Tuesday, August 8, 2023

सानो कुरा : स्वतन्त्रता

स्वतन्त्रता

समय : ७.५०, ठाउँ कतार एयर


"कहाँ जाँदै हुनुहुन्छ - उनले सोधिन् | म जर्मनी जाँदै थिएँ | हामी सीटका सहयात्री भएकाले होला उनले नै कुरा थालिन् | "म बर्लिन जाँदैछु | "तपाईं नि ? ए, म पनि जर्मनी नै त हो नि ? उनले भनिन् | सच्चिकै भन्ने हो भने मलाई अलिअलि लाजअनुभव हुँदै थियो -मैले कुरा आरम्भ गर्न | उनले नै आरम्भ गरेपछि ठीकै भयो |
"कहाँबाट आउनु भयो ? "नेपालबाट | "ए, नेपालमा त विश्वप्रसिद्ध पशुपतिनाथको मन्दिर छ, होइन र ? मैले भने "हो, पशुपतिनाथ, मुक्तिनाथ, लिम्बिनी, सगरमाथा, जनकपुर नेपालका प्रसिद्ध ठाउँ हुन् | यस बाहेक धेरै छन् | तपाईं नेपाल जानुभएको छ ? "अहँ, जाने निकै इच्छा छ | मैले हिन्दूधर्म ग्रहण गरेपछि एक पटक पशुपतिनाथको दर्शन गर्न साह्रै रहर छ |"
.............
"हिन्दू भएपछि, अनि तपाईं पहिला के धर्म मान्नुहुन्थ्यो ? मलाई ज्यादै कौतुहल लागेर सोधें
"म मुस्लिम परिवारमा जन्मिएको हुँ | म टर्कीको नगरिक हो तर अहिले न्युयोर्क विश्वविद्यालयमा इतिहासको सहप्राध्यापक छु | मैले धर्म परिवर्तन गरेको होइन | हिन्दूहरूले धर्म परिवर्तन गर्न पर्दैन | मान्छेले हिन्दू-आचरण स्वीकार गरेपछि उ स्वत: हिन्दू बन्ने रहेछ | मान्छेले "स्वतन्त्रताको बास्तविक अनुभव गर्न र स्वतन्त्र जीवन बाँच्न चाहन्छ भने हिन्दू जीवनशैली धेरै राम्रो हुन्छ |" उहाँको कुरा सुनेर मलाई अचम्म लागिरहेको थियो |
"तपाईं कुन् धर्म मान्नुहुन्छ नि ? ती महिलाले मसंग सोध्नु भयो | मैले भने "म हिन्दू हुँ तर हाम्रो समाजमा "तपाईं कुन् धर्म मान्नुहुन्छ" भनेर सोध्ने चलन छैन | मान्छेहरूले आ-आफ्ना धर्म, सम्प्रदाय र आस्था मानिरहेका हुन्छन् | किन कसैको धर्म सोध्नु पर्यो र ?

"हो, तपाईंले भन्नुभएको कुरा नै सत्य हो | म जन्मेको र हुर्केको मुस्लिम समाजमा "तिम्रो धर्म के हो ? भनेर सबैसंग सोध्ने गरिन्छ | यदि तपाईं मुस्लिमहरू हुन्छ भने उनीहरू सजिलो अनुभव गर्छन् तर तपाईं त्यही मुस्लिम समाजको वा पन्थको हुनुपर्छ, जुन सोध्नेवालाले विश्वास गर्छ | उदाहरणका लागि यदि सोध्नेवाला र उत्तरदाता दूवै सुन्नी छन् भने ठीक छ, नत्र सुन्नी र शिया भए भने एकआपसमा अस्वीकार गरिन्छ | एकआपसमा तल्लोतहको घृणा हुन्छ |"

"ए त्यसो पो, त्यसो भए मजस्तो हिन्दूलाई त्यो समाजमा कस्तो ठाउँ होला ? मैले स्वभाविक जिज्ञासा राखें |
"हो, यो निकै महत्वपूर्ण प्रश्न हो | न्युयोर्क विविमा विद्यार्थीहरूले भर्ना गर्दा "धर्म" कुन् हो भने लेख्नुपर्छ | मुस्लिम र इसाईहरूले एउटाले अर्कालाई "धर्म"को मान्यता दिंदैनन् भने उनीहरूले हिन्दू वा बौद्धहरूको धार्मिकअस्तित्वलाई स्वीकार गर्ने कुरा नै भएन | मुस्लिम समाजका लागि हिन्दूहरू निकै घृणित काम गर्ने व्यक्ति हुन् किनभने उनीहरू मूर्तिपूजा गर्छन्, धेरै देवीदेवता मान्छन् वा नास्तिक भएर पनि हिन्दू नै हुन्छन् ? मुस्लिम समाजमा हिन्दूप्रति निकै घृणा हुन्छ तर विकसित देशमा कानुनको डरले गर्दा बोल्न सक्दैनन् -उहाँले भन्नुभयो |

