Saturday, August 12, 2023

जोली र धमला

जोली र धमला 

एउटा भिडियोमा विजय जोलीले चुनौति दिंदा ऋषि धमलालाई "म हिन्दू हुँ" भन्न उनको हीनताबोधले अवरोध गर्यो | दोषी ऋषि धमला होइनन् | दोष नेपाल-देशको सफ्ट-पावर नाचिनेका राजनीतिक नेतृत्वको हो | ऋषि धमलाहरूलाई आत्मसम्मानविहिन हीनताबोधले भरिएको बनाउने राजनैतिक बुच्याखाहरूको विदेशी भक्ति हो, जसले सधैं विदेशी धर्म, संस्कृति सिद्धान्तहरूलाई नेपाल र नेपालीको "विकास, प्रगति तथा सभ्यताको" प्रतिमान बनाएर प्रस्तुत गरे | आत्मसम्मानलाई विदेशीहरूको दासतामा समर्पित गरे |
कसैले हिन्दू भन्दैमा हिन्दुत्वको रक्षा हुने र न भन्दैमा असुरक्षित हुने होइन तर ८१.३% हिन्दू जनसंख्या भएको देशका प्रधानमन्त्री र एउटा प्रतिष्ठित पत्रकारका रूपमा आफ्नो परिचय दिन नसक्नेहरू हुतिहारा हुन् | आधुनिक होस् वा प्राचीन नेपालको निर्माणमा कार्लमार्क्स, हब्स, वासिंगटन वा माओको कुनै पनि योगदान छैन | जे-जति नेपालको परिचय छ, यो यह्यंका सकल निवासीहरूले बनाएका हुन् | हिन्दू, बौद्ध, जैन, बोन आदिका मूर्त--अमुर्त सम्पदाहरूनै नेपाल हो र हामी नेपालीको पहिचान हुन् | प्रगतिशीलताको एउटा अक्षर पनि पालना नगर्ने हुतिजारा संस्कृतिको जन्म दिनेहरूले पशुपतिसंग घृणा गर्छन्, आफ्नो परिचय लुकाउँछन् र आफ्ना दमीत इच्छाहरूको अभिपूर्ति गर्न जातिवादको घृणायुक्त परिचयको खेल खेल्छन् र नेपालीलाई त्यही घृणाको खेलमा प्रगतिशीलताको चस्मा लगाईदिन्छन् |
"म नास्तिक हुँ" भन्ने प्रचण्डले आफ्ना छोराछोरी, नातापाताको प्रगति बाहेक कसैको प्रगति नगरेको सबैले देखेका छन् | चौथोपटक प्रधानमन्त्रीको शक्तिशाली पदमा रहेर उनले देशको प्रगतिका लागि गरेको योगदान "जातिवाद, घृणावाद, हीनताबोध बोधको संस्कृति निर्माण, र स्वच्छन्दतावाद हो | अराजकताको संस्कृति निर्माण गर्न प्रचण्डलाई नेपाली कांग्रेस. एमाले, मधेशवादीआदि सबैले साथ दिएकै छन् र दिने छन् | नेपालका लागि "विकास" केवल कमिसनका लागि गरिने अनिवार्य क्रियाकलाप हो जसका लागि राज्यए बजेट छुट्याइएको हुन्छ |
प्रचण्ड उज्जैनको शिव मन्दिरमा दर्शन गर्न गए | पहेलो लुगा धारण गरे | यो उनको नितान्त व्यक्तिगत निर्णय थियो र व्यक्तिका रूपमा उनले मानवीय आधारमा स्वाभाविक रूपमा गर्न पाउने कर्तव्य थियो | विदेशी बुच्याखाहरू ती हुन् जसले नेपाली संसदमा प्रचण्डका व्यक्तिगत क्रियाकलापमा प्रश्न उठाएर किचलो गरे | ती हीनताबोधले भरिएका प्रश्नहरूको अव्यवहारिक र अपत्यारिलो जवाफ दिएर प्रचण्डलेआफै सबैभन्दा ठूलो बुच्याखा भएको प्रमाणित गरे |
महाकाल मन्दिरमा प्रचण्ड कुनै राजनैतिक सम्झौता गर्न गएका थिएनन् | उज्जैनको प्रसंगलाई "प्रगतिशीलताको बाधक देख्ने"हरुले विगत १५ वर्ष देखि अमेरिकालाई विश्वको सबैभन्दा शक्तिशाली क्रायोजनिक इन्जिन अमेरिकालाई बेचिरहेका छन् | यी नेताहरूले अमेरिका, बेलायत रसीयाआदिलाई "अनुदान" दिंदै आएका छन् |
प्रगतिशीलताका नाममा आफ्ना नेता र आफ्ना कार्यक्रताको व्यबस्थापन बाहेक सिन्को नभाँचेकाले "प्रगतिशीलता"को कुरा गर्नु प्रगति, विकास, उन्नयन, अग्रगमन, लोकतन्त्र, प्रजातन्त्र शब्दकै अपमान होइन र ?

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...