Tuesday, September 19, 2023

मन्दिर अगाडीको नयाँ चर्च !

 मन्दिर अगाडीको नयाँ चर्च !

धरानको एउटा प्राचीन मन्दिरका अगाडी चर्च खडा गर्ने तत्थ्य मणिपुरमा कुकी इसाईहरूले १२ बटा मन्दिरहरू जलाएको र मैती हिन्दू विरुद्ध सङ्घर्ष गर्दै शरणार्थी बनाइरहेको अवस्थामा आएको छ | मणिपुरको ५५% जनसंख्या कुकी इसाई र ४१ % जनसंख्या मैती हिन्दू तथा बाँकि जनसंख्या मुस्लिम तथा बौद्धहरूको छ | आज विश्वभरीनै मणिपुरको केवल ४१% जनसंख्या रहेको मैती हिन्दूहरूलाई "अपराधी, बलात्कारी, अन्यायी र अतिवादी"का रूपमा भारतीय तथा विदेशी मिडियाहरूले प्रस्तुत गर्दैछन् | तर कसैले पनि केवल ४१% जनसंख्याले ५५% जनसंख्याउपर कसरी अत्याचार गर्न सक्छ भन्ने विषयको उठान गर्न चाहन्न | सत्य के हो भने मणिपुरको शासकीय सत्ता कुकी इसाईहरूको हातमा छ काल तेहाका मुख्यमन्त्री मात्रै हिन्दू-समुदायका छन् | यसै बिच धरानका मेयरले "म जनजातिको छोरा" भन्दै हिन्दूहरू विरुद्ध तेहाका आदिवादीहरूलाई भड्काउन खोज्नु अस्वाभाविक होइन | एउटा विनम्र प्रोस्टेस्टेन्ट इसाईको रूपमा (मिडियामा लेखिएको कुरा) मेयरको एस्तो भनाईको तार मणिपुरदेखि अमेरिकासम्म जोडिनुपर्छ | तर यो सत्य नहोस् |
सन् १९४८ मा मणिपुर भारतीय राज्यमा सामेल हुँदा तेहा ९०% जनसंख्या हिन्दू थिए र आज यिनै हिन्दूको जनसंख्या ४१% मा समेटिएको छ | तत्कालीन नेहरुको सरकारले तेहाका कुकी (इसाईहरूलाई) सरकारी सेवामा आरक्षण दियो | अहिले मणिपुरमा हिन्दूहरूले इसाईको जग्गाजमिन किन्न सक्दैनन् तर इसाईहरूले हिन्दूहरूको जग्गाजमिन किन्न सक्छन् | आफु अल्पसंख्यक भएपछि मैती समुदायले कोर्टमा गए, कोर्टले मैतीलाई अल्पसंख्यकका सूचिकृत गर्ने आदेश दियो | यो कुरा इसाई बहुल कुकी र नागाहरूलाई मन परेन | अहिले तेहाका आदिवासी मैती हिन्दूहरूलाई इसाई कुकीहरूले हत्या गरिरहेका छन् र मणिपुरबाट वाहिर गर्न खोजिरहेका छन् | मैती हिन्दूहरूले कहिले मैती मुस्लिम र इसाई कुकी नागासंग सधैं अस्तित्व रक्षाका लागि सङ्घर्ष गर्न परिरहेको छ | नेपालको लागि दुर्भाग्यको कुरा हो कि धर्मपरिवर्तन गरेर इसाई बनेका समुदाय;ए धरानको मन्दिर अगाडी चर्च खडा गरेर कुकीवादको अभ्यास गर्ने प्रयत्न गरिरहेका छन् | स्मरण रहोस्, नेपालको धरानमा सबैभन्दा इसाईहरू निवास गर्छन् | https://panchjanya.com/.../hindu-vs-christian-conflict.../ भारतको सबैभन्दा ठूलो बिडम्वना हो कि तेहा मुस्लिम अतिवादको कुरा गरिन्छ तर इसाइ अतिवादको चर्चा निकै कम हुन्छ |
