Friday, September 29, 2023

ॐ कारको नासा कनेक्शन !!

ॐ कार वैदिक संस्कृतिको भारतभूत परिचयको प्रतिक हो | वैदिक संस्कृतिबाट उद्भव भएका जैन, बौद्ध, किरात र शिख समुदायले पनि ॐ कारको आध्यात्मिक जीवन तथा साधनामा दैनिक प्रयोग गर्छन् - यो सत्य हो | आज ॐ कार हिन्दूहरूको आध्यात्मिक प्रतिकमात्र नभएर पुन: जैन, बौद्ध, किराती, बोन्पो तथा शिखसमुदायको सामुहिक सम्पदा हो |

आजभोली ॐ कारको सामाजिक संजालमा निकै चर्चापरिचर्चा भैरहेको छ | खासगरी Swagat Nepal को समुहको मुद्दामा अदालतले आदेश जारी गरेपछि चर्चा चुलिएको हो | यो परिचर्चाका कारण ॐ कारसंग निरपेक्ष रहेका वा ॐ कारको विषयमा केही पनि नजानेका व्यक्ति वा समुदाय पनि ॐ कारको विषयमा खोजिखोजी पढेका छन् | यो राम्रो पक्ष हो |
तर ॐ कार अमेरिकी अन्तरीक्षको अध्ययन गर्ने संस्थासंग जोडेर "ॐ कारको ध्वनी अन्तरीक्षमा प्रमाणिक भएको छ, नासाले ॐ कारलाई मान्यता दिएको छ, ॐ कारका आधारमा नासाके अन्तरीक्षको खोज गरिरहेको छ"जस्ता भ्रामक तथा कपोलकल्पित लेख्ने जमात पनि बढेको छ | सर्वसाधारणसहित विद्वान पनि यो भ्रामक प्रचारप्रसारमा सरिक भएका छन् | यस्तो भ्रामक प्रचारप्रसारले सनातन संस्कृतिको बैज्ञानिक पक्षमा आधात र अविश्वास बढ्छ | ॐ कारलाई नासाजस्ता कुनै पनि देशी वा विदेशी संस्थाहरूले मान्यता दिनु पर्दैन | यो हामी सबैको आस्थाको धरोहर हो |
उपर्युक्त विषयमा पाठकहरूले के बुझ्न पर्छ भने अमेरिकी संस्था नासाले ॐ कारको विषयमा अनुसन्धान गर्नु पर्ने कुनै कारण छैन | आजको मितिसम्म अन्तरीक्ष विज्ञानमा काम गर्ने कुनै पनि संस्थाले अन्तरीक्षमा ॐ कारको अध्ययन गरेको कुनै प्रमाण छैन | तर दर्शनशास्त्र, मनोविज्ञान, cognitive science, न्युरो-साइन्स तथा तान्त्रिक विज्ञानअन्तरगत अनुसन्धान भएका छन् | उदाहरणका लागि महर्षि महेश योगी तथा आचार्य श्रीराम शर्माका संस्थाहरूले ॐ कार र त्यसले शारीरिक, मानसिकतहमा पर्ने प्रभावहरूको डाटा-बेसमा अनुसन्धान गरेका छन् | केही स्वतन्त्र संस्थाहरूले पनि ॐ कारको ध्वनि र तेसले पार्ने प्रभाव बारे अनुसन्धान गरेका छन् | सबैभन्दा महत्वपूर्ण तत्थ्य के हो भने सबैजसो अनुसन्धानले ॐ कारलाई थेरापीका रूपमा उपयुक्त भएको ठहर गरेका छन् |
पुन: ॐ कार सम्पूर्ण सनातानिको साझा तथा अपौरुषेय सम्पदा हो, अस्तित्व तथा परिचय हो | जन्मदेखि मृत्युसम्मको साधना हो | आध्यात्मको उत्स हो | ॐ कार विना वैदिक सभ्यता परिचय विहिन हुन्छ | यसको सुरक्षा र निरन्तरता हरेक सनातनीको प्राथमिक दायित्व हो | ॐ कार विरुद्ध कुनै पनि षड्यन्त्र अक्षम्य हुन्छ | तर पनि वैज्ञानिकताका नाममा ॐ कारसंग असम्बद्ध संस्था तथा व्यक्तिहरूको नाम जोड्नु उचित होइन | सचेत रहेर ॐ कारको आराधना गरौँ |
ओंकारं बिन्दुसंयुक्तं नित्यं ध्यायन्ति योगिनः |
कामदं मोक्षदं चैव ओंकाराय नमो नमः ||
अर्थ : ऋषिमुनि तथा योगीहरूले विन्दुभएको ॐ कारको सधैं साधना गर्छन् | किनभने ॐ कारमा सम्पूर्ण कामना पूर्ण गर्ने र अनन्त: मोक्ष दिने शक्ति छ, ॐ कारप्रति नमन गरौँ |
स्वस्त्यस्तु (सबैको कल्याण होस्)

Tuesday, September 19, 2023

धर्म समानताभित्रको षड्यन्त्र

 धर्म समानताभित्रको षड्यन्त्र

आजभोली "सबै धर्म समान छन्" भन्ने कथन जताततै व्याप्त भएको छ | यो कथन निकै छलकपट र हिन्दू सनातनिको आस्थाका विरुद्ध छ | यदि तपाईंको कुनै साथी वा तपाईंले "सबै धर्म समान हुन्" भन्दै हुनुहुन्छ, भने यो समानताको भ्रमबाट मुक्त हुनुनै उचित हुन्छ | मैले यसरी लेखिरहंदा केही धर्मनिरपेक्षताको भूतले छलेकाहरूलाई निकै आश्चर्य र कष्ट हुनसक्छ तर सत्य तीतो हुन्छ र तीतो औषधि खानैपर्छ |
मैले कुनै पनि इसाई, मुस्लिम वा यहुदीले सबै धर्म समान हुन् भनेको सुनेको छैन | यदि कसैले भनि हाल्यो भने पनि त्यो उनका विश्वासहरूको विरुद्ध हो | उनीहरू आफ्नो धर्म र धार्मिकतामा निकै दृढ छन् | आफ्नो धर्म र धर्मिक्ताका मामिलामा उनीहरू कुनै पनि सम्झौता गर्दैनन् | यदि कुनै यहुदी, मुस्लिम, इसाई वा सिन्तोले धर्मनिरपेक्षताको वकालत गर्छ भने त्यो नितान्त रणनैतिक हुन्छ, धर्मनिरपेक्षतालाई उपयोग गरेर आफ्नो पन्थ विस्तार गरिरहेका हुन्छन् | यसको सबै भन्दा उचित र जीवन्त उदाहरण नेपाल हो |
एउटा सनातनीले विर्सेर पनि सबै धर्म समान हुन्छन् भन्नु हुँदैन किनभने गौपूजा गर्ने गाईलाई विश्वको आमाका रूपमा आदर गर्ने, जन्मदेखि मृत्युसम्म गौको धर्म, अर्थ, काम र मोक्षसंग जोड्ने सनातन धर्म र गाईको हत्या गरेर गाईको मासु खाने "धर्म"को समानताको कल्पना पनि गर्न सकिन्न | गाई पूज्ने र गाईको हत्या गर्नेका बिच कुनै समानता हुनै सक्दैन | गौपूजकले गौहत्यारालाई "समान" ठान्नु शास्त्र विरुद्ध हो |
सबै धर्म समान हुन् भन्नु शास्त्रीय दृष्टिले पनि गलत हुन्छ | यहुदी, इसाई र मुस्लिमले आफुलाई धर्म नभनेर रिलिजननै भन्छन् | सद्गुणलाई धर्म भन्ने हिन्दू धर्म र ला इलाह इलिल्लाह, मोहम्मद रसुल्लाह अर्थात् एक अल्लाह र मोहम्मदमा विश्वास गर्ने (मोसा र क्राइस्ट) मा विश्वास गर्ने धार्मिक हुन्छ, अन्य हुनै सक्दैनन्" भन्ने समुदायलाई वैदिक सनातन धर्मसंग दाज्दै "समान" हुन् भन्नु र सोच्नु अनुचित हो, वैदिक सनातन धर्मको अपमान हो | तेसैले वैदिक सनातन धर्म मात्र "धर्म" हो | तेसैले सबै धर्म समान हुन् भन्नु र यस्तो भनाईमा विश्वास गर्नु धोका हो |
बहुदेव र मूर्तिपुजामा विश्वास गर्ने, विश्वका कणकणमा ईश्वरको व्याप्ति ठानेर पश्, पक्षी, स्थावर तथा जंगमको आराधना गर्ने र देवदेवीका मन्दिरहरू तोड्ने, बहुलदेववादको आलोचना गर्ने, मूर्ति पूजकलाई "बध" गर्न आदेश दिने "पन्थ"का विच समानता छ भन्नु नितान्त अनुचित हो | मूर्ति भंजक र मूर्ति पूजकका विचमा कुनै हालतमा समानता हुनै सक्दैन | मूर्ति तोड्नेहरूलाई आफुसमान भन्नु आफैलाई धोका दिनु हो र व्याबहारिक दृष्टिकोणले पाप पनि हो | तेसैले यत्रतत्र देवदेवीको व्याप्ति ठान्ने हिन्दू र एकल देवमान्ने, मूर्ति तोड्ने बिच कुनै समानता हुनै सक्दैन | धर्मनिरपेक्षताको यो भ्रामक भुमरीमा कुनै पनि हिन्दू, बौद्ध तथा जैन फंस्नु हुँदैन |
महिलालाई देवी मानेर पूजाआजा गर्ने, इष्टदेवका रूपमा देवीका विभिन्न रूपको आराधना गर्ने तथा आदिशक्तिका रूपमा आराधना गर्ने र "महिलामा आत्मा हुदैन, महिलाहरूको निर्माण पुरुषको बस्तुका रूपमा निर्माण गरिएको हो" भन्ने बाइबल-कुरानको उपदेशका विश्वास गर्नेहरू विच कुनै पनि प्रकारको समानता हुनै सक्दैन | हामी फुस्रो उदारताको चक्करमा परेर "सबै धर्म समान हुन्" भने पनि मुसाईहरूले एकरत्ति यो भनाईलाई अस्वीकार गर्ने छैनन् र गरेका छैनन् | तसर्थ एउटा हिन्दू सनातनीले "सबै धर्म समान हुन्" वैदिक संस्कृतिमा शक्ति रूपमा पुजिएकी मात्रिशक्तिको अपमान गर्नु हो | तेसैले हिन्दू धर्मको समानता कुनै पनि अन्य पन्थसंग हुनै सक्दैन |
सबै धर्म समान हुन् भन्नेहरू त्यो विचारका प्रतिनिधि हुन् जसले वैदिक सनातनीहरूलाई ककेसियाबाट भारतवर्षमा आक्रमण गरेको कपोलकल्पित इतिहासलाई सत्य मान्छन् | गौ र गङ्गाको अपमान गर्छन् | वेदसंग घृणा गर्छन्, बाइबलसंग प्रिती गाँस्छन् | जन्मेको, हुर्केको, खेलेको, गृहस्थ जीवन व्यतीत गरेको ठाउँको अस्तित्व हुँदाहुँदै पनि रामकृष्णआदि देवीदेवतालाई "मैथ" भन्ने तर कुमारीआमाबाट जन्मिएका, साउदी अरवको रेगिस्तानमा हुर्किएका संस्कृतिलाई प्रमाणित मानेर सधैं "वैदिक"हरूको खेदो खन्नेहरूले सर्वधर्म समान भनिरहंदा मस्जिद तथा चर्चमा वेद पाठको व्यबस्था मिलाउनु पर्छ ! विचार गरौँ, सर्वधर्म समान हुन् भन्ने हिन्दूहरूले के मस्जिदमा गएर वेद पाठ गर्न मिल्छ ? होइन भने वैदिकहरूलाई भ्रमित पार्ने "ईश्वर अल्लाह तेरो नाम"लाई स्वीकार गर्नु हुँदैन, र मिल्दैन पनि |
सम्पूर्ण विश्वलाई "कुटुम्ब" ठान्ने आध्यात्मिकताको अभ्यास गर्ने वैदिक सनातन धर्म र धर्म परिवर्तन गरेर "यहुदी, इसाई तथा मुस्लिम" नबनेसम्म व्यक्तिले स्वर्ग प्राप्त गर्न सक्दैन तथा एउटा यहुदीको लागि यहुदी, मुस्लिमको लागि मुस्लिम तथा इसाईका लागि केवल इसाईमात्र हुन्छन् भन्ने साँगुरो मान्यतामा बाँधिएका पूर्वाग्रही विच समानताको प्रश्ननै उठ्दैन | विश्वको हरेक जीव हाम्रो कुटुम्ब हो भन्ने मान्यता स्वीकार नगरेसम्म कुनै पनि सम्प्रदाय, पन्थ "हिन्दू धर्मसंग समान हुनै सक्दैन | अत: सबै धर्म समान हुन् भन्नु धर्मनिरपेक्षताको जालमा फंसेर मुसाईलाई समर्थन गर्नु हो |
"सबै धर्म समान छन्" भन्ने कथाम पूर्णतया राजनैतिक हो र हिन्दूहरूलाई बरगलाउन अगाडी सारिएको हो भन्ने तत्थ्य भारतका डा. भीमराव अम्बेदकरले आरम्भ गरेको अम्बेडकरवादी बुद्धिस्टका १६ बटा प्रतिज्ञा पढे पुग्छ | बुद्ध आफै हिन्दू थिएनन् तर उनले वैदिक सनातन धर्मको आलोचना गरेका छैनन् | अम्बेडकर ब्रान्डका बुद्धिस्टहरूको मुख्य काम नै हिन्दू धर्मको निन्दा गर्नु नै हो | अम्बेडकर ब्राण्डका बुद्धिस्टहरूले "हिन्दू धर्मका कुनै पनि क्रियाकलापमा सहभागी हुनु भनेको पाप हो" भनेर भन्दै गर्दा "अम्बेदकरवादीहरू र सनातन धर्म समान" हो भन्नु अनुचित हो | गालीगलौज गर्ने, सधैं वैदिक सनातन धर्म र यसका प्रतिमानहरूको अपमान गर्ने, मनुस्मृति र वेदहरू जलाएर खुला रूपमा वैदिक सनातन धर्मको दोहोलो काड्नेसंग सनातन धर्म पनि समान हो भन्नु छल हो | समानताको व्यबहार समान विचार र समान सम्मान गर्नेसंग हुन्छ | तेसैले हरेक हिन्दूले "सबै धर्म समान हुन्" भन्ने भ्रमबाट मुक्त हुनुपर्छ |
"मुखले सबै धर्म समान हुन्" भन्ने तर व्यबहारमा मुस्लिमको मस्जिदमा गएर टोपी लगाउने, चर्चमा गएर इसाईको गुणगान गाउने तर मन्दिर वा अन्य वैदिक समुदायका चाडवाडमा "धर्मनिरपेक्षता"को आवरणको कुरा गर्ने राजनैतिक व्यक्तित्वहरूको उपर्युक्त भनाइ भ्रम हुन् | नेताहरूका यी कथन र कार्यले धर्मपरिवर्तनकारीहरूको समर्थन गर्छ र सनातनीको आत्मबल घटाउने काम गर्छ | "मुखमा रामराम र बगलीमा छुरी" बोक्ने राजनेता र "सबै धर्म समान हुन्" भन्दै हिन्दू धर्मका कार्यक्रमलाई उपयोग गर्दै कट्टरता फैलाउने तथाकथित लिबरलहरूको षड्यन्त्रलाई बुझ्नुपर्छ | यदि लिबरलहरूले "सबै धर्म समान् हुन्" भनिरहेका छन्, भने संगै गएर मस्जिद वा चर्चमा गीता पाठ गर्ने प्रस्ताव राख्नु होला | यी धोकेबाजहरूको पोल खुल्छ |
उपर्युक्त तर्कबाट सिद्ध हुन्छ कि धर्म शब्दको प्रयोग केवल हिन्दू विश्वासका लागि हुन्छ | गाईलाई पुजनीय मान्ने, वर्णाश्रममा विश्वास गर्ने, वेदमा आस्था राख्ने र पुनर्जन्मको आधार कर्मतन्त्रमा विश्वास गर्ने वैदिक सनातनीहरू केवल वैदिक सनातनीमात्र हुन् | वैदिक सनातन धर्मको कसैसंग समानता छैन | उदारतावास हिन्दूले "सबै धर्म समान हुन्" भने तापनि उनीहरुका लागि त्यो व्याबहारिक तथा पन्थगत हिसावले पनि स्वीकार्य हुँदैन | प्रत्येक यहुदी, इसाई, मुस्लिम वा अन्य धर्म र तेसका अनुयायीहरूप्रति सम्मानको भाव राखौं तर "सबै धर्म समान हुन्" भन्ने शब्दजालमा परेर आफ्नो सनातन वैदिक ऋषिसंस्कृतिका मामिलामा सम्झौता नगरौं | याद राखौं, गाई खाने र पूजा गर्ने, मूर्ति पूजक र मूर्ति तोडक, नारी शक्तिको आराधना गर्ने र नारी शक्तिलाई बस्तु भन्ने तथा अन्यका देवदेवीको सम्मान गर्ने र हिन्दू देवीदेवतामात्र होइन आफ्नै सम्प्रदायबाट फुटेर गएकालाई समेत शैतानको प्रतिनिधि मान्नेहरू विच कुनै समानता खोज्नु "पाप" हो | यस्तो पापबाट हरेक सनातनी जोगिनुपर्छ |
सनातन धर्मको जय !!!

