Saturday, August 12, 2023

हिन्दूमय विश्व !!!

 हिन्दूमय विश्व !!!

धर्मको अर्थ असल गुण हो | हिन्दुको अर्थ हो - हीनताबोध नभएको व्यक्ति | हिन्दुहरूले गौरव गर्नुपर्छ कि आज विश्व असलगुण खोज्दै छ | असल गुणहरू अपनाउने प्रयत्न गर्दैछ | असलगुण सबैका लागि हुन्छन् | असल गुणको अनुशरण गर्न धर्म परिवर्तन गर्न पर्दैन | ऋषिहरूको उद्घोष कि "विश्व नै आर्य (श्रेष्ठ) बनाऔं" भन्ने प्रतिज्ञा क्रमशः पूर्ण हुँदैछ |
विज्ञानको विकाशलाई धन्यवाद दिनुपर्छ : यसले विश्वलाई क्रमशः हिन्दू चेतनाले भरिपूर्ण गर्दै छ | म गौरव गर्न सक्छु आजको ९०% विश्वले हिन्दूगुणहरू अवलम्बन गरिरहेको छ | असलगुणहरू धारण गर्ने प्रतिस्पर्धा गरिरहेको छ | जतिजति विज्ञानले प्रगति गर्दैछ, त्यतित्यतिनै विश्व हिन्दूमा रुपान्तरित हुँदैछ |
उदारता, सहअस्तित्व, समावेशीपन, सहृदयता, स्वीकृति, करूणा, कट्टरताको त्याग र एकअर्कालाई सम्मान गर्ने चेतना र फरक धर्म, फरक संस्कृति, फरक भूगोल तथा फरक आस्थालाई सम्मान गर्नुपर्छ भने बौद्धिक वहस र जागरण हिन्दू संस्कृतिले प्राकृतिक रूपमा प्राप्त गरेका विशेषता हुन् | आजको विश्वले यी बिशेषताहरूलाई आफ्नो जीवनको अभिन्न अङ्ग बनाइरहेको छ | कट्टरताको युग समाप्त हुँदैछ | कट्टरहरू पनि उदारताको छायाँमा आउन बाध्य भइरहेका छन् |
तेसैले भन्छु, वैदिक सनातन हिन्दू संस्कृतिका यी मौलिक विशेषतालाई चिनेर गौरव गरौँ र आफुलाई गौरवशाली मानौं | ऋषिकुलप्रति कृतज्ञ बनौं किनभने यिनै ऋषिकुलले निर्मित गरेको हिन्दू-संस्कृतिको उदार चेतनाका कारण विश्वको हरेक व्यक्ति हिन्दूमा रुपान्तरित हुँदैछ | सम्पूर्ण विश्व हिन्दूमय हुँदैछ

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...