Sunday, December 18, 2022

सन्त र पाखण्डको कुरा

धार्मिक बनेर व्यापार गर्नेहरूलाई शास्त्रले "पाखण्डी" भनेर सम्बोधन गरेको छ | साधु-सन्तको चोला धारण गर्ने, धर्मको उपदेश दिने, त्याग तथा वैराग्यको उपदेश दिने तर स्वयं भने तिनै उपदेश दिंदा प्राप्त धनबाट आजीविका चलाउनेको कार्यलाई पाखण्ड भनिन्छ | पाखण्डीहरूले सधैं आफु र आफ्नो परिवारलाई केन्द्रमा राख्छन् | कुनै पनि व्यक्तिले धार्मिक आवरणमा आफ्नो जयजयकार गराउँछ, आफ्ना परिवारको बर्चश्वका लागि साधनको ढोंग गर्छ भने त्यसको व्यक्तिको पछि लाग्ने र तेस्ता व्यक्तिको शिष्यत्व स्वीकार गर्ने पनि नर्कमा जान्छ 

धर्मका नाममा मान्छेहरूलाई ठग्न, झुक्याउन र मूर्ख बनाएर लुट्न सबैभन्दा सजिलो हुन्छ | कर्मफल र ईश्वरले तत्काल हस्तक्षेप गर्दैनन् | शरीरले शारीरिक सुख माग्छ | चलाख व्यक्तिहरूले "धार्मिकता"को चोला धारण गरेर गुरूको पसल खोल्छन् | ठुलाठूला मिडियाहरू किनेर गुरुको विज्ञापन गरिन्छ | अनि, विज्ञापनको रंगीचंगीपनको नशा बसेका सर्वसाधारणहरूले ती व्यक्तिलाई असाधारण गुरु ठानेर सर्वस्व अर्पण गर्न पुग्छन् | एउटा साधारण आश्रममा निवास गर्ने, साधारण जीवन यापन गर्ने, साधना गर्ने र विन्म्रभावले (गृहस्थ वा सन्यास आश्रममा रहेर) गुरुकुलआदि संचालन गर्नेहरू सन्तक श्रेणीमा नै पर्दैनन् | तर यी महापुरुषहरूलाई न गुरुत्वको आवश्यकता हुन्छ, न  मिडियाको र न धेरै चेलाचेलीको | उनीहरूको तपोमय जीवन केवल ईश्वर र धर्मका लागि समर्पित हुन्छ | मिडियाले निर्माण गरेका गुरूहरूमा अहङ्कार र धनसम्पत्तिको प्रदर्शन बहेको अरू केही हुँदैन भने यी सरल साधुसंग सरलता र आध्यात्मिक साधना बाहेक केही हुँदैन | 

धर्मशास्त्रहरूले विनम्रता, त्याग, वैराग्य तथा पारिवारिक र व्यक्तिगत महत्वाकांक्षरहित व्यक्तिलाई "गुरू, सन्त गुरू, मुनि"आदि शब्दले सम्बोधन गरेको छ | धार्मिक व्यक्तिको सबैभन्दा महत्वपूर्ण पहिचान नै त्यो कुनै प्रकारका व्यक्तिगत इच्छा वा चाहनाबाट मुक्त हुन्छ | उसले आफ्ना लागि केही चाहन्न र गर्दैन पनि | त्याग, तपस्या र संसारका भौतिक गतिविधिबाट आफुलाई वैरागी बनाउँछ | वैराग्यहीन व्यक्ति व्यापारी हुन्छ, गुरू हुनैसक्दैन | तर आवरणलाई हेरेर पाखण्डी र सन्तका बिचमा फरक छुट्याउने निर्णय गर्न सजिलो हुँदैन | जिज्ञासु आफै पनि साधना गरेको वा साधनको तीब्र इच्छा भएको व्यक्ति हुनुपर्छ |

