Saturday, August 12, 2023

इतिहासको साझा प्रश्न

 इतिहासको साझा प्रश्न

नेपालीहरूको इतिहासका विषयमा प्रा. बालकृष्ण पोखरेल र प्रा. रोमिला थापरहरू तथा अहिले अध्यापनरत नेपाली/भारतीय विविका इतिहास तथा संस्कृतिका गुरूहरूसंग प्रश्न उठाउनै पर्छ | मेरो परम्परागत इतिहासले "भारतवर्षको इतिहास मौलिक भएको र ऋषिपरम्परामा आधारित गोत्रसंग जोडिएको र यहाको रैथाने" भने बुझाउछ | संस्कृत होस् वा पाली साहित्य वा परम्पराको कुनै पनि अक्षरले ककेशिया, टर्की, इराक, इरानको उल्लेख गरेकै छैन | जवकि वैदिक, जैन, बौद्ध परम्परामामा पूर्वजहरूको "गोत्र वा गुरुशिष्य परम्परामा आधारित रहेर" स्मरण गर्ने, मातृभूमि, नदीपहाडआदिको स्तुति गर्ने परम्परा नै छ | म कौडीन्य ऋषिको सन्तान भएको कारण म कौडीन्य गोत्री हुँ किनभने कौडीन्य ऋषि भारतवर्षमा जन्मेका थिए | इतिहासलाई समाजवाद, साम्यवाद वा पुँजीवादको आँखाले मात्रै किन पढिन्छ ? थापरहरूले जवाफ दिनुपर्छ |
१. ककेसीया बाट यदि आर्यहरू इरान हुँदै नेपाल आएका हुन् भने नेपालको कालीगण्डकीको किनारमा विकसित आर्यहरू ककेसिया पुगेको किन हुन सक्दैन ?
२. यदि मदरबाट माता बनेको हो, फादरबाट पितृ बनेको हो भने माताबाट मदर र पिताबाट फादर किन बन्न सक्दैन ? आदिआदि
३. यदि आर्य जाति हो र उ ककेशीयाबाट नेपाल वा भारत आइपुगेको हो भने अंग्रेजी, रोमन, ग्रीकेली रसियाली बोलीमा आर्य किन उल्लेख छैन र संस्कृतमा मात्र किन छ ? तपाईंहरूले भनेझैं ककेशियाबाट हिंडेका आर्यहरूले अहिले आफ्नो मूल संस्कृति विर्सिएका हुन् भने इराकी, टर्की, वा युरोपेलीहरूले पनि भारतवर्षदेखि तेहासम्मको यात्रा र समय ग्यापका कारण आफ्नो मौलिक थलो "नेपाल" विर्सिएका हुन्" भन्न किन नमिल्ने ?
४. यदि गोराहरूको र भातवर्षका मानवसमुदायको जीन मिल्छ भने भारतवर्षीयहरू आफ्नो आर्यत्व (श्रेष्ठ-संस्कृति) फैलाउँदै ककेसिया पुगेका होइन भन्ने तपाईंहरूसंग ठोस प्रमाण के छ ?
५. बुटवल जजिकै भेटिएको प्राचीन मान्छेको बंगारो जत्तिको वा त्यो भन्दा पुरानो मानव-अवशेष इराक, इरान वा टर्की अथवा ककेशियामा किन न पाइएको होला ?
६. मान्छे घुमन्ते जात हो | यो अफिका देखि नेपाल र नेपाल देखि सुदुर अलस्कामा पनि पुग्न सक्छ | तर तपाईहरूले लेख्ने इतिहासमा सधैं "युरोप" नै सभ्यताको केन्द्र किन हुन्छ ? जवकि आधुनिक अनुसन्धानले नै अफ्रीकालाई मानव विकासको पहिलो केन्द्र मानेको छ |
७. युरोपेली र कार्लमार्क्सलाई देवत्वकरण गरे पनि तपाईंहरू अजर-अमर बन्न सक्नुहुँदैन | तपाईहरूले डेढ-करोड़ वर्ष पुरानो रामापिथसको बंगारो नेपालमा प्राप्त भएको इतिहास त पढ्नुनै भएको होला |
८. इतिहास इतिहास नै हो | नेपाल र भारतमा थुप्रै विविहरू खुलेका छन् | त्यहाँ इतिहास विभाग छन् | राखीगढी सभ्यताले मिल जनले लेखेको इतिहासलाई चुनौति दिएको छ | अव त कमसेकम विदेशीहरूको नक्कल उतार्न छोडेर इतिहास खोज्न आरम्भ गर्नुपर्छ |