स्वतन्त्रताको सङ्घर्ष

 स्वतन्त्रताको सङ्घर्ष

सन् १९९८ ताका पश्चिममा पुनर्जागरण कालको चरमअवस्था थियो | अधिकांश युरोपेली र अमेरिकीहरू इसाई थिए | अर्कोतिर पुनर्जागरणले इसाईका सांस्कृतिक प्रतिमानहरूलाई जरैदेखि हल्लाउँदै थियो | विज्ञानको विकासले बाइबल-संस्कृतिको धज्जी उडाउदै थियो | तेसैबेला कार्लमार्क्सको "साम्यवाद"ले बृटिश, फ्रेन्च, पोर्चुगिजहरूले कलोनीहरूलाई राजनैतिक रूपमा चुनौति दिन थाल्यो | दोश्रो विश्वयुद्धले कलोनी शक्तिहरूलाई नराम्रोसंग कमजोर तुल्यायो | केही देशमा स्वतन्त्रताको मांग चर्कियो | उदाहरणका लागि १९१२ मा इजिप्टलाई स्वतन्त्रता दिन फ्रान्स बाध्य भयो | तेहा बाइबलको दाल गलेन |

जनताका माझ निकै अस्वीकार्य बनेको बाइबलवादलाई सरकारहरूले कलोनीहरूलाई जीवित राख्न पुन: प्रयोग गर्न थाले | कलोनी भएका देशमा तीब्र इसाईकरण गरेर कलोनोलाई जीवित राख्ने प्रयत्न गरियो | पोप, पास्टरहरूलाई राज्यले धन र जन दुवै दिएर इसाई धर्मको प्रसारप्रचार गर्न लगाए | यसैक्रममा बाइबलवादी राजनैतिक शक्तिको विस्तारमा सबैभन्दा बढी अवरोध "इस्लाम" समुदायबाट भयो | यो अवरोधलाई बुझाउन कलोनीहरूले "दक्षिण पन्थ" शब्दको प्रयोग गरे | असलमा, दक्षिणपन्थ शब्द निकै सोचेर इजात गरिएको थियो | यहुदी, मुस्लिम र इसाईहरू एकै (यहुद)का सन्तान थिए | बैचारिक दृष्टिकोणले मुस्लिम र इसाई दूवैको साझा शत्रु - यहुदी थिए |

अर्कोतिर बामपंथ शब्दका अविस्कारक बृटिश राजनैतिक चिन्तक हक्सले हुन् | व्यक्तिगत सम्पत्तिको चरम विरोधी, धनिजतिलाई "शोषक" तथा धार्मिक विश्वासलाई "अफिम ठान्ने, राष्ट्रीयताको विरोध गर्दा "साम्यवाद" स्थापना गर्ने कार्लमार्क्सका अनुयायीहरूलाई बामपन्थी भन्न थालियो | यहाँ बडो रोचक पक्ष के छ भने दक्षिण पन्थी तथा बामपन्थी दूवैले धार्मिकताप्रति निकै घृणा गर्छन् | दक्षिणपन्थीहरूले (जसलाई राजनैतिक भाषामा पूँजीवादी भनियो) धर्मलाई धर्मनिरपेक्षतावादको आवरणमा समदुरी बनाउने दृष्टिकोण ग्रहण गरे | पूँजीवादीहरू (दक्षिण पन्थी)ले धर्मको प्रयोग गरेर भए पनि "कलोनी" जीवित राख्ने बाटो अवलम्बन गरे | त्यसका लागि आफ्नो मूल राष्ट्रमा चर्च र धार्मिकतालाई कमजोर बनाए पनि आफ्ना कलोनीहरूमा राज्यसत्ता बलियो बनाउन "बाइबलवाद"को प्रयोग गरे |
-बाइबल, कुरान र धर्मपरिवर्तनको उपयोग गरेर जनतालाई बैचारिक रूपमा कोलोनीको श्रेष्ठता अङ्गीकार गर्ने जनशक्तिका रूपमा विकास गर्न थाले | भारतीय, अफ्रिकेली मुलुकहरू यसका उदाहरण हुन् |

गौहत्या अस्वीकार्य छ

 गौहत्या अस्वीकार्य छ

लज्जित छु, देशको सर्बोच्च संस्था र कानुन कार्यान्वयन गर्ने निकायहरूप्रति जसले संबिधानले दण्डनीय मानेका कामहरू गरेर सामाजिक संजालमा बखान गर्दासम्म बोल्न सक्दैनन् | यदि कसैके "मेरो संस्कृतिमा मान्छेको बलि दिने चलन छ" भन्दै मान्छेको हत्या गर्यो भने त्यो मान्छेउपर हत्याको मुद्दा कुन् मुखले चलाउने छ यो सरकार र सरकारी निकायले ? अधिकारको अर्थ कर्तव्यको तिलान्जली पक्कै होइन |
सनातन धर्म मानवमात्रको साझा आस्था हो | विश्वका सबै समुदायमा हिन्दुत्वको अभ्यास गरिन्छ | काला, गोरा, गहुगोरा तथा नाक चुच्चे, थेप्चे सबैमा हिन्दूहरू छन् | हिन्दुलाई केवल एउटा जात-जातिमा समेटेर घृणाको पात्र बनाइनु उचित हुँदैन | धर्ममा आधारित समाज बाहेक सनातन धर्म सबैको साझा हो | बाहुनक्षेत्री, दमाईकामी, राई-लिम्बु, अमेरिकन-अफ्रिकन, सेतोगोरो तथा जुनसुकै भाषा बोल्ने पनि हिन्दू हुन सक्छन् र गाई यी सबैको साझा आस्था, श्रद्धा र पूजनीय पशु हो | तेसैले हिन्दूहरूको श्रद्धा र विश्वासमा प्रहार गर्ने कुनै पनि क्रियाकलापमा उग्रवादी बाहेक अरू कसैको समर्थन हुनै सक्दैन र सबैलाई दोषारोपण गर्नु पनि हुँदैन | घटनाहरूमा असंलग्न र असहमतहरूलाई कलंकित गर्नु पनि हुँदैन |
आदिवादी जनजातिको नाममा कानुनको ठाडो उलंघन हुँदा सरकार मुक दर्शक बन्छ भने सनातनीले ९ गतेका लागि धरान जानुको कुनै विकल्प छैन | यदि सरकारले संबिधानको रक्षा गर्न सक्दैन भने जनता आफै अग्रसर हुनु उचित नै हो | कानुनले बर्जित गरेको "गौहत्या" गर्नेको बचाऊ गरेर सरकारले "जातिवादी उग्रपन्थी" चिन्तनलाई मलजल गरेको छ | पहिचानवादको नाममा प्रदर्शन गरिएको "धरान"को उग्रवादलाई देशका शालीन मुस्लिम, इसाईसहित १३१ जातजाति कसैले पनि मन पराएका छैनन् | नेपाली समाज दोश्रो "उग्रवाद" बोक्न तयार छैन | हिन्दू-समुदायले "धरान-यात्रा"का माध्यमबाट सनातन धर्मको मौलिकताको रक्षा, संबिधानको रक्षा तथा पहिचानवादी उग्रताविरुद्ध सालीन दिने जमर्को गरेका छन् |
प्रचण्डको सिन्डिकेटले आफ्नो सत्ता जोगाउन जातीयतामा आधारित पहिचानको मुद्दा उचालिरहेका छन् | कंग्रेसको "पानीमरुवा र आत्मघाति" मौनता कदम देश, धर्म, संस्कृति तथा उसकै राजनैतिक अस्तित्वका लागि प्रत्युत्पादक हुने छ | याद गर, पहिचानकै कुरा गर्ने हो भने देशको ८१.३% हिन्दू जनताको पहिचान मेटाउन उद्द्यत पहिचानवादीहरू आफै शंकाको घेरामा पर्ने छन् | यदि देशका पार्टीहरूले पहिचानवादको नाममा उद्दण्डता देखाईरहेका समुहको असंबैधानिक क्रियाकलापको समर्थन गरिरहेका छन् भने संबिधान निर्माण गर्दा नै गौहत्याका लागि दण्डको प्रावधान राख्नु हुँदैनथ्यो | आज पनि संबिधान संसोधन गर्ने अधिकार सांसदहरूसंग छ |
कुरो गौहत्यामात्र होइन, संबिधानको उलंघनको हो, देशका ८१.३% सनातनी हिन्दू जनताको मानमर्दनको हो | एत्रो जनमतको ठाडो अपमान हुँदा/गरिंदा सम्माननीय र माननीयहरूको यो पानीमरुवापनले धर्मनिरपेक्षता र संघिएतामात्र होइन, देशनै दुर्घटनामा पर्ने छ | पहिचानवादको नाममा माओवादीले भित्राएको घृणावादको मतियार बनेर कंग्रेस लगायतका दलहरुले असंबैधानिक तथा अपुरणीय गल्ती गरिरहेका छन् |
फेरी पनि लेख्छु, गौहत्या विरुद्ध कानुन कार्यन्वयन नसक्ने सरकार, बोल्न नसक्ने सांसद र निकायहरूप्रति लज्जित छु | सक्छौं भने सरकार, सरकारी निकाय र सांसदहरूले संबिधान उलंघन गर्ने उद्दण्डता विरुद्ध मौनता ग्रहण गरेकोमा लज्जाबोध गर | नेपालमा गौहत्या अस्वीकार्य छ किनभने गाईगोरू ८१.३% जनताको आस्थाको केन्द्र हुन् भने यिनको हत्या गर्नु संबिधानले निषेध गरेको गैरकानुनी तथा दण्डनीय कार्य हो |