सत्य के हो भने आजभोली धर्म र धार्मिकताको आवरणमा व्यापार गर्ने "धार्मिक-व्यापारी"हरूको सङ्ख्या ह्वात्तै बढेको छ | सर्वसाधारणका लागि को धार्मिक र को धार्मिक-व्यापारी भनेर छुट्याउन निकै गाह्रो छ | अनि, आवरणका आधारमा कसैलाई व्यापारी भनेर निर्णय दिनु र कसैलाई सन्त भनेर निर्णय दिनु सजिलो छैन | तर पनि धार्मिकताको कसौटी भनेको वैराग्य, त्याग, सरलता र साधना हो | यदि कुनै व्यक्तिमा वैराग्य छैन र उसको अभिरुचि चाहिं ठूलाठूला आश्रम, धेरै चेलाचेलीआदिमा छ भने शंका गर्ने ठाउँ हुन्छ | यसै गरी त्याग सजिलो कुरा होइन | संसारको त्याग गरें भन्दै ठूला महलहरू खडा गर्ने "ठूलाबडा" बाबाहरू आजभोली जताततै छन् | यिनले संसार त्यागेका हुन् कि दोश्रो संसारको निर्माण गर्दै छन् ? बुझ्न निकै गाह्रो छ |

सन्तको तेस्रो पहिचान भनेको सरलता हो | सन्तमा कुनै प्रकारको अभिमान, आडम्बर, देखावटीपन केही पनि हुँदैन | यदि कुनै व्यक्तिलाई भेट्न टिकट लिनुपर्छ वा मूल्य चुकाउनु पर्छ भने त्यो सन्तको सरलता होइन | सन्तका लागि महल र झोपडी, पाँचतारे होटल र जङ्गलको वासमा कुनै फरक हुँदैन | भौतिक सुविधाप्रति उनीहरूको कुनै अभिरुचि हुँदैन | मैले यस्ता धेरै साधुहरू भेटको छु जुन एसी र महङ्गा कारहरू नभएसम्म उपदेश पनि दिंदैनन् | शारीरिक सुखका लागि मरिमेट्नेहरू र अतिभौतिकतामा जिउनेहरूलाई "सरल र सहज" भन्न मिक्दैन | मलाई थाहा छैन, मैले यो लेख्दै गर्दा धेरैका "गुरू"हरू यो लेखको भुमरीमा पर्न सक्छन् तर मैले पहिले नै भनेको छु कि केवल वाहिरी आवरणका आधारमा निर्णय गर्नु उचित हुँदैन |

धर्मध्वज समाजमा त्यति सुनिएको शब्द होइन तर यो शब्दले समाजका ती वर्गको प्रतिनिधित्व गर्छ जसले धार्मिकतालाई पूर्णतया पेट पाल्ने साधनका रुपमा प्रयोग गर्छन् | धर्म र धार्मिकतालाई प्रयोग गरेर धर्मको तेजोवध गर्ने, धर्म र धर्मिक्ताका नाममा व्यक्तिगत सुखसुविधा जोड्ने, आफुलाई महान् सन्त, महापुरुष, गुरू देखाएर काम, दाम र नाम कमाउनेहरू धर्मध्वज हुन् | महाराज पृथुले यज्ञ गर्दा इन्द्रले सन्तको वेश धारण गरेर घोडा चोरेका थिए | यहाँ इन्द्रका लागि "धर्मध्वज र पाखण्डी" शब्दको प्रयोग भएको छ | आफ्ना पाप लुकाउन वा अरूको भलो रोक्न धर्मको आडम्वर गर्नेहरू धर्मध्वज हुन् | मैले उल्लेख गर्नु नपर्ला कि सबैजसो पुराणहरूले कलियुगमा ऋषिमुनि, सन्तको होइन धर्मध्वजहरूको रजगज हुने भविष्यवाणी गरेका नै छन् | 

अन्तिम कुरा एत्ति हो कि धार्मिक व्यापारी, पाखण्डी तथा धर्मध्वजसंग जोगिएर गुरू बनाउनु पर्छ | गुरू साधनाहीन र भोगी छ भने शिष्यमा तेही दुर्गुण सर्छन् र नर्कको भागी बन्नुपर्छ | गुरू अनिवार्य छ तर धर्मध्वज र पाखण्डी अस्वीकार्य हुनुपर्छ |

स्वस्तिअस्तु

Friday, December 16, 2022

(१) ब्राह्मणवाद के हो ?

 (१) ब्राह्मणवाद के हो ?