९. अग्रेजहरूले आफ्नो स्वार्थअनुकुल भारतवर्षको इतिहास निर्माण गर्न यहाँका स्थानीय भाषा, संस्कृति तथा प्राचीन संस्कृत, पाली, तेलगुभाषाहरूको अनुवाद गरेको र त्यो अनुवाद निकै त्रुटिपूर्ण तथा पूर्वाग्रही रहेको भने अक्सफोर्डमा संस्कृतका विख्यात र विवादित प्राध्यापक पौलोकले भनेकै छन् | पूर्वाग्रहपूर्ण अनुवाद र ती अनुवादमा आधारित पूर्वाग्रहपूर्ण इतिहासलाई स्वीकार्नेहरू र परीक्षामा नक्कल चोर्ने विद्यार्थीका बिच कुनै फरक हुँदैन | आजको नेपालका इतिहासकारले यदि विदेशीले लेखिदिएको इतिहासलाई सत्य ठान्छन् भने इतिहाससंग अन्याय हुने छ | के तपाईंहरूकै शब्दमा "२१ सौं शताब्दिका विदेशीहरूले १८ रौँ शताब्दिमा लेखिदिएको इतिहासलाई सत्य भनेर पठाउनु उचित होला र ?
१०. धर्म, संस्कृति, मानव इतिहासमा नयाँनयाँ तत्थ्यहरू खोजिनु र ती स्थापित हुने, पुराना मान्यताहरू विस्थापित हुनु नै अनुसन्धानको शक्ति हो | युरोपलाई सभ्यताको केन्द्र ठान्ने नेपाली र भारतीय इतिहासको इतिहासको इतिहास किन सधैं जडवादी हुन्छ ? किन यिनले युरोपेलीले ३०० वर्ष अगाडी लेखिदिएका इतिहासको समीक्षा गर्दैनन् र सधैं "भारतवर्षीयहरू ककेशियाबाट यहाँ आइपुगेका शरणार्थी हुन्" भन्ने युरोपकेन्द्रीत इतिहासकै वकालत गर्छन् ?
११. युरोपेली इतिहासकारहरू नेपाली तथा भारतीय मानस सन्तानहरू अनेकौं खेमामा विभाजित छन् | कसैले इतिहासलाई "मार्क्सका आँखाबाट, कसैले चर्चिल, कसैले मिल, कसैले समाजवाद, कसैले साम्यवाद तथा केहीले यहुदी वा वाइबलको उत्पत्तिसंग इतिहासलाई पढ्ने तथ्य्य आज लुकेको छैन | मार्क्सको आँखामा होस् वा म्याक्समुलरको सबैले "युरोपेलीलाई सभ्यताको केन्द्र"का रूपमा राखेर इतिहास लेखेका छन् | सबैभन्दा अचम्मको कुरा त के भने युरोपेली केन्द्रका नेपाली मानस-सन्तानहरू जव कुनै नेपाली वा विदेशी इतिहासकार वा व्यक्तिले युरोपकेन्द्रीत इतिहासप्रति असहमति जाहेर गर्छ, यी सबै अरिंगालझैं खनिन्छन् | यदि कसैले आफ्नो मौलिक इतिहासको खोज अनुसन्धान गर्न चाहन्छ भने तपाईंहरू कोकोहलो गरेर अरिंगालझैं किन जाइलाग्नु हुन्छ | यदि तपाईंहरूले लेखेको इतिहास निर्विवाद हुन्थ्यो भने बालगंगाधर तिलक, राखीगढी, प्रोफेसर लुइस बोलोमस्कीआदिले प्रश्न गर्ने थिएनन् | तपाईंहरू यतिधेरै असुरक्षित किन अनुभव गर्नुहुन्छ ?
१२.. नेपाली र भारतीय विविहरूले कमसेकम सभ्यता, संस्कृति, भाषा, धर्मका मलिलामा अक्सफोर्ड, क्याम्ब्रिजआदिको नक्कल गर्न छोडेर (असल कुराहरूबाट सिकेर) नेपालीहरूले आत्मसम्मान, आत्मविश्वास र आत्मगौरव गर्ने बास्तविक इतिहास जान्न पाउनु पर्छ | यदि राजतरंगीणीको होइन विदेशीले लेखिदिएको इतिहास नै पढाउने हो र आफ्नो नखोज्ने हो भने यस्ता विभागहरू खारेज हुँदा राज्यको सम्पत्ति नै जोगिन्छ | नेपाली वा भारतीयहरुको इतिहास राजतरंगीणीले बोल्छ कि मिल जोइनको "हिस्ट्री अफ इन्डिया"ले बोल्छ ?
स्वस्तिअस्तु

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...