मानवतावादका प्रणेताको सम्झनामा

 मानवतावादका प्रणेताको सम्झनामा

जयपृथ्वी बहादुर सिंहको सवालमा नेपाली बौद्धिक समाज विभाजित छ | दुर्भाग्यवस नेपालका साम्यवादीहरूले इनलाई पुँजीवादको मतियार, समाजवादीहरूले साम्यवादी र भने परम्परावादीहरूका दृष्टिकोणमा ई नास्तिक ठहरिएका छन् | लामो कालखण्डसम्म ई उपेक्षित रहे | आजभोली केही विद्वानहरूले अलिकति आँट गरेर यिनका पक्षमा केही बोल्न, लेख्न र अनुसन्धान गर्नेतिर जमर्को गर्दै छन् | नेपालको राजनीति र राजनैतिक छात्रछाँयामा स्वनामधन्य तथा अत्यन्त प्रतिभाशाली विद्वानहरू उपेक्षामा पर्ने गरेको नौलो तत्थ्य होइन | राजनैतिक निष्ठाको सिन्डिकेटमा धेरै प्रतिभाशाली विद्वानहरू चरम उपेक्षामा परेका/पारिएका छन् | कुरा बुझ्नका लागि इशारा पर्याप्त छ | सत्य लुकेको हुँदैन |
राजा जयपृथ्वी बहादुर सिंह (सन् १८७७-१९४०) परम्परागत हिन्दू क्षेत्री राजपरिवारको सदस्य भए पनि मानवतावादी बाटो रोजेका थिए | सिंहको समयमा मानवतावाद दृष्टिकोणका आधुनिक विचारहरू नेपाल र नेपालीका लागि मात्र होइन, भारतीयहरूका लागि पनि नितान्त नयाँ थिए | कार्लमार्क्सले अगाडी सारेको साम्यवादले मानवतावादी दृष्टिकोणलाई हतियार बनाएर राजनैतिक शक्तिमा रूपान्तरण गर्न खोजिरहेको थियो भने युरोपेली राष्ट्रका विद्वान्हरू पोपको सर्बसत्तावादी दृष्टिकोणप्रति असहमत हुँदै मानवतावादी अर्थात् गडको सत्तालाई चुनौति दिंदै थिए | अमेरिकीहरू पनि साम्यवादी मानवतावाद भन्दा बाइबलको सर्वसत्तावादी एकल गडको निरंकुसताबाट आजित भएर धर्मनिरपेक्षतालाई नै मानवतावादका रूपमा स्थापित गर्न व्यस्त थिए |
अंग्रेजी पढेका सिंहले आफ्नो "मानवतावाद" पुस्तकमा मानव मनोविज्ञानको परिचर्चा गर्दै धर्म र धार्मिकताका सवालमा पनि व्याबहारिक दृष्टिकोण अवलम्बन गरेका थिए | उनले धर्म र धार्मिकतालाई पूर्ण अस्वीकार गर्ने मार्क्सवादी दृष्टिकोण र बाइबलको सर्बसत्तावादी ईश्वरवादका विरुद्ध आविष्कार गरिएको धर्मनिरपेक्षताको आवरण पनि अस्वीकार गरेका छन् भन्न मिल्छ | यसका दुईबटा कारण छन्, पहिलो धर्मको पश्चिमा बुझाई र व्यबहार तथा वैदिक, बौद्ध, जैनीहरूको धर्म र धार्मिकताका सम्बन्धमा बुझाई व्यबहार नितान्त फरक छ भन्ने उनले आत्मसात गरेका थिए | दोश्रो, उनले मानवसमाजले आस्था, विश्वास तथा श्रद्धा गर्ने प्रतिमानहरूको (संस्कृति, संस्कार, रितिरिवाज तथा आदर्शहरू) सम्मान गर्नु पनि मानवतावादको लक्षण हो भन्ने तत्थ्य आत्मसात गरेको बुझ्नुपर्छ | यहीनै उनको व्याबहारिक मानवतावादी दृष्टिकोण हो |
राजा सिंहको विशिष्टता के हो भने उनले जुन व्याबहारिक मानवतावादी सिद्धान्तको अभिनिर्माण गरे, त्यो सिद्धान्तलाई आफ्नो जीवनकाल मै स-सानोस्तरमा भए पनि कार्यान्वयन गरेर देखाए | बालबालिकाका लागि विद्यालयहरू र पाठ्यक्रमको निर्माण गरेर सबैको लागि शिक्षाको आदर्श स्थापित गर्ने प्रयत्न गरे | गोरखापत्रको स्थापना गरेर बैचारिक तथा लेखकीय स्वतन्त्रताको पक्षमा उभिए | आफ्नी कुलदेवीको पूजाआजामा सामेल भएर मानवको सांस्कृतिक तथा धार्मिक चेतनाको सम्मान गरे भने विश्वभरी भ्रमण गर्दै मानव-विश्वका लागि अधिकार तथा कर्तव्यका सवालमा सर्वभौम दृष्टिकोण निर्माण गर्ने प्रयत्न गरे |
नेपालमा जहानीया शासनको कठोरता र भारतमा अंग्रेजहरुको कठोरताका विचमा "मानवतावाद"को पक्षमा सशक्त काम गरे | मानवतावादी दृष्टिकोणका कारण उनी नेपालमा टिक्न सकेनन् भने भारतमा पनि अनेकौं पटक अंग्रेजहरूको दुर्व्यबहारको सिकार भए | तर उनी हारेन्, देश-विदेशमा अनेकौं सभा, संस्था तथा व्यक्तिहरूका विचमा आफ्नो पक्ष राखे | दोश्रो विश्वयुद्धको भिषण मानवविनाशले निराश भएको अवस्थामा उनको विचार त सुनियो तर कोलोनीकालको निरंकुशतामा उनका विचारहरू बैचारिक रुपमा "राम्रो र उचित"को तहमा बुझियो | उनको कालजयी मानवतावादी दृष्टिकोणलाई साथ दिन नेपाली राष्ट्र वा विश्वको कुनै पनि राष्ट्र तयार थिएनन् | यसको मूल कारण चाहिं उनी नेपाली हुनु र अंग्रेजहरूले भारतीय परिवेशमा मानवतावादी दृष्टिकोणको पक्षमा उभिदा भारतमा अझैं विद्रोह बढ्ने" देखेर महत्व नदिएको भन्ने बुझ्नुपर्छ |
मानवमनोविज्ञानका आधारमा स्वतन्त्रता, समानता, अधिकार प्राप्ति र कर्तव्यपालनको दृष्टिकोणलाई अवलम्बन गरेको हुँदा सिंहको मानवतावादी दृष्टिकोणलाई "ब्यबहारिक मानवतावाद" भन्न उचित हुन्छ | तर वहसका लागि प्रसस्त ठाउँ छन् | यो भन्दा पनि महत्वपूर्ण तत्थ्य नेपालले विश्वकै प्रथम आधुनिक मानवतावादी दार्शनिकका रुपमा सिंहलाई प्राप्त गरेको छ | आजको परिवेशमा सिंहको व्याबहारिक मानवतावाद अझै सान्दर्भिक बनेको छ | अव, सिंहको महत्वलाई बुझ्न/बुझाउन ढीलो गर्न हुँदैन |

दुई सन्त : योगी र विवेकानन्द

 दुई सन्त : योगी र विवेकानन्द

कालिकोटको एउटा गाउँमा गरीव क्षेत्री परिवारमा जन्मिएका योगी नरहरी नाथ र भारतीय कलकत्ताको एउटा सरकारी जागिरेको परिवारमा जन्मिएका स्वामी विवेकानन्दको तुलना गर्नुको अर्थ अलि घोचिलो छ | सन् १८६३ मा जन्मिएका नरेन्द्र (विवेकानन्द) १९१५ मा जन्मिएका बलवीर कृष्ण थापा ( योगी नरहरी नाथ) भारतवर्षका ज्वलन्त हीरा थिए | उमेरको र कालखण्डको विषयलाई छोड्ने हो भने दूवै सन्तले कालजयी काम गरेका छन् | दूवैले भारतवर्षको प्राचीन गौरवलाई आ-आफ्नो तरिकाले स्थापित गर्ने प्रयत्न गरेका छन् | स्वामी विवेकानन्दको मृत्यु भएको ६ वर्षपछि जन्मिएको भए पनि नेपालका लागि नरहरिनाथ योगीको स्थान र गौरव विवेकानन्दको झैं हुनुपर्छ |
योगी नरहरिनाथले नाथ पन्थमा दीक्षित भएर नेपाल र भारतका अधिकांश ठाउँहरूमा पुगेर वैदिक संस्कृतिको बास्तविक परिचय खोज्ने काम गरे फलत: ६०० बटा जति पुस्तक लेखिए भने उनले उपर्युक्त स्रोतचाहिं करिव २८ बटा भाषाबाट लिएका थिए | भनिन्छ, योगी नरहरिनाथले उपर्युक्त २८ भाषा बोल्न र लेख्न सक्थे | योगीको अर्को पक्ष पनि छ, उनी १९४० ताका उज्जैनीको संस्कृत विद्यालयमा पढ्दा महात्मा गान्धीसंग प्रभावित भएर भारतीय स्वतन्त्रताको लागि जेलनेल पनि परेका थिए |
उता विवेकानन्दले सन्त रामकृष्ण परमहंससंग दीक्षा ग्रहण गरेर वैदिक संस्कृतिको गौरवलाई अंग्रेजी भाषाका माध्यमबाट विश्वका लागि पस्के | स्वामी विवेकानन्दको यो कार्यलाई स्वतन्त्रतापछि पनि भारतले स्वामित्व ग्रहण गर्यो | आज भारतका हरेक विद्यालय, विश्वविद्यालय र संस्थानहरूमा विवेकानन्दबारे चर्चा गर्छन् | भारतले धर्मनिरपेक्षता भन्दा माथि उठेर भारतवर्षीय गौरव विश्वलाई चिनाएकोमा "राष्ट्रसन्त"का रूपमा ग्रहण गर्यो | आज भारतसहित नेपालमा स्वामी विवेकानन्दलाई नचिन्ने थोरै छन् |
आज भारतीय र विवेकानन्द एकआपसमा पर्यायवाची बनेका छन् | भारतसरकारले स्वामी विवेकानन्द सेन्टर स्थापित गरेर विश्वभरि भारतीय संस्कृतिको प्रचारप्रसार गर्छ | नेपालमा पनि भारतीय राजदूतावासअन्तर्गत विवेकानन्द सांस्कृतिक केन्द्र संचालनमा छ | भारतके विश्वभरी विवेकानन्द सांस्कृतिक केन्द्र संचालन गर्छ | भारतका मार्क्सवादी, समाजवादी सबैलाई थाहा छ : भारतले विश्वमा चिनाउने विषयमा सबैभन्दा माथिल्लो कुरा "भारतीय संस्कृति, कला तथा आदर्श" नै हुन् |
तर स्वतन्त्र हिन्दू राष्ट्र, त्यसपछि धर्मनिरपेक्ष राष्ट्र भएको नेपालले नाथ योगी नरहरीको महत्व र गौरवको कहिले पनि सम्मान गर्न सकेन | नरहरिनाथको परिचय र कार्यको कुनै मूल्यांकन छैन | निजीस्तरका केही संघसंस्थाहरूले बाहेक सरकारीतन्त्रले योगीको योगदानलाई अस्वीकार गरेको छ | उहाँले वैदिक संस्कृतिको निरन्तरताका लागि भिक्षा मागेर स्थापित गरेको संस्कृत विवि सधैं बामपन्थी र समाजवादीहरूको "इगो-सेन्टर" बनेको छ | नेपालको राजनैतिक शक्तिले नरहरिनाथको योगदानउपर निरन्तर अन्याय गरिरहेको छ | उहाँको नाम मेटाउने प्रयन्त गरिरहेको छ |
योगी नरहरीनाथले लगौटी र चिम्टा लिएर वैदिक सनातन धर्मको बास्तविक इतिहास पत्तो लगाउने प्रयत्न गरे र ६०० बटा कितावहरू लेखे | नेपालले उपर्युक्त सम्पदाबाट फाइदा लिन सकेन | नेपाली राजनैतिक शक्तिहरूलाई समाजवाद र साम्यवादको एस्तो नशा लाग्यो कि उनले आफ्नो सबै "खरानी" र अर्काको सबै "हिरा"का रूपमा स्वीकार गरे |
यहाँ लेख्ने पर्ने तत्थ्य पनि छ : सन् १८६३ मा नरेन्द्र जन्मिदा र उनको सन् १९०९ मा मृत्यु हुँदा आधुनिक भारतको उदय भैसकेको थिएन | त्यहाँ नेपालजस्ता अनेकौं राष्ट्रहरू थिए | सन् १९४७ मा आधुनिक स्वरूप ग्रहण गर्ने तरखरमा लागेको भारतले स्वामी विवेकानन्दको योगदानलाई महत्व दियो |
तर कहिल्यै पनि अर्काको "गुलाम" नबनेको नेपालले योगी नरहरिनाथको महत्वलाई चिन्न सकेन | उहाँले गरेका महत्वपूर्ण कार्यहरूलाई न त्यस बखतका शासकहरूले महत्व दिए, न आजका शासकहरूले उहाँको सम्मान गर्ने मनसाय भेटिन्छ | कार्लमार्क्सको फोटोमा फूल अर्पण गर्नेहरूले देशी सन्तयोगीको फोटो पनि सम्झिंदा नेपालीको गौरव बढ्ने थियो |
धर्मनिरपेक्ष भारतले स्वामी विवेकानन्दको सम्मान गर्न हुँदा नेपालका धर्मनिरपेक्षहरूले योगी नरहरीनाथको सम्मान गर्न उचित नै देखिन्छ | अनेकौं बिश्वविद्यालयहरू स्थापना हुँदै गर्दा एउटा "योगी नरहरीनाथ इतिहास विश्वविद्यालय" पनि स्थापित हुन सक्छ |
आज नेपाली विद्यालय, विश्वविद्यालयका शिक्षक तथा विद्यार्थीहरूले स्वामी विवेकानन्द भनेर चिनेका हुन सक्छन् तर विद्वानहरूको वेवास्ता र सरकारको उपेक्षाले महान इतिहासका अन्वेषक, समाजसेवी, लेखक, भाषाविद्, सन्त तथा वैदिक धर्म, संस्कृतिकको मौलिक परिचय स्थापित गरेर नेपाललाई चिनाउने योगी नरहरी नाथका विषयमा थोरैले जानेका छन् | आफ्नैलाई उपेक्षा गने नेपालका, विविहरू र शिक्षा व्यबस्थाको मूल्यांकन गर्ने बखत आएको छ |
स्वस्तिअस्तु

कट्टरपन्थीको साथी : धर्मनिरपेक्षता !

