लेखिएको होइन | यी सबै भगवानका आदेश हुन् जुन मलाई स्रोत बनाएर निस्किएका छन् | परमेश्वरको रोजाईमा अव नेपालीहरू आफ्नो प्राचीन ज्ञानविज्ञानको छायामा उभिएर विश्वको दिगोशान्तिको लागि नेतृत्व गर्न चुनिएका छन् | विविधवादले आक्रान्त बनेको विश्वलाई नेपालीलाई माध्यम बनाएर पुन: शान्त, सुरक्षित बनाउन तैयार पारिदै छ |

आँट हुनेले परिवर्तनको यो शान्तिपूर्ण अभियानमा आफुलाई जोडेर इतिहासको फूल बनाउने छन् | हाम्रो आन्दोलन सुनेर खिल्ली उडाउनेहरूसंग पछुताउने विकल्प मात्र वांकी रहने छ | शरीरमा अल्झेको पश्चिमा पद्यति र शरीर, मन, आत्मा र परमात्मामा उन्मुख हाम्रो ज्ञानको विस्तारको सहयात्रा गर्नैपर्छ |

आध्यात्मिक परामर्शको परिचय

Dr. Govinda Sharan Upadhyaya
आध्यात्मिक परामर्श (Spiritual Counseling) को जन्म र थालनी नि:सन्देह नेपालबाट नै भएको हो | जव सन् १९९० ताका मार्गदर्शन (guidance)बाट परामर्श छुट्टीने अवस्थामा थियो त्यस बखत प्रसिद्ध मनोविश्लेषकहरूले प्राचीन वैदिक कालीन परामर्श पद्यतिको कुनै तुलना छैन भन्ने अनुभव गरेको हुनुपर्छ | यद्यपि अमेरिकी र युरोपियनहरूले आफ्नो "सुप्रिमेसी"को मानसिक रोगका कारण खुला रूपमा यसको उल्लेख गर्न सकेनन् |

वैदिक इतिहास केलाउंदा आध्यात्मिक तथा भौतिकताप्रति मानसिक असन्तोष ऋग्वेदमा देखा पर्छ जहाँ ऋषिहरुले "कस्मै देवाय हविषा विधेम -(१०-१२१-१) कुन देवताको आराधना गरौँ ? भनेर कुनै ऋषिहले आफ्ना आचार्यसंग सोधेका छन् | यसमा समग्र सृष्टिदेखि लिएर आफ्नो अस्तित्वको कारणको जानकारी खोजिएको छ |

आधुनिक मानसिक स्वास्थ्यका चारबटा खामाहरू छन् : मन, शरीर, समाज तथा आत्मा यिनलाई क्रमश मनोबैज्ञानिक स्वास्थ (मेन्टल, फिजिकल, सोसाईटल तथा स्प्रितुअल), भौतिक, सामाजिक तथा आध्यात्मिक स्वास्थ्यका रूपमा प्रस्तुत गरिन्छ |

अन्य विषयमा एकमत भए तापनि आध्यात्मिक स्वास्थ्यका विषयमा विद्वानहरूको आफ्नो बुझाइअनुसारको विचार देखिन्छ | केही विद्वानहरूले आध्यात्मिक शब्दलाई धार्मिक क्रियाकलापसंग जोडेर विश्लेषण गरेका छन् भने केही विद्वानहरू अध्यात्मिकता धर्मनिरपेक्ष रहेको पक्षमा उभिएका छन् | एस्तो विभाजन इसाई, मुस्लिम तथा यहुदीहरूले गर्ने धर्मको परिभाषाका कारण उत्पन्न भएको हो |

उनीहरूका लागि धर्म एउटा व्यक्तिले आरम्भ गरेको व्यक्ति वा समुहले स्वीकारे र मान्दै आएको चालचलन, रितिरिवाज तथा पूजाआजाको ब्यबहार हो | यही ब्यबहारलाई उनीहरू "धार्मिक क्रिया ठान्छन् र आध्यात्मिक क्रियाकलाप पनि यही हुन् |

बाइबल, जिसस तथा यहोवामा विश्वास नगर्ने इसाई हुनैसक्दैन भने कुरान, मोहाम्द तथा मक्काको अस्तित्वमा विश्वास नगर्ने मुस्लिम हुनै सक्दैन | यही तत्थ्य यहुदीसंग पनि जोडिएको छ | यी धर्मका अनुयायीहरुले उपरोक्त धर्महरूलाई वैश्विक (Universal) माने पनि यी जातीय, स्थानिक र पान्थिक नै हुन् | किनभने यी धर्मका धार्मिक ग्रन्थ र गुरूहरूले नै ग्रन्थ र धर्मको सीमा तोकेका छन् | बाइबलले आफुलाई इसाईको धर्मग्रन्थ, कुरानले मुस्लिम र तोरेटले आफुलाई यहुदीहरूको धर्मग्रन्थ भएको घोषणा गर्छन् |

असलमा पाश्चात्य मनोबैज्ञानिकहरूले आध्यात्मिक स्वास्थ्यको महत्वलाई महर्षि पतंजलिले स्थापित गरेको योगतत्वलाई विश्वले अङ्गिकार गरेपछि बाध्यभएर स्वीकार गरेका हुन् | यसरी मनोविज्ञानमा "आध्यात्मिक स्वास्थ्य"को प्रवेश प्राचीन वैदिक ब्यबहारको लोकप्रियता र ब्यबहारिक उपयोगिताकै कारण भएको हो - भन्ने तत्थ्य अव धेरै लुकाउन सकिन्न |

इसाई धर्मगुरू रोजरले बाइबलको प्रचारप्रसारलाई प्रभावकारी बनाउन सन् १९४५ ताका व्यक्तिकेन्द्रीय परामर्श पद्यतिको विकसित गरेका थिए भने १९६१ मा आफ्नो यस विधिलाई उनले "सहयोगी सम्बन्ध"का रूपमा प्रस्तुत गरे | रोजरपछि पाश्चात्य परामर्श पद्यतिमा आध्यात्मिक-परामर्शको थालनी भएको अनुमान गरिन्छ |

रोजरले बाइबलका आधारमा विकसित गरेको परामर्श पद्यति प्रभावकारी थियो तर इसाईपन्थसंग असहमति राख्ने र नास्तिक विद्वानहरूलाई यो विधि पटक्कै मन परेको थिएन | यिनै कुरालाई आधारित बनाएर उनीहरूले अस्तित्ववादी दार्शनिक चिन्तनको अवलम्वन गर्दै "अस्तित्ववादी परामर्श अद्यति, दार्शनिक परामर्श पद्यति र अन्त्यमा आध्यात्मिक परामर्श पद्यतिको नामले काम गर्ने थाले |

वैदिक, बौद्ध तथा जापान, कोरिया र चीनमा विकसित भएका "ईश्वरको अस्तित्वमा विश्वास नगर्ने र बहुलदेवदेववादी"हरूले स्थानीयतहमा अभ्यास गर्दै आएका विधिहरूको पाश्चात्य जगतमै स्वीकार्यता बढ्दै गएपछि हार्डकोर क्रिश्चियन विद्वानहरूले पनि "धार्मिकता नहुँदा पनि मान्छे आध्यात्मिक हुन सक्छन्" भन्ने तत्थ्यमा विश्वास गर्नु पर्यो |

सन् २०७५ पछि गरिएका विभिन्न अनुसन्धानहरूले हरेक मान्छेको कल्याणकारी स्वास्थ्यमा मानसिक, शारीरिक, सामाजिक तथा आध्यात्मिक विषयहरू अनिवार्य हुन्छन् भन्ने तत्थ्य प्रमाणित गर्यो र विगतमा "परामर्श केवल मनोवैज्ञानिक मात्र हुन्छ" भन्ने मान्यता पनि खण्डित भयो |

आधुनिक परामर्श पद्यतिको विकासमा सबैभन्दा बढी योगदान बैदिक, चाइनिज बौद्धआदि पूर्वीय चिन्तनको ग्राह्यता तथा इसाईपन्थप्रतिको उदासीनताका मध्यमा भएको हो भन्ने कुरामा म दृढ छु | भने आध्यात्मिक शब्दको प्रयोग पनि एकेश्वरवादी कट्टरपन्थी चिन्तनबाट जोगिन भएको हो भन्ने असान्दर्भिक हुँदैन |

मनोविज्ञान र योगसूत्र

महर्षि पतंजलीले योगसूत्रको रचना गरेको लगभग तीनहजार वर्ष वितेको छ तर आधुनिक मनोविज्ञानको विकास भएको दूई सयवर्ष पनि पूरा भएको छैन | आजको मनोविज्ञान योगविना एककदम पनि हिड्न नसक्ने अवस्थामा छ | योगले मनोविज्ञानलाई ठूलो सहारा दिएको छ |

पहिले योगसूत्रको कुरा गरौँ | पश्चिमा विद्वान फिलिप ए. मोसले महर्षि पतंजलीको समय ई.पू. ४०० तिर भएको अनुमान गरेका छन् भने अर्का विद्वान एडमिनले ई.पू. दोस्रो शताब्दिमा योगसूत्र लेखिएको अनुमान गर्छन् तर परम्परागत नेपाली तथा भारतीय विद्वानहरू यिनीहरूले तय गरेको समयसीमा स्वीकार्न तयार छैनन् |

पश्चिमा विद्वानहरूको खोजप्रणाली सधैं विवादित रहेको छ | किनभने उनीहरूले विश्वका जुन सुकै कृतिहरू वा सभ्यताको समयसीमा निर्धारित गर्दा "बाइबलको समयसीमा भन्दा प्राचीन हुनुहुँदैन" भन्ने पूर्वाग्रह राख्ने आरोप लाग्छ | धेरै विषयमा यी आरोपहरू सिद्ध पनि भएका छन् | त्यैपनि नेपाली तथा भारतीय विद्वानहरू लुरुलुरु यिनै पश्चिमा विद्वानहरूले लेखेको कुरा सारेर आफ्नो पुरुषार्थ प्रदर्शन गरिरहेका छन् - केही अपवाद बाहेक |

भारतीय विद्वान महामहोपाध्याय गोपीनाथ चक्रवर्ती, प्राडा बलदेव उपाध्याय, मनमोहन मालवीय आदि र नेपालका केही विद्वानहरूले उपरोक्त समयसीमाको सप्रमाण प्रतिवाद गरेको देखिन्छ | त्यैपनि लेखक स्वयम्ले आफ्नो वारेमा केही न बताएको हुँदा समय-सीमा सधैं विवादित नै रहने छन् | नेपाली विद्वानहरूले आफ्नै बलवुतामा आफ्नो इतिहास खोज्ने र त्यसलाई प्रमाणित गर्ने काम गर्न बाँकी नै छ | इतिहासमा अरूको भर पर्न हुँदैन |

परम्परागत नेपाली तथा भारतीय विद्वानहरूले महर्षि पतंजली र योगसूत्रको समय ई.पू. ३५०० बाट ३००० तिर भएका प्रमाणहरू दिएका छन् | यसको मूल कारण जैन (ई.पू. ७००) बौद्धहरूले (ई.पू. ६००) योगका विषयमा निकै परिचर्चा गरेका छन् | महावीर तथा बुद्ध दूबै योगका पारखी भएको कुरा तिनका धर्मग्रन्थहरूमा यत्रतत्र उल्लेख छ |

योगको मूल ग्रन्थ योगसूत्र चारभागमा विभाजित छ : समाधिपाद, साधनापाद, विभूतिपाद तथा कैवल्यपाद | पहिलो भागमा ५१ सूत्रहरू छन् अध्यायको नाम अनुसार नै समाधिका विविध अवस्थाका विषयमा वर्णन गरिएको छ | दोस्रो पादमा योगका ब्यबहारिक स्वरूपहरूको उल्लेख छ जसमा ५५ बटा सूत्रहरू छन् |

तेस्रो अध्यायमा ५६ बटा सूत्रहरू छन् | यसमा योगका माध्यमबाट प्राप्त गर्न सकिने विभिन्न उपलब्धिहरूको सूक्ष्म विवरण दिएको छ भने अन्तिम अध्यायमा ३४ बटा सूत्रहरू छन् यसमा मुक्ति, मोक्ष वा निर्वाणका विषयवस्तुहरूको जानकारी छ | असलमा, समग्र वैदिक दर्शनको मूल गन्तब्य नै "मोक्ष" हो जसलाई योगदर्शनले नेतृत्व गरेको देखिन्छ |

श्रीमद्भगवत-गीतापछि सबैभन्दा बढी अंग्रेजी तथा अन्य भाषाहरूमा सबैभन्दा अनुवाद हुने प्राचीन वैदिक ग्रन्थ नै "योगसूत्र" हो भनिन्छ | सन् १८७९ मा स्वामी विवेकानन्दले अमेरिकी धर्म संसदमा सम्वोधन गरेपछि पाश्चात्य जगतले योग तथा अन्य वैदिक विधाहरूका विषयमा अभिरुचि देखाउन थाले |

आज योगका कारण विश्व नै "हिन्दू"हरूको निवासस्थल भएको आरोप इसाई विसपहरूले लगाउन थालेका छन् | आज योग विश्वब्यापी बनेको छ | योग लोकप्रिय बनेको छ | हिजोसम्म योगलाई "सेक्सपावर" बढाउने साधनका रूपमा वेस्टले चिने पनि अव यो शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्यको मूलधार बनेको छ | आजको जीवन शैलीमा योग तरकारीको नून बनेको छ |

आज मनोविज्ञान र योगको मांग बढेको छ | जसरी घरघरमा योग पुगेको छ त्यसैगरी मनोविज्ञानको आवश्यकता पनि अनुभुव गरिएको छ | मनोविज्ञानले मनको स्वभावको कारण बैज्ञानिक आधारमा खोजिरहेको छ भने योगले शरीर, मन तथा आत्माको आवश्यकताहरूलाई आसन, ध्यान तथा समाधिका माध्यमबाट स्थापित गर्ने प्रयत्न गरिरहेको छ |

शोध निर्देशन : अवको बाटो

हामीले गरेका/गराएका शोधकार्यहरूमा संस्कृत र पालीभाषामा लेखिएका हजारौं ग्रन्थहरूको अध्ययन/अध्यापन नगर्ने तर कुइरेहरूले अंग्रेजीमा लेखिएदिएका कितावहरूलाई आफ्नो विचारको माध्यमबनाउंदा नचाहेर पनि कुइरेहरूको बायसनेसले ठाउँ पाउँछ |

बरू, थोरै भए पनि संस्कृत र प्राचीन पाली भाषाको अध्ययन आरम्भ गर्नेहरूले बढी स्रोत प्राप्त गर्छन् | संस्कृत वा पाली हाम्रो जीब्रोसंग जोडिएका हुनाले अन्य भाषाका तुलनामा जान्न सजिलो हुन्छ | बरू जान्ने प्रयत्न गर्नु पनि एउटा राम्रो विकल्प हो |

संस्कृत र पालीका सवालमा विदेशी (अंग्रेजी) अनुवादको विश्वसनीयतामा धेरै खोट लगाउने स्थान छन् | अनुवादहरूलाई प्रमाणिक ठानेर सीधै उद्धरण गर्नुभन्दा, त्यस उद्धरणको पुष्टि गर्न सम्वन्धित मूल पुस्तकको स्रोत पढ्नु र बुझ्नु धेरै राम्रो हुन्छ |

अंग्रेजहरूले भारतमा राज्य गरिरहेको अवस्थामा उनीहरूको मुख्य उदेश्य इसाई धर्मको प्रचारप्रसार गर्नु थियो भने त्यस बखतका विद्वानहरूले संस्कृतको अध्ययन केवल इसाई धर्मको प्रचारप्रसारमा सहयोगका लागि गरेका थिए |

उनीहरूको उदेश्य भारतीय शास्त्रहरू पनि बाइबल कै पक्षधर छन् र भास्तीय शास्त्रहरूले पनि विश्वका सबै मानिसहरूलाई इसाईधर्म अपनाउन नै प्रेरित गर्छन् भन्ने रहेको थियो |

त्यस्तो अवस्थामा बाइबलको मर्म विपरित अर्थ दिने वा अंग्रेजहरूको शिक्षानीति, अर्थनीति तथा राजनीतिसंग असहमति राख्ने शब्द र मर्महरूको अर्थ तोडमरोड गरेर प्रस्तुत गरिएको थियो | जुन कुरा आजका पाश्चात्य विद्वानहरूले पनि स्वीकार गरिसकेको अवस्था छ |

किथ, म्याक्समूलर आदि स्थापित विद्वानहरूले पनि भारतवर्षीय साहित्यहरूको अनुवाद इसाई-मुसाई दृष्टिकोणले नै गरेका थिए | आज यो विषयपूर्ण स्थापित भैसकेको छ |

कमसेकम विश्वविद्यालयमा शोधको निर्देशन गर्ने प्राध्यापकज्यूहरूले माथिल्लो तत्थ्यलाई दृष्टिगत गरेको हुनुपर्छ | अन्यथा, प्राचीन संस्कृत तथा पाली साहित्यको पूर्वाग्रही दृष्टिकोणले नवविद्वानहरू पनि ग्रसीत हुने निश्चित छ |

विद्वानहरूका सबै दोषहरू क्षम्य हुन्छन् तर पूर्वाग्रही दृष्टिकोण कहिले पनि क्षमा योग्य हुँदैन किनभने यसले नवागन्तुक विद्वानहरूलाई समेत संक्रमणमा पार्छ | गुणात्मक अनुसन्धानमा यसले ठूलै प्रभाव पार्छ भने तुलनात्मक अनुसन्धानमा पनि हामीले विश्वास गुमाउने अवस्था आउँछ |

आफैले आफ्नो जरोकिलो खोज्ने प्रयत्न नगर्ने, अरूले गरेको प्रयत्नलाई समेत पश्चिमाको सहमति खोज्ने र अरूले खोजिदिएको तत्थ्यलाई समेत समालोचनात्मक विधिले सत्यापन नगरी जस्ताको तस्तै स्वीकार्ने "रेडिमेड" संस्कृतिले नेपाली प्राज्ञहरूको सबैभन्दा बढी अवामुल्यांकन भएको छ | अव यसको सुधारका लागि प्रयत्नशील हुनुपर्छ |

जुन बेला बुझियो, यसको थालनी त्यही नै हो | जहाँ पूर्वाग्रह र पक्षपातलाई कुनै ठाउँ हुने छैन | ऋषिहरू लोककल्याणका लागि पनि झूटो कुरा बोल्दैनथे, आधुनिक गुरुकुल सत्यको बाटो हो, जहाँका विद्यार्थी तथा अध्यापकहरूले सत्यका लागि काम गर्नेछन् |

हो, तर हाम्रा विविका प्राध्यापकज्यु र राजनीतिज्ञहरूको सोच आज पनि विदेशीहरूले सन् १७-१९ तिर अनूदित र सृजिना गरेका शैक्षिक सामग्रीहरूले गाइड गरेको छ | देशको राजनीतिलाई हाक्ने हाम्रा नेताहरू पनि सन् १७-१९ को विचका विदेशी सोचबाट ग्रस्त छन् | र त्यसो सोच पढेर होइन सुनेर स्थापित भएको छ | सुनेर लेखिएको र बोलिएको विषयलाई अव प्रमाणिक मान्ने जमाना छैन |

अहिले जमाना वदलिएको छ र १८-१९ तिरको तुलना विदेशी अनुसान्धाताहरूको ट्रेन्ड वदलिएको छ | नेपाली, भारतीय तथा विदेशी मूलकै विद्वान अनुसन्धाताहरूले धार्मिकतामा आधारित पक्षपातपूर्ण अनुवाद गर्ने इसाईसोचको विरुद्ध उभिएका छन् | वेद, पुराण, महाभारत, चाणक्यनीतिआदिका नया अनुवाद आएका छन् | अनुवादकहरूले इन्टरनेट प्रविधिको फाइदा उठाउँदै आफ्ना अनुसन्धानहरूमा संस्कृत वा पाली मूललाई देवनागरी, रन्जना वा अन्य लिपिमा सार्न थालेका छन् |