ब्राह्मण र वाद यी दुई शब्द मिलाएर ब्राह्मणवाद कल्पना गरिएको छ | सबैभन्दा पहिले अंग्रेजीमा Brahmanism शब्दको प्रयोग विलियम जोइन (सन् १७४७-१९१०) ले एशियाटिक सोसाईटीले प्रकाशित गरेको भारतवर्षको इतिहासमा गरेका थिए | उनले ब्राह्मण-समुदायको रहन-सहन, आहार-व्यबहार, सामाजिक, धार्मिक तथा सांस्कृतिक प्रभावआदिलाई प्रकट गर्न यो शब्दको प्रयोग गरेका थिए | पछि, इलियाह, अम्बेदकरआदिले ब्राह्मण समुदायको सामाजिक तथा सांस्कृतिक व्यबहारको नकारात्मक प्रतिमान निर्माण गर्न प्रयोग गर्न थाले | भारतीयहरूले सन् १९२७ पछि छुवाछुतवादी, अहङ्कारी, शोषक तथा विभेदकारी शक्ति र समुदायका रूपमा ब्राह्मण समुदायको तेजोबध गर्न व्यापक प्रयोग हुन थाल्यो | खासगरी घृणावादी डा. अम्बेदकर र तिनका अनुयायीहरू, इसाई बनेका पूर्व हिन्दूहरू र वर्णाश्रम त्यागेर इसाई बनेका र इसाई-इस्लामलाई फैलाउने अभियानमा लागेकाहरूले पनि "ब्राह्मणवाद" भन्दै सनातन हिन्दू, बौद्ध, जैन समुदायप्रति घृणा फैलाउने साधनका रूपमा प्रयोग गर्न थाले | आज नेपाल र भारतका इसाई, मुस्लिम तथा अम्बेडकरवादीहरूले "ब्राह्मणवाद" शब्दको प्रयोग हिन्दू धर्म, संस्कृति, परम्परा तथा वर्णाश्रम व्यबस्थाको आलोचना गर्न प्रयोग गरिरहेका छन् |

(२) ब्राह्मणवादी को हुन् ?
असलमा ब्राहमणवाद जस्तो कुनै दार्शनिक वा सांस्कृतिक विचारधाराको यो विश्वमा कुनै अस्तित्व छैन | वैदिक शास्त्रीय अभिमतका अनुसार जसले ब्रह्म अर्थात् परमसत्यको साक्षात्कार गरेको छ त्यही ब्राह्मण हो | ब्रह्मलाई जान्ने नै ब्राह्मण हुन्छ | आश्रमव्यबस्था र वर्ण व्यबस्थाको आधारमा हेर्ने हो भने ब्राह्मण त्यो समुदाय हो जसले "विद्या, शिक्षा, दीक्षा"आदिलाई आफ्नो पेशा बनाएर समाजलाई शिक्षित गर्न सहयोग गर्छ | ब्राह्मणवादजस्तो कुनै वाद हुँदैन तर यदि यी डलरेहरूको कुरालाई उधारो लिने हो भने जसले अध्ययन-अध्यापन, दान दिने र लिने, यज्ञ गर्ने र गराउने गर्छन् ती ब्राह्मण हुन् जसले वर्णाश्रम व्यबस्था र सनातन धर्मका मौलिक मान्यताहरूलाई जीवनको अभिन्न अङ्ग बनाएका हुन्छन् ती ब्राह्मण हुन् र जसले यी मान्यताहरूलाई समर्थन जनाउँछन् ती सबै ब्राह्मणवादी हुन् | ब्राह्मण पनि दुई प्रकारका हुन्छन् -जाति ब्राह्मण र आप्त ब्राह्मण | जाति-ब्राह्मणहरूले कर्मकाण्डआदि सामाजिक, सांस्कृतिक तथा धार्मिक दायित्व पूरा गरिरहेका हुन्छन् भने आप्त-ब्राह्मणहरूले आफ्नो समय लोककल्याण र साधनामा व्यतीत गर्ने गर्छन् | आप्त-ब्राह्मण जुनसुकै वर्णका व्यक्तिले उच्चसाधना गरेर प्राप्त गर्न सक्छ |

