Monday, March 12, 2018

उनीहरूले एसो भने

उनीहरूले एसो भने
बेलायती नागरिक ६२ वर्षकी जेना त्रिविविबाट विद्यावारिधि गर्दैछन् | सुन्नेहरू छक्क पर्छन्, उनको विषय रोचक छ - धामीझाँक्री | हो,, तेही धामीझाक्री जसले आधुनिक औषधि नेपाल न भित्रिदासम्म असंख्य मान्छेहरूलाई रोग मुक्त पार्थे र आज पनि परिरहेका छन् |

मसंग कुरा गर्ने क्रममा उनले भनिन् "मेरो विचारमा धामीझाक्री मानसिक देउता हुन् जसको भौतिक अस्तित्व छैन तर त्यो विचार एतिबिध्न बलियो छ कि विचारले धेरै मान्छे निको हुन्छन् | विचारका भरमा मान्छे स्वास्थ्य हुने एस्तो विधा संसारमा कहीं छैन |

मलाई अचम्म लाग्छ, नेपाली मान्छेहरू किन हामी गोरोछाला भएको मान्छे जान्नेहुन्छन् भ्रममा छन् ? हाम्रो समाज र विश्वविद्यालयहरूले कल्पनासम्म नगरेको ज्ञान नेपाली गाउँगाउँमा लुकेर बसेको छ | हामी किताव हेरेर काम गर्छौं तर तपाईंका गाउँगाउँमा पुस्तौपुस्ताबाट आएको अनुभवको ज्ञान छ | धामीझाक्री पनि परम्परागत ज्ञान हो |

नेपालीहरूले हामी गोराहरूको बाटो नकुरेर ती ज्ञानहरू खोज्नुपर्छ | विश्वविद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई आफ्नै गाउँघरमा रहेको ज्ञान खोज्ने प्रोजेक्ट दिनुपर्छ | तर मैले यहाँ उल्टो भेटेकी छु | आफ्ना मौलिक विषयमा पटक्कै ध्यान दिंदैनन् |

विद्यार्थी र प्राध्यापक दूबैले धेरैले लेखिसकेका, बोलिसकेका पश्चिमा लेखकहरूका सिद्धान्त वा पुस्तकमा आफ्ना थेसिस लेख्छन् | मेरो लागि यो वृथाको काम हो | बरू, एउटी ग्रामीण महिलाले कसरी करेसाबारीमा जिरे खुर्सानी फ़लाउछिन् भन्ने विषयमा एउटा आर्टिकल लेखे त्यो धेरै महत्वपूर्ण हुन्छ | विदेशी र स्वदेशी दूबैलाई र पढ्न योग्य पनि हुन्छ |"

हामी चण्डीगढ जादै थियौं | उत्तरप्रदेशको मथुराबाट एकजना विदेशी हाम्रो अगाडीको सीटमा चढ्न पुगे | १८ घण्टासम्म संगै यात्रा गर्नु थियो | गोरो छालाको मान्छे भएकाले पनि होला मैले हेलो भनिहाले | हामी तीनैजना (हामी पतिपत्नी र उ) विदेशी नै भएकोले कुरा गर्न सजिलो भयो |

उनी अमेरिकामा परामर्श विज्ञ रहेछन् | आफै पनि मनोविज्ञानको विद्यार्थी भएको नाताले परामर्शका विषयमा कुराकानी हुनथाल्यो | उनी सिबिटीका विज्ञ रहेछन् | उनी आफ्नो प्राक्टिसबाट सन्तुष्ट रहेनछन् |

उनले भने "म विगत २८ वर्षदेखि काउन्सिलिंगको प्रेक्तिस गरिरहेको थिएँ | मेरो प्रेक्तिसके धेरै मान्छेहरूले मानसिक स्वास्थ्यलाभ गरेका होलान् तर म भने आफैमा खुसी थिइन | म जति प्राक्टिस गरेर अर्कोलाई भर्ने प्रयत्न गर्थे भित्रभित्र म आफै भने खोक्रो पाउँथे |

यसै विचमा मैले एकजना भारतीय मूलका विद्वानले गीताका विषयमा मनोबैज्ञानिक लेख लेखेको पढ्न पाएँ | मलाई तेसपछि मलाई गीता पढ्ने रहर जागेर आयो | मैले अंग्रेजीमा अनुवाद गरिएका धेरै गीता पढें | तर ती अनुवाद ठीक छन् भन्ने कुरामा मलाई निकै शंका लाग्यो |

म नेपालमा आएर एकजना विद्वानसंग संस्कृत मैं गीता पढ्ने र बुझ्ने जमर्को गरें | दूईवर्ष सम्म पढेपछि म गीता र अन्य संस्कृतका कितावहरू सामान्य रुपमा बुझ्न सक्ने भएँ | अनि बल्ल थाहा पाएँ - काउन्सेलिंगका धेरै अत्यन्त ब्यबहारिक सिद्धान्तहरू पहिले नै संस्कृतका कितावमा लेखिएका रहेछन् |