 कट्टरपन्थीको साथी : धर्मनिरपेक्षता !

नेपालमा हिन्दूसमुदायलाई निरन्तर अपमानित गरेर जातीय द्वन्द निम्त्याउन चाहने को हुन् ? नेपाली समाजको संरचना समुदायका विचमा एकआपसमा घुलमिल भएर बनेको छ | हिन्दू, जैन, बौद्धआदि समुदायहरूको सामूहिक सहअस्तित्व र पृथ्वीनारायण शाहले हतियार निर्माण गर्न/गराउन लखनऊदेखि लिएर आएका मुसलमानहरू सहअस्तित्वमा छन् | देशमा इसाईहरूको पनि ठूलो जनसंख्या छ | साथै, जुनसुकै समुदायको व्यक्ति भए पनि सार्वजनिकरूपमा आफुलाई नास्तिक भनेर चिनाउने तर व्यक्तिगततहमा हिन्दू, बौद्ध, जैन जीवनशैलीलाई मान्नेहरूको ठूलो समुदाय छ |
कुनै पनि धर्म स्वीकार गर्नु वा छोड्नु व्यक्तिको व्यक्तिगत अधिकारको विषय हो | यस्तो भन्ने स्वतन्त्रता पनि ८०% हिन्दु समुदायको उपस्थितिका कारण सम्भव भएको हो | बौद्धहरूलाई जतिसुकु उदार, शान्तिवादी ठानिए पनि श्रीलंका, थाइल्याण्ड, म्यामार, कम्बोडियाजस्ता देशहरू धर्मनिरपेक्ष छैनन् | न त्यहाँका जनताले धर्मनिरपेक्षताको चाहना राख्छन् | नेपालमा धर्मनिरपेक्षताको विषयमा बढी चर्चा हुन थालेको २०४७ को परिवर्तनपछि नै हो | नेपाली धर्मनिरपेक्षताको सबैभन्दा भद्दा व्यङ्ग्य के हो भने यसले धार्मिक, साम्प्रदायिक तथा नश्लमा नामुद कट्टर मानिने मुस्लिम, इसाई तथा अन्य नवोदित पन्थहरूलाई धर्मनिरपेक्ष शक्तिको रूपमा मान्यता दिनु हो |
१९४७ मा भारत विभाजित हुँदा यही धार्मिक धर्मनिरपेक्ष शक्तिको देन थियो | १९५२ मा भारतीय संबिधानले मुसाई समुदायलाई "धर्मनिरपेक्ष शक्ति"को रूपमा स्वीकारको "राष्ट्रीय-घाउँ' आज पनि बल्झिरहन्छ | दु:ख कुरा के हो भने भारतको त्यो दुखाईबाट नेपालले शिक्षा लिन सकेन | बरू, इसाई, मुस्लिम समुदायलाई "धार्मिक कट्टरपन्थी" शक्ति मानेर हिन्दूहरूलाई धर्मनिरपेक्ष शक्ति मानेको भए देशले प्रष्ट दिशा निर्देश पाउँथ्यो | निश्चयनै इसाई होस् वा मुस्लिम समुदाय नेपाली नागरिक हुन्, यिनलाई धार्मिक रूपमा दोश्रो वा तेस्रो दर्जाको नागरिकको व्यबहार गर्नु हुँदैन | धार्मिक अभ्यास गरेकोमा आलोचना वा विध्न गर्नु हुँदैन |
नेपालको संबिधानले सत्यतत्थ्यलाई लत्याएको छ | कुनै पनि मुस्लिम, इसाई वा अम्बेडकर ब्राण्डको क्रिप्तो बौद्धले आफ्नो परिचय धर्मनिरपेक्ष शक्तिका रूपमा दिंदा घृणा गर्ने छ | उनीहरू पनि संबिधानले दिएको अवास्तविक परिचयबाट उठ्न चाहन्छन् | त्यो परिचय केवल धर्मपरिवर्तन गराएर आफ्नो समुदायको सङ्ख्या बलले मात्र सम्भव छ भन्ने तत्थ्य्का आधारमा क्रियाशील छ | आफुले घृणा गर्ने "धर्मनिरपेक्षता"को वकालत गर्दा मात्र "धर्मपरिवर्तन" गराउन निर्वाध हुन्छ भन्ने कुरालाई आत्मसात गरेका छन् | तर जसले धर्मनिरपेक्षता र जातीय पहिचानको चर्को आवाज उठाइरहेका छन्, तिनकै समुदायहरूले धर्मपरिवर्तन गरेर इतिहास रच्दैछ्न् | आजको धर्मनिरपेक्षताको प्रयोग गर्ने हैसियत प्राप्त गरेको दिन "जातीय, भाषिक तथा भूगोलका" अधिकारहरु चर्च वा मस्जिदमा गएर टुंगिने छ | तेहा, एउटा धर्म, एउटा पुस्तक, एउटा जाति, एउटा भाषामात्र सीमित रहने छ |
भारतवर्षका हिन्दूहरूमा "कट्टरपन्थी जीन" नभएकोले स्वभावत: स्वागत गर्ने स्वभावका छन् | नत्र ८०% प्रतिशत हिन्दू जनसंख्या भएको नेपाल "धर्मनिरपेक्ष" बन्ने कुनै सम्भावना देखिन्न | बंगलादेश, म्यामार, भुटान, श्रीलंका, थाइल्याण्ड. अफगानीस्तान तथा पाकिस्तानको बहुमतले के-कस्तो राज्यसत्ता निर्माण गरेको छ ? हिन्दूहरुबाट यो कुरा लुकेको छैन | हिन्दूहरूको जीनमा "निरपेक्षता" लुकेर बसेको छ, जसले स्वयंको सत्यानाश हुँदा पनि "निरपेक्ष" स्वभावको आचरण गर्न बाध्य बनाइरहेको छ | नेपाल र भारत यी दुई देशका ८०% हिन्दूहरूले धर्मनिरपेक्षताको निरपेक्ष भावले अभ्यास गरेर "गणतन्त्र, लोकतन्त्र, समाजवाद, साम्यवाद"सबैको नाक जोगाइदिएको छ | प्रजातन्त्रको जनक मानिने वेलायत र अमेरिकाला राष्ट्रप्रमुखहरूले पनि "बाइबल"मा हात राखेर देशभक्ति र बाइबल भक्तिको कसम खाएकै हुन्छन् | मुस्लिम राष्ट्रहरूको विषयमा केही भन्न नै परेन |
धर्मनिरपेक्ष शब्द र सोच दुवै निकै विवादित छन् | नेपालको धर्मनिरपेक्षतालाई बोकेर हिड्नेमा परस्पर विरोधी चिन्तन भएका "साम्यवादी र समाजवादी" हुन् | साम्यवादी लेफ्ट मानिन्छन्, समाजवादी मध्यममार्गी (कंग्रेसआदि) र राप्रपाजस्ता दलहरूलाई राइट अर्थात् दक्षिण पन्थी मानिन्छ | चरमकट्टर पन्थी मुस्लिम र इसाई अम्बेडकरवादीजस्ता समुदायहरू दक्षिण, उत्तर, पश्चिम, लेफ्ट कुन् पन्थका पर्छन्, राज्यले यिनको लिंग छुट्याएको छैन | आदिवासी, जनजाती, मूलवासी, इसाई, मुस्लिम, अम्बेडकरवादीजस्ता कट्टरपन्थीसंग नेपालको धर्मनिरपेक्ष सरकार सधैं डरले थरथर कामिरहेको देखिन्छ | यो कट्टरपन्थी शक्तिका अगाडी सरकार नुन खाएको कुखुराझैं निरीह देखिन्छ भने परम्परागत हिन्दू, बौद्ध, जैन तथा किरातीहरू समक्ष धर्मनिरपेक्षताको पक्षमा सहृदयी बन्ने "काइते" उपदेश दिन्छ | सरकारले अराजक विरुद्ध कुनै कानुन कार्यान्वयन गर्न सक्दैन तर कानुनको सम्मान गर्ने हिन्दू-समुदायलाई धार्मिक विश्वासका आधारमा दोस्रोदर्जाको नागरिक सरह व्यबहार गर्न छोड्दैन |
जव कुनै हिन्दूले कट्टरपन्थीको आलोचना गर्छ, त्यस बखत धर्ननिरपेक्ष सरकार ती कट्टरपन्थी अल्पसंख्यकहरूको बचाउँमा उत्रिन्छ | भारतमा पनि ठ्याक्कै यही चाला देखेर १० वर्ष अगाडी जनताले भोटका माध्यमबाट सत्ता नै परिवर्तन गरिदिए | तर यही कट्टरपन्थी (धर्मनिरपेक्षतावादी) भारतमा बहुमत हुन्थ्यो भने भोट होइन हतियारका बलमा सत्ता परिवर्तन हुन्थ्यो | हालै, नाइजर र नाइजेरिया यसका उदाहरण हुन् भने अफगानिस्तान र सिरिया पनि बलियो उदाहरण हो | उदाहरणका लागि यो आलेख तयार पार्दै गर्दा भारतका प्रसिद्ध युवा कथाबचक धीरेन्द्र कृष्ण शास्त्री नेपालमा आएका छन् | १२ भाइ सिन्डिकेटका रूपमा बदनाम धर्मनिरपेक्षतावादी मिडियाहरूले उनको समाचार बहिस्कार गरेका छन् | तर यिनै मिडियाले कोरियाकी चर्चित इसाई माताले "होलीवाइन" ख्वाउंदा ठूलाठूला ब्यानरमा "जयजय"कार गरेका थिए | अचम्मको कुरा त के भने धर्मनै मनान्ने "प्रगतिशील" शक्तिले राज्यशक्तिको चरमदुरुपयोग गरेर "माताको सेवा गर्द्दा" धर्मनिरपेक्षता खतरामा देखेको थिएन |
हिन्दू बोल्यो कि नेपालको धर्मनिरपेक्षताको पेशा खतरामा पर्छ ! यहाँको प्रगतिशील, समाजवादी तथा जातीय पहिचान खतरामा पर्छ | हिन्दूहरूलाई "ककेशिया" पुर्याउने नारा घंकिन्छन् | नेपाल र नेपालीको भलो चाहने सहृदयी नेपालीहरूले गाँठो पारेर बुझे हुन्छ कि नेपालको गणतन्त्र, धर्मनिरपेक्षता जातीय र धार्मिक कट्टरपन्थीको हिमायती र धर्मनिरपेक्ष एवं सहअस्तित्वको अभ्यास गर्ने बहुसंख्यक हिन्दू, जैन, बौद्ध तथा किराती समुदायको शत्रु हो भनेर बुझ्नु गलत हुँदैन | नत्र समुदाय विशेषलाई जातीय, धार्मिक आधारमा हिंसातिर उन्मुख गराउन तत्पर "घृणावादी"हरूलाई सरकारले न्यायको डण्डा किन चलाउन सक्दैन ? उत्तर फेरी पनि त्यही हो "यो गणतन्त्रले बहुमतलाई शत्रु ठान्छ !
स्वस्तिअस्तु

सम र योगी

 सम र योगी

दुई जना खाट्टी नेपालीहरू बालकृष्ण सम र योगी नरहरिनाथप्रति मेरो विशेष श्रद्धा छ | हो, केहीलाई सम र योगी एकठाउँमा राखेको मन नपर्ला तर दूवै क्षेत्रीले नेपालीको घैंटोमा घाम लगाउने काम गरेका छन् | योगीले लगौटी लगाएर नेपालको पहिचान स्थापित गर्न गाउँगाउँ पुगेका थिए भने अर्का समले समतामूलक समाजका लागि "सम" अंगालेका थिए | दूवै क्रान्तिकारी लेखक हुन् तर धार'चाहिं नितान्त फरक छ |
समले आकस्मिकता र नियमिततालाई प्रकृतिको स्वभावका रूपमा बुझ्दै दर्शनको सृष्टि गरे | समका विचारमा यी दूवैका विचमा कुनै देवीदेउताको मध्यस्थता चाहिन्न | रह्यो, मानव जगतको कुरा महर्षि पतंजलि, महात्मा बुद्ध, शेक्सपियर र फ्राइडले क्रमशः मान्छेको मन, स्वभाव, कल्पनाशीलता र विकासको प्रतिनिधित्व गरेका छन् | नियमित आकस्मिकतावाद आफैमा पनि नियमित आकस्मिकता भएकोले आत्मघाटीझैं बुझिए पनि, यही नै प्रकृतिको जडनियम भएकोले चलिनैरहने छ |
स्व. बालकृष्ण समका यी दार्शनिक विचारहरूले वैदिक र पाश्चात्य दार्शनिक चिन्तनको समन्यव गर्न खोजेको छ | कुनै पनि नेपालीले पहिलोपटक दार्शनिक "वाद" अर्थात् सिद्धान्त निर्माणको तहमा काम गरेको यो नै पहिलो उदाहरण हो | बालकृष्ण समको नियमित आकस्मिकता दर्शनशास्त्रीय परिभाषामा खरो नउत्रिए पनि, उनले नेपालीहरूलाई "वाद"का सवालमा पनि उदारवादी रहेर सिद्धान्त निर्माण गर्न अभिप्रेरित गरेका छन् |
ब्रह्मलीन योगी नरहरिनाथ पनि सिद्धान्त निर्माणको तहमा काम गर्ने स्वदेशी विद्वान हुन् | योगीले सधैं सनातन धर्मको केन्द्र नेपाल भएको विश्वास र श्रद्धामा डटेर अनुसन्धान गरे र उपर्युक्त तत्थ्यलाई प्रमाणित गरे | हिन्दुसमुदायलाई आक्रमणकारी मान्ने समाजवादीहरू योगीका विचारलाई मन पराएनन्, यो फरक कुरा हो | स्व. बालकृष्ण सम स्वधर्म, संस्कृति तथा गौरवका पक्षधर नास्तिक हुन् | यिनले सधैं सनातन धर्मको सांस्कृतिक नेपालको सुरक्षा र निरन्तरताका लागि विचार दिए | योगी नरहरिनाथ सनातन धर्मको उत्पात्ति थलोका रूपमा नेपालको गौरवलाई पुनस्थापना गर्नुपर्छ भन्ने क्रान्तिकारी सन्त हुन् | दुखको कुरा धर्मनिरपेक्षता र हिन्दू फोवियाग्रस्त समाजवादीहरूको झुण्डले बालकृष्ण सम र योगी दुवैसंग न्याय गरेको छैन | बालकृष्ण सम राजखलक थिए, उनले आफ्नो जीवनकालमा आफ्ना विचारहरू आफै प्रकाशित गरे तर लानगौटीधारी जोगीले पनि मागेर भए पनि नेपालको गौरवस्थापित गर्न शिखरिणीयात्रा सहित जति पुस्तकहरू प्रकाशित गरेरै छाडे |
आजको मितिसम्म पनि सम र योगी दुवैका अनेकौं कृतिहरू अप्रकाशित छन् | यी दुवै महापुरुषका कृतिहरू खोजेर प्रकाशित गर्दा लाजमर्दो हुँदैन |
स्वस्तिअस्तु

विचारो अतिवाद !

