Wednesday, December 28, 2016

अंग्रेजी नयावर्षको आरम्भ श्रीगणेशको (Janus) सम्मानमा !

अंग्रेजी नयावर्षको आरम्भ श्रीगणेशको (Janus) सम्मानमा !
डा. गोविन्दशरण उपाध्याय  
तीन दिनपछि इसाईहरूको नयावर्षका २०१७ आरम्भ हुँदै छ | बोलीचालीका भाषामा अग्रेजी नयावर्ष पनि भनिन्छ | अचम्मको कुरा त के छ भने अंग्रेजहरू बस्ने इंग्ल्यान्ड जिसस जन्मेको इजरायल भन्दा करिव ८ हजार किलोमिटर टाढा रहेको छ | जिससको जन्मका आधारमा मनाइने ईस्वीको सम्वत् कसरी अंग्रेजहरूको नयावर्ष बन्यो ? उनीहरूसंग सोध्नु उचित होला |

असलमा, अन्जिलिकन र लुथरन चर्चले जनवरीको पहिलो दिन जिससको नामकरण तथा सुन्नत (लिंगलाई छोप्ने छाला काटिएको) गरिएको मान्छन् | जिसस जनवरी १ का दिन इसाई बनेका थिए भन्ने विश्वाससंग यो जोडिएको छ भने धेरैले जनवरी एक दिन जिसस जन्मेका वा वपस्तिमा लिएका थिए भन्ने आधारमा नया वर्षको उत्सव मनाउँछन् | तर जनवरी एकको दिन किन नयावर्ष मनाउने गरिएको हो ? भन्ने ठ्याक्कै प्रमाण कसैसंग छैन |

यदि इसाईपूर्वको इतिहास हेर्ने हो भने आरम्भका देवताका रुपमा सम्मान गरिने “जिनस”को जन्मका आधारमा जनवरीको नाम परेको र किनभने यी हिन्दूहरूका गणेशझैं सर्वप्रथम पूजिने देवता हुन्, त्यसैले यिनकै नामका आधारमा जनवरीलाई नै प्रथम महिना मानिएको देखिन्छ | यस अर्थमा, जिनसबाट आरम्भ भएको महिना श्रीगणेशको अग्रपूजनसंग बढी मिल्दो देखिन्छ |

जनवरी एकलाई पहिलोपटक नयावर्षको रूपमा ई.पूर्व १५३मा मनाएको इतिहास रहेको देखिन्छ | यसको अर्थ हो, यसको जिससको जन्मसंग कुनैप्रकारको सम्वन्ध नै छैन | प्राचीन रोमका राजा नुमा पोम्पलिस (BC 753-673) ले आरम्भका देवता जनुशको (Janus) नाममा प्रथम उत्सव गर्ने नियम बसालेका थिए तर यसलाई नयावर्षको रूपमा रोमन जनतालाई करिव छसय वर्ष लागेको देखिन्छ र जनवरी एकलाई पहिलोपटक नयावर्षको रूपमा ई.पूर्व १५३मा मनाएको इतिहास रहेको छ |

इसाईपन्थको इतिहास हेर्दा यिनले कहिले १५ मार्च, कहिले २५ दिसम्वर, कहिले २५ मार्चमा नया वर्ष मनाउने गरेको देखिन्छ | यी सबै दिनहरू जिससको जन्म, नाम संस्कार तथा इसाई बनेको सस्मरणमा आरम्भ भएका हुन् | जनवरीको पहिलो दिनलाई जिससको जन्मसंग जोडेर उर्दी गर्ने काम भने लुथरन चर्चका पोप गोर्गेरीले सन् १७५२ मा मात्र गरेको देखिन्छ |

सन् १९४६ अमेरिकाले अणुवम खसालेर जापानलाई पराजित गरेपछि जापानले अमेरिकाको प्रभुत्व स्वीकार्नु पर्यो र त्यसपछि जापानको आफ्नो रैथाने नयावर्ष विस्थापित भई आधिकारिकरूपमा जनवरी एकलाई नै नयावर्षका रूपमा मनाउन थालियो | त्यसभन्दा पहिला त्यहाँ चीन र जापानको एकै नयावर्ष हुन्थ्यो र यो पुस १७ तिरमा वर्षको आरम्भ मानिन्थ्यो | चाइनिजहरूले पनि गिझेंन देउताको (गणेश ?) कै आराधना गरेर नयावर्ष मान्ने गर्छन् | भियतनाममा पनि आफ्नै क्यालेन्डर रहेको छ |

थाईल्याण्ड तथा कम्बोडियाको पनि आफ्नै नयावर्ष छ जुन मार्च १४-१५ का दिन मनाउने गरिन्छ | यी नयावर्षको सम्वन्ध प्रकृतिसंग छ | भारतवर्षमा भने प्रमुख सम्वंतका रूपमा राजा विक्रमादित्यको सम्वत्लाई चैत्र एक गतेमा मनाउने चलन रहेको छ | भारत स्वत्रन्त्रहुनुपूर्व सन् १९४७ सम्म समस्त भारतवर्षमा विक्रम सम्वत्को प्रथम दिनका रूपमा चैत्र १ गते नै नयावर्ष हुन्थ्यो तर सन् १९४७पछि भारतीय राज्यहरूको एकीकरणको नाममा त्यहाँको स्वतन्त्र संविधानले आफ्नो रैथाने संवतलाई खारेज गरेर जनवरी एकलाई आफ्नो संवैधानिक नयावर्षका रूपमा स्वीकार्यो |  यद्यपि ईस्वी सम्वत्संग भारतीय र नेपालीहरूको “गोरू बेचेको पनि साइनो” छैन |

नेपालमा प्राचीनकालदेखि नै तीनबटा संवत्सरहरू प्रचलनमा रहेको देखिन्छ – विक्रम संवत, नेपाल संवत र मैथिली संवत | यी मध्ये नेपाल सम्वत् नया हो यद्यपि नयावर्ष भने चैत्रमैं मनाइन्छ | हालको राजनैतिक परिवर्तनपछि राजनैतिक कारणहरूले किरात सम्वत्, लोसार, बौद्ध संवत आदि पनि अगाडी सारिएका छन् र यी सम्वत्
हरूको नयावर्षचाहिं पश्चिमा इस्वी सम्वत्को वरिपरी घुमेको स्पस्ट हुन्छ |

अहिलेको विश्वलाई इस्वीमा आधारित नयावर्ष अर्थात् जनवरी एकले किचेको छ | चाइना बाहेक विश्वका सबैदेशहरूमा जनवरी एकलाई नयावर्षको आरम्भका रूपमा मनाउने प्रचलन बढ्दै गएको छ | अंग्रेजी भाषाको प्रसारसंगै इस्वीमा आधारित नयावर्ष मनाउने प्रचलन पनि बढ्दै गएको बुझ्न सकिन्छ |

यद्यपि इसाईहरूले नयावर्षलाई “धर्मपरिवर्तन गराउने नया कार्ययोजना” तर्जुमा गर्ने सकल्पका रूपमा बुझ्ने र बुझाउने गरेको पनि पाइन्छ | अर्थात् जनवरी एकलाई धर्मको नाममा ब्लाक-मेलिंग गर्ने साधनमा रुपान्तरित गर्न इसाईहरू सफल भएका छन् | किनभने इसाईहरूले अन्य रैथाने सम्वत्हरूको अस्तित्वलाई ठाडै अस्वीकार गरेको कारण यो अवस्था उत्पन्न भएको देखिन्छ | मैले पहिले नै भनिसकें एन्जिलिकन, लुथरन र क्याथोलिकहरूले जनवरी एकलाई धर्मपरिवर्तनको आधिकारिक चिन्ह “खतना” गराउन प्रयोग गर्छन् | अर्थात् यो दिन नया इसाईहरूको “खतना” गरिन्छ, इसाई बनाइन्छ |

हामी नेपाली भाग्यमानी छौँ किनभने हामीले विश्वभरीका नयावर्षको अवसरमा खुसी साट्न सक्छौं भने आफ्नै देशमा पनि तीनचारबटा लोसार, किराती, चाइनीज, बौद्ध, नेपाली, विक्रम, हिजारी, शक, ईस्वी आदि नयावर्षको आदर गर्छौं | सके सहभागी बन्छौं नसके अनादरचाहिं गर्दैनौं | तर नेपालमा प्रचलित रैथाने नयावर्षहरू हिजरी र ईस्वीसम्वत् मान्नेहरूलाई स्वीकार्य देखिन्न | अलिअलि गरेर नेपाली समाजको आत्मा “समावेसी-संस्कृति’को विरुद्ध जनमत सृजना गर्ने नयावर्षहरू नेपालीहरूको हितमा अवश्य छैनन् |

हामी नेपालीहरूको लागि रमाई मनाउन केवल एउटा बहाना चाहिन्छ | त्यो “बहाना”को सम्वन्ध के-कोसँग रहेको छ भन्ने मूलधारमा प्रवेश गर्ने र त्यस विषयमा जानकारी लिने हाम्रो चलन छैन | उदाहरणका लागि हामी हिन्दूहरू मुस्लिमहरूको चाड “बकरिद”को अवसरमा सजिलैसंग “वकरीदको शुभकामना” भनिदिन्छौं | तर अरवीमा वकरह भनेको इद भनेको बली दिनु हो | यसरी बकरीदको शुभकामना दिंदा हामीले नजानीकन “गौहत्या गरेकोमा शुभकामना” भनिरहेका हुन्छौं | यस्तो भन्नु हाम्रो संविधान तथा आस्था (हिन्दूआस्था) विरुद्ध हुन्छ |

यसैगरी नयावर्ष २०१७ को शुभकामना दिनु भनेको “अवदेखि मैले इसाई धर्म स्वीकार्न सुन्नत गरें” भन्नु पनि हो किनभने क्याथोलिक, लुथरन तथा एन्जेलिकन चर्चहरूमा यही परम्परा छ र नयावर्ष तथा अन्य इसाई चाडवाडहरूमा पनि स्थापित हुन्छ | यसरी अंग्रेजी नयावर्षको अवसरमा शुभकामना दिनुहुन्छ तर शुभकामनाका शब्दहरू आफ्नै हुनुपर्छ | हाम्रो संस्कृतिको मूलविशेषता तथा आत्मा अरूको लागि सम्मान गर्नुमै छ | यद्यपि हामी हिन्दूहरू वर्षका ३६५ दिनहरूमा करिव ७०० बटा चाडवाडहरू मनाउछौं, त्यैपनि नया चाडवाडप्रति सम्मान हाम्रो जीवनको अंग हो |
इसाई नयावर्षको सम्वन्ध जिससको अन्तिम भोजसंग पनि गांसिएको छ | जुन बाइबलमा आधारित छ | जिससकै एकजना मित्रले आफ्नो घरमा भोजनमा आमन्त्रित गरेर मदिराआदि पिलाएर पक्राएका थिए | त्यो दिन दिसम्वरको अन्तिम दिन थियो | मित्रले विश्वासघात गरेको सम्झना मेटाउन होला, जिससका भक्तहरू दिसम्वरको अन्तिम दिनको १२ बजे सक्दो मदिरा धोकेर, यौनजन्य क्रियाकलापमा लगेर व्यतित गर्छन् | यस्तो ट्रेण्ड विश्वभरी नै देखिन्छ | खुसी मनाउने यो तरिका हाम्रो धर्म, संस्कृति तथा मान्यतासंग मिल्दैन |

मैले पहिले नै उल्लेख गरिसकें कि रोमनको रैथाने नयावर्षको आरम्भ देवता जनुश (सम्भवत: श्रीगणेश)को सम्मानमा भएको थियो | जनुशको सम्मानलाई सम्झेर संसारकै प्रचलित, प्रसिद्ध तथा मान्य रोमको पुरानो नया नयावर्ष मान्नुमा कुनै आपत्ति छैन | हामीले विहानै स्नान गरेर, पवित्र बनेर, श्रीगणेशआदि देवताको आराधना तथा मातापिताको आशिर्वाद लिएर मान्नु उचित हुन्छ | यसो भनिरहंदा साथीहरुसंग रमाइलो गर्नु हुँदैन भन्न पटक्कै खोजेको होइन | यौनदूराचार, नक्कल, व्यर्थखर्च, मद्यपानआदि दुर्ब्यसनहरूलाई नयावर्षको स्वागतको सामग्रीका रुपमा लिनुहुँदैन | असलकुराको नक्कल गरिनुपर्छ कमसल कुरा छोडेकै राम्रो हुन्छ |


अन्त्यमा, हे ईश्वर, म (हामीलाई) एक सयवर्षको आखाँ देख्न सकूँ,  म (हामीलाई) एक सयवर्षको आयु बाँच्न सकूँ, म (हामीलाई) एक सयवर्षको आयुसम्म चिन्तन गर्न सकूँ, म (हामीलाई) एक सयवर्षको आयुमा स्वास्थ्य रहन सकूँ, म (हामी) पवित्रतापूर्ण जीवन जीउन सकौं, र समस्त (मानव समाज) सयवर्षसम्म सुखी रहोस् भन्ने अथर्ववेदका मन्त्रहरूको (१९/६७) उत्तम भावनासंग नयावर्ष २०१७ को शुभकामना | सबैको कल्याण होस् | 

Tuesday, December 27, 2016

गौहत्या : रक्षा गर्ने दायित्व हिन्दूहरूको मात्रै हो ?

गौहत्या : रक्षा गर्ने दायित्व हिन्दूहरूको मात्रै हो ?

हामी नेपालीहरूका लागि आत्मआलोचनाको समय उपस्थित भएको छ | नेपालको संविधान २०७३ ले गाईलाई राष्ट्रीय पशुघोषित गरेर तिनको हत्यालाई दण्डनीय घोषित गरेको छ | तर संविधानको एस्तो प्रावधानलाई उलंघन गर्दै कैलाली कैलाली जिल्ला अतरिया न. पा. वडा नम्बर ७ मा सामुहिकरुपमा ६० जति गाईको हत्याको प्रयास भएको सात दिन वितिसक्दा पनि संविधानको रक्षा गर्नु पर्ने दायित्व लिएको श्रीपुष्पकमल दाहालको सरकार चूप छ |

श्रीपुष्पकमल दाहालको सरकारले गाई हिन्दूहरूको आराध्य भएकै कारण एस्तो जघन्य कार्यहुँदा समेत चासो नदिएको हो भन्न पर्छ | राजाको बक्तब्यका विषयलाई प्राथमिकताका साथ मन्त्रिपरिषद्मा उठाउने गृहमन्त्री निधिले ६०-७० बटा गाईहरू एकै चिहान बनाइएको अवस्थामा पनि कुनै प्रकारको चासो नराख्नु अचम्मको कुरा भएको छ |

त्यसभन्दा पनि उदेक लाग्दो कुरा नेपालका प्रमुख तथा मूलधारका मिडियाहरूले पनि एस्तो विभत्स घटनालाई आफ्नो समाचारको विषय बनाउन चाहेका छैनन् | लाग्छ, मिडियाहरूले हिन्दू र तिनका कुनै पनि समस्याहरूका विषयमा नबोल्ने, नलेख्ने र सूचना नदिने कसम खाएका छन् | गोरखापत्र, कान्तिपुरआदि दैनिक समाचारपत्रहरू, नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन आदि दृश्य मिडियाहरू कुनै प्रकारको सूचना नदिन सिण्डिकेट गरेका हुन् कि भनेर शंका हुन्छ | तर कैलालीका स्थानीय मिडियाहरूले भने यो कुरालाई प्राथमिकता दिएकै छन् |