इसाई पन्थको सत्य के हो भने यो जहाँजहाँ पुग्यो त्यहाँका स्थानीय संस्कृतिमात्र होइन सभ्यता पनि नष्ट गर्यो | हालको युएसएको इतिहास पढ्ने हो भने थाहा हुन्छ कि बाइबलको विस्तारका लागि १० लाख अमेरिकी आदिवासीको हत्या गरिएको थियो भने ब्राजिलमा स्पेनिसहरूले बाइबलको सत्ता स्थापित गर्न पुरुषहरूको संहार गरेर त्यहाँका महिलाहरूलाई वर्णसंकर जन्माउन बाध्य परेका थिए | आज अधिकांश अमेरिकी महाद्वीपको जनसंख्या वर्णशङ्कर छ किनभने बाइबलधारीहरूले पुरुषजातिको महासंहार गरेका थिए | यही तत्थ्य भारतीय गोवामा पोर्चुगालीहरूले गरेका थिए | आजको मितिमा पनि धार्मिक स्वतन्त्रता र मानवाधिकारकारका नाममा अमेरिकन, युरोपेली तथा यहाँका मानस-सन्तानहरूले आफ्नो बर्चश्व स्थापित गर्न बाइबलकै सहारा लिन्छन् |
इसाईहरू सधैं राजनैतिक शक्तिका संवेदनशील हतियार र मतियार भएर काम गरेको तत्थ्य इतिहासको कालो सत्य हो | परिस्थिति परिवर्तन हुँदा पनि शक्ति राष्ट्रहरूले आफ्नो बर्चश्व कायम गर्न इसाईहरूको प्रयोग गर्न छोडेका छैनन् | आज पनि सम्पूर्ण इसाई समुदाय आफ्नो देश, संस्कृति तथा भाषाका दृष्टिकोणले युरोपेली प्रतिमानको "दास" छ | हो, सबै नेपाली इसाईहरू यस्ता नहोलान् तर नेतृत्वमा रहेकाहरूको मानसिक वृत्तिमा अर्को समूहप्रति घृणा र नेपालको मौलिक संस्कृतिलाई समाप्त पर्ने हूटहूटी जस्ताको तस्तै छ | पास्टरहरूले धार्मिक र सांस्कृतिक विध्वंस मचाउन निहु खोज्ने र विपक्षले प्रतिक्रिया दियो भने आफ्ना अमेरिकी/युरोपेली अन्नदाताहरूलाई मानवाधिकारको राजनैतिक हतियार चलाउन उक्साउने यिनको नियति नै हो |
नेपालमा कट्टरपन्थी प्रोस्टेस्टेन्ट समुदायको बाक्लो उपस्थिति छ | कोरिया, अमेरिका, जर्मन अस्ट्रेलियाआदि देशबाट संचालित मिसनरीहरूले अन्य इसाई समुदायका तुलनामा सहज मानिएको क्याथोलिकहरूको समेत खेदो खन्छ | प्रोस्टेस्टेन्ट समुदाय इसाईहरूको सबैभन्दा कट्टरपन्थी र अर्को संस्कृतिको त कुरा नै नगरौं आफुजस्तै अर्को प्रोस्टेस्टेन्टले थालनी गरेको चर्चको अस्तित्वसम्म स्वीकार गर्दैन | नेपाली समाजमा यस्ता कट्टरपन्थी समुदायले धर्मपरिवर्तन गराइरहेको छ | मन्दिरहरू दूषित गर्ने, देवीदेवतालाई शैतान भन्ने, दशैँतिहार बहिस्कार गर्ने र घृणावादी समूहलाई आर्थिक सहयोग गरेर एकआपसका रैथाने चाडवाड र रितिरिवाजहरूको वहिष्कार गर्न लगाउने यही समुह हो | यदि माओवादीहरूले तीज वहिष्कार होस् वा संस्कृतको पुस्तकालय जलाउने काम होस् वा संस्कृतका शिक्षकहरूको हत्या नै किन नहोस् यिनै कट्टरपन्थी प्रोस्टेस्टेन्ट इसाईको आदेश पालन गरेका होलान् भन्ने अनुमान गर्न अनुचित हुँदैन |