विचारो अतिवाद ! 

आजभोली "अतिवादी" शब्द अतिवादीको फन्दामा परेको छ | कानुनले बर्जित गरेको राष्ट्रीय पशु "गोरू" काटेर सामाजिक संजालमा देखाउंदै राख्नेहरू अतिवादी नहुने, नेपालका ब्राह्मणक्षेत्री विरुद्ध "शरणार्थी"को ट्याग लगाएर गालीगलौज गर्ने अतिवादी नहुने, देशका करोडौं जनताले पूज्ने देवीदेवतालाई शैतान भन्ने र मन्दिरहरू भत्काउने, दशैंतिहारको रमाइलोमा आफ्ना बालबालिकालाई "शैतानसंग" जोगान भन्दै घरमा कैद गर्ने, ब्राह्मण समुदाय विरुद्ध जातिसूचक, धर्मसूचक गालीगलौज गर्ने अतिवादी नहुने तर बुद्ध र विष्णु एकै हुन्, सबै धर्मको सारतत्व एकै हो भन्ने हिन्दूहरू अतिवादी हुने ?

यो देशमा यदि कानुनी राज्य छ भने "अतिवादी"हरू विरुद्ध कार्वाही गरोस् | यो मांग गर्नुनै "अतिवाद" होला किनभने सरकार नै जातिवाद, घृणावाद तथा विभाजनवाद समर्थक छ | सामाजिक संजालमा ब्राह्मणक्षेत्री, हिन्दू धर्म विरुद्ध एतिविधं प्रमाण हुँदाहुँदै पनि "अतिवादी"हरुको अतिवादलाई जातीय, धार्मिक, सांस्कृतिक, राजनैतिक तथा भूगोलको अधिकार ठान्ने सरकार आफै अतिवादी भएको छ | आदिवासी, जानजाति र मूलवासी वा अल्पसंख्यकको आवरणमा अन्य समुदाय विरुद्ध अतिवादले अर्को अतिवादलाई निम्तो दिनेछ | देशमा आदिवासीको पहिचान हिन्दू समुदाय विरुद्ध घृणा व्यक्त गरेर, गालीगलौज गरेर र आफ्नो समुदायलाई इसाईकरण गर्नेर हुन्छ भन्ने मान्यता गलत छ | प्रेमको प्रतिक्रिया प्रेम हुन्छ, घृणाको प्रतिक्रिया घृणा नै हुन्छ | आजको जमानामा कसैले पनि "हातमा दही जमाएर" बस्ने छैन |
गोरुको मासु (सत्य हो होइन थाहा छैन किनभने गोरुको र अन्य मासु नाङ्गो आँखाले चिन्न सकिन्न) खाएर हिन्दूहरूको धार्मिक विश्वासमा प्रहार गर्नेहरू सम्भवत: मध्यकालीन मुस्लिमहरू भन्दा पनि घृणित छन् | हिन्दू विरुद्धको यो घृणित चिन्तन वाहिर निस्केको छ | तर हिन्दू समुदायले घृणावादीहरूको उत्तर घृणावादबाट दिनु हुँदैन | यदि सरकारले संविधान मान्छ, भने सरकारले संविधानको रक्षा गर्नुपर्छ | राईलिम्बु वा जनजातिको आवरणमा हिन्दूहरूको धार्मिक आस्थामा प्रहार गर्नेहरू "आदिवासी-जनजाति" होइनन् | यिनको परिचय केवल घृणावादी हो | आतिवादी हिन्दू होइनन्, यी अतिवादी हुन् |
पहाड विरुद्ध मधेश, आदिवासी जनजाति विरुद्ध बाहुनक्षेत्री, दलित विरुद्ध बाहुन, महिला विरुद्ध पुरुष, हिन्दू विरुद्ध बौद्ध, हिन्दू विरुद्ध इसाई, नेपाली भाषा विरुद्ध हिन्दीजस्ता कित्ताकाट र घृणावादी विष फैलाएर यदि देशको विकास हुन्थ्यो भने २०५२ सालपछि नेपाल अमेरिकालाई पछार्ने बन्थ्यो | मुख्य कुरा, हरेक देशवासीले गौरवपूर्ण, सहृदयी तथा सम्मानजनक जीवन पाउनु पर्छ | यस्तो जीवन हिन्दू जीवन संस्कृति विरुद्ध घृणा फैलाएर प्राप्त हुने छैन | यदि राजनैतिक नेतृत्वले कित्ताकाट र घृणावादलाई समर्थन गरिरहे भने देश धेरै असजिलोमा पर्ने छ |
स्वस्तिअस्तु

ज्ञान-विज्ञान

ज्ञान-विज्ञान 

 १. मैले कुनै संस्कृतको ग्रन्थमा पढेको थिएँ यो संसारमा हरेक मान्छे जन्म, मृत्य, जरा र ब्याधिसहित काम,क्रोध, लोभ, मोहआदिको बन्धनमा छ | मान्छे हरेक पल निरीक्षण गरिदैछ | उसका हरेक चिन्तन, व्यबहार र भावनामा ईश्वरका दूतहरूको प्रत्यक्ष पहुँच छ | मान्छे स्वतन्त्र छैन - यी सबै कुराहरू मलाई शास्त्रीय साहित्य लाग्थे | जुनवेला म दर्शनशास्त्रको विद्यार्थी थिएँ र नीतिशास्त्र पढ्थें, उपर्युक्त कुरामा कहिल्यै पनि विश्वास भएन तर आजको २०२३मा मैले उपर्युक्त बन्धनलाई अनुभव गर्न थालेको छ | हरेक पल, हरेक क्षण उ उपर कसैले निगरानी गरिरहेको र मेरो स्वतन्त्रताउपर नियन्त्रण गरिरहेको अनुभव गरिरहेको छु |

२. अचम्म मान्नु पर्दैन, जव म स्वतन्त्रता पूर्वक सडकमा हिंडिरहेको हुन्छ, त्यस बखत मेरो स्वतन्त्रतालाई नियन्त्रण गर्न, म र मजस्ता हजारौं मान्छेको दैनिक क्रियाकलापको निरीक्षण गर्न सडकका हरेक खम्वामा सिसी क्यामेराहरू हुन्छन् | मेरो सानो मुस्कान समेत रिकर्ड गरिएको हुन्छ | मेरो व्यक्तिगत स्वतन्त्रताउपर ब्यांकहरू, सोपिंग मलहरू, मेरा मित्रका घरहरू, मैले काम गर्ने कार्यालयहरूले र मेरो बेडरूमको बेडसंगै राखिएको ल्यापटपको क्यामराले मलाई हेरिरहेको हुन्छ | दैनिक जीवनमा परिचय दिनका लागि दिनु पर्ने वायोमेट्रिकहरू, फोनमा कुरा गर्ने क्रममा अर्कोले प्राप्त गर्ने आइडीहरू र इन्टरनेटको प्रयोग गर्दा होस् वा लाइसेसहरू बनाउंदा दिनु पर्ने परिचय होस्, सबैले मेरो स्वतन्त्रतामा प्रहार गरिरहेको अनुभव हुन्छ | मलाई लाग्छ, टेक्नोलोजीले मेरो मानवीय जीवनलाई पूर्णतया नियन्त्रणमा लिएका छन् | म यो टेक्नोलोजीको ससारमा एउटा अपराधनै नगरेको कैदीसरह बाँचिरहेको छु | फरक एत्तिमात्र छ कि अपराध गर्ने कानुनी रूपमा जेलभित्र हुन्छ तर म जेलबाट वाहिर रहेर पनि कैदीसरह नै छु |
३. दार्शनिकहरूले दुईवटा तत्थ्यहरूलाई बढी जोड दिन्छन् : स्वतन्त्रता र एकता | स्वतन्त्रताको अर्थ, प्रयोजन र उपयोग मान्छेले गर्न सक्छ, अन्य प्राणिहरूले होइन | यस्तै एकता होस् वा अनेकता मान्छेले संयोजन गर्छ | यहाँ एकताको अर्थ - अनेकताबाट एकता, पूर्णता, समग्रताको खोजी र मानवीय (विश्वको) कल्याणको लागि उपयोग हो | स्वतन्त्रता र एकता दूवै दृष्टिकोण भएकोले उपयोगिताका सवालमा निकै समस्याहरू छन् | आजको टेक्नोलोजीकल विश्वमा उपर्युक्त दुवै दार्शनिक विषयहरू निकै जटीलतातिर उन्मुख छन् | मान्छेले क्रमशः प्राकृतिक तथा दृष्टिकोण जनित स्वतन्त्रता गुमाउँदै छ किनभने टेक्नोलोजीको तीब्रतर विकास हुँदैछ | जतिजति मान्छेहरू टेक्नोक्रेट हुँदैछन्, त्यतित्यतिनै तिनले आफ्नो स्वतन्त्रता अर्थात् निजत्व गुमाइरहेका छन् |
४. नयाँनयाँ टेक्नोलोजीहरूको विकासले मान्छेलाई निकै फाइदा भएको छ | मान्छेमान्छेका विचमा सम्बाद सजिलो र छरितो भएको छ | टेक्नोलोजीको विकासले मान्छेको स्वास्थ्यमा सकारात्मक सुधार भएकामात्र होइन केही जटील रोगहरूमा पूर्णनियन्त्रण प्राप्त भएको छ | सूचनाहरूमा मान्छेको पहुँच बढेको छ | मान्छेले सजिलैसँग धेरै थोक सिक्ने अवसर प्राप्त गरेको छ | मान्छेको यातायात निकै सहज भएको छ जसले दशौँ माइल्सको दूरी छोटो भएको छ | मान्छेको चिन्तन प्रक्रिया, दैनिक काम गर्ने शैली तथा भावनात्मक अवस्थामा पनि टेक्नोलोजीले प्रभाव पारेको छ | टेक्नोलोजीको प्रभाव एतिबिध्न भएको छ किन व्यक्ति मान्छे र सामाजिक मान्छे दुवै एकप्रकारले टेक्नोलोजीको मोहनीमा परेर अशक्त भएका छन् | ठ्याक्कै लागूऔषधको लतले मान्छे लट्ठ भएझैं टेक्नोलोजीको लतमा मान्छे लट्ठिएको छ |
५. जेहोस्, आजको मान्छेका लागि टेक्नोलोजीको उपयोग अनिवार्य बनेको छ | स्वाभाविक हो, मान्छेले सरल र सहज जीवनशैली चाहन्छ जसबाट सुखको प्राप्ति होस् | टेक्नोलोजीबाट मान्छेले सुख प्राप्त गरिरहेको छ कि छैन ? यो फरक छलफलको विषय हुन सक्छ तर जीवन सहज भएको छ, यसमा कसैको द्विमत छैन | तर मान्छे पनि प्रकृतिमा विकास भएको एउटा घटना हो जुन भोजन, पानी, स्वास-प्रश्वास तथा जीवनका लागि प्रकृतिमा निर्भर छ | आजको मितिसम्म विज्ञानको प्रगतिले चामलको एउटा गेडा ल्याबमा निर्माण गर्न सकेको छैन | अन्तरीक्षमा जाने हरेक मान्छे वा अन्य प्राणिले पृथ्वीबाट अक्सिजन लिएर जानु पर्छ | आजसम्म कुनै पनि मान्छेले अचानक प्राकृतिक अक्सिजन रोकियो भने कसरी स्वयं जीवित रहने र सम्पूर्ण जीवजगतलाई सुरक्षित गर्ने ? भन्ने विषयमा चिन्तनसमेत गर्न चाहेको देखिन्न | मान्छेलाई थाहा छ, जीवनका लागि अन्नजल र अक्सिजन नभई हुँदैन |
६. म मूल विषयतिर फर्कन चाहें | के टेक्नोलोजीको विकासले मान्छेको स्वतन्त्र चिन्तन र प्राकृतिक रूपमा प्राप्त स्वतन्त्रताउपर बाधा परेको छ ? के मान्छेले आफ्नो स्वतन्त्रता गुमाउंदै छ ? यो एउटा ज्यादै संवेदनशील र हरहमेशा स्वतन्त्र चिन्तन र जीवनशैलीको कामना गर्ने मान्छेका लागि महत्वपूर्ण प्रश्न हो | खासगरी सामाजिक संजालमा मान्छेको बाक्लो उपस्थिति, व्यक्तिगत जीवनका हरेक तत्थ्यहरूको डाटाबैंक राख्ने सरकारहरू, हरेक क्रियाकलापमा व्यक्तिगत औठा छाप, आँखा र जिब्रोको छाप (बायोमेट्रिक) खोज्ने आधुनिक जीवनशैली र दिनभरिको थकाई मार्न गहिरो निन्द्रा प्राप्त गर्न तयार पारिएको बेडरूप र बेडमा समेत बहुंच बनाइरहेको फेसबुक, ट्वीटर तथा अन्य सामाजिक संजालहरूका बिचमा स्वतन्त्रता सम्भव छ ? टेक्नोलोजीके यी उपर्युक्त प्रश्नहरूको जवाफ देला/नदेला तर सङ्कल्प स्वतन्त्रता र जीवनमा स्वतन्त्रताको अभ्यास गर्न चाहने मान्छेले जान्ने पर्ने सवाल हुन् |
७. संकल्प स्वतन्त्रता नै स्वतन्त्र कर्म र त्यसका आधारमा प्राप्त हुने दण्ड एवं पुरस्कारका आधार हुन् | प्राकृतिक स्वतन्त्रता गुमाएको भविष्यको मान्छेका लागि कानुनी वा न्यायिक व्यबस्थाको के आवश्यकता रहला ? न्यायिक व्यबस्थाहरू विश्वका सबै राष्ट्रमा एक समान हुँदैनन् | नैतिक नियमहरूको आधार समाज वा समुहका मान्यताहरू हुन् | टेक्नोलोजीका लागि नियमहरूको अर्थ लाग्दैन | स्वार्थीहरूले विश्वको एउटा देशमा उचित मानिएको कर्म अर्को देशमा अनैतिक मानिएको अवस्थामा तेस्रो देशले आफ्ना कानुनी प्रावधानहरू प्रयोग गरेर जुनसुकै मान्छेलाई दण्डित गर्न सक्छन् | टेक्नोलोजी रूपी माकुराको जालोमा फंसेको मान्छेले स्वतन्त्रताको दम्भ नगरे हुन्छ | जुन टेक्नोलोजीले विश्वका सबैभन्दा शक्तिशाली अमेरिकी र रसियन राष्ट्रपतिको स्वतन्त्रतामा लगाम लगाएको हुन्छ, त्यसै टेक्नोलोजीले एउटा गरीव अफ्रिकेली नागरिकलाई पनि बाँधेको हुन्छ |
(😎 जतिधेरै टेक्नोलोजीको विकास हुने छ, क्रमशः मान्छेले आफ्नो स्वतन्त्रता गुमाउंदै जाने छ | अहिले मान्छेको स्वतन्त्रता टेक्नोलोजीमा बन्धक भएको छ भने भविष्यको मान्छेको स्वतन्त्रता मेसिनहरूको कृपामा निर्भर रहने छ | ततिधेरै टेक्नोलोजीको विकास हुने छ, त्यतिनै धेरै मानवीय तत्थ्यहरू कम्युटरमा स्टोर हुने छन् | सरकारहरूले कल्याणकारी कामको नाममा हरेक मान्छेको व्यक्तिगत विवरणहरू आफ्नो पहुँचमा राख्ने छन् | मान्छेको पूर्णस्वतन्त्रतामा रोक लगाउन सरकारहरूले AI को व्यापक प्रयोग गर्ने छन् | यस्तो अवस्थामा मान्छेले जन्मदेखि प्राप्त गरेको प्राकृतिक स्वतन्त्रता क्रमशः गुमाउनु पर्ने हुन्छ | टेक्जनोलोजी जन्म ग्रहण गर्ने हरेक मान्छेहरुको स्वतन्त्रता सरकारी हातमा छ तर डाटा छ \ सरकारले ती दादाहरू