८२% हिन्दू र अहिंसक मान्ने १०% बौद्धहरूको देश नेपालले आफ्नो राष्ट्रीय पशु तथा आराध्य गौहरूको हत्या हुँदा लज्जावोध गर्नुपर्ने हुन्छ | असलमा, सरकारलाई लाजमर्दो होला नहोला तर हिन्दूहरूको शिर भने लाजले निहुरिएको छ | बुझ्नुपर्छ कि राष्ट्रीय पशु सबै नेपालीको हुन्छ : गाईको मासु खाने मुस्लिम, इसाईआदि सबैको | राष्ट्रिय पशुका रूपमा गाईको रक्षा सुनिश्चित गर्ने काम इसाई, मुस्लिम तथा बौद्धहरूको पनि हो | यो दायित्वबाट कुनै पनि नेपाली नागरिक पन्छिन सक्दैन |
मिडियाहरूले समाचार छाप्दैनन् किनभने गाई हिन्दूहरूको आराध्य वस्तु हो र हिन्दूहरूको विषय उठान गर्ने हो भने हिन्दूवादी वा राजावादीको विल्ला लाग्छ भन्ने डर होला ! तर संविधानले गाईको रक्षा सुनिश्चित गरेको अवस्थामा मिडियाहरूको यो सोच मनगढ़ंते भन्नुपर्छ | सरकार, नागरिक समाज, मिडिया सबै संविधानको रक्षा गर्ने आफ्नो दायित्वबाट चुकेका छन् | संविधानको कार्यान्वयन नहुँदै यसको हत्या भएको छ |

जुन सरकारले, नागरिक समाजले, राजनैतिक दलहरूले र मिडियाहरूले आफ्नै संविधानको पक्षमा बोल्न सक्दैनन्, त्यस्तो संविधानलाई मृत भन्नुपर्ने हुन्छ | गाईहरूलाई कसैले मारेको हो अथवा खान नपाएर मरेका हुन् ? यो कुराको निष्पक्ष जाँचबुझ हुनुपर्छ | दूवैअर्थमा गाईको सुरक्षा सुनिश्चित गर्ने दायित्व सरकार कै हो | राष्ट्रीय पशु खान नपाएर मर्नु र विष दिएर मारिनुमा तात्विक अन्तर छैन | दूबै लज्जास्पद विषय हुन् |

विरामी परेका गाईहरूलाई नगरपालिकाले ट्रीपरमा हालेर जीवित नै फालेको भन्ने भनाइ स्थानीयवासीको रहेको छ | यदि यो कुरा सत्य हो भने एति ठूलोमात्रामा गाईहरू किन विरामी परे र किन नगरपालिकाले विरामी गाईहरूलाई औषधिउपचार गर्नुको सट्टा जीवितै मिल्याउने पाप गर्यौं ? गृहमन्त्रीले यसको छानविन गर्नुपर्छ | यदि दोषी कर्मचारी हुन् भने ती दण्डित हुनुपर्छ |

सामुहिक गौहत्याको घटनाले नेपालका बहुसंख्यक हिन्दूहरू आक्रोशित हुनु स्वाभाविक हो | हामी जुनसुकै राजनैतिक पार्टीको दाम्लोमा बाँधिएपनि धार्मिक, सांस्कृतिक तथा आफ्नो रैथानेआस्था र विश्वासहरूलाई जोगाउन एकैठाउँमा आउनुपर्छ | आफ्ना रैथाने तथा परम्परागत संस्कृतिउपर प्रहार हुँदा मन दुख्नु र पोल्नुपर्छ |

गौहत्याको घटनालाई हिन्दूवादीहरूको राजनैतिक आन्दोलन भनेर पन्छिने प्रयत्न गरियो भने यसको परिणाम अकल्पनीय हुनसक्छ | यसले साच्चिकै राजनैतिक स्वरूप अङ्गीकार गर्यो भने कुनै पनि राजनैतिक दलको भविष्य सुरक्षित रहने छैन | हिन्दूहरूको मनमा चोट पुर्याउने काम भएको छ, मनमा चोट पुगेको मान्छे र पुच्छरमा टेकिएको गोमन सर्प खुंखार हुन्छन् | समयमै सचेत भएर आफ्नो जरोकिलोमा उभिएर रैथाने आस्था, विश्वास तथा संस्कृतिको सुरक्षाका लागि सरकारले ध्यान दिनुपर्छ |

स्मरण रहोस्, गाई केवल संविधानले संरक्षित गरेको पशुमात्र होइन नेपालका ८२% हिन्दूहरूलाई बैतरणी तार्ने आस्थाको किलो पनि हो | एस्तो आस्थाको किलो डगमगायो भने मैं हुँ भन्ने दल, व्यक्ति वा समुदायहरू सजिलै बढारिन सक्छन् | आँधीबेहरी उठ्न सक्छ जुनमा एमाले, कांग्रेस, एमाओवादी, राप्रपा वा अन्य आफुलाई हिन्दूवादी भन्ने सबैको बिल्लीबाठ हुनेछ | सरोकारवाला समयमै जाग्नुपर्छ र जागेको राम्रो, गौरक्षा र संविधानको रक्षाका लागि हामी सबै नेपाली जागेको राम्रो – गावो: विश्वस्य मातर: |

अव हाम्रो पालो......