(३) के ब्राह्मणवाद दलितवाद विरोधी प्रतिमान हो ?
पहिलो कुरा त ब्राह्मणवादजस्तो कुनै पनि दार्शनिक विचारधारा विश्वको कुनै पनि कुनामा छैन | तेसरी नै दलितवाद पनि विश्वमा छैन | वैदिक धर्म, संस्कृति तथा परम्परासंग शत्रुतापूर्ण व्यबहार गर्नेहरूले "ब्राह्मणवाद र दलितवाद" शब्दको आविष्कार गरेका हुन् | शिक्षादीक्षाको दायित्व लिएकाहरू ब्राह्मण, रक्षाको दायित्व लिनेहरू क्षत्री, व्यापार र व्यबस्थापनको जिम्मालिनेहरू वैश्य र सेवाको दायित्व लिनेहरू शूद्र भनिएका हुन् | यहाँ छुवाछुत पर्दैन | यी चारैवर्णहरू समानतहका हुन् तर कार्य (पेशा) भने आ-आफ्नै छन् | कालान्तरमा यी रूढ बनेर छुवाछुतको अवस्था सृजना भएको हो | दुर्भाग्यवस, सेवाको पेशा भएका शूद्रहरूलाई अछूतको व्यबहार गर्न थालियो र आज पनि समाजमा यो प्रचलित छ | केही सनातन धर्मसंग गहिरो शत्रूता भएका धूर्तहरूले सामाजिक, सांस्कृतिक तथा धार्मिक रितिरिवाजबाट छुवाछुतलाई समाप्त पार्नेतिर रचनात्मक सहयोगी काम गर्नुभन्दा पनि छुवाछुतमा परेका समुदायलाई सनातन धर्मसंग घृणा गर्ने इसाई वा मुस्लिममा कन्भर्ट गर्नेतिर लागे | ब्राह्मणहरूलाई दोष दिंदै "दलितवाद"लाई संस्थागत गरे | फलत: वर्णाश्रम त्यागेर इसाई वा मुस्लिम बनेकाले पनि आफुलाई "दलित"का रूपमा चिनाउने गरेका छन् | यही समस्या अम्बेदकरक घृणावादी अनुयायीहरूसंग छ | यसरी न ब्राह्मणवादको अस्तित्व छ न दलितवादको नै | ब्राह्मण र शूद्रहरू बंशियार र अंशियार भएकोले एकअर्काका पुरक हुन् | सभ्यसमाजले ब्राह्मणवाद वा दलितवादको कुरा नगरेर समान अवसर र छुवाछुत निवारणका उपायहरूको कार्यान्वयनमा लाग्नुपर्छ |

(४) केही राजनैतिकदलका नेताहरू, केही स्वयंभू दलित नेताहरू र धर्मपरिवर्तन गराउने उद्देश्यले दलित-समुदायसंग सहानुभूतिको नाटक गर्ने षड्यन्त्रकारी र हिन्दू धर्मसंग शत्रूता गर्ने संघसंस्थाहरूले "ब्राह्मणवाद" शब्दको निकै प्रयोग गर्छन् | पछिल्लो समयमा भारतीय दलित नेता ठानिएका अम्वेडकरका अनुयायीहरूले ब्राह्मणवादको निकै ठूलो स्वरमा चर्चा गर्छन् | नेपालमा पनि मङ्गोल ओर्गनाईजेसनजस्ता केही समूहले "ब्राह्मण-समुदायको" आलोचना गर्न ब्राह्मणवादकै उपयोग गरिरहेका छन् | हजारौं वर्षको समाजलाई लक्षित गरिएर रचना गरिएका मनुस्मृतिजस्ता ग्रन्थहरूको आलोचना गर्ने र "वर्णाश्रम"मा विश्वास गर्ने समुदायलाई "शरणार्थी" भन्दै उच्छितो काट्नेहरू पनि यिनै हुन् | अहिले ब्राह्मणवाद शब्दको बढी प्रयोगकर्ताहरू "सामाजिक, सांस्कृतिक तथा धार्मिक विखण्डन"का पक्षमा देखिन्छन् | यहींबाट बुझ्नुपर्छ कि एउटा समुदायका विरुद्ध घृणाभाव फैलाएर कस्को हित गर्न खोजिंदै छ ? के एउटा एउटा ब्राह्मणले आफुले परम्परागत रूपमा अंगिकार गर्दै आएको पेशाका लागि गालीगलौज गर्न उचित छ ? इतिहासलाई गालीगलौज गर्नेहरू प्रायोजित हुन् भने इतिहासका गलत रितिरिवाजहरूमा गर्व गर्नेहरू पछौटे हुन् र जसले इतिहासका गल्तीहरूको सजाय वर्तमान समाजलाई दिन चाहन्छन् ती सबै षड्यन्त्रकारी तथा विखण्डनकारीका मतियार हुन् |