जातीयता, क्षेत्रीयता र विदेशी जरोकिलोमा बाँधिएका नेपाली राजनीतिज्ञ र तिनको मतियारका रुपमा सन् १७-१९ सयको विश्वलाई पछ्याउने सोचले ग्रस्त नेपाली प्राज्ञहरूले पनि ढिलोचाडो यी कुरा नबुझी धर छैन | जवसम्म हाम्रा राजनीतिज्ञ र विद्वानहरूले आफ्नो परम्परामा भएका जीवनोपयोगी र अनुपयोगी विषय आफ्नै बलबुतामा खुट्याउने औकात प्राप्त गर्दैनन्, तवसम्म हामी विदेशीबाट डोमिनेन्ट हुनैपर्छ |

यो त्यहाँको शिक्षा पद्यतिप्रति इमान्दारिताको सूचक र पुरक हो | हामीमा राजनीति र रेडिमेड संस्कृति हावी भएको छ | नेपालमा भाषाको समस्या पनिं छ | संस्कृतक विद्वानहरूले अग्रेजी नजानेको हुन सक्छ र अंग्रेजी वा अन्य विधय पढेकाहरूले संस्कृत जान्दैन | तर एउटा कमन कुरो के छ भने दूबैले अंग्रेजी र संस्कृत जान्न चाहन्छन् | दूबै भाषामा पोख्त नेपाली विद्वानहरूले बुझेर पनि नया किताव किनेर पढ्ने\/पढाउने आर्थिक हैसियत राख्दैनन् | ती पुस्तकहरूमा हाम्रा विद्वानहरूको पहुँच छैन | हामी ती कितावहरू किन्न पनि सक्दैनौं

आफ्नो धर्म तथा संस्कृतिप्रति विश्वभरी केही न केही पक्षपातपूर्ण दृष्टिकोण हुन्छ नै, हामीमा पनि त्यस्तो हुन सक्छ तर कामको थालनी नै नगर्नु सबैभन्दा दुखको कुरा हो |अरूलाई दोष दिनुको सट्टा हामीले आफ्नो साहित्यिक विरासततिर फर्केर हेर्नु उचित हुन्छ | तर हाम्रा विद्वानहरूले नया अनुवाद्तिर ध्यान दिन सकिरहेका छैनन्, यो कमी हाम्रै हो |

नेपाली विश्वविद्यालयहरूले गराउने अनुसन्धान प्रणाली अझै फितलो छ | शोध निर्देशन गर्ने र शोधकार्य गर्ने दूबैमा टालटुल गर्ने प्रवृति छ | हाम्रा अनुसन्धानहरूको यो पाटो निराशाजनक नै रहेको छ | हाम्रा धेरै अनुसन्धानहरू विश्वअनुसन्धानको मानकमा असफल हुन्छन् | अहिले मुख्य कारण कपि-पेस्ट नै रहेको छ | अव हामीले यस विषय गम्भीरतापूर्वक लिएनौं भने विश्वको नया संस्कृतिमा हामीले टेक्न टेन सक्ने अवस्था छैन | अनुसन्धानको विश्वसनीयता र गुणस्तरीयता जाच्न एउटा बटन दबाए पुग्ने प्रविधिको युगमा “ढांटे”का शोधहरूको कुनै मूल्य हुँदैन |

अव हामीले शोधकार्य गर्दा/गराउंदा विश्वप्रविधिमा अवतरित भएको कुनै पनि कथन तुरुन्त परीक्षित हुन सम्भव छ भन्ने कुराको हेक्का राख्नैपर्छ र यसका लागि तयार रहनुपर्छ | विदेशी वा स्वदेशीले ढाँटन सक्ने अवस्थाको अन्त्य इन्टरनेटले सधैंका लागि गरिदिएको छ | अव हाम्रा मौलिक कार्यहरूलाई कुनै चुनौती छैन तर नक्कली कामहरूको कुनै भविष्य छैन |

अवका लागि सक्कली काम भनेको : आफ्नै जरोकिलोसंग जोडिएर, तिनको गहिराईमा पुगेर तिनमा रहेको जीवनोपयोगी, विश्वको लागि उपयोगी तथा अनुपयोगी तत्थ्यहरू बाहिर निकाल्नु नै हो | यसमा आफ्नो, आफ्नो देशको र पूर्खाहरूले गरेको अथक परिश्रमको सम्मान हुनेछ भने हाम्रा शोधकार्यहरू विश्वको लागि उपयोगी हुनुका साथै आफ्नै जीवनका लागि पनि आर्थिक सवलीकरणको बलियो साधन बन्ने छ |

अमृतं गमय : प्रदुषण उन्मुक्त

नेपालमा एस्तो एउटा बर्ग विकसित भइरहेको छ जसले हिन्दू धर्म, संस्कार तथा संस्कृतिको संरक्षण एवं सम्वर्धनको कुरा गर्ने जोसुकैलाई नीचताको दृष्टिकोणले हेर्छ | उसको नजरमा हिन्दुत्वको कुरा गर्नु भनेको ट्वीन टावरमा आक्रमण गर्ने अतिवादीलाई संरक्षण गर्नु हो |

दोस्रो वर्ग साम्यवादीहरूको हो जुन असलमा साम्यवादी नै होइनन् | कार्लमार्क्सले उठाएका समानता, गरिवीनिवारण, पूँजीपतिप्रति घृणा र समुन्नत समाजको सपनासंग सहमत छन् | उनीहरू हिन्दू हुन् तर "साम्यवादीले धर्म मान्दैनन्" भन्ने सिद्धान्तको कुरामा अल्झिएका छन् | नेताको कुरा काट्न सक्दैनन् |

तेस्रो वर्गले चर्को स्वरमा हिन्दुत्व धर्मको रक्षाको कुरा गर्छ र हिन्दुत्वसंग भोटको "ब्लेक मेलिंग" गर्छ | उसको लागि हिन्दुत्व एउटा आकर्षक नारा हो जुन नारामा मान्छेहरू सजिलै अल्झिन सक्छन् |

पहिलो वर्गमा चरम जातिवादीहरू र धार्मिक अतिवादीहरूको (racist) वर्चस्व छ | यो वर्ग दम्भ, घृणा र अहंकारले भरिएको छ | आफुलाई सबैभन्दा बुद्धिमान, विज्ञ र अरूलाई तुच्छ ठान्छ | यसको प्रत्यक्ष सम्वन्ध युरोपेली अहम्वाद, इसाई-मुस्लिमको एकल धर्म-संस्कृतिवाद र फुटाउ र राज्यगरवादसंग जोडिएको छ | यसको मूलमन्त्र "चर्चामा रहनु, समाजलाई विभाजित गर्नु र पैसा" कमाउनु हो |

दोस्रोवर्गले ती नेपालीहरूको प्रतिनिधित्व गर्छ जुन गरिवी, अशिक्षा तथा शोषणबाट मुक्ति चाहन्छन् | युरोपेली आवश्यकतालाई सम्वोधन गर्न कार्लमार्क्सले विकसित गरेको यो सिद्धान्त नेपालको सामाजिक, सांस्कृतिक तथा संस्कारअनुकुल छैन | त्यैपनि नेताहरूले भोट वैंकका लागि "समानताका नाममा जनतासंग भावनात्मक ब्लेक-मेलिंगका लागि" प्रयोग गरिरहेका छन् | जनताहरू भ्रमित भैरहेका छन् |

तेस्रोवर्ग हिन्दुहरूको नाममा राजनीतिमात्र गर्छ | यो वर्ग सधैं सत्ताको निकटमा रहेर आफ्नो दुनो सोझोपार्छ | यसले हिन्दुत्वको चर्को नारा लगाए पनि हिन्दूहरूको लागि ब्यबहारिक परिवर्तनका काममा कत्ति रुचि राख्दैन | एउटा गीताको पुस्तक प्रकाशित गर्दैन, गुरुकुलको लागि पहल गर्दैन, प्राचीन हिन्दू सम्पदाहरूको संरक्षणका लागि एक सुकोको काम गर्दैन |

अव चौथो वर्गको कुरा गरौँ | यो उपरोक्त तीनैबटाको द्वेधचरित्रबाट आजित भएको वर्ग हो | यो अत्यन्त नेगेटिभ छ | यो वर्गमा उपरोक्त तीनैबटा वर्गबाट निकालिएका, पद र सम्मानको अवसर नपाएका र वर्तमान राजनैतिक व्यवस्थाप्रति विश्वास गुमाएकाहरूको वर्चस्व छ | यिनले अरूको आलोचना गरेर आत्मरति प्राप्त गर्छन् |

अहिलेको नेपालका लागि सबैभन्दा ठूलो चुनौती पहिलो वर्ग हो | नेपालको धर्म, संस्कृति तथा समावेशी संस्कृतिलाई ध्वस्त पारेर युरोपेली जातिवाद, अहम्वाद तथा घृणावादलाई सधैं जीवित राखेर चलखेल गर्न चाहन्छ | यसले आफ्नो वर्चस्व राख्न नेपालको सबैभन्दा ठूलो जनसंख्यालाई प्रतिनिधित्व गर्ने "हिन्दूहरू विरुद्ध घृणा" फैलाउन आर्थिकस्तर मैं सहयोग गर्छ |

यो वर्गले धर्मपरिवर्तनको वकालत गर्छ | धर्मपरिवर्तनका लागि आर्थिक, राजनैतिक तथा कूटनैतिक कुटिलताको खुलेआम प्रयोग गर्छ | वाहिर समतामूलक सामाजिकीकरण, मानवअधिकार, रोजगारआदिको आकर्षक नारा हुन्छ तर भित्र सामाजिक, सांस्कृतिक तथा परमपरागत सहयोगीपनको चरित्रलाई ध्वस्त नियत हुन्छ | समय-समयमा राजनायिकस्तरमै यी कुराहरू उजागर भएका छन् |

यो वर्ग अर्थपिपासु र विदेशीहरूको भलो साध्ने भएकोले सधैं स्रोत तथा साधन सम्पन्न हुन्छ | राजनैतिक नेतृत्व, ब्युरोक्रेसी तथा जनसाधारण समेतलाई सजिलै प्रलोभनमा पार्न सक्छन् | यिनको मूल उदेश्य नै समाजमा आफ्ना एजेन्डाहरू स्थापित गराएर सामाजिक मतान्तर क्रियेट गर्नुहुन्छ | आफ्नो एजेन्डा स्थापित भएन भने विध्वंसात्मक गतिविधि यिनको विकल्प हुन्छ | वर्तमान नेपाल यिनका कू-कृत्यहरूको जिम्दो उदाहरण हो |

सन् १९५० पछिका अनुभवहरूले उपरोक्त चारैवर्ग नेपालका लागि अभिशाप हुन् भन्ने कुरा प्रमाणित भैसकेको छ | यसका लागि राजनैतिक नेतृत्व नै दोषी हो तर उ अमुक व्यक्ति नै हो भन्न मिल्दैन | सबै राजनैतिक नेतृत्वले असल नियतले नै काम गरेका छन् तर राजनैतिक बैचारिक स्रोत नै फोहोर तथा आयातित भएपछि परिवर्तन असम्भव भएको हो |

जसरी मुहान सफा नगरिकन स्वस्थ्यकर पानी प्राप्त हुँदैन त्यसरी नै नेपाली राजनैतिक स्रोत नै परिवर्तन नगरी नेपालमा तात्विक परिवर्तन सम्भव छैन | अझै भन्नुपर्दा, चेरोनेविलमा फैलिएको आणविक विकिरणलेझैं नेपाली राजनीतिको मूहान नै प्रदूषित भएको छ | हाम्रो काँधमा प्रदूषित मुहाननै फेर्ने दायित्व आएको छ |

प्रदूषित मुहान फेर्न सजिलो छैन | विगत ७० वर्षदेखि प्रदूषित मुहानबाट प्रवाहित भएको राजनैतिक प्रदूषणले सर्वसाधारण जनताको चिन्तन, सोच तथा ब्यबहारलाई समेत प्रदूषित पारेको छ | यो प्रदुषणले सर्वसाधारण समेत भ्रमित भएका छन् | यो भ्रमको बलियो उदाहरण हो - आफुलाई साम्यवादी पनि भन्ने र विद्यालय वा मन्दिर निर्माण गर्न भागवतको कथा लाउने, दैनिक जीवनमा सबै प्रकारका हिन्दू संस्कारहरूको पालना गर्ने तर राजनैतिक स्तरमा स्वधर्म, संस्कृति तथा आफ्नो जरोकिलो संरक्षणको कुरा गर्न नरुचाउनु |

अव हामीले बुझ्नुपर्छ : उनीहरू वैचारिक प्रदुषण फैलाएर हाम्रो जरोकिलो काट्दैछन्, हामीमा आफ्नै धर्म, संस्कृति तथा विज्ञानप्रति घृणा गर्ने नकारात्मक दृष्टिकोणको विकास गरिरहेका छन् | परिणाम स्पस्ट छ : हामी आफ्नै हातले आफ्नो जरोकिलो काट्न हौसिन्छौँ | त्यसो गर्दा आफुलाई "आधुनिक"भएको ठान्छौं | अव यो भ्रमबाट वॉरिनुपर्छ |

नेपाल हाम्रो हो र हामी नेपाली हौँ - यो तत्थ्य चिन्न जुन दिन विदेशीहरूले लेखिदिएको इतिहासलाई अस्वीकार गर्नेछौँ, त्यो दिन हाम्रो पहिलो जागरण हुनेछ | त्यस दिन हामीले आफ्नो इतिहास आफै लेख्ने बाटो खोल्ने छौँ | वैदिक ऋषिमुनिहरूको तपोभूमि नेपाल, बोन ऋषिहरूको नेपाल, बौद्ध-भिक्षुहरूको नेपाल र हजारौंवर्षदेखि अनेकताका वीच एकताको ब्यबहारिक कार्यथलोका रूपमा नेपालको परिभाषा आफै लेख्ने छौँ |

वेदहरू हाम्रा चिन्तनका स्रोत हुन्, राज्यराष्ट्र हाम्रो परिवर्तन हो, सहृदयता हाम्रो विश्वास हो, विज्ञान ब्यबहार हो र हाम्रा रैथाने भाषा, संस्कृति, चालचलनहरू हाम्रा परिचय हुन् | हाम्रो यो प्राकृतिक परिचयलाई उनीहरूले परिभाषित गरेर प्रदूषित गरिदिएका छन् | आफ्नै मौलिक तथा रैथाने परिभाषामा उभिएर मात्र नेपाल समुन्नत बन्छ भन्ने विषयमा विवाद छैन |

अन्त्यमा, अव हामी उनीहरूले लेखिदिएको परिभाषा मान्नेवाला छैनौं | हाम्रो यात्रा मुहान सफा गर्ने होइन, मुहान परिवर्तन गर्ने हो | समयले सबै नेपालीहरूलाई यो बाटोमा लैजाने छ | यसै बाटोले नेपाललाई सधैंको लागि प्रदुषण रहित बनाउने छ | यसैबाटोले हामी नेपालीलाई अमृत बनाउने छ -मृत्योर्माऽमृतं गमय: |

म र मेरो संस्कृत

म आफै संस्कृत भाषाको विद्वान् होइन | मैले आँखा खोल्दा पिताजीसंग कौमुदी, रुद्री, चण्डी र अन्य कर्मकाण्ड सिक्नेहरूको भीड हुन्थ्यो | गुल्मी, स्याङ्गजा र बाग्लुंगबाट महिनादिन पुग्ने सामल बोकेर विद्यार्थीहरू पढ्न आउंथे र पिताजीले आफुले जानेको कुरा सिकाउनु हुन्थ्यो |

पछिल्ला दिनमा पिताजीको स्वास्थ्य त्यति राम्रो थिएन त्यैपनि उहाँ झिसमिसेमै उठेर स्नान गरेपछि विद्यार्थीहरूबाट अघिल्लो दिन दिएको पाठ मुखाग्र सुन्ने र तिनलाई नया पाठ दिनेकाम गर्नुहुन्थ्यो |

पाठ सुन्ने र पढाउने कार्य रुद्रीबाट हुन्थ्यो भने अन्त्य लघुकौमुदीबाट | रूद्री र चण्डी कण्ठस्थ नगरेसम्म कौमुदी पढ्न पाइन्नथ्यो | कर्मकाण्डमा रुचि भएकाहरूले कौमुदी पढ्दैनथे भने कौमुदी पढ्नेहरूले बेलुकापख भागवत पढ्थे |

म सम्झन्छु, मलाई रुद्री र चण्डीमा त्यति रुचि थिएन तर विद्यार्थीहरूले स्वस्वर पाठ गरेको सुनेकै भरमा यी दूबै कितावहरूका अधिकांश अंशहरू "मुखाग्र" भएका थिए | मैले जिस्क्याउन कै लागि पनि जोरसोरले मन्त्रहरूको उच्चारण गर्थे | असलमा, पिताजीसंग पढ्न आउने विद्यार्थीहरू १८-२० वर्षका हुन्थे र धेरैजसो त विवाहित पनि हुन्थे, मुखाग्र गर्ने सवालमा ती सधैं कमजोर सावित हुन्थे र म प्राकृतिक रूपमा अब्बल | यो सबै म ६-७ वर्षको हुँदाको कुरा हो |

पछि पिताजीले मलाई कौमुदी पढाउन आरम्भ गर्नुभयो | त्यस बेला बुझ्नु भन्दा पनि दिएको पाठ मुखाग्र गरेर सुनाउनु महत्वपूर्ण हुन्थ्यो | धेरै पाठ छोटो समयमा मुखाग्र पारेर सुनाउन सक्नेहरूलाई "जान्ने"मा गनिन्थ्यो | म पिताजी र विद्यार्थीको नजरमा जान्ने थिएँ |

त्यसबेला त्यतिधेरै आधुनिक विद्यालयहरू थिएनन् र ती विद्यालयहरूप्रति त्यति आकर्षण पनि थिएन | आकर्षण नहुनुको मुख्यकारण ती आधुनिक विद्यालयमा पढेर कर्मकाण्ड, ज्योतिषी, भागवत कथाआदि गर्न नसक्नु नै थियो |

त्यस बखतका आधुनिक विद्यालयहरूले दिएको शिक्षादीक्षाले सर्वसाधारणको आवश्यकतालाई पूरा गर्ने सक्दैनथ्यो न त अहिले नै यो आवश्यकता पूरा भएको छ | असलमा, सरकारले ठूलो लगानी गरेका आधुनिक विद्यालयहरूले "साक्षर" गर्ने बाहेक अन्य काम गर्न सकेका छैनन् |

पिताजीको धेरैजसो समय विद्यार्थीहरूलाई पाठ दिंदा र सुन्दा जान्थ्यो | शिक्षाको लागि कुनै शुल्क थिएन र वस्ने ठाउँ पनि नि:शुल्क नै हुन्थ्यो | विद्यार्थीले स्वेच्छाले दिएको वस्तु नै विद्याको शुल्क थियो | केही विद्यार्थीहरू निकै गरीव हुन्थे, उनीहरूको पालनपोषण हाम्रो घर मै हुन्थ्यो |

मैले पनि अक्षर सिकेको धूलेपाटीमा हो |

अहिले मान्छेको सोच तथा जीवनशैली बदलिएको छ | प्राथमिकता वद्लिएका छन् | आवश्यकता पनि बदलिएका छन् | २०२८ सालको शिक्षानीतिले नेपालको शैक्षिक प्राथमिकतालाई आधुनिक विश्वसंग जोड्ने प्रयत्न गर्यो | शैक्षिक आधुनिकीकरणको दौडमा हामीले धेरै मिहनत गरेर जोगाउनु पर्ने, विकास गर्नु पर्ने र विश्वका लागि नेपालले दिन सक्ने आफ्नो शैक्षिक धरोहरहरू गुमायौं भने जतन गरेर रोक्नु पर्ने अवान्छनीय विषयहरू भित्याउने काम गर्यौं | र यस्तो कामलाई नै हामीले विकास ठानिरहेका छौँ |