सबै इसाई खराव हुन्छन् भन्नु अनुचित हो तर बाइबल/कुरानमा विश्वास गर्नेहरूले बहुधर्म, बहुसंस्कृति तथा बहुलताको सम्मान गर्नेछन् भने सोच्नु नै भ्रम हो किनभने कुनै पनि मुसाई सम्प्रदायले बहुलविश्वको कल्पना गरेको नै छैन | तेसैले बहुल विश्वको कल्पना गर्ने र त्यसलाई व्याबहारिक रूपमा उपयोग गर्ने हिन्दू, जैन, बौद्ध वा किराती समुदायहरूको तिनले सधैं खेदो खनिरहेका हुन्छन् | यदि कसैलाई यो भनाईमा विश्वास छैन भने शनिवारको चर्चमा प्रार्थना गर्न पुगे हुन्छ तर इसाईझैं बनेर पुग्नु होला नत्र छेपारोले रङ्ग परिवर्तन गरेझैं झोक्किनु होला | नेपालका हकमा, प्रोस्टेस्टेन्टका नेताहरूले आफ्ना विनम्रअनुयायीहरूलाई रङ्ग वदल्ने शिक्षामा दक्ष बनाएका हुन्छन् | यी प्रोस्टेस्टेन्टले अर्काको धर्म, संस्कृति तथा परम्परालाई जथाभावी बोले हुन्छ, गरे हुन्छ तर यिनका विपक्षमा कोही बोल्यो भने तुरुन्त अमेरिकी/युरोपेलीको मानवाधिकारको डण्डा लिएर सरकार मार्फत प्रयोग गर्छन् |
नेपाली समाजमा हिन्दू विरुद्ध फैलिएको घृणावादी चिन्तनका सूत्राधारहरू यिनै प्रोस्टेस्टेन्ट हुन् भन्ने तत्थ्यमा झुक्किनु पर्दैन | यदि कुनै लिम्बु, राई, मगर, तामांग वा अन्य जनजातिका व्यक्तिले हिन्दूको आलोचना गर्छ भने सम्बन्धित व्यक्ति आदिवासीजस्तो देखिए पनि मुख, चिन्तन तथा शब्दको स्रोतचाहिं (घृणावादको) यही प्रोस्टेस्टेन्ट समुदायका अगुवाहरू हुन्छन् | एक पटक तत्कालीन बृटिश राजदुतको कुरा र युरोपेली/अमेरिकीहरूले विज्ञप्ति निकालेका तत्थ्यहरू सम्झिउ | साथै, भारतीय जनता पार्टीको (हिन्दूवादी) सरकारले यिनै इसाई समुदायका पक्षमा बोलेको पनि विर्सनु हुँदैन | इसाईहरू सधैं राज्यशक्तिका मतियार बनेर समाजका विभिन्न वर्गमा एकआपसमा घृणावाद फैलाएर बाइबलका माध्यम राज्यशक्ति कब्जा गर्ने र देशमा, समाजमा अस्थिरता फैलाउंदा फाइदा लिने शक्तिराष्ट्रलाई सघाउने यिनको प्रमुख एजेण्डा नै हो | सम्भवत: पूर्वबाट उदाएको मङ्गोल ओर्गनाईजेसन, आदिवासीजनजातिहरूको हिन्दू विरोधी समूह र सत्तामा रहेका घृणावादी सोच भएका राजनैतिक नेतृत्वको गठजोडको "घृणावाद" बलियो हुँदैछ |
हर्क साम्पांगका विषयमा कुनै पनि टिप्पणी नगरौं भनेर औला "थिचेर" वसेको थिएँ | उनी इसाई त्यो पनि कट्टरपन्थी प्रोस्टेस्टेन्ट भएको प्रमाणित भैसकेको कुरा असत्य होस् | हर्कले चर्च र मन्दिरको विवादलाई "जातीय" विवादमा रुपान्तरित गर्ने अपराध गरेका छन् | राईलिम्बु, थारू. मगर, गुरुंग वा अन्य जनजातिको सदस्य हुँदैमा कसैलाई "जातीय" सद्भाव बिथोल्ने छूट हुँदैन | जुन संबिधानले धर्मनिरपेक्षताको ग्यारेन्टी गरेकोको छ त्यही संबिधानले जातीय आधारमा गालीगलौज गर्नेलाई कठोर सजायको व्यबस्था पनि गरेको छ | एउटा सर्वसाधारण व्यक्तिलाई त संबिधानले जातीय आधारमा भेदभाव गरेर बोल्ने छूट दिंदैन भने हर्क-साम्पांग त जननिर्वाचित सरकार प्रमुख हुन्, एउटा सरकार प्रमुखबाट मधेसी, पहाडी, महिला विरुद्ध नकारात्मक तवरले बोल्नु अपराध नै हो |