घृणावादको नाक !

 घृणावादको नाक !

सरकारले आदिवासी-जनजातिको परिचय दिएको भरमा मूलवासी हौँ, अल्पसंख्यक हौँ भन्दै घृणावादको व्यापार गर्नुहरूसंग रक्षात्मक व्यबहार गर्नु कायरता हो | छिमेकीलाई तथानाम गालीगलौज गर्दै "हिरो/हिरोइन" वन्न खोज्नेहरू नेपालको सहअस्तित्वका साझा शत्रु हुनुपर्छ | नाकको आधारमा गालीगलौज गर्ने, जातजातिको आधारमा "देश छोड" भनेर नारावाजी गर्ने, नेपाली संस्कृतिका प्राचीन धरोहर मन्दिर, चैत्य तथा गुम्वाहरुको आड लिएर एउटा समुदायलाई अर्को समुदाय विरुद्ध अत्यन्त अपमान जनक शब्दहरूको प्रयोग गर्नेहरूलाई देश र संस्कृतिको होइन डलरको माया छ भनेर बुझ्न ढीला गर्नुहुँदैन |
यो देश, समाज र संस्कृति सबैको साझा हो | यहाँका हरेक व्यक्ति र यिनका पूर्वजहरूको समान योगदानले यो देशको निर्माण भएको हो | भूगोलका आधारमा, भाषाका आधारमा, नाकका आधारमा संविधानले कुनै भेदभाव गर्ने अनुमति दिंदैन | यदि राज्यले फलानो समूह "आदिवासी, जनाजति, मुस्लिम, इसाई वा दलितको हो त्यै भएर यिनले जस्तो गालीगलौज गरे पनि दण्डनीय हुँदैन, अपराध हुँदैन" भन्ने गैरकानुनी नीति लियो र गालीगलौजका माध्यमबाट अपमानित भैरहेका समुदाय अपमानित भैरहे भने राज्यले दुर्घटना निम्त्याउने प्रपन्चको रक्षा गर्दै छ भने बुझु पर्ने हुन्छ |
घृणावादीको असली चिन्तन बुझ्ने हो भने पोखराको पृथ्वी चौक पुगे हुन्छ | घृणावादीहरूले राजा पृथ्वीनारायण शाह र सहिद लक्ष्मण थापालाई संगै उभिन दिएनन् | शाह र थापा दूवै नेपाली भएको स्वीकार गर्न चाहेनन् | घृणावादीहरूको अतिवादलाई राज्यले पहिचानको राजनीति भनेर "द्वन्द"लाई प्रोत्साहित गरिरहेको प्रष्ट हुन्छ | राज्यसंग थापा र शाह दूवैलाई समानतहमा सुरक्षा दिने विकल्प छ | यो विकल्पको विपक्षमा घृणावादमात्र उभिनेछ, सहअस्तित्त्ववाद होइन |
"बाहुन चोर देश छोड, बाहुनहरू शरणार्थी हुन्, बाहुनहरू हत्यारा हुन्, बाहुनहरू शोषक हुन्, बाहुनहरूलाई काट्नु पर्छ, यदि नेपालमा बस्ने हो भने सबै बाहुनले गाईको मासु खानु पर्छ"जस्ता आपत्तिजनक नाराहरु सामाजिक संजालमा छ्यापछ्याप्ति हुँदासमेत दोषी विरुद्ध शक्तिको प्रयोग नगर्नु, कानुनि डण्डाको प्रयोग नगर्नु आपत्ति जनक र राज्य व्यबस्थाको कायरता हो अथवा घृणावादीहरूलाई घृणा फैलाउने कुरामा सहयोग गरेको हो प्रष्ट पार्नुपर्छ | घृणावादको कुनै नाक हुँदैन, भाषा हुँदैन | जस्तोसुकै, नाक, भाषा, भूगोल र वर्ण भएका मान्छे ब्राह्मण हुन सक्छन् | कृष्णवर्णका, सेतोवर्णका, गहुगोह्रो वर्णका सबैमा घृणावादी छन् | नाक, भाषा तथा धर्म घृणावादीले खोलेको पसल हो | सावधान भएर घृणावादको बौद्धिक र न्यायिक प्रतिकार गरौँ |
सामाजिक संजाल र व्यक्तिहरू जसले घृणावादको व्यापर गरिरहेका छन्, ती आदिवासी जनजाति मात्र होइन पूर्वबाहुनक्षेत्री तथा पूर्व दलितहरू पनि छन् | देश, धर्म, संस्कृति तथा आफ्नो परम्पराको परित्याग गरेर इसाई बनेका र प्रत्यक्ष व अप्रत्यक्ष रूपमा घृणावादको व्यापर गर्नेहरूबाट "डलर-दोहन" गरिरहेकाहरूले नेपालो समुदाय विच शान्ति भंग भएको देख्न चाहन्छन् | कुनै नाक, भूगोल वा समुदायको कुरा होइन, घृणावादी विचारधारा जताततै फलिँदो छ | एउटा समुदायलाई अर्को विरुद्ध उचाल्नेको बौद्धिक प्रतिकार गरौँ तथा प्रहरीमा उजुरी गरौँ र कानुनी शक्तिको प्रयोग गरौँ | यो देशका लागि "घृणावादी"हरू विष भन्दा पनि हानिकारक छन् |
ने|पाली गोर्खाहरू कायर हुँदैनन् आत्मसंयम र सहृदयताको अभ्यासलाई कायरता सम्झिने भूल नगर्नु | दुर्घटना निम्तिनु भन्दा पहिलेनै घृणावादीहरूलाई तह लगाउनु | केटाकेटीमा पढेको "न्याउरी मारी पछुतो" नहोस् | यो चेतावनी, निवेदन तथा आह्वान सबै हो |
स्वस्तिअस्तु

