Saturday, August 12, 2023

अब्राहमले माया गरेको राजनीति !!

 अब्राहमले माया गरेको राजनीति !!

तात्विक दृष्टिकोणले विचार गर्ने हो भने यहुदी, इसाई तथा मुस्लिम एकेश्वरवाद र कम्युनिस्ट विश्वमा केही फरक छैन | अब्राहम विविधताको विपक्षमा थिए तेसैले यहुदीले इसाईलाई, इसाईले मुस्लिमको धार्मिक अस्तित्व अस्वीकार गर्छन् | अस्वीकार गर्दागर्दै पनि यहुदीहरू ३ तीन, इसाईहरू ६३७ र मुस्लिमहरू ७४ फिर्कामा विभाजित भएर एकअर्कासंग सङ्घर्षरत छन् | ती सबैका आ-आफ्ना नेता छन् र हरेकले आफुमात्र "स्वर्गको ठेकेदार" भएको र अरू सबै झुट्टो भएको बखान गर्छन् | जव आफ्नै अस्वीकार्य छन् भने अब्राहम-लाइन वाहिरका विविधतालाई मान्ने कुरा हुँदैभएन |
अर्कोतिर कार्लमार्क्सको नेतृत्वमा आरम्भभएको कम्युनिस्ट आन्दोलन पनि आरम्भमा एउटा मात्र थियो | आजको मितिमा आइपुग्दा विश्वभरि कम्न्युनिस्टहरूका हजारौं सम्प्रदाय जन्मिएका छन् | नेपालमा पनि करिव-करिव ४४ बटा कमुनिस्ट सम्प्रदायहरू जीवन्त छन् | ठ्याक्कै अब्राहमिक पन्थझैं नेपालका यी कम्युनिस्ट सम्प्रदायहरूले आफुमात्र "ओरिजिनल" भएको दावी गर्छन् | अझैं, नेपालको मौलिक कम्युनिस्ट पन्थ पनि विकसित भएका छन् जसले नेपालको लागि मौलिक "जातिवादी" कम्युनिस्ट सम्प्रदाय खडा गरेर आफुलाई "महागुरू" बनाउन सङ्घर्ष गरिरहेका छन् | भ्रममा नपर्नु होला, यदाकदा यी महागुरूहरूका विचमा एकता पनि हुन्छ तर गुरूहरूको भित्रि मनसायचाहिं अर्काको अस्तित्व समाप्त पार्ने नै हुन्छ |
अहिले नेपाली राजनीतिमा अब्राहमिक चरित्रको राजनैतिक शक्ति बलियो छ भने यिनैको छत्रछायामा धर्मपरिवर्तनको उद्योग फस्टाएको छ | स्वाभाविक रूपमा होली-बाइन र अभिषेकको प्रसंगले नेपालको मौलिकता समाप्त पर्न यी दूवैको घोषित (अधोषित) गठबन्धन छ | दुर्भाग्यवस्, आफुलाई उदारवादी भन्ने तथाकथित पुरानो समाजवादी पार्टी कंग्रेसले पनि आजभोली एकेश्वरवादी (कम्युनिस्टहरूका लागि मार्क्स र अब्राहमिकहरूका लागि अल्लाह वा गड)को छत्रछाँया स्वीकार गरेको छ | न झुक्किनु होला, यिनले अमेरिका, बेलायत र जापानका विकासको सपना देखाए पनि अब्राहमिक (ई.पू. १५००), जिसस (ई.पू. १००), मोहम्मद (ई. ५६७) र कार्लमार्क्स (ई. १८००) को विश्वलाई नै मानवीय विकासको सर्बोच्च अवस्था ठान्छन् |
जवसम्म यी सम्प्रदायहरूले आपसी बर्चश्वको लडाई लडिरहने छन्, तवसम्म नेपाली समाज कार्लमार्क्स कालीन अवस्थाबाट माथि उठ्न सक्ने छैन | समाजवाद र साम्यवादको गहिरो मोहनीमा रमाउने जनताहरू पनि समाजवाद र साम्यवादको मोहनीबाट वाहिर ननिस्कने कसम खाएका छन् | सायद त्यो भीडमा म पनि पर्छु | यी सम्प्रदायको मोहनीमा रमाउंदै गर्दा यिनका माउसंस्थाहरूले (इसाई-मुस्लिम) नेपालमा निकै फड्को मार्ने गरी प्रगति गरेका छन् | नेपाली जनताहरूको मोहनी रोमको नीरो भन्दा कम छैन | इसाई वा मुस्लिम समुदायसंग लेखकको कुनै गुनासो छैन तर देश निर्माणको ठेक्का लिएका राजनैतिक सम्प्रदायका नेताहरूको बर्चश्वको आन्तरिक द्वन्दमा म अचानोमा परेको सत्य हो |
नेपालमा समाजवाद आउंदैन, साम्यवादको कुनै सम्भावना छैन तर कार्लमार्क्सको मार्क्सवाद र समाजवादको बैचारिक द्वन्दमाथि चढेर अब्राहमले बलियो जरा गाडिरहेका छन् | नेपालमा भौतिक विकास होस् वा नहोस्, एकआपसमा अविश्वास, एकआपसमा घृणावाद र यसैको छत्रछाँयाभित्र अब्राहमले ठूलो सफलता प्राप्त गरिरहेका छन् | अफ्रिकेली देशहरूमा अब्राहमको फैलावटपछि जुन विकास ती देश र समाजले हासिल गरेका छन्, नेपालले पनि त्यही विकास भोग्न तम्तयार रहनुपर्छ | अहिलेको राजनीति र अब्राहमको गठजोडले निर्माण गर्ने नेपाली यस्तै हुने छ |
नेपाली भोटरहरूको सङ्ख्याको मूल्यांकन गर्दा र कम्युनिस्ट तथा समाजवादीहरूले विकसित गरेका मौलिक नेपाली सम्प्रदायहरू (उनीहरूले भनेअनुसार) र तिनका महागुरूहरूले सपना देखाएको सपनाको नेपाल सन् २३०० तिर उन्मुख हुँदैछ कि सन् १८०० तिर फर्कंदैछ ? आफै मूल्यांकन गरौँ | प्रगतिशील र समाजवादी महागुरूहरूले निर्माण गर्ने भविष्यको नेपालको अनुहार आजका प्रत्येक नेपाली नागरिकले देखिरहेका छन् र बाँचिरहेका छन् | यो सबै जानेर, बुझेर र भोगेर पनि यदि हामीलाई जाग्नुछैन भने छोराछोरीले रगत बगाएर पठाएको रेमिट्यान्समा आगामी २०० सयवर्षसम्म बाँच्ने अभ्यास गरौँ र रेमिट्यान्स रोकिएको दिनका लागि आत्महत्या गर्ने पनि अभ्यास गरौँ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...