धर्मका सवालमा हरेक मान्छे स्वतन्त्र छ | यदि हर्क इसाई हुन् भने पनि उनको व्यक्तिगत स्वतन्त्रताको कुरा हो | नेपालको संबिधानले जुनसुकै जाति, धर्म, भूगोल र भाषाका नेपाली नागरिकलाई एउटा नागरिकका रूपमा देशको सर्वोच्च पदमा पुग्नबाट बन्चित गरेको छैन | कुनै व्यक्ति फलानो धर्म मान्ने हुँदैमा छेक्न मिल्दैन | हर्क सम्पांगको विषयमा टिप्पणी गर्ने श्रीनिवास एउटा साधारण नेपाली नागरिक हुन्, उनी मेयर, वडाप्रमुख वा कुनै सार्वजनिक पदधारण गरको व्यक्ति होइन | एउटा जननिर्वाचित प्रतिनिधिका सवालमा आफ्ना निजी विचार राख्ने हक उनीलाई छ | उनी हिन्दू हुन् र हिन्दूका पक्षमा विचार राखे | यसैगरी विचार राख्ने अधिकार इसाई वा अन्य समुदायलाई पनि छ | तर एउटा जनप्रतिनिधिका रूपमा व्यक्ति विशेषको भनाइका कारण सम्पूर्ण हिन्दू, मधेशी, पहाडी समुदायलाई जातीय सूचक शब्द प्रयोग गर्ने साम्पांग ठीक छैनन् | उनका यी भनाईहरूले उनको गरिमा घटेको छ |
स्थानीय सरकार प्रमुख समेत रहेका हर्कजीले धरानका लागि धेरै राम्रो काम गरेका छन् | यी सबै कामको प्रधानमन्त्रीले समेत "कम्युनिस्टले गर्ने काम तपाईंले गर्नुभएको छ" भनेर प्रसंशा गरेका थिए | धरानको गोपाल मन्दिर स्थानीय र प्राचीन हो | मन्दिरकै अगाडी चर्च बनाउनु पर्ने केही थिएन | त्यो अर्को ठाउँमा पनि बन्न सक्थ्यो | प्रतिनिधिहरूको कुरा सुनेर गम्भीरतापूर्वक समाधानको बाटोको प्रयत्न गर्नु पर्थ्यो | मेयरले हिन्दूहरूलाई गालीगलौज मात्र गरेनन्, जातीय तथा धार्मिक शब्दनै प्रयोग गरेर अपशब्द लेखे | आदिवासी भएको धम्की दिए | सत्कर्मको प्रसंशा गर्नु पर्छ तर जसरी उनले हिन्दूहरू विरुद्ध अपशब्दको प्रयोग गरेका छन्, यसले उनीभित्रको एकेश्वरवादी (इसाई) घृणावादी व्यक्ति भएको र बहुलतालाई स्वीकार गर्न नसक्ने "शैतान" भएको सिद्ध हुन्छ | आशा गरौँ, मेयरले आफुलाई सत्कर्मको बाटो हिंडाउने छन् र आफुले लेखेका र बोलेका कुराहरूप्रति पश्चाताप गर्ने छन् |
अन्त्यमा, सन् १९६२ मा एउटा सानो इसाईको समुह अल्मोराको काली गाउँमा पुग्यो | तेहा एउटा सानो जग्गा किन्यो | जग्गाका अगाडी ७ सयवर्ष पुरानो भद्रादेवीको मन्दिर थियो | जग्गा किनेर चर्च बनाउन लाग्दा स्थानीयले विरोध गरे तर तेहाका गाउँ प्रमुखले वास्ता गरेनन् | चर्च बन्यो | चर्चमा मान्छेको घुइचो लाग्न थाल्यो | देवी मन्दिरको उपस्थितिले इसाईहरूलाई निकै कष्ट भयो | चर्च बनेको ११ वर्षपछि देवी मन्दिरमा रहस्यमय तवरले आगलागी भयो | मन्दिर जलेर खरानी बन्यो | स्थानीयले चर्च विरुद्ध उजुरी दिए तर कंग्रेसको तर्फबाट जितेका मेयरले तेसको वास्ता गरेनन् | स्थानीयवासीले आफै चन्दा उठाएर मन्दिर बनाउन खोज्दा "धार्मिक सद्भाव कायम राख्न" स्थानीय प्रशासनले अनुमति दिएन | ७०० वर्ष पुरानो भद्रादेवीको मन्दिर चर्चले निल्यो र निल्नमा स्थानीय निकायले सहयोग गर्यो |
स्वस्तिअस्तु

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...