सिक्नै र जान्नै पर्ने : संस्कृत भाषा

 सिक्नै र जान्नै पर्ने : संस्कृत भाषा

विश्वभरिको भाषाको विवरण राख्ने र अन्य भाषाहरूसंग तुलना गर्ने वेबसाइट languagecomparison.com काअनुसार विश्वभरी १४.१० अर्थात् लगभग एक करोड एकचालीस लाख मानिसले संस्कृत बोल्छन् | अन्य प्राचीन भाषाहरूका तुलनामा यो निकै ठूलो संख्या हो | यस भन्दा पनि महत्वपूर्ण तत्थ्य के छ भने विश्वभरी नै विगतका तुलनामा संस्कृत बोल्ने, लेख्ने र संस्कृतभाषामा साहित्य सृजना गर्ने जनसंख्या बढ्दो छ |
तर प्राचीनतम संस्कृतभाषाप्रति सर्वसाधारण र विद्वानहरूको अभिरुचि किन बढ्दो छ ? विश्वभरीका भाषाविदहरुले सोच्ने पर्ने भएको छ | अक्सफोर्ड विविमा संस्कृतका प्राध्यापक सेलडोन पोलोकले आफ्नो संस्कृत सम्बन्धि कार्यपत्रमा १९९०को दशकमा संस्कृतलाई "मृतभाषा" भनेपछि भारतसहित नेपापाली संस्कृत प्रेमीहरूमा निकै हलचल मचिएको थियो | आज ठीक ३० वर्षपछि संस्कृतभाषीहरूको बढ्दो जमातले तिनको उपर्युक्त कथनलाई चुनौती दिएको छ | भारतसहित अनेक देशमा संस्कृत विश्वविद्यालय समेत खुलेका छन् |
प्राचीन भारतवर्षमा कुनै बखत संस्कृत मातृभाषाका रूपमा प्रचलित थियो कि थिएन, बलियो प्रमाण छैन तर हिन्दू, जैन तथा बौद्धहरुले संस्कृतभाषाको प्रयोग आफ्नो दार्शनिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक बर्चश्व स्थापित गर्न र विभिन्न ठाउँमा बसोवास गर्ने, विभिन्न रुपरंग, जातजाति तथा स्थानीय भाषा बोल्नेहरू आफ्ना अनुयायिहरूलाई आफ्ना सूचनाहरू प्रवाहित गर्न संचारभाषाको रूपमा संस्कृतिको व्यापक प्रयोग गरेका थिए | हिन्दू, जैन तथा बौद्धहरूले रचना गरेका तत्कालीन बाग्मयहरूले यो तत्थ्य प्रमाणित गरिरहेका छन् |
पुन: फर्केर त्यही प्रश्नको उत्तर दिने प्रयत्न गरौँ | संस्कृत अन्य भाषासरह महाज एउटा भाषा होइन | यसले सम्पूर्ण वैदिक सभ्यता तथा संस्कृतिको निर्माण गरेको छ | जैन तथा बौद्धहरू पनि यसै अन्तर्गत पर्छन् | भारतवर्षका ४२ बटा विभिन्न आधुनिक भाषाहरू संस्कृतमा आधारित छन् | नेपाली, हिन्दी, बंगाली, पंजावी, मराठीआदि भाषाहरू संस्कृतको शब्दकोश विना जीवित रहन सक्दैनन् | संस्कृतभाषाको सङ्गत;ए होला नेवारीजस्ता स्थानीयभाषाहरूमा पनि संस्कृतले महत्वपूर्ण ठाउँ ओगटेको छ | यसरी संस्कृत पढ्नै पर्ने भाषा हो किनभने सनातन हिन्दू धर्म संस्कृति, बौद्ध धर्म संस्कृति, जैन धर्म संस्कृतिलाई ठीकठीक बुझ्न र कमसेकम ४२ बटा भाषाहरूको मर्म बुझ्न यसको विकल्प छैन |
संस्कृतको जानकारी नभएको मान्छेले ४२ बटा भाषाहरू मध्ये कुनै पनि भाषाको भाषाविद् भनिनेयोग्य हुँदैन | भाषाको जरोमा नपुग्नेलाई भाषाविद् भन्न मिल्द्दैन | संस्कृतभाषामा दक्ष नभएको व्यक्तिले नेपाली भाषा र त्यसबाट निर्मित भएको धार्मिक, सांस्कृतिक, सामाजिक तथा मनोबैज्ञानिक मूल्यलाई बुझ्न सक्दैन | तेसैले संस्कृत पढ्नैपर्ने भाषा हो |
संस्कृत अन्य विदेशी भाषाहरूका तुलनामा पढ्न र सिक्न सजिलो छ | भारतवर्षमा बोलिने नेपाली, हिन्दी, मैथिली, मराठी, भोजपुरीआदि भाषाहरूको निर्माणमा संस्कृत शब्दकोशका न्यूनतम ५०% र अधिकतम ८० प्रतिशत शब्दहरूको उपयोग भएको छ | यसको अर्थ हो यदि तपाईंले बोल्ने मातृभाषामा ४०% संस्कृत शब्दको उपयोग भएको छ भने तपाईले संस्कृत सिक्न ४०% कम शक्ति लगाउनुपर्छ | नेपाली वा मैथिली मातृभाषा बोल्नेले अन्य विदेशीभाषाका तुलनामा केवल ३०% परिश्रम गर्दा संस्कृत लेख्न, बोल्न र बुझ्न सकिन्छ | मनोविज्ञ जेम्सले भनेका छन् "तिम्रो संस्कृतिसंग जोडिएको भाषा तिम्रो लागि सिक्न सबैभन्दा भन्दा सजिलो हुन्छ किनभने तिम्रो स्मरणमा तेसका शब्दहरू पहिले नै विद्यमान हुन्छन् |
संस्कृतका विषयमा एउटा भ्रामक विश्वास प्रचलित छ : संस्कृत साह्रै गाह्रो भाषा छ ! तर यो केवल अन्धविश्वास हो | जुन भाषाका ७०% शब्दहरू प्रयोग गरिरहेका छौँ, त्यो भाषा कसरी असजिलो हुन्छ ? यो प्रश्न आफैसंग र यस्तो भ्रम फैलाउने व्यक्ति वा विद्वानहरूसंग प्रश्न गरिनुपर्छ | नेपालमा प्रचलित कुनै पनि रैथाने भाषाहरूसंग "गोरु बेचेको समेत साइनो" नभएका अंग्रेजी, फ्रेन्स, चाइनिज भाषाहरू सिक्न सकिन्छ भने संस्कृत सिक्ने नसकिने हुँदैन | सत्य हो कि संस्कृत भाषा अंग्रेजी वा चाइनिजझैं प्रचलित भाषा होइन तर भारतवर्षको बास्तविकता बुझ्न, आफैलाई बुझ्न संस्कृतभाषा सिक्नुपर्छ, पढ्नु पर्छ र बोल्न सक्ने हुँदा राम्रो नै हुन्छ | संस्कृतभाषा सिक्न "संस्कृत भाषा गाह्रो छ" भन्ने अन्धविश्वाससंग मुक्त हुनुपर्छ |
संस्कृत संसारको पहिलो भाषा हो जुन व्याकरणको नियमअनुसार (वैज्ञानिक विधि) सिकिन्छ, लेखिन्छ र बोलिन्छ | हो, वैदिक र लौकिक संस्कृतभाषाका बिच थोरै फरक छ तर नियमपुर्वक पाणिनी व्याकरण पढ्ने हो भने ७०% वैदिक भाषाको पनि ज्ञान हुन्छ | आधुनिक समयमा बोलिने नेपाली, हिन्दी, अवधि, भोजपुरी, मैथिलीआदि भाषाहरूको निर्माण र तिनको व्याकरण बुझ्न पनि संस्कृत जान्नेपर्छ | यस बाहेक पाणिनी व्याकरण र भाषाका नियमहरूलाई विश्वका सबैजसो भाषाशास्त्रीहरूले ज्यादै महत्व दिएर बुझ्ने प्रयत्न गरिरहेका र आ-आफ्ना भाषाहरूको लागि यसैका आधारमा व्याकरण निर्माणको प्रयत्न गरिरहेका हुँदा, संस्कृतभाषाको गौरव बुझ्न सकिन्छ |
विश्वका कमसेकम चारबटा ठुला धर्म र तिनको धार्मिक, सांस्कृतिक, सामाजिक. धार्मिक आत्मा र विकास बुझ्न संस्कृतको ज्ञान हुनेपर्छ | हिन्दू, जैन, बौद्ध तथा शिख धर्मका साहित्यहरू धेरैजसो संस्कृतमा लेखिएका छन् | हो, केही पालि भाषामा पनि छन् तर पालिभाषा बुझ्न पनि संस्कृतको ज्ञानले मदत गर्छ | अम्बेडकरका अनुयायी र केही थेरवादीहरूले संस्कृतको आवश्यकता ठानेका छैनन् तर महायानका सबै सम्प्रदाय र जैनहरूमा संस्कृत भाषाको व्यापक प्रचलन छ | पछिल्लो समयमा संस्कृत केवल हिन्दूहरूको सांस्कृतिक भाषाहरू भन्ने ब्रहम निकै बढेको छ - यो सत्य होइन | वेद, उपांग, उपवेद र छ अंग (ज्योतिषआदि, पुराणआदि, गन्धर्व, आयुर्वेदआदि) असंख्य प्राचीन ज्ञानका विषयहरू संस्कृत भाषामा लेखिएका छन् |
आजभोली आफ्नो ज्ञान विश्वका सबै ठाउँमा पुगोस् भन्ने उद्देश्यले अंग्रेजी भाषामा लेख्ने चलन भएझैं प्राचीनकालका विद्वानहरूले संस्कृतभाषालाई प्रयोग गरेर आफ्नो ज्ञान कितावमा उतार्थे | संस्कृत प्राचीन विश्वको सम्पर्कको भाषा थियो | संस्कृतका मध्यमबाट इन्डोनेसिया र नेपालीबिच ज्ञानको आदानप्रदान हुन्थ्यो | तेसैले यदि कसैले हिन्दू, बौद्ध जैन संस्कृतिको धार्मिक, सामाजिक, सांस्कृतिक तथा राजनैतिक विकासका विषयमा ठीकठीक जान्न चाहन्छ भने संस्कृत पढ्नेपर्छ | अन्य भाषा जान्नु राम्रो हो तर संस्कृतको ज्ञान हुनु त्यो भन्दा राम्रो हो |
संस्कृत शब्दको अर्थ नै परिस्कृत हो | जस्तो बोलिन्छ त्यस्तै लेखिने र लेखिएको जस्ताको तस्तै पढिने हुँदा, संस्कृतको भाषिक महत्व अन्य भाषाहरू भन्दा बढी नै छ | विश्वका कुनै पनि भाषामा एस्तो विशेषता छैन | एक पटक यस भाषामा बोलिएको र लेखिएको विषयवस्तु अशुद्ध हुने, प्रष्ट नहुने समस्या हुँदैन | हुने त मुस्लिमहरूका लागि प्राचीन अरवी (कुरान लेखिएको) भाषा हिन्दूहरूका लागि संस्कृत भाषा भएझैं महत्वपूर्ण होला तर संस्कृतका दुई धार अर्थात् वैदिक र लौकिक भाषामा यसको उत्पत्तिकालदेखि कुनै पनि परिवर्तन भएको छैन | आजभन्दा ३००० हजार वर्ष पहिले लेखिने तथा बोलिने संस्कृतभाषा र आजभोली प्रचलनमा रहेको संस्कृतभाषामा एकरत्ति फरक छैन | आजका अरवीहरूले कुरानको भाषा बुझ्दैनन् संस्कृत जान्नेहरूले प्राचीन र आधुनिक संस्कृतको समस्यामा पर्नु पर्दैन | तेसैले संस्कृत जान्नै पर्छ |
सबैभन्दा महत्वपूर्ण तत्थ्य, आज जे-जति संस्कृतभाषामा लेखिएका ग्रन्थहरू छन्, विश्वका कुनै पनि सभ्यतामा एतिधेरै विधामा यतिधेरै पुस्तकहरू सुरक्षित पाइन्नन् | पहिला मुस्लिमहरूले अनि पछि अंग्रेजहरूले वैदिक संस्कृतिको इतिहास समाप्त पार्न ठूलाठूला विश्वविद्यालयहरूमा आगो लगाइदिए र हजारौं गोरूगाडामा बोकाएर हस्तलिखित पुस्तकहरू लण्डन पुर्याए तर पनि जीवनभरी पढेर नसकिने असंख्य संस्कृत पुस्तकहरू उपलब्ध छन् | आज पनि असंख्य संस्कृतका पुस्तकहरू अप्रकाशित छन् | साथै, आजको मितिमा पनि दैनिक ६ बटा संस्कृत भाषामा लेखिएका पुस्तकहरू (नयाँ कृतिहरू) प्रकाशित भइरहेका छन्, भने योग, आयुर्वेदको अभ्यासका माध्यमबाट संस्कृत विश्वव्यापी हुँदैछ | यस अर्थमा, संस्कृतभाषा विश्वको एकमात्र प्राचीन जीवन्त भाषा हो | संस्कृत भाषा सिक्नेले एकै पटक प्राचीनभन्दा प्राचीन र नयाँभन्दा नयाँ सभ्यता, संस्कृति तथा परिवेशको प्रत्यक्ष अनुभूति गर्न सक्छ | तेसैले संस्कृत भाषा सिक्नुपर्छ |
संस्कृत भाषाको यस्तो गौरव बुझेर नेपालमा सर्वप्रथम जरोकिलो प्रतिष्ठानको नेतृत्वमा विश्व-संस्कृत दिवसको आयोजना आरम्भ भयो | हरेक वर्ष विश्व संस्कृत दिवस ऋषितर्पणीका दिन मनाउने गरिन्छ | जरोकिलो प्रतिष्ठानले आरम्भ गरेको यो उत्सवलाई विश्वभरीका अनेकौं संघसंस्था, व्यक्ति तथा समुदायले स्वामित्वमा लिएर मनाउन आरम्भ गरेका छन् | विश्व संस्कृत दिवसको आरम्भ गर्ने पहिलो देश नेपाल हो भने भविष्यमा अन्तर्राष्ट्रिय रूपमा "विश्व संस्कृत दिवस" आरम्भ गर्न/गराउन युएनलाई समेत प्रस्ताव गरिने छ |
विश्व सबैको घर हो, विश्वका सम्पूर्ण प्राणीहरू आफ्नै बन्धुसरह हुन्, कसैले पनि आफ्नो र अरूको भनेर विभेद गर्नु हुँदैन, विश्वका सबै मान्छेहरू सभ्य (आर्य) हुनुपर्छ | यसका लागि सबै मिलेर बस्नुपर्छ, भोजन गर्नुपर्छ, हरेक व्यक्तिके मनुष्यजातिको मात्र होइन विश्वकै कल्याणको कामना गर्नुपर्छ जस्ता उदार चिन्तन राख्ने भाषा "संस्कृत" सधैं जीवन्त रहनु पर्छ, यसका लागि कमसेकम हामी नेपालीले स्वामित्व ग्रहण गरेर सिक्ने, सिकाउने वातावारण तयार गर्नुपर्छ | संस्कृत हाम्रो परिचय, सभ्यता र आदर्श भएकोले यसको गौरव वृद्धि हुँदा नेपाली तथा भारतीयहरूको गौरव हुन्छ | तेसैले आसन्न विश्व संस्कृत दिवस मनाउन स्वस्फुर्त रूपमा जुटौँ |
जयतु संस्कृतम् |

म डराउन्न !!

 म डराउन्न !!