मलाई अचम्म लाग्छ, भारतीय विश्वविद्यालय होस् अथवा नेपाली विश्वविद्यालय आफ्ना एस्ता रैथाने ज्ञानहरूको खोज र प्रकाशन किन गर्दैनन् र सधैं हामी विदेशीहरूको मुख ताक्छन् | तपाईं विश्वास गर्नुस् वा नगर्नुस् - काउन्सेलिंगको जति ब्यबहारिक प्राक्टिस संस्कृत ग्रन्थमा छ तिनको एकप्रतिशत पनि हामीसंग छैन | तपाईहरूले यो विषयमा ध्यान दिनु जरुरी छ |"

स्टिफेनसंग मेरो पहिलो भेट भक्तपुरको दरवारक्षेत्रमा भारको थियो २००९ को अप्रिल महिनाको ४.३० मिनटमा | उनी तेस बखत सत्तलमा उभिएका ढुंगेबाघसंग फोटो खिख्दै थिए | अनि, मैले पनि उनीसंग मेरो क्यामेराले हामी पतिपत्नीको फोटो खिच्न अनुरोध गरेको थिएँ | उनले अनुरोध स्वीकार गरे, फोटो खिचिदिए र अंग्रेज भए पनि नेपालीमा "धन्यवाद" भने |

उनले नेपालीमा धन्यवाद भने पनि श्रीमतीले "तपाईंलाई नेपाली आउँछ" ? भनेर सोधिन् र उनले पनि सहजमै उत्तर दिए "अँ, आउँछ नि" | यही संवादले उनीसंग मेरो मित्रता गाँसियो | उनी स्कटल्याण्डका नागरिक रहेछन् र बर्मिघम विविबाट पाश्चात्य दर्शनमा विद्यावारिधि गरेर पत्रकारितामा लागेछन् | सन् २००१ मा नेपाल छिर्दा उनी नेपालीहरू विच इसाईधर्मको सुसमाचार पुर्याउन चाहन्थे |

उनी भन्छन् "नेपाल आएपछि मैले नेपाली भाषा सिकें र फरकफरक इसाई-संस्थाहरूको लागि काम गर्ने सिलसीलामा नेपालका धेरै गाउँहरू घुमें | रहनसहन भोगें र बुझें | मैले संसारका धेरै देशहरू घुमेको थिएँ तर नेपालीहरूले जस्तो अतिथिको माया कसैले गरेको पाइन | यहाँका मान्छेहरू असाध्यै मिलनसार छन् | हामी "पराई धर्म" मान्ने मान्छेलाई तिनले विनाभेदभाव स्वागत गरेको भोगेर अचम्म लाग्यो |

हामी इसाईहरूविच पनि अनेकौं सम्प्रदाय छन् तर तिनले एकअर्काको धार्मिक अस्तित्वलाई पटक्कै स्वीकार गर्दैनौं | यहुदी, मुस्लिम र इसाई हामी सबै एकै रुखका सन्तान भएर पनि हामी एकअर्काको अस्तित्वलाई स्वीकार गर्दैनौं | तर हिन्दू, बौद्ध जैन तथा यहाँका अन्य रैथाने जातका मानिसहरू एकअर्कासंग मिलेर बसेको देखेर मलाई अचम्म लाग्यो | धार्मिकरूपमा एस्तो मिल्ने समाज मेरो लागि आश्चर्यको विषय थियो |

क्रमशः: मेरो रुचि धार्मिक सहिष्णुतातिर लम्कियो | मैले हिन्दू, बौद्धहरूको संगत गर्न थाले | मैले बुझे मेरा पैतृकधर्महरूको जग घृणा र निषेध रहेछ भने हिन्दू-बौद्धहरूको जग स्वीकार रहेछ | इसाई-मुस्लिमहरूले अर्कोलाई स्वीकार्न सक्दैनन् हिन्दुबौद्धहरूले अर्कालाई अस्वीकार गर्न सक्दैनन् | आजको विश्वलाई एस्तै सहिष्णु धर्मको आवश्यकता छ |

सन् २०११ मा मैले बनारसमा गएर हिन्दू बन्ने संकल्प लिएँ | मेरो संकल्पले म हिन्दू बनें | म आज तेस्तो धर्मको अंग बनेको छु जसले विश्वलाई आफ्नो कुटुम्व ठान्छ | हिन्दूधार्मिकतासंग घृणा गर्नेसंग पनि घृणा गर्दैन | मलाई कसैले धर्मपरिवर्तन गराएर हिन्दू बनेको होइन | मेरो अन्त:करणको स्वीकृतिले म हिन्दू बनेको हुँ |