"नेपालमा त इसाई र मुस्लिम, हिन्दू, बौद्ध, जैन तथा किरातीहरू मिलेर बसेका छन् - मैले स्वाभाविक रूपमा भने |
"हो, यो राम्रो कुरा हो, असाध्यै राम्रो | उनीहरूको शास्त्रीय सिद्धान्तले अर्को सांस्कृतिक वा धार्मिक विश्वाससंग मिलेर बस्ने वा सहकार्य गर्ने अनुमति दिंदैन | बाइबल र कुरान कुरानले आफु बाहेकको संस्कृतिलाई नष्ट गर्ने रोडम्याप तयार गरिदिएको छ | नेपाली इसाई र मुस्लिमहरूले तेहाको बहुलवादलाई कहिलेसम्म स्वीकार गर्छन् ? यो एउटा महत्वपूर्ण तर बास्तविक प्रश्न हो |

"अहिलेको नेपाली राजनैतिक दृष्टिकोण धर्मनिरपेक्ष छ तर हिन्दू-सहित मौलिक संस्कृतिमा खलल पार्नेलाई दण्डको व्यबस्था हो - मैले भने |
"धर्मनिरपेक्षता एउटा मानवतावादी हतियार हो जसको प्रयोग विकसित राष्ट्रहरूले आफ्नो कुरा लाद्न प्रयोग गर्छन् | विकसित मुलुकहरूले साउदी, कतार, कुवैतजस्ता धर्ममा आधारित राष्ट्र र ती देश र ती देशले धार्मिक स्वतन्त्रतामा बन्देज गर्दा कुनै प्रतिबन्धको सामना गर्नु पर्दैन तर इरानसंग सधैं खटपट हुन्छ | धर्मनिरपेक्षता नितान्त राजनैतिक संस्कृति हो | मैले इन्टरनेटमा धर्मपरिवर्तन गर्ने मध्ये नेपालको नाम अगाडी रहेको पढेकी थिएँ | धर्मपरिवर्तन बढ्दै जाँदा देशले इतिहास, संस्कृति तथा मौलिकता गुमाउने निश्चित छ - तपाईंको सरकारी तन्त्रले कानुनी व्यबस्थाको उपहास गर्छ - उहाँको विचार थियो |

"तर म एउटा हिन्दू आस्था भएको व्यक्ति हुँ | मलाई लाग्छ, सबै धर्म समान हुन् र सबैको धार्मिक लक्ष ईश्वर प्राप्ति नै हुन्छ - मैले भने |
"हो, सैद्धान्तिकरूमा सबै धर्मगुरूहरुले यस्तै कुरा गर्छन् किनभने यो सुन्नलाई निकै मिठो छ | मेरै देशका मुस्लिम धर्मगुरूहरूले यो कुरा बारम्बार भनिरहन्छन् तर उनीहरू मसंग शत्रुतापूर्ण व्यबहार गर्छन् किनभने एउटी मुस्लिम महिला प्राध्यापक भएर "मानवीय स्वतन्त्रता" उपयोग गर्नु कुरानका आज्ञाको अपमान हो | इसाईहरू पनि कम छैनन् | मैले न्युयोर्कमा एकजना नेपाली महिलाले धर्मगुरूका रुपमा उँचो आसनमा बसेर धार्मिक उपदेश दिएको र भीडले उनको सम्मान गरेको देखेकी थिएँ | मैले हिन्दू-महिलाको उच्चसम्मान देखेर हिन्दू-जीवनशैली स्वीकार गरेकी हुँ | मेरो मुस्लिमसमाजमा यो निकै अधार्मिक काम हो | एउटी मुस्लिम वा इसाई महिलाका लागि यो कुरा कल्पना वाहिरको हुन्छ - उहाँले आफ्नो बुझाई प्रष्ट पार्नुभयो |

"त्यसो भए हिन्दूहरूले पनि मुस्लिम र इसाईसंग मिलेर बस्न नसक्ने अभ्यास गर्नु उचित होला र ? मैले सोधें |
"होइन. कदापि होइन | आजको बौद्धिक विश्वले हरेक मुसलमान, इसाई, नास्तिक वा अन्य आस्स्था भएको व्यक्ति वा समाजको मान्छेको मनमा हिन्दू-सोफ्टवेर खोजिरहेको छ | मान्छे शान्ति, विकास र सुखी जीवन चाहन्छ | इसाई-मुस्लिम वा मैले चाहँदैमा विश्वको बहुलवादी प्रकृति नष्ट हुँदैन | अन्तत: बाहिरी रूपमा कट्टर मुस्लिम, यहुदी वा इसाई देखिए पनि भित्र एउटा मान्छे लुकेको हुन्छ | त्यो मान्छे हिन्दू बाहेक कोही हुने सक्दैन | हिन्दूहरूको मानसिक तथा बौद्धिक बुझाईनै बहुलवादी भएकोले भविष्यको विश्वले हिन्दू प्रतिमानहरू स्वीकार गर्नेपर्छ | मभित्रको मान्छेले जीवनजगतलाई बुझ्न हिन्दू-चेतनाको प्रयोग गरे भैहाल्छ | धर्मपरिवर्तनले कट्टरता बाहेक केही निम्त्याउँदैन |
-----
उहाँको कुराले मभित्रको हिन्दू गौरव जीवन्त हुँदैथियो | मैले 'जान्नेलाई श्रीखण्ड नत्र खुर्पाको बीड़' भन्ने उखान सम्झिएँ | आजको मितिमा नेपालको परम्परागत शान्ति, सहिष्णुता तथा सह्दयता कहाँबाट भङ्ग हुँदैछ भन्ने तत्थ्यहरू "धरानतिर"बाट सल्किन्दै छन् |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...