केही दिन एता डलर-चलित नेता र कार्यक्रताहरूले म्यासेज गरेर, फोन गरेर मलाई धम्की दिंदै छन्, उपदेश दिंदै छन् | सामाजिक संजालमा कोलाहल गर्न थालेका छन्, मानौं मैले ब्राह्मणको कुरा उठान गरेर अपराध गरें ! | म भयभित पनि हुन्न. विचलित पनि हुन्न | म ऋषिकुलको उत्तराधिकारी हुँ, वैदिक संस्कृतिका गौरवको निरन्तरता हुँ | म अमृतको सन्तान हुँ, हो म ब्राह्मण हुँ, विनम्र, सहृदयी, प्रेमी ब्राह्मण हुँ | तिमीले मेरो भौतिक शरीरलाई नष्किट गर्नन सक्भछौं, मलाई थुन्नेन सक्छौं तर मेरा विचारहरू अजेय छन् | यही नै मेरो अनादि परिचय हो, यही मेरो गौरव हो | तिमीले धम्की दिंदैमा मेरो विचार वदलिन्न |
ब्रह्मको उपासक, विद्याको ज्ञाता र समदर्शी ब्राह्मण कालसंग पनि भयभित हुँदैन (आनन्दं ब्रह्मणो विद्वान् न बिभेति कुतश्चन) तिम्रो धम्कीले म तर्सिएको छैन | जवजव मैले (ब्राह्मण)को सत्यको कुरा गर्न थाल्छु, हीनताबोधको भारीले थिचिएका, घृणावादको विषके भरिकाहरू बौलाहा हुन्छन् | तिनका अन्नदाताहरूले ब्राह्मणको सत्यलाई विषयान्तर गर्न थाल्छन् | तर म डराउने छैन किनभने मभित्रको ब्राह्मणले कसैसंग घृणा गर्ने सक्दैन | पण्डित, चण्डाल, गाईमा समानता राख्छ |
तिम्रो आयातित प्रगतिशीलता तिमीसंग राख | तिम्रो समाजवाद र आधुनिकता तिमीसंगै राख | म मेरो इतिहाससंग प्रेम गर्छु, म मेरा पूर्वज ऋषि संस्कृतिप्रति गौरव गर्छु | म ती सबै मेरा पूर्वज ब्राह्मणहरूप्रति गौरव गर्छु, जसले स्वराज, वैराज्यआदिको परिचय निर्मित गरेर वैदिक संस्कृतिको निर्माण गरे | तिमी त्यस्ता सन्तान हौँ जसले जन्मसंगै कित्रिम परिचय प्राप्त गरेका छन् र आफ्नो जगबाट अलग्गिएका छन् | तिमीजतिधेरै तोड्ने प्रयत्न गर्ने छौँ त्यो भन्दा हजार गुणा मैले जोड्ने प्रयत्न गर्ने छु | विश्वास गर, जुन दिन तिमीले मेरो चिन्तन अवलम्बन गर्ने छौँ त्यही पलदेखि तिमीभित्र पनि ब्राह्मणको जन्म हुने छ |
तिमीहरू जति धेरै भुक्ने छौँ, तिमीप्रति मेरो करूणा त्यतिनै बढ्ने छ | मलाई थाहा छ तिमीहरू संचालित छौँ, आफु,आफ्नो संस्कृति तथा क्षमतासंग हीनताबोध गर्ने मानसिक रोगले ग्रस्त छौँ | विश्वभरीका सबै जातिमा मजस्ता असंख्य ब्राह्मणहरू छन् | मेरो ब्राह्मणत्व मेरो नाकमा, मेरो जनैमा मेरो थरमा देख्नेहरू हो ! सावधान हौँ , मैले बोकेको ब्राह्मणको परिचय मनुष्यमात्रको साझा हो | वेद पढ्ने-वेद पढाउने, (वेद शब्दको एउटा शाब्दिक अर्थ ज्ञान पनि हो) यज्ञ गर्ने यज्ञ गराउने (यज्ञ शब्दको एउटा अर्थ निष्काम र कल्याणकारी कर्म गर्नु पनि हो) दान दिने र दान लिने हरेक समदर्शी, घृणारहित, तपोधन व्यक्तिले ब्राह्मणत्व आर्जित गर्नसक्छ |
फेरी पनि भन्छु, मेरो परिचय नाकका अधारमा, वर्णका आधारमा, भूगोलका आधारमा निर्मित भएको होइन, मेरो परिचय त्याग, तपस्या, ज्ञान, स्वाभिमान तथा विश्वलाई आफ्नो परिवार, विश्वलाई मानवमात्रको गूंड र विद्याजीवि भएर प्राप्त भएको हो | तिमी जेतिधेरै मेरो परिचयप्रति घृणा गर्ने छौँ, त्यतिनै मेरो/हाम्रो परिचय मुखरित हुनेछ | जतिधेरै तिमीले मेरो परिचयको विरोध गर्ने छौँ त्यतिनै तिम्रो परिचय गुम्ने छ | विश्वास गर : तिम्रो र मेरो परिचय एकआपसमा गाँसिएको छ |
तिम्रो भलोहोस्, तिमीभित्रको घृणावादको मृत्यु होस् |
स्वस्तिअस्तु

घृणावाद र घृणावादीको मृत्यु

घृणावाद र घृणावादीको मृत्यु
यो देशमा केही दलित नेताहरूले, केही आदिवासी जनजाति भनाउँदाका (यो परिभाषा नै गलत छ) नेताहरूले केही थेरवादी नेताहरूले जतातै बाहुनक्षेत्रीलाई गालीगलौज गर्न मिल्ने तर कुनै ब्राह्मणक्षेत्रीले सोही शैलीमा प्रतिक्रिया दियो भने धर्मनिरपेक्षताको विरोध, जातिवादी चिन्तन, कानुनी अपराध भन्दै मुद्दा चलाइने किन ? के गालीगलौजको जात हुन्छ ? यदि माओवादी आन्दोलन र त्यसपछि विकसित घृणावादका विभिन्न स्वरूपलाई हेर्ने हो भने यिनले ब्राहमणक्षेत्री समुदायलाई नेपालको नागरिकताबाट बन्चित गरेर भारततिर पठाउने बाचा गर्छ | ब्राह्मणक्षेत्री विरुद्धको यो घृणावादले "ब्राह्मणवाद" शब्द कथेको छ जसले ब्राह्मण, क्षत्री र वैश्य समुदायबाट दलितहरूलाई अलग गरेर "इसाई" बनाउने र इसाई बनेका बाहुनक्षेत्रीलाई प्रयोग गरेर वैदिक, जैन, बौद्ध तथा किराती संस्कृतिलाई नष्ट गर्ने लक्ष लिएको छ |
दलित व्यक्ति वा संस्थाका नाममा, आदिवासीका नाममा, मूलवासीका नाममा, जनजातिका नाममा, इसाई धर्मको विस्तार गर्ने नाममा, मुस्लिम धर्म विस्तार गर्ने नाममा, मङ्गोलको नाममा, मधेशवादका नाममा, थेरवादी चिन्तन फैलाउने नाममा र समाजवादी व्यबस्थाको विस्तार गर्ने "प्रगतिशील" संस्कृतिको नाममा नेपालको रैथाने ब्राहमणक्षेत्री र तिनको संस्कृति, धर्म, परम्परा, रितिरिवाज तथा पढ्नेलेख्ने स्वभावउपर जातिसूचक, धर्मसूचक तथा लवाइखवाइ सूचक घृणावादी शब्दहरू प्रयोग गरेर गालीगलौज गर्ने क्रियाकलाप संस्थागत हुँदैछ | यसको थालनी "बर्ग सङ्घर्ष"को सिद्धान्त बोकेर जातिवादमा टुंगिएको "माओवादी"हरूले गरेका हुन् | तर जतिधेरै विभेद, गालीगलौज र घृणाले पोल्दा पनि अहिलेसम्म "शरणर्थी-समुदाय" शान्त छ | यो शान्ति अनन्तकालसम्म रहनेवाला छैन | सत्य के हो भने "घृणा" सुन्दासुन्दा सबैको चिन्त दु:खेको छ | दुखाई सहनै नसक्ने भएपछि वाहिर निस्कन्छ नै |
विगतको नेपाली समाज समतामूलक थिएन, समाजमा धेरै समस्या थिए | आज तथाकथित लोकतान्त्रिक सरकारहरू निर्मित हुने र फालिने क्रम चलेको लगभग ४० वर्ष बितिसके | सन् १९९१ पछि नेपाली समाजमा माओवादी आन्दोलनका माध्यमबाट "घृणावाद"ले प्रवेश गर्यो | त्यो घृणावाद जातीय, भूगोल, भाषा तथा नाकमा आधारित थियो | देशमा समतामूलक संबिधान र ठ्याकै विदेशीहरूले चाहेजस्तो "समाजवादी"सरकार बने पनि "घृणावाद" कुनै कमि आएन | आज गरिवी, सामन्तवाद, अशिक्षा, छुवाछुत र समताको क्रान्ति "ब्राहमणक्षेत्री विरुद्ध" घृणावादमा रुपान्तरित भएको छ |
समतामूलक समाजको निर्माण गर्न हिंडेका प्रगतिशील राजनैतिक नेतृत्व र त्यसलाई संचालन गर्ने विदेशी शक्तिहरू एकै ठाउँमा उभिएर "ब्राह्मणक्षेत्री"हरुलाई गालीगलौज गर्नुनै समतामूलक नेपालको निर्माण हो" भन्ने भाष्यमा पुगेका छन् | यसको बलियो प्रमाण "धर्मनिरपेक्षता"का सवालमा सर्वसाधारणसंग रायबुझ्न मागिएको सुझाव आजका मितिसम्म लुकाएर राख्नु र सामाजिक संजालमा ब्राह्मणक्षेत्री विरुद्ध जातीय गालीगलौज र घृणफैलाउने व्यक्ति र तिनले प्रस्तुत गर्ने सामाग्रीहरू वेवास्ता गर्नु हो |
यदि नेतृत्वले देशको ८०% जनसंख्याको प्रतिनिधित्व गर्ने ब्राहमणक्षेत्री समुदायलाई अपमान गर्ने गालीगलौज गर्ने र घृणा गर्ने विचारहरूलाई महत्व दिंदै गयो देश र समाज असजिलोमा पर्ने निश्चित छ | धैर्यमा धेरै प्रहार गर्नुहुँदैन | धैर्यलाई गालीगलौज र घृणावादमा धकेल्नु हुँदैन | तर यो सत्य कसले बुझ्ने - सरकार प्रमुखहरू आफै यही समुदायको खेदो खनेर विदेशीको प्रिय हुने प्रयत्न गरिरहेका हुन्छन् |
के केही दलितनेता, केही केही आदिवासी जनजातिका स्वयंभू नेताहरू, केही थेरवादीहरू र केही मुस्लिम-इसाई नेताहरूलाई संबिधानमा "ब्राह्मण क्षेत्री तथा हिन्दूहरूलाई जथाभावी गालीगलौज गर्न व्यबस्था गरिएको छ ? जतिनै गहिरो पानीको दह भए पनि ढूंगा फालेपछि प्रतिक्रिया आउँछ | यदि यो देशमा जातीय दङ्गा हुन्छ, धार्मिक लडाई हुन्छ भने गालीगलौज गर्नेहरूलाई संरक्षण दिने सरकारी संयन्त्र र जातीय रक्तपातको तयारी गरिरहेका "गालीगलौज र घृणावादी"हरूका कारण हुन्छ |
जातीयआधारमा गालीगलौज गर्नेहरूलाई संरक्षण गर्छ भने देशको ८१% प्रतिशत हातमा दही जमाएर बस्नेवाला छैन | धैर्यको सीमा वाहिर जोसुकै व्यक्ति असुक्षित नै हुन्छ |
हिन्दू समुदायका विरुद्ध, उनीहरूको पहिचान विरुद्ध, संस्कृति तथा रितिरिवाज रिवाज विरुद्ध उपरोक्त घृणावादीहरूले दिएका असंख्य अपराधी प्रतिक्रियाहरू युट्यूव, फेसबुकजस्ता सामाजिक संजालहरूमा बग्रेल्ती उपलब्ध छन् | यी विखण्डनवादीहरूले ब्राह्मणक्षेत्री विरुद्ध विष बमन गर्दै जातीय सूचक शब्दहरू प्रयोग गरेर गालीगलौज गरेका थुप्रै सामग्री छन् | पुस्तकनै छपाएर ब्राह्मणक्षेत्रीहरू विरुद्ध अपमान जनक सामग्रीहरू बजारमा उपलब्ध छन् | -सायद धर्मनिरपेक्षताको आँखाले "यी गालीगलौज र जातीय घृणावाद" पहिचानको लडाई नै हो |
यसरी लेखिरह्न्दा एउटा जिम्मेदार नागरिकको हैसियतमा एउटा पनि ब्राह्मण-क्षेत्रीले दलित, रैथाने समुदाय वा अन्यलाई "जातिसूचक" शब्दहरू प्रयोग गरेर गालीगलौज वा घृणावाद फैलाएको एउटा सामग्री देखाउन चुनौती दिन्छु | म भगवानसंग प्रार्थना गर्छु तथाकथित घृणावादी नेताहरूको गालीगलौजले सीमा नाघेर असजिलो नपरोस् | त्यो दिन घृणावादी र घृणावादलाई नै मानवाधिकार, पहिचान वा धर्मनिरपेक्षताका नाममा वास्ता नगर्ने सरकार पनि सुरक्षित रहने छैन | कृष्णले शिशुपालका १०८ गालीगलौज सहेर बसेका थिए तर १०९ औं गालीगलौजले कृष्णको चक्र चल्यो |
यो देशको हरेक नागरिक "नेपाली" हो | हामी सबै नेपाली नै हौँ | धर्म, जातपात, भाषा. लिंग र भूगोलका आधारमा हुने सबै प्रकारका भेदभावहरुको उन्मुलन अहिलेको संबिधानले गरेको छ | यो संबिधानले मुसाई वा अन्य रैथाने भनाउंदाहरूलाई पनि कुनै जातजाति, भाषा, संस्कृति, भूगोल वा लिंगका आधारमा घृणा गर्ने, घृणावाद फैलाउने र जातिसूचक शब्द प्रयोग गरेर गालीगलौज गर्ने, शरणार्थी भन्ने अधिकार दिएको छैन | आफ्नो लागि जिउने प्रयत्न गर्नुपर्छ, विदेशीको दलाली गरेर नेपाल बन्दैन |
कुरा अलि कडा हो तर सामाजिक संजाल वा कितावमा ब्राह्मणक्षेत्री विरुद्ध (घृणावादीका शब्दमा आर्यशरणार्थी) गालीगलौज विढ़द देशको सरकार, पुलिस तथा न्यायालयहरूले संज्ञानमा लिएर सम्पूर्ण घृणावादीहरुलाई न्यायिक प्रक्रियाअनुसार दण्डित गर्ने व्यबस्था गर्नुपर्छ | यो देशमा एउटा नागरिकले अर्को नागरिकलाई "जतिसूचक घृणावाद" फैलाउने कुनै व्यबस्था छैन |
यी विचारहरू धम्की होइनन् | नेपाली समाजलाई दूषित गराउने घृणावाद विरुद्धको खवरदारी हुन् | "शरणार्थी" भन्दै सामाजिक संजाल तथा पुस्तकका माध्यमबाट ब्राह्मणक्षेत्री समुदायउपर गरिने गालीगलौज र घृणावाद विरुद्ध सरकार, सामाजिक संघसंस्था तथा जिम्मेदार निकायहरूसंग "बिग्रन नदिने व्यबस्था गर्न" सविनय अनुरोध हो | सरकार र सम्बधित निकायहरूलाई संबैधानिक दायित्वपूर्ण गर्न अनुरोध हो | यो देशको कुनै पनि नागरिक वा समुदाय घृणावादको सिकार बन्नुहुँदैन भन्ने आवाहन हो |
घृणावाद र गालीगलौज गर्दै छिमेकीलाई होच्याउनेहरू होसियार ! यदि देशमा अप्रिय घटनाको आरम्भ भयो भने घर, परिवार दूवैतिरको बिग्रिने छ | तिम्रो घृणावादले सबैभन्दा पहिले तिमीलाई नै जलाउने छ |
हामी सबैको भलो होस् |

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...