Tuesday, August 1, 2023

फोहोर पानीको लेखौट

पानीले रुझेको बाटोको किनारामा हातले लेखेको एउटा पाना एताउति पौडिरहेको थियो | मलाई त्यो मटमैलो कागजमा लेखिएका हरफ पढ्न मन लाग्यो | मैले अगाडी बढेर फोहोर पानीबाट त्यो कागज उठाएँ | त्यो कागजमा बडो सफा तवरले निम्न कुराहरू लेखिएको थियो | त्यही कुरा मैले आफ्नो फेसबुकमा जस्ताको तस्तै सारेको छु :

"रैथाने बाहुनक्षेत्री विरुद्ध आदिवासी जनजातिको सिद्धान्त बनाएर घृणावादको व्यापार गर्ने विरुद्ध बोल्नैपर्छ | हामी नेपाली हौँ, नेपाल हाम्रो हो | सधैं घृणावादलाई सहयोग गर्नेहरूसंग पनि प्रेमपूर्वक व्यबहार गर्नुपर्छ तर सधैं अपमान सहेर बस्नु कायरता हो | कायरहरूको कुनै भविष्य हुँदैन | कायरहरूको पुरस्कार अपमान र मृत्यु हो | कायरहरू जीवित हुँदा पनि मुर्दारसरह नै हुन्छन् | घृणा गर्नु हुँदैन तर घृणा सहन पनि हुँदैन |
घृणावादको बीऊ रोप्ने, यसलाई नाइटोको बल लगाएर हुर्काउनेहरू याद राख, छ्मेकीको घरमा आगो लाग्यो भने तिम्रो घर पनि जल्ने छ | डलरले तिम्रो रक्षा गर्ने छैन | हामी सबै नेपाली मिलेर निर्माण गरेको "हाम्रो देशमा" घृणावादलाई कुनै स्थान छैन |
यदि तिमीले एकोहोरो घृणा र अपमानले कुनै दिन सीमा काट्ने छ | त्यस बेला तिम्रै कारणले देश दुख्ने छ | घृणावादका बीऊ रोप्नेहरूले अपराध गरेका छन् तर तिमी र हामी त्यो अपराधका मतियार बन्न हुँदैन | इतिहासमा देखिन्न, बर्तमान तिम्रो हातमा छ | एकआपसमा प्रेम गर, छिमेकीलाई सघाउँ, हामी सबै बन्ने छौँ | हाम्रो देश बन्ने छ |
तिमी साबधान रहनु | घृणावादको व्यापार गर्नेहरू राजनीतिमा नेता बनेर, विश्व विद्यालयमा शिक्षक बनेर रैथाने समुदायमा अगुवा बनेर, एनजिओ/आइएन्जिओमा बाइबल बोकेर, दलित बर्गहरूमा अधिकारवादी बनेर र बाहुनक्षेत्रीमा धर्मपरिवर्तन गरेर पसेका छन् | यिनीहरूसंग फिरंगीहरूको राजनैतिक पावर छ | यिनले आफ्नै धर्म, संस्कृति, परम्पराका असल पक्षहरू देख्दैनन्, बुझ्दैनन् र बुझ्न चाहनेहरूलाई रोक्छन् | जातको नाममा, भाषाको नाममा, भूगोलको नाममा लिंगको नाममा एकआपसी घृणा फैलाएर आफ्नो "बर्चस्व" देखाऊछन् | यो पर्चा पढ्नेहरूले बुझ्नु यो सफासंग लेखिएको छ किनभने सफा र शान्त नेपालका लागि यसमा लेखिएका कुराको विकल्प छैन | यो फोहोर पानीमा भेटिने छ किन भने यस्ता विचारको महत्वलाई आज पनि "फोहोरको डङ्गुरमा फाल्नेहरू थुप्रै छन् |"
तर फोहोर पानीमा भेटिएका यी विचारहरूको जसले सम्मान गर्न चाहन्छ, उसले कुनै दिन प्रकाशमा ल्याउने छ | त्यतिबेला तिमीले "फोहोर पानीका विचार" भनेर हेलाँ नगर्नु | यसो गर्यो भने घृणावादीहरू हौसिने छन् | हामी सबैको साझा नेपाल दुख्ने छ |"
मैले फोहोर पानीमा भेटेको लेखौट यहाँ टाँसेको छु | पढ्नुस्, बुझ्नुस्, मनन गर्नुस् | सभ्य र सौम्यभाषामा प्रतिक्रिया दिनुस् |
स्वस्तिअस्तु

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...