(५) देशमा १६% जनसंख्याको प्रतिनिधित्व ब्राह्मण समुदायले गरेको छ | देशका अन्य समुदायझैं यी समुदायको पनि बास्तविक अस्तित्व छ | यदि कसैले "म ब्राह्मण हुँ" भन्छ भने उसले नेपालको संबिधानले दिएको सार्वभौम अधिकार प्रयोग गरिरहेको छ | संविधानले नै देशलाई विविध जातजाति, समुदाय, भाषाआदिले सुसज्जित रहेको भनेर यो सबैको ग्यारेन्टी दिएको छ | छुवाछुतप्रति मन दुखाउनु, छुवाछुतजस्तो सामाजिक, सांस्कृतिक तथा धार्मिक कू-प्रथा समाप्त पार्न सक्रिय हुनु स्वभाविक मात्र होइन नागरिकहरूको कर्तव्य पनि हो र यो कर्तव्यको स्थापना संबिधानले नै गरेको छ | संविधानले जातियताका आधारमा गरिने छुवाछुतलाई दण्डनीय अपराध मानेको छ | एति हुँदाहुँदै पनि समाजमा छुवाछुत उन्मुलन भएको छैन | नेपाली संविधानले छुवाछुत उन्मुलनका लागि बलियो व्यबस्था गरेकै छ | एतिबिध्न हुँदाहुँदै पनि यदि कुनै समुदाय, व्यक्ति वा दलले "ब्राह्मणवाद"का नाममा देशका १६% जनसंख्याको अपमान गर्छ, दलन गर्छ, तेजोवध गर्छ भने उसले पनि जातीय अपमान:को मुद्दाको भागीदार बन्नुपर्छ | "ब्राह्मण" राज्यले दिएको चिनारी हो तर छुवाछुत चिनारी होइन अपराध हो | ब्राह्मणवादका नाममा ब्राहमण समुदायका विरुद्ध वा सम्पूर्ण वर्णाश्रम विरुद्ध "शरणार्थी, विभेदकारी"को बिल्ला भिराउनेहरू अर्को "विभेदको विउ" रोप्नेहरूका मतियार हुन् भन्न मिल्छ कि मिल्दैन ?

(६) "ब्राहमणवाद" कुनै वाद होइन | यो शब्दका आविष्कारकहरूले सामाजिक, सांस्कृतिक, धार्मिक तथा शैक्षिकरूपमा जागरुक र अरू समुदायलाई समेत जागरुक बनाउने प्रयत्न गरिरहेका सनातनिहरूमा हीनताबोध जगाएर, कमजोर तुल्याउने र धर्मपरिवर्तन गराउने षड्यन्त्र हो | ब्राह्मणवाद, दलितवादजस्ता शब्दहरू र यी शब्दका माध्यमबाट लक्षित अर्थ भ्रमपूर्ण, विखण्डनकारी र पुन: विभाजनकारी भएकोले सजग रहनुपर्छ | अन्यायमा पारेकाले न्याय प्राप्त गर्नुपर्छ तर एस्तो न्याय प्राप्त गर्दा अर्को समुदायलाई गालीगलौज गर्ने, अपमानित गर्ने छूट कसैलाई छैन, भ्रममा नपरौं, भ्रममा नपारौं |

Thursday, November 3, 2022

कामको काम लाग्ने कुरा -1

कामका धेरै अर्थ छन् | ती अर्थ मध्ये कामका (सेक्स) एउटा हो | काम कथाहरू प्राचीनकालदेखि नै रुचिका विषय हुन् | वेद, उपनिषद्, पुराण, अन्य साहित्यहरूका कामका थुप्रै प्रसंग छन् | वैदिक संस्कृतिमा भगवान् शिवले नन्दीश्वरसंग "कामशास्त्र"को व्यापक चर्चा गरेका छन् | अर्को शब्दमा प्राचीन वैदिक गुरुकुलहरूले कामशास्त्रको पठनपाठन गराउँथे | सामान्यतया आठ वर्षको उमेरदेखि पचीसवर्ष गुरुकुलमा अध्ययन गर्ने विद्यार्थीले कामशास्त्र पनि पढ्नु पर्थ्यो | आजको भाषामा भन्नुपर्दा प्राचीन भारतवर्षमा गृहस्थ जीवनका लागि यौनशिक्षा अनिवार्य झैं थियो |

