Saturday, August 19, 2023

कट्टरपन्थीको साथी : धर्मनिरपेक्षता

 कट्टरपन्थीको साथी : धर्मनिरपेक्षता !

नेपालमा हिन्दूसमुदायलाई निरन्तर अपमानित गरेर जातीय द्वन्द निम्त्याउन चाहने को हुन् ? नेपाली समाजको संरचना समुदायका विचमा एकआपसमा घुलमिल भएर बनेको छ | हिन्दू, जैन, बौद्धआदि समुदायहरूको सामूहिक सहअस्तित्व र पृथ्वीनारायण शाहले हतियार निर्माण गर्न/गराउन लखनऊदेखि लिएर आएका मुसलमानहरू सहअस्तित्वमा छन् | देशमा इसाईहरूको पनि ठूलो जनसंख्या छ | साथै, जुनसुकै समुदायको व्यक्ति भए पनि सार्वजनिकरूपमा आफुलाई नास्तिक भनेर चिनाउने तर व्यक्तिगततहमा हिन्दू, बौद्ध, जैन जीवनशैलीलाई मान्नेहरूको ठूलो समुदाय छ |
कुनै पनि धर्म स्वीकार गर्नु वा छोड्नु व्यक्तिको व्यक्तिगत अधिकारको विषय हो | यस्तो भन्ने स्वतन्त्रता पनि ८०% हिन्दु समुदायको उपस्थितिका कारण सम्भव भएको हो | बौद्धहरूलाई जतिसुकु उदार, शान्तिवादी ठानिए पनि श्रीलंका, थाइल्याण्ड, म्यामार, कम्बोडियाजस्ता देशहरू धर्मनिरपेक्ष छैनन् | न त्यहाँका जनताले धर्मनिरपेक्षताको चाहना राख्छन् | नेपालमा धर्मनिरपेक्षताको विषयमा बढी चर्चा हुन थालेको २०४७ को परिवर्तनपछि नै हो | नेपाली धर्मनिरपेक्षताको सबैभन्दा भद्दा व्यङ्ग्य के हो भने यसले धार्मिक, साम्प्रदायिक तथा नश्लमा नामुद कट्टर मानिने मुस्लिम, इसाई तथा अन्य नवोदित पन्थहरूलाई धर्मनिरपेक्ष शक्तिको रूपमा मान्यता दिनु हो |
१९४७ मा भारत विभाजित हुँदा यही धार्मिक धर्मनिरपेक्ष शक्तिको देन थियो | १९५२ मा भारतीय संबिधानले मुसाई समुदायलाई "धर्मनिरपेक्ष शक्ति"को रूपमा स्वीकारको "राष्ट्रीय-घाउँ' आज पनि बल्झिरहन्छ | दु:ख कुरा के हो भने भारतको त्यो दुखाईबाट नेपालले शिक्षा लिन सकेन | बरू, इसाई, मुस्लिम समुदायलाई "धार्मिक कट्टरपन्थी" शक्ति मानेर हिन्दूहरूलाई धर्मनिरपेक्ष शक्ति मानेको भए देशले प्रष्ट दिशा निर्देश पाउँथ्यो | निश्चयनै इसाई होस् वा मुस्लिम समुदाय नेपाली नागरिक हुन्, यिनलाई धार्मिक रूपमा दोश्रो वा तेस्रो दर्जाको नागरिकको व्यबहार गर्नु हुँदैन | धार्मिक अभ्यास गरेकोमा आलोचना वा विध्न गर्नु हुँदैन |
नेपालको संबिधानले सत्यतत्थ्यलाई लत्याएको छ | कुनै पनि मुस्लिम, इसाई वा अम्बेडकर ब्राण्डको क्रिप्तो बौद्धले आफ्नो परिचय धर्मनिरपेक्ष शक्तिका रूपमा दिंदा घृणा गर्ने छ | उनीहरू पनि संबिधानले दिएको अवास्तविक परिचयबाट उठ्न चाहन्छन् | त्यो परिचय केवल धर्मपरिवर्तन गराएर आफ्नो समुदायको सङ्ख्या बलले मात्र सम्भव छ भन्ने तत्थ्य्का आधारमा क्रियाशील छ | आफुले घृणा गर्ने "धर्मनिरपेक्षता"को वकालत गर्दा मात्र "धर्मपरिवर्तन" गराउन निर्वाध हुन्छ भन्ने कुरालाई आत्मसात गरेका छन् | तर जसले धर्मनिरपेक्षता र जातीय पहिचानको चर्को आवाज उठाइरहेका छन्, तिनकै समुदायहरूले धर्मपरिवर्तन गरेर इतिहास रच्दैछ्न् | आजको धर्मनिरपेक्षताको प्रयोग गर्ने हैसियत प्राप्त गरेको दिन "जातीय, भाषिक तथा भूगोलका" अधिकारहरु चर्च वा मस्जिदमा गएर टुंगिने छ | तेहा, एउटा धर्म, एउटा पुस्तक, एउटा जाति, एउटा भाषामात्र सीमित रहने छ |
भारतवर्षका हिन्दूहरूमा "कट्टरपन्थी जीन" नभएकोले स्वभावत: स्वागत गर्ने स्वभावका छन् | नत्र ८०% प्रतिशत हिन्दू जनसंख्या भएको नेपाल "धर्मनिरपेक्ष" बन्ने कुनै सम्भावना देखिन्न | बंगलादेश, म्यामार, भुटान, श्रीलंका, थाइल्याण्ड. अफगानीस्तान तथा पाकिस्तानको बहुमतले के-कस्तो राज्यसत्ता निर्माण गरेको छ ? हिन्दूहरुबाट यो कुरा लुकेको छैन | हिन्दूहरूको जीनमा "निरपेक्षता" लुकेर बसेको छ, जसले स्वयंको सत्यानाश हुँदा पनि "निरपेक्ष" स्वभावको आचरण गर्न बाध्य बनाइरहेको छ | नेपाल र भारत यी दुई देशका ८०% हिन्दूहरूले धर्मनिरपेक्षताको निरपेक्ष भावले अभ्यास गरेर "गणतन्त्र, लोकतन्त्र, समाजवाद, साम्यवाद"सबैको नाक जोगाइदिएको छ | प्रजातन्त्रको जनक मानिने वेलायत र अमेरिकाला राष्ट्रप्रमुखहरूले पनि "बाइबल"मा हात राखेर देशभक्ति र बाइबल भक्तिको कसम खाएकै हुन्छन् | मुस्लिम राष्ट्रहरूको विषयमा केही भन्न नै परेन |
धर्मनिरपेक्ष शब्द र सोच दुवै निकै विवादित छन् | नेपालको धर्मनिरपेक्षतालाई बोकेर हिड्नेमा परस्पर विरोधी चिन्तन भएका "साम्यवादी र समाजवादी" हुन् | साम्यवादी लेफ्ट मानिन्छन्, समाजवादी मध्यममार्गी (कंग्रेसआदि) र राप्रपाजस्ता दलहरूलाई राइट अर्थात् दक्षिण पन्थी मानिन्छ | चरमकट्टर पन्थी मुस्लिम र इसाई अम्बेडकरवादीजस्ता समुदायहरू दक्षिण, उत्तर, पश्चिम, लेफ्ट कुन् पन्थका पर्छन्, राज्यले यिनको लिंग छुट्याएको छैन | आदिवासी, जनजाती, मूलवासी, इसाई, मुस्लिम, अम्बेडकरवादीजस्ता कट्टरपन्थीसंग नेपालको धर्मनिरपेक्ष सरकार सधैं डरले थरथर कामिरहेको देखिन्छ | यो कट्टरपन्थी शक्तिका अगाडी सरकार नुन खाएको कुखुराझैं निरीह देखिन्छ भने परम्परागत हिन्दू, बौद्ध, जैन तथा किरातीहरू समक्ष धर्मनिरपेक्षताको पक्षमा सहृदयी बन्ने "काइते" उपदेश दिन्छ | सरकारले अराजक विरुद्ध कुनै कानुन कार्यान्वयन गर्न सक्दैन तर कानुनको सम्मान गर्ने हिन्दू-समुदायलाई धार्मिक विश्वासका आधारमा दोस्रोदर्जाको नागरिक सरह व्यबहार गर्न छोड्दैन |
जव कुनै हिन्दूले कट्टरपन्थीको आलोचना गर्छ, त्यस बखत धर्ननिरपेक्ष सरकार ती कट्टरपन्थी अल्पसंख्यकहरूको बचाउँमा उत्रिन्छ | भारतमा पनि ठ्याक्कै यही चाला देखेर १० वर्ष अगाडी जनताले भोटका माध्यमबाट सत्ता नै परिवर्तन गरिदिए | तर यही कट्टरपन्थी (धर्मनिरपेक्षतावादी) भारतमा बहुमत हुन्थ्यो भने भोट होइन हतियारका बलमा सत्ता परिवर्तन हुन्थ्यो | हालै, नाइजर र नाइजेरिया यसका उदाहरण हुन् भने अफगानिस्तान र सिरिया पनि बलियो उदाहरण हो | उदाहरणका लागि यो आलेख तयार पार्दै गर्दा भारतका प्रसिद्ध युवा कथाबचक धीरेन्द्र कृष्ण शास्त्री नेपालमा आएका छन् | १२ भाइ सिन्डिकेटका रूपमा बदनाम धर्मनिरपेक्षतावादी मिडियाहरूले उनको समाचार बहिस्कार गरेका छन् | तर यिनै मिडियाले कोरियाकी चर्चित इसाई माताले "होलीवाइन" ख्वाउंदा ठूलाठूला ब्यानरमा "जयजय"कार गरेका थिए | अचम्मको कुरा त के भने धर्मनै मनान्ने "प्रगतिशील" शक्तिले राज्यशक्तिको चरमदुरुपयोग गरेर "माताको सेवा गर्द्दा" धर्मनिरपेक्षता खतरामा देखेको थिएन |
हिन्दू बोल्यो कि नेपालको धर्मनिरपेक्षताको पेशा खतरामा पर्छ ! यहाँको प्रगतिशील, समाजवादी तथा जातीय पहिचान खतरामा पर्छ | हिन्दूहरूलाई "ककेशिया" पुर्याउने नारा घंकिन्छन् | नेपाल र नेपालीको भलो चाहने सहृदयी नेपालीहरूले गाँठो पारेर बुझे हुन्छ कि नेपालको गणतन्त्र, धर्मनिरपेक्षता जातीय र धार्मिक कट्टरपन्थीको हिमायती र धर्मनिरपेक्ष एवं सहअस्तित्वको अभ्यास गर्ने बहुसंख्यक हिन्दू, जैन, बौद्ध तथा किराती समुदायको शत्रु हो भनेर बुझ्नु गलत हुँदैन | नत्र समुदाय विशेषलाई जातीय, धार्मिक आधारमा हिंसातिर उन्मुख गराउन तत्पर "घृणावादी"हरूलाई सरकारले न्यायको डण्डा किन चलाउन सक्दैन ? उत्तर फेरी पनि त्यही हो "यो गणतन्त्रले बहुमतलाई शत्रु ठान्छ !
स्वस्तिअस्तु

