Saturday, August 12, 2023

धेरै प्रश्न छन्

धेरै प्रश्न छन्

(१) अहिलेको राजनैतिक नेपाल र भारत ससाना अनेकौं राज्यमा विभाजित थिए | असंख्य महाराजा, राजा, सामन्तहरूले यहाँ शासन गर्थे | ती आपसमा "वीरभोग्या वसुन्धरा (वीरहरूले पृथ्वीलाई भोग्ने हो) भन्दै एकआपसमा युद्धहरू लडिरहन्थे | वेलुका एउटा राष्ट्रमा सुतेको मान्छे भोलिपल्ट अर्कै राष्ट्रमा हुन्थ्यो | चक्रवर्तीले, महाराजलाई, महाराजाले राजालाई, राजाले सामन्तलाई, सामन्तले काजीलाई काजीले जिम्मेवाललाई अधिकार दिएर "कर" सङ्कलन गर्थे | यो विषयमा कौटिल्यको अर्थशास्त्रले धेरै बोलेको छ |
(२) अहिलेको नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तानआदि देशहरू "भारतवर्ष" भनिन्थ्यो | स्वाभाविक रूपमा भारतवर्षमा अनेकौं राजा थिए | ती मध्ये कति दयालु र अहिंसक थिए भने केही अत्यन्त क्रूर तथा हिंसक थिए | सर्वसाधारण देखि महासामन्तको जीवन राजाको कृपामा भर पर्थ्यो | जीवन र मृत्युका बिचमा राजामहाराजा र सामन्तहरूको "निगाह" चल्थ्यो | अधिकार, शक्ति र जीवनको अधिकार राजाहरू र राजाले पत्याएका व्यक्तिमा हुन्थ्यो | यहाँसम्म कि हिजोसम्म उत्तम ब्राह्मण कहलाएका व्यक्तिहरू राजाको एक बचनले अछूतमा रुपान्तरित हुन्थे भने अछूतहरू उच्चतर ब्राह्मण बन्थे |
(३) अनेकौं राजा, अनेकौं कानुन, अनेकौं राष्ट्र, अनेकौं भाषा तथा अनेकौं संस्कृति भए पनि कुनै पनि हिन्दू राजाले (केही अपवाद वाहेक) धर्म, संस्कृति, भाषा, रितिरिवाज वा धार्मिक प्रतिमानहरूलाई क्षति नगर्ने अलिखित प्रतिबद्धता नै थियो | लडाईहरू हुन्थे, मान्छेहरू मारिन्थे तर धर्म, संस्कृति तथा भाषा सुरक्षित राखिन्थ्यो | राजाकोले पराजित राजा र तिनका सैनिकहरुको निर्ममतापूर्वक हत्या गरे पनि, समुदायलाई जातिच्यूत गरे पनि गुरुकुल, देवालय, पुस्तकालयहरू सुरक्षित रहन्थे | विद्वानहरूप्रति सहिष्णुता हुन्थ्यो | तर असंख्य राजा, असंख्य राज्यहरूमा एकजना व्यक्तिको पनि जीवन सुरक्षित थिएन | राजालाई र राजाको र प्रजालाई "वीरभोग्या बसुन्धरा" भन्दै एकअर्काको राज्य हडप्न आतुर राजाहरूको सधैं डर हुन्थ्यो |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...