क्रमशः

छोरी

कुरो सन् १९९७ मार्च महिनाको हो | एक जना अमेरिकीले नया कार किनेर ग्यारेजमा उभ्याए | विहानै उसकी सात वर्षीया छोरीले ग्यारेजमा नया कार देखिन् | उनमा कार चढ्ने रहर थियो | उनले आफुलाई रोक्न सकिनन् |

होमवर्क गरिरहेको हुँदा उनको हातमा मार्कर थियो | दौडेर ग्यारेजमा पुगिन् | कारलाई सुम्सुम्याउँदै केही लेखिन् र रमाउदै आफ्नो कोठातिर लागिन् |

हिजै किनेर ल्याएको कारको हालचाल बुझ्न केही बेरपछि छोरीका बाबु पनि ग्यारेजमा पुगे | कारमा केरमेर भएको देखेर उनको रीसले डाँडो काट्यो | फनक्क फर्केर छोरीको कोठामा पुगे |

होमवर्क गर्दै गरेकी छोरीको हात समातेर "इनै औलाले तैले कारमा केरेकी होइनस्" भन्दै छडीले हातको औला-औलामा हाने |

कान्छी औलाले मार थेग्न सकेन | रगत आउन थाल्यो | आमा-बुबाले छोरीलाई अस्पताल पुर्याए तर छोरीको कान्छी औलामा निकै चोट लागेको थियो |

पछुताउदै घर फर्के | छोरीले भने बुबाले "किन एस्तो ब्यबहार गरेको हो" बुझ्न सकिरहेकी थिइनन् | उनी रोइरहेकी थिइन् | बुवाले उनलाई फुलाउन आफ्नो नया कार भएको ग्यारेजमा लगे |

बल्ल निर्दयी बाबुका आँखाले छोरीले कारमा कोरेको अक्षर यसरी पढे....म मेरो बाबालाई धेरै-धेरै माया गर्छु |

....................................................
रीस गरेर आफ्ना बालबालिकामा हात छोड्दा एक मिनट विचार गरौँ है | बालबालिकाले जति अरू कसैले आमाबुवालाई
माया गर्न सक्दैन |

संगीत र नेपाल

नेपाली र भारतीय फेसबुकका मित्रहरूले गोरे र काले संगीतकारहरूलाई सम्झिए तर नेपालका रैथाने गन्धर्व जाति (गाइने)ले संगीतमा दिएको योगदान, गायन विद्यमा आधारित सामवेद, गान्धर्ववेद, हरहमेशा आफ्नो हातमा विणा बोक्ने देवी सरस्वती, तुम्बुरू बोक्ने नारद तथा कुनै नकुनै संगीतको वाद्ययन्त्र वोकेका देवीदेवताहरूलाई कसैले सम्झेको देखिएन, पढ्न सकिएन |

यदि संगीतको कुरा गर्ने हो भने इस्लाम, यहुदी तथा इसाई धर्मले संगीतलाई "शैतानको बहकाउने कार्य" भनेर निषेध गरेको छ | उनीहरूले संगीतप्रति देखाएको प्रेममा ईश्वरप्रतिको विद्रोह छ |

संगीतको मर्म र धर्म जान्नेहरूले हिन्दू, बौद्ध, जैन, बोन. किराती आदिले प्रयोग गर्ने र बाद्यवादनका साधनहरू र लोक तथा शास्त्रीय स्वरहरू नै असली संगीत हुन् |

आफ्नो रैथाने संगीत नदेख्नेहरूले संगीतको प्रसंसा गर्दा पनि पश्चिमाहरूको नै नूनको सोझो गरिरहेका हुन्छन् |

देशको विकास र अग्रगमनका लागि रैथानेसंगीतहरूको विकासमा प्राथमिकता हुनेछ | नेपालीको जरोकिलोसंग जोडिएको संगीत गुरुकुलको मुख्य आयोजना नै हुनेछ |

प्राचीन वैदिककालमा के-कस्ता संगीतका बाद्ययन्त्रहरू हुन्थे भन्ने विषयजान्नका लागि डा. निर्मलमणिको कृति "भरतमुनिको संचारयोग" पढ्नुहोला | यद्यपि यो किताव पत्रकारितासंग सरोकार राख्छ तर भरतमुनि संगीतकार र नाट्यकार दुवै हुन् |

अर्को कुरा, नेपाल नै संगीतको उद्गमस्थल हो भन्ने मलाई विश्वास छ | वैदिक देवी सरस्वतीले आफ्नो सारंगीमा सात स्वर निकालेको, नारदले तिनको प्रचारप्रसार गरेको र वैदिक गायक जाति गन्धर्व (गाइने) आज पनि नेपालमा संगीत पेशाकर्ममा रहेकोले यो कुरा सिद्ध हुन्छ |

सरस्वतीको विणा नै रुपान्तरित हुँदै नेपालीहरूको रैथाने सारंगी बनेको हुनुपर्छ र प्राचीन गन्धर्वहरूले ब्रह्मा, विष्णु, इन्द्रआदिको सभामा संगीतका अवसरमा प्रयोग गर्ने बाद्य पनि सारंगी नै हुनुपर्छ |

गाइने संसारकै एकमात्र परम्परागतरूपमा संगीत विषयका पेशाकर्मी हुन् | ब्रह्मा, इन्द्र तथा अन्य देवताका सभामा संगीत गाउनेहरूका सन्तती यिनै हुन् | जसले यी संगीतकर्मीहरूलाई अछुत बनायो, त्यो अन्यायी हो | ब्रह्मा तथा इन्द्रआदिको सभामा सामवेदको गायन गर्ने गन्धर्वजातिहरू अछुत हुँदैहोइन |

आजको विश्वसंगीत दिवसको दिन मैले यी गन्धर्वजातिहरू (गाइने)हरूमा सादर समर्पित गर्दै नेपालसरकारसंग यिनको पेशा सुरक्षित गर्न र यिनको लागि समुचित ब्यबस्था गर्दै, संगीत अकादमीको प्रमुख संगीत विज्ञ गन्धर्वलाई नै बनाउनु पर्ने जोडदार मांग गर्दछु |

पार्वती-बुद्ध चैत्य

काठमाडौँको हाँडीगाउँ, बसन्तपुरको दरवार स्वायर तथा भक्तपुरको हनुमान घाटमा स्थापित बुद्धका परम्परागत ध्यानस्थ मूर्तिहरू शिवलिंग स्थापना गरिने योनिपीठमा स्थापना गरिएका छन् |

प्रत्येक योनि-पीठहरू शिवलिंगकै शैलीमा उत्तरतिर फर्किएका छन्, चैत्यका चारैतिर शेषनागको छाता ओढेका ध्यानस्थ बुद्ध विराजमान छन् | यसैगरी चारकोणहरूमा चतुर्भुज हिन्दु-बौद्ध देवताहरू कुँदिएका छन् |

मैले हाडीगाउँका पुराना मान्छेहरूलाई "बुद्धको मुर्ति किन योनीपीठमा स्थापित गरिएको हो र कसले स्थापित गरेको हो ?" भनेर सोध्दा "शिव पनि बोधिसत्व" नै भएकोले हाम्रा पुर्खाले यसो गरेका हुन् | यो बौद्ध र यो हिन्दूको भनेर पूजाआजा गरिन्न - भन्ने जवाफ दिए |

हाँडीगाउँका ८७ वर्षका यी नेवारले दिएको जवाफले नेपाली सांस्कृतिक एकताको बलियो संदेश दिन्छ भने तथाकथित समावेशीकरणका नाममा सामाजिक, धार्मिक तथा सांस्कृतिक विखण्डन निम्त्याउनेहरूको बुद्धिमा बलियो थप्पड दिन्छ |

नेपालका कुनै पनि इतिहासकारले यी चैत्यको विषयमा उल्लेख गरेको थाहा छैन | एस्तो अवधारणा प्रयोगात्मक प्रतिकहरू स्थापित गर्ने परम्परा बसाउने व्यक्तिको खोज गरेर राज्य तथा नागरिकतहमा सम्मान गरिनुपर्छ |

यदि आधुनिक विभाजनकारी राजनैतिक आँखाले ब्याख्या गर्ने हो भने कट्टरपन्थी बौद्धहरूले शिवलिंग तोडेर बुद्धको मूर्ति स्थापना गरेको भनेर झगडा गर्न सकिन्छ |

यस्तो झगडाको कुनै औचित्य छैन किनभने काठमाडौँका चारबटै नारायणहरूमा बौद्धहरूले र हिन्दूहरू दूबैले आराधना गर्छन् | यदाकदा युरोपेली र अमेरिकीहरूको "एकल धर्मवादी सोच"ले प्रेरित भएर धार्मिकस्थलमा समेत हिन्दूहरूले आक्रमण गर्ने भनेजस्ता विद्वंशकारी चिन्तनहरू प्रवाहित गरिन्छ | तर जनताले एस्तो विभाजनकारी चिन्तन अस्वीकार गर्दै आइरहेका छन् र यदाकदा प्रतिकार नै गरेका छन् |

नेपालका बौद्ध तथा हिन्दूअनुयायीहरूविच प्राचीनकाल देखि नै एस्तो समन्वयात्मक सम्वन्ध रहेको देखिन्छ | आज यो समावेशीपनउपर प्रश्न उठेका छन् | राजनीतिज्ञहरूले यी दूई रैथाने धार्मिक समुदायविच विद्वेष उत्पन्न गराएर

नेपालको गैर-रैथाने धर्मको विकास गर्न चाहन्छन् | मेरो इसारा राज्यले संगठितरुपमा धर्मपरिवर्तन गराउन क्रियाशील इसाई-मिशनहरूको संरक्षण गर्नेतिर हो | यसो भनिरहँदा इसाईहरूप्रति मेरो कुनै पूर्वाग्रह छैन |

विनापूर्वाग्रह भन्नुपर्दा इस्लाम र इसाई नेपालीले मान्ने धर्म हुनसक्छन् तर नेपालका रैथाने, मौलिक संस्कृति हुनैसक्दैन | नेपालका लागि यी आगन्तुक धर्म नै हुन्, विदेशी धर्म नै हुन् |

नेपाल र भारतमा विकसित भएका धर्मसम्प्रदायहरू स्वाभाविकरूपले समावेशी हुन्छन् भन्ने तत्थ्य मुस्तांगको मुक्तिनाथ मन्दिर, काठमाडौँका चारनारायण स्थानहरू, हिन्दू पूजास्थलमा स्थापित बुद्धमूर्तिहरूले प्रमाणित गर्छन् |

सन् १९४८ मा दलाइलामाले भारतमा राजनैतिक शरण लिएपछि अमेरिकालगायतका पश्चिमा शक्तिहरूले चीनका विरुद्ध यिनको राजनैतिक उपयोग गर्दै आएको कुरा कसैसंग लुकेको छैन |

पश्चिमाहरूको पैसाले निर्मित भएका नया गुम्वा र त्यसबाट उत्पादित जनशक्तिमा हिन्दु-बौद्ध समुदायविच रहेको धार्मिक समावेशीपनप्रति वितृष्णा उतपन्न भएको देखिन्छ |

यसअर्थमा, अमेरिकी वा युरोप समर्थित नवबौद्धहरूमा इसाई-मुस्लिमको झैं एकदेववादी, एकपुस्तकवादी, एकधर्मवादी सोचको विकास हुँदैछ | यो विकास नेपाली सामाजिकताका लागि निकै खतरनाक प्रवृति हो |

अहिले निर्मित हुने बौद्ध चैत्य वा गुम्वाहरूमा हिन्दूधर्मका देवीदेवताहरूलाई कुनै स्थान छैन | यदाकदा हिन्दू देवदेवीको अपमान समेत हुने गरेको छ | एस्तो प्रवृतिलाई बढ्न दिनुहुँदैन |

धर्महरूउपर एस्तो बढ्दो राजनैतिक हस्तक्षेपले समाजमा नकारात्मक प्रभाव परिरहेको छ | नेपालका राननीतिक प्रतिमानहरूपनि विदेशबाट नै आयातित भएकोकारणले त्यहाको धर्मको निषेधात्मक प्रवृति पनि विद्यमान छ | फलत: भष्टाचार, असहिष्णुता आदि विद्यामान छैन |

हिन्दू समुदायमा धार्मिक कट्टरता छैन | यदाकदा केही हिन्दू संगठनहरूले "बौद्ध पनि हिन्दू नै हुन्" भनेर बौद्धहरूलाई हिन्दूकै हाँगाको रूपमा ब्याख्या गर्छन् | एस्तो अनुचित प्रयासले बौद्धसमुदायमा हिन्दूहरूप्रति अविश्वास बढ्छ | बौद्धहरू भगवान् बुद्धका अनुयायी हुन् | ॐकार परिवारका नाममा हिन्दूहरूले बौद्धहरूसंग "छोटा भाई"को ब्यबहार गर्नुहुँदैन |

बौद्ध, जैन, बोन, किरातआदि प्राचीन तथा नवविकसित धार्मिकसमुदायहरूसंग समानताको सम्वन्ध स्थापित गर्दै "धर्मपरिवर्तन, सांस्कृतिक सुरक्षा तथा परस्पर सहभागिताको विकास गर्नुपर्छ नेपालमा यसको लागि अग्रसरता लिने कार्य ठूलो समुदाय भएको नाताले हिन्दूहरूले नै लिनुपर्छ | यसैमा नेपाल र नेपालीको भलो हुन्छ |

हिन्दू, बौद्ध, जैन, बोन, किरात सबै नेपालका आफ्ना रैथाने धार्मिकविश्वास हुन् | यिनले एकअर्कालाई सम्मान गर्नसक्छन् र नेपाली समाजका विचमा एस्तो समावेशीपनको अत्यत्न योजनापूर्वक प्रवर्धन हुनुपर्छ |

प्राचीन परम्परालाई जीवित राख्न हिन्दूहरूले मन्दिर बनाउंदा बुद्धको मुर्ति स्थापित गर्ने बौद्धहरूले गुम्वा तथा चैत्यहरूमा हिन्दू-देवदेवीको मूर्ति राख्ने प्रचलनको पुन्रोत्थान गर्ने प्रयत्नतिर ध्यान दिन सकिन्छ |

जरोकिलो प्रतिष्ठान नेपालको अग्रसरतामा वर्तमान राजनैतिक प्रतिमानलाई विस्थापित गरेर "राज्यराष्ट्र"को स्थापनाको बहस चलिरहेको छ | यो वहसमा सबैले हिस्सा लिनुपर्छ |

नेपालको प्राकृतिक समावेशीपन जोगाउन वर्तमान राजनैतिक प्रतिमान विस्थापित हुनैपर्छ | यस्तो राजनैतिक प्रणालीको स्थापना गर्न जरोकिलोसंग जोडिनुको कुनै विकल्प छैन | हिन्दू-बौद्ध जागरणको प्रमुख मुद्दा पनि प्रतिमान परिवर्तन हुनुपर्छ |

हिन्दू जागरणको महाभियान होस् वा जरोकिलो आन्दोलन वा अन्य कुनै आफ्नो धर्म-संस्कृतिको रक्षाको लागि चिन्तित व्यक्ति वा समुदाय नै किन नहुन् सबैले साझा-शत्रुका रूपमा धार्मिक, सांस्कृतिक तथा सामाजिक असहिष्णुताको खेती गर्ने "युरोपेली-प्रतिमान"लाई बुझ्नुपर्छ |

आओं, सबै मिलेर नेपाललाई विश्वको केन्द्रविन्दूको रूपमा स्थापित गर्न "नेपालको प्राचीन समावेशी संस्कृतिको" पुनरोत्थान गरौँ |

चिन्ताको चिन्तन -२

प्रिय विद्यार्थी वर्ग,
तपाईंहरूको मूलधर्म नै पढ्नु हो र पढिरहनु भएको छ | तर तपाईंहरूले पढिरहेका विषयवस्तुहरूले तपाईंहरूमा आत्मसम्मानको बाटोमा दोहोर्याईरहेको छ कि हीनताबोधतिर यस विषयमा तपाईंले अव आफै सोच्नुपर्छ |

वैदिक शिक्षाको उदेश्य स्पस्ट छ : विद्या र धन आर्जन गर्दा आफुलाई अजरअमर छु भनेर ठान्नुपर्छ भने मृत्यु जीवनको अनिवार्यता हो भन्ने कुरा स्वीकार गरेर असल काम गर, कल्याणकारी कार्य गर |

वर्तमान शिक्षाले धन कमाउने विषयमा त जोड दिन्छ तर धर्म अर्थात् असल व्यक्ति बन्न कत्ति पनि प्रेरित गर्दैन | अहिलेको शिक्षाले बालबालिकालाई "स्वामी" होइन केवल जागिरे क्लर्क बन्न उत्प्रेरित गर्छ |

यदि तपाईंहरूले आफ्नो कक्षाकोठामा आफ्नो धर्म, संस्कृति, बैज्ञानिक सम्पदाहरू वारे प्रश्न गर्नुभयो भने शिक्षकशिक्षिकाले तपाईंलाई कुनै अन्य उपग्रहको प्राणीसरह ब्यबहार गर्छन् |

फलत: तपाईंले अमेरिका, युरोप तथा इसाई-मुस्लिमहरूको धार्मिक, राजनैतिक तथा सामाजिक इतिहाससंग सम्बन्धित विषयहरूमा जानकारी राख्नुहुन्छ तर आफ्नै देशको इतिहास वारे जान्नु हुँदैन |

जव तपाईंहरूसंग मैले "आर्य भट्टले" द्रब्यत्व आकर्षण, शाल्वले चिकित्सा विज्ञान, भरतले नृत्य विज्ञानआदिको खोज आजभन्दा १२ सयवर्ष नै पहिला गरेका थिए भन्दा पटक्कै विश्वास गर्नुहुन्न |

किनभने यस विषयमा तपाईंका शिक्षकहरू समेत विश्वास नगर्नका लागि प्रशिक्षित हुनुहुन्छ | आफ्नो धर्म, संस्कृतिप्रति अविश्वास गर्न र विदेशीहरूको कुरालाई विश्वास गर्न प्रशिक्षित हुनुहुन्छ |

उदाहरणका लागि "के नेपालीहरूको आफ्नै राज्यसंचालन सम्वन्धि कुनै रैथाने सिद्धान्त छ " भनेर आफ्ना गुरूहरूसंग सोध्नुभयो भने उनीहरूसंग कुनै जवाफ हुने हुँदैन |

उनीहरूका लागि प्रचलित राज्य संचालनका सिद्धान्तहरूको कुनै विकल्पका विषयमा जान्ने बाटो धेरै पहिले नै बन्द गरिएका छन् | विदेशबाट आयातीत साम्यवाद, समाजवाद, पूँजीवादआदि सबैले रैथाने शिक्षाप्रणालीको प्रवेश ढोका मै भोटे ताल्चा लगाई दिए |

विदेशीमा विकसित भएका यी शिक्षा तथा राजनैतिक ब्यबस्थाहरूको विकासका लागि यो जरुरी नै थियो | जसरी वाघले अन्य बाघबाट जन्मेका डमरुहरूको हत्या गरेर आफ्नो साम्राज्य स्थापित गर्छ, त्यसरी नै विदेशबाट आयात गरिएका परिपाटीले हाम्रो रैथाने पद्यतिको हत्या गरिरहेका छन् |

अहिले हामी विदेशी बाघबाट जन्मेका डमरुझैं भएका छौँ | विदेशीहरूप्रति अत्यन्त लोयल र आफ्नो रैथाने विज्ञानहरूप्रति शंकालु |

निश्चय नै शंका गर्नुपर्छ तर यत्रतत्र फैलिएर रहेका वैदिक साहित्यको भण्डारको ढोकासम्म नै नपुगी यी रैथाने सम्पदाहरूको विश्वसनीयताप्रति शंका गर्ने विषाणु त्यतैतिरका हुन् |

विहान म वैदिक संगीतका विषयमा पढिरहेको थिए | वैदिक ऋषिमुनिहरूले विकसित गरेको संगीत ऋतु, महिना, पक्ष तथा चौवीस घण्टामा पनि हरेक प्रहरका लागि फरक-फरक स्वरको ब्यबस्था रहेछ |

मैले यहाँ एउटा ग्राफ पोस्ट गरेको छु, एकपटक यो ग्राफलाई राम्ररी हेर्नु र समयअनुसारको राग नेटमा खोजेर सुन्नु | तिमीहरूले कस्तो फरक पाउँछौ - सक्छौं भने लेखेर पठाउनु |

अहिले तिमीले जुन सुकै भाषामा पढ तर भविष्यमा आफ्नो रैथाने सम्पदाहरूतिर फर्केर अवश्य हेर्नु | र त्यो सम्पदामा प्रवेश पाउनका लागि तपाईहरूले संस्कृत तथा पाली भाषा जानेकै हुनुपर्छ |

आफ्नै साहित्य, सम्पदा तथा विज्ञानका विषयमा जान्नका लागि अनुवाद गरिएका अनूदित सामग्रीहरूमा भर पर्ने परम्परालाई तपाइँहरूले चुनौती दिनुपर्छ |

तपाईंले नै आफ्ना रैथाने विज्ञान जान्न रुचि लिनु भएन र विदेशीहरूको भर पार्नुभयो भने उनीहरू र तपाईंमा कुनै फरक रहन्न | उनीहरू तपाईंको मनमा संस्कृत वा पाली भाषाप्रति अविश्वास गर्न प्रेरित गरिरहने छन् तर तपाईंले तिनको कु-प्रयासलाई चुनौती दिने साहस हुनैपर्छ |

तपाईंले आफ्नो रैथाने प्राचीन भाषाहरूमा लुकेर रहेका विविध विज्ञानहरूको खोज गर्नका लागि कक्षाकोठामा प्रश्न उठाउनु नै पर्छ |

वैदिक संस्कृतिमा यस्ता असंख्य साहित्य छन् | अधिकांश प्रयोगयोग्य छन् | हाम्रो दिमागमा विदेशीहरूले र तिनको भनाइमा अन्धश्रद्धा गर्ने नेपाली विद्वानहरूले "हाम्रा शिक्षाहरू अब्यबहारिक" छन् भनेर ब्रेनवास गरिदिएका छन् |

उनीहरूले अनुसन्धानमा आफ्नो एकलौटी अधिकार ठान्छन् र हामीले गरेका अनुसन्धानलाई विभिन्न बहाना बनाएर अस्वीकृत गरिदिन्छन् |

तपाईं विद्यार्थीहरूले "विदेशीहरूले लेखिदिएको नेपाली इतिहास"का विषयमा प्रश्न सोध्ने बखतमात्र आएको छैन, नेपाली इतिहास पुन: लेख्ने आँट गर्ने बेला भएको छ |

अव हामीले आफ्ना शिक्षक-शिक्षिकासंग नेपालको आफ्नो इतिहासका विषयमा जान्ने बेला आएको छ | आफ्नै रैथाने राज्यसंचालनका सिद्धान्तका विषयमा सोध्नु पर्ने बेला आएको छ | अव आफ्नै माटोमा उभिएर संघर्ष गर्दै स्वामीहरू बनाउने शिक्षाका विषयमा सोध्ने बेला आएको छ |

नेपाल सधैं नया टेक्नोलोजीको भोको छ तर पश्चिमाहरू हाम्रो सांस्कृतिक तथा जीवनमूल्यप्रति आकर्षित छन् | तिमीहरूले आफ्नो संस्कृति र जीवनमूल्यका विषयहरूसंग टेक्नोलोजी साट्ने सामर्थ्यको विकास गर्नुपर्छ |

एस्तो सामर्थ आफ्नै जरोकिलोमा उभिएरमा विकास गर्न सकिन्छ | नेपाल कै प्राचीन राजनैतिक ब्यबस्था "राज्यराष्ट्र" सिधान्तमा उभिएर प्राप्त गर्न सकिन्छ |
तर्कपूर्वक अङ्गिकार र आर्जित गरिने सिद्धान्त "विश्वास" हुन्छ भने विना तर्क अङ्गिकार र स्वीकार गरिने विश्वासहरू "अन्धविश्वास" हुन्छन् |

अव समय आएको छ, हामी विश्वासी बन्नुपर्छ | किनभने एस्तो विश्वासको लडाई तपाईंहरूले आफ्नै मान्छेसंग गर्नुपर्ने छ | उनीहरूले देशमा लादेका राजनैतिक विश्वासहरू "अन्धविश्वास" हुन् भनेर आस्वस्त तुलाउन पर्ने छ |

अन्त्यमा, म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु, हामी नेपालीहरूले पश्चिमाहरूलाई निर्वाधरूपमा निर्यात गर्न सक्ने विषय नै "ज्ञान" हो भने हामीले विज्ञान उनीहरूबाट प्राप्त गर्नुपर्छ |

चिन्ताको चिन्तन

प्रिय आत्मन्,
आफ्नो कर्तब्यबाट ओझेल हुँदा साथ हाम्रो पतन आरम्भ भएको हो | हाम्रा पूर्खाहरूले व्यक्तिहरूलाई "हार्डडिस्क" बनाएर निरन्तर जोगाएका ज्ञान-विज्ञान तथा शिक्षा-प्रणालीप्रति अविश्वास गरेर हामी पतित भएका छौँ |

श्रुति परम्पराले स्मृतिमा भण्डारण गरिएका विशाल ज्ञानराशिप्रति जुन दिन हामीले विश्वास गुमायौं, हाम्रो राजनैतिक, धार्मिक तथा सामाजिक विकासको गति अवरुद्ध भयो |

पहिले मुस्लिमहरूले आक्रमण गरेर हाम्रो सनातन आस्थामा प्रहार गरे पछि उपभोक्तावादी अग्रेजहरूले "विज्ञान"को बुई चढेर हाम्रा प्राचीन उपलब्धिहरूप्रति अविश्वास जगाउने काम गरे |

विज्ञानका उपलब्धि र उपयोगिता मानवमात्रका लागि हुन्छन् | तर विज्ञानको प्रयोग गर्नुको अर्थ आफ्ना पूर्खाहरूले अत्यन्त परिएश्रम गरेर जोगाएको विज्ञानलाई विर्सनु पर्ने अनादर गर्नु हुन्छ |

जहाँसम्म विदेशीहरूको कुरा हो उनीहरूले आफ्नो कर्तब्य कदापि विर्सेका छैनन् | उनीहरूले उनीहरूको आफ्नो धर्म तथा संस्कृतिको विस्तार गर्न हाम्रा परम्पराहरूको अवमूल्यन गरे | त्यसमा सफल पनि भए |

हाम्रो पतनको लागि अरूलाई दोष दिनुभन्दा आफैले स्वीकार्नुपर्छ | सर्वसाधारण जनता विदेशीका बौद्धिक दास छैनन् | राजनैतिक नेतृत्व र शैक्षिक नेतृत्व गर्नेहरूले आफ्नो इतिहास छोडेर "विदेशी-इतिहास र परम्परा'लाई मात्र वैज्ञानिक तथा प्रमाणको मानदंड ठान्छ भने दोषको भागिदार पनि यही हुनुपर्छ |

हाम्रा पूर्खाहरूले स्मृति परम्परामा, ढुंगामा लेख्ने परम्परामा, छाला-रूखका बोक्राहरूमा लेख्ने परम्परा तथा कटुस, सिमी, असुरो तथा पांग्रोको मिश्रणबाट तयार परेको मसीले आल्लोको हाते काजगमा बर्षौं लगाएर बासको कलमले लेखेर जोगाएको ज्ञानप्रति माया लाग्दैन भने दोष हाम्रै हो |

हाम्रो यात्राको आरम्भ आफैलाई परिवर्तनतिर हिडेर हुन्छ | सन् २०१७ तिर आइपुग्दा आफ्नो नराम्रो अवस्थाका लागि अरूलाई दोष दिन मिल्दैन | दोषहरू आफैले स्वीकार्नुपर्छ |

एस्तो दोष सुधार्नेतिरको पहिलो पाइला आफ्नो जरोकिलोतिर फर्कनु हो | देश र सर्वसामान्य जनसमुदायलाई आफ्ना प्राचीन गौरवको स्मरण गराउनुपर्छ |

मैले आफैलाई भन्नुपर्छ, भनिरहनुपर्छ - परिवर्तनको बाटो सजिलो छैन तर परिवर्तन असम्भव छैन | आत्मविश्वासले परिवर्तनको गति तीब्रतर पार्छ | वस, मैले आफ्नो मन तथा बुद्धिबाट "अपरिवर्तनीय" भन्ने अनुभूतिलाई निकालेर फाल्नुपर्छ |

र यो आफ्नो "जरोकिलो"तिर नफर्की सम्भव हुनेवाला छैन | देरअवेर सबै नेपालीहरूले हिड्ने सरल बाटो पनि यही हुनेछ |

जिन्न र ऊँटको ढाड

जिन्न र ऊँटको ढाड
प्राचीन अरव देशमा एउटा किसान बस्थ्यो | धेरै मेहनेत गर्दा पनि उसको "दाख" खेतिले परिवार पाल्न सारै गारो थियो |

उसले आफ्ना दुखहरू त्यहाँको स्थानीय सरकार, प्रान्तीय सरकार, केन्द्रीय राजा तथा आफुले चिनेका सबै गणमान्यसंग जाहेर गर्यो तर आश्वासन बाहेक केही मिलेन |

अन्तत: हारेर उसले "जिन्न" (शक्तिशाली भूत)को उपासना गर्न थाल्यो | उसको उपासनाबाट जिन्न खुसी भयो र प्रकट भएर ईच्छाएको माग्न भन्यो तर उसले शर्त पनि राख्यो - मलाई काम दिन सकेनौं भने त्यस बखत तिमीलाई खाने छु |

जिन्नको कामले उसको गरिवी रहेन | तर जे-जस्तो काम गर्न अह्राए पनि उसले तुरुन्त सक्थ्यो | किसानलाई सारै गारो भो |

अन्तत: किसानकी श्रीमतीले जुक्ति निकालिन् | जिन्नलाई उँटको ढाड सीधा पार्ने काम लगाइयो | त्यसपछि मात्र किसान परिवार हाइसन्चोसंग निदाउन सक्यो |

भनिन्छ, आज पनि त्यो किसानको जिन्नले उँटको ढाडको अगाडीपट्टीको भागमा सवारी गरेर ऊँटको कम्मर मिलाउने काम गरिरहेको छ | त्यसैले कुनै पनि अरवका वासिन्दा उँटको सवारी गर्दा अगाडी पट्टिको भागमा सवारी गर्दैनन् किनभने त्यहाँ "जिन्न"ले काम गरिरहेको छ |

नेपालको वर्तमान राजनैतिक ब्यबस्था पनि त्यही ऊँटको ढाडसरह हो जसको सीधा हुने कुनै सम्भावना नै छैन |

विदेशबाट उधारो लिएका राजनैतिक विचारहरू "जिन्न"सरह हुन् जसलाई नेपाली नेतृत्वले बडो भक्तिपूर्वक र विश्वास पूर्वक आराधना गरिरहेका छन् र नेपालको पीठमा सवारी गराइरहेका छन् |

विदेशी "जिन्न" ऊँटको पीठ सीधा गर्न नसकेझैं विदेशी विचारहरूले नेपालको अनुहार फेर्न सक्दैन | कुक्कुरको पुछार १२ वर्ष ढुग्रामा राखे पनि सीधा हुँदैन |

हामी नेपालीहरूले विदेशी "जिन्न"को पछाडी लागेर धेरै दुख भोगिसकेका छौँ | अव आफ्नो "जरोकिलो"तिर फर्केर "राज्यराष्ट्र"का लागि काम गर्नुपर्छ |

विदेशी ढुंग्रोमा हालेर देशको तस्वीर बदल्छु भन्ने असफल प्रयत्नहरू दोहोर्याई-तेहेर्याई गर्नुभन्दा ढुंग्रो नै परिवर्तन गर्नुनै बुद्धिमता हुन्छ | अवको ढुङ्ग्रो वा जिन्न आफ्नै रैथाने राजनैतिक चिन्तन "राज्यराष्ट्र" हुनुपर्छ |


राज्यराष्ट्र बारे खुलेर बहस गरौँ |

आधुनिक गुरुका प्राचीन चेला

म यहुदी, इसाई, मुस्लिम तथा सीख धर्मावलम्बीहरूको खुलेर प्रसंशा गर्छु | उनीहरूले आफ्नो धर्म, संस्कृति तथा चालचलनहरू जोगाउन गर्ने कार्यहरूको उच्च प्रशंसा गर्छु |

उनीहरू सधैं आफ्ना बालबालिकाहरूलाई आफ्नो धर्म, संस्कृति तथा परम्पराहरूको उच्चस्तरीय ज्ञान दिन्छन् | बालबालिकाले विद्यालय होस् वा कलेज, धार्मिकस्थल होस् वा सामाजिक स्थल, राजनैतिक नेतृत्व होस् अथवा बैज्ञानिक नेतृत्व सबैतिर आफ्नो संस्कारको अनुसरण गर्छन् |

धर्म र संस्कृतिको संरक्षण र प्रचारप्रसारका सवालमा उनीहरूका योजनाहरू अत्यन्त स्पस्ट, ब्यबहारिक तथा प्रभाविकारी छन् | इटालीबाट सन् १७५६मा धर्म प्रचारका लागि नेपाल छिरेका कम्पुचियन पादरीहरूले त्यस बखत तयार पारेको योजनाले सन् २०१५ पछि नेपालमा प्रभाव देखाउन थालेको छ | यस विचमा उनीहरूले कहिल्यै पनि आफ्नो प्रयास छोडेनन् |

काम गर्ने र कुरा गर्नेविचको अन्तर न इसाई मिसनरीहरूमा देखिन्छ न मुस्लिम समुदायहरूमा नै पाइन्छ | एउटा मुस्लिमले अमेरिका गए पनि, बेलायत गए पनि आफ्नै घरमा रहे पनि "हलाल" गरेकै मासु खान्छ | एउटा इसाई जहाँ गए पनि बाइबल नै छोएर कसम खान्छ | संसारको सबैभन्दा प्रभावशाली मुलुक भएर पनि बाइबल छोएर कसम लिंदा त्यहा कुनै प्रकारको नकरात्मक टीकाटिप्पणी हुँदैन |

त्याग पूर्वक आफ्ना धर्मशास्त्रको अध्ययन/ अध्यापन होस् अथवा संस्कृतिको संरक्षण र प्रचारप्रसारका लागि नै किन नहोस् उनीहरूले आफ्नो आम्दानीबाट निश्चित रकम छुट्याएकै हुन्छन् | यो सबै उनीहरूले आफ्नो परम्परा तथा संस्कृतिको रक्षाको खातिर गर्छन् |

उनीहरूले तयार पार्ने स्वयम् सेवकहरूमा अदम्य धैर्य, साहस, समर्पण तथा सहनशीलता हुन्छ | आफ्ना इष्टदेवप्रति उनीहरूको निष्ठा देख्दा र सुन्दा मैले धेरै पटक आत्म समिक्षा गरेको छु | साहित्य वितरण गर्ने कार्यमा होस् अथवा घरदैलो गरेर वा अन्य सबैतरिकाले आफ्नो धर्म-संस्कृति फैलाउन उनीहरूले गर्ने परिश्रमको म मुक्त कण्ठले प्रसंशा गर्छु |

यी सबै काम गर्न उनीहरूको विकसित विज्ञान र उपयोगितावाद कहिले पनि वाधक हुँदैन न् त्यहाँका कुनै राजनैतिक पार्टी वा सिद्धान्तहरू नै वाधक हुन्छन् | आफ्नो धर्म, संस्कृतिप्रति हेय दृष्टिकोण राख्ने घुसपैठी चिन्तन हामी नेपालीहरूको रगतमा पसिसकेको छ भन्दा अनुपयुक्त हुँदैन | एस्तो कुविचारलाई महत्व दिन सिकाएर उनीहरूले कसरी धर्मपरिवर्तन गराउने कार्य गरिरहेका छन् भन्ने कुरा अव लुकेको छैन |

अमेरिका, बेलायत वा भारतको वनारस, मथुरा-वृन्दावन कै वासिन्दा भए पनि र जुन यी ठाउंमा यात्रीका रूपमा गएपनि उनीहरूले आफ्नो धर्म, संस्कृति तथा आचरण छोड्दैनन् |

यो सबै कार्यले उनीहरूको वैज्ञानिकता, आधुनिकता तथा प्रगतिशील सोचमा कुनै फरक परेको देखिन्न | उनीहरू त्यसो गर्दा गर्व गर्छन् |

हाम्रो देश नेपालमा समग्र जनसंख्याको ८२% हिन्दूहरूले प्रतिनिधित्व गर्छौं र भारतमा पनि यस्तै-यस्तै छ | हामीले अरू अरू कट्टरपन्थी भएको, आतंककारी भएको, पुरातनवादी भएको देख्छौं |

नेपाली नेतृत्व हिन्दू-फोवियाले संक्रमित छ | यो नेतृत्वले अन्य धर्महरूका प्रचारकहरूलाई राज्यका सबै कानुन वदल्न सक्छ तर हिन्दूहरूका खातिर उसको मनमा घृणा वाहेक केही छैन | आफ्नै खुट्टोमा बन्चरो हान्ने नेतृत्व भएसम्म विदेशी पन्थहरूका लागि नेपाल स्वर्ग नै रहने छ |

हामीले आफुलाई प्रगतिशील बनाउने नाममा आफ्नै जरो काट्छौ | आफ्नो धर्म-संस्कृतिप्रति गौरव गरेर विद्यालयका हरेक पाठ्यपुस्तक समावेश गर्नुको सट्टा भएका विषय-वस्तुहरू पनि खोजिखोजी निकालेर फाल्छौं |

हामी संगै आफ्नै शिक्षा पद्यति छ जुन गुरुकुल हो, आफ्नै राज्य संचालन सम्वन्धि सिद्धान्त छ जुन राज्यराष्ट्र हो र भने हाम्रो आफ्नै अर्थब्यबस्था संचालनको सिद्धान्त छ जसको प्रतिनिधित्व आचार्य चाणक्य\को अर्थ\शास्त्रले गरिरहेको छ | यी बाहेक पनि असंख्य सिद्धान्तहरू इतिहास, भूगोल, स्वास्थ्य, मनोविज्ञानआदि हामीसंग छन् | यी सबैको रक्षाको लागि हाम्रो कुनै चासो छैन |

हामी मुसलमान\को चिन्ता गर्छौं, हामी इसाईहरूको चिन्ता गर्छौं तर हाम्रा आफ्ना ८२ वटा दाजुभाइ/दिदीबहिनीको पटक्कै चिन्ता गर्दैनौं | एस्तो आत्मघाती विचार र ब्यबहार देखेर उनीहरू खुसी हुन्छन् |

उनीहरूलाई राम्ररी थाहा छ, यिनै आत्माघाती विचारहरूलाई प्रोत्साहन दिएर मात्र उनीहरूको आफ्नो धर्म-संस्कृति फैलिने छ | यही आत्मघाती चिन्तनको सिंडीमा चढेर उनीहरूले आफ्नो वर्चस्व स्थापित गरिरहेका छन् |

अहिलेको नेपाली रैथाने हिन्दू, बौद्ध, जैन, बोन, किरात यिनै आत्मघाती चिन्तनको जालोले जकडिएको छन् | राष्ट्रराज्य, समाजवाद, मेकियावेली शिक्षानीति, धर्मनिरपेक्षतावाद धमिरोले विकृत हुँदैछन् |