Saturday, August 12, 2023

दीक्षा, शिक्षा र विद्या

 दीक्षा, शिक्षा र विद्या

आफ्नो गोत्र, बंश, परम्परा तथा मूलसंग जोडिन सुयोग्य गुरू (पिता, माता, गुरू) संग दीक्षित हुनुपर्छ | दीक्षा आफ्नो परम्परा, संस्कृति तथा आदर्शसंग जोडिने आध्यात्मिक क्रिया हो | दीक्षा विहिन व्यक्ति वा समुदाय जरा नभएको रूखझैं सानो हावाको झोकाले पल्टिन्छ | स-सानो प्रलोभनले आफ्नो मूल पहिचानलाई परित्याग गर्छ |
शिक्षा : जो-जसरी संसारमा आए पनि प्रत्येक व्यक्तिको व्यक्तिगत र सामाजिक जीवन छ, त्यसलाई संचालन गर्न शीप, पेशा तथा साधनस्रोत चाहिन्छ | शिक्षाले व्यक्तिलाई भौतिक जीवन संचालनका लागि समयोचित, स्वाभिमानयुक्त, कर्मशील तथा विनयशील जीवन यापन गर्ने क्षमता प्रदान गर्छ | प्राचीन समयमा मान्छेहरूले कुल, बंश र पेशाअनुसारको शिक्षा प्राप्त गर्थे | अहिले समय तथा आवश्यता वदलिएकोले शिक्षा विकेन्द्रीत भएको छ |
विद्या : अनन्त: जीवनको अर्थ मृत्यु पनि हो, मृत्युलाई सहज, सरल र अर्थपूर्ण बनाउनका लागि धर्म (मनुका दश लक्षण) सहित धर्म, अर्थ, काम र मोक्षको अवस्था स्वक्रियात्मक रूपमा जीवनमा घटीत हुने ज्ञान प्राप्त गर्नुपर्छ | विद्याको प्राप्ति दीक्षा तथा शिक्षापछि हुन्छ | विद्याको मूल उद्देश्य संसारमा सरल, सहज र आनन्दपूर्वक जीवन यापन गर्ने मानसिक चेतना तथा मृत्युपछि मोक्ष सुनिश्चित गर्नुहुन्छ | विद्याको अर्थ ज्ञान ज्ञान पनि हो |
दीक्षा, शिक्षा तथा विद्याको परम्परा विश्वभरीका मानवसमाजमा जीवन्त रुपमा अभ्यास गरिन्छ तर केही मानव-समाजले केवल दीक्षा (मुस्लिम, इसाई र यहुदी)लाई महत्व दिएका छन् फलत: अर्काको धार्मिक अस्तित्व स्वीकार गर्न नसक्ने समाज खडा भएको छ | केहीले केवल शिक्षाको महत्वलाई स्वीकार गरेका छन् फलत: समाज यान्त्रिक तथा अधिकतम पैसामुखी बन्न पुगेको छ भने केही सम्प्रदायहरूले केवल मोक्षलाई स्वीकार गरेका छन् तेसैले मौलिकता तथा व्याबहारिक जीवनप्रति उदासीन छन् | कुनै वेला बौद्ध-समुदायले केवल महानिर्वाणको अभ्यास गरेको हुँदा भारतवर्षबाट ओझेल हुनुपरेको थियो |
केही अपवाद र अपव्याख्यालाई छोड्ने हो भने आजको मितिमा पनि हिन्दूले (शाक्त, शैव, वैष्णव, स्मार्त) दीक्षा, शिक्षा तथा विद्याको परम्पराको आंशिक पालन गरिरहेका छन् | वंश, गोत्र तथा पारिवारिक परम्पराले दीक्षाको प्रतिनिधित्व गरेको छ | शिक्षाका क्षेत्रमा हिन्दूहरूको अभिरुचि लुकेको छैन भने आत्मविद्यामा पनि हिन्दूहरूका विच आज पनि ऋषिकल्प जीवन यापन गर्नेहरू अनन्त छन् भने थोरैधेरै हरेक हिन्दूहरूले विद्याको अभ्यास गरिनै रहेका छन् | अंग्रेजीमा यस्तो विधालाई होलिस्तिक (Holistic lifestyle) भन्ने गरिन्छ, जसअन्तर्गत आफ्नो मूलमा रहेर अन्य विविधताहरूको अस्तित्वलाई स्वीकार गरिन्छ |
यस अर्थमा, आजको विश्व मानव-समाज अलिअलि गरेर हिन्दूजीवनशैलीतिर लम्किरहेको छ किनभने अन्य धार्मिक -समाजसंग हिन्दूमनको अभाव छ | आजको विश्वले हरेक मान्छेमा एउटा हिन्दूमन स्थापना भएको अनुभव गर्छ चाहन्छ जसले विविधतालाई सहजरूपमा स्वीकार गरोस् र विश्व सबैको साझा र समान वासस्थान बन्न सकोस् |

हिन्दू हुनुको गौरव

 मलाई एउटा हिन्दू परिवारको अङ्ग हिन्दू हुनु गौरवको कुरा भने यहुदी, इसाई, मुस्लिम, जैन, बौद्ध, शिख हुनु पनि त्यत्तिकै गौरवको कुरा हो | आफु जन्मेको, हुर्केको, सिकेको परिवेश धेरैजसोलाई प्रिय पनि लाग्छ | तर यदि सम्बन्धित परिवेशले शारीरिक, मानसिक तथा बौद्धिक स्वतन्त्रताको सम्मान गर्दै, लिंगका आधारमा, जन्मका आधारमा, भाषाका आधारमा, भूगोलका आधारमा, विश्वासका आधारमा वा रुपरंगका आधारमा विभेद गर्छ भने मान्छेको चित्त दुखिरहेको हुन्छ | भित्रभित्र अपमानबोधले छटपटाई रहेको हुन्छ | यस्तो छटपटाहटले विद्रोह निम्त्याउछ | सचेत रहनुपर्छ केही विद्रोहहरू प्रायोजित तथा लोभलालच तथा संस्कृति र सभ्यतालाई नष्ट गर्ने दृष्टिकोणबाट संचालित हुन्छन् |

फेरी पनि भन्छु, मैले एउटा विनम्र सनातनी हिन्दूका रूपमा कुनै लाजलाग्दो वा अपराधबोध हुने काम गरेको छैन | केही अपवाद बाहेक विश्वको धेरै हिन्दुजनसंख्या मजस्तै निर्दोष छ | हिन्दुहरू विश्वको जुनसुकै भागमा फैलिएका भए पनि तेस ठाउँको संस्कृति, परम्परा, भाषा तथा राष्ट्रियतालाई सहजमा स्वीकार गरेर ती समुदायहरूसंग मिलेर बसेका छन् | आज विश्वको कुनै पनि हिन्दू व्यक्तिलाई अतिवादी तथा आतंकवादी वा अराजकतत्व भएको प्रमाणित गर्न सकिन्न तर आरोप लगाउनेहरूको मुख थुन्न सकिन्न र धेरैजसो आरोप लगाउनेहरू ती समुदायका सदस्य हुन्छन्, जुन समुदायहरू नितान्त एकलकाटे र विश्वको विविधतासंग मिल्न सक्दैनन् | यी विचारलाई स्वीकार गरेर "अधिकारको जामा" पहिर्याउनेहरू राजनैतिक नेतित्व पनि साम्यवाद वा समाजवादको एकलकाटे चिन्तनका पक्षधर नै भेटिन्छन् |
विकासका क्रममा धेरै थोक हिन्दू-संस्कृतिमा मिसिएका छन् | हिन्दूहरूले मुस्लिम, इसाई, पारसी तथा जैन, बौद्ध सबैसंग केही न केही ग्रहण गरेका छन्, सिकेका छन् | अरू आफुआफु पनि मिलेर नबस्ने र अन्य संस्कृतिसंग सधैं शत्रुतापूर्ण दृष्टिकोण र व्यबहार गर्नेहरूको (इसाई, मुस्लिम, यहुदी र अम्बेदकर ब्रान्डका बौद्ध) प्रभावले गर्दा पछिल्लो समयमा हिन्दूहरूमा पनि अनुदारवादी चरित्रको विकास हुँदैछ | धर्मपरिवर्तनका लागि राजनैतिक शक्तिको प्रयोग गरेर मौलिक संस्कृतिहरू समाप्त परिरहेका समुदाय विरुद्ध यदि हिन्दूहरू असहिष्णु हुँदैछन् भने दोष हिन्दुको होइन एकलकाटे विचार राख्नेहरूको दुराग्रहलाई दिनुपर्छ | उदाहरणका लागि राजनैतिक दुराग्रहले २२ करोड़ जनसंख्या भएको मुसलमान र ९ करोड़ जनसंख्या भएको इसाई समुदाय भारतमा अल्पसंख्यक मानिन्छ भने केवल १ प्रतिशत भन्दा पनि कम जनसंख्या भएकोजैन र पारसी समुदायको लागि कुनै आरक्षण छैन |
पारसी र जैन दूवै धार्मिक समुदायले आफु बाहिरका सम्प्रदायलाई सम्मान गर्छन् र यहुदी, इसाई तथा मुस्लिमहरूझैं बहुसंख्यकसंग विद्रोह गर्न राजनैतिक शक्तिको प्रयोग गर्दैनन् | हिन्दूहरूले सधैं त्याग गर्नु पर्ने तर यहुदी, इसाई र मुस्लिम समुदायले कुनै पनि त्याग नगर्दा पनि आरक्षण प्राप्त हुने र सम्मानजनक सहभागिता हुनुपर्छ भन्दा आलोचित हुनु पर्दा हिन्दूहरूमा विद्रोही स्वभाव जाग्नु स्वाभाविक हुन्छ | हिन्दूहरूले खाडीदेशका मुस्लिमहरूप्रति गुनासो गरेको सुन्न पाइन्न किनभने तेहाका मुस्लिमहरू आफ्नो धर्म, संस्कृतिप्रति समर्पित छन् र हिन्दू, बौद्ध, जैन वा अन्य धर्मप्रति उनीहरूको प्रत्यक्ष सरोकार छैन | एकल बहुमत भएको हुँदा आफ्नो देशमा "उदारवादी" हुने आवश्यकता पनि छैन |
सामाजिक संजालको सघनताले जसरी हिन्दू संस्कृति र सभ्यताहरू विश्वमा फैलिएका छन्, यसले धर्मनिरपेक्षताको खोल ओढेर एकेश्वरवादीहरूको सेवा गर्ने राजनैतिक नेतृत्व र गैरवैदिक एकेश्वरवादीहरू अत्तालिएका छन् | हिन्दू मनको उदारता, प्राकृतिक पन्थ निरपेक्षता र वैश्विक स्वीकार्यताले गर्दा हिन्दूहरूको विश्वभरी बर्चश्व बढेको छ | विगतमा हिन्दु-संस्कृतिका वारेमा सुन्दै नसुनेकाहरू पनि हिन्दुहरूप्रति आकर्षित भएको देख्दा " र यो विश्व सबैको साझा गूंड हो भन्ने मूर्ति पूजक" समुदायसंग वेखुसी छन् | हिन्दूहरूको सर्वस्वीकार्यता बढ्दै गर्दा अब्राहमिक र अब्राहमिक पृष्ठभूमिमा विकसित भएका राजनैतिक शक्तिहरू एकठाउँमा उभिएर हिन्दु-संस्कृति मास्न तम्सिएका छन् | धार्मिक सर्वसत्तावादी र राजनैतिक सर्वसत्तावादीहरूको यस्तो एकीकृत प्रयत्नलाई हरेक हिन्दू (मूर्तिपूजक)ले बुझ्नैपर्छ |

अब्राहमले माया गरेको राजनीति !!

 अब्राहमले माया गरेको राजनीति !!

