Saturday, August 12, 2023

हिन्दूमय विश्व : धर्मको प्रयोग

 हिन्दूमय विश्व : धर्मको प्रयोग

आजको समाज धर्मको प्रयोग गर्न आतुर छ | मनुस्मृतिमा धर्मका १० वटा लक्षण भनिएको छ भने श्रीमद्भागवतको पहिलो स्कन्धमा धर्मका तपस्या, पवित्रता, करूणा र सत्य यी चारबटा चरण बताइएको छ | गीतामा १७ बटा र पुन: भागवतको सातौँ स्कन्धमा २७ बटा धर्मको (दैवी गुण) वारे परिचर्चा गरिएको छ | धर्मलाई सेतो गोरुझैं निस्कलंक मान्दै तपस्या, पवित्रता. करुणा र सत्यलाई तेसका चारबटा खुट्टाका रूपमा निरुपण गरिएको छ |
तपस्याको अर्थ हो - बौद्धिक, शारीरिक, बौद्धिक तथा शारीरिक र केवल शारीरिक श्रम गरेर इमान्दारीपूर्वक जीवन यापन गर्ने प्रबृत्ति | प्राचीन ऋषिहरूले विष्णु अर्थात् सम्पूर्ण संसारमा फैलिएको शक्ति आफुमा अनुभूत गरेर विश्वको आफ्नो र विश्वको कल्याण गर्थे | यो तपस्या थियो र आजको मितिमा पनि तपस्या अर्थात् तोकिएको कामलाई फल प्राप्त भए पनि नभए पनि कर्तव्य मानेर सम्पदान गर्ने सङ्कल्प |
पवित्रताको अर्थ हो - शारीरिक तथा मानसिक रूपमा स्वास्थ्य रहने हिसावले काम गर्नु | केवल नुहाएर मान्छे पवित्र हुँदैन | मन, बचन र कर्मले आफ्नो र अर्काकाको भलो चिताएर काम गर्ने चेतना नै पवित्रता हो |
-करुणाको अर्थ अन्य प्राणी वा प्रकृतिप्रति आफुसरहको भाव राख्नु | हिन्दू शास्त्रले सम्पत्ति कमाउन र त्यसको स्वामित्व प्राप्त गर्न रोकेको छैन तर आफुले कमाएको सम्पत्तिको कमसेकम १० भागचाहिं कल्याणकारी क्रियाकलापमा खर्च गर्नुपर्छ | भोकोलाई भोजन, रोगीलाई औषधिउपचार, पढ्न चाहनेलाई विद्याको प्रबन्ध, डराएकोलाई शरण दिनु करुणाको उदाहरण हो |
सत्यको अर्थ हो - मनले जे सोचेको छ तेही बोल्नु र तेही गर्नु | मन, बचन कर्मको एकरुपता र सत्यप्रति अतिप्रतिबद्धता नै सत्यता हो | हो, आजको विश्वमा विज्ञानले प्रगति गरेको छ, मान्छेको आयु बढेको छ तर मन, बोली र गराईमा निकै भिन्नता देखिन्छ |
आजको विश्वले प्रत दायित्वप्रति उत्तरदायित्व, तेस प्रति इमानदारी, आफु बाहेकको व्यक्तिप्रति करूणा र यी सबै गर्दा मन, बचन र व्यबहारमा एकरुपता खोजिरहेको छ | विश्वले कल्याणकारी तथा प्रगतिशील बनाउन धर्मका यी चारचरणहरूको गहिरो चाहना गरिरहेको छ |
विश्वप्रसिद्ध म्यानेजरहरूले होस् वा एउटा सामान्य परिवार हुर्काउने दायित्व लिएका अभिभावकहरूले आफ्ना कर्मचारी, वालबालिकामा र आफुस्वयंमा पनि तपस्या, पवित्रता, दया (करूणा) तथा सत्यतापूर्ण व्यबहार चाहन्छन् | वैदिक सनातन धर्मले व्यक्तिगत तथा वैश्विक कल्याणका लागि व्यवहारिक जीवनमा अबलम्बन गर्न आग्रह गरेका "धर्मका चार चरण"हरू भविष्यको लागि अनिवार्य हुने छन् | रिलिजन, पन्थ वा रिलिजियस आस्था रहलान् नरहलान् तर धर्मका यी चारचरणहरू भविष्य विश्वले स्वीकार नगरी धर नै छैन |
विचार गर्नुस् त के उपरोक्त धार्मिकता यहुदी, इसाई, मुस्लिम, वोन, किराती, जैन, बौद्ध सबैका लागि पालनयोग्य छैनन् त ? अवश्य छन् | आफुलाई निरीश्वरवादी मान्ने होस् वा नास्तिक सबैका लागि सनातन धर्मका यी चारचरणहरूको पालना गर्नुको कुनै विकल्प छैन | अहिले होस् वा भविष्यको मान्छे सनातन धर्मको पालना नगर्ने सोच्न पनि सक्दैन | यसका लागि तपाईंले हिन्दू बन्नु पर्दैन किनभने तपाईंको समाज, धर्म र संस्कृतिले तपाईंभित्र हिन्दुत्वका बीजहरू स्थापित गरेको छ | विश्व स्वाभाविक रूपमा हिन्दूको आफ्नो प्राकृतिक अवस्थातिर लम्किन्दै छ |
स्वस्तिअस्तु

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...