अव हाम्रो पालो
२००७ सालमा नेपालीले क्रान्ति गरे २०१९ सालमा असफल भए | २०१७ सालमा क्रान्ति गरे 2046२०४६ सालमा असफल भए | २०४७ मा क्रान्ति गरे २०६३ सालमा असफल भए | अहिले २०७३ तिर पुन: हामी फेरी असफलता कै कुरा गरिरहेका छौँ |
के अव पनि हामी असफल इतिहास दिने राजनैतिक चिन्तनको बाटो नै समातेर हिड्ने कि बाटो परिवर्तन गर्ने ? हामी बाटो परिवर्तन गर्न डराउँछौं किनभने पुरानोसंग हाम्रो स्वार्थ जोडिएको छ |


हामी मध्ये कतिले सोच्न भ्याएका छौँ कि सत्तरी वर्षको परिवर्तनको इतिहासमा हाम्रो विकासको यात्रा किन उभोको सट्टा उधो ओर्लियो ? २०४६ मा गरिवीको ५३ नौं खुड्किलोमा रहेको देश झरेर २१ सौं मा किन पुग्यो ?


मेरो विश्वासले भन्छ, आज सम्मका सबै क्रान्तिहरू देशले सहजरूपमा आर्थिक क्रान्ति गरोस् र जनताको जीवनस्तर उठोस् भन्ने प्रयोजनका लागि नै भएका हुन् | आन्दोलनको नेतृत्त्व गर्नेहरूको मनसायमा पनि प्रश्न चिन्ह उठाउनु हुँदैन | सबैले देश र जनताको भलो नै चाहेका थिए र छन् |


त्यैपनि हाम्रो यात्रा सधैं असफल छ किन ? यही प्रश्न हो हामीले आफैसंग र वर्तमान राजनैतिक नेतृत्वसंग सोध्ने | अचम्मको कुरो के हो भने कसैसंग यसको उत्तर छैन | उनीहरूसंग प्रश्नको उत्तर नै छैन | उनीहरूसंग पनि प्रश्न नै छन् |


के तपाईंलाई यसको उत्तर थाहा छ ? सायद तपाईंको उत्तर पनि अरू सबैको झैं होला | हो, हामी विकास, गौरव चाहन्छौं तर विकासका गतिहरू भने ऋणात्मक नै छन् | भ्रष्टाचार जुन गतिमा बढिरहेको छ, त्यही गतिमा यस विषयको बहस पनि अगाडी बढिरहेको छ |


किन ? उत्तर हामीसंग छ | अहिले नेपालको विकास र अग्रगमनका लागि भनेर नेतृत्वले अपनाएका राजनैतिक सिद्धान्तहरू विदेशहरूबाट आयात गरेर जनताका उपर लादिएका हुन् | साम्यवाद, समाजवाद, पूँजीवाद, कुलीनतन्त्र, प्रजातन्त्र, गणतन्त्र सबै विदेशी भूमिबाट आयातित हुन् | यी मध्ये कुनै पनि राजनैतिक सिद्धान्तहरूले ब्यबहारिक रूपमा नेपाली जनताको असली प्रतिनिधित्व गर्दैनन् |


विदेशी आवश्यकता र सामाजिक परिवेशमा विकसित तपसीलका सिद्धान्तहरूले नेपाली जनताको ब्यबहारिक आवश्यकतालाई सम्वोधन गर्न सक्दैनन् | १२ विघा जमिनको हद्वंदी भएको देशमा सामन्त मास्ने कुरा गरिन्छ | विगत ३५०० वर्षसम्म मिलेर बसेको इतिहास बोकेको सामाजिक संस्कारलाई "पहिचानको रक्षाको नाममा अलग हुने सिद्धान्त सिकाइन्छ | स-साना राज्यहरू मिलेर बनेको नेपाल राष्ट्रलाई बहुराष्ट्रियताको विखण्डवादी सिद्धान्त घोकाइन्छ | हाम्रा असफलताका सूत्राधार नै विदेशबाट आयात गरिएको राजनैतिक चिन्तन हो |


विदेशीहरूलाई धर्म, संस्कृति तथा सामाजिक पुन:संरचनाका लागि सल्लाहकारका रूपमा राख्नुले पनि हाम्रो अधोपतन भएको हो | उनीहरूको कुनै गल्ति छैन | उनीहरूले उनीहरुको समाजका लागि उपयुक्त रहेको सिद्धान्त हामीलाई पनि सिकाएका छन् | हामीले आफ्नो कुरा जान्दैनौ, उनीहरू हाम्रो कुरा र मौलिक आवश्यकताहरू बुझ्दैनन् | उनीहरूको विकासले भन्छ, कमोटमा बसेर दीसा गर्नेहरू सभ्य हुन् | नेपाली शौचालयमा जानेहरू असभ्य | विकसितहरू कमोटमा बस्छन् | नेपाली जनताहरू ब्यबहारिक रूपमै कमोट मन पराउँदैनन् |


विदेशी राजनैतिक चिन्तन कमोटको सिद्धान्तमा आधारित छ | हाम्रो बस्तुगतआवश्यकतालाई सम्वोधन गर्ने क्षमता नै त्यसमा छैन | उदाहरणका लागि नेपाली साम्यवादीहरू धार्मिक छन् | तर पूंजीवादीवाद, साम्यवाद वा समाजवादले धर्म मान्दैनन् | यहीं हामी चुकेका छौँ |


अव हामी वदलिन पर्छ | असफल इतिहासलाई बोकेर हिड्ने र तिनको पछि लाग्नेहरूले नेपालीको भाग्य फेर्न सक्दैनन् | वर्तमान नेपाली राजनीति र हाम्रो राजनीतिको धारा फेरिनै पर्छ | जर्मन, अमेरिकी, फ्रान्सेली वा युरोपेली राजनैतिक चिन्तनले हाम्रो आर्थिकस्तर सप्रिदैन | ७० वर्षको इतिहासबाट हामीले यो तत्थ्य बुझ्नैपर्छ |


हामी भन्छौ, नेपालीहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नतिका बीऊहरू हामीसंगै छन् | वेद, उपनिषद, त्रिपिटक, मुन्दुम वा गीतामा हाम्रो उन्नतिका सूत्रहरू छन् | हाम्रो आस्था, विश्वास र ब्यबहारसंग जोडिएका सिद्धान्तहरूले हाम्रो विकास गर्छन् |


जवसम्म हामीले आफ्नो इतिहास र चिन्तनलाई आफ्नो राजनीतिको मियो बनाउन तयार हुँदैनौं हाम्रो विकास हुँदैन | अव हामी आफ्नै जरोकिलोमा फर्किनुपर्छ | जुन बेला यो कुरा बुझियो, त्यही बेला हामी सजग हुनुपर्छ | जसले खोज्दछ, उसले प्राप्त गर्छ | हामी जागृत हुनुपर्छ, राम्रो कुरा लिने मात्र होइन दिनु पनि पर्छ | राम्रो कुरा खोज्नु पनि पर्छ |


हाम्रो राजनीतिको केन्द्र हाम्रो आफ्नो देश हुनुपर्छ | हाम्रो आफ्नो मौलिक साहित्य हुनुपर्छ | हाम्रो आफ्नो मौलिकता छोडेर अर्कोको मौलिकता स्वीकार्दा भौतारिएका छौँ | असफल बनेका छौँ |


हाम्रो सामाजिक इतिहास मिलेर बसेको, सहकार्य गरेको हो | भिन्नताको राजनैतिक चिन्तनले हामी बरालिंछौँ | हाम्रो देश राज्यहरूले बनेको राष्ट्र हो, जातीय, धार्मिक, भाषाका आधारमा राष्ट्रहरूको परिकल्पनाले हामी कमजोर हुन्छौं, तुक्रिन्छौँ | विदेशी गोरो र कलोको द्वन्दमा विकसित भएको दुर्भावनाको बुझाईमा हाम्रो जातीय वर्ण ब्यबस्थालाई हेर्यौं भने हाम्री अनन्त झगडामा फस्छौं | महिलामा आत्मा नै हुँदैन भन्ने संस्कृतिमा विकसित भएको महिलाअधिकारको चस्माले नेपाली महिला र पुरुषको सम्वन्ध बुझ्यौं भने हाम्रा पारिवारिक मूल्यहरू धराशायी हुन्छन् | महिलाहरू हाम्रो लागि देवी वा माता हुन् |


हाम्रो सामाजिक संरचनामा सबै कुरा ठीक र समयोचित छैनन् | तर हाम्रो समाजले तिनलाई सुधार गर्न कदम चलेको छ | छुवाछुत विरुद्ध राज्यका माध्यमबाट हामीले कानुन बनाएका छौँ | हामी निरन्तर परिवर्तन भइरहेका छौँ | परिवर्तनशीलता नै हाम्रो आत्मा र शक्ति हो |


अवको राजनीति नेपालको जरो र किलोसंग सम्वन्धित हुने छ | हाम्रो बाटो अरूको झैं नक्कली छैन | हामी कसैको ढाक्रे बनेका छैनौ | हामीले बोलेका तत्थ्यहरू राजनीतिका कखराहरू हाम्रो आफ्नो इतिहास, संस्कृति, परम्परासंग जोडिएका छन् | हामी आफ्नो जरोकिलोसंग जोडिएका छौँ |


सबैलाई आफ्नो जरोकिलोसंग जोडिएर देशको उन्नतिको लागि लाग्न आग्रह गर्छौं | फेरी पनि भन्न चाहन्छु, असफल बाटो हिंडेर लक्षमा पुग्न सकिन्न | अव हामीले सफलबाटोको यात्री बन्नुपर्छ | असफल बाटो त्याग्न सजिलो छैन तर त्याग्नुको विकल्प हामीसंग भएकोले ढुक्कसँग त्याग्नुपर्छ | नेपालको रैथाने मौलिक शक्तिको विकासका लागि आफ्नो उपस्थिति सुरक्षित गर्नुपर्छ | समयले हाम्रो प्रतिक्षा गरिरहेको छ तर भोली गर्ने छैन |



सबैको जयहोस्

म शिक्षामन्त्री हुन्थें भने !!

म शिक्षामन्त्री हुन्थें भने......
राम्रा कुरा जहाँबाट पनि ल्याउन हुन्छ | नराम्रा कुरा आफ्ना पनि छोड्नुपर्छ | हामी नेपालीले राम्रा कुरा कम र नराम्रा कुराहरू अरूबाट सिक्यौं र नक्कल गर्यौं | हामीले सबैभन्दा बढी नक्कल गरेको क्षेत्र शिक्षा हो |


जव हामीले अरुले फरक परिवेश र आवश्यकतालाई ध्यानमा राखेर विकशित गरेको शिक्षण पद्यति विचार नै नगरी स्वीकार गर्यौं, त्यस दिनदेखि हामी नेपालीका लागि दुर्दिन आरम्भ भए |


मुखमा रामराम र वगलमा छुरिका साथ मुस्लिम र अंग्रेजहरू भारतमा छिरेका थिए | त्यस बखतसम्म आर्यवर्त सुरक्षित थियो जवसम्म यहाँका जनताले आफ्नै आवश्यकताअनुसार विकसित भएको शिक्षा ग्रहण गरिरहेका थिए |


यदि म नेपालको प्रधानमन्त्री वा अधिकार प्राप्त शिक्षामन्त्री हुन्थे भने सबैभन्दा पहिलो काम "विदेश र विदेशी बुद्धिले चलिरहेको शिक्षण' सिद्धान्तमा प्रतिवन्ध लगाउने काम गर्थे | विदेशीहरूले हामी नेपालीको लागि कस्तो शिक्षा हुनुपर्छ भनेर दखलअन्दाजी गर्ने कुनै अधिकार छैन |


पहिलो कदम आफ्नो जरोकिलोसंग जोडिएको तथा आफ्नै प्राचीनकालदेखि प्रचलित शिक्षा पद्यति र विषयवस्तुहरूका आधारमा पाठ्यपुस्तक तयार गर्न आदेश दिन्थे | हरेक पाठ्यपुस्तक विशुद्ध नेपाली वा मातृभाषामा निर्मित गर्ने ब्यबस्था मिलाउथें | अंग्रेजी, चाइनिज आदि विदेशी भाषाको अध्यायन कक्षा पांचबाट हुन्थ्यो तर जुन भाषा पढेपनि कक्षा १२ सम्म पुग्दा सम्म सो भाषामा दक्षता हासिल गर्ने ब्यबस्था मिलाउँथें |


दोस्रो कदम पाठ्यपुस्तकहरूमा हाम्रा पुर्खाहरूका साहित्य, ज्ञान तथा सीपहरूका विषयमा गरेको खोजअनुसन्धानका उद्धरणहरू दिने ब्यबस्था गर्थे | उदाहरणका लागि पाठ्यपुस्तकहरूमा चिकित्साशास्त्रको सन्दर्भ आउँदा चरक, खगोलशास्त्रको प्रसंग आउँदा बाणभट्ट, दर्शनको प्रसंग आउँदा कपिल, सन्तको कुरो आउँदा बुद्ध, निर्माण कलाकारको प्रसंग आउँदा अरनिकोको जानकारी दिन्थे भने उच्चशिक्षामा भने सुकरातआदि प्राचीन ग्रिकेली र आधुनिक आइन्स्टाइन, स्टिफन हकिंसआदिका योगदानको पनि जानकारी दिने ब्यबस्था मिलाउँथें |


आफ्ना मौलिक साहित्यकार, चिकित्सक, आयुर्वेद, खगोल विज्ञानआदिका सृजक तथा कार्यका विषयमा जानकारी नदिइ विदेशीको गुणगान मात्र गर्ने पाठ्यपुस्तकहरूमा पूर्णप्रतिबन्ध लगाउथें | अर्थशास्त्रको प्रसंग आउँदा चाणक्यको नाम नजान्ने तर अदमस्मिथलाई चिनाउने पाठ्यपुस्तकको अन्त्य हुनैपर्छ |


तेस्रो कदम, विदेशबाट आयातित राजनैतिक सिद्धान्तहरूको गुनगान गर्न लेखिएका पुस्तकहरूको पाठ्य सामग्री संसोधनमा केन्द्रित हुनेछ | जर्मनीमा विकसित भएको साम्यवाद, युरोपमा विकसित भएका प्रजातन्त्रआदि राजनैतिक चिन्तनहरू नेपालजस्ता देशमा असफल भैसकेका हुन् | प्रजातन्त्र, लोकतन्त्र वा अन्य कुनै आयातीत तन्त्रहरूमा आधारित राजनैतिक ब्यबस्था भएका नेपालजस्ता कुनै देशहरू शान्त छैनन् | सबैतिर द्वन्द छ, गरिवी छ, शोषण छ | एस्तो कुरा बुझ्दाबुझ्दै पनि तिनै असफल राजनैतिक ब्यबस्थातिर उत्प्रेरित गरेर विद्यार्थीहरूलाई भ्रमित पार्ने शिक्षानीतिको अन्त्य हुनैपर्छ |


चौठोकदम, युरोपेली र अमेरिकीहरूले आफ्नो स्वार्थ साध्न लागु गरेको NGO/INGO मोडेलको अधिकारलाई बलियो बनाउने शिक्षानीतिमा परिवर्तन गर्नु हुनेछ | यी मोडेलहरूले केवल अधिकारको कुरा गरेर मिलेर बसेको समुदायलमा आपसी शत्रुतापूर्ण ब्यबहार गर्ने उत्प्रेरित गर्छन् | कर्तब्यशिक्षातिर यिनले पटक्कै ध्यान दिदैनन् | कर्तब्य पालन गर्नेतिर भन्दा अधिकारमा जोड दिने शिक्षा आत्मघाती हुन्छ | यस्तो शैक्षिक वेश्यावृत्तिमा रोक लाग्नुपर्छ |


पाँचौं कदम, नेपालका प्रत्येक जिल्लामा एउटा विश्वविद्यालय, एउटा मेडीकल कलेज खोलेर शिक्षा तथा चिकित्सामा पढ्न विश्वभरीका विद्यार्थीहरूलाई आकर्षित गर्नेतिर केंदीत हुन्थें | असलमा, नेपालको हिमाली, पहाडी र तराई भूभागले विश्वका सबै भूबनावटको प्रतिनिधित्व गरेको छ | यसले गर्दा, नेपालमा हरेक प्रकारको ब्यबहारिक शिक्षा प्रदान गर्न सकिन्छ |


हामी नेपालीले विश्वमा कुनै प्रकारको टेक्नोलोजी निर्यात गर्न सक्दैनौं तर सस्तो मुल्यमा स्तरीय शिक्षा (soft power) को विकास र निर्यात गर्न सक्छौं | हामीले नेपाललाई गुणस्तरीय शिक्षाको स्रोत केन्द्र बनाउन सक्छौं | यसका लागि नेपालको भूमि र नेपाली मान्छेहरू पूर्णअनुकुल छन् |


हामीले एउटा ठूलो फ्याक्ट्रीमा लगानी गर्नुभन्दा एउटा स्तरीय विश्वविद्यालय खोलेर गुणस्तरीय शिक्षणको ब्यापार गर्न सक्छौं | हाम्रोजस्तो प्राकृतिक विविधता, सामाजिक विविधता, धार्मिक विविधता तथा आफ्नै मौलिकता भएको देशमा विश्वभरीमा व्यक्तिहरू शिक्षार्जन गर्न सजिलै आउनेछन् |


जवसम्म हामीले आफ्नो जरोमा उभिएर शिक्षानीतिको तर्जुना गर्दैनौं, आफ्ना प्राचीन विधाहरूमा लुकेर रहेको ज्ञानको अनुसन्धान गरेर आफ्ना स-साना नानीबाबुहरूमा प्रत्यारोपित गर्दौनौं तवसम्म हामी सधैं अरूबाट हेपिने छौँ | हाम्रो दुर्गतिको अन्त्य कहिले पनि हुने छैन |


भाषा जुनसुकै भए पनि हुन्छ तर शिक्षाको मूलधार मातृभाषा नै हुनुपर्छ | नेपालमा लादिएको "अंग्रेजी" ठीक छैन | दूईवर्षमात्र ध्यान दिएर पढ्ने हो भने कुनै पनि व्यक्तिले एउटा अमुक भाषामा दक्षता प्राप्त गर्नसक्ने कुरा अनुसन्धानले प्रमाणित गरेका छन् | भाषा जान्नु राम्रो हो तर विदेशी भाषा लादिनु दुर्भाग्य हो | हाम्रो देशमा भ्रष्टाचार बढ्नुमा पनि मैले अंग्रेजी भाषा कै हात देख्छु किनभने च्याउझैं खुलेका अंग्रेजी स्कूलमा आफ्ना बालबालिका पढाउने प्रतियोगितामा सफल हुन अमेरिका पठाउन जोहो गर्ने लिगलिगे दौड यहींबाट आरम्भ हुन्छ त्यसको आपूर्ति भष्ट्राचार नगरी सम्भव हुँदैन | एउटा १८ हजार तलव खाने सुब्बाले जेम्स स्कूलमा बच्चा पढाउने खर्च कसरी जुटाउछ ? अनुमान गरे पुग्छ |


भाषासंग कुनै झगडा छैन तर आफ्नै जरोकिलो निमिट्यान्न बनाउने गरी नेपाली बालबालिका उपर प्रायोजित रूपमा लादिएको अंग्रेजीको कुनै औचित्य छैन | अंग्रेजी भाषा पढ्न चाहनेहरूका लागि समुचित ब्यबस्था हुनुपर्छ तर अंग्रेजीका नाममा देश, धर्म तथा संस्कृतिको हत्या गर्ने काम वन्द हुनैपर्छ |


हाम्रो देश विकसित हुन सकेको छैन, हामी भ्रष्टाचारमा डुबेका छौँ भने यसको दोषी वर्तमान सरकारले लिएको शिक्षानीति र शैक्षिक ब्यबस्था नै हो | यसमा आमूल परिवर्तन नगरेसम्म गैरजिम्मेदार राजनीति तथा अनुत्तरदायी नागरिकहरूको जमातले नेपाल र नेपालीलाई सधैं सताई रहने छ |


मेरो विचारमा अहिले नेपालको विकास गर्न दुई कुराहरूको विकास हुनुपर्छ : शिक्षा र उर्जा | उर्जाले देश संचालनमा सघाऊंछ भने शिक्षाले नेपालीहरूको सोच, ब्यबहार तथा कार्यपद्यतिमा परिवर्तन ल्याउने छ | नेपालजस्तो पहाडी क्षेत्रमा पानीबाट मात्र बिजुली निकाल्नु पर्छ भन्ने मान्यतामा पनि परिवर्तन ल्याउनु पर्छ र अमेरिका वा वेलायतको शैक्षिक प्रमाण पत्र बोकेको मान्छे मात्र विद्वान हुन्छ भन्ने मान्यतामा परिवर्तन ल्याउनुपर्छ |



अर्कोको जरोकिलोमा उभिएको शिक्षा ब्यबस्थालाई आफ्नै जरोकिलोमा नउभाएसम्म (मार्क्सको भाषामा टाउकोमा उभिएको वर्तमान शिक्षा पद्यतिमा आमूल परिवर्तन गरेर खुट्टामा न उभ्याउँदा सम्म) नेपालीको अनुहार फेरिने छैन | बोतल जहाँ सुकेको किन नहोस् तर मसी हाम्रो आफ्नै हुनुपर्छ |

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...