तात्विक दृष्टिकोणले विचार गर्ने हो भने यहुदी, इसाई तथा मुस्लिम एकेश्वरवाद र कम्युनिस्ट विश्वमा केही फरक छैन | अब्राहम विविधताको विपक्षमा थिए तेसैले यहुदीले इसाईलाई, इसाईले मुस्लिमको धार्मिक अस्तित्व अस्वीकार गर्छन् | अस्वीकार गर्दागर्दै पनि यहुदीहरू ३ तीन, इसाईहरू ६३७ र मुस्लिमहरू ७४ फिर्कामा विभाजित भएर एकअर्कासंग सङ्घर्षरत छन् | ती सबैका आ-आफ्ना नेता छन् र हरेकले आफुमात्र "स्वर्गको ठेकेदार" भएको र अरू सबै झुट्टो भएको बखान गर्छन् | जव आफ्नै अस्वीकार्य छन् भने अब्राहम-लाइन वाहिरका विविधतालाई मान्ने कुरा हुँदैभएन |
अर्कोतिर कार्लमार्क्सको नेतृत्वमा आरम्भभएको कम्युनिस्ट आन्दोलन पनि आरम्भमा एउटा मात्र थियो | आजको मितिमा आइपुग्दा विश्वभरि कम्न्युनिस्टहरूका हजारौं सम्प्रदाय जन्मिएका छन् | नेपालमा पनि करिव-करिव ४४ बटा कमुनिस्ट सम्प्रदायहरू जीवन्त छन् | ठ्याक्कै अब्राहमिक पन्थझैं नेपालका यी कम्युनिस्ट सम्प्रदायहरूले आफुमात्र "ओरिजिनल" भएको दावी गर्छन् | अझैं, नेपालको मौलिक कम्युनिस्ट पन्थ पनि विकसित भएका छन् जसले नेपालको लागि मौलिक "जातिवादी" कम्युनिस्ट सम्प्रदाय खडा गरेर आफुलाई "महागुरू" बनाउन सङ्घर्ष गरिरहेका छन् | भ्रममा नपर्नु होला, यदाकदा यी महागुरूहरूका विचमा एकता पनि हुन्छ तर गुरूहरूको भित्रि मनसायचाहिं अर्काको अस्तित्व समाप्त पार्ने नै हुन्छ |
अहिले नेपाली राजनीतिमा अब्राहमिक चरित्रको राजनैतिक शक्ति बलियो छ भने यिनैको छत्रछायामा धर्मपरिवर्तनको उद्योग फस्टाएको छ | स्वाभाविक रूपमा होली-बाइन र अभिषेकको प्रसंगले नेपालको मौलिकता समाप्त पर्न यी दूवैको घोषित (अधोषित) गठबन्धन छ | दुर्भाग्यवस्, आफुलाई उदारवादी भन्ने तथाकथित पुरानो समाजवादी पार्टी कंग्रेसले पनि आजभोली एकेश्वरवादी (कम्युनिस्टहरूका लागि मार्क्स र अब्राहमिकहरूका लागि अल्लाह वा गड)को छत्रछाँया स्वीकार गरेको छ | न झुक्किनु होला, यिनले अमेरिका, बेलायत र जापानका विकासको सपना देखाए पनि अब्राहमिक (ई.पू. १५००), जिसस (ई.पू. १००), मोहम्मद (ई. ५६७) र कार्लमार्क्स (ई. १८००) को विश्वलाई नै मानवीय विकासको सर्बोच्च अवस्था ठान्छन् |
जवसम्म यी सम्प्रदायहरूले आपसी बर्चश्वको लडाई लडिरहने छन्, तवसम्म नेपाली समाज कार्लमार्क्स कालीन अवस्थाबाट माथि उठ्न सक्ने छैन | समाजवाद र साम्यवादको गहिरो मोहनीमा रमाउने जनताहरू पनि समाजवाद र साम्यवादको मोहनीबाट वाहिर ननिस्कने कसम खाएका छन् | सायद त्यो भीडमा म पनि पर्छु | यी सम्प्रदायको मोहनीमा रमाउंदै गर्दा यिनका माउसंस्थाहरूले (इसाई-मुस्लिम) नेपालमा निकै फड्को मार्ने गरी प्रगति गरेका छन् | नेपाली जनताहरूको मोहनी रोमको नीरो भन्दा कम छैन | इसाई वा मुस्लिम समुदायसंग लेखकको कुनै गुनासो छैन तर देश निर्माणको ठेक्का लिएका राजनैतिक सम्प्रदायका नेताहरूको बर्चश्वको आन्तरिक द्वन्दमा म अचानोमा परेको सत्य हो |
नेपालमा समाजवाद आउंदैन, साम्यवादको कुनै सम्भावना छैन तर कार्लमार्क्सको मार्क्सवाद र समाजवादको बैचारिक द्वन्दमाथि चढेर अब्राहमले बलियो जरा गाडिरहेका छन् | नेपालमा भौतिक विकास होस् वा नहोस्, एकआपसमा अविश्वास, एकआपसमा घृणावाद र यसैको छत्रछाँयाभित्र अब्राहमले ठूलो सफलता प्राप्त गरिरहेका छन् | अफ्रिकेली देशहरूमा अब्राहमको फैलावटपछि जुन विकास ती देश र समाजले हासिल गरेका छन्, नेपालले पनि त्यही विकास भोग्न तम्तयार रहनुपर्छ | अहिलेको राजनीति र अब्राहमको गठजोडले निर्माण गर्ने नेपाली यस्तै हुने छ |
नेपाली भोटरहरूको सङ्ख्याको मूल्यांकन गर्दा र कम्युनिस्ट तथा समाजवादीहरूले विकसित गरेका मौलिक नेपाली सम्प्रदायहरू (उनीहरूले भनेअनुसार) र तिनका महागुरूहरूले सपना देखाएको सपनाको नेपाल सन् २३०० तिर उन्मुख हुँदैछ कि सन् १८०० तिर फर्कंदैछ ? आफै मूल्यांकन गरौँ | प्रगतिशील र समाजवादी महागुरूहरूले निर्माण गर्ने भविष्यको नेपालको अनुहार आजका प्रत्येक नेपाली नागरिकले देखिरहेका छन् र बाँचिरहेका छन् | यो सबै जानेर, बुझेर र भोगेर पनि यदि हामीलाई जाग्नुछैन भने छोराछोरीले रगत बगाएर पठाएको रेमिट्यान्समा आगामी २०० सयवर्षसम्म बाँच्ने अभ्यास गरौँ र रेमिट्यान्स रोकिएको दिनका लागि आत्महत्या गर्ने पनि अभ्यास गरौँ |

एउटा अद्भूत युवा सन्यासी : शंकराचार्य !

 एउटा अद्भूत युवा सन्यासी : शंकराचार्य !

आज भारतवर्षका दुई आचार्य सिद्धान्तकारहरू जन्मेको विश्वास गरिन्छ : आचार्य शङ्कर र रामानुज | मलाई सबैभन्दा मन पर्ने दार्शनिक आचार्य शङ्कर हुन् | उनले काल ३२ वर्षको छोटो उमेरमा सम्पूर्ण भारतवर्ष घुमेर बौद्ध र जैनीहरूलाई शास्त्रार्थमा जितेर सनातन धर्मको पुन: जग बलियो बनाउने काम गरेका थिए | आफ्नो ३२ वर्षको छोटो उमेरमा ७८ बटा संस्कृतका ठूलासाना पुस्तकहरू लेख्नु, अनेकौं स्थानमा देवमन्दिरहरू निर्माण र पुननिर्माण गरेर सनातन धर्मको सेवा गरेका थिए |
तुलनात्मक रूपले हेर्दा महावीर ८२ वर्ष, बुद्ध ८० वर्ष, रामानुजाचार्य १२० वर्ष, मद्वाचार्य ९७ वर्ष, निम्बार्क ५३ वर्ष जीवित रहेर आफ्नो मत वा सिद्धान्तको प्रचारप्रसार गरेका थिए | यी सबैको उमेरको तुलनामा आचार्य शङ्कर यो पृथ्वीमा थोरै जीवित रहे | तर आज पनि सनातनी हिन्दू सांस्कृतिक जीवनमा सबैभन्दा बढी प्रभाव आचार्य शङ्करकै देखिन्छ | जैन र बौद्ध अलगै धर्म भएकाले यो विषयको कुनै तुलना गर्नु पर्दैन |
श्रीमदशंकराचार्यले दर्शनशास्त्रको क्षेत्रमा प्रयोगात्मक "अद्वैतवाद" नामक सिद्धान्तको स्थापना मात्र गरेनन् अपितु यो सिद्धान्तलाई वैश्विकतहमा प्रचारप्रसार गर्न भारतवर्षका चारै कुनामा आचार्यपीठहरूको स्थापना गरेर सनातन धर्मका आधिकारिक विरक्त विद्वानहरूलाई ती गद्दीमा बसाले | यसले गर्दा बौद्धहरूले पुन: सनातन धर्ममा प्रहार गर्न पाएनन् |
केही पश्चिमा र पश्चिमा पोषित विद्वानहरूले आचार्य शङ्करलाई बौद्ध धर्मको विनाशका लागि जिम्मेदार ठानेका छन् | भगवान् बुद्धको मृत्युपछि ठूला विहार खडा गरेर भिक्षु बन्नेहरूको ठूलो भीड भयो | गृहस्थमा बसेर जीविकोपार्जन गर्न भन्दा बौद्ध-भिक्षु बनेर सित्तैमा र सम्मान पूर्वक बाँच्नेहरूको झुण्ड बढेपछि जनताहरू हायलकायल भएका थिए | यो तत्थ्य बौद्ध ग्रन्थहरूमा यत्रतत्र भेटिन्छ | लाखौंलाख भिक्षु भएका महाविहारको चर्चा छ जहाँ भिक्षुहरूले सबै प्रकारका सुविधा सित्तैमा प्राप्त गर्थे |
राजा अशोकको वेलामा बौद्ध भिक्षुहरूलाई दान नदिने ग्रामिणहरूलाई दण्डित गरिन्थ्यो | यस्ता अनेकौं कथाहरू बौद्ध निकायहरूमा प्रष्ट उल्लेख छन् | फलत: लाखौंलाखको सङ्ख्यामा भिक्षुहरू गाउँबाट निस्कंदा तत्कालीन ग्रामिणहरू भोकभोकै मर्ने अवस्था थियो | भिक्षा दिंदा भोकै मरिने, भिक्षा नंदिंदा राजदण्डले सबै लुटिने ! यो सबै कुरा अरवका इतिहासकार तथा शंकराचार्य भन्दा केही समय अगाडी भारतवर्ष घुमेका अल-बरुनीले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् |
बौद्ध भिक्षु र शंकराचार्यको मतका सन्यासीहरूको रूपरङ्ग उस्तै देखिने हुँदा शंकराचार्यलाई "नक्कली बौद्ध" भन्ने आरोप लाग्ने गर्छ | तर बुझ्नु पर्ने तत्थ्य के हो भने उपनिषदहरूले नै सन्यास वारे चर्चा गरेका छन् जुन जैन तथा बुद्धभन्दा पहिलेका मानिन्छन् | बरू, बुद्धले भिक्षुको रूप दिंदा वैदिक सन्यासीको नक्कल गरेका थिए र तेस बखत त्यसको विकल्प पनि थिएन |
आजको समयमा बुद्ध र आचार्य शङ्कर इतिहासका विषय हुन् तर गुरुशिष्य परम्परामा दूवै जीवित छन् | फरक एत्ति छ कि आचार्य शङ्करले आरम्भ गरेको अद्वैतवादी धारा एकलरूपमा परावर्तित छ भने बौद्धहरू अनेकौं सम्प्रदाय र उपसम्प्रदायमा विभाजित भएर विश्वभारी फैलिएका छन् | आचार्य शङ्करले शङ्करले "ब्रह्ममात्र"का रूपमा आफु र विश्वलाई पाए जसले सैद्धान्तिक रूपमा बुद्धलाई पनि ब्रह्म नै देख्यो भने बुद्धका अनुयायीहरू बुद्ध भन्दा वाहिरका विविधतालाई स्वीकार गर्न सकेनन् |
आफ्नो ३२ वर्षको छोटो उमेरमा अद्वैतवाद नामक वेदान्तको स्थापना गर्न समर्थ, महान् आचार्य, वैदिक सनातन हिन्दू धर्मका पुनर्जागरण कर्ता विचारक महामना आचार्य शङ्करप्रति हार्दिक नमन |

विरामी अस्पताल

 एउटा विरामी अस्पताल !!