प्राचीनकालको यौनशिक्षा आश्रमअनुसार थियो | विद्यार्थीहरूले यौनशिक्षा वारे पढे पनि त्यसको व्याबहारिक प्रयोग भने विधिवत् विवाह गरेपछिमात्र पतिपत्नीका रूपमा गर्ने अनुमति थियो | वैदिक शास्त्रहरूमा देवताहरूले बाहेक मान्छेका स्त्री-पुरुषले विवाहको मर्यादा नाघेर यौन सम्वन्ध बनाएका कथा वा प्रसंगहरू उपलब्ध छैनन् | एउटा प्रसंग उल्लेख गर्नेपर्छ - प्राचीनकालमा यौनशिक्षा दिने दुई प्रकारका विधिहरू थिए - प्रत्यक्ष अर्थात् कामशास्त्र र अप्रत्यक्ष अर्थात् अन्य विषय पढ्ने विद्यार्थीहरूलाई विभिन्न कथा-प्रसंगहरूका माध्यमबाट तर यौनशिक्षा सबैको लागि लगभग अनिवार्य नै थियो |

वैदिक संस्कृति तथा साहित्यको विशेषता के हो भने यसले यौनशिक्षाको आवश्यकता, यौन जीवनको अनिवार्यता, एउटा व्यक्तिका रूपमा यौन चाहना र तेसले निम्त्याउने भावनाहरू र असंस्कृत यौनले निम्त्याउने समस्याहरू वारे खुलेर चर्चा गरेको छ | वैदिक संस्कृतिमा यौनको महत्व, यौनको उपयोग लुकाउने विषय पटक्कै होइन तर आजभोलीझैं विज्ञापन गरेर "यौन-प्यास"लाई अत्याधिक रोमान्टिक बनाएर विवाह विना पनि यौन सुखलाई प्रोत्साहित गरेको भेटिन्न | ऋषिमुनिहरूले विवाहित पतिपत्नीका लागि मात्र यौनको स्वतन्त्रता दिएर एकतर्क यौनजन्य अपराध रोक्ने अभ्यास गरेका छन् भने अर्कोतिर गृहस्थले सृष्टिकार्यको निरन्तरताका लागि अनिवार्य यौनउपयोग गर्ने व्यबस्था गरेका छन् | मनुस्मृति लगाएत धेरै स्मृति तथा पुराणहरूमा विवाह गरेर पनि सन्तान नजन्माउनेहरूले "ऋषि ऋण, पितृऋण, देव ऋण" तिर्न नसकेर नर्कमा जानु पर्ने भन्दै सन्तान जन्माउने अभिप्रेरित गरेका छन् | यौनका मामिलामा वैदिक संस्कृति जति कठोर छ, त्यतिनै उदार पनि छ | आदि पिता ब्रह्माले धेरै प्राणिहरूको सृष्टि गरे | मानसिक सृष्टिमध्ये परमसुन्दरी सरस्वतीको सृष्टि गर्नुभयो | सरस्वती निकै सुन्दरी थिइन् | पिता भए पनि ब्रह्माजीको मनमा आफ्नै छोरी सरस्वती प्रति कामभाव जागृत भयो | सनकादि ऋषिहरूले त्यो भाब बुझेर लज्जाबोध गरे | ब्रह्माले आफ्नो मनमा छोरीप्रति एस्तो कुविचार आएपछि आफ्नो त्यो शरीरनै त्यागिदिए | आलोचकहरू धेरैले ब्रह्माले आफ्नै छोरीमा आँखा लगाए भनेर आलोचना गर्छन् तर आदिपिताले आफ्नै छोरीप्रति कामबासना जागेको मा प्रायश्चित गर्दै आफ्नो शरीर नै त्यागेको प्रसंग चर्चा हुँदैन | यो कथाका दुईबटा पाटा छन् - यौनचाहना एतिबिध्न बलियो हुन्छ कि आफ्नै छोरीप्रति पनि नराम्रो भावना आउन सक्छ तेसैले हरेक व्यक्ति विवाह बन्धनमा बाँधिएपछि मात्र यौनकार्यमा उन्मुख हुनुपर्छ | अर्को पाटो, यदि कसैको मनमा विवाहित पत्नी वा पति वाहेक अन्य कसैप्रति कामुक भावना आउँछ भने तेसको प्रायश्चित "आत्मत्याग" हो भन्ने संदेश