Saturday, September 23, 2017

अजेयराज भित्रको रूपचन्द्र विष्ट

समालोचना हुनु राम्रो हो तर सधैं एकोहोरो आलोचना ठीक होइन | समालोचनाले मान्छेको हौसला बढाउँछ, असल काम गर्ने प्रेरणा दिन्छ, सामाजिक तथा सांस्कृतिक दायित्वहरू पूरा गर्न मदत गर्छ तर आलोचनाले मान्छेलाई विद्रोही बनाउँछ, कमजोर बनाउँछ | 

यदि मैले कुनै किताव पढेर कुनै व्यक्तिको विषयमा सोच कायम गर्छु र मलाई लागेको कुरा समालोचनात्मकरुपमा प्रस्तुत गर्छु भने त्यो मेरो आफ्नो अधिकार हो | मेरो अवधारणासंग सहमत/असहमत हुनु अत्यन्त स्वाभाविक कुरा हो र त्यसको मैले सम्मान गर्छु |

कुनै पनि लेखौट वा पुस्तक बजारमा आएपछि सार्वजनिक चासोको विषय बन्छ | त्यसमा लेखिएका वस्तुहरू समालोचनाको विषय बन्छन् | एकप्रकारले त्यो सार्वजनिक विषय नै बन्छ | जीवनी प्रकाशित गरेर बजारमा पठाईसकेपछि जो-सुकैको व्यक्तित्व चर्चाको विषय बन्छ नै |

मैले पनि अजेयराजको जीवनी पढेपछि आफ्नो विचार सार्वजनिक गरेको हुँ | मैले पहिले पनि भनेकै हो - मैले अजेयराजलाई चिन्छु तर उनले मलाई चिन्न जरूरी छैन | उनी एउटा उद्योगपति हुन्, म एउटा साधारण शिक्षक | उनलाइ धेरैले चिन्नु स्वाभाविक हो तर उनले चिन्नेहरू सीमित होलान् | मैले कितावबाट चिनेको अजेयराज नै मैले टिप्पणी गरेको अजेयराज सुमार्गी हो |

धेरैले "स्वार्थका लागि लेखेको" भनेर आक्षेप गरे | यो आक्षेप स्वीकार्य छैन | उनको जीवनी पढ्ने जो-सुकैले पुस्तकमा भएको अजेयराजका विषयमा बोल्न, लेख्न स्वतन्त्र छन् | विद्यालयदेखि विश्वविद्यालयहरूले उनको "जीवनी"को समीक्षा गर्न पाउँछन् | यसो गर्नु वा नगर्नु उनीहरूको आफ्नो विवेकको विषय हो |

म आफ्नो लेखोटमा कायम छु | उनी नेपाली उद्योगपति हुन् | उनले नेपालमा रहेरबसेर उद्योग संचालन गरिरहेका छन् | उद्योगहरू संचालन गर्दा राष्ट्रले तोकेका दायित्वहरू पूरा गर्नु र त्यसो नगरेको भए नियमअनुसार निर्देशन गर्नु सरकारी निकायको कार्य हो | यस विषयमा कसैले बोल्नुपर्दैन | यस विषयमा सम्वन्धित निकायले बुझोस् |

मेरा विचार पढेर मेरो आलोचना/प्रसंसा गर्ने दूबैले बुझ्नुपर्छ कि दायित्वहरू सबैले पूरा गरेकै हुनुपर्छ | यो देशमा अदालतले दोषी ठहर्याएका धेरै प्रतिष्ठित व्यक्तित्वहरू सार्वजनिक जीवनमा छन् | तर जीवनीकारका विषयमा मैले त्यस्तो सुनेको छैन | रह्यो कुरा उद्योग-ब्यापारको काम गर्नेले गल्ती गर्न सक्छ तर नगर्नेहरूले आलोचनामात्र गर्छन् |

मैले उनीप्रति समालोचनात्मक धारणा सार्वजनिक गरें किनभने उनी नेपालका रैथाने उद्योगपति हुन् | नेपालमै बसेर/रहेर आफ्ना उद्योगहरू संचालन गरिरहेका छन् | पूँजीभएको मान्छेलाई संसारको कुनै पनि देशले "रातोकार्पेट" ओच्च्यायेर स्वागत गर्छ | तर उनको माया नेपालसंग जोडिएको हुँदा नेपालमा नै टिकिरहेका छन्, आफ्नो दायित्वपूरा गरिरहेका छन् |

मलाई छोएको यही विषय हो | उद्योग गर्न चाहने नेपालीका लागि उनी प्रेरणा हुनुपर्छ | उनका बैचारिक गुरू थाहाका प्रवर्तक रूपचन्द्र बिष्ट नेपाल र नेपालीका लागि आफ्नो जीवन अर्पेका व्यक्तित्व हुन् | उनको आत्मकथाके रूपचन्द्र विष्टलाई नै "नेपाल मैं उद्योग गर्ने प्रेरणा" भएको कुरा खुलासंग राखेकै छन् |

सुमार्गीको जीवनीले मलाई रुपचन्द्र बिष्टलाई जान्न ठूलो प्रेरणा दिएको छ | खासगरी, उनले फोरेको ढुंगाको प्रसंगले म चकित र रोमान्चित भएको छु | उनको अनन्त लगन, देश, धर्मसंस्कृतिप्रतिको जागरुकता तथा दार्शनिकता कथान्चित यो किताव नपढेको भए जान्न सक्ने थिइन | मलाई लाग्यो - रूपचन्द्र विष्टमा साच्चिकै "अजेयराज सुमार्गी"मा लेखिएको व्यक्तित्व थियो भने धेरै "अजेयराज"हरू यो देशमा जन्मिनुपर्छ |

जसलेजे भनुन् मेरो प्राथमिकता नेपाल. नेपाली र नेपालका रैथाने धर्म, संस्कृति र संस्कार नै हुन् | म ती सबै नेपालीहरूप्रति नतमस्तक छु, जसले नेपाल मैं आफ्नो सर्वश्व लगाएका छन् | नेपालमा कर्म गरिरहेका छन् | नेपालको निर्माणमा विश्वकर्मा बनिरहेका छन् | यदि नेपालको विकासको विषयमा कसैले प्रश्न गर्यो भने म भन्छु "नेपालको विकासमा राजनीतिको कुनै भूमिका छैन | खतरा मोलेर लगानी गर्नेहरूले निम्त्याएको निर्माण हो |"

यो किताव पढेसंगै रुपचन्द्र विष्टका अन्य शिष्य वा मित्रहरूको जीवन वारे जान्ने उत्सुकता मैले लुकाउन चाहन्न | साथै आलोचकहरूको प्रहारले मेरो "बुझ्न" र "जान्ने" चाहनालाई रोक्न सक्दैन | यदि रुपचन्द्रको ब्यबहारिक जीवनले अजेयराज बनाउन सक्छ, निश्चय नै यिनको दार्शनिक पाटो खोज्नैपर्छ |

Thursday, September 14, 2017

नेपाली हिन्दूहरूले चुनौती स्वीकार्ने कि भाग्ने ?

साभार 
हिन्दूहरू प्राकृतिकरूपमा समानुपातिक संस्कृतिका प्रवाहक हुन्छन् | जतिठूलो कुरा गरे पनि आधुनिक प्रजातन्त्रको अर्थ ५१% ले गर्ने बहुमतको निर्यण हो | बहुमत भएपछि "जे-गरे" पनि हुन्छ |

हिन्दूहरूको बैचारिक तथा ब्यबहारिकता "जे-गरे" पनि हुन्छ भन्ने पश्चिमा प्रजातन्त्रभन्दा धेरै माथि छन् | पश्चिमाहरूको प्रजातन्त्र उनीहरूको धार्मिक संस्कृतिबाट वाक्क भएर विकास भएको हो | अस्वीकारवादी चिन्तनलाई "न्यूनतम" स्वीकार्य बनाउन विकसित भएको हो |

नेपाल कै इतिहासले सिद्ध गरेको कुरा हो - हिन्दू, बौद्ध, किराती, बोन आदि सबै चिन्तनहरू आदिकालदेखि नै जीवित छन् | एकअर्काका असल कुराहरू एकआपसमा साझा गर्छन् | वादविवाद परिहाले पनि ५१% प्रतिशत पुर्याएर अर्कालाई धूलोचटाउने काममा विश्वास गर्दैनन् |

पश्चिमा प्रजातान्त्रिक संस्कारको विकास संगै भारतीय, नेपाली, पाकिस्तानी, अफगानिस्तान र धेरै अमेरिकी र अफ्रिकी देशहरूमा राज्यप्रणालीमा भ्रष्टहरूको वर्चस्व स्थापित भएको कसैले नकार्न मिल्दैन |

एति बुझ्दाबुझ्दै पनि पश्चिमा पद्यतिको प्रजातान्त्रिक पद्यति संस्थागत गरेर देश, जनताको विकास हुन्छ भनेर सोच्नु दिवा-सपना बाहेक केही हुँदैन | साम्यवाद, प्रजातन्त्र वा गणतन्त्र नेपालीहरूको गन्तब्य नै होइन |

हिन्दू, बौद्ध, बोन, किरातीआदिले घृणावादी चिन्तनमा विश्वास गर्दैनन् | यी सबै लचिला छन् | तर अव आफ्नो धर्म, संस्कृति तथा संस्कार जोगाउन सबैविच सहकार्यको खाँचो टड्कारो भएको छ |

हिन्दू संस्कृति हजारौं वर्ष प्राचीन हो | यसमा रहेका भएका सबै विषयवस्तुहरू एकदम ठीक, बैज्ञानिक र समय सापेक्ष छन् भन्नु पनि अतिवाद नै हुन्छ तर अन्य धर्म र संस्कृतिका तुलनामा यो निकै लचिलो, परिवर्तनशील र प्रगतिशील छ | यसको ज्वलन्त उदाहरण नेपाली समाज नै हो | प्राचीनकालदेखि नै हिन्दूधर्मको वर्चस्व हुँदाहुँदै पनि नेपालमा बौद्ध, जैन, शिख, बोन, अन्य प्राकृतिक परम्पराहरू पनि यथावत् छन् |

तर हिन्दू समाजमा मनोबैज्ञानिक विचलन "यथास्थिति"वादका कारण आएको छ | भारत, पाकिस्तान, बंगलादेश, कम्वोडियाआदि कुनै वेला समग्ररूपमा हिन्दू धर्म र संस्कृतिको वर्चस्व रहेका देशहरूमा हिन्दूसंस्कृति उजाड भएको देख्दादेख्दै र बुझ्दाबुझ्दै पनि आफ्नो देशमा फैलिएका विदेशी र शक्तिशाली "तत्व"हरूका सवालमा निरपेक्ष हुनु निकै दुखद कुरा हो | सन् २०४९ मा दक्षिणकोरियामा ९०% बौद्धहरू थिए अहिले केवल २१% मात्र बौद्धहरू छन् | एउटा प्रक्षेपणअनुसार २०४० सम्ममा कोरियाको रैथाने बौद्ध संस्कृति र धर्म "संग्रहालय"मा थन्किने छन् | एस्तै परिवेश नेपालमा आउन धेरैवर्ष लाग्नेछैनन् |

एउटा कुरा पक्का हो, नेपाली धर्म तथा संस्कृतिलाई नेपालीको दैनिक जीवन-ब्यबहारबाट विस्थापित गर्न आतुर "शक्ति"हरू निकै बलिया छन्, धनवान् छन् र सजिलैसंग अरूलाई प्रभावित पार्ने सक्ने क्षमता उनीहरूसंग छ | त्यसमा पनि उनीहरू अनेकौं भए पनि "एउटा एजेन्डा"मा सहकार्य गरिरहेका छन् | एस्तो अवस्थालाई चिर्न नेपाली हिन्दू-बौद्धआदिले उनीहरूकै शैलीमा काम गर्न आवश्यक देखिन्छ |

अहिलेको समय निकै क्रिटिकल छ | हामी हिन्दूहरू आफ्नो प्राचीन गौरवलाई सम्झेर, त्यसैमा आत्मरति गरेर बस्ने समय छैन | आत्मरति भन्दा पनि अहिले एकता तथा सहकार्यको खाँचो छ | उनीहरूले सबैतिरबाट मान्छेहरू आफ्नो पक्षमा तानिरहेका छन् | बाहुन-क्षेत्री, आदिवासी-जनजाति, हिन्दू-बौद्ध, किरातीआदि सबैबाट मान्छे तानेर "परिवर्तन गराउन" उपयोग गर्न सफल भएका छन् | साच्चिकै भन्नुपर्दा, हाम्रा आफ्नाहरू नै हामीलाई अजिङ्गर बनेर निलिरहेका छन् वा निल्न तम्तयार छन् |

हिजोअस्ति जो-जससंग बैचारिक र आस्थागत विमति भए पनि आज आफ्नैबाट अलग्गिएर गएका एकै भाषाबोल्ने. एकै पहिरनमा हिंड्ने, सधैं संगै देखिने र सहकार्यको नाटक गर्ने आफन्तहरूनै प्रधानशत्रुका रुपमा अगाडी उभिएका छन् | हाम्रो सीधा लडाई आफ्नैसंग छ, विदशीहरूसंग छैन | उनीहरूले अख्तियार गरेको रननीति सफल भएको छ |

अहिलेको नेपाल राजनीतिज्ञहरूले सुझबुझ गुमाउँदा विदेशीहरू चलखेल गर्ने "अखडा" बनेको छ | संविधानले नै नेपालको विभाजित नक्सा कोरेको छ | यो संविधानले नेपालमा बहुमतको सरकार बन्न दिंदैन | यस विषयमा भारत र चाइना पश्चिमासंग हारेका हुन् | त्यैपनि, हिन्दूजागरणको पक्षमा, स्वधर्म, संस्कृतिको पक्षमा मनग्ये नेपालीहरू छन् | यो सकारात्मक विषय हो |

"नेपाली धर्म, संस्कृति तथा इतिहासको रक्षाका लागि सबै नेपालीहरू एक हुनुपर्छ" भन्ने विश्वासिलो संदेश हरेक नेपालीहरूमा विश्वसनीय तवरले प्रवाहित गर्नसक्ने नेतृत्व तयार गर्नुनै आजको चुनौती हो | यस सन्दर्भमा, भारतीय हिन्दूवादी व्यक्ति वा संस्थाहरूको छाता खोज्ने आम नेपाली परम्परा नछोडेसम्म उचित नेतृत्वको विकास हुँदैन | भारतीयहरूले भारतको भलो नदेखेसम्म सहयोग गर्दैनन् भन्ने कुरा सबैले बुझे पनि ब्यबहारमा स्वीकार्नुपर्छ |

एस्तो उदारताको परिकल्पना २०० वर्ष अगाडीसम्म हिन्दू बहुल रहेका मुलुकहरू पाकिस्तान, बंगलादेशआदिमा गर्न सकिन्न | सन् ७३२ मा अफगानिस्तान प्रवेश गरेको इस्लामले त्यहाँको रैथाने बौद्धहरूको नामोनिशान मेटाएको विर्सन सकिन्न | नेपालमा पनि उपरोक्त त्रासदीले प्रवेश गरिसकेको छ |

नेपालका रैथाने धर्म र संस्कृतिका अगुवाहरूले सहकार्य गरेर साझा पाठ्यपुस्तकहरू, संरक्षणका साझा कार्यक्रमहरू र प्राचीनकालदेखि नै एकआपसमा विद्यमान सहृदयताको सम्वन्ध बलियो बनाउनतिर ध्यान दिनुपर्छ | नेपालका जुनसुकै रैथानेहरूले यसको नेतृत्व लिन सक्छन् |

एउटा कुरा पक्का हो, नेपालका हिन्दू, बौद्ध, किराती, बोन तथा अन्य रैथानेहरू विच संरक्षण र विकासका विषयमा साझा समझदारी कायम नभएसम्म देशको धार्मिक, सांस्कृतिक, भाषिक तथा गौरवपूर्णइतिहास समस्याग्रस्त नै रहन्छ |

लौन अव आफ्नो धर्म, संस्कृति तथा गौरव जोगाउन साझारूपमा सहकार्य गर्ने वातावरण मिलाउँ | हिन्दू बौद्ध, जैन, बोन, किरातीहरूले आफ्नै धर्म, संस्कृति र परम्पराको रक्षाका लागि सहृदयता र हार्दिकतापूर्वक सहकार्य गरौँ |

यसको लागि हिन्दू जागरण नेपाल सधैं सहकार्यका लागि तम्तयार छ | यसको नेतृत्व हिन्दू जागरण नेपालले नै गर्नुपर्छ भन्ने छैन, जसले नेतृत्व गर्छ उसलाई हामी सहयोग गर्छौं अथवा हामी पनि नेतृत्व गर्न तयार छौँ |

हामी नेपालीहरूका अगाडी सांस्कृतिक, धार्मिक तथा इतिहास विचलनको चुनौती उपस्थित भएको छ | यो चुनौती जीवन्त छ, शक्तिशाली छ, अनुदार छ र संरक्षण प्राप्त छ | उनीहरूको चुनौतीलाई स्वीकार्ने कि चुनौतीबाट पलायन गर्ने ? हामीले अन्तिम निर्णय गर्ने बेला आएको छ | समयले अव पर्खिने छैन |

Sunday, September 10, 2017

घृणावाद र रैथाने शक्ति

आम नेपालीहरू सधैं बुझ्न खोज्ने विषय हो - नेपालका रैथानेहरू को हुन् ? यो प्रश्नको उत्तर दिनका लागि २०७३ को संविधान निर्मित भएको छ, त्यै पनि समस्याको हल भएको छैन | नाक, क्षेत्र, भाषा, जनसंख्याआदिका अधारमा तोकिएको "रैथाने"को परिभाषा कसैलाई पनि चित्त बुझेको छैन |

आदिवासी, जनजाति र अन्यजातिमा नेपालीहरूको कित्ताकाट गरेको संविधानले समस्याको उठान गरेको छ, समाधान होइन | आफ्नै पूर्खाको इतिहासलाई "गालीगलौज" गर्दै आरम्भ भएको संविधानले समस्या समाधान गर्छ भनेर सोच्नु सही होइन | कमसल निर्माण सामग्री प्रयोग गरेर निर्मित भएको घर न विश्वासीलो हुन्छ, न टिकाउ नै |

सबैलाई थाहा छ, नेपालको बर्तमान संविधानको मस्यौदा तथा निर्माणको कार्यमा "घृणावादी" सोचको पकड थियो | "संविधानमा" नेपालको सीमाना भित्र रहेका सबै जनताहरू "नेपाली" हुनुपर्ने ठाउँमा आदिवासी, जनजाति तथा अन्य जातिहरूको कित्तामा विभाजित छन् | यो विभाजनले विदेशीहरूले लादिदिएको "घृणावाद" अझै बलियो बनेको छ | यस अर्थमा बर्तमान नेपालको संविधान "घृणावाद तथा बिभाजनवाद"को संस्थागत दस्तावेजका रूपमा प्रयोग हुन्छ भन्ने चिन्ता लाग्नु अस्वाभाविक देख्दिन |

प्रश्न फेरी त्यही कि "रैथाने" भनेका को हुन् ? घृणावादी विचारधाराबाट प्रभावित र प्रचारकहरू शरीर, नाक तथा भूगोलका आधारमा रैथानेको ब्याख्या गर्छन् | ILo नामक एउटा घोषणापत्रको साक्ष दिन्छन् | यी घृणावादीहरू यस घोषणाको ब्याख्या गर्दा केवल र केवल "घृणावादी" चिन्तनलाई केन्द्रविन्दूमा राख्छन् |

मेरो केन्द्रीय विषय "घृणावाद"को ब्याख्या गर्नु होइन | घृणावादी चिन्तन र त्यसका संवाहकहरूको गतिविधिका विषयमा सचेतन गराउनु हो | मैले यस्ता व्यक्ति वा संस्थाहरूका विरुद्ध आफ्ना मन्तब्यहरू राख्ने प्रयत्न गरिरहेको हुन्छु जसले "विभाजनवाद"लाई मोलजल गर्छन् र त्यसैका आधारमा देशविदेशको शयर गर्छन्, आफ्ना छोराछोरीहरू महंगा विद्यालयमा पढाउछन् |

ILO भन्छ, आफ्नै भाषा, भौगोलिक क्षेत्र, एकै खाले संस्कृति र परम्परा भएका व्यक्ति वा समुहहरू आदिवासी हुन् तर जनजातिका विषयमा भने यो बोल्दैन | केही सरकारीस्तरबाटबाट नियुक्त भएका विभाजनवादी चिन्तनका विद्वानहरू आदिवासी शब्दले नपुगेको भन्दै "मूलवासी" शब्द पनि प्रयोग गर्छन् | यस्ता शब्दहरूको मूल उद्देश्य "नाक चुच्चे भएका" खास समुदायप्रति घृणाको विस्तार गर्नुहुन्छ |

आफ्नो रैथाने धर्म, संस्कृति, परम्परा तथा जमिनलाई माया गर्नेहरू सबै नेपालका रैथाने हुन् | नाक, भाषा, परम्पराहरूहरूका आधारमा नेपाली-नेपालीहरूका विच विभाजन गर्न हुँदैन | हरेक नेपालीले अर्को नेपालीलाई माया, गर्न र अर्कोको संस्कृतिलाई बुझ्न, जान्न तथा सम्मान गर्न उत्सुक हुनुपर्छ |

यदि नेपालीहरूको ३५ सय वर्ष पुरानो इतिहास र त्यसको निरन्तरतालाई अध्ययन गर्ने हो भने समस्त जातजातिहरूविच अत्यन्त मित्रताको सम्वन्ध देखिन्छ | एकअर्काले एकअर्काको संस्कृति, भाषाआदिलाई आफ्नो जीवन प्रणालीआ स्वीकार्ने-अङ्गीकार गर्ने संस्कृति देखिन्छ |

हामी नेपालीको सांस्कृतिक तथा अन्योन्याश्रित सम्वन्धका कारण घृणावादको विकास असंभव प्राय हुन्छ | जवसम्म विदेशी धार्मिक परम्पराहरूले नेपालमा प्रवेश गरेका थिएनन्, तवसम्म धार्मिक तथा आध्यात्मिकरूमा भिन्नतालाई महत्वदिने विकृत संस्कृतिको विकास भएको हो | शिवलिंगमा ध्यान गर्दै गरेका बुद्ध, बौद्ध-गुम्वाहरूमा ध्यानस्थ त्रिदेव, गणेश तथा सरस्वती देवीको उपस्थितिले प्रमाणित गरेको छ |

नेपालका जातजातिहरूलाई केवल धार्मिक समुदायका रूपमा विभाजित गर्नु ठीक होइन | यी समुदाय मध्ये धेरैले कुनै धर्म मान्दैनन् | प्रकृति पूजक वा देववादी संस्कृतिबाट कुनै सरोकार राख्दैनन् | किराती जाति, कुमाल जाति, मेचेकोचे धिमालआदि यसका प्रतिनिधि हुन् | यी समुदायहरूलाई जन्मजात हिन्दू, बौद्ध, जैन वा बोनका रूपमा बुझ्नु हुँदैन | यी समुदायमा सबै धार्मिक विचारहरूको प्रभाव हुँदाहुँदै पनि उनका आफ्ना मौलिकताहरू छन् |

हामी "राज्यराष्ट्रको" सिद्धान्त मान्नेहरू नेपालको सीमानाभित्र बस्ने, नेपाल भित्ररहेका प्राचीन परम्परा तथा संस्कृतिहरू मान्ने र सबै नेपालीहरूप्रति सम्मानजनक तथा समानतामूलक सम्बन्ध राख्ने सबै समुदायहरू नेपालका रैथाने शक्ति हुन् र नेपालीपनका असली प्रवाहक हुन् |

यसमा ती सबै नेपालका समुदाय जसले परापूर्वकालदेखि नै आफ्नो सभ्यता पुस्तान्तरण गरिरहेका छन्, आफ्नो पर परम्पराहरूप्रति प्रतिबद्ध छन् र नेपालभित्र विकसित भएका सबै संस्कृतिहरूप्रति मित्रताको भाव राख्छन्, सबै रैथाने हुन् | नेपालमा विकसित भएका परम्परा तथा संस्कृतिहरूलाई त्यागेर "इसाई, मुस्लिम, बहाई"आदि विदेशी संस्कृति अपनाउनेहरू बंसजका रूपमा नेपाली भए तापनि उनीहरू "रैथानेशक्ति" पटक्कै होइन |

उनको शारीरिक बनबाट, बंसजका आधारमा प्राप्त गरेको नेपाली नागरिकताका आधारमा उनलाई "रैथाने" भन्न मिल्दैन | क्रिश्चियन अथवा मुस्लिम धर्म अपनाएका नेपाली त हुन सक्छन् तर स्वेच्छाले नेपाली "रैथानेपन" त्यागेको हुँदा उनीहरू "रैथानेशक्तिका" विरोधी शक्ति हुन् | राज्यराष्ट्रका विरोधी शक्ति तथा घृणावादका संवाहक हुन् |

अहिलेको सम्बैधानिक भाषामा भन्नुपर्दा खसआर्य समुदाय तथा जनजातिआदिवासी समुदायको जुन सुकै व्यक्ति वा समुदायले "रैथाने धर्म, संस्कार तथा रितिरिवाज" त्यागेपछि प्राकृतिक रूपमैं रैथाने जातजातिको अंग रहन्न | यस्ता नेपाली नागरिकहरू रैथाने हुँदैनन् | जसरी अमेरिकाको नागरिकता लिएर अमेरिकी बनेकाहरूको "नेपालसंग सांस्कृतिक, जातीय तथा भौगोलिक" सम्वन्ध हुन्छ तर उनीहरू नेपालका नागरिक हुन सक्दैनन् |

तर सांस्कृतिक, धार्मिक तथा भाषिक सम्वन्धका रूपमा उनीहरू पनि "रैथाने शक्ति" नै हुन् | किनभने उनीहरू जहाँबसेपनि नेपालसंगका सबै आस्थाहरू मान्दै आएका छन् | दशैँतिहार, छठ, माघी, साकेला, भुम्याआदि मान्दै आएका छन् | यी संस्कृति छोड्नेहरू नेपालका "रैथाने" हुनै सक्दैनन् | उनीहरूको नेपालप्रति राजनैतिक आस्था भए पनि सांस्कृतिक आस्था हुँदैन |

नेपालको रैथानेशक्तिले अर्को रैथाने नेपालीहरूप्रति घृणा गर्नै सक्दैन | रैथाने नेपालीहरूको डीएनएमा घृणावाद हुँदैन | जसको मनमा र ब्यबहारमा आफ्नै छिमेकीप्रति घृणा छ, छिमेकीलाई जातीयता, क्षेत्रीयता, भाषिकता तथा वर्णका आधारमा तुच्छ ठान्छ, त्यतो व्यक्ति वा समुदाय नेपालको रैथाने हुनैसक्दैन | यस्तो चिन्तनका वाहकहरू केवल घृणावादीहरूका भरिया हुन्छन् | उनीहरूले रैथानेपनको अभिनय गरे पनि, रैथानेहरूको हितहकको कुरा गरे पनि उनीहरूको मनमा "विभाजन गर, त्यसका लागि घृणा फैलाउ र सधैं अशान्त राख" भन्ने योजनाले काम गरिरहेको हुन्छ | उनीहरू केवल :डोनर:का हुन्छन् |

हाम्रा लागि रैथाने शक्तिहरू ती हुन् जसले नेपालमा विकसित भएका हरेक जातजाति, भेषभूषा, भाषा, धर्मसंस्कृति तथा नेपालीप्रतिकहरूको सम्मान गर्छन् | आफ्नो रैथानेपनको विकास गर्छन् र छिमेकीहरूको रैथानेपनको विकास गर्न सघाउछन् | आफ्नो भाषा, संस्कृति तथा सीपहरूको विकास गर्न अर्कोलाई "गालीगलौज" गर्दैनन् |

जुन नेपालीले अर्का नेपालीको भाषा, संस्कृति, भेषभूषा, धर्मकर्म तथा रितिरिवाजका आधारमा गालीगलौज गर्छ, उसको चाहना नेपाली धर्म, संस्कृति र रैथानेहरूको विकास होस् भन्ने हुँदैहुँदैन | उसको मूल धेय त मिलेर बसेका, संस्कृतिहरू शेयर गर्दै परस्पर सहयोग आदानप्रदान गरिरहेका समुदाय वा व्यक्तिहरू विच बिभाजनकारी अर्थात् घृणावादको बीऊ रोप्ने हो | नेपाल र नेपालीपनका असली शत्रु यिनै हुन् |

असलमा, हाम्रो विरोधको मूल केन्द्रविन्दू घृणावाद, छुवाछुत, भ्रष्टाचार, राष्ट्रराज्यवाद, समर्पणवाद, महिलापुरुषविचको भेदभाव हुनुपर्छ | हाम्रो गन्तब्य "समानतामूलक विकास तथा सबैप्रति प्रेम" हो | हामी रैथानेशक्तिका प्रवर्द्धकहरू घृणा त गर्नै सक्दैनौं तर सत्यको पक्षमा भने अटल भएर उभिन्छौं | हाम्रो विश्वासले वर्तमानमा प्रचलित राजनैतिक सिद्धान्तहरू विस्थापित हुनुपर्छ भन्छ किनभने यसमा घृणावाद तथा विदेशीमूलका अब्यबहारिक चिन्तनको बोलवाला रहेको छ भन्ने हाम्रो विश्वास छ |

नाकका आधारमा, जातजातिका आधारमा, भाषाका आधारमा, क्षेत्रीयताका आधारमा र केही नभए राजनैतिक आधारमा समाजलाई विभाजित राखेर राजनैतिक तथा धार्मिकरुपमा एकआपसमा घृणापूर्ण सम्वन्ध खोज्ने र त्यसको आधारमा पेट पाल्नेहरू 'घृणावादी हुन् वा घृणावादका अनुयायी हुन् |

हामी इसाई, मुस्लिम वा वहाईआदि विदेशी संस्कृतिहरूप्रति घृणा गर्दैनौं तर उनीहरूले पनि नेपालका रैथाने आस्थाहरूमा प्रहार गर्ने कार्य रोक्नुपर्छ र जसरी एउटा हिन्दूले इद, क्रिशमसआदि मनाउन कुनै प्रकारको असजिलो मान्दैन त्यसैगरी यी समुदायले पनि नेपालका मौलिक संस्कृतिहरूप्रति आधार देखाउन् भन्ने नेपाली चाहना गलत होइन | एकतर्फी "प्यार"ले काम चल्दैन | यदि सक्दैनन् भने घृणावादका भरियाहरू तिनै हुन् |

नेपालीहरूलाई आर्य र गैरआर्यमा कित्ता काटेर नेपालका संविधान निर्माताहरूले "ठूलो" छल गरेका छन्, एक दिन हरेक नेपालीले यसको मूल्य चुकाउनै पर्नेछ | अहिले संसारलाई "घृणावाद" होइन प्रेमवाद चाहिएको छ | हिन्दु, बौद्ध, जैन, बोन, किराती समाजका अगुवाहरू र प्राकृतिक धर्म मान्नेहरूले एकआपसमा फैलिएको "घृणावाद"का विरुद्ध अव बोल्नैपर्छ |

अन्त्यमा, "एतो धर्म ततो जय" अर्थात् जहाँ सत्य हुन्छ त्यही विजय हुन्छ भन्ने श्रीकृष्णको आदेशलाई सम्झदैं रैथानेशक्तिहरू सत्यका पक्षमा अगाडी बढ्दै जानुपर्छ | सबैलाई अग्रगामी बनाउनुपर्छ आफु पनि अग्रगामी परिवर्तनका पक्षमा समर्पित हुनुपर्छ | घृणावाद विरुद्ध सक्रियता बढाउनुपर्छ | यस विषयमा अन्य जानकारी प्राप्त गर्नका लागि डा. निर्मलमणि अधिकारी र डा. गोविन्दशरण उपाध्यायले लेखेको "राज्यराष्ट् : अवधारणा तथा सिद्धान्त नामक किताव पढ्न अनुरोध छ |

(प्रतिलिपि अधिकार लेखक)

Thursday, September 7, 2017

शाकाहार, मांसाहार र दशैं

साभार 
अस्तिमात्रै मुस्लिमहरूले उनीहरूको दोस्रो चाड इद मनाए | त्यस बखत पाकिस्तानको भनिएको एउटा लघुचलचित्र मिडियामा देखा पर्यो | जसमा एउटा बालक कुर्वानीका लागि तयार पारेर बाँधिएको "गोरू"लाई अंगालो हालेर रोइरहेको थियो | संगै रहेका अभिभावकहरू भन्दै थिए "नरोऊ, आज यो गोरुको हत्या हुनेछैनआदिआदि |

दशैंको बेलामा हाम्रै परिवारमा पनि एस्ता धेरै घटनाहरू घट्ने निश्चित छ | बोको किनेर ल्याएपछि अधिकांश अभिभावकहरूले त्यसलाई जिउँदो राख्ने काम आफ्ना बालबालिकाहरूलाई सुम्पन्छन् | समयको अन्तरालमा बोका र बालबालिकाहरूविच मायाप्रीति जोडिन्छ | अष्टमीका दिन उनीहरूले माया गरेर पालेको बोकोको हत्या हुँदा "पाकिस्तान" दोहोरिने छ |

अनि, हामी नेपालीहरू शाकाहार र मांसाहार, हिंसक दशैं र अहिंसक दसैं, पापमय दशैं र सात्विक दशैंका लागि प्रिन्ट, सामाजिक तथा अन्य मिडीयाहरूमा आरोपप्रत्यारोप, गालीगलौज तथा अपमानपूर्ण आवेगमा उत्रिनेछौँ | यो एस्तो लडाई हुनेछ, जहाँ दूबै हार्ने छन् | एउटा अनादिकालदेखि चलिआएको सभ्यता हार्ने छ |

हामी नेपालीहरू दशैंको बखतमा विभाजित हुन्छौं, खासगरी हिन्दूसमुदाय | सबैले मनाउने र मान्ने यो महान चाड "मासु खाने र नखाने अर्थात् मांसाहारी र शाकाहारी"को द्वन्दमा नराम्रोसंग विभाजित हुन्छ | एकआपासमा साँढेझैं भिड्छन् |

मांसाहारी र शाकाहारीका आफ्नै तर्क छन् | वैष्णवसमुदायमा पर्ने, जैन तथा बौद्ध, कवीरपन्थीहरू, आचार्य शंकरका अनुयायीहरू मांसाहारको पुरजोर विरोध गर्छन्, मासुखानेहरूलाई तथानाम गालीगलौजसम्म गर्छन् |

मांसाहारीका पनि आफ्नै तर्क छन् | केही आफ्नो परम्पराले दिएको भनेर आफ्नो पक्ष राखिरहेका हुन्छन् भने केही प्रोटिन, भिटामिन, मिनरलआदिको स्रोतको रूपमा मासु खाने विषयको समर्थनमा हुन्छन् |

यी दुईथरिका बहसले सबैभन्दा बढी नोक्सानी हिन्दू संस्कृतिमा पर्छ | यी दूईथरीका आरोपप्रत्यारोपमा अल्झिएका विचारधारामा धर्मपरिवर्तनकारी शक्ति, घृणावादी, हिन्दूसंस्कृतिसंग चरम शत्रुता राख्नेहरू सबैभन्दा खुसी हुन्छन् | उनीहरूका लागि "हिन्दू विरोधी मसला" घरै बसी प्राप्त हुन्छ |

दशैँ र तिहार हामी सबै नेपालीहरूका साझा चाड हुन् | एस्तामा आफ्नै भित्रका समस्याहरूका विषयमा विरोधपूर्ण वहसमा उत्रिनु उचित हुँदैन | हाम्रो आरोपप्रत्यारोपले हाम्रै तेजोवध भइरहेको हुन्छ | यसै अन्तरविरोधमा छिरेर विरोध गर्नेहरू मुखरित हुन्छन् | यसले हाम्रो आफ्नै सभ्यता तथा संस्कृतिमा वितिष्णा बढ्छ |

निश्चय नै, वैदिक सनातन धर्मका धार्मिक ग्रन्थहरूमा मांसाहार तथा शाकाहार दूबैका पक्षमा तथा विपक्षमा ऋषिहरूका भनाइहरू उपलब्ध छन् | लेखिएका विषयको ब्याख्या र बुझाई फरक हुन सक्छ तर यिनको अस्तित्व अस्वीकार गर्न मिल्दैन |

मनुस्मृति, याज्ञबल्क्य स्मृति, शाक्त ग्रन्थ, कौलाचारआदिमा मांसाहारको विधि स्वीकृत छन् तर विधिहरू एतिविध्न कडा छन् कि कलियुगीहरूका लागि यी नियमहरू पालन गर्दै मासुको सेवन गर्न असम्भव नै देखिन्छ |

नेपाली समुदायमा (ब्राह्मण-समुदाय) विभिन्न अवसरहरूमा खसीको बलि दिने र त्यसको मासु सेवन गर्ने परम्परा आज पनि विद्यमान छ भने क्षत्री तथा अन्य जातिका मानिसहरूले दशैंको अवसर पारेर "कोट"मा विभिन्न पशुहरूको बलि दिने र ती पशुहरूको मासु प्रसादका रूपमा ग्रहण गर्ने परम्परा आज पनि जीवित छ | मान्नेहरूले मानिरहेका छन् |

कुनशास्त्रको भनाई ठीक हो कुन शास्त्रको भनाई बेठीक हो ? भनेर निर्णय गर्ने काम धर्मशास्त्रका विद्वानहरूको हो | हामीजस्ता सर्वसाधारणका लागि उहाँहरूले स्पस्ट तथा निस्पक्ष मार्गनिर्देशन गर्नुपर्छ | खाने र नखाने विचको विवादमा फंसेर हामीले आफ्नै धर्म, संस्कार तथा मान्यताहरू विरुद्ध विरोधाभाषी कुरा गर्नु उचित हुँदैन |

निश्चय नै जुनसुकै पनि "हत्या" सभ्यसमाजको लागि राम्रो होइन | अनुभवले भन्छ, कुनै पनि प्राणीको लागि उसको अस्तित्व अन्तिम हुन्छ | हत्या वा मृत्युले उसको निजी अस्तित्व सधैंका लागि समाप्त हुन्छ | जसरी, हामीसंग दोस्रो शरीर छैन, त्यसैगरी संसारका कुनै प्राणीसंग दोस्रो शरीर छैन | धार्मिक होस् अथवा गैरधार्मिक प्रयोजनमा कसैको अस्तित्व नै समाप्त पर्नु अनुचित हो |

"अहिंसा परमो धर्म"को आदर्शमा आफ्नो जीवन चलाउने हामी हिन्दूहरूले प्रत्यक्ष हिंसामात्र होइन, अप्रत्यक्ष हिंसा पनि गर्नु हुँदैन | यदि हामी अहिंसावादी छौँ र हिंसावादीको कठोर आलोचना गर्छौं भने यो पनि अर्को प्रकारको "हिंसा" हुन्छ | उपनिषदले यही भन्छन् | यदि मांसाहार अनुचित, अशास्त्रीय छ भने त्यसअनुसारको दण्ड-विधान शास्त्रहरूले गर्ने हो, हामीले होइन |

मेरो परिवार र म जन्मजात शाकाहारी हौँ | हामी मांसाहार मन पराउदैनौं | संसारका हरेक व्यक्ति शाकाहारी हुनुपर्छ | यहीं नै संसारको लागि हितकर हुन्छ भन्ने हाम्रो मान्यता छ | तर संसारका ७३.८% मान्छेहरू मांसाहारी भएको तत्थ्य पनि हामीले विर्सनु हुँदैन | अलास्कामा बस्ने एस्किमो जातिको लागि मांसाहार अनिवार्य हुन्छ किनभने त्यहाँ अन्न फल्दैन |

हामी शाकाहारीले के विर्सनु हुँदैन भने संसारका धेरै मानिसलाई "मासु खानु हुँदैन" भन्ने कुराको सामान्य ज्ञान पनि छैन किनभने उनीहरूको परम्परामा मासु खानु पाप हुँदैन | मुस्लिमहरूमा "शाकाहार" तथा "ब्रह्मचर्य"जस्ता शब्दावली नै हुँदैनन् | ९८% इसाईहरू, चाइनिज धर्म मान्नेहरू, यहुदीहरूको जीवन पद्यतिमा "शाकाहार" हुँदैन | उनीहरूले बुझ्दै नबुझेको विषयमा उनको निन्दा गर्नु अझैं बढी निन्दनीय हुन्छ भन्ने मेरो मान्यता छ |

नेपाल कै धेरै आदिवासी-जनजाति तथा धेरै बाहुनक्षेत्रीआदिमा मासुको स्वाभाविक प्रयोग हुन्छ | धेरै धार्मिक क्रियाकलापमा बलिको प्रयोग हुन्छ | उनीहरूको एस्तो कार्यका लागि निन्दा गर्नुको कुनै औचित्य छैन | उनीहरूले त्यही गरिरहेका छन्, जुन उनले आफ्ना पूर्खाहरूबाट सिकेका हुन् | यदि हामी यी चालचलन तथा परम्परासंग असहमत छौँ भने शास्त्रका अहिंसात्मक पक्षहरू सकारात्मकरुपमा प्रस्तुत गरेर, यी समुदायहरूलाई अहिंसक बनाउनुपर्छ |

म कुनै प्रकारको हिंसाका विरुद्ध छु | मासु स्वस्थका लागि हितकर छैन भन्ने मेरो मान्यता छ | तर मेरो व्यक्तिगत आस्थाका लागि "मांसाहारी"हरूलाई तथानाम गालीगलौज गर्दै उहाँहरूप्रति "प्रतिहिंसा" मैले गर्न सक्दिन | यदि मांसाहार अशास्त्रीय हो भने त्यसका लागि दण्डित गर्ने काम धर्मराजको हो, हाम्रो होइन |

सकिन्छ, दशैँतिहारजस्तो रमाइलो पर्वहरूका अवसरमा आफ्नो खुसीको लागि अर्काको जीवन हर्न हुँदैन | शुद्ध शाकाहारी दशैतिहार मनाउने प्रयत्न गरौँ | प्राणीमात्रमा दया गरौँ, माया गरौँ र आफु बाचौं अरूलाई पनि बाच्न दिऊँ | सकिंदैन भने हिंसाको प्रशंसाचाहिं कत्तिपनि नगरौं | हिंसाले हिंसा जन्माउँछ भने अहिंसाले अहिंसा नै |

शाकाहारीहरू पनि आफ्ना विचारहरू प्रेषित गर्दा अन्यको "भोजन"को घोर निन्दा गर्नुबाट जोगिनुपर्छ | संसारका ७३.% जनसंख्याको भोजनका विषयमा "गालीगलौज" गर्नुहुँदैन | देवीदेवतामा बलिदिनु अनुचित हो भने त्यसको शास्त्रीय प्रमाणसहित मर्यादित तवरले प्रस्तुत गर्नुपर्छ | जनसामान्यलाई बुझाउनुपर्छ | हिजोअस्ति मांसाहार गर्ने धेरै मान्छेहरू शाकाहारी भएकै छन् | संसारको भोजन विविधतालाई स्वीकार गरेकै उचित हुन्छ |

अरू धर्मले के गर्छन् ? कस्तो आचरण गर्छन् ? हाम्रो सरोकारको विषय होइन | तर हामीविच रहेका चालचलनहरू र मान्यताहरूका विषयमा बोल्दालेख्दा निकै ध्यान पुर्याउनुपर्ने हुन्छ | हामी शाकाहारी तथा मांसाहारी दुवै सनातनी हौँ | दूबैले हिन्दूधर्म तथा संस्कृतिमा गहिरो आस्था राख्छौं भने शाकाहार र मांसाहारका आधारमा समाजलाई "विभाजित" गर्ने कृयाकलापमा लाग्नु हुँदैन | हाम्रा विरोधी विचारहरू वैदिक सनातन धर्मप्रति अनादर गर्नेहरूका लागि "खुराक" बन्नुहुँदैन |

दशैंको महान् अवसरमा अहिंसक शाकाहारीले समाजलाई पूर्णत "शाकाहारी तथा सात्विक दशैं मान्न प्रेरित गरौँ तर मांसाहारीप्रति असामाजिक बनेर तिनको अपमान नगरौं | मांसाहारीहरूले पनि आफ्नो आस्थाका आधारमा "शाकाहारी" चेतना फैलाउने काममा समर्पितहरूको निन्दा नगरौं |

अन्त्यमा, देशविदेशमा रहनु भएका समस्त नेपालीहरूमा दशैँ तथा तिहारको २०७४ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु | दशैंतिहार विभाजित भएर होइन एक भएर मानौं र जातजाति, धर्म, सम्प्रदाय तथा क्षेत्रीयताका आधारमा फ़ैलाइएको "घृणावाद"लाई सधैंका लागि परास्त गर्ने संकल्प लिऊ | नेपालका हिन्दू, बौद्ध, जैन, बोन, किराती, यहुदी, मुस्लिम सबैले दशैं र तिहारको स्वागत गरौँ |

(प्रतिलिपि अधिकार सुरक्षित छ)

Tuesday, September 5, 2017

बूढीआमाको मन


उनी ८५ वर्ष पुगिन् | उनको यो जीवन मध्ये केही समय शरणर्थी शिविरमा वित्यो | त्यहीं उनका चारभाई छोरा र बुहारीहरू भित्रिए | नातिनातिनाहरू भए | अलि कडा स्वभाव भएको कारणले छोरावुहारीसंग मिल्न सकिनन् | 


तीन पुस्ता लामो भुटानको बसाई त्यहाँको सरकारले धपाएपछि सकिएको थियो | आफ्नै बलवुतामा सृजिएको आफ्नो "प्यारो संसार" केही क्षण मै उजाडिएको थियो | ड्रुकहरूले जवर्जस्ती आफ्नै घर र देशबाट निकाल्छन् भन्ने बूढीले सोचेकी थिइनन् | तर यस्तै भयो |

सन् १९९२ मा एउटा आफ्नै खुट्टोमा उभिएको भुटानी परिवार आफ्ना लालावाला सहित झापाको खोलाको किनारामा शरणार्थी हुनुपर्यो | सबै घर-नघाटका भए | एउटा सपना भत्कियो | बूढो भएको शरीरले हार मानेन |

मेलापात गरेर छोराछोरी छोरी हुर्काउनुमा उनले कहिल्यै पनि बोझ ठानिनन् | एकल महिलाका रूपमा उनले आफ्ना छोराछोरीलाई कहिले पनि एक्लोपन अनुभव गर्न दिइनन् | शरणर्थी शिविरका छिमेकिहरू भन्थे "आमा हुनु त एस्ति !!" उनले आमाको सबै सक्दो कर्तब्य पूरा गरेकी थिइन् |

समयले शरीरलाई बूढो बनाउँछ | समयले बालबालिकाहरूलाई "मान्छे" बनाउँछ | समयले अधिकार छोड्न र अगाल्न बाध्य बनाउँछ | शरीरसंग सधैं शक्ति रहन्न | समयले शरीरलाई "हार्न, छोड्न र विश्राम" गर्न बाध्य बनाउँछ | केहीले एस्तो हारलाई बुझेर विश्राम लिन्छन्, केही प्रकृतिको नियमसित पौठेजोरी खेल्छन् | हार्न चाहदैनन् |

शरीरको बूढोपनले उनको मनलाई बूढो बनाउन सकेन | सधैं आफ्नै खटनपटनमा उभिएको उनको आत्मसम्मानले "छोराबुहारीको खटनपटन" स्वीकार्न सकेन | शरणर्थी शिविर मैं पनि उनी छोरावुहारीसित बस्नुको सट्टा अलग्गै वस्ने निर्णय गरिन् |

धेरैको लागि यिनको एस्तो व्यवहार अनौठो र मिल्न नसक्ने थियो | धेरैले कुरा पनि काटे | छोराबुहारीका लागि पनि एस्तो ब्यबहार अपमानजनक नै थियो | तर आत्मसम्मान तथा आत्मनिर्भरताको एक्लोबाटो छोरावुहारीसंग असहमत भएर, नमिलेर छुट्टिएको थिएन | आत्मनिर्भरताको स्वभावले एस्तो भएको थियो |

सन् २०१३ मा उनीहरू विभिन्न देशमा "रिसेटल" भए | त्यस बखत उनको उमेर ८० वर्ष नाघेको थियो | माइलो र कान्छो छोरासंग उनी अमेरिका पुगिन् | छोरावुहारीका लागि अमेरिका सपनाको संसार भए पनि आमाको लागि असहज बन्यो | उनले नेपाल र भुटानका धेरै स्मरणहरू गुमाउनु पर्यो | संगीसाथीहरू विछोडिए | आफ्नो भाषा तथा रितिरिवाजको खडेरी पर्यो | उनी झन् एक्लो भइन् | उनको आत्मविश्वास कमजोर भयो |

८५ वर्षको उमेरमा पराइको संसार सहजमैं पच्न सक्दैन | आफुले नभोगेको संसार सजिलो हुँदैन | आफुले बोलेको र अरूले बोलेको नबुझिने संसार रमाइलो हुँदैन | कामैकाममा जेलिएको संसारमा कोही कसैको साथी हुँदैन | आफ्नै घरमा बस्नेहरू समेत पराई हुन्छन् |

शरीर बूढो हुँदैजाँदा माया खोज्दछ | एकैछिन भए पनि "बोलेर" मनको बह बुझ्ने र सुन्ने मान्छे चाहिन्छ | एकातिर एक्लोपन बढ्दै जाँदा बूढोपनले निकै सताउँछ | हरेक पल मृत्युको डर र रोगको त्रासले सहचार्यता खोज्दछ | भागेर जाने ठाउँ पनि चिनेकै हुनुपर्छ नत्र जाने ठाउँ नै हुँदैन | उनले भनिन् "अमेरिका भूतहरू बस्ने शहर रहेछ | जहाँ छोराछोरी पनि आफ्ना नहुने रहेछन् |"

उनी अमेरिका पुगेको पनि पांच वर्ष वितिसके छ | दूई छोरा बुहारी अस्ट्रेलियामा सेटेल भए | जेठो छोरो र कान्छो छोरो अमेरिकामा | अमेरिका नै जानु पर्ने नेपालीको चलन अनुसार आमा जेठो वा कान्छोसंग नै बस्नु पर्ने भयो | उनी कहिले जेठो त कहिले कान्छोको घरको "पाहुना" बन्नु पर्यो | आमाको स्वाभिमानमा ठूलै धक्का लाग्यो |

हरेक बूढाबूढीले अमेरिकी नियमअनुसार मासिक "बेनेफिट" प्राप्त गर्छन् | आमाले पनि त्यो बेनेफिट प्राप्त गर्छिन् | एस्तो बेनेफिट निकै आकर्षक हुन्छ | बूढाबूढी स्याहार्नेहरूले त्यसबाट फाइदा लिन्छन् | छोराबुहारीहरू आमा होइन, बेनेफिटको लागि आमाको स्याहार गर्थे | आमाले यो कुरा पनि बुझेकी थिइन् |

उमेर छंदाहरू आफ्नो काममा जान्छन् | सबैको आफ्नै संसार छ | बूढो शरीर त्यसमा पनि एक्लोपनको पीडाले निकै सताउँछ | अन्जान ठाउंमा एकशब्द मीठो बोल्ने मानिसहरू पनि हुँदैनन् | एकदिन आँखाभरि आँशु भर्दै "आमा ! संचैं हुनहुन्छ ?" भन्ने सम्मको फुर्सद नहुने यो विरानो ठाउँमा म एक्लो भए | मन बुझाउने/विसाउने ठाउँ भएन |" मैले उहाँका गुनाशाहरू ध्यान दिएर सुने | उहाले धेरै कुरा बोल्नु भयो | म धेरै बोलिन तर अन्त्यमा, उहाँ निकै फ्रेस हुनुभयो | "बाबु ! भगवान्ले तिम्रो भलो गरुन् | म वूढीको कुरा सुन्यौं |"

मिति २३/८/२०१७ का दिन विहानै आमा मेरो डेरामा आउनु भयो | मैले उहालाई तातोतातो चिया पिलाएर स्वागत गरें | सोफामा बसालेर आफु उहाँको गोडा मुनि बसें | उहाले संगै सोफामा बस्न अनुरोध गरिन् तर मैले सद्भावना वस मानिन | उहाँको शरीर बूढो भए पनि मन बलियो थियो | यही कुरा मलाई मन पर्थ्यो |

उहाँले मलाई खुसुक्क भन्नुभयो "बाबु ! मेरा छोरावुहारी निकै मेहनत गर्छन् | यो विरानो ठाउँमा जीवनका लागि संघर्ष गर्नैपर्छ | उनीहरूका छोराछोरी छन् | मैले उनीहरूसंग धेरै नै माया चाहे | तिनीहरूप्रति मेरो कुनै गुनासो छैन | तर यो देशमा उनीहरूको भविष्य पनि मेरो जस्तै एक्लो छ | मलाई तिनको भविष्यप्रति चिन्ता छ |"

मैले सधैं एक्लो सङ्घर्ष गरेको छु | आज पनि मेरो त्यस्तै स्वभाव छ | मैले अव आएर आफ्नो स्वभाव परिवर्तन गर्न सक्दैनन् | मेरो कारणले उनीहरूले धेरै दुख पाएका छन् | मेरो स्वाभिमान उनीहरूका लागि चित्तदुखाई बनेको छ | म उनीहरूका लागि प्रिय छैन, यो मेरै कारण भएको हो | मेरो स्वभाव उनीहरूमा पनि छ | जे-जस्तो भए पनि हामी भगवानले बनाएको नाता परिवर्तन गर्न सक्दैन | उनीहरू मेरा छोराछोरी हुन्, बुहारी हुन् | म उनीहरूकी आमा हुँ | यो सत्य वदल्न सकिन्न | यो नाता कसैले परिवर्तन गर्न सक्दैन |"

"म आफ्नो एक्लोपन मेटाउन पार्कमा जान्छु, त्यहाँ पनि म एक्लै हुन्छु | मान्छेहरू (युवायुवती) मेरो बूढोपनमा केन्द्रित हुन्छन् | टेलिभिजन हेर्छु तर भाषा बुझ्दिन | नातिनातिनासंग बोल्न चाहन्छु तर उनीहरू आफ्नै दौतरीमा मस्तछन् | उनीहरूसंग मसंग बोल्नु भन्दा कम्प्युटरसंग समय विताउन रमाईलो मान्छन् | उनीहरू बूढीसंग कुरा गर्न चाहन्नन् | त्यैपनि मेरो कुनै गुनासो छैन | कसैले मीठो बोल्दिए हुन्थ्योजस्तो लाग्छ |" तर चाहनाले मात्र केही हुँदो रहेनछ |

"भगवानले मलाई चारभाई छोरा, चारवैनी बुहारी दिनुभएको छ | अमेरिकाजस्तो देशमा सबैले वास पाए | मलाई थाहा छ, मेरो बूढोपनले यो देश रुचाएन | मैले मेरो देश, नेपाल खोजिरहेको छ | म एक्लोपनले अत्तालिंछु | कहिलेकाहिं छोराबुहारीसंग रिस उठ्छ | म चिच्याउँछु, एक्लै रुन्छु तर उनीहरूप्रति मेरो कुनै गुनासो छैन | मेरो मनले उनीहरूलाई सधैं आशिर्वाद दिन्छ |"

"मसंग केही पैसा छ | मैले यो पैसा बुहारीलाई दिन चाहन्छु | उसले मेरो धेरै किचकिच सहेको छ | उसको रीस पनि माया नै हो | अन्त्यमा आमाले भन्नुभयो "बाबु ! मैले यो कुरा छोराबुहारीसंग भन्ने आँट गरिन | यो पैसा मेरा दूई-बुहारीमा बराबर विभाजित गर्न चाहन्छु | यहाँ सबै काम वकिलले गर्छन् रे | म मेरो सेखपछि बुहारीहरूलाई दिन चाहन्छु "|

बुद्धयौलीले कामिरहेको हातमा ब्यांकको चेक थियो र त्यसमा "छ हजार तीनसय वीस" डलर थियो | मैले सोचें "बाहिरबाट नरिवलझैं देखिने यी आमा भित्रबाट नरिवलकै गुदी झैं रहिछन् | मेरा आँखा अचानक रसाए | मैले उहाँका भाग्यमानी छोराबुहारीहरूलाई सम्झें र ती आमाको मायालु "आमा"प्रति नतमस्तक भएँ |

हरेकपल बुड्यौलीतिर लम्किरहेको आफ्नो र उनका छोराबुहारीको जीवनलाई सम्झें | अमेरिकाको निरस जीवनको अन्त्यले मेरो मन तर्सियो | ती छोराबुहारीका लागि त नेपालीमन र माया भएकी यी नेपाली आमा नछान आमा छन् तर हामी कस्तो आमाबुवा वनौला ? हाम्रा छोराछोरीको नेपाली मन होला कि नहोला ? मेरो मन एकासी अत्तालियो | मैले आफ्नो र ती छोराबुहारीको भविष्य निरस बूढोअवस्था सोचें | र मैले आफैलाई भने "हे ईश्वर ! ती छोराबुहारीको लागि यी आमाको प्रत्यक्ष प्रेम कहिले नटुटोस् |"

आमाको कामिरहेका हातमा चेकका पानाहरू सल्वलाइरहेका थिए | म भनें किम्कर्तब्य बिमूढ़झैं भए "हेला गर्ने छोराबुहारी र माया गर्ने बूढीआमा"कै विषयमा सोचिरहेको थिए |

...................

लेखक डा. गोविन्दशरण उपाध्याय, त्रिचन्द्र बहुमुखी क्याम्पसमा दर्शन तथा मनोविज्ञानको अध्यापन गर्छन् |

Monday, September 4, 2017

बेलायतमा न्याय र शान्तिको भेला

श्री मिर्जा मसुर अहमद र लेखक
मान्छेको पिरलो शान्ति र न्याय हो भने उसले बुझ्न नसकेको शान्ति आए न्यायपूर्ण समाजको निर्माण हुन्छ कि न्यायपूर्ण समाजमा शान्तिको वसोवास हुन्छ ? भन्ने नै हो | अहिलेको विश्व यहीं रन्थनिएको छ | यहाँसम्म कि प्रथम तथा द्वितीय विश्वयुद्धको विभिषिकाबाट निर्मित "राष्ट्रसंघ" पनि यस विषयमा ब्याकुल नै देखिन्छ |

सबैभन्दा प्राचीन ग्रन्थ वेद होस् अथवा सबैभन्दा कान्छो धार्मिक ग्रन्थ कुरान नै किन नहोस्, शान्ति र त्यसको खोज तिनको प्राथमिक विषय हुन् | पृथ्वी, अन्तरीक्ष, आकाशआदिको शान्ति सहित शिव-संकल्पम् अस्तुका रूपमा वेदले शान्तिको कामना गरेका छैन भने मुस्लिमहरू इस्लामको अर्थ नै शान्ति भएको जिकिर पनि गर्छन् |

यहुदी, इसाई, मुस्लिम जस्ता ठूला धार्मिक समुदाय, हिन्दू, बौद्ध, जैन, बोन, किराती, शिन्तोआदि पूर्वीय सम्प्रदायहरुले शान्तिको दीगो चाहना राखेकै छन् | यद्यपि एस्तो शान्ति र न्याय के-कसरी स्थापित हुनसक्छ ? भन्ने विषयमा निकै विवाद छ |

धार्मिक समुदायको आग्रह "धार्मिकता"ले विश्वमा न्याय र शान्ति स्थापित हुन्छ भन्ने रहेको छ तर धर्म तथा धार्मिकहरूका विचमा बढेको द्वन्द र त्यसले निम्त्याएको मानसिक त्रासदीले "धर्म"ले शान्ति स्थापना हुनैसक्दैन भन्ने समूहको प्रभाव वढ्दो छ | खास धर्मप्रति मानिसको विश्वास निरन्तर गुम्दै छ |

जे-होस्, धार्मिक तथा अधार्मिक दूबै समुहका मान्छेको लागि अहिलेको सबैभन्दा ठूलो चुनौती नै शान्ति | तर एस्तो शान्ति तथा न्यायका पक्षमा एउटा मुस्लिम धर्म गुरू र तिनको सिंगो समूह नै निरन्तर क्रियाशील रहेको छ भन्दा धेरैलाई पत्याउन गारो छ |

हो मिति २०१७/८/२७-३० सम्म बेलायतको अल्ट्राशेयरमा आयोजक "अहमादिया-मुस्लिम संघ"ले विश्वका १४२ देशका मान्छेहरू एकत्र गरेर "न्याय र शान्ति"का लागि तीन दिने विश्व सम्मेलन गरेको थियो | उक्त सम्मेलनमा लेखक पनि आमन्त्रित थियो |

भारतको पंजावको कादियान भन्ने ठाउँबाट गुलाम अहमद भन्ने विद्वान मुस्लिम धर्मगुरुले सन् १८८६ मा आफुलाई इस्लाम धर्मको मेहदी अर्थात् सुधारक भनि घोषणा गरे | एस्तो घोषणा गर्न तत्कालीन भारतको लाहोरमा उनले सन् १९९३ मा एउटा सर्वधर्म सम्मिलित सम्मेलन बोलाए | त्यस सम्मेलनमा हिन्दू, मुस्लिम, जैन, दयानंदी आदि सबै पन्थका विद्वानहरूले आफ्नो कुरा राखे तर गुलाम अहमदले "मुस्लिमहरूको दार्शनिक जरो" भन्ने प्रवचन निकै सफल रह्यो |

उनले त्यसै प्रवचनमा गरेको दावी अनुसार आफुलाई मेहदी घोषित गरे | आफ्नो त्यस धार्मिक समुहको नाम "अहमदिया मुस्लिम समुदाय" भने | त्यस बखत उनको धेरैले विरोध गरे तर उनको भनाई अनुसार "अल्लाहको इच्छाले जमात फैलिदै गयो | इस्लामका खरावीहरू रोक्नका लागि अल्लाहले मलाई पठाएका हुन् |" एक दिन सबैले शुद्ध इस्लामको पालना गर्ने छन् |

नभन्दै आज उनी वितेको लगभग १०७ वर्ष वितिसकेका छन् | यस अन्तरालमा धेरै खुड्किलाहरू पार गर्दै यो समुह २०० जति देशमा फालिएको छ र यसका अनुयायीहरू पनि बढेर २ करोडका हाराहारीमा पुगेका छन् |

भारत विभाजनका बखत यो समुहका खलिफा (धर्मगुरू)ले पाकिस्तानलाई रोजे तर सन् १९७५ मा पाकिस्तानका सैनिक तानाशाह जिया उलहकले कानुन बनाएर यो समूहलाई गैर-मुस्लिम बनाएर देशमा प्रतिवन्ध लगायो | मुस्लिम आचरण गर्नु दण्डनीय कार्य बन्यो |

यसपछि यिनका तेस्रा धर्मगुरूले पाकिस्तानबाट भागेर लन्डनमा आफ्नो मुख्यालय बनाए | हाल भारतको कादियान र लन्डनको मुख्यालयबाट अहमादिया समुदायले आफ्नो गतिविधि प्रचारप्रसार गर्छ | हाल श्री मिर्जा मसुर अहमदले पाँचौं प्रमुख धर्मगुरू (खलिफा)का रूपमा विश्वभरीका अहमादिया मुस्लिमहरूको नेतृत्व गरिरहेका छन् |

विश्वभरीका मुलधारका मुस्लिमहरूले अहमादिया समुहसंग घृणा गर्छन् र यिनको धार्मिक विश्वास र कृत्यलाई गैर-इस्लाम भन्दै निन्दा गर्छन् | पाकिस्तान, भारत, अफगानिस्तान, इन्डोनेशिया तथा सबैभन्दा बलियो मानवस्वतन्त्रताको ग्यारेन्टी गर्ने बेलायतमा समेत मूलधारका मुस्लिमबाट अहमदिया समुदायका व्यक्तिहरूको हत्या भएको छ | यसै विश्वब्यापी घृणावादको चपेटामा परेर धेरै अहमदिया मुस्लिमहरू आफ्नो मूलथलो पाकिस्तानबाट विस्थापित भै शरणार्थी बनेका छन् |

अव लन्डनमा सम्पन्न भएको १८ जलसा अर्थात् अहमादिया मुस्लिम समुदायको सबैभन्दा प्रमुख सम्मेलनको कुरा गरौँ | मैले देखेको र भाग लिएको यो सम्मेलन दोस्रो "राष्ट्रसंघीय-सम्मेलन" नै रहेको छ | विश्वका विभिन्न १४२ देशका अहमादिया समुदायलाई प्रतिनिधत्व गर्ने र अन्य धर्मलाई प्रतिनिधित्व गर्ने लगभग ३५ हजार व्यक्तिहरूको जमघट थियो | सबैभन्दा अचम्मको कुरा त के भने यसको सबै ब्यबस्थापन पूर्णत स्वयम्-सेवकहरूले गरेका थिए |

धेरैजसो युवा स्वयम्-सेवकहरू युरोप, अमेरिका तथा क्यानेडामा हुर्केका र शिक्षादीक्षा प्राप्त गरेका थिए | कुनै पनि "खैरे"का लागि १८-३० को उमेर समुहका यी युवाहरूले यसरी समर्पित भएर निशुल्क सेवा दिएको देख्दा अचम्म लाग्छ | कलियुगमा (नाफा र स्वार्थका लागि मात्र काम गर्ने संस्कारलाई नै जीवनको सबैभन्दा महत्वपूर्ण उपलब्धि ठान्ने युगमा) युवाहरूको यो समर्पण सबैको लागि सुखद प्रेरणा नै हुन् |

इस्लाम धर्मका पांचबटा प्रमुख खाँवामा कालिमा, प्रार्थना, रोजा वा उपवास, जकात अर्थात धार्मिक दान तथा हज अर्थात् मक्काको यात्रा हुन् | यी युवाहरू यी सबै धार्मिक कृत्यमा निकै प्रतिबद्ध देखिन्थे | बिहान तीन बजेको नमाजदेखि रात्री नौवजे पढिने प्रार्थनामा सधैं मैले यी युवाहरूको उपस्थिति देखें | यो सबै मैले जामिया इस्लामिया हिंदरहेडमा देखेको हुँ |

धार्मिकताको मामिलामा यी युवाहरू कट्टर होइन प्रतिबद्ध देखिन्थे | आजभोली कट्टरताको अर्थ राम्रो छैन | पाकिस्तान, कश्मिर, सिरिया, इराक, इरान, यमन, साउदी अरेवियाआदिका धार्मिक कट्टरपन्थी समुदायका विषयमा पढ्ने र सुन्नेहरूका लागि यी युवाहरू निकै फरक लाग्छन् | इस्लामका नाममा अरू धर्म र सम्प्रदायहरूप्रति घृणा गर्नु पर्छ भन्ने सोच भएका कट्टरपन्थीहरूका लागि यी युवाहरू चुनौती नै हुन् |

आज विभिन्न कारणले गर्दा मुस्लिम-समुदायप्रति गैर-मुस्लिमहरूको दृष्टिकोण निकै नकारात्मक छ | साधारण मान्छेहरू विश्वको अशान्तिका लागि मुस्लिम-धर्मान्धता जिम्मेदार रहेको विश्वास गर्छन् तर अहमादिया समुदायका विचमा पुगेपछि यो अवधारणा परिवर्तन हुन्छ | अर्को धार्मिक समुदायप्रति तिनको सोच र ब्यबहार निकै सहिष्णु छ | यहाँसम्म कि अन्यधार्मिक समुदायका धर्मगुरूहरूसंग उनीहरू शान्ति र धार्मिकताका विषयमा खुलेर कुरा गर्छन् |

सम्पूर्ण सम्मेलनको केन्द्रीय विषय धार्मिकता भए पनि छलफलको विषय भने विश्वशान्ति र सामाजिक न्याय थियो | वेलायतको सांसद सीमा मलहोत्रा समेतका एकदर्जन सांसद तथा मेयरहरूले विभिन्न समुदायका लागि धार्मिक न्याय र सामाजिक शान्तिको कुरा गरे | यसको नेतृत्व अहमादिया समुदायका पाचौं धर्मगुरु श्री मिर्जा मसुर अहमदले गरिरहनु भएको थियो |

लार्कशेयरमा रहेको बैतुल मस्जिदमा रहेको उनको निवासस्थलमा उनीसंग भेट गर्दा उनको सौम्य व्यक्तित्व तथा सहजता यस पक्तिका लेखकले पनि प्रत्यक्ष अनुभव गरेको हो | मैले श्रीमद्भगवत-गीता भेट दिंदा उनी अत्यन्त प्रसन्न थिए | नेपालका विषयमा जिज्ञासा राखे |

उनी एकमात्र यस्ता मुस्लिम धर्मगुरू हुन् जसले अमेरिका, बेलायत, क्यानाडा तथा जर्मनीका सांसदहरूको समुहमा शान्तिका विषयमा प्रवचन दिएका थिए र दिन्छन् | उनले लेखेको "विश्वशान्तिका लागि आवश्यक संदेश" निकै महत्वपूर्ण पुस्तक हो, जुन विश्वका अनेकौं भाषामा अनुवाद भएको छ |

अन्त्यमा, कुनै धर्म पनि खराव हुँदैनन् | धार्मिकता हुनुको अर्थ आफ्नो धर्मसंग असहमत समुदायप्रति घृणा फैलाउनु पटक्कै होइन | आफ्नो धार्मिक विश्वासलाई विनम्र भएर अनुसरण गर्दा अन्य धार्मिक समुदायको निन्दा गर्नु कुनै आवश्यक हुँदैन | जहाँजहाँ आफ्नो आफ्नो धार्मिक विश्वासलाई छोडेर अन्य धार्मिक विश्वासहरूप्रति हस्तक्षेप गरिएको छ, त्यहाँ अशान्ति छ | यदि धार्मिकताका कारण उत्पन्न अशान्ति तथा अन्यायको निवारण गर्नु छ भने सबै धर्मका मान्छेहरूले आफ्नो धार्मिक जीवन अहस्तक्षेपकारी बनाउनुपर्छ |

अहमादिया समुदायले विश्वको शान्ति तथा न्यायका लागि अहस्तक्षेपकारी नीति अवलम्वन गर्दै स्वधर्म तथा संस्कृतिको सशक्त विस्तार गर्न सफल भएको छ | पाचौं धर्मगुरू श्रीमिर्जा मसुर अहमदको "इस्लाम"का माध्यमबाट सामाजिक न्याय र शान्तिको नारा सफल हुँदैजाओस् |
copyright with blogger 

गौरवशाली देशको आत्मघाती शिक्षानीति !


देशले धर्मनिरपेक्षता अंगाल्यो भन्दैमा पाठ्यपुस्तकहरूबाट नेपालका मौलिक धर्म, संस्कृति तथा मूल्यहरू निकालेर फ्याक्नु पर्छ र ? यदि एस्तो हो भने पशुपतिनाथ, बौद्धनाथ, मुक्तिनाथ, बडीमालिका, बूढा सुब्बा, नेपालका जातजातिहरू मिल्क्याए भै हाल्यो नि !

नेपाली राजनैतिक वृत्तमा एउटा हीनताबोधले काम गरेको छ जसमा हिन्दूहरूको नाम राख्दा नै "धर्मनिरपेक्षता"मा प्रहार हुन्छ भन्ने | यो सोच राजनीतिमा धेरै सुझबुझ पूर्वक १९५० देखि नै घुसाउन आरम्भ गरिएको हो |

एस्तो हीनताबोधको राजनैतिक प्रभाव क्रमशः विश्वविद्यालयहरूमा पर्न थालेपछि नेपाली शिक्षाक्षेत्र निकै निर्वल भएको छ | मैले उठान गर्न खोजेको कुरा भाषाको होइन | अंग्रेजी पनि एउटा विश्वभाषा हो यसमा विज्ञता प्राप्त गर्नु राम्रो कुरा हो तर आफ्नो भाषाको बलि दिएर "विदेशी" भाषाको लागि मरिमेट्नेहरूका लागि कुन शब्द प्रयोग गरौँ ?

हिजोमात्र एमालेका सहसचिव श्रीघनश्याम भुषालले दशलाख नेपालीलाई "मार्क्सवाद" पढाउने निर्णय गरेका छन् | दुई सय वर्ष पहिला जर्मनमा जन्मेका मार्क्सको "द्वन्दात्मक भौतिकवाद" पढाएर नेपाली जनताले के पाउने छन् ? उनीसंग जवाफ होला तर मार्क्सवादको यो सुगा-रटाईबाट देशको कस्तो विकास हुनेछ ? जनताले जवाफ त खोज्नैपर्छ |

कार्लमार्क्स धर्म विरोधी थिए कि धर्मनिरपेक्षवादी ? श्री घनश्याम भुषालहरूले स्पट जवाफ नदेलान् तर नेपालका लागि धर्मनिरपेक्षताको परिभाषा कस्तो छ भने उनले नवनिर्मित नेपालको संविधान पढेकै हुनुपर्छ र शिक्षालाई "धर्मनिरपेक्षता"को कवच पहिराउन आतुर विद्याजिवीहरूले पनि पढ्नैपर्छ |

अरू धार्मिक समुदायका विषयमा जानकारी दिनु राम्रो हो, दिनुपर्छ तर आफ्नो जरोकिलो नै मेटेर सधैं अरूको गुणगान गाउँदा "पढाई भने कै "एबीसिडी" हुन्छ, एकसय भनेको हन्ड्रेड हुन्छ भन्ने जनसंख्या बढ्छ | एविसिड़ी बलियो हुन्छ कखरा मर्छ |

देशले धेरै नाम चलेका शिक्षाविज्ञहरू उत्पादन गरेको छ | उहाहरूले थुप्रै विश्वविद्यालय र संस्थानहरूमा नेतृत्व गर्नु भएको छ | नेतृत्वमा हुँदा जुम्रा नमार्ने तर नेतृत्वबाट बाहिरिंदा साथ "स्वदेशी शिक्षाका विषयमा लामालामा लेख लेख्ने भाषण दिनेहरूप्रति मनमा कुनै प्रकारको सम्मान रहँदैन | सत्तामा बस्दा सत्तावालको चाकरी गर्ने "विद्वानहरूले" नै शिक्षामा विदेशीहरूलाई हालीमुहाली गर्न छूट दिएको जिम्मेवारी लिनुपर्छ |

मैले नेपाली शिक्षाका १ देखि १२ कक्षाका कितावहरू ल्याएर "नेपालीपन" खोज्ने प्रयन्त गरें | मैले संसारका धेरै कितावहरू (पाठ्य पुस्तकहरू) हेरेको छु तर नेपाली पाठ्यपुस्तकमा नेपाली विज्ञहरू जतिधेरै धर्मनिरपेक्षताका सवालमा थिचिएका छन् त्यस्तो त सन् ७८६ मा मुहम्मद गजनीले सोमनाथमा आक्रमण गरेर त्यहाँको मन्दिर तहसनहस गर्दा पनि दवेका थिएनन् होला !

विश्वमा नेपालमात्र एस्तो देश हो जसका आफ्ना परम्पराहरू जीवन्त छन् | मान्छेहरू धर्मप्राण छन् | विश्वका मान्छेहरूले नेपाललाई "मानवइतिहासको जीवन्त संग्रहालय" भनेर ब्याख्या गर्छन् र मौलिकता नेपालीको जस्तो हुनुपर्छ भनेर उदाहरण दिन्छन् तर यसै देशको नेतृत्वले आफ्नो व्यक्तिगत लाभका लागि सजिलैसंग विदेशीहरूलाई हस्तक्षेप गर्न निमन्त्रित गर्छन् |

एस्तो दोष केवल राजनैतिक नेतृत्वको टाउकोमा हाल्न मिल्दैन | यसका लागि ब्युरोकेट्स, देश विदेशका विश्वविद्यालयहरूमा अध्ययन गरेका र "पहुँचवाला" गुरूहरू तथा सधैं गरिवी, अशिक्षा तथा वेथितिको रिपोर्ट दिएर सहयोग प्राप्त गर्ने "समाजसेवी" पनि उत्तिकै जिम्मेदार छन् |

संचारले विश्व साँघुरिएको बेला उपरोक्त पात्रहरूले गरेका धुर्त्याई सधैं लुक्नेछन् भन्नु गलत हो | पोलिसी लेभलमा गरिएका "सांस्कृतिक तथा राजनैतिक आत्महत्या"का निर्णयहरूले निर्माण भएको नेपालको बर्तमान खाडीका देशहरूमा वा विदेशीहरूका लागि "कामदार" बनेको छ | शिक्षामन्त्रालयको काम "कामदार" उत्पादन गर्ने वाहेक रहेन |

सबै गुरू वा राजनैतिक नेतृत्वले गद्दारी गरेका छैनन् तर आफ्नो देशको भन्दा "विदेशी"हरूको विज्ञतामा विश्वास गर्ने नेतृत्वका कारण देशले आफ्नोपन गुमाउँदै गएको छ | मैले कुनै व्यक्ति वा धार्मिक समुहलाई दोषी ठान्दिन | चलखेल गर्न निमन्त्रण दिएपछि खेल्नेहरूले खेल्ने नै भए | यहीं हाम्रो नेतृत्व लाचारछ, पंगुछ र विश्वासघाती छ |

सानोतहको राजनैतिक नेता होस् वा लोकल लेभलमा काम गर्ने समाजसेवी वा शिक्षक नै किन नहुन्, उनीहरूले देशलाई दीर्घकालीन प्रभाव पार्ने गरी निर्णय र काम गर्न सक्दैनन् | देशको जरोकिलो मास्ने कामका अगुवाहरू केन्द्रीयतहमा निर्णय गर्नेहरू नै हुन्छन् | शिक्षाविभागमा सधैं हुने विभिन्न शैक्षिक निर्णयहरूमा "गोरे" विज्ञ तथा गोरेहरूले भाडामा लिएका "नेपाली विज्ञ"हरूको नेपालीहरूको आस्था र विश्वास मास्ने निर्णयहरूले नेपालीहरूको सांस्कृतिक जड काट्ने काम भएको छ, हुँदैछ |

नेपाल नेपालीहरूको साझा देश हो, विदेशीहरूको होइन | यदि अहिलेका राजनैतिक निर्णयहरू र निर्णायकहरूका विषयमा विचार गर्ने हो भने नेपाल विदेशीहरूको साझा बनेको छ | हालै देशका पूर्वप्रधानमन्त्री तथा जेएनयुका पूर्वविद्यार्थीले एउटा मंचबाट घोषणा गरे "देशबाट खसआर्यको वर्चस्व हटाउनुपर्छ" - ८२% जनसंख्याको बर्चश्व एउटा नेपालीले कसरी समाप्त पर्न सक्छ ? यसको जवाफ पनि उनले दिनुपर्छ | वास्तविकता के हो भने मुख श्री बाबुराम भट्टराईको हो एजेन्डा विदेशीहरूको हो |

नेपालमा १२३ बटा जातजातिहरू छन्, १२७ बटा भाषाहरू छन् | यी मध्ये कुनै पनि धेरै वा थोरै महत्वपूर्ण छैनन् | आफ्नो भाषा-संस्कृतिका विषयमा बोल्ने, छलफल गर्ने त्यसको विकासको लागि सशक्त लाग्नेहरूप्रति सम्मान व्यक्त गर्नुपर्छ | तर यसो गरिरहँदा "खसआर्य"को बर्चश्व हटाएर मात्र विकासको मूल फुट्छ भनेजस्ता "घृणावादी" चिन्तनको तिरस्कार हुनैपर्छ |

अहिलेको शिक्षानीतिको विकास "घृणावाद" विकासका लागि केन्द्रीत छ | पाकिस्तानमा कक्षामा विद्यार्थीहरूलाई "हिन्दूहरू हामी भन्दा फरक हुन् र ती असभ्य हुन्छन्, मूर्तिपूजक हुन्छन्" भनेर पढाएझैं नेपाली पाठ्यपुस्तकहरूले "आर्यहरू ककेसियाबाट आएका आक्रमणकारी हुन्" भनेर घृणावादलाई संस्थापन गरिएको छ | एस्तो घृणावाद पाठ्यपुस्तकमा समावेश गर्नेहरू विदेशीमन भएका नेपाली नगरिक नै हुन् |

अरूलाई दोष दिन सजिलो हुन्छ तर आफ्ना कार्यहरूको पुन:परीक्षण गर्न सजिलो हुँदैन | यो देशमा रेडिमेडको भूत चढेको छ | राजनैतिक नेतृत्व होस् वा शैक्षिक नेतृत्व सबै विदेशमा बनेको रेडिमेड संस्थापन गर्न उद्यत देखिन्छन् | आफ्नो इतिहासमा फैलिएर रहेका आफ्नै धरोहरतिर फर्केर तिनको अध्ययन गर्ने जाँगर यिनमा छैन | विज्ञान आयात गर्न सकिन्छ तर सामाजिक शास्त्र आयात गर्न सकिन्न भन्ने "छोटो" रहस्य पनि यिनले बुझ्न सकेको देखिन्न |

यदि यो देश नेपालीहरूको साझा हो भने बाबुरामहरूले बोलेझैं "खसआर्य" किन होइन | के ८२% जनसंख्या नेपाली होइनन् ? बाबुरामहरूले आज नभए भोली उत्तर त दिनैपर्छ | नेपाली शिक्षाबाट घृणावादी चिन्तन र आफ्नै इतिहासलाई गालीगलौज गर्ने अंशहरू हटाइन्न, तवसम्म नेपाल विदेशीहरूको प्ले-ग्राउण्ड रहिनै रहन्छ |

हामी महान छौं भन्दैमा कुनै महान हुँदैन | अहिले हामी नेपालीले गर्व गर्ने कुनै ठाउँ छैन | नेपाली हौँ भनेर विज्ञापन पनि गर्नु पर्दैन | हामी नेपाली नै हौँ | हामीले गर्व गर्न सक्ने र विदेशीहरूले पनि स्वीकार्ने एउटा नै विषय छ त्यो हो - हाम्रो इतिहास तथा जीवन्त परम्पराहरू | इतिहास बदल्न सकिन्न | कसैले चाहेर पनि बाग्मती नाम बदलेर थेम्स, कर्णालीको नाम बदलेर नाइल, गण्डकीको नाम परिवर्तन गरेर न्यू राइन राख्न सक्दैन |

धर्म, क्षेत्र, नाकका आधारमा घृणावाद फैलाउने ओरिजिनल आइडिया नेपालीहरूको मौलिकता हुनैसक्दैन | एस्तो मौलिकता एकेश्वरवादी चिन्तनको छत्रछायाबाट विकसित भएको हो | अर्कालाई नकार्ने शिक्षा केवल र केवल "एकेश्वरवादी"हरू कै देन हो भनेर नास्तिकतावादीहरूले पनि बोलेकै कुरा हो | कसैले माने पनि नमाने पनि घृणावादको स्रोत "एकदेवेश्वरवादी" चिन्तन नै हुन् |

आफ्नै भाषा बोल्दा दण्डनीय नियम बनाउने "अंग्रेजी स्कूल"हरूमा गर्व गर्ने विश्वको एकमात्र दुर्भाग्यशाली देश नेपालको शिक्षामन्त्रालय नोवेल पुरस्कार मिल्यो भने अचम्म मान्नु पर्दैन ! यतिमात्र होइन, आफ्नै संविधानमा आफ्नै इतिहासको आलोचना गर्ने कार्यका लागि पनि "संविधानका" लेखकहरूले "नोवेल-पुरस्कार"को मांग गर्नुपर्छजस्तो मलाई लाग्छ |

मैले शिक्षानीतिका कमजोरीहरू वारे चर्चा गरिरहेको अवस्थामा हाम्रै विद्वानहरू "विकल्प खै ?" भनेर सोध्न सक्नुहुन्छ | तर धेरैजसो विकल्प नै देख्दैनन् | यस्तो दृष्टिकोण निर्मित भएको छ | उनीहरूले भारतीय उपमहाद्वीपमा छब्बीससय वर्ष अस्तित्वमा रहेका विश्वविद्यालय र ती विश्वविद्यालयहरू विकसित गर्ने "गुरुकुल शिक्षा"का विषयमा सोच्न पनि सक्दैनन् | उनीहरू "गोरोछाला भयो भने त्यसमा भूस भरेको रहेछ भने पनि विश्वास गर्न तयार छन तर कुनै स्थानीय विज्ञले बोलेको, खोजेको कुरा विश्वास गर्न तयार छैनन् |

आजको समयमा गुरुकुल शिक्षाका सबै विषयवस्तु समयानुकुल नहोलान् तर गुरुकुल शिक्षाको अस्तित्वका विषयमा नकार्न सकिन्न | विज्ञहरूले विदेशी शिक्षाको जरोकिलो फलाउन/फुलाउन जति प्रयत्नगरिरहेका छन् त्यसको दशभाग पनि यदि आफ्नै जरोकिलोमा आधारित शिक्षानीति तर्जुमा गर्ने हो भने देश तथा सभ्यताको उद्धार नै हुने थियो |

विज्ञताको अर्थ विदेशीहरूले लेखेका, बोलेका र खोजेका कुराहरूलाई जस्ताको तस्तै स्वीकार्नु कदापि होइन र विदेशीले लेखेका, खोजेका तथा बोलेका सबै कुरा बेठीक र अस्वीकार्य नै हुन्छन् भन्नु पनि होइन | विद्वानहरूको पहिलो दायित्व आफ्नो इतिहास सकेसम्म जस्ताको तस्तै स्थापित गर्नु हो | हो, इतिहास अप्रिय पनि हुनसक्छ तर विदेशीभन्दा बढी अप्रियचाहिं हुँदैन |

मलाई थाहा छैन, घृणावादी शिक्षाको बीऊ कसले रोपेको हो ? तर अहिले यो विषवृक्ष चरम उत्कर्षमा छ | भाषा, संस्कृति, परम्परा तथा गौरवपूर्ण इतिहासमा प्रहार हुँदा "निरपेक्ष" रहने आत्मघाती पुस्ताको विकास भएको छ | आफ्नो इतिहासले बोलेको भन्दा अरूले लेखिदिएको बोलिदिएको इतिहासमा विश्वास गर्ने जमातहरूको बोलवाला भएको छ |

सत्य बोल्ने र लेख्नेहरू तिरस्कृत भएका छन् भने आफ्नै देश र सांस्कृतिक इतिहासको अपब्याख्या गर्नेहरू पुरस्कृत भएका छन् | विषको इतिहासमा विश्वास बढेको छ, अमृतको इतिहास लोप गर्ने प्रयत्न गरिएको छ | अचम्मको कुरा त के भने यस्ता मतियारहरू स्वनामधन्य तथाकथित ऊच्चतहका नेता वा विद्वानहरू नै बनेका छन् | तर सबैलाई एकै घानमा पिस्न भने मिल्दैन |

अहिले त यत्तिमात्र भन्न सकिन्छ, अहिलेको आत्मघाती शिक्षानीतिको निरन्तरताले एउटा गौरवशाली देश क्रमशः सांस्कृतिक आत्महत्यातिर अगाडी बढिरहेको छ | त्यस्तो आत्महत्याको बाटो सजिलो पार्ने कार्यमा देशका राजनैतिक, शैक्षिक नेतृत्व तथा नोकरशाहहरूले हरसम्भव सघाईरहेका छन् | देश तथा यहाँको संस्कृतिलाई मारेर उनीहरू लामो जीवन जीउने लक्ष लिइरहेका छन् |

(copyright gsu300@gmail.com)

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...