साच्चिकै भन्नुपर्दा यो सात तले अस्पताल खडा गर्न स्वदेशी-डक्टरले भन्दा पनि छिमेकीले धेरै मेहेनत गरेको थियो |
साततले घर बनाउन छिमेकीले भरपुर सहयोग गरेको थियो | आफ्नै आँगनमा बोलाएर साततले अस्पतालको नक्सा बनाएर दिएको थियो |
प्रमाणपत्र लिएर फर्केका डक्टरहरूले ठ्याकै नक्साअनुसारको अस्पताल खडा गरे | बडो धुमधामसंग अस्पतालको उद्घाटन भयो |
यो अस्पताल सबैका लागि भनिएको थियो तर सेवाचाहिं यी डक्टरहरूका आसेपासेले पाए | नि:शुल्क अस्पतालबाट सेवा प्राप्त गर्नेले आज पनि अस्पतालको प्रशंसा गरिनै रहेका छन् |
डक्टरहरू र तिनका आसेपासेको सेवा गर्दागर्दै अस्पताल आफै थलिंदै गयो | नि:शुल्क-सेवा पाउनेहरू मोटाए |
अस्पतालका डक्टरहरू मोटाए | डक्टरका आफन्तहरू मोटाए | डक्टरका आफन्तहरू मोटाए तर अस्पताल दुब्लायो |
क्रमशः अस्पताल विरामी पर्न थाल्यो तर ८ गणतन्त्र थर भएका डक्टरहरू अस्पताल विरामी भएको, छियाछिया भएर रोएको स्वीकार गर्न चाहन्नन् |
आजको मितिमा अस्पताल आफै कोमामा पुगेको छ | डक्टरहरू अस्पतालको नक्सा बोकेर भित्रवाहिर गरिरहेका छन् |
अस्पतालको मृत्युको घोषणा गर्न बाँकी छ | कोमामा गएको अस्पताल निको हुने कुनै सङ्केत छैन | तर नक्सा बोकेका डक्टरहरूले अस्पताललाई मृत भनेर घोषणा गर्ने अधिकार पनि छिमेकिलाई दिएर आएका थिए |
छिमेकीले घोषणा नगरिदिएसम्म उनीहरू आफैले अस्पताल मरिसकेको घोषणा गर्न सक्ने छैनन् |
विदेशीले कोरीदिएको गणतन्त्र अस्पताल कोमामा गैसकेको अवस्थामा पनि घरीघरी "हामी राम्रो गरिरहेका छौँ" भन्दै आश्वासन दिइरहेका छन् |
अनन्त: छिमेकीले नक्सा वदल्ने स्वीकृति दिएपछि यिनै डक्टरहरूले जथाभावी इन्जेक्सन घोचेर मार्ने छन् |
यिनै डक्टरहरूले अस्पतालको हत्या गरिदिने छन् | त्यो दिन टाढा छैन, जुन दिन तिनै डक्टरले भेन्टिलेटरबाट "गणतन्त्र"को मुखबाट अक्सिजन हटाइदिने छन् | अनि, यो मर्ने छ | जसले नक्सा लिएर आए, तिनैले यो अस्पताल निर्ममतापूर्वक ढाल्ने छन् |
तिमी, हामी र म साक्षी बन्ने छौँ |

महायोगी गोरखनाथ

महायोगी महाशिव भगवान् गोरखनाथ (गोरक्षनाथ) र धर्मचक्र प्रवर्तक आर्य गौतम बुद्ध दूवैलाई उहाँहरुको जन्मजयन्तिका अवसरमा सादर नमन | सनातन धर्म, संस्कृति तथा परम्पराका यी दूवै खम्बामा नेपालको मौलिकता जोगिएको छ | नेपालीको पहिचान जोगिएको छ |

दूवैले सिकाएको सनातनको बाटो सजिलो छैन तर हिड्नेहरूको आफ्नो र विश्वको कल्याण हुन्छ | हिड्ने प्रयत्न गर्नेहरू धन्यवादका पात्र हुन् |
नेताले बुद्धलाई सम्झिन्छन् तर नेपालका राष्ट्रगुरु श्रीगोरखनाथको नाम पनि लिंदैनन् | किन होला ? बुद्धिमानले आफै कुरा बुझ्नु | मेरो शुभकामनामा उभौली-साकेला समेत जोडेर स्वीकार गर्नु होला |
घृणावादीलाई कुनै पनि प्रेमपूर्ण आग्रहले छुंदैन किनभने घृणावादको आरनमा घृणामात्र अर्चापिन्छ | घृणावादको अचानोमा बुद्ध र गोरखनाथ दूवै परेका छन् | गोरखनाथलाई अस्वीकार गरेर बुद्ध खोज्नेहरू र बुद्धको अस्तित्व अस्वीकार गरेर गोरखनाथ खोज्नेहरूको धर्मनै "घृणावाद" हो भनेर बुझ्न आजको दिन महत्वपूर्ण होस् |
आज गज्जवको संयोग परेको छ - अंग्रेजी मितिको हिसावले आज जर्मन विद्वान अर्थशास्त्री तथा मार्क्सवादका जनक कार्लमार्क्सको (५ मे) जन्म दिन पनि परेको छ | कार्लमार्क्सले आरम्भ गरेको राजनैतिक दर्शनको विश्वभरी अद्भुत प्रभाव पारेको छ |
नेपालको नेतृत्वतहमा मार्क्सवादी चिन्तनका धेरै शुभचिन्तकहरू छन् | नेपाली मार्क्सवादीहरू भौतिकवादी मार्क्सवादभित्र बुद्ध, महामुनि कपिल तथा कणादलाई समाहित गर्ने प्रयत्न गरिरहेका छन् र मार्क्सवादको आरनमा हालेर बुद्ध, कपिल तथा कणाद सबैलाई प्रगतिवादी बनाउने सपना देखिरहेका छन् | कतिपयले त आफुले बुद्धको बाटो समाएको घोषणा नै गरिसकेका छन् |
विश्वभरीबाट तिरस्कृत भएको मार्क्सवाद बोकेर हिड्नेहरूको क्षणिक भलो होला तर आम नेपालीले भने गरिवी, अशिक्षा, भ्रष्ट्राचारबाट उन्मुक्ति प्राप्त गर्न मार्क्सवादलाई भोट दिएका छन् आफ्नो मौलिक संस्कृति तथा पहिचानका सवालमा नेपालीहरू श्रीगोरखनाथ र बूढसंग नै छन् भन्ने ठहर छ |
पूनर्जन्ममा विश्वास नगर्ने, कर्मफलमा विश्वास नगर्ने कार्लमार्क्सको जन्म दिनमा शुभकामना दिनुको कुनै औचित्य नै छैन | नेपाली राजनीतिमा जातीयता र घृणावादको सम्बाहक बनेको मार्क्सवादले आफ्नो आम नेपालीको कल्याण गर्ने छैन |
महाशिव गुरुगोरखनाथको जीवन अहिंसक छ, कल्याणदायी छ भने बुद्धले दु:ख मुक्तिका लागि संसारलाई क्षणभंग मान्ने र देख्ने अभ्यास सिकाएका थिए | कार्लमार्क्सले युद्ध, हिंसा र शक्ति आर्जनको बाटो देखाएका थिए | यहुदी, इसाई तथा मुस्लिमहरूको अर्काको अस्तित्व स्वीकार नगर्ने जिन कार्लमार्क्सले अङ्गीकार गरेका छन् | कार्लमार्क्सका चिन्तन र त्यसको व्याबहारिक प्रयोगको तुलना बुद्ध तथा गोरखनाथसंग गर्नु "अपराध" हुन्छ |

भ्रष्ट्राचारको गणतन्त्र !

 भ्रष्ट्राचारको गणतन्त्र !

जतिसुकै ठूलो कुरा गरे पनि "ठूला अर्थात् शीर्ष नेता र छोटा नेताहरूले भष्ट्राचार गर्छन् भन्ने कुरा जनताको मनमा स्थापित भैसकेको छ | सर्वदलीय सहमतिका नाममा "भष्ट्राचार"लाई पनि गणतन्त्र वा लोकतन्त्रको आवश्यक अंगका रूपमा राजनैतिक दलहरूले स्वीकार गरेको तीतोसत्य हो |
जसरी वर्तमान संविधान एउटा देशको संविधान कम र सहमति बढी हो त्यसैगरी यो लोतान्त्रिक प्रणाली लोकतन्त्र कम र भष्ट्राचारलाई संस्थागत गर्ने "लोकतान्त्रिक भष्ट्राचारको" आदर्श संस्था हो | नेताका लागि लोकतन्त्र स्वर्ग होला तर सर्वसाधारण जनताका लागि क्यान्सर सावित भएको छ |
तरम्तार शीर्ष नेताहरूको बैठकले आफ्नो पार्टीहरूको फुस्किसकेको लगौटी जोगाउन सक्दो प्रयास गर्ने सहमतिको दौड हो | राजनैतिक पार्टी, तिनका भ्रात्री संगठन तथा राजनैतिक पार्टी पोषित एनजिओ/आइएन्जिओ असलमा सुसशनमा सहयोग गर्न होइन सिन्डिकेट खडा गरेर राज्यलाई दोहन गर्न निर्मित भएका दलाल हुन् भन्दा आफैलाई बडो मानसिक पीडा हुन्छ |
गरिव जनताको सेवा गर्न आएका जनप्रतिनिधिहरू जनताको सेवा नै गर्ने भए तलव किन थाप्थे ? बरू आवश्यक चाहिने सुविधाहरू (गाडी, फोन, तेल)आदिको लागि लागेको खर्च व्यबस्थापन गरेर जनतालाई सेवा दिन्थे | देशभरिका प्रदेश र स्थानीय सरकारहरूमा थुप्रिएको बेरुजु यसको बलियो प्रमाण हो | वेरुजु थुपार्दै जाने र उठाउन नै नसकिने भएपछि कानुन बनाएर वेरुजुलाई खारेज गर्ने नियति सबैले बुझ्नुपर्छ |
फेरी पनि दोहोर्याएर भन्छु, जसजसले सत्तामा पुगेर सित्तैवाद (घूस)को स्वाद चाखेका छन्, तिनले घूसको मोह छोड्ने छैनन् | अन्य काण्डहरूझैं यो काण्ड पनि ढिसमिस हुन्छ | यही रडाकोको मौका छोपेर नागरिकता विधेयक र चौधरीलाई जेलमुक्त गर्ने विधेयक आएका छन् |
नेपाल र नेपालीको जरो काटेर निमिट्यान्न पार्ने लक्ष लिएर अनेकौं विदेशीवाद र धर्मको एजेन्टका रूपमा कार्यरत कर्मचारीहरूले नेपालप्रति कुनै माया देखाउने कुरा नै भएन | देश र जनताप्रति कुनै जवाफ देहिता हुन्थ्यो भने दलीय सहमतिका नाममा भष्ट्राचारलाई संस्थागत गर्न यी दलहरू मरिमेट्ने थिएनन् | यिनै एजेन्टहरूले विद्यालय, महाविद्यालय, विश्वविद्यालय, उद्योग-कारखाना, न्यायालयआदिमा आफ्ना एजेन्टहरू स्थापित गरेर यी सस्थाहरूलाई समेत तहसनहस पारेका छन् | साच्चिकै भन्नुपर्दा दलीय सहमतिमा बनेको संविधाननै सम्पूर्ण वेतिथिको प्रमुख स्रोत हो | गणतन्त्र, लोकतन्त्रको नाममा जनतालाई ब्लेक-मेलिंग गर्ने बाहेक अन्य कुनै विकासका काम भएका छन् भने यी काकताली हुन् र राज्यका नाममा कमिशनका लागि "विकास" देखाउनै पर्ने बाध्यताका परिणाम हुन् | काम नै नगरी हजम गर्न मिल्ने भए त्यही हुन्थ्यो |
आफ्नो मातृभुमिबाट जवर्जस्ती लखेटिएर आएका वर्मेली नेपालीहरूलाई राजा महेन्द्रले सम्मान जनकतवरले नेपालमा बसोवासको व्यबस्था गरे तर लोकतन्त्र, प्रजातन्त्र तथा गणतन्त्रको नाम जप्ने नेताहरूले भुटानी शरणार्थी (नेपाली)उपर गरेको विश्वासघातले नेपालको शिर निहुरिएको छ तर नेतृत्वमा लाजको कुनै अंश छैन | नेतृत्वको निर्लज्जताका कारण लोकतन्त्रको अवशान कोरिएको छ |
All reactions:
राजन भारद्वाज, Mahat Aashish and 18 others

