Tuesday, December 30, 2014

आत्मा (जीवात्मा) के हो ?

हिन्दूहरू आत्माको अमरतामा विश्वास गर्छन् | वेद, उपनिषद्, पूराण र अन्य धर्म ग्रन्थहरूले आत्माका विषयमा वर्णन गरेका छन् | गीताको दोस्रो अध्यायमा आत्मालाई, अजरमर, नित्य, अभेद्यआदिका रूपमा वर्णन गरिएको छ | दार्शनिकहरूले आत्माको विषयमा अत्यन्त ध्यान दिएर खोज गरेका छन् | वेद र उपनिषद्हरूले आत्माको अनन्तता र नित्यताका प्रसस्त रुपमा बोलेका छन् | वेद र उपनिषदले वर्णन गरेको आत्मा सम्वन्धि अवधारणालाई दार्शनिकहरूले फरकफरक तवरले बुझ्ने प्रयत्न गरेका छन् |

महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो निवन्ध 'पाँचबटा चाहिने कुरा' आत्मालाई तेस्रो प्राथमिकता राखेका छन् | वेदका अनुसार आत्माको नै जीवात्मा हुन् | आत्मा कसले निर्मित गरेको वस्तु होइन | जव नित्य आत्माले संसारको संसारको सुख भोग्ने विचार गर्छ अनि, ऊ जीवात्मा बन्छ | यो शरीर आत्माको अस्थायी निवास स्थान हो | शरीरमा आएर जीवात्माले पापपुण्य कमाउछ | पापकर्म गरेर पशुआदि योनिमा जन्म लिएर कर्मको फल भोग्छ भने राम्रो कर्म गरेमा स्वर्गआदिमा गएर सुखको उपभोग गर्छ |

केही हिन्दूग्रम्थहरूले आत्मालाई भगवानको सानो अंशका रूपमा वर्णन गरेको पाइन्छ भने केहीले आत्मालाई 'ब्रह्म' भएको विश्वास गर्छन् | यहाँ हामीले बुझ्नु पर्ने मुख्य विषय के हो भने हिन्दू धर्मका अनुसार संसारका हरेक वस्तुमा आत्माको निवास छ | पशु, पक्षी, जलचर, थलचर, अन्तरीक्ष तथा अन्य लोकहरू पनि आत्मा (जीवात्माले) भरिपूर्ण छन् | हाम्रो आत्मा परमात्माको अंश वा ब्रह्म भएकोले यसमा पनि उसका सूक्ष्म गुणहरू विद्यमान छन् र त्यसैले संसारका हरेक वस्तु पूजनीय र श्रद्धायोग्य हुन्छन् | गाई, ब्राह्मण र कुकुरको शरीरमा रहेको आत्मामा कुनै भेद छैन | शरीर आत्माको अस्थायी घर भएकोले स्त्रीपुरुषका रुपमा चिनिन्छ तर आत्मा आफैमा स्त्री वा पुरुष होइन |

वाइबल वा कुरानले शरीरलाई नै आत्मा भनेर वर्णन गरेको छ | बाइबल-कुरानकाअनुसार परमेश्वरले छ दिनमा संसारको सृष्टि गरेपछि सातौं दिन विश्राम गर्यो | पछि आफुले एक्लोपन अनुभव गरेपछि 'माटो'बाट वर्तमान मान्छेको आकृति बनायो र त्यसमा फुकेर 'प्राण' हाल्यो | बाइबल र कुरान दूबैले रगतलाई नै आत्मा मानेका छन् | कुरान र बाइबलका अनुसार लोग्ने मानिस बाहेक अन्य कुनै पनि जीवित वस्तुमा आत्मा हुँदैन | महिलामा पनि आत्मा हुँदैन किनभने परमेश्वरले स्त्रीलाई पुरुषले भोग्न बनाएको हो | धार्मिकग्रन्थहरूको यही मान्यताले गर्दा मुस्लिम र इसाईहरूले महिलालाई बस्तुका रूपमा ब्यबहार गर्छन् | इराकका कट्टरपन्थी आतंकवादी ISSI ले वन्धक वनाएका यजदि महिलाहरूलाई बोलिलगाएर बेचिरहेका छन् |

आजका क्रिस्चियनहरू ब्यबहारिक रूपमा वदलिएका भए पनि सत्रौं शताब्दिसम्म महिलालाई हेर्ने र ब्यबहार गर्ने दृष्टिकोण आजका मुस्लिमहरूसंग मिल्थ्यो | आज पनि कट्टरपन्थी इसाईहरूले महिलामा आत्मा हुँदैन नै भन्ने विश्वास गर्छन् | जव मुस्लिम र क्रिश्चियन धर्म ग्रन्थले महिलामा आत्मा हुने कुरालाई अस्वीकार गर्छन् भने अन्य जीवित वस्तुमा आत्मा भएको विश्वास गर्ने कुरै भएन | यसै कारण यिनले प्राणीको सजिलै हत्या गर्छन् | रह्यो कुरा, लोग्ने मानिसमा रहेको आत्मा, यदि यसले बाइबल वा कुरानको आदेशअनुसार काम गर्यो भने स्वर्ग जान्छ नत्र हमेशाका लागि नर्कमा जान्छन् |

तर हिन्दू धर्मकाअनुसार शरीर आत्माको अस्थायी निवास भएकोले स्त्री वा पुरुषको शरीरमा निवास गर्ने आत्मा एउटा नै हुन्छ | आत्माका रूपमा स्त्री र पुरुष दूबै समान छन् | हरेक आत्माको कर्तब्य आफ्नो मूल स्वरूप प्राप्त गर्नु हो | आत्मा विशुद्ध तत्व भएकोले त्यो पुरुष वा स्त्री हुँदैन | उपनिषद्का अनुसार जीवात्माका रूपमा हरेक व्यक्तिको प्रमुख लक्ष नै आफ्नो पूरातन स्वरूपलाई प्राप्त गर्नुहो | ''आत्मा वारे चिन्तब्यो, मन्तब्य वा निधिध्यासितव्य वा | आत्मा नै ज्ञानको प्रमुख विषय भएकोले यस वारे विचार गरौँ, चर्चापरिचर्चा गरौँ र यसैका विषयमा खोजतलास गरौँ | भक्तहरू भगवानका समिप जान्छन् भने ज्ञानीहरू भगवानसंग एकरूप हुन्छन् | यसरी, हिन्दू धर्मकाअनुसार आत्माको बयक्तिकता कहिल्यै पनि लोप हुँदैन |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...