Saturday, August 12, 2023

रामायण र भानुभक्तको कुरा !

रामायण र भानुभक्तको कुरा !

श्रीसीताराम नेपाली धार्मिक, सांस्कृतिक तथा जीवन दर्शनका अङ्ग हुन् | भानुभक्तले नेपालीमा रामायण लेखेर नेपाली भाषाको विकासमा ठूलो टेवा पुर्याए | भानुभक्तले रामायण लेख्नु भन्दा हजारौं वर्ष पहिलेदेखि नै नेवार समुदायले सीतारामको कथामा आधारित रहेर "सीताराम जात्रा"का माध्यमबाट रामकथाको मन्चन गर्थे | मगर, थारू, बज्जी, भोजपुरी, गुरुंग, थकालीआदि जातजातिहरूमा पनि सीतारामको गहिरो छाप रहेका छ |
भारत, श्रीलंका, थाइल्याण्ड, कम्बोडिया, इन्डोनेसिया, फिलिपिन्ससहित विश्वका अनेकौं देशमा सीतारामको जीवनीमा आधारित कथाहरू र तेसमा आधारित भएर लीला (नाटक) मन्चन गरिन्छ | नेपालमा पनि नेपाली परिवेशअनुसार रामकथा सृजना गर्ने काम भानुभक्त कविले गरेका हुन् | धेरै रामायण होलान् तर नेपालीहरूका लागि भानुभक्तको रामायणजस्तो अर्को हुनैसक्दैन | यसमा गौरव गरौँ |
ऋषि बाल्मिकीको रामायण महान् छ | आनदरामायणआदि श्रेष्ठ छन् | भोजपुरी कवि तुलसीदासको रामायण धेरै राम्रो छ | तर नेपाली भाषि र नेपाली समाजलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा एकीकृत बनाउने भूमिकामा भानुभक्तले लेखेको रामायणको स्थान कुनैले पनि लिन सक्दैन | समकालीन र आधुनिक नेपालको जरोकिलो भानुभक्तको रामायणले बलियोसंग गाडेको छ | नेपालीले नेपाली रामायणको सम्मान, चर्चापरिचर्चा, अनुसन्धान नगरे कस्ले गर्छ ?
नेपालीका आदिकवि भानुभक्तले रामायणका माध्यमबाट विश्वभरिका नेपाली भाषिहरूलाई सांस्कृतिक एकीकरणको सूत्रमा बाँधेका छन् | भानुभक्तको रामायण भोजपुरी तथा मैथिलीभाषामा पनि अनुवाद भएको छ | भानुभक्तको रामायण वारे चर्चापरिचर्चा गर्दा नेपाल र नेपालीको पनि मान बढ्छ | भानुभक्त र उनको रामायणवारे परिचर्चा गरौँ |
नेवार समुदायले "बास्सा नाच, गाईजात्रा, दशअवतार नाचआदिमा सीतारामको कथा मन्चन हुन्छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...