अस्वीकार्य प्रतिवेदन

 अस्वीकार्य प्रतिवेदन

हालै अमेरिकाले नेपालमा धार्मिक सहिष्णुता सम्बन्धि प्रतिवेदन जारी गर्दै नेपालमा हिन्दुहरूले अन्य धार्मिक समुदायलाई दबाएको र तेसमा भारतले सहयोग गरिरहेको भनेर आरोप लगाएको छ | आफ्नो प्रतिवेदनलाई पुष्टि गर्नका लागि जुन व्यक्ति वा समुदायहरूको सहयोग लिइएको छ ती सबैजसो नेपालमा घृणावादको खेती गर्न, जातीय, क्षेत्रीय, भाषिक तथा विखण्डनवादको खेती गर्न कुख्यात छन् | हिन्दूहरूलाई एकोहोरो गालीगलौज गर्ने मङ्गोल ओर्गनाईजेसनलाई प्रमाणिक स्रोतका रूपमा उल्लेख गर्नु कतिसम्म हास्यास्पद रिपोर्ट छ ?
सत्य हो कि अमेरिकाको जतिसुकै आलोचना गरे पनि मान्छेहरू अमेरिका जान तँछाड मछाड गर्छन् तर यसको अर्थ अमेरिकीहरूको बलमिचाई विरुद्ध बोल्नुनै हुन्न भन्ने हुँदैन | सत्य के हो भने अमेरिका होस् वा वेलायत वा भारत सबैले आफ्नो स्वार्थ साँध्न नेपाललाई आफ्नो गोटी बनाएका छन् | ८१.१% हिन्दु जनसंख्या भएको देशमा हिन्दुहरू विरुद्ध प्रतिवेदन दिने अमेरिका भने स-सानो अपराधमा टाउको गिड्ने साउदीजस्ता मुस्लिम देश विरुद्ध कुनै प्रतिवेदन लेख्दैन | अत: सबैले मान्नुपर्छ कि यो रिपोर्ट वा प्रतिवेदन दुर्नियति र नेपालको मौलिकता समाप्त पार्नका लागि सहयोग पुगोस् भनेर प्रस्तुत गरिएको हो |
अमेरिकाले युरोपियन युनियन, अस्ट्रेलिया र अमेरिकीहरूले धर्मपरिवर्तन गराउन इसाईहरूलाई विभिन्न एनजिओ/आइएन्जिओका माध्यमबाट पैसाको खोलो बगाएको तत्थ्य पनि आफ्नो रिपोर्टमा उल्लेख गर्नु पर्थ्यो, भाजपाले कुन व्यक्ति वा पार्टीलाई पैसा दिंदैछ तोकेर लेख्न सक्नुपर्छ !
डेमिक्रेसीका नाममा अमेरिकी र अमेरिकी लबीहरूले विश्वभरी आतंक मच्चाएका छन् डेमोक्रेसीको ठेकेदार बनेर | सबैलाई थाहा छ अमेरिकाले भन्ने डेमिक्रेसी अमेरिकीहरूको जूठो खाने, जुत्ताको तलुवा चाट्नेहरूबाट निर्मित हुन्छ | अमेरिकी मोडेलको डेमोक्रेसीमा अमेरिका विरुद्ध बोल्ने, लेख्ने र अमेरिकी अतिवाद विरुद्ध विचार व्यक्त गर्ने छूट हुँदैन |
अमेरिकाले आफ्नो देशमा प्रजातन्त्रको अभ्यास गर्छ तर अन्य देशमा भने आफ्नो स्वार्थका लागि प्रजातन्त्रको हत्या गरेको पनि अनेकौं उदहारण छन् | गरिव नेपाली संग एप्लिकेशन दिंदामात्र २३ हजार असुल्ने अमेरिकाको प्रतिवेदन बकवास र पूर्वाग्रहको पुलिन्दा बहेको केही होइन |
पछिल्लोसमयमा नेपाली हिन्दू, जैन, बौद्ध तथा अन्य रैथाने जातिहरूमा स्वधर्म, संस्कृति तथा रिथिथितिको रक्षाका सवालमा आएको जागरणबाट अमेरिकी लवी त्रसित भएको छ | यो लवीबाट परम्परागत नेपाली इसाईहरू पनि आजित भएका छन् | धर्मपरिवर्तन गरेर नव-इसाई बनेकाहरूमा देशको माया पटक्कै हुँदैन - एकजना नेपाली क्याथोलिक इसाईले मसंग प्रष्ट भनेका थिए तर संगै रहेका पास्चरले भने यसको प्रतिवाद गर्दै भने "हाम्रो देश होइन धर्म र त्यससंग जोडिएको सहयोग सबैभन्दा प्यारो हुन्छ | आजको मितिमा संसद होस् वा सडक जताततै हिन्दूहरूमा जागरण आएको छ | एस्तो जागरणलाई देखेर अमेरिकी खेमा र अमेरिकी खेमाको लागि काम गर्ने तथाकथित प्रगतिशील र समाजवादीहरू पनि आतंकित भएका छन् | गगन थापा र रघुजी पन्तका भाषणमा संसदमै यो छताछुल्ल भएको छ |
प्रजातन्त्र वा लोकतन्त्रहरू असफल हुनुमा अमेरिकीहरूको बढी हात हुन्छ भन्ने तत्थ्य डार्क साइट अफ डेमिक्रेसी नामक पुस्तकमा विस्तारसंग लेखिएको छ | सत्य के हो भने इसाईहरूको काँधमा चढेर अमेरिकीहरू आफ्नो स्वार्थपूर्ति गर्छन् | नेपालमा अमेरिकीहरूले इसाईहरूलाई आफ्नो घोडा बनाएका छन् | हिन्दू धर्म, संस्कृति तथा सभ्यताउपर प्रहार गरेर नेपालीलाई कमजोर बनाउन सकिन्छ भन्ने तत्थ्य उनीहरूलाई राम्ररी थाहा छ | त्यही कडीमा नेपालको नालायक सरकारले जनगणनाबाट प्राप्त धर्म सम्बन्धि तत्थ्यांकहरू लुकाएको बुझ्नुपर्छ |
के नेपालका हिन्दूवादीहरू आफ्नो पहिचानको रक्षाको लागि बोल्नै नहुने हो ? यो फोटोले अमेरिकीहरूको असली चेहरा प्रष्ट पार्दैन र ?

लिभिंग टुगेदरको मृगमरिचिका

 लिभिंग टुगेदरको मृगमरिचिका

विदेशीहरूको नक्कल गर्दै आजभोली नेपाली युवायुवतिहरूमा पनि लिभिंग टुगेदर (विवाह नगरी युवक र युवति पतिपत्नीजस्तै संगै वस्नु) चलन बढेको छ | विभिन्न अनुसन्धानहरूले लिभिंग टुगेदरमा बसेकाहरूले पछि विवाह गर्ने निर्णय गर्दा दाम्पत्य जीवनमा निम्न समस्याहरू पर्ने निक्यौल गरेका छन् :
१. विवाहपूर्व लिभिंग टुगेदरमा रहेका दम्पतिहरुमा विवाह पश्चात एकआपसी संवादमा निकै समस्या देखिने गरेको छ र यस्ता कपलहरुका विचमा मागी विवाह गरेका पतिपत्नी भन्दा आपसमा बढी झगडा हुन्छ (थम्सन एण्ड कोलेला १९९२)
२. डोमोरिस तथा रावले १९९२ गरेको एउटा ठूलो अनुसन्धानले विवाह'पूर्व संगै बसेका युवायुवतिहरूमा वैवाहिक जीवनका लागि आवश्यक पर्ने आपसी सहमति निकै कम हुन्छ जसले विवाहित जीवननै समस्यामा पर्न सक्छ |
३. Axinn & Thornton (1992) अनुसन्धानले अमेरिका, सिंगापुर, अस्ट्रेलिया,क्यानाडा, स्विजरल्याण्डआदि देशमा लिभिंग टुगेदरमा रहेका र पछि विवाह गरेका दम्पतिहरूले अन्यका तुलनामा ५० देखि १००% सम्म डिभोर्स गरेको भेटेका छन् |
४. यसैगरी गरेको एउटा अनुसन्धानमा लिभिग टुगेदरबाट जन्मिएका बालबालिका मध्ये २०% जातिले लिभिग टुगेदर नै रोज्ने र तिनमा पनि औशतन डिभोर्सको रेट चाहिं २०% बढी हुन सक्ने देखाएका छन् |
उपरोक्त खोजका आधारमा विश्वप्रसिद्ध मनोवैज्ञानिकहरू Goldscheider, Thornton, and Young-DeMarco (१९९३) ले निष्कर्ष निकालेका छन् कि "लिभिंग टुगेदरके वैवाहिक जीवनलाई सहज सोच्नु ज्यादै कठीन कार्य हो |
नेपाली समाजमा विवाहसंग डिभोर्सको कल्पना गरिन्न तर संविधानले भने पारचुके गर्ने अनुमति दिएको छ | तेसैगरी नेपाली समाजमा पारचुकेको रेट केवल १% हाराहारीमा हुनुमा पनि विवाह सस्था र त्यसमा बाँधिएका पतिपत्नी दूवैले एकआपसमा त्यागका कारण सम्भव भएको हो |
उपरोक्त अध्ययनले के देखाउंछ भने पारिवारिक जीवनका लागि विवाह महत्वपूर्ण हुन्छ लिभिग टुगेदरले सुखी दाम्पत्यजीवनका लागि सकारात्मक भूमिका खेल्दैन | यदि पति वा पत्नीको वैवाहिक सम्वन्धलाई निरन्तरता दिंदा शारीरिक क्षतिनै पुग्छ भने डिभोर्स उचित हुन्छ तर स-साना कुरामा डिभोर्स गर्ने पचिमा परिपाटीको नक्कलले नेपालीहरूको दाम्पत्यजीवन तहसनहस गर्नुहुँदैन | साथै, लिभिंग टुगेदर वा विवाह गर्नु पूर्व एकअर्कालाई चिन्न यौनजन्य क्रियाकलापले सकारात्मक मदत गर्ने छ भन्ने कुरा पनि सही होइन भन्ने तत्थ्य उपरोक्त अनुसन्धानले सिद्ध गरेको छ |
बाँकी आजका "मोडर्न" युवतिहरुले आफु भन्दा जान्ने अरूलाई ठान्दैनन् तेसैले दु:ख वा सुखको रोजाई उनीहरूका हातमा छाडौं तर असल बाटो देखाउने काम अभिभावकको हो भन्ने कुरा पनि हेक्का राखौं | आफुले जानेको र भोगेको कुरा बोल्नु पर्छ, बताउनु पर्छ तर भीरबाट लडिरहेको गोरुका सवालमा रामराम बाहेक केही भन्न सकिन्न |

भविष्यको नैतिकता कस्तो हुने छ ?

 भविष्यको नैतिकता कस्तो हुने छ ?