ब्रह्मा र सरस्वतीको प्रसंगबाट बुझ्नुपर्छ | काम अर्थात् यौनचाहनालाई वैदिक शास्त्रले देवताको श्रेणीमा राखेर सम्मान गरेको छ | तेसैले सृष्टिको लागि अनिवार्य तत्वका रूपमा प्रयोग हुने हुँदा कामकर्म (यौनक्रिया) पाप होइन | ब्रह्माले अनेकौं प्रकारले सृष्टि गर्दा पनि सही तवरले सृष्टिको विस्तार नभएको देखेपछि उनको मनमा साह्रै चिन्ता लाग्यो | त्यही चिन्ताका अवसरमा ब्रह्माको मनबाट एउटा अत्यन्त सुन्दर पुरुष प्रकट भयो | त्यो पुरुषलाई देखेर तेहा रहेका सबै मोहित भए | यस्तो सम्मोहनलाई देखेर ब्रह्माले उसका लागि तेस्तै एउटी कन्याको सृष्टि गरिदिए | जन्मने वित्तिकै सबैलाई मोहित पारेको हुँदा पुरुषको नाम कामदेव रह्यो भने स्त्रीको नामचाहिं "रति" राखियो | काम र रतिले "हामी के गरौँ" भनेर सोधेपछि ब्रह्माले भने "तिमी दूवै प्राणीका मनभित्र बसेर एकअर्काप्रति आकर्षण बढाउँ र यौनक्रियाका लागि पप्रेरित गर्दै सृष्टिमा लगाउँ | अनि, यी दूवै स्त्री र पुरुष ब्रह्माले सृष्टि गरेका हरेक प्राणीको मनभित्र "अनंग" अर्थात् शरीररहित भएर वासनाका रूपमा निवास गर्न थाले | कामको अर्थ अलि व्यापक छ र रतिको अर्थ कम व्यापक | मान्छेले मन, बचन र कर्मले गर्ने, सोच्ने सबै क्रियाहरू काम हुन् | सबै कामप्रति रति अर्थात् आकर्षण हुँदैन | यौनक्रियाप्रति पहिले "रति" अर्थात् आकर्षण उत्पन्न हुन्छ | अनि, त्यो आकर्षणले क्रिया अर्थात् यौनजन्य क्रियाकलापमा सङ्लग्न गराउँछ | विश्वका हरेक जीवन कामदेव र रतिको प्रतिक्रियाबाट उत्पन्न भएका हुन् | विश्वको हरेक प्राणी कामदेव र रतिको जीवन्त "विज्ञापन" हुन् | जव रति र काम हरेक मान्छेमा व्याप्त छन् र हरेक प्राणी (मान्छे) यौनजन्य क्रियाक प्रतिफल हुन् भने यौनविज्ञापन मूर्खतापूर्ण काम हो | काम र रतिले विश्वका हरेक प्राणीलाई प्रभावित पार्न थालेपछि ब्रह्माजीले विवाहसंस्था स्थापित गर्नुभयो | विवाह संस्थाले विधिपूर्वक कामकर्म गर्ने अनुमति दिन्छ | आधुनिक भौतिकवादी यौनशिक्षाको समस्या के हो भने यसले आफ्ना लक्षित समूहलाई यौनक्रियाको लागि स्थापित गरिएको गृहस्थाश्रमसम्म प्रतिक्षा गर्ने धैर्यता प्रदान गर्दैन | यौन एउटा प्राकृतिक क्रिया हो | यौनक्रियाकलापको लागि उपयुक्त उमेर (२५) सम्म कुर्ने धैर्यता प्राप्त गर्ने व्याबहारिक शिक्षा प्रदान गर्दैन बरू उल्टो उमेरनै नपुगी यौनक्रियाकलाप गर्न उत्सुकता उत्पन्न गर्छ र यौनक्रियामा सङ्लग्न गराउँछ | परिणाम स्वरूपम अमेरिकाको ३३% जनसंख्या उमेर नपुगेका (१८ वर्ष भन्दा कम उमेरका अभिभावकबाट) जन्मेका छन् | दोश्रो प्रसंग सन्ध्याको आउँछ | ब्रह्माको मनबाट उत्पन्न भएकी सन्ध्या पनि अत्यन्त सुन्दरी थिइन् | उनलाई देखेर पुन: ब्रह्माजीको