Tuesday, July 18, 2017

चिन्ताको चिन्तन

प्रिय आत्मन्,
आफ्नो कर्तब्यबाट ओझेल हुँदा साथ हाम्रो पतन आरम्भ भएको हो | हाम्रा पूर्खाहरूले व्यक्तिहरूलाई "हार्डडिस्क" बनाएर निरन्तर जोगाएका ज्ञान-विज्ञान तथा शिक्षा-प्रणालीप्रति अविश्वास गरेर हामी पतित भएका छौँ |

श्रुति परम्पराले स्मृतिमा भण्डारण गरिएका विशाल ज्ञानराशिप्रति जुन दिन हामीले विश्वास गुमायौं, हाम्रो राजनैतिक, धार्मिक तथा सामाजिक विकासको गति अवरुद्ध भयो |

पहिले मुस्लिमहरूले आक्रमण गरेर हाम्रो सनातन आस्थामा प्रहार गरे पछि उपभोक्तावादी अग्रेजहरूले "विज्ञान"को बुई चढेर हाम्रा प्राचीन उपलब्धिहरूप्रति अविश्वास जगाउने काम गरे |

विज्ञानका उपलब्धि र उपयोगिता मानवमात्रका लागि हुन्छन् | तर विज्ञानको प्रयोग गर्नुको अर्थ आफ्ना पूर्खाहरूले अत्यन्त परिएश्रम गरेर जोगाएको विज्ञानलाई विर्सनु पर्ने अनादर गर्नु हुन्छ |

जहाँसम्म विदेशीहरूको कुरा हो उनीहरूले आफ्नो कर्तब्य कदापि विर्सेका छैनन् | उनीहरूले उनीहरूको आफ्नो धर्म तथा संस्कृतिको विस्तार गर्न हाम्रा परम्पराहरूको अवमूल्यन गरे | त्यसमा सफल पनि भए |

हाम्रो पतनको लागि अरूलाई दोष दिनुभन्दा आफैले स्वीकार्नुपर्छ | सर्वसाधारण जनता विदेशीका बौद्धिक दास छैनन् | राजनैतिक नेतृत्व र शैक्षिक नेतृत्व गर्नेहरूले आफ्नो इतिहास छोडेर "विदेशी-इतिहास र परम्परा'लाई मात्र वैज्ञानिक तथा प्रमाणको मानदंड ठान्छ भने दोषको भागिदार पनि यही हुनुपर्छ |

हाम्रा पूर्खाहरूले स्मृति परम्परामा, ढुंगामा लेख्ने परम्परामा, छाला-रूखका बोक्राहरूमा लेख्ने परम्परा तथा कटुस, सिमी, असुरो तथा पांग्रोको मिश्रणबाट तयार परेको मसीले आल्लोको हाते काजगमा बर्षौं लगाएर बासको कलमले लेखेर जोगाएको ज्ञानप्रति माया लाग्दैन भने दोष हाम्रै हो |

हाम्रो यात्राको आरम्भ आफैलाई परिवर्तनतिर हिडेर हुन्छ | सन् २०१७ तिर आइपुग्दा आफ्नो नराम्रो अवस्थाका लागि अरूलाई दोष दिन मिल्दैन | दोषहरू आफैले स्वीकार्नुपर्छ |

एस्तो दोष सुधार्नेतिरको पहिलो पाइला आफ्नो जरोकिलोतिर फर्कनु हो | देश र सर्वसामान्य जनसमुदायलाई आफ्ना प्राचीन गौरवको स्मरण गराउनुपर्छ |

मैले आफैलाई भन्नुपर्छ, भनिरहनुपर्छ - परिवर्तनको बाटो सजिलो छैन तर परिवर्तन असम्भव छैन | आत्मविश्वासले परिवर्तनको गति तीब्रतर पार्छ | वस, मैले आफ्नो मन तथा बुद्धिबाट "अपरिवर्तनीय" भन्ने अनुभूतिलाई निकालेर फाल्नुपर्छ |

र यो आफ्नो "जरोकिलो"तिर नफर्की सम्भव हुनेवाला छैन | देरअवेर सबै नेपालीहरूले हिड्ने सरल बाटो पनि यही हुनेछ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...