१. मान्छेले निर्माण गरेको बौद्धिकता (रोबोट) आएपछि नैतिक आचरणमा धेरै परिवर्तन हुनुपर्ने नै थियो - जुन भएको छ | आजको ८ क्लासमा पढ्ने पुस्ताले विद्यालयमा गुरुआमाले पढाएको, घरमा आमावुवाले सिकाएको कुरा गुगलमा हेरेपछि मात्र सही र गलतभएको निर्णय लिन्छ | भविष्यमा आमावुवा र गुरूमा भन्दा बढी नक्कली बौद्धिकता (AI) मा विश्वास गर्ने पुस्ताको उदय हुने छ | रोबोट र मान्छेका बिचमा कुरा बाझियो भने रोबोटले मान्यता पाउने छ | गुरू र मातापिता नैतिकताका मानदंड हुन् भन्ने वर्तमान मान्यताहरू भविष्यका लागि अर्थरहित हुने छन् | AI को संसारका नैतिक मान्यताहरू पनि AI को वरिपरी घुम्ने छन् |
२. हालै स्वीजरल्याण्डका बैज्ञानिकहरूले तीन जनाको जिन मिलाएर निशेचनबाट तयार गरिएको विश्वको पहिलो बालक जन्माउन (बनाउन) सफल भएका छन् | उप्रान्त माता देवी हुन्, पिता देव हुन्, तिनको सम्मान गर्नुपर्छ भन्ने मान्यता विस्थापित हुने छ | आजका बालबालिकाहरूले ठाडै भन्छन् "सबै आमा बुवाले बच्चा जन्माएपछि पालनपोषण गर्छन्. यो तपाईंको कानुनी दायित्व हो | दायित्व निभाउन नसक्नेले जन्माउनु हुँदैन | तपाईंले हाम्रो पालन गरेर उपकार गर्नुभएको छैन | तपाईंप्रति धन्यवादी हुन कुनै आवश्यकता छैन | भविष्यमा, धेरै मान्छेको जिन मिलाएर निर्माण गरिएको "निरोग" मान्छेसंग तुलना गर्दै प्राकृतिक रूपमा बच्चा जन्माउने मातापिता "चरम अनैतिक" व्यक्तिका रूपमा स्थापित हुन सक्ने छन् |
३. आजका मान्छेहरूका लागि "सेवा" गर्नु नैतिक जीवनको एउटा अभिन्न अंग हो | हरेक व्यक्तिले आफ्नु क्षमताले भ्याएसम्म सेवा गर्न चाहन्छ र गर्छ पनि | :साधन-स्रोत हुँदाहुँदै पनि आफ्नो हेरविचार गर्न नसक्नेको लागि हामीले किन उर्जा खर्च गर्ने - एकजना आरडी तेस्रो वर्षका विद्यार्थीले भन्दै थिए | आफ्नो काम आफै गर्न नसक्ने अर्थात् मर्नु भन्दा आफ्नो कात्रोको आफै सुनिश्चित गर्न नसक्नेहरूका लागि भविष्यको पुस्ताले कुनै सहयोग गर्ने छैन | मातापिता, दिदीबहिनी, छिमेकी वा १० हजार किलोमिटर टाढाको जुनसुने व्यक्तिले आफ्नो दायित्व आफै बोक्नु पर्ने छ |
४. ल्याबमा निरोग बालबालिकाको उत्पादन आरम्भ भएपछि रहेबचेको ईश्वरीय दण्ड तथा पुरस्कारको डर र आशा सबैको अन्त्य हुनेछ | आजको मितिमा राजनैतिक शक्तिका लागि बाहेक ईश्वरको कुनै अस्तित्व छैन | ल्याबमा उत्पादन भएको आगामी जेनेरेशनका लागि स्वर्ग, नर्क, पाप र पुण्यका विषयहरू इतिहास हुनेछन् | बाइलोजिकल मातापिता भन्दा टेक्नोलोजीकल उत्पादकप्रति जवाफ दिनु पर्ने हुँदा डर, पापपुण्य तथा शुभअशुभका प्रत्ययहरू लोप हुनेछ | निरोगी र दीर्घजीवि भए पछि ईश्वरको आवश्यकता नै रहने छैन |
५. हिजो र आज विश्वका मान्छेहरूको चाहना शान्ति, सुरक्षा र क्वालिटी लाइफको छ | आज हरेक मान्छे "पैसा"प्राप्तिको एकल लक्षसंग अगाडी बढिरहेको छ | मसिनले बच्चा जन्माउन थालेपछि "बायोलोजिकल प्यारेन्टहुड" इतिहासको विषय हुने छ भने पुरुष र स्त्रीका बिचको सेक्स क्रियाबाट प्राप्त हुने आनन्द भन्दा हजारौं गुणा बढी आनन्द प्राप्त हुने क्रियाकलाप गर्न सकिने नक्कली विषयहरू निर्मित हुने छन् | भविष्यमा सेक्स परिचर्चाको विषय नै नरहने हुँदा सेक्ससंग जोडिएका नैतिकता र अनैतिकताको कुनै प्रसंग नै उठ्ने छैन |
६. इतिहासमा हिन्दू संस्कृतिमा वाहेक अन्य कसैले सेक्सुआलिटीको पाठ्यक्रम बनाएर व्यवस्थित गरेन | हिन्दूहरूले कामशास्त्रको रचना गरे | विश्वका धेरै सभ्य र असभ्य दूवै मान्छेका समुहहरूले "सेक्स"का वरिपरी अनेकौं नैतिकता र अनैतिकता, पाप तथा पुण्य, शुभ तथा अशुभ, स्वर्ग तथा नर्कका मापदण्डहरू तयार गरेका छन् र पालना पनि गरिरहेका छन् | सेक्स निकै रहस्यमा अनुभूति र क्रिया थियो | आजको पुस्तामा "सेक्स एउटा बायोलोजिकल नीड़" मात्र बन्न पुगेको छ | पुरानो संस्कृतिसंग मोह भएकाहरूके अनेकौं प्रतिबन्धहरू थोपरे पनि आज सेक्सको पहिचान बायोलोजिकल नै स्थापित हुँदैछ | भविष्यको पुस्ताका लागि सेक्स बायोलोजिकल नीड़ पनि नरहने पक्का छ | मेडिकलको विकास, उमेरमा वृद्धि र रमाइलोका अन्य रहर लाग्दा विकल्पहरू हुँदाहुँदै "शरीर घोटेर नैतिकता वा अनैतिकताका सबैजसो मापदण्डको उपयोगिता कम हुने छ | यौन चर्चाको विषय रहने छैन |
-७. जुन व्यक्ति जुन र जस्तो समाजमा जन्मिन्छ, त्यसको पहिचान र अस्मिता तेसैअनुसारको निर्माण हुन्छ | स्वभाविकरूपमा नेपाली र त्यसमा पनि हिन्दू भएको नाताले मेरो प्रेम नेपाल र हिन्दूसंग हुन्छ | हिन्दु एउटा सभ्यता भएको नाताले यहुदी, इसाई र मुस्लिमजस्तो साँगुरो छैन | हिन्दूका लागि हिन्दू रितिरिवाज, कर्मकाण्ड, जीवन दर्शन नैतिकताका मापदण्ड हुन्छन् भने अन्य धर्म मान्नेहरूका लागि त्यही धर्म र धार्मिकता उसको लागि अस्मिता हुन्छ | आजको विश्वले "हिन्दुत्व"को उदारता, स्वीकार तथा सहजता मांग गरेको छ | वाहिरबाट जतिसुकै धार्मिक कट्टर देखिए पनि विश्वका धेरै मान्छेको बुद्धिले हिन्दूत्व चाहन्छ | यसको अर्थ धर्म परिवर्तन गरेर हिन्दू बन्नुपर्छ भनेको होइन | भविष्यको विश्वको नैतिकतालाई रिलिजिस विश्वासले गाइड गर्ने छैनन् | संभवत: भविष्यको नैतिकताको तय गर्ने अधिकार हरेक व्यक्तिलाई व्यक्तिगत तहमा हुने छ | आज मुस्लिम, हिन्दु, इसाई तथा अन्य समुदायका व्यक्तिले आफुलाई "नास्तिक" भन्न रुचाउँन थालेका छन् | भविष्यको नैतिकता हिन्दूहरूले बताएझैं "धृति, क्षमा, अस्तेयआदि गुण"का रूपमा रहने छ तर बाइबल नपढेको र चर्च नगएको आधारमा कुनै पनि व्यक्ति नैतिक वा अनैतिक हुने छैन | सरल अर्थमा, भविष्यको व्यक्ति हिन्दू (धार्मिक होइन) ले झैं असल गुणलाई नै नैतिकताको भौतिक मापदण्डका रूपमा अंगाल्ने छ |
८. उपरोक्त विचार पढ्दै गर्दा लेखकलाई उद्दण्ड वा पश्चिमा प्रभाव परेको भन्ने आरोप लाग्न सक्छ | यी आरोपहरू वारे मेरो कुनै गुनासो रहने छैन तर मेरै जीवनकालमा विज्ञानले गरेको प्रगति र त्यसको प्रभावले बदलिएको जीवनशैलीका आधारमा भविष्यको नैतिक जीवन र चिन्तन आजकोझैं रहने छैन भन्ने पक्का हो | बढ्दो जनसंख्या, फराकिलो हुँदो बैज्ञानिक प्रगति, नजिकिंदो विश्वका मान्छेहरूको सम्बन्ध, फराकिलो हुँदै गरेको सूचना तथा अन्य समुदायका जानकारीहरू तथा रिलिजनहरूको कट्टरताले आजित भएको चिन्तनमा परिवर्तनको हटहटीले नैतिकताको मापदण्डलाई फेर्ने छन् | यो भविष्यका लागि छोडौं कि मान्छे रोबट बन्ने छ कि भावना प्रधान मान्छे नै रहेर अगाडी बढ्ने छ ! मान्छेको बढ्दो जनसंख्या र यसले नित्याएका आवश्यकताहरूले मान्छे वैश्विक बन्दै छ | आजको मान्छे हिन्दू, मुसलमान, इसाइअ, बौद्ध र इसाई सबै हो र केही पनि नभएर नास्तिक पनि हो | वाहिरबाट जस्तो आवरण र प्रकारमा देखिए पनि भविष्यको नैतिकतामा स्वतन्त्रताको बढी अंश रहने निश्चित छ |

स्वतन्त्रता र स्वच्छन्दता

 स्वतन्त्रता र स्वच्छन्दता

१. मोहिनी २७ वर्ष की छन् | उनको घरायसी अवस्था र आफै व्यबसाय निकै फस्टाएको छ | उनी विहानै ४:३० मा उठ्छिन् | स्नान, योग तथा आध्यात्मिक साधना गर्छिन् | स्वास्थका लागि हितकारी भोजन गर्छिन् | पति, छोराछोरी, सासुससुराप्रति उनले परम्परागत सम्मान गरेकै छन् | धार्मिक, सांस्कृतिक, सामाजिक दायित्वप्रति उनको सहभागिता निकै प्रसंसीय छ | केहीले उनको "परम्परावादी" भनेर आलोचना पनि गर्छन् तर उनको मधुर व्यबहार र खुसी परिवार देखेर मुख वन्द हुन्छ | उनको घरमा शास्त्रले बर्जित गरेको मदिराआदिको प्रवेश छैन | दुई जना बालबालिकाले विहानै उठेर आमावुवा र हजुरआमाआदिलाई नमस्कार गरेको देख्दा छिमेकीहरू छक्क पर्छन् | उनी आफ्नी मालिक आफै हुन् | उनको जीवन निकै नियमित, अनुशाशित र स्वतन्त्र छ |
२. अनुराग ३३ वर्षका छन् | उनी निकै सम्पन्न घरका सन्तान भएकोले आफ्नै ब्युजिनेश छ | उनी आफ्नो मनका मालिक छन् | धार्मिक, सांस्कृतिक तथा सामाजिक दायित्वप्रति उनी खुला विचार राख्छन् | उनलाई लाग्ग्छ, मान्छेको जीवन रमाइलोका लागि हो | उनी मन मौजी छन् | मनको रमाइलो र शरीरको मज्जाका लागि थाइल्याण्ड, अमेरिका पुग्छन् | उनी विवाह सस्थामा विश्वास राख्दैनन् | धार्मिक विश्वासहरूप्रति विद्रोह त छैन तर यदि धर्मले रमाइलो गर्न रोक्छ भने अर्थहीन ठान्छन् |
उनी आफ्नो घरमा कहिले आउँछन् वा जान्छन् घरका सदस्यहरूलाई पत्तो हुँदैन | खान-लाउन निकै मन गर्छन् | थुप्रै केटी साथी हुनु र स्वाभाविक ठान्छन् | उनको रमाइलो जीवन शैली देखेर युवा-पुस्ता उनीतिर आकर्षित देखिन्छ | तर सामाजिक, सांस्कृतिक, धार्मिक तथा अन्य दायित्व पुरा गर्नु पर्ने ठाउँमा उनको खोजी हुँदैन |
.....
उपरोक्त दुईबटा पात्रका जीवन शैली पढ्दा दोश्रो जीवनशैली प्रति आकर्षित हुने थुप्रै होलान् तर के तपाईंको परिवारले परिवारको सदस्यका रूपमा यस्तो व्यक्तिलाई स्वीकृति प्रदान गर्ला ? यो प्रश्न आफैसंग सोध्ने र उत्तर दिने हो | हो, सुन्दा यी दूवै शब्दले एकै अर्थ दिन्छन् जस्तो लाग्छ तर संस्कृत भाषाको विशेषताअनुसार निकै फरक छ | पहिलो शब्द स्वतन्त्रको अर्थ आत्मनियन्त्रण अर्थात् नियम, नीति तथा शास्त्रका अधिनमा रहेर कर्म गर्नु हुन्छ | स्वतन्त्रतामा सामाजिक, सांस्कृतिक, धार्मिक तथा कर्तव्यको पूर्ण पालन गरिन्छ | नियम पालन गर्नका लागि कसैको दवाव हुँदैन | तन्त्रको अर्थ हो - जालो | प्राचिनकालमा स्वेच्छाले शास्त्रीय मर्यादालाई पालन गर्नुलाई स्वत्रन्त्रता मानिन्थ्यो | स्वतन्त्रतामा आत्मनियन्त्रण हुन्छ |
मन र शारीरिक गतिविधिलाई विवेकको डोरीले बाँधेर कर्तव्यपूर्ण भावनाले कर्म गर्नेहरू स्वतन्त्र हुन्छन् र यसरी कर्म गर्ने निरपेक्ष वातावरण प्राप्त हुने अवस्था स्वतन्त्रता हुन्छ |
स्वछन्दताको अर्थ हो - आफ्नो मन, शरीर र आध्यात्मिक गतिविधिलाई हावाजस्तै जताततै बग्न दिनु | स्वच्छन्दतामा मन र शरीरमा बुद्धि तथा विवेकको नियन्त्रण हुँदैन | मन अत्यन्त चंचल हुन्छ | मनको चाहना र भावनालाई पूर्ण गर्नेतिर लाग्नुनै स्वच्छन्दता हो | स्वच्छन्दतामा विवेकको बन्धन हुँदैन, मन र इन्द्रियजन्य सुखानुभूतिलाई नै जीवनको सर्वोच्च लक्षका रूपमा परिचालित हुनेहरू स्वच्छन्दताको अभ्यास कर्ता हुन् | स्वच्छन्दतामा विवेकको भन्दा भावना र कर्तव्यको भन्दा अधिकारको डिमाण्ड हुन्छ |
स्वच्छन्दताले सामाजिक, सांस्कृतिक, धार्मिक, सामाजिक तथा राष्ट्रीय बन्धनलाई अस्वीकार गर्छ | कानुनी दण्डका डरले स्वच्छन्दतावादीहरू नियमित हुन्छन्, अन्यथा आत्मनियन्त्रणको अभाव हुँदा यिनीहरू अराजकनै हुन्छन् | स्वच्छन्दताको अर्थ हो विवेकशील र उच्चनैतिकतावादी झैं देखिएर इन्द्रिय र आफ्नो स्वार्थका परिचालित हुने | सजिलो भएकोले आजको समाजले मनको नियन्त्रण अर्थात् स्वच्छन्दतालाई बढी महत्व दिन्छ | सुखवादीहरू स्वच्छन्दताका प्रतिविम्ब हुन सक्छन् |
यसरी स्वतन्त्रमा आत्मनियन्त्रण, नियमन र मोक्षको लक्ष हुन्छ भने स्वच्छन्दतामा स्वार्थ, अराजकता, विद्रोह र बन्धनको लक्ष हुन्छ | मूल्य मान्यताहरूप्रति विद्रोह हुन्छ | स्वच्छन्दतावादले विश्वलाई कमसल बनाउँछ भने स्वतन्त्रताले विश्वलाई सफल र असल बनाउन मदत गर्छ |