मनमा कामवासना जाग्यो | यस पटकको काम-वासना ब्रह्माबाट आशिर्वाद प्राप्त कामदेव र रातिकाकारण उत्पन्न भएको थियो | किनभने ब्रह्माले नै हरेक जीवका मनमा बसेर प्रभाव पार्ने काम-रतिको कमाल थियो | सन्ध्याप्रति आकर्षित भएकोमा ब्रह्मालाई पुन: आफुप्रति घृणाभाव उत्पन्न भयो र शरीर त्यागे | त्यो शरीर कुहिरो बन्यो | कुहिर र कामवासनाको विच गहिरो सम्वन्ध छ | धेरैजसो कामक्रियाहरू अध्यारो वा एकान्तमा सम्भव हुन्छन् | कुहिरोका रूपमा ब्रह्माले कामक्रियाकलाप गर्दा एकान्त हुनुपर्छ भन्ने यौनशिक्षा बुझ्नुपर्छ | अनन्त: ब्रह्माजीले मनु र सतरुपाको सृष्टि गरे र कामदेव तथा रतिलाई मनुका सन्तान अर्थात् मनुष्यका अन्तकरणमा बंशानुगतरूपमा निवास गर्ने अनुमति प्राप्त गरे | यसरी मान्छेमा कामभाव र रतिभाव जन्मजात नै हुन्छ | कुनै पनि स्त्री वा पुरुष कामभावले रहित हुनै सक्दैनन् | अन्य प्राणीहरूमा ऋतुअनुसार कामको संचार हुन्छ र रतिभावको अभाव हुन्छ | रतिभाव अर्थात् कामवासनाको चाहना मान्छेमा मात्र स्थाई हुन्छ | मान्छेको सृष्टि सजिलो छ तर लालनपालन साह्रै गारो छ | ब्रह्माले मान्छेभित्र काम र रतिभावलाई स्थायी बनाउनुको कारण पनि मान्छेको जन्म सजिलो भए पनि लालनपालन असजिलो हुँदा जीवित रहने अवस्था कम हुन्छ | कामभाव स्थाई हुँदा स्त्री र पुरुषले जहिलेसुकै यौन;क्रिया गर्न सक्छन् र सृष्टिकार्य सुचारू रहन्छ भन्ने अभिप्राय बुझ्नुपर्छ | मान्छेमा सृश्तिक्रिया प्रति अभिरुचि उत्पन्न होस् भनेर पुरुष र महिलाको कामप्रसंगलाई रमाइलो तरिकाले वर्णन गर्ने, मन्दिरहरूमा कामरत मूर्तिहरू राखेर सृष्टिप्रतिको दायित्व सम्झाउने र अकोतिर उमेर नपुगी वा विवाहपूर्व यौनसम्बन्ध गर्नाले ठूलो पाप हुन्छ भन्दै उमेर नपुगी र शास्त्रीय विधानले विवाह नगरी यौनक्रिया गर्न रोक्ने विधिहरू निकै विज्ञानसम्मत देखिन्छन् | महिलालाई योनि र पुरुषलाई केवल लिंगका रुपमा बुझ्ने आधुनिक भौतिकवादले प्राचीन कामशास्त्रको यो परम्पराको स्वागत गर्न सक्दैन किनभने भौतिकवादीहरूका लागि यौनक्रिया पवित्रकार्य नभई केवल रमाइलो गर्ने स्वतन्त्र क्रियाकलाप हो | प्राचीन वैदिक शास्त्रहरूले कामलाई तेस्रो पुरुषार्थका रूपमा राखेका छन् | पुरुषार्थको अर्थ हो मान्छेले जीवनमा अनिवार्य प्राप्त गर्नु पर्ने लक्ष | सन्तान प्राप्त गर्नु, तिनको पालनपोषण गर्नु, संस्कार दिनु र विवाह गराएर सृष्टिकार्य सुनिश्चित गर्न गृहस्थ आश्रमको प्रमुख कार्य हो | तेस्रो पुरुषार्थ - मूलतः विवाहित गृहस्थीका लागि अनिवार्य मानिएको छ | जसले गृहस्थ आश्रम स्वीकार गरेर सन्तान जन्माउन सफल हुँदैनन्, ती दम्पतीलाई शास्त्रहरूले "भाग्यहीन" भन्दै आलोचना गरेका छन् | यहाँसम्म कि विवