Thursday, September 14, 2017

नेपाली हिन्दूहरूले चुनौती स्वीकार्ने कि भाग्ने ?

साभार 
हिन्दूहरू प्राकृतिकरूपमा समानुपातिक संस्कृतिका प्रवाहक हुन्छन् | जतिठूलो कुरा गरे पनि आधुनिक प्रजातन्त्रको अर्थ ५१% ले गर्ने बहुमतको निर्यण हो | बहुमत भएपछि "जे-गरे" पनि हुन्छ |

हिन्दूहरूको बैचारिक तथा ब्यबहारिकता "जे-गरे" पनि हुन्छ भन्ने पश्चिमा प्रजातन्त्रभन्दा धेरै माथि छन् | पश्चिमाहरूको प्रजातन्त्र उनीहरूको धार्मिक संस्कृतिबाट वाक्क भएर विकास भएको हो | अस्वीकारवादी चिन्तनलाई "न्यूनतम" स्वीकार्य बनाउन विकसित भएको हो |

नेपाल कै इतिहासले सिद्ध गरेको कुरा हो - हिन्दू, बौद्ध, किराती, बोन आदि सबै चिन्तनहरू आदिकालदेखि नै जीवित छन् | एकअर्काका असल कुराहरू एकआपसमा साझा गर्छन् | वादविवाद परिहाले पनि ५१% प्रतिशत पुर्याएर अर्कालाई धूलोचटाउने काममा विश्वास गर्दैनन् |

पश्चिमा प्रजातान्त्रिक संस्कारको विकास संगै भारतीय, नेपाली, पाकिस्तानी, अफगानिस्तान र धेरै अमेरिकी र अफ्रिकी देशहरूमा राज्यप्रणालीमा भ्रष्टहरूको वर्चस्व स्थापित भएको कसैले नकार्न मिल्दैन |

एति बुझ्दाबुझ्दै पनि पश्चिमा पद्यतिको प्रजातान्त्रिक पद्यति संस्थागत गरेर देश, जनताको विकास हुन्छ भनेर सोच्नु दिवा-सपना बाहेक केही हुँदैन | साम्यवाद, प्रजातन्त्र वा गणतन्त्र नेपालीहरूको गन्तब्य नै होइन |

हिन्दू, बौद्ध, बोन, किरातीआदिले घृणावादी चिन्तनमा विश्वास गर्दैनन् | यी सबै लचिला छन् | तर अव आफ्नो धर्म, संस्कृति तथा संस्कार जोगाउन सबैविच सहकार्यको खाँचो टड्कारो भएको छ |

हिन्दू संस्कृति हजारौं वर्ष प्राचीन हो | यसमा रहेका भएका सबै विषयवस्तुहरू एकदम ठीक, बैज्ञानिक र समय सापेक्ष छन् भन्नु पनि अतिवाद नै हुन्छ तर अन्य धर्म र संस्कृतिका तुलनामा यो निकै लचिलो, परिवर्तनशील र प्रगतिशील छ | यसको ज्वलन्त उदाहरण नेपाली समाज नै हो | प्राचीनकालदेखि नै हिन्दूधर्मको वर्चस्व हुँदाहुँदै पनि नेपालमा बौद्ध, जैन, शिख, बोन, अन्य प्राकृतिक परम्पराहरू पनि यथावत् छन् |

तर हिन्दू समाजमा मनोबैज्ञानिक विचलन "यथास्थिति"वादका कारण आएको छ | भारत, पाकिस्तान, बंगलादेश, कम्वोडियाआदि कुनै वेला समग्ररूपमा हिन्दू धर्म र संस्कृतिको वर्चस्व रहेका देशहरूमा हिन्दूसंस्कृति उजाड भएको देख्दादेख्दै र बुझ्दाबुझ्दै पनि आफ्नो देशमा फैलिएका विदेशी र शक्तिशाली "तत्व"हरूका सवालमा निरपेक्ष हुनु निकै दुखद कुरा हो | सन् २०४९ मा दक्षिणकोरियामा ९०% बौद्धहरू थिए अहिले केवल २१% मात्र बौद्धहरू छन् | एउटा प्रक्षेपणअनुसार २०४० सम्ममा कोरियाको रैथाने बौद्ध संस्कृति र धर्म "संग्रहालय"मा थन्किने छन् | एस्तै परिवेश नेपालमा आउन धेरैवर्ष लाग्नेछैनन् |

एउटा कुरा पक्का हो, नेपाली धर्म तथा संस्कृतिलाई नेपालीको दैनिक जीवन-ब्यबहारबाट विस्थापित गर्न आतुर "शक्ति"हरू निकै बलिया छन्, धनवान् छन् र सजिलैसंग अरूलाई प्रभावित पार्ने सक्ने क्षमता उनीहरूसंग छ | त्यसमा पनि उनीहरू अनेकौं भए पनि "एउटा एजेन्डा"मा सहकार्य गरिरहेका छन् | एस्तो अवस्थालाई चिर्न नेपाली हिन्दू-बौद्धआदिले उनीहरूकै शैलीमा काम गर्न आवश्यक देखिन्छ |

अहिलेको समय निकै क्रिटिकल छ | हामी हिन्दूहरू आफ्नो प्राचीन गौरवलाई सम्झेर, त्यसैमा आत्मरति गरेर बस्ने समय छैन | आत्मरति भन्दा पनि अहिले एकता तथा सहकार्यको खाँचो छ | उनीहरूले सबैतिरबाट मान्छेहरू आफ्नो पक्षमा तानिरहेका छन् | बाहुन-क्षेत्री, आदिवासी-जनजाति, हिन्दू-बौद्ध, किरातीआदि सबैबाट मान्छे तानेर "परिवर्तन गराउन" उपयोग गर्न सफल भएका छन् | साच्चिकै भन्नुपर्दा, हाम्रा आफ्नाहरू नै हामीलाई अजिङ्गर बनेर निलिरहेका छन् वा निल्न तम्तयार छन् |

हिजोअस्ति जो-जससंग बैचारिक र आस्थागत विमति भए पनि आज आफ्नैबाट अलग्गिएर गएका एकै भाषाबोल्ने. एकै पहिरनमा हिंड्ने, सधैं संगै देखिने र सहकार्यको नाटक गर्ने आफन्तहरूनै प्रधानशत्रुका रुपमा अगाडी उभिएका छन् | हाम्रो सीधा लडाई आफ्नैसंग छ, विदशीहरूसंग छैन | उनीहरूले अख्तियार गरेको रननीति सफल भएको छ |

अहिलेको नेपाल राजनीतिज्ञहरूले सुझबुझ गुमाउँदा विदेशीहरू चलखेल गर्ने "अखडा" बनेको छ | संविधानले नै नेपालको विभाजित नक्सा कोरेको छ | यो संविधानले नेपालमा बहुमतको सरकार बन्न दिंदैन | यस विषयमा भारत र चाइना पश्चिमासंग हारेका हुन् | त्यैपनि, हिन्दूजागरणको पक्षमा, स्वधर्म, संस्कृतिको पक्षमा मनग्ये नेपालीहरू छन् | यो सकारात्मक विषय हो |

"नेपाली धर्म, संस्कृति तथा इतिहासको रक्षाका लागि सबै नेपालीहरू एक हुनुपर्छ" भन्ने विश्वासिलो संदेश हरेक नेपालीहरूमा विश्वसनीय तवरले प्रवाहित गर्नसक्ने नेतृत्व तयार गर्नुनै आजको चुनौती हो | यस सन्दर्भमा, भारतीय हिन्दूवादी व्यक्ति वा संस्थाहरूको छाता खोज्ने आम नेपाली परम्परा नछोडेसम्म उचित नेतृत्वको विकास हुँदैन | भारतीयहरूले भारतको भलो नदेखेसम्म सहयोग गर्दैनन् भन्ने कुरा सबैले बुझे पनि ब्यबहारमा स्वीकार्नुपर्छ |

एस्तो उदारताको परिकल्पना २०० वर्ष अगाडीसम्म हिन्दू बहुल रहेका मुलुकहरू पाकिस्तान, बंगलादेशआदिमा गर्न सकिन्न | सन् ७३२ मा अफगानिस्तान प्रवेश गरेको इस्लामले त्यहाँको रैथाने बौद्धहरूको नामोनिशान मेटाएको विर्सन सकिन्न | नेपालमा पनि उपरोक्त त्रासदीले प्रवेश गरिसकेको छ |

नेपालका रैथाने धर्म र संस्कृतिका अगुवाहरूले सहकार्य गरेर साझा पाठ्यपुस्तकहरू, संरक्षणका साझा कार्यक्रमहरू र प्राचीनकालदेखि नै एकआपसमा विद्यमान सहृदयताको सम्वन्ध बलियो बनाउनतिर ध्यान दिनुपर्छ | नेपालका जुनसुकै रैथानेहरूले यसको नेतृत्व लिन सक्छन् |

एउटा कुरा पक्का हो, नेपालका हिन्दू, बौद्ध, किराती, बोन तथा अन्य रैथानेहरू विच संरक्षण र विकासका विषयमा साझा समझदारी कायम नभएसम्म देशको धार्मिक, सांस्कृतिक, भाषिक तथा गौरवपूर्णइतिहास समस्याग्रस्त नै रहन्छ |

लौन अव आफ्नो धर्म, संस्कृति तथा गौरव जोगाउन साझारूपमा सहकार्य गर्ने वातावरण मिलाउँ | हिन्दू बौद्ध, जैन, बोन, किरातीहरूले आफ्नै धर्म, संस्कृति र परम्पराको रक्षाका लागि सहृदयता र हार्दिकतापूर्वक सहकार्य गरौँ |

यसको लागि हिन्दू जागरण नेपाल सधैं सहकार्यका लागि तम्तयार छ | यसको नेतृत्व हिन्दू जागरण नेपालले नै गर्नुपर्छ भन्ने छैन, जसले नेतृत्व गर्छ उसलाई हामी सहयोग गर्छौं अथवा हामी पनि नेतृत्व गर्न तयार छौँ |

हामी नेपालीहरूका अगाडी सांस्कृतिक, धार्मिक तथा इतिहास विचलनको चुनौती उपस्थित भएको छ | यो चुनौती जीवन्त छ, शक्तिशाली छ, अनुदार छ र संरक्षण प्राप्त छ | उनीहरूको चुनौतीलाई स्वीकार्ने कि चुनौतीबाट पलायन गर्ने ? हामीले अन्तिम निर्णय गर्ने बेला आएको छ | समयले अव पर्खिने छैन |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...