जरोकिलो आन्दोलनले राष्ट्रराज्य, समाजवाद, मेकियावेली शिक्षानीति, धर्मनिरपेक्षतावादआदि पश्चिमेली दम्भहरूलाई विस्थापित गर्ने उदेश्य राख्छ | किनभने आजसम्मका अनुभवहरू\बाट उपरोक्त विदेशबाट थोपरिएका चिन्तनहरूले नेपालीहरूको परिवर्तन हुँदैन भन्ने निश्चित गरेको छ |

विकल्प नहुनेहरू राष्ट्रराज्य, समाजवाद, मेकियावेली शिक्षानीति, धर्मनिरपेक्षतावादका विनम्र सेवक हुन् तर जरोकिलोका पथिकहरू\संग विकल्प छ र त्यो पनि तार्किक विकल्प छ |

हामीले सबैभन्दा पहिला मेकिया\वेली शिक्षानीतिलाई गुरुकुल शिक्षनीतिमा परिवर्तित गर्ने छौँ भने त्यस\पछि राज्य\नीतिमा राष्ट्रराज्यलाई राज्यराष्ट्रले विस्थापित गर्नेछ |

यो सबै परिवर्तनका लागि हामीले आफ्नो पुर्खाको इतिहास तथा गौरवलाई आफ्नो आधारशीला बनाउने छौँ | एस्तो कार्य गर्न हामीसंग विज्ञानको बुद्धि तथा मानवमनको गहिराइमा सधैं रहने प्रेम हाम्रा असल मित्र हुनेछन् |

मुस्लिम, इसाई वा अन्य समुदायको निन्दा गरेर हाम्रो विकास हुँदैन | आफ्नो रैथाने इतिहास, आत्मविश्वास तथा इमान्दारीपूर्वक सम्पादन गर्ने कर्मले मात्र विकासको अनुभूत उदेश्य प्राप्त हुनेछ |

मलाई लाग्छ, दत्तात्रेयका चौवीस गुरू थिए र उनीले हरेक\बाट फरक-फरक शिक्षाप्राप्त गरेर अध्यात्मिक उत्स प्राप्त गरे | हामी अभियन्ताहरूले पनि आफ्नो चारैतिर भएका हरेक घटनाहरूलाई सचेतनापूर्वक नियाल्दै परिवर्तनका लागि अगाडी बढ्नुपर्छ |

अन्त्यमा, हामीले आफ्नो रैथाने आधार विर्सिनु हुँदैन | यहाँ अपुग भएका कुराहरू वाहिरबाट लिनुपर्ने पर्छ भने आफ्ना असल कुराहरू (धेरै छन्) ती विश्वासनीय तवरले अरूमा निडर भएर वितरण गर्नुपर्छ |

बुहारी र भगवान्

राम्रो जागिर पाएपछि छोराको स्वभाव रूखो हुँदै गएको आमाले अनुभव गरिन् | शरीर बूढो हुँदै गए पनि छोराप्रतिको माया कम भएको थिएन |

नातिनातिनाले माया गर्थे | बुहारी पनि मायालु नै थिइन् | छोरा भने आमासंग सधैं कुरा गर्नबाट जोगिन्थ्यो | आमाको छाया नै बिझ्ला गरे जस्तो |

एक दिन साँझको कुरा हो छोरा कार्यालयबाट घर फर्किए | आमा ढोका मै उभिएरको देखेर निकै नराम्रो चालले मुख विगार्दै सरासर आफ्नो कोठामा पुगे | अनि, जोरजोरले श्रीमतीलाई पुकार्न थाले |

श्रीमती पनि दौडदै आफ्नो लोग्नेको कोठामा पुगिन् | कोठामा श्रीमती छिर्नासाथ श्रीमान्ले भित्रबाट ढोकाको छेस्कानी लगाए |

आमा पनि छोरालाई के पीर परेछ भनेर ढोका नेर पुगेकी थिइन् | छोराले आफ्नै वारे कुरा गरिरहेछ | उनले यसो भनेको सुनिन् :

"आमा निकै बूढी भईन् | यी बूढी जहिले पनि बैठकमा बसिरहेकी हुन्छिन् | यो मेरो स्टाटसलाई सुहाउने विषय होइन |

मैले यो घर चलाउन र यी आमाको लागि वृद्धाश्रमको खर्चतिर्न पुग्ने कमाई गर्छु | तिमीले पनि यी बूढी घरमा नभएपछि बाहिर गएर अफिसमा काम गर्न सक्छौं | हामी दुवैले राम्रो पैसा कामाउन सक्छौं | मैले यी बूढीलाई वृद्धाश्रममा कुरा
गरेको छु |

भोली नै म यिनलाई पशुपतिको वृद्धाश्रममा छोड्ने निर्णयमा पुगेको छु | बूढी सम्हाल्न पर्ने जन्जालबाट तिमी सधैंका लागि मुक्त हुनेछौँ | न रहे बाँस न बाँसुरी बज्ने" छोराले आफ्नो कुरा सके |

आमाको कान भित्र चलिरहेको संवादमा अड्किरहेको थियो | छोराको कुराले उनको मन छियाछिया भयो | आँसु रोकिएनन् |

"के भन्नुभएको एस्तो | यी बूढीलाई वृद्धाश्रम छोड्ने रे ? मैले यी कुरा भनेको भए सुहाउथ्यो पनि तर तपाईंले एस्तो कुरा गरेको मलाई पटक्कै मन परेन |

यी तिनै बुढीआमा हुन् जसले तपाईंलाई टुहुरोबाट हुर्काएर विद्यालय पठाइन् | अर्काको मेलापाता गरेर तपाईंको स्याहारसुसार गरिन् | मैलोपैंचो गरेर भए पनि तपाईंको लागि राम्रो गरिन् |

आफ्ना श्रीमान् को मरण भएपछि यी अर्को लोग्ने खोज्न स्वतन्त्र थिइन् तर त्यसो गरिनन् | दुनियाको दुख सहेर तपाईंको लागि आफ्नो जीवन समर्पण गरिन् |

जहासम्म मलाई बूढीलाई वृद्धाश्रम पठाउँदा सुख हुन्छ भन्ने कुरा हो - तपाईंको सोच मै खोट छ | मैले यी बूढी सासुको सेवा गरेर जुन आशीर्वाद प्राप्त गर्छु, त्यो सुख संसारको पैसाले किन्न सकिन्न |

हाम्रा छोराछोरीसंग यी बूढी रमेको देख्दा र छोराछोरीहरू आफ्नी हजुरआमासंग रमेको देख्दा मैले सधैं आफुलाई भाग्यमानी ठान्छु | तपाईंले बरू आफ्नो आमाको माया बुझ्न सक्नुभएन | सबै थोक पाइन्छ तर आमावुवाको माया कहाँ पाउन सकिन्छ र ?

तपाईं ती बूढीआमालाई वृद्धाश्रम पठाउने कुरा गरिरहनु भएको जसले आज पनि भान्छामा गएर आफ्नै हातले पकाएर तपाईं र नातिनातिनालाई खुवाउनुहुन्छ | हरेक दिन कार्यालय जाँदा र आउँदा ढोकामा कुरिरहनु हुन्छ |

तपाईंको रिसाहा स्वभाव जानेर "किन दुख पुर्याउनु" भनेर अगाडी पर्नुहुँदैन | सधैं तपाईंको लागि प्रार्थना गर्नुहुन्छ |

अहँ, म जीवनका धेरै महत्वपूर्ण उपलब्धि गुमाउन तयार छु तर यी बूढीसासुको आशिर्वाद गुमाउन तयार छैन | आमा कुनै हालतमा पनि वृद्धाश्रम जानुहुने छैन | कुरा बुझ्नु भो" - बुहारीले आफ्नो कुरा स्पस्टसंग भनिन् |
...........................
बाहिरबाट संवाद सुनिरहेको बूढीआमाको आँखाबाट आँसुको भल बग्न थाल्यो | उनी सकिनसकी माथिल्लो तलामा रहेको पूजाकोठामा पुगिन् | भगवान् संग हात जोड्दै भनिन् - हे भगवान् ! सबैलाई मेरी जस्तै बुहारी देऊ |


मातृदेवो भव:

गुरूपूर्णिमा मेकियाबेली संक्रमण


भोली वेदव्यासलाई सम्झने दिन हो - गुरू गुरूपूर्णिमा | पश्चिम नेपालको दमौलीमा पराशर ऋषि र माझीको छोरा वेदव्यासले वैदिक सभ्यताको विकास, प्रसार तथा संस्थागत गर्न एतिधेरै काम गरेका छन् कि उनी विश्वगुरु बनेका छन् |

वेदब्यासले अठार पुराण, ब्रहमसूत्र तथा महाभारतको ग्रन्थमात्र लेखेनन् अपितु वेदलाई चारभागमा विभाजित गरेर सरल बनाए | यी सबै कुरा देवभूमि नेपालमा जन्मेका वेदब्यासले गरेका हुन् |

यो कुरा हाम्रा विद्यालय वा विश्वविद्यालयहरूका पाठ्यपुस्तकमा उल्लेख छैन | विद्यालय र विश्वविद्यालयले यी विश्वगुरूका विषयमा कुरा गर्न लाजमर्दो हुन्छ | थेल्स, सुकरात, अरस्तु वा सन्त अगस्ताइन, पोप, मार्टिन लुथरकोका विषयमा लाजमर्दो हुँदैन |

हाम्रा नीतिकारहरूले जन्मदेखि मरणसम्मको संस्कार ऋषिहरुले तयार गरिएदिएका ग्रन्थहरूका आधारमा सम्पन्न गर्छन् तर आफ्ना छोराछोरीलाई यिनका स्रजकहरूका विषयमा जानकारी दिने ठाउँमा जिसस क्राइस्टको नाम लेक्छन् |

हाम्रा विद्यालय र विश्वविद्यालयमा वेदब्यासहरूका योगदानको कदर हुँदैन | योगी नरहरिनाथ प्रपन्नाचार्यआदिको चर्चा हुँदैन | हाम्रा विवि र विद्यालयहरूका सबैद्वारहरूमा अग्रेजी भाषा र गुरू मेकियावेलको राज्य छ |

मेकियावेली गुरुको जादुमा ब्यासहरू गुमनाम भएका छन् | ब्यासको सम्झनामा नगर पालिका बन्न सक्छ, जैमिनीको नाममा गाउँपालिका बन्न सक्छ तर यी महापुरुषहरूको इतिहासका विषयमा मौनता छाउँछ |

नेपालीमा गुरू शब्दको अर्थ नै वदल्नु पर्ने भएको छ | विदेशी भक्तिभाव बढाउने र स्वदेशीपन हटाउने ज्ञान दिने नै गुरू हुन् | यस्ता गुरूहरूको आरम्भविन्दु राजनीति हुन्छ भने समापन रैथाने पद्यतिहरूप्रति उपेक्षाभाव |

संस्कृतमा गुरू शब्दको अर्थ अज्ञानको नाश गर्ने र गहनतम भौतिक, दैविक र आध्यात्मिक ज्ञान प्रदान गर्ने हुन्छ | विद्याको गन्तब्य अमृततत्वको प्राप्ति हुन्छ | गुरूले आफ्नो गहनज्ञाद्वारा शिष्यलाई त्यो अमृततत्व प्रदान गर्छन् |

मेकियावेलीका बौद्धिक दासत्वको बानी परेकाहरूकाहरूले "अंग्रेजी भाषा, संस्कृति तथा परम्परा" बाहिरका जुनसुकै जस्तोसुकै महत्वपूर्ण विषयभए पनि अस्वीकार्य हुन्छन् |

अहिलेको युगमा प्राचीन पूर्ण बैदिक गुरुकुल परम्परामा फर्किन असम्भव होला तर वदलिएका आवश्यकताअनुसार आफ्ना रैथाने गुरुपरम्पराको जगेर्ना गर्न सकिन्छ |

अंग्रेजहरूले जे गरे, त्यो नै उनीहरूका लागि उचित थियो | आफ्नो प्रतिमान स्थापना गर्न उनीहरूले हाम्रो वैदिक शिक्षानीति मैं प्रहार गरे | उनीहरू सफल भैरहेका छन् |

अव मेकियावेलीलाई विस्थापित गरेर ब्यासीय-पद्यति स्थापना गर्ने दायित्व हामी उपर आएको छ | ब्यास विश्वगुरू हुन् | विश्वगुरूले स्थापना गरेको विद्यापद्यति नै अवको हाम्रो लक्ष हुनुपर्छ |

विश्वगुरू ब्यासप्रतिको सबैभन्दा महत्वपूर्ण भक्ति मेकियावेली शिक्षा पद्यतिलाई नेपाली समाजबाट विस्थापित गरेर हुन्छ | यो कुरा पढेर धेरै गुरूहरूले खिस्सी गर्नेछन् - तर सत्य यही हो |

नेपालका प्रत्येक बालबालिका वेदब्यास बन्ने सामर्थ्य छ र यो सामर्थ्यलाई जगाउने कामको आरम्भ वेदब्यासलाई सम्झेर होइन, उहाले लेखेका कितावहरू पढेर हुन्छ |

भाषा जुन सुकै होस्, जाति जुन सुकै होस्, भौगोलिकता जहाँ होस् तर आफ्नो मौलिकताको रक्षा गर्न आफै अगाडी सर्नुपर्छ | आत्मविश्वास, गुरूप्रतिको श्रद्धा तथा प्रतिमापरिवर्तनको अदम्य इच्छाशक्ति हाम्रा शक्ति हुन् |

अन्त्यमा, परोपकाराय पुण्याय पापाय परपीडनम् - अर्थात् परोपकार हाम्रो मन्त्र हो र अरूलाई पीडा दिनु पाप | हामी घृणाको बाटो होइन प्रेमको बाटो हिड्ने छौँ | विश्वगुरू वेदब्यासका प्रति सादर नमन |

बन्दे गुरुस्ते चरणारविन्दम् |

गुरूपूर्णिमा - बैकल्पिक शिक्षानीतिको खोजि


गुरुपूर्णिमाको अवसरमा हामी सबैले प्राचीन गुरुकुल पद्यतिको शिक्षा (नि:शुल्क) को आधुनिकीकरण गर्ने र लोभ, द्वन्द, घृणा, विभाजन तथा जातीयताको विषाक्त चिन्तन हुर्काउने मेकियावेली शिक्षा पद्यतिलाई जरैदेखि उखल्ने प्रतिबद्धता गर्नुपर्छ |

मेकीयावेली शिक्षा पद्यतिले आमा, गुरू, आफन्त, दिदीबहिनी तथा पत्नीको मायालाई समेत पैसासंग तुलना गर्नेहुँदा केवल जागिरेहरू उत्पादन गर्न सक्छ |

अन्न उत्पादन गर्ने किसान भोको भएको बेलामा अन्न खुवाएर ज्यान जोगाउने अविभावक, आफुले जन्माएको सन्तान दिएर घरजम गराइदिने सासु-ससुरा. यो संसारमा शरीर दिएर हुर्काउने आमावुवा, शिक्षादिएर गर्न सक्ने बनाउने शिक्षा गुरू, विश्व नै आफ्नो परिवार हो भन्ने आध्यात्मिक शिक्षा दिने गुरूलाई नै पैसामा तौलने शिक्षाले नेपालीहरू पीडित छन् |

एस्तो मेलियावेली शिक्षाको विकल्प गुरुकुल नै हो | अव हामी गुरुकुलतिर फर्कनै पर्छ | नि:शुल्क शिक्षा हुनुपर्छ भनेर राजनीति गर्नेहरूले पनि यो कुरा वुझ्नुपर्छ तर विदेशी संस्कृतिको जालोमा तिनले यो कुरा सोच्न पनि सक्दैनन् |

पुरानो समयमा नेपालमा प्रचलित गुरुकुल पद्यति (नि:शुल्क) को शिक्षालाई ज्यानफालेर स्थापित गर्न लागेका गुरूहरूको पनि बूढो भएपछि चेत खुलेको छ | आफैले चलनमा ल्याएको शिक्षामा दीक्षित भएका छोराछोरी र नातिनातिनाहरूले मनिता नगर्ने र वृद्धाश्रमको विकास गर्न थालेपछि झस्किएका छन् |

यदि अहिलेको जेनेरेशन आफ्नै छोराछोरीको मायालु छायामा वृद्धवस्था विताउन चाहन्छ भने आफ्ना नातिनातिनालाई गुरूकुल पद्यतिको शिक्षाका लागि प्रेरित गर्नुहोस् |

मेकियावेली शिक्षाले मान्छेलाई पैसा कमाउन सक्ने मसीन बनाउँछ, माया, प्रेम तथा करुणा भएको मान्छेको उत्पत्ति गुरुकुल शिक्षा पद्यतिबाट नै हुन्छ |

पैसाको अगाडी मानवीयताताको पाटोलाई महत्वपूर्ण नठान्ने चिन्तनको विकास गर्नुनै मेकीयावेली शिक्षानीतिको सबैभन्दा ठूलो दोष हो | नेपालको वर्तमान पुस्ता यो रोगबाट निकै अतिक्रमित भैसकेको छ |

Generation-gap को काल्पनिक सिद्धान्त बुनेर यो अतिक्रमणलाई बैधानिकता दिने प्रयत्न गरिएको छ | मातृदेवो भव, पितृदेवो भव, अतिथि देवो भवका पद्यतिहरूलाई "हिन्दू धर्मका विषय" बनाउने काममा मेकियावेली शिक्षा सफल भएको छ |

अव पनि हामीले आफ्नै जरोकिलोतिर फर्केर आधुनिक गुरूकुल पद्यतिको शिक्षा प्रणाली स्थापित गर्न सकेनौं भने नेपालका गाउँगाउँमा वृद्धाश्रम, शिशु-स्याहारसुसार केन्द्रहरूको स्थापना हुनेछन् |

आफ्नैले स्थापित गरेको मेकियावेली दीक्षाले आफु विस्थापित भइने बुझेपछि यी पुराना पुस्ताका व्यक्तिहरू पुराण गराएर "वृद्धाश्रम निर्माण गर्न तम्सिएको पाइन्छ |

अव उहाँले बुझ्नुपर्छ, अवका बालबालिकालाई मेकियावेली शिक्षापद्यतिबाट उद्धार गर्न गुरूकुल पद्यतिको विकास हुनुपर्छ | अग्रजहरूको सक्रियता वृद्धाश्रम निर्माणतिर होइन गुरूकुलको पुनस्थापनातिर जानुपर्छ |

नेपालका हरेक नागरिकले आफ्नो परिवारको मायाको छायामा मर्ने अवसर पुनस्थापित हुनुपर्छ | हाम्रो मृत्यु आफ्नै सन्तानको काखमा हुनुपर्छ, वृद्धाश्रममा होइन |

तर्पण, श्राद्ध, क्रियाआदि शास्त्रीय पद्यतिहरूको कार्यान्वय घरबाट हुन्छ वृद्धाश्रमबाट होइन | एस्तो पद्यतिको स्थापना गुरूकुलबाट हुन्छ, मेकियावेली बोर्डिंग स्कूल र विविबाट हुँदैन |

चुरो कुरो बुझेपछि पनि गुरुकुल शिक्षापद्यतिको पक्षमा उभिन नसक्नु आत्महत्या हो | भाषा जुनसुकै होस् शिक्षापद्यति चै गुरूकुलीय नै हुनुपर्छ |

आफ्ना गुरूहरूलाई स्मरण गर्दैगर्दा आफ्नै जरोकिलो र संस्कारमा आधारित "आधुनिक गुरूकुल"को पुनर्स्थापना कसरी गर्न सकिन्च्छ भनेर पनि सोच्नु र कार्यपद्यतिको विकास गर्नु पर्ला है |

हामी त यो पद्यतिको पुन:स्थापनातिर अग्रसर भैसकेका छौँ, तपाईंहरू अल्मलिनु भएन | अन्य विषयमा कुरा नमिले पनि शिक्षाका सवालमा सहकार्य गरौँ |

समस्त गुरूहरूमा हार्दिक नमन

घृणावादको पासो नेपाली विद्वानहरू

जव कुनै व्यक्ति आफ्नो क्षमता, विद्वता तथा कार्यले सर्वग्राह्य हुन्छ, त्यसवेला ऊ सबैको साझा बन्न पुग्छ | जातीयता, क्षेत्रीयता, भाषाआदि गौण हुन्छन् |

संस्कृत भाषाका आदिकवि ऋषि बाल्मिकीको जन्म शूद्रकूलमा भएको थियो | उनले रामायण लेखे | आज सबै सनातन वैदिक धर्मावलम्बीहरूले मन्दिरमा राखेर पूजाआराधना गर्छौं |

प्रसिद्ध ऋषि श्रीनारद शूद्र दासीपुत्र थिए | उनको त्याग, ज्ञान, तपस्या तथा लोककल्याणकारी स्वभावले गर्दा उनी आज सबैका आराध्य बनेका छन् | उनको विनम्रता देखेर ऋषिहरूले उनलाई आफैसंग राखेर शिक्षादीक्षा दिएको कुरा भागवतमा उल्लेख छ |

तनहुँको ब्यास नगरपालिकामा जन्मेका ऋषि द्वैपायन ब्यास पनि तल्लो जात मानिने माझिकी छोरी सत्यवतीका सन्तान थिए | उनले आफ्नो अदम्य संकल्प शक्तिका कारण शिक्षादीक्षा प्राप्त गरे, अठार पुराण, ब्रह्मसूत्र तथा महाभारतजस्ता ग्रन्थहरूको रचना गरे | आज हामी सबैले उनलाई आफ्नो आध्यात्मिक गुरूको रूपमा पूजा गर्छौं |
श्रीसूतजी वेदब्यास कै प्रत्यक्ष शिष्यथिए | उनी जन्मेको जात पनि शूद्र नै थियो भन्ने कुरा पुराणहरूमा उल्लेख छ | उनको विद्वताका कारण नैमिषारन्य क्षेत्रमा उपस्थित भएका ऋषिहरूले उनैलाई सर्वोच्च आसनमा बसालेर पूजा गर्दै पूराण सुनेका थिए भन्ने पूराणमै उल्लेख छ |

महाभारतका अनुसार धृतराष्ट्रका महामन्त्री विदूर शूद्रजातिका थिए | उनको विद्वता तथा तपस्याका कारण उनी पाण्डव तथा कौरवहरूको सभामा भीष्मपछि सबैभन्दा पूजित व्यक्ति थिए |

क्षेत्रीय जातिमा अवतार ग्रहण गरेका भगवान्रा श्रीरामले शूद्रजातिमा जन्मेकी सवरीको जूठो र क्षत्रीका छोरा श्रीकृष्णले विदूरकी पत्नीको जूठो सजिलैसंग ग्रहण गरेका थिए |

नेपाल कै सन्दर्भमा हेर्ने हो भने पनि बानेश्वरको प्रसिद्ध छ्क्कुबक्कु मन्दिरका पूजारी दलित छन्, प्रसाद ग्रहण गर्दा कसैलाई समस्या छैन | काठमाडौँ उपत्यकामा थुप्रै मन्दिरहरू छन् जहाँ दलितहरूको पूजा स्वीकार गरिन्छ |

नेपालका अन्य भागहरूमा पनि धेरै पूजारीहरू दलित छन् | यस्ता ठाउँहरूको खोजि हुन वाँकी नै छ भने जस्तो महत्वपूर्ण संस्कारमा विश्वकर्मालाई पगरी नगुथाई जन्ती अगाडी बढ्दैन |

यस भन्दा पनि महत्वपूर्ण कुरा दलित भनेर चिनिने समुदायहरूसंग पुर्ख्यौली सीप हुन्छ | उनीहरूका सीपहरूले उनीहरूको आफ्नो आर्थिकस्तर उकास्ने काम गर्छ, आत्मनिर्भर गराउने काम गर्छ | उनीहरू सबै शिल्पी हुन्छन् |
मेकियावेली शिक्षा पद्यतिलाई अङ्गीकार गरेपछि यी शिल्पीहरू आफ्नो पुर्ख्यौली पेशाबाट विस्थापित भए | यी विस्थापित वर्गहरूलाई प्रयोग गरेर जातीयघृणावादको विकास गरियो |

संस्कृत र ब्राह्मण-क्षेत्रीहरूलाई "दलितवाद"का लागि जिम्मेदार ठानियो | दलित नामक काल्पनिक ब्यानर निर्माण गरेर दलितहरूलाई बाहुनविरुद्ध घृणावाद बलियो बनाउन प्रयोग गरियो |

भारतका डा.अम्वेडकरले मेकियावेली शिक्षामा आधारित भएर गुरुकुल पद्यतिको विरोध गरे | मेकियावेली शिक्षाको जगमा उभिएर छुवाछुत समाप्त पार्न ब्राह्मणहरूलाई तारो बनाएका अम्वेदकरको आरम्भ नै गलत भएकोले भारतीय दलितहरूको वास्तविक जीवनशैलीमा कुनै फरक परेको देखिन्न |

बालगंगाधर तिलक, महात्मा गान्धी, विनोवा भावे, महात्मा फूले, डा. सावरकर, मदनमोहन मालवीय, स्वामी विवेकानन्दआदिले मेकियावेली शिक्षाको कू-प्रभाव बुझेर छुवाछुतको कुरीतिलाई जोगाउन शास्त्रीय बाटो अंगाले तर मेकियावेली शिक्षाको कठोरतामा यी टिक्न सकेनन् |

नेपालमा सबैभन्दा पहिला जोसमनी सन्तहरूले शास्त्रीय आधारमा छुवाछुत रुपी कलंक समाजवाद मेट्ने प्रयत्न गरेका हुन् र त्यस बखत आंशिकरुपमा सफलता पनि प्राप्त गरेका हुन् तर मेकियावेली शिक्षाको घृणावादी सोचमा विकसित भएको दलितवाद र दलितवाद विरुद्ध विकसित भएको सम्भ्रान्तवादले छुवाछुत हट्न/हटाउन दिएन |

दलितकार्डलाई प्रयोग गरेर सम्भ्रान्त भएका दलित नेता तथा विद्वानहरू र दलितको कार्डलाई जीवित राखेर भोट जोगाउने राजनीतिज्ञ र धर्मनिरपेक्षताको खोल ओढेर धर्मपरिवर्तनको बलियो आधारका रुपमा दलितहरूलाई प्रयोग गर्ने इसाईहरूको षडयन्त्रको भूमरीमा दलित छन् |

सबैभन्दा उदेक लाग्ने कुरा त के हो भने - यी समुदायहरू आफ्नो रैथाने सीपबाट विस्थापित भएका छन् र घृणावादका बलियो सिपाहीका रूपमा आफ्नो छिमेकी विरुद्ध प्रयोग हुँदैछन् |

आज विश्वले अनुभव गरिसकेको छ, मेकियावेली शिक्षा पद्यतिको परिणाम घृणावाद नै हो | जातिजातिविचमा, भाषा भाषाक बीचमा, देश-देशकाविचमा समुदाय-समुदायका विचमा पहिचानको मुद्दा उठाएर झगडाको वीऊ रोप्ने र झगडालुहरूको मतियार बनेर आफ्नो झन्डा गाड्ने षड्यन्त्र नै मेकियावेली शिक्षाप्रणालीको मुख्य लक्ष हो जुन नेपाली समाजमा देखिएको छ |

उदाहरणका लागि संसारको सबैभन्दा ठूलो प्राचीन साहित्य र दर्शन भएको संस्कृत भाषालाई "बाहुनको भाषा, शोषकहरूको भाषा, छुवाछुतवादीको भाषा, मृतभाषा" भनेर सर्वसाधारणलाई भ्रमित पार्दै अंग्रेजीको प्रसार गर्ने/गराउने र त्यसका माध्यमबाट धर्म-संस्कारहरूमा प्रहार गर्दै सामाजिक, सांस्कृतिक सद्भाव विथोल्न दुष्कर्म यसैका माध्यमबाट भएको हो |

मेकियावेली शिक्षानीतिका पक्षधर नेपाली शिक्षाविद तथा राजनीतिज्ञहरूले जवाफ दिनुपर्छ कि संस्कृत त बाहुनको, अन्धविश्वासको भाषा भएकोले अस्वीकार्य थियो तर अन्य रैथाने भाषा संस्कृतिको विकास किन रोकियो ?

मेकियावेली पद्यतिले सबैभन्दा पहिले समग्र भारतवर्षलाई भावनात्मकरूपले एकसूत्रमा बाध्ने संस्कृत भाषाउपर प्रहार गरेर कमजोर बनायो त्यसपछि रैथानेहरूको "पहिचान स्थापना" स्थपनाको भ्रम फैलाएर अंग्रेजी लादियो | नेपालमा पनि यही भयो र भैरहेको छ |

शिक्षाविदहरूले जवाफ दिनुपर्छ - के संस्कृत विस्थापित भएपछि किन रैथाने भाषा-पहिचानको विकास हुनुपर्ने ठाउँमा किन अंग्रेजीको विकास हुँदैछ ? अंग्रेजी र अंग्रेजीसंग भित्रिएको इसाईले देश र जनताको कुन पहिचान स्थापित गर्यो ?

साँचो कुरा त के हो भने संस्कृत भाषालाई विस्थपित गरेर अंग्रेजी र त्यसका माध्यमबाट भित्रिएको "दास-मानसिकता"का विषयमा विद्वानहरूले चालनै पाएनन् | मेकियाबेली शिक्षानीतिले आफ्नै धर्म, सम्पर्कभाषा, गुरूकुलीय शिक्षापद्यति, अर्थनीति, राज्यराष्ट्रको राजनैतिक पद्यतिले सु-सम्पन्न भारतवर्षीय जनतालाई विदेशीको दासतामा गौरव गर्ने नागरिकमा परिवर्तित गरिदियो |

सबै विधामा सार्वभौमिकता सम्पन्न नेपाली जनताहरू मेकियावेली शिक्षानीतिको चेपुवामा परेर आफ्नो मौलिकता गुमेका "गौरवशाली दास"हरूमा परिवर्तित भएका छन् | आधुनिकता र विज्ञानका नाममा मेकियावेली शिक्षानीतिले नेपालीहरूको सबैभन्दा बढी मानसिक शोषण गरेको छ, ब्लेकमेलिंग गरेको छ |

दलितवाद होस् वा बाहुनवाद दुबैको अन्त्य हुनु आवश्यक छ | समाजवाद दलितवाद र बाहुनवाद दूबैलाई विस्थापित गर्न कार्यक्रम नै बनाएर, अत्यन्त उत्साहपूर्ण तवरले मैले माथि दिएका उदाहरणहरू पाठ्यपुस्तकहरूमा समावेश गरेर पढाइनुपर्छ |

दलित, राजनैतिक तथा गैरसरकारी संस्थाहरूले उपरोक्त उदाहरणहरूको प्रयोग दलितगैरदलित दुबैका विचमा प्रस्तुत गर्नुपर्छ | यी महापुरुषहरू सबैको साझा भएकाले दलित-गैरदलितहरूको परम्परागतमा आएको गलत सोचको अन्त्य हुन्छ |

जव दलित तथा गैरदलित दूबैले संगै बस्दा आफ्नो गोत्र तथा पूर्वजहरूमा कुनै प्रकारको विभेद नरहेको थाहा पाउँछन्, स्वभावाविक रूपमा हाम्रो सोचमा रहेको दलितवाद र बाहुनवाद समाप्त हुन्छ |

र एस्तो सकारात्मक शिक्षाको सबैभन्दा ठूलो वाधक शक्ति नै "मेकियावेली" शिक्षा पद्यति हो | मेकियावेली शिक्षाको कू-प्रभावबाट जोगिएको इन्डोनेसियाको बाली प्रान्त जातीय घृणावादी चिन्तनबाट मुक्त छ |

इन्डोनेसियाको बालीमा वालीमा चारैजात छन् तर छुवाछुत छैन | हिन्दूहरूका जातजातिविच कुनै प्रकारको घृणावाद छैन | शूद्रको (मजदूर) सन्तान बाहुन हुन्सक्छ, बाहुनको छोरी मजदुर हुन्सक्छिन् | काम छुवाछुतको कारण बन्ने छैन |

वैदिक शास्त्रमै रहेका उपरोक्त उदाहरणलाई प्रयोग गरेर छुवाछुतवादी चिन्तनलाई समाजवाट सजिलै निमिट्यान्न पार्न सकिन्छ | यो सबैभन्दा सकारात्मक बाटो हो |

समाजमा गहिरोसंग जरो गाडेको घृणावादलाई विस्थापित गर्न मेकियावेली शिक्षालाई गुरुकुलीय रैथाने पद्यतिले विस्थापित गर्नुपर्छ | आफ्नो मौलिक रैथाने जरोकिलोको गौरवलाई जागृत गर्न गुरुकुल शिक्षा नै चाहिन्छ |

विज्ञान सबैको लागि एक समान हुन्छ | संसारको जुनसुकै कुनामा विज्ञानको परिणाम एकै हुन्छ | तर सामाजिकशास्त्रका नियमहरू एकसमान हुँदैनन् | इतिहास, परम्परा, मौलिकताहरू एकै हुँदैनन् | त्यसैले अंग्रेजहरूले विकास गरेको शिक्षा पद्यति उनीहरूको लागि अनुकुल भए पनि हामी नेपालीहरूको लागि अनुकुल हुँदैन |

देश विदेशी राजनीतिको दासत्वमा छदैंछ | अव नेपाली विद्वानहरूले मेकियावेली शिक्षापद्यतिसंग भित्रिएको "दास-मानसिकता"बाट मुक्त हुने प्रयत्न गर्नुपर्छ | नत्र नेपाल विद्वान-दासहरूको देशका रूपमा परिचित हुनेछ |

आफ्नो जरोकिलोसंग www.jarokilo.org जोडिएर सबैखाले विभेदहरूको प्रेमपूर्वक अन्त्य गर्ने संकल्पमा हाम्रो सहभागिता अनिवार्य भएको छ |

सबैको कल्याण होस्, स्वस्ति हो, जय होस् |

लाजमर्दो सत्य


भारतवर्षबाट संस्कृत शिक्षालाई पद्यतिलाई विस्थापित गरेर अंग्रेजी भाषा र संस्कृति लाद्न बृटिश कुटनीतिज्ञ Thomas James Babington Macaulay (१८००-१८५९) ले सन् १८३६ मा विकसित गरेको शैक्षिक नीतिलाई सन् १८३७तिर तत्कालीन इस्ट इन्डिया कम्पनीले भारतीय उपर थोपरेको थियो | वि. स. २०२८ सालमा नया शिक्षानीति र २०४६ को राजनैतिक परिवर्तनले नेपालमा पनि Macaulay कै शिक्षानीति अवलम्वन गर्ने नीति लियो |

धुर्त्याई र छलका पर्यायवाचीका रूपमा चिनिने इटालियन दार्शनिक Machiavelli को छलपूर्ण तथा द्विजिब्रे सिद्धान्तबाट प्रभावित भएका Macaulay ले भारतवर्षमा यसको ब्यबहारिक जग बसालेका हुन् | नेपालीहरूले त्यहींबाट वर्तमान शिक्षा पद्यति नेपालमा भित्राएका हुन् |

कुरो भाषाको होइन, नियतको हो | वि.स. २०२८ सालमा नेपालमा पाइला टेकेको नया शिक्षानीतिले २०७४ सम्म आउँदा आत्मनिर्भर नागरिकको विकास गर्नुको सट्टा पलायन मुखी, चरम अवसरवादी तथा एक्काईसौं शताब्दिमा पनि घृणावादी राजनीतिमा सक्रिय हुने नागरिकहरू विकसित गरेको छ | आत्मविश्वास भएका नागरिकहरूको खडेरी परेको छ |

सबैका लागि शुलभ र सस्तो शिक्षाको कुरा गर्दागर्दै पनि देशको शिक्षा "गरिव र धनीका" लागि फरक-फरक भएका छन् | सरकारी विद्यालयहरू गरिवका छोराछोरीलाई गुणस्तरहीन शिक्षा प्रदान गर्ने स्थलका रुपमा जीवित छन् भने धनभएकाहरूका लागि अंग्रेजी-स्कूलहरू उभिएका छन् |

मेकियावेली शिक्षानीति स्वीकारेको देशको जुन दुर्गति हुनुपर्थ्यो, त्यो त्रासदी आज नेपालीले प्रत्यक्षरूपमा भोग्नु परिरहेको छ | द्वैधशिक्षानीति, पलायनमा विश्वास गर्ने शिक्षितवर्ग, आफ्नो भन्दा विदेशीको भनाइमा विश्वास गर्ने राजनीतिज्ञ र विद्वान-दासहरूको जमात यसका प्रत्यक्ष फल हुन् |

धुर्त्याईका लागि वदनाम Machiavelli ( १४६९-१५२७) शिक्षा पद्यतिका हजारौं उपयोगिता होलान् तर नेपालमा यो शिक्षानीति आरम्भ भएपछि -
१. नेपालको रैथाने शिक्षापद्यतिको विनाश भएको छ |
२. शिक्षा निशुल्क हुनुपर्छ भन्ने गुरुकुलीय मान्यतामा पूर्णविराम लागेको छ |
३. रैथाने शिक्षापद्यतिहरू समाप्त भएका छन् |
४. मान्छे अंग्रेजी भाषा र चिन्तन पद्यतिको दास भएको छ |
५. विदेशीले लेखेको र बोलेको कुरालाई प्रमाणिक ठान्ने पक्षपाती सोचले ग्रस्त भएको छ |
६. सबैथोक पैसा हो भन्ने उग्रपन्थी सोच र ब्यबहारले आक्रान्त भएको छ |
७. आफ्ना प्राचीन साहित्य, विज्ञान, राजनैतिक तथा ब्यस्थापकीय चिन्तनहरूलाई "धार्मिक" र विदेशी चिन्तनलाई धर्मनिरपेक्ष मान्ने सोचले ग्रस्त भएको छ |
८. हरेक विषयको मानदंड "विदेशीले तयार गरेको नै ठीक" भन्ने मानसिकताबाट ग्रस्त भएको छ |
९. जातीय तथा क्षेत्रीयताका विवादमा फसाएर आफ्नो दूनो सोझो गर्ने
१०. अंग्रेजहरूको बौद्धिक दासत्व गर्ने विद्वान-दासहरूको विकास गर्ने
११. आफ्नो मौलिकताको संरक्षणको पक्षमा उभिनेहरूलाई अन्धविश्वासी, प्रतिगामीको कित्तामा उभ्याउने
१२. परनिर्भर बनाउने
१३. शिक्षा व्यापारको बलियो माध्यम बनेको छ |
१४. विविहरू बेरोजगार उत्पादन गर्ने कारखानामा रुपान्तरित भएका छन् |
१५. राजनैतिक संस्थानहरू दलाली गर्ने व्यक्तिहरूको सिन्डिकेट बनेका छन् |


अव यसको विकल्प विकसित भएको छ | यदि तपाईं विकल्प वारे जान्न इच्छुक हुनुहुन्छ भने इनबक्समा संदेश प्रेषित गर्नुहोला |

छुवाछुत विरोधी धर्मगुरू


नेपालमा छुवाछुत निवारणको लागि हिन्दूवैदिक शिक्षालाई व्यवहारिकरुपमा प्रयोग गर्नेहरूमा जोसमनी सन्तहरु र त्यसपछि प्रणामी भनिने प्राणनाथका अनुयायीहरू हुन् | 

आजभन्दा करिब एकसय बर्षअघि जंगबहादुरको शासन कालमा नेपालको पूर्वी क्षेत्रमा जोसमनी मत (धर्म) को तिब्र प्रचार प्रसार भईरहेको थियो। अर्जेल थर भएका ज्ञानदिल दास, लखन थापा, योगमाया यसै सम्प्रदायका अनुयायी थिए |

यस मतको मूल लक्ष्य वैदिक हिन्दु धर्मको नाममा समाजमा देखा परेका अन्धविश्वास कुरीति विकृति र विसंगतिहरुको अन्त्य गर्दै आमूल परिवर्तनका साथ समाज सुधार गर्नु थियो।

यस मतका अनुयायीहरु जातीय भेदभाव र छुवाछुतका घोर विरोधी थिए। जनएकता गर्ने अभियानमा सक्रिय सहिद लखन थापा पनि जोसमनी मत जनजागरण को निमित्त एक सरल र उपयुत्त माध्यम बन्न सक्ने महसुस गरि यस धर्ममा संलग्न भएका थिए।

भारतको गुजरातबाट आरम्भ भएको प्रणामी सम्प्रदायका अनुयायीहरूले पनि छुवाछुतको संस्कृतिलाई मान्दैनन् |भारतको जामनगरका देवचन्द्र र तिनको शिष्य प्राणनाथले प्रणामी सम्प्रदायको स्थापना गरेका हुन् |

नेपालमा प्रणामी सम्प्रदायको प्रवेश ठ्याक्कै कहिले र कसबाट भएको हो भन्ने भरपर्दो इतिहास त छैन तर पनि वि.स. १७०३ तिर कुनै नेपाली तीर्थयात्रीका माध्यम नेपाल भित्रिएको भन्ने बुझिन्छ |

मैले भनिसकें नेपाली समाजमा खुलेर नै जातीय छुवाछुत भेदभाव बिरुद्ध आफ्नै धर्म, संस्कृति तथा मूलमान्यताहरूकै छत्रछायालाई प्रयोग गरेर जनजागरण गर्नेहरूमा जोसमनी सन्तहरू र प्रणामीहरू नै पहिला हुन् |

यहाँ मैले छुटाउनै नहुने कुरा के हो भने यी दूबै सम्प्रदायका प्रचारकहरू छुवाछुतवादका विरोधी भएकाले धेरैपटक तत्कालीन राणाहरूको कोपभाजन बनेका थिए | यो तत्थ्य इतिहासले प्रमाणित गरेको छ |

नेपाली जनताहरूले छुवाछुत निवारणका लागि जोसमनी, प्रणामी, नानक पन्थआदिलेले अपनाएको बाटो रोज्दा स्वधर्म, स्वसंस्कृति तथा वैदिक संस्कृतिको रक्षामा टेवा पुग्छ भने धर्मपरिवर्तनको समस्या पनि न्यून हुन्छ |

छुवाछुत विरुद्धको संघर्षका अगुवाहरूले छुवाछुत निवारणका लागि विदेशी शक्तिहरूबाट सहयोग प्राप्त गर्नुभन्दा आफ्नै देशमा प्रचलित धार्मिक सम्प्रदायकाले स्थापित गरेका छुवाछुत निवारण सम्वन्धि मानकहरू प्रयोग गर्नु उचित हुन्छ |

छुवाछुत निवारणका लागि विदेशीहरूबाट आर्थिक सहयोग प्राप्त गर्दा धर्मपरिवर्तन, घृणावासी चिन्तन तथा सांस्कृतिक विचलन हुनेहुँदा देश, समाज तथा सामाजिक एकतामा निकै खलल पुग्छ |

जरोकिलो आन्दोलनका विनम्र अनुयायी र नेपालका रैथाने निवासीहरूलाई धार्मिक पलायनबाट रोक्न क्रियाशील संघसंस्थाहरूले यसतिर पनि ध्यान दिनु उचित र फलदायी हुन्छ |

Saturday, July 15, 2017

मेरी हेटोनको संघर्ष र परिवर्तन

Dr. Govinda S. Upadhyaya
प्रसिद्ध दार्शनिक तथा मनोबैज्ञानिक मेरी हैटोन कल्किन (१८६३-१९३०) लाई विश्वको सबैभन्दा प्रतिष्ठित भनेर मानिने हावर्ड विश्वविद्यालयले उनी महिला भएकै कारण पढ्न दिएको थिएन |

त्यस वखतका प्रसिद्ध विद्वानहरू विलियम जेम्स, रोयस आदिले धेरै अनुरोध गरेपछि विविमा आधिकारिक नामांकन नगरीकन कक्षामा बसेर सुन्ने सम्म अनुमति दियो | औपचारिक डिग्री प्राप्त नगरे पनि उनी आफ्नो क्षेत्रको प्रसिद्ध विद्वान बनिन् |

आज पनि नेपालमा धेरै महिला र खासगरी दलित समुदायका व्यक्तिहरूका लागि विद्यालय, विविहरू त्यति सहज छैनन् | आधिकारिक रूपमा नभए पनि ब्यबहारिक रूपमा महिला र दलित समुदायहरू "मानसिक-हिंसा"मा पर्छन् |

महिलाहरूप्रति "सेक्सटोय"को दृष्टिकोण र दलितहरूप्रति "तल्लोजात"को मानसिक विभेद विद्यमान नै छ | यो दृष्टिकोण परिवर्तनका लागि सकारात्मक पहल हुनुपर्छ | एस्तो पहलमा हाम्रा परम्परागत सांस्कृतिक आस्थाहरूकै प्रयोग गरिनुपर्छ |

मैले सकारात्मकताको प्रयोग एउटा विशिष्ट अर्थमा गरेको हुँ | विदेशीहरूले "छुवाछुत निवारण" तथा "महिलाहरूप्रति दृष्टिकोण परिवर्तन"को लागि आर्थिक सहयोग दिन्छन् | हाम्रो सरकारी तथा गैरसरकारी तन्त्र त्यो आर्थिकसहयोग जुनसुकै सर्तहरू पालना गरेर पनि प्राप्त गर्छन् |

महिलाहिंसाका सवालमा उनीहरू अनुभवि भए पनि छुवाछुत उनीहरूले भोगेको तथा बुझेको सांस्कृतिक समस्या होइन | त्यसैले उनीहरूसंग "घृणावादी" सोच पनि भित्रिन्छ | उनीहरू एकै गाउँमा रहेका वा एकाधघरमा रहेका परिवार विरुद्ध नै "अधिकार"को शस्त्र प्रयोग गरेर झगडा, वैमनस्यता निम्त्याछन् |

यो घृणावादी सोच उनीहरूको धार्मिक पृष्ठभूमिका कारण सधैं सतहमा देखिन्छ | बाइबलले "क्रिश्चियन बाहेकका व्यक्ति वा सांस्कृतिकसंग "शैतान"को ब्यबहार गर" भनेर सिकाएको हुँदा उनीहरू मनोबैज्ञानिक चिन्तनको जरोकिलो मैं घृणावाद हुन्छ |

मैले जोड्न खोजेको विषय के हो भने सन् १८८० ताका अमेरिकी समाज पनि आजको नेपालझैं रुढीग्रस्त थियो | महिलाहरू र कालाजातिहरू प्रति तिनको घृणावादी चिन्तन इन्टरनेटमा खोज्यो भने छताछुल्ल पाइन्छ | तर आधुनिक नेपालले यस मामिलामा धेरै अग्रगमन गरिसकेको छ |

सम्बैधानिक रूपमा सबैले समान अधिकार प्राप्त गरेका छन् तर व्यवहारिकरुपमा त्यसले पूर्णता प्राप्त गरेको छैन | मनोबैज्ञानिकरूपमा अहिले पनि सर्वसाधारणहरू जातीय र लैंगिक विभेदले ग्रस्त छन् |

यो सोच, विश्वास र चिन्तनको विषय भएकाले हटेर जान समय लाग्छ | अमेरिकाले १९६७ मा मात्र कालाजातिका व्यक्तिहरूलाई भोट दिन पाउने कानुन बनायो | महिलाहरूले समानताको हक पनि १९६० ततिर नै प्राप्त गरेका हुन् |

समुदाय र जातजातिहरू प्रति आपसमा घृणाफैलाएर सामाजिक परिवर्तन हुन्छ भन्ने सोच पश्चिमाहरूको हो | यो सोच मै खोट भएकाले कानुनत: जातीय तथा लैंगिक भेदभाव अन्त्य भए पनि घृणावादी चिन्तनको प्रसार गरेर समुदायहरूविच घृणावाद फैलाउन सफल भएका छन् | जातीयताको चिन्तन अन्त्य हुनुपर्ने ठाउँमा अझै जटिल तथा विभाजनकारी दिशातिर उन्मुख भएको छ |

उनीहरू धनि छन् | उनीहरूसंग काम गर्ने र गर्न लगाउने उन्नत तरिका छ | उनीहरूसंग गरिव र धनी दूबै नागरिकहरू लोभिने संसाधनहरू छन् | उनीहरूसंग हामीले सिक्नुपर्ने धेरै कुरा छन् | तर उनीहरूका सबैथोक मान्नुपर्छ भन्ने गलत परिपाटी हामीले कायम गरेका हौँ |

हामीले आफ्नो इतिहास पनि हेर्नुपर्छ | अमेरिका र युरोपका कालाजातिहरूसंग "पशुतुल्य" ब्यबहार गरिंदा हाम्रो देशमा दलित-समुदायहरू कसैका दास थिएनन् | उनीहरूसंग आफ्नो सीप, सम्पत्ति तथा स्वतन्त्रताको अधिकार थियो | उनीहरूको सीपलाई समाजले "मूल्यतिरेर" उपभोग गरिरहेको थियो | कुनै पनि सार्कीले आफ्नो जातीय सील्प प्रयोग गरेर बनाएको जूता कसैलाई नि:शुल्क दिनु पर्दैनथ्यो | यही कुरा अन्य जातिहरूमा पनि थियो |

आज यी समुदायहरू आफ्नो पेशाबाट विस्थापित भए | यी विस्थापितहरूलाई "मोहोरा" बनाउनेहरू हातमा पैसा र घृणावादी सोच लिएर प्रत्येक चौवाटो उभिएका छन् | हातमा सहयोग लिएर उभिएकाहरूलाई सजिलै नकार्न सकिन्न | हामी सजिलैसंग घृणावादको भूमरीमा पर्छौं | आफ्नै छिमेकी र परिवारका विरुद्ध उभिन्छौं |

हाम्रो इतिहास विभेदकारी थियो र अहिले पनि हाम्रो मनोविज्ञानमा विभेद लुकेकै छ - यो स्वीकारोक्ति हाम्रो शक्ति हो | यही स्वीकारोक्तिले परिवर्तनलाई सहृदयतावादी बनाउँछ | खल्वलिएको निकटतम सहयोगीपन बढेर जान्छ |

नेपालको ६ हजारवर्षको इतिहासको प्राकृतिक ब्याख्या र अनुशीलन गर्ने हो भने आफुलाई हामीले "मिलेर बस्ने" तथा "एकअर्काको सम्मान" गर्ने प्राकृतिक विज्ञका रुपमा पाउँछौ | विगत छ हजार वर्षमा नेपालबाट नकुनै भाषा लोप भएका छन् न कुनै धर्म, संस्कृति तथा रितिरिवाजहरू नै |

पश्चिमा घृणावादी सोचको प्रवेश नहुँदासम्म जातजातिहरूविच असहिष्णुता थिएन | धर्म-धर्मविच कुनै पर्खाल थिएन | जतिजति विदेशीहरूको घृणावादले ठाउँ पायो त्यति नै नेपाली सामाजिकीकरण असहिष्णु हुँदै गयो |

अव अलिअलि गरेर यो घृणावादी लूतोप्रति युवा तथा विद्वानवर्गमा चासो बढिरहेको छ | जसरी-जसरी युवा, महिला तथा नागरिकहरूमा बढ्दो असहिष्णुताप्रति चासो बढिरहेको छ, त्यसरी नै हरेक नेपालीले घृणावादले दिएको कठोर घाउँहरूले दुखेको नेपाल अनुभव गर्दैछ |

आज नेपाली युवावर्ग आफ्नो जरोकिलोतिर फर्केर सहिष्णुता, सहृदयता तथा सबैको सम्मानजनक अग्रगमनको रुपरेखा तयार गर्दैछ | प्राचीन हिन्दू, बौद्ध, जैन, किराती तथा बोन परम्पराभित्रबाटमात्र घृणावादलाई परास्त गर्न कार्ययोजना बुन्दैछ |

हामी न पश्चिमासंग घृणा गर्छौं न मुस्लिम-इसाईसंग | हाम्रो आन्दोलन आफ्नै पूर्खाहरूको बुझाईमा आधारित होस्, आफ्नो धर्म, संस्कृति तथा परम्पराको विकास आफैबाट होस् भन्ने र नेपाल विश्वको लागि "मिलेर बस्ने संस्कृति"को मोडेलका रुपमा (गुरू) स्थापित होस् भन्ने बाटोमा अग्रसर छ |

यो सहृदयता तथा नेपाललाई विश्वगुरुको रुपमा स्थापित गर्ने आन्दोलनमा आवद्धतामा चासो बढ्दैछ | विदेशी राजनैतिक परिपाटी, पलायनको बाटो तयार गर्ने शिक्षा तथा हरेक वर्ष परनिर्भर बनाउने आर्थिकतन्त्रबाट नेपालले मुक्ति पाउनैपर्छ |

यो सबैको लागि परिवर्तन आफैबाट हुनुपर्छ, सद्भाव, सूक्ष्म बुझाई, आफ्नो देश र माटोप्रति अदम्य प्रेम तथा सकारात्मक सोचले हामी सबैप्रकारका विभेदहरूको अन्त्य गर्न सफल हुन्छौं र नेपाल एउटा उन्नत राष्ट्र बन्ने छ |

गीता पढ्नुहोस्, निकास पाइन्छ....

Dr. Govinda S. Upadhayaya
गीता मानवताको ग्रन्थ हो | यसको कुनै धर्मग्रन्थ होइन | श्रीकृष्णले गीताको उपदेश दिएका हुन् | यसको अवतरण युद्धभूमिमा भएको हो | एउटा द्विविधाग्रस्त सैनिकको मदत गर्नका लागि | अर्जुन सैनिक थिए | एउटा सैनिकले युद्धको मैदानमा युद्ध लड्दिन भन्न मिल्दैन | एउटा सैनिकले लड्नु नै पर्छ | को संग लड्ने हो ? उसले प्रश्न गर्न मिल्दैन |
 
अर्जुन आफ्नो कर्तब्यबाट भड्किए कै हुन् | आफन्तलाई देखेपछि लड्दिन भन्नु उचित होइन | आफन्त नहुँदा मात्र लड्छु भन्नु विरामी मानसिकता हो | जव मान्छे आफ्नो मूल कर्तब्यबाट विचलित हुन्छ | उसले सोच्न सक्दैन | निर्णय लिन सक्दैन | 

आफुले सोचेको कुरा बाहेक मान्ने पक्षमा हुँदैन | अर्जुनको मनमा आफन्तसंग न लड्ने विचार आयो | त्यसै विचारलाई सत्य ठाने | लड्दिन भनेर हथियार विसाए | लड्न तम्तयार सैनिकको एस्तो काम ठीक थिएन | श्रीकृष्णले गीताको उपदेश दिए | 

अर्जुनले युद्धको मैदानमा गीता सुने | परामर्श दाता श्रीकृष्ण बने | अन्त्यमा, श्रीकृष्णले भने "मैले उचित ठानेको कुरा बने अव तिमीले के विचार गर्ने हो, निर्णय गर | श्रीकृष्णले आफ्नो कुरा मान्नैपर्छ भन्ने कर गरेनन् | श्रीकृष्णले स्पस्टसंग भने "यथेच्छसि तथा कुरू" (१८/६३) अव तिमीलाई जस्तो मन पर्छ, त्यही निर्णय गर | 

गीताले आत्मनिर्णयको अधिकार दिन्छ | गीतामा धम्की छैन, दवाव छैन, लोभ-लालच दिएको छैन | कृष्णको परामर्शपछि पनि अर्जुनले युद्ध लड्न/नलड्न आफै निर्णय लिन स्वतन्त्र थिए | अन्य धर्मका धार्मिक पुस्तकहरूले आफ्नो आदेश मान्नै पर्छ भन्ने आदेश दिन्छन् | 

कुरान, बाइबल, जेंदवस्ता सबैले आफ्नो आदेश मान्न उर्दी जारी गरेका छन् | तिनको आदेश नमान्नेका लागि सधैंको लागि नर्क पठाउने धम्की दिन्छन् | श्रीमद्भगवद्-गीताको यो उदारवादी सोचकै कारण आज विश्वको मानिस हिन्दू बनिरहेको छ | विश्व हिन्दूयुगतिर लम्किरहेको छ | विश्व हिन्दू बन्दैछ |

 गीता कै उपदेशको प्रभाव हो - नेपाल र भारतजस्ता ८२% हिन्दू बहुल भएका देशमा अन्य धर्म र संस्कृतिहरूको सम्मानका खातिर "धर्मनिरपेक्षता" स्थापित भएका छन् जवकि विश्वका ५० भन्दा बढी देशहरूमा धार्मिकस्वतन्त्रताको कुरा गर्नुसम्म अपराध हुन्छ | 

धार्मिक स्वतन्त्रताको ब्यबहारिक र सैद्धान्तिक अस्तित्व केवल हिन्दूबहुलमा मात्र हुनसक्छ भन्ने कुराको यो भन्दा बलियो प्रमाण अरू केही हुनै सक्दैन | हाम्रो एस्तो उदारताको स्रोत गीता नै हो | मैले विश्वहिन्दू बन्दैछ भन्दा आश्चर्य मान्नु पर्दैन | हिन्दू बन्नका लागि धर्मपरिवर्तन गर्नु पर्दैन | 

सोच परिवर्तन गर्नुपर्छ | सबैधर्मप्रति समभाव, धार्मिक उदारता, अन्यधर्मप्रति सम्मान तथा बैचारिक स्वतन्त्रता आज हिन्दूधर्मकै देन हुन् | अझै भन्नुपर्दा, गीताले दिएको उदारवादी चिन्तनको विस्तार हो | आफुले कसैलाई हिन्दू भनोस् वा नभनोस्, मुस्लिम, इसाई, यहुदीआदि धार्मिक समुहको आपसी द्वन्दवाट आजित बनेको विश्व "धार्मिकता'लाई घृणा गर्छ | 

धार्मिकतालाई घृणा गर्छ भन्ने शब्द प्रयोग गर्दा हाम्रो चिन्तनमा मुस्लिम आतंकवाद, इसाई-आतंकवाद, यहुदी आतंकवाद (इजरायल)को चित्र बन्छ | हिन्दू संस्कृतिमा एस्तो आतंककारी चिन्तन कतै छैन | हिन्दू-संस्कृतिलाई मुस्लिम वा इसाईसंग तुलना गर्दा एस्तो समस्या आएको हो | 

प्रसिद्ध भारतीय चिन्तक रवीन्द्रनाथ टैगोरसंग कुराकानीका क्रममा विश्वप्रसिद्ध बैज्ञानिक आइन्स्टाइनले भनेका छन् "जव मैले गीता पढ्छु, लाग्छ, विश्वको स्रोत त्यही हो | मेरो लागि बाइबलको कुनै धार्मिक मुल्य छैन |" आइन्स्टाइनले गीताको प्रसंसा गरे किनभने गीतामा उदारतावाद छ | 

दार्शनिक हेनरी डेभिड थोरो, अल्वर्ट स्वित्जर, प्रसिद्ध मनोबैज्ञानिक कार्लजुंग सबैले गीताको मुक्त कण्ठले प्रसंशा गरेका छन् | कार्लजुंग त लेख्छन् "मान्छेलाई जड ठान्ने हाम्रो परम्परा काम न लाग्ने छ, श्रीकृष्णले १५ औं अध्यायमा जुन चलायमान विश्व-वृक्षको उल्लेख गरेका छन्, मानवीय चेतनाको असली रुख नै त्यहीं हो |" 

गीताले कुनै पनि धर्म, संस्कृति तथा परम्पराको आलोचना गर्दैन | गीताकोले आरिस र अरूसंग रिसले भरिएका ईश्वरहरूका विषयमा पनि बोल्दैन | गीताले कुनै पनि व्यक्तिलाई हिन्दू वा गैरहिन्दू हुन के गर्नुपर्छ भनेर पनि कर गर्दैन | ज्ञान, कर्म, भक्तियोगको कुरा गर्छ तर स्वीकार गर्ने/नगर्ने अधिकार व्यक्ति विशेषलाई प्रदान गर्छ | 

यही तत्थ्यले गीतालाई "विश्वधर्मको किताव" बनाउँछ | गीताको उपदेश स्वीकार्न श्रीकृष्णको भक्ति गर्नुपर्छ भन्ने छैन | प्रसिद्ध दार्शनिक शंकराचार्य अद्वैतवादी थिए तर गीतालाई आफ्नो विवेचनाको प्रमुख ग्रन्थका रूपमा स्वीकार गरे | गीताकारको अस्तित्वलाई गर्नेरूले पनि गीताको महत्वलाई सगर्वका साथ स्वीकार गरेका छन् | श्रीमद्भगवद्-गीतासंग कुनै पनि "पढालिखा" मान्छे असहमत हुनै सक्दैन | 

गीताको उपदेश कुनै कुरा मनाउनका लागि भएकै होइन | यसले हरेक व्यक्तिलाई आफ्नो प्राकृतिक व्यक्तित्व चिनेर त्यसअनुसारको कर्तब्य अनुसरण गर्न प्रेरित गर्छ | गीताले भन्छ, मान्छे प्राकृतिक रूपमा सत्व, रजस र तमसबाट निर्मित भएको हुन्छ र ती गुणहरूको प्रतिशत अनुसार चारप्रकारका काममा उसको स्वभाविक लगाव हुन्छ | सत्वगुण प्रधान भएका व्यक्तिहरू लेखपढमा, रजोगुणमा सतोगुण प्रधान मान्छे लडाकु, तमोगुणमा रजोगुण प्रधानहरू कृषि, ब्यापारआदिमा र तमोगुण प्रधान व्यक्तिहरू अरूको काम गर्ने प्रवृत्तिका हुन्छन् |

संसार यसैअनुसार चलिरहेको छ | गीता पढेपछि आफ्नो मूलगुण के हो भन्ने बुझ्न सकिन्छ र त्यहीअनुसार आफुलाई ढाल्न सकिन्छ | आफ्नो मूलगुण अनुसार कर्म गर्ने मानिस कहिल्यै पनि असफल हुँदैनन् | गीता सुनेपछि अर्जुनले बुझेको कुरा यही हो : लडाकु व्यक्तित्व जहाँ गएपनि लडाकु नै हुन्छ | त्यस्तो अवस्थामा, सैनिकको कर्तब्य नै सबैभन्दा उचित हुन्छ | महाभारतको अर्जुनले आफै लड्ने निश्चय गरेका हुन् | 

गीताले वा श्रीकृष्णले थोपरेका पटक्कै होइनन् | आज नेपाल एउटा असजिलो परिस्थितिमा उभिएको छ | यो परिस्थितिको ज्ञान सबैलाई छ | तर यसको स्वामित्व कसैले स्वीकार्न चाहन्न | सबैले एकअर्कामा दोषारोपण गरिरहेको देखिन्छ | अवस्था एस्तो बनेको छ, चाहेर पनि कुनैले देशको वर्तमान अवस्थाको स्वामित्व लिन्न चहान्न | मलाई लाग्छ, नेपालका सबै राजनैतिक पार्टीहरूले नेपाल र नेपालीहरूको भलोको लागि मात्र काम गरिरहेका छन् | 

सबैको एस्तो साझा उदेश्य असफल छ किनभने हाम्रो लक्षमा दोषारोपण गर्ने नराम्रो संस्कार हुर्केको छ र आफ्नै देशको जरोकिलोप्रति असम्मान, अविश्वास तथा विमति राख्ने संस्कारको विकास भएको छ | गीताले यी सबैको निकास दिन्छ | श्रीमद्भगवद्-गीताले निकास दिन्छ | 

गीताले आफ्नो जरोमा हेर्न र त्यसअनुसारको किलो तयार गरेर कर्मगर्न प्रेरित गर्छ | अहिलेको राजनैतिक, धार्मिक तथा सामाजिक चिन्तनले आफ्नो जरो विर्सेको छ | आजको नेतृत्वलाई आग्रह छ, एक पटक धार्मिकता तथा अधर्मिकताबाट माथि उठेर गीताको अध्ययन गर्नुहोस् | 

गीता पढ्दैमा कृष्णभक्त बनेर वृन्दावन पस्नुपर्दैन | गीताले तपाईंलाई देश र जनतालाई निकास दिने बुद्धि र विवेक दिने छ | आफ्नो मौलिक रैथाने जरोकिलोमा फर्कन मदत गर्ने छ र देशको पुननिर्माण तथा विकासका लागि नया सोच दिने छ | श्रीगीता जयन्तिका अवसरमा विश्वभरीका मान्छेहरूमा शुभकामना | 

गीता पढ्नुहोस् र अरूलाई पनि गीता पढ्न प्रेरित गर्नुहोस् | म विश्वास दिलाउन चाहन्छु, तपाईंले गीता पढ्न धर्मपरिवर्तन गर्नुपर्दैन र एउटा हिन्दू, मुस्लिम, इसाई, नास्तिक, धार्मिक, अधार्मिक भन्दा पनि बढी एउटा "सम्पूर्ण-मान्छे" बन्नु हुनेछ |

Monday, July 10, 2017

घृणावादको स्रोत र विद्वान-दासहरूको देश

जव कुनै व्यक्ति आफ्नो क्षमता, विद्वता तथा कार्यले सर्वग्राह्य हुन्छ, त्यसवेला ऊ सबैको साझा बन्न पुग्छ | जातीयता, क्षेत्रीयता, भाषाआदि गौण हुन्छन् |

संस्कृत भाषाका आदिकवि ऋषि बाल्मिकीको जन्म शूद्रकूलमा भएको थियो | उनले रामायण लेखे | आज सबै सनातन वैदिक धर्मावलम्बीहरूले मन्दिरमा राखेर पूजाआराधना गर्छौं |

प्रसिद्ध ऋषि श्रीनारद शूद्र दासीपुत्र थिए | उनको त्याग, ज्ञान, तपस्या तथा लोककल्याणकारी स्वभावले गर्दा उनी आज सबैका आराध्य बनेका छन् | उनको विनम्रता देखेर ऋषिहरूले उनलाई आफैसंग राखेर शिक्षादीक्षा दिएको कुरा भागवतमा उल्लेख छ |

तनहुँको ब्यास नगरपालिकामा जन्मेका ऋषि द्वैपायन ब्यास पनि तल्लो जात मानिने माझिकी छोरी सत्यवतीका सन्तान थिए | उनले आफ्नो अदम्य संकल्प शक्तिका कारण शिक्षादीक्षा प्राप्त गरे, अठार पुराण, ब्रह्मसूत्र तथा महाभारतजस्ता ग्रन्थहरूको रचना गरे | आज हामी सबैले उनलाई आफ्नो आध्यात्मिक गुरूको रूपमा पूजा गर्छौं |
श्रीसूतजी वेदब्यास कै प्रत्यक्ष शिष्यथिए | उनी जन्मेको जात पनि शूद्र नै थियो भन्ने कुरा पुराणहरूमा उल्लेख छ | उनको विद्वताका कारण नैमिषारन्य क्षेत्रमा उपस्थित भएका ऋषिहरूले उनैलाई सर्वोच्च आसनमा बसालेर पूजा गर्दै पूराण सुनेका थिए भन्ने पूराणमै उल्लेख छ |

महाभारतका अनुसार धृतराष्ट्रका महामन्त्री विदूर शूद्रजातिका थिए | उनको विद्वता तथा तपस्याका कारण उनी पाण्डव तथा कौरवहरूको सभामा भीष्मपछि सबैभन्दा पूजित व्यक्ति थिए |
क्षेत्रीय जातिमा अवतार ग्रहण गरेका भगवान्रा श्रीरामले शूद्रजातिमा जन्मेकी सवरीको जूठो र क्षत्रीका छोरा श्रीकृष्णले विदूरकी पत्नीको जूठो सजिलैसंग ग्रहण गरेका थिए |

नेपाल कै सन्दर्भमा हेर्ने हो भने पनि बानेश्वरको प्रसिद्ध छ्क्कुबक्कु मन्दिरका पूजारी दलित छन्, प्रसाद ग्रहण गर्दा कसैलाई समस्या छैन | काठमाडौँ उपत्यकामा थुप्रै मन्दिरहरू छन् जहाँ दलितहरूको पूजा स्वीकार गरिन्छ |

नेपालका अन्य भागहरूमा पनि धेरै पूजारीहरू दलित छन् | यस्ता ठाउँहरूको खोजि हुन वाँकी नै छ भने जस्तो महत्वपूर्ण संस्कारमा विश्वकर्मालाई पगरी नगुथाई जन्ती अगाडी बढ्दैन |

यस भन्दा पनि महत्वपूर्ण कुरा दलित भनेर चिनिने समुदायहरूसंग पुर्ख्यौली सीप हुन्छ | उनीहरूका सीपहरूले उनीहरूको आफ्नो आर्थिकस्तर उकास्ने काम गर्छ, आत्मनिर्भर गराउने काम गर्छ | उनीहरू सबै शिल्पी हुन्छन् |
मेकियावेली शिक्षा पद्यतिलाई अङ्गीकार गरेपछि यी शिल्पीहरू आफ्नो पुर्ख्यौली पेशाबाट विस्थापित भए | यी विस्थापित वर्गहरूलाई प्रयोग गरेर जातीयघृणावादको विकास गरियो |

संस्कृत र ब्राह्मण-क्षेत्रीहरूलाई "दलितवाद"का लागि जिम्मेदार ठानियो | दलित नामक काल्पनिक ब्यानर निर्माण गरेर दलितहरूलाई बाहुनविरुद्ध घृणावाद बलियो बनाउन प्रयोग गरियो |

भारतका डा.अम्वेडकरले मेकियावेली शिक्षामा आधारित भएर गुरुकुल पद्यतिको विरोध गरे | मेकियावेली शिक्षाको जगमा उभिएर छुवाछुत समाप्त पार्न ब्राह्मणहरूलाई तारो बनाएका अम्वेदकरको आरम्भ नै गलत भएकोले भारतीय दलितहरूको वास्तविक जीवनशैलीमा कुनै फरक परेको देखिन्न |

बालगंगाधर तिलक, महात्मा गान्धी, विनोवा भावे, महात्मा फूले, डा. सावरकर, मदनमोहन मालवीय, स्वामी विवेकानन्दआदिले मेकियावेली शिक्षाको कू-प्रभाव बुझेर छुवाछुतको कुरीतिलाई जोगाउन शास्त्रीय बाटो अंगाले तर मेकियावेली शिक्षाको कठोरतामा यी टिक्न सकेनन् |

नेपालमा सबैभन्दा पहिला जोसमनी सन्तहरूले शास्त्रीय आधारमा छुवाछुत रुपी कलंक समाजवाद मेट्ने प्रयत्न गरेका हुन् र त्यस बखत आंशिकरुपमा सफलता पनि प्राप्त गरेका हुन् तर मेकियावेली शिक्षाको घृणावादी सोचमा विकसित भएको दलितवाद र दलितवाद विरुद्ध विकसित भएको सम्भ्रान्तवादले छुवाछुत हट्न/हटाउन दिएन |

दलितकार्डलाई प्रयोग गरेर सम्भ्रान्त भएका दलित नेता तथा विद्वानहरू र दलितको कार्डलाई जीवित राखेर भोट जोगाउने राजनीतिज्ञ र धर्मनिरपेक्षताको खोल ओढेर धर्मपरिवर्तनको बलियो आधारका रुपमा दलितहरूलाई प्रयोग गर्ने इसाईहरूको षडयन्त्रको भूमरीमा दलित छन् |

सबैभन्दा उदेक लाग्ने कुरा त के हो भने - यी समुदायहरू आफ्नो रैथाने सीपबाट विस्थापित भएका छन् र घृणावादका बलियो सिपाहीका रूपमा आफ्नो छिमेकी विरुद्ध प्रयोग हुँदैछन् |

आज विश्वले अनुभव गरिसकेको छ, मेकियावेली शिक्षा पद्यतिको परिणाम घृणावाद नै हो | जातिजातिविचमा, भाषा भाषाक बीचमा, देश-देशकाविचमा समुदाय-समुदायका विचमा पहिचानको मुद्दा उठाएर झगडाको वीऊ रोप्ने र झगडालुहरूको मतियार बनेर आफ्नो झन्डा गाड्ने षड्यन्त्र नै मेकियावेली शिक्षाप्रणालीको मुख्य लक्ष हो जुन नेपाली समाजमा देखिएको छ |

उदाहरणका लागि संसारको सबैभन्दा ठूलो प्राचीन साहित्य र दर्शन भएको संस्कृत भाषालाई "बाहुनको भाषा, शोषकहरूको भाषा, छुवाछुतवादीको भाषा, मृतभाषा" भनेर सर्वसाधारणलाई भ्रमित पार्दै अंग्रेजीको प्रसार गर्ने/गराउने र त्यसका माध्यमबाट धर्म-संस्कारहरूमा प्रहार गर्दै सामाजिक, सांस्कृतिक सद्भाव विथोल्न दुष्कर्म यसैका माध्यमबाट भएको हो |

मेकियावेली शिक्षानीतिका पक्षधर नेपाली शिक्षाविद तथा राजनीतिज्ञहरूले जवाफ दिनुपर्छ कि संस्कृत त बाहुनको, अन्धविश्वासको भाषा भएकोले अस्वीकार्य थियो तर अन्य रैथाने भाषा संस्कृतिको विकास किन रोकियो ?

मेकियावेली पद्यतिले सबैभन्दा पहिले समग्र भारतवर्षलाई भावनात्मकरूपले एकसूत्रमा बाध्ने संस्कृत भाषाउपर प्रहार गरेर कमजोर बनायो त्यसपछि रैथानेहरूको "पहिचान स्थापना" स्थपनाको भ्रम फैलाएर अंग्रेजी लादियो | नेपालमा पनि यही भयो र भैरहेको छ |

शिक्षाविदहरूले जवाफ दिनुपर्छ - के संस्कृत विस्थापित भएपछि किन रैथाने भाषा-पहिचानको विकास हुनुपर्ने ठाउँमा किन अंग्रेजीको विकास हुँदैछ ? अंग्रेजी र अंग्रेजीसंग भित्रिएको इसाईले देश र जनताको कुन पहिचान स्थापित गर्यो ?

साँचो कुरा त के हो भने संस्कृत भाषालाई विस्थपित गरेर अंग्रेजी र त्यसका माध्यमबाट भित्रिएको "दास-मानसिकता"का विषयमा विद्वानहरूले चालनै पाएनन् | मेकियाबेली शिक्षानीतिले आफ्नै धर्म, सम्पर्कभाषा, गुरूकुलीय शिक्षापद्यति, अर्थनीति, राज्यराष्ट्रको राजनैतिक पद्यतिले सु-सम्पन्न भारतवर्षीय जनतालाई विदेशीको दासतामा गौरव गर्ने नागरिकमा परिवर्तित गरिदियो |

सबै विधामा सार्वभौमिकता सम्पन्न नेपाली जनताहरू मेकियावेली शिक्षानीतिको चेपुवामा परेर आफ्नो मौलिकता गुमेका "गौरवशाली दास"हरूमा परिवर्तित भएका छन् | आधुनिकता र विज्ञानका नाममा मेकियावेली शिक्षानीतिले नेपालीहरूको सबैभन्दा बढी मानसिक शोषण गरेको छ, ब्लेकमेलिंग गरेको छ |

दलितवाद होस् वा बाहुनवाद दुबैको अन्त्य हुनु आवश्यक छ | समाजवाद दलितवाद र बाहुनवाद दूबैलाई विस्थापित गर्न कार्यक्रम नै बनाएर, अत्यन्त उत्साहपूर्ण तवरले मैले माथि दिएका उदाहरणहरू पाठ्यपुस्तकहरूमा समावेश गरेर पढाइनुपर्छ |

दलित, राजनैतिक तथा गैरसरकारी संस्थाहरूले उपरोक्त उदाहरणहरूको प्रयोग दलितगैरदलित दुबैका विचमा प्रस्तुत गर्नुपर्छ | यी महापुरुषहरू सबैको साझा भएकाले दलित-गैरदलितहरूको परम्परागतमा आएको गलत सोचको अन्त्य हुन्छ |

जव दलित तथा गैरदलित दूबैले संगै बस्दा आफ्नो गोत्र तथा पूर्वजहरूमा कुनै प्रकारको विभेद नरहेको थाहा पाउँछन्, स्वभावाविक रूपमा हाम्रो सोचमा रहेको दलितवाद र बाहुनवाद समाप्त हुन्छ |

र एस्तो सकारात्मक शिक्षाको सबैभन्दा ठूलो वाधक शक्ति नै "मेकियावेली" शिक्षा पद्यति हो | मेकियावेली शिक्षाको कू-प्रभावबाट जोगिएको इन्डोनेसियाको बाली प्रान्त जातीय घृणावादी चिन्तनबाट मुक्त छ |

इन्डोनेसियाको बालीमा वालीमा चारैजात छन् तर छुवाछुत छैन | हिन्दूहरूका जातजातिविच कुनै प्रकारको घृणावाद छैन | शूद्रको (मजदूर) सन्तान बाहुन हुन्सक्छ, बाहुनको छोरी मजदुर हुन्सक्छिन् | काम छुवाछुतको कारण बन्ने छैन |

वैदिक शास्त्रमै रहेका उपरोक्त उदाहरणलाई प्रयोग गरेर छुवाछुतवादी चिन्तनलाई समाजवाट सजिलै निमिट्यान्न पार्न सकिन्छ | यो सबैभन्दा सकारात्मक बाटो हो |

समाजमा गहिरोसंग जरो गाडेको घृणावादलाई विस्थापित गर्न मेकियावेली शिक्षालाई गुरुकुलीय रैथाने पद्यतिले विस्थापित गर्नुपर्छ | आफ्नो मौलिक रैथाने जरोकिलोको गौरवलाई जागृत गर्न गुरुकुल शिक्षा नै चाहिन्छ |

विज्ञान सबैको लागि एक समान हुन्छ | संसारको जुनसुकै कुनामा विज्ञानको परिणाम एकै हुन्छ | तर सामाजिकशास्त्रका नियमहरू एकसमान हुँदैनन् | इतिहास, परम्परा, मौलिकताहरू एकै हुँदैनन् | त्यसैले अंग्रेजहरूले विकास गरेको शिक्षा पद्यति उनीहरूको लागि अनुकुल भए पनि हामी नेपालीहरूको लागि अनुकुल हुँदैन |

देश विदेशी राजनीतिको दासत्वमा छदैंछ | अव नेपाली विद्वानहरूले मेकियावेली शिक्षापद्यतिसंग भित्रिएको "दास-मानसिकता"बाट मुक्त हुने प्रयत्न गर्नुपर्छ | नत्र नेपाल विद्वान-दासहरूको देशका रूपमा परिचित हुनेछ |

आफ्नो जरोकिलोसंग www.jarokilo.org जोडिएर सबैखाले विभेदहरूको प्रेमपूर्वक अन्त्य गर्ने संकल्पमा हाम्रो सहभागिता अनिवार्य भएको छ |

सबैको कल्याण होस्, स्वस्ति हो, जय होस् |

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...