Saturday, August 12, 2023

कामबाट मोक्ष

 कामबाट मोक्ष

ब्रह्माका मानसपुत्र सनक, सनन्दन, सनातन र सनत्कुमार तथा नारदवाहेक अन्य सम्पूर्ण ऋषिहरू विवाहित गृहस्थ छन् | धर्म र अर्थ पछि "काम"लाई पुरुषार्थको रूपमा वेदले स्वीकृति दिनुको अर्थ हो - वैदिक आचरणमा रहेर गृहस्थको पालन गर्नेहरूले मोक्ष सुनिश्चित गर्छन् | धर्म र अर्थमा मात्र रमाउनेहरूका लागि मोक्ष सजिलो छैन किनभने कामको खुड्किलो नहुँदा मोक्षरुपी अन्तिम खुड्किलो प्राप्त गर्न धेरैनै श्रम गर्नु पर्ने हुन्छ |
तर यदि "काम"उपयोग केवल व्यक्तिगत शारीरिक सुखानुभूति विना मर्यादा उपयोग गरिन्छ भने श्रीकृष्णले गीतामा भनेझैं तेसले नर्कको ढोका खोल्छ, स्वर्गको होइन | विवाह नामक संस्थाका माध्यमबाट प्रवेश गरेर नीति र आचरणपूर्वक उपयोग गरिने "काम"ले शारीरिक, मानसिक तथा आध्यात्मिक आनन्द सुनिश्चित गर्छ, मोक्ष सुनिश्चित गर्छ |
स्मार्त, शाक्त, शैव र वैष्णव - यी वैदिक संस्कृतिका प्राचीन सम्प्रदाय हुन् भने साथै सौर्य र गाणपत्य पनि संगै थिए | आज सौर्य र गाणपत्य सम्प्रदायहरू उपरोक्त चारभित्र समाहित भएका छन् | स्मार्त, शाक्तहरूमा आज पनि विवाहित जीवनलाई महत्व दिने गरिन्छ भने शैव र वैष्णव सम्प्रदायमा अनेकौं उपसम्प्रदायहरू विकसित भएका छन् | वैष्णव तथा शैव दुवै सम्प्रदायहरूमा विवाहित दाम्पत्य जीवन र वावाजी (अविवाहित सन्यासी) दूवै परंपराहरू प्रचलित छन् | बालब्रह्मचरीको अवधारणा वेदमा केवल सनकादि ऋषिहरूका अर्थमा प्रयोग हुन्छ | यहाँ बुझ्नु पर्ने तत्थ्य के हो भने बालब्रह्मचारीको तपस्यालाई अस्वीकार गरिएको छैन तर असधयै गाह्रो हुनेहुँदा महत्व प्रदान गरिएको छैन |
पछि उपसम्प्रदाय र मनोगत सम्प्रदायको बर्चश्व बढ्दै जाँदा "फलानो देवता" सबैभन्दा ठूलो र "फलाना वावा" सबैभन्दा ठूलो तपस्वी भन्ने लहड चल्यो | कतिपय नयाँ सम्प्रदायका "जोगी"ले ब्रह्मा, विष्णु शिवत्रिदेव, तथा शक्ति, शिव र वेदहरूले पनि "जान्न" नसक्ने भन्दै मपाई बन्न थाले | तेस्ता वावाहरूको बर्चश्व आज पनि देखिन्छ | आज तपस्या र साधनको मापन चेलाचेलीको सङ्ख्या, आश्रमहरूको सङ्ख्या, कारहरूको सङ्ख्या, मिडियाहरूमा उपस्थिति, बोल्नको चतुराईआदिका आधारमा गरिन्छ | साधना र तपस्याको भन्दा "वाहिरी प्रसिद्धि र सम्पन्नता" महत्वपूर्ण हुन्छ | काशी, पशुपति, मुक्तिनाथ, देवघाट, खप्तडको लेख, गण्डकी, कोशी र कर्णालीको तीरमा अत्यन्त विरक्त भएर तपस्या गर्ने "मिडियालाई नचिन्ने" साधुको अस्तित्व नै छैन | नेपाल गृहस्थ साधुसन्तहरूको देश हो जहाँ कुनै आडम्वर होइन साधना महत्वपूर्ण छ |
वैदिक संस्कृतिको साधनालाई बुझ्दैजाँदा अनुभव गर्न सकिन्छ कि जव कसैले ऋषिकल्प जीवन स्वीकार गर्छ, त्यसपछि उसको अभिरुचि मोक्षप्रति हुन्छ | उसको कल्याणकारी चेतना एकान्त साधना, तपश्चर्या, ईश्वरको ध्यान तथा परमात्माको सानिध्यसंग बढी सरोकार राख्न थाल्छ | बालक ध्रुवले साधना गर्दा र साधनापछि सम्राट बन्दा पनि निरपेक्ष जीवन व्यतीत गरेका थिए | भीडप्रति कुनै अभिरुचि हुँदैन | साधक जगतबाट निरपेक्ष हुन्छ र जगतसंग सापेक्ष हुनेहरू जगतका साधक हुन्छन्, अध्यात्मको आवरणमात्र हुन्छ | राजा जनक र शुकदेवको कठीन बाटोमा हिड्नेहरू निकै न्यून हुन्छन् | दाम्पत्य जीवनमा रहेर साधना गर्नेहरू वशिष्ठ, भारद्वाज, अत्रिको महनीय पथका अनुयायी हुन्छन् | दाम्पत्य जीवनका कठोर आलोचकहरू जीवनभरि "काम"को भारी बोकेर वैराग्यको दम्भ गर्छन् | संसार चक्रका सरल साधन बन्छन् |
जसले विनम्रतापूर्वक वैदिक आदेशअनुसार विवाह गरेर दाम्पत्य जीवन स्वीकार गर्छन् र विनम्र गृहस्थाका रुपमा परिवार र विश्वप्रतिको कर्तव्य पालन गर्दै "काम" उपभोग गर्छन् निश्चयनै तिनले मोक्ष प्राप्त गर्छन् | तर जसले सन्यासी वा वैरागीको आवरण धारण गरेर पनि "काम"को चिन्ता गर्छन् मूलत: संसारको चक्र चल्न तिनैको विशेष योगदान हुन्छ | यदि कामलाई "धर्म र अर्थ"संग जोडेर उपयोग गरिन्छ भने यसले मोक्ष सुनिश्चित गर्छ तर यसैलाई यदि पुरुषलाई "लिंग" र स्त्रीलाई "योनि"का रूपमा (बायोलोजिकल सब्जेक्ट" मानेर केवल शारीरिक सुखका लागि भोग गरिन्छ भने नर्क खोज्न कहीं जानै पर्दैन | घरघर र मनमनमा नर्क भेट्न सकिन्छ | ठूलाठूला व्यापारीहरू वैरागीको नाटक गर्न व्यस्त छन् | सर्वसाधारणका लागि यसले धर्मसङ्कट उत्पन्न गरेको छ | साधना गर्
चिन्तनभरी "काम"को भारी बोकेर कसैले गेरुवा बस्त्र धारण गर्दै (बाबा बनेर) मर्छ भने पनि मोक्ष प्राप्त हुने कुनै सम्भावना नै छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...