इसाईहरू धर्म परिवर्तन गराउनुलाई आफ्नो धर्म ठान्छन् | दलित, आदिवासी, अनाक्षरहरूलाई इसाई धर्ममा दीक्षित गर्छन् | साँचो कुरा त के हो भने धेरैजसो गरिवहरू सेतो छाला भएका हामीजस्ता मान्छेलाई देखेर विदेश जाने र पैसा कमाउने लोभमा इसाई बन्छन् | नेपालमा इसाई धर्मको प्रचार लोभ र लालचले भएको छ |

मेरो अनुभवले भन्छ "विद्वान विदेशीहरू स्वत: हिन्दू बन्छन् भने गरिव नेपालीहरू इसाई बनाइन्छन् | सेवा-सुविधाको लोभ दिएर धेरै गरिवहरू इसाई बन्छन् | पास्टरहरू धनि हुन्छन् तर धर्मपरिवर्तन गरेकाहरूले लेवी तिर्नुपर्छ | यदि कुनै ब्राह्मण परिवारको मान्छे इसाई बन्यो भने उसलाई अगाडी सरेर धेरैलाई इसाई बन्न प्रेरित गरिन्छ | विदेशी इसाई-संस्थाहरूले टाउको गनेर आर्थिक सहयोग दिने हुँदा चर्चहरूले अनपढ र गरिवहरू टार्गेट बनाऊछन् | नेपालमा धर्मपरिवर्तनको काम गर्नु भनेको एउटा राम्रो व्यापार संचालन गर्नुहो |

जुन चर्च वा व्यक्तिले जतिधेरै धर्मपरिवर्तन गराउन सफल हुन्छ, तेति नै धेरै उसले आर्थिक सहयोग प्राप्त गर्छ, देश-विदेश घुम्न पाउँछ | संख्याका आधारमा घर,गाडीआदिको सुविधा मिल्छ | साच्चिकै भन्ने हो भने राजनैतिक पार्टीहरूले पनि धर्मपरिवर्तनमा सघाई रहेका छन् | धेरैले लहैलहैमा लागेर धर्म परिवर्तन गर्छन् बुझेर होइन |

जसले हिन्दू धर्मका ग्रन्थहरू पढ्छ, जसले हिन्दुबौद्धआदिका दैनिक क्रियाकलाप भाग लिन्छ उसले धर्म परिवर्तन गर्नै सक्दैन | हिन्दु धर्ममा एतिबिध्न सम्भावना छन् तर धर्मगुरु तथा विविहरूले एसको अनुसन्धानमा ध्यान किन दिंदैनन् र प्रसार-प्रचारमा किन ध्यान दिंदैनन् ? दिक्क लाग्छ | आफ्नो धर्म-संस्कृतिका सवल पक्षहरूलाई विश्वब्यापी बनाउन पहल गर्नेकाम त हामी हिन्दूहरूले नै गर्नुपर्छ | विदेशीहरूले एसको प्रचारप्रसार गरिदेलान् भन्ने आशा राख्नुनै अनुचित हो |

म भन्छु, यदि सबै हिन्दूहरू मिलेर श्रीमद्भगवत-गीताको नेपाली वा अन्य स्थानीय भाषामा अनुवाद गरेर घरघर पुर्याउने हो र तेसको विषयवस्तुका विषयमा बुझाउने हो भने धर्मपरिवर्तन रोकिन्छ | गुरु बन्न वा कुनै एउटा सम्प्रदायको प्रचार गर्ने उद्देश्यले अनुवाद गरिएका गीताहरूले धर्मपरिवर्तनको कार्य रोक्न सक्दैनन् |

म भूतपूर्व इसाई भएर पनि हिन्दूधर्मको विकासको लागि खुलेर कुरा गर्न सक्छु भने तपाईंहरू त यो देवभूमि नेपालको नागरिक भएर किन असल कुराको प्रसारण गर्न लाज मान्नुहुन्छ ? हिन्दू धर्म-संस्कृतिमा लाजमर्दो कुरा छैनन् र भएका कुराहरू पनि राज्यले कानुन बनाएर निरन्तर नियन्त्रण गर्ने प्रयत्न गरिरहेको छ |"
..........................................
अहिले सम्झंदा एत्ति मात्र भन्न मन लाग्छ "हाम्रो लागि काम गरिदिनु भएकोमा धन्यवाद | मसंग बोल्न केही छैन | अनि, मैले आफैलाई भने विश्वास गर्नुस्, अव हामीले आफ्ना रैथाने सीपहरूलाई पहिचान गर्न, तिनको जरोकिलोको ब्यबस्थित अनुसन्धान गर्न र त्यस सीपको पेटेन्ट राइट लिने काम गर्नेछौँ भन्न सकिन्छ कि ?

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...