वैदिक तथा तान्त्रिक नारीवाद

 वैदिक तथा तान्त्रिक नारीवाद

शाक्त दर्शन वैदिक चिन्तनहरू मध्ये प्राचीनतम जीवन दर्शन हो | शाक्त दर्शनको स्रोत तथा केन्द्र भगवती पार्वती हुन् | नेपालका प्राचीन प्रचलित आराधना पद्धतिहरूमा शाक्त, स्मार्त, शैव र वैष्णव आज पनि नेपाली सामाजिक, सांस्कृतिक तथा धार्मिक जीवनमा जीवन्त रूपमा उपस्थित छन् |
१८ रौँ शताब्दिको अन्त्यतिरबाट नारीवादी चिन्तनको आरम्भ मानिन्छ | आजको समयमा जे-जस्तो अवस्थामा नारीवाद रहे पनि आरम्भ विन्दूमा नारीवादीको प्रमुख लक्ष महिलालाई आर्थिक, सामाजिक तथा सांस्कृतिक समानता दिलाउने नै थियो | सन् १९६० पछि नारीवादले स्वतन्त्रता र स्वच्छन्दताको बाटो अबलम्बन गर्न थालेको हो | आजको नारीवादी चिन्तनमा नारीसर्वसत्तावाद देखि लिएर पुरुष र नारी बिच समन्वयका आधारमा मानव समाजलाई उन्नत बनाउने पक्षधरहरू छन् |
नारीवादको सन्दर्भ आउँदासाथ अधिकारवादी र पुरुषप्रति वितृष्णावादी दृष्टिकोण उपस्थित हुन्छ | अर्कोतिर नारीवादी चिन्तन पूर्णतया पश्चिमा प्रतिमान हो भन्ने अत्यन्त भ्रमपूर्ण सूचना प्राप्त हुन्छ | हो, घृणावादमा आधारित नारीवादी चिन्तनधाराको विकास र विस्तार पश्चिमाहरूको खासगरी मार्क्सवादी र समाजवादीहरू देन हो तर नारीवाद पश्चिमाहरूको निर्विकल्प खोज होइन |
मैले शाक्त दर्शनको कुरा तेसै उठाएको होइन | प्राचीन वैदिक विचारधाराहरू मध्ये "नारी"लाई केन्द्र बनाएरको दार्शनिक चिन्तन शाक्त दर्शन हो | यहाँ शक्तिको प्रतिमान नारीसंग जोडिएको छ | व्याख्या र विश्लेषण गर्दा "शक्ति नारी होइन, उर्जा हो" भन्ने शास्त्रीय जामा पहिराए पनि "शक्ति र नारी यी दूवै एकै हुन् | उदाहरणका लागि सप्तशतीमा देवी स्वयंले "एकैवाहं जगत् यत्र द्वितीया का ममापरा" अर्थात् यो विश्व ब्रह्माण्डमा म वाहेक अरू के नै छ र ?" भन्दै भगवती महामायाले मनुष्य जगतमा नारीवादको पहिलो संदेश प्रवाह गरेकी छन् |
दार्शनिक दृष्टिकोणले विचार गर्दा शाक्त जीवन दर्शन प्राचीन वैदिक नारीवादको जीवन्त उदाहरण हो | "तिमी मेधा हौँ र तिमी नै सम्पूर्ण शास्त्रहरूको सारतत्व हौँ र चित्तका रूपमा तिमी विश्वभरीका नारी तथा पुरुषमा व्याप्त छौँ भन्दै नारीवादको प्रभुत्वलाई स्वीकार गरिएको छ | ऋग्वेदमा देवी सूक्त, रात्रिसूक्त, सरस्वती सूक्त प्रसिद्द छन् | यस वाहेक तन्त्र-साहित्य र शाक्त साहित्यमा नारी शक्तिलाई विभिन्न प्रतिमानका रूपमा स्वीकार गर्दै र गर्न आह्वान गर्दै प्रार्थनाहरू, कथाहरू, उपासना पद्धतिहरू निर्माण भएका छन् |
शाक्त दार्शनिक चिन्तनको केन्द्र नारी शक्ति हुन् | महानिर्वाणतन्त्रमा "महाकाल पनि जसको शक्तिबाट प्रचलित हुन्छन्, ती महाकाली नै परम शक्ति हुन्" भन्दै नारीशक्तिलाई सर्वोच्च शक्तिका रूपमा स्वीकार गरिएको छ | यसैगरी आचार्य शङ्करले सौन्दर्यलहरीमा "हे शक्ति, तपाईं शिवमा शक्तिका रूपमा स्थित हुनाले शिवमा संहार गर्ने सामर्थ्य आएको हो" भन्दै नारीशक्तिको सर्बोच्चता स्वीकार गरेका छन् | ब्राह्मणहरूले नारीहरुलाई हेपे, अपमान गरे, दोश्रो दर्जाको बनाए भनेर आरोप लगाउनेहरूका लागि आचार्य शङ्करको यो भनाई दह्रो झापड हो |
ब्रहमपुत्री गायत्री वा सावित्रीको स्थान वैदिक संस्कृतिका प्रत्येक विनित अनुयायीहरूका लागि "मन्त्र"का रूपमा स्थापित छ | मन्त्रको अर्थ मनलाई अनेकौं डर (आध्यात्मिक, आधिदैविक र भौतिक) मुक्ति दिने शक्ति हो | गुरुले गोप्य रूपमा शिष्यको कानमा प्रदान गर्ने मन्त्र "गायत्री" नारीशक्ति हुन् र गुरूले मन्त्ररूपमा गायत्री दिंदै नारीशक्तिको दैनिक जीवनमा कतिविध्न महत्व छ भन्ने प्रष्ट पारेका छन् |
मन्त्रद्रष्टा ऋषिकाहरूको ज्ञानले वैदिक संस्कृतिमा महिला र पुरुष दूवैका लागि शिक्षादीक्षाका ढोका खुला थिए भन्ने प्रमाणित गर्छ | वेदमा अपाला, घोषा, गार्गीआदि ऋषिकाको उपस्थिति र तिनको प्रज्ञा बुझ्ने र जान्नेहरूका लागि वैदिक संस्कृति पूर्णतया नारीमैत्री थियो भन्ने तत्थ्यलाई सहजरूपमा स्वीकार गर्छन् तर नारीवादका नाममा केवल नकारात्मक कथा र प्रसंग मात्र कोट्याएर तत्थ्य विगार्ने र त्यसका आधारमा "नारीवादी" कहलिने मनसाय लिएकाको कुनै औषधि छैन | साथै, वर्तमान हिन्दू संस्कृतिमा नारीप्रति विभेद छैन भन्ने धृष्टतापूर्ण समर्थन मेरो छैन तर समकालीन विश्वका अन्य समुदायमा नारीहरूको स्थान र नारीवादको तुलना गर्दा बैदिक संस्कृतिले "शाक्त दर्शन"का रूपमा नारीको सर्बोच्चतालाई सैद्धान्तिक र व्याबहारिक रूपमा स्वीकार गरेको छ भन्ने तत्थ्यमा शंका रहन्न |
नेपाली नारीवादीहरूले नारीवादका विषयमा लेख्दा शाक्त दर्शनको उल्लेखसम्म गर्न सकेका छैनन् | विश्वविद्यालयमा गुरु तथा गुरूआमाहरूले पश्चिमा नारीवादको गुणगान र वैदिक सामाजिक व्यबस्थामा नारीलाई कुनै सम्मान छैन भन्दै ठाडो निर्णय दिने पूर्वाग्रह बाहेक केही भेटिन्न | कार्लमार्क्स जन्मनु भन्दा हजारौं वर्षपहिला गार्गीले याग्यबल्क्यसंग ठाडो प्रश्न गरेकी थिइन् भने ऋग्वेदमा अपालाले विवाहपछि परिवारमा, सम्पत्तिमा समान अधिकार दिएमात्र दाम्पत्य जीवनमा प्रवेश गर्ने बचन लिएर मात्र विवाह गरेकी थिइन् | सीता होउन वा दमयन्ती वा द्रोपदी - यी सबैले नारीअधिकारको प्रयोग गरेर विवाह गरेका थिए | यस्ता हजारौं प्रसंग वेद, ब्राह्मण, उपनिषद, पुराण तथा तन्त्रग्रंथहरूमा राइछाई छन् | "हिन्दू धर्मले नारीलाई कुनै अधिकार दिएको छैन" भन्ने स्वचालित पूर्वाग्रह बोकेका गुरूवा र गुरूआमासंग अपाला, घोषा, गार्गी वा कुन्तिको प्राचीन इतिहास पढ्ने र महिलाप्रतिको सकारात्मक इतिहास आफ्नो लेखमा उल्लेख गर्ने गरिमा छैन |
पश्चिमका महिलाहरूले आरम्भ गरेको अधिकारवादी नारीवादी आन्दोलनका कारण विश्वका धेरै महिलाहरूले "समानता"को अधिकार प्राप्त गर्ने दिशातिर सफलता प्राप्त गरेका छन् | नेपाली नारीहरूले पनि त्यसबाट सहयोग प्राप्त गरेका छन् | नारीवादी आन्दोलनले स्थापित गर्न खोजेको सकारात्मक पाटोको सम्मान गरिनुपर्छ तर आफ्नो संस्कृतिमा दुर्गुणमात्र देख्ने र अर्काको विष्टामा पनि सुगन्ध देख्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्छ | यदि हिन्दू संस्कृति पूर्णतया नारीविरोधी भएको भए महिलाहरू देवीका रूपमा पुजिने थिएनन्, धर्मगुरुका रूपमा उच्चतहको सम्मान प्राप्त गर्ने थिएनन्, "नारीनै घर हुन्" भन्ने उच्च मान्यता र भनाई सामाजिक तथा सांस्कृतिक चलनमा हुने थिएन |
शाक्तदर्शन अर्थात् वैदिक नारीवादी दर्शनका पनि तीन आयाम छन् |: अद्वैतवादी शाक्तवाद, द्वेताद्वेतवादी शाक्तवाद र द्वैतवादी शाक्तवाद | केही शाक्त आचार्यहरूले अद्वैतवादीहरूले झैं "शाक्त सर्वसत्तावाद"को प्रतिपादन गर्दै अन्यलाई निषेध गरेका छन् र अनन्यतालाई स्वीकार गरेका छन् | दोश्रोमा शक्तिलाई एक र अनेक दूवै रूपमा स्वीकार गरिएको छ जसलाई "डेमोक्रेटिक शाक्त्यवाद" भन्न मिल्छ भने तेस्रो द्वेतवादी शाक्त चिन्तनमा स्त्री र पुरुषसरह समन्वयमा विश्वको सृष्टि, पालन र संहार गरेको तत्थ्य उल्लेख छ | उदाहरणका लागि सांख्यदर्शनमा पुरुष र प्रकृतिले समन्वय गरेर विश्वको व्यबस्था मिलाएका छन् |

म पनि बोल्न सक्छु

 म पनि बोल्न सक्छु

नेपाललाई लोकतान्त्रिक गणतन्त्र बनाएर विकास र समृद्धिको सपना देखाउनेहरूले नेपालीको दुर्दशाको लागि जिम्मा लिनुपर्छ, होइन भने जनता अर्को परिवर्तनका लागि तैयारी गर्न अवेर गर्ने छैनन् !! सत्ताको स्वाद लिइरहेका र लिन आतुर नेताले गणतन्त्रको जतिसुकै वखान गरे पनि जनता अर्थात् सर्वसाधारणले पत्याएका छैनन् | राजतन्त्र विरुद्ध “एतिवर्ष जेलनेल सहेको” भन्ने वाहेक वर्तमान राजनैतिक नेतृत्वले सुशासन, प्रगति र विकासको प्रत्याभूति दिन सकेका छैनन् | उल्टो, यिनका दलीय सिण्डिकेटहरूका कारण हरेक ठाउँमा अकर्म्यता, अनुत्तरदायिपन तथा दलीय संरक्षणमा अपराधबाट उन्मुक्ति प्राप्त गर्ने चलन बढेको छ | एस्तो अवस्था र व्यबस्था बुझ्दाबुझ्दै गणतान्त्रिक लोकतन्त्रका लागि शुभकामना दिन असजिलो भएको छ | जहाँसम्म गणतन्त्रले संस्थागत गरेका परिवर्तनहरू हुन् ती सबै परिवर्तन खराव छैनन् तर तिनलाई अझैं बलियो बनाउनका लागि “सहमत” हुने कुनै वलिया कारण छैनन् | झन् प्रदेशस्तरीय संरचनाहरू त केन्द्र र स्थानीय सरकार विच दलाली गर्न दलाली तन्त्रका रूपमा नेता व्यबस्थापनका लागि रचना गरिएको भन्ने सिद्ध भएको छ |
गणतन्त्रवादका नाममा रोपेकी जातिवादको विषालु रुख पूर्वतिरबाट उद्दण्ड हुँदैछ, बर्ग सङ्घर्षमा विश्वास गर्ने मार्क्स पनि नेपालको नेपालको मार्क्सवाद देखेर चक्कर आउँदो हो | २६० वर्ष पुरानो राजतन्त्र फालेको, नेपालमा जनभावना विरुद्ध धर्मनिरपेक्षता लादेको, दलीय सर्वसत्तावादका आडमा दलालीतन्त्रलाई संस्थागत गरेको र जवजव जनताले दलीय भष्ट्राचार विरुद्ध आवाज बलियो पार्छन्, दलहरू मिलेर गतार्थ भएर नागरिक जीवन विताइरहेका राजा विरुद्ध विष बमन गर्दै आफ्नो पाप लुकाउने प्रयत्न गर्छन् |
नेपालबाट राजतन्त्र विदा भएको पनि १८ वर्ष वितिसकेको छ | आजको १८ वर्षे नेपालीले देखेको/भोगेको दलीय सर्वसत्तावाद, विदेशी भक्ति, नेपाली मौलिकता र जनताको सांस्कृतिक तथा धार्मिक जीवनप्रति शत्रूता र सर्वदलीय सहमति गरेर हत्या, जघन्य भष्ट्राचार तथा सत्ता टिकाउनकै लागि गरेका अनाचारहरू हो | राणातन्त्र र राजतन्त्रलाई आजको पुस्ताले चिन्दैन | यदि चिन्छ भने गणतन्त्रका नाममा अव्यवस्थाहरू फैलाएर युवाशक्तिलाई विदेश जान बाध्य पार्ने र तिनको रेमिट्यान्समा "गणतन्त्र"का राजा बन्नेहरूलाई हो |
लोकतन्त्र होस् वा प्रजातन्त्र आफैमा खराव हुँदैनन् | तर नेपाली लोकतन्त्रको विडम्वना भन्नुपर्छ कि यसका सारथीहरू एतिधेरै करप्ट र भोका रहेछन् कि आफ्नो भोक शान्त पार्न भूटानी शरणार्थीहरूको नाममा आफ्नै नागरिकहरुलाई बेच्न पनि पछि परेनन् | एतिबिध्न हुँदा पनि दलीय संयन्त्रको नाममा तीन "शीर्ष"हरूको निर्लज्ज वैठकहरूले भ्रष्ट्राचार तन्त्रलाई सुरक्षित पार्ने षड्यन्त्र गरिरहेको छ | दलीय "झोले" वकीलहरू भ्रष्ट्राचारीलाई जोगाउन तम्तयार छन्, विद्यार्थीहरू भ्रष्ट्राचारीका पक्षमा मौन छन् आदिआदि | दक्षिण अफ्रिकेली, पश्चिम अमेरिकेली गणतन्त्रका मालिकहरूबाट सायद यो सीप सिकेको हुनुपर्छ |
लोकतन्त्र वा गणतन्त्र आफैले गल्ती गर्दैन | लोकतन्त्र वा गणतन्त्रलाई माया गर्ने नेपालीको ठूलो संख्या छ | यही मायाका कारण जनमतका माध्यमबाट नेतृत्व चयन हुने गर्छ | हरेक पटक जनताको अभिमतमा कुठाराघात भएको छ | जनताबाट कार्यक्रता बनेका व्यक्तिहरू चाहेर होस् वा नचाहेर दलालीतन्त्रको एउटा अङ्गका रूपमा रुपान्तरित भएर सघन भ्रष्ट्राचार गर्न नेतृत्वलाई सघाई रहेको मात्र होइन प्रोत्साहित पनि गरिरहेको छ | साच्चिकै भन्ने हो भने आजका लोकतन्त्रवादीहरू अविश्वास, भ्रष्ट्राचार तथा दलालीतन्त्रका पर्यायवाची बनेका छन् | शीर्ष नेताहरूले सफाई दिंदैमा जनताले विश्वास गर्ने अवस्था छैन |
लोकतन्त्र वा गणतन्त्रको सुन्दर पक्ष भनेकै जवाफदेहिता हो | मान्छेले गल्ती गर्न सक्छन् - यो प्राकृतिक सत्य हो | तर गल्ती गर्दै जाने तर त्यो गल्ती स्वीकार गरेर सुधारको बाटो अवलम्बन गर्नु भन्दा अनेकौं षड्यन्त्र गरेर आफुलाई "सत्यब्रत" देखाउनमा केन्द्रीत छन् | सबै दलका सबै नेता र कार्यक्रतालाई एकै डालोमा हालेर वदनाम गर्नु उचित हुँदैन तर आजको दलीय संयन्त्र "संस्थागत रूपमा भ्रष्ट्राचार र दलाली गर्न सिकाउने विश्वविद्यालय"का रूपमा स्थापित भएर काम गरिरहेका छन् | आज कुनै पनि साधारण व्यक्ति राजनैतिक दलका नेता वा कार्यक्रता "इमानदार" हुन्छन् भन्ने कुरा मान्न तयार छैन | सत्य यही हो |
गणतन्त्र सस्थागत गर्ने नाममा नेता व्यबस्थापन गर्ने संयन्त्र विकास गरिनु, समाजसेवा गर्छु भनेर आएका व्यक्तिहरूलाई जनप्रतिनिधि होइन "तलव लिने" कर्मचारीमा रुपान्तरण गरेर समाज सेवाको पवित्र चेतनालाई "तलवी जनप्रतिनिधि" बनाउनु गणतन्त्रवादीहरूले गरेको जघन्य निर्णय हुन् | जनप्रतिनिधिको पेट छ, बालबालिका छन् तिनले पनि तिनको पालन गर्नुपर्छ र पैसा चाहिन्छ तर तलव लिने व्यक्ति जनप्रतिनिधि हुनै सक्दैन - यो पनि सत्य हो | गणतन्त्र दिवस मनाउंदै गर्दा गणतन्त्रवादीहरूले जवाफ दिनुपर्छ कि जनप्रतिनिधिलाई तलव दिने व्यबस्था गरेपछि भ्रष्ट्राचार किन घटेन ?
वि.स. २०४७ मा पहिलो पटक तत्कालीन अर्थमन्त्री रामशरण महतले उदार अर्थतन्त्रको लागि अत्याधिक नाफामा चलिरहेका सरकारी संस्थाहरूलाई निजीकरणमा लैजाने निर्णय गरे | निजीकरणले देश किन विकास भएन - यसको उत्तर दिने दायित्व गणतन्त्रवादीहरूकै हो भने नाफामा चलिरहेका संस्थान, उद्द्योग, कलकारखानामा तथाकथित "मजदुर" संगठन खोलेर ती संस्थाहरूलाई ध्वस्त पार्ने पापका मतियार पनि दलनै हौँ भन्ने स्वीकार गर्नुपर्छ कि पर्दैन ? अनुसन्धानहरूले प्रस्टसंग भनेका छन् कि सरकारी तन्त्र, विवि तन्त्र, सरकारी उद्योग तथा कलकारखानाहरू दलीय भागबन्डाका सिकार भएर वन्द भएका हुन् | आज कुनै पनि गणतन्त्रवादी यसको उत्तरदायित्व लिन चाहन्न | जवजव उत्तरदायित्वको कुरा आउँछ "नाफा नभएका संस्थानहरू वन्द गरिएको" भन्ने जवाफ आउँछ | अहिलेको पुस्ताले गणतन्त्रवादीहरू "उत्तरदायित्वहीन" हुन्छन् भनेर बुझ्दैछन् |
गणतन्त्रवादीहरूले जतिसुकै गफ हाँके पनि धर्मनिरपेक्षता, जातिवादी सोच र विदेशी प्रभुतालाई स्वीकार गरेको गणतन्त्र पटक्कै मन परेको छैन | हिन्दूराष्ट्र कुनै मुद्दा नै होइन | संबिधानले गरेको धर्मनिरपेक्षताको परिभाषालाई सम्मान गरेर धर्मपरिवर्तनकारी शक्तिउपर कठोर नियन्त्रण गरिएको भए जनताको चित्त दुख्ने थिएन | वाहिरी रूपमा गणतन्त्रवादी देखिए पनि धेरैजसो दलहरूले इसाईहरूको भक्ति गरेका छन् | नेपालको मौलिकता नष्ट हुँदै गर्दा रमाइलो मान्ने गणतन्त्रवादीसंग जनताको वितिष्णा बढ्दो छ | साथै सरकारी उद्योगहरू वेचेर "एउटा पनि उद्योग स्थापना गर्न नसकेको नेतृत्वप्रति युवाशक्तिको विश्वास छैन | सायद यो सत्य गणतन्त्रलाई होइन गणतन्त्रवादीहरूलाई पचाउन सजिलो छैन तर पचाइरहेका छन् |
एतिबिध्न हुँदाहुँदै पनि मैले यही लोकतान्त्रिक गणतन्त्रका कारण यसरी लेख्ने स्वत्रन्त्रता प्राप्त गरेको हुँ र जनताका रूपमा त्यो अधिकारको प्रयोग गरिरहेको छु भन्ने तत्थ्यचाहिं अनदेखा गर्न सक्दिन | विदेशी प्रतिमान बोकेको, विदेशीलाई प्राथमिकता दिने र मौलिकताको साटो तथाकथित प्रगतिशीलता र समाजवादका नाममा जनतालाई धोका दिने गणतन्त्रप्रति कुनै सहानुभूति वा समर्थन छैन | निश्चयनै, मजस्ता सर्वसाधारणले यसरी बोल्नु/लेख्नु गणतान्त्रिक व्यवस्थाका लागि असल लक्षण होइन | नेताले बुझेर पनि बूझ पचाउने छन् तर जनताले कुरा बुझेका छन् र आशाको अर्को बाटो पनि जनताले अवलम्बन गर्ने छन् |
स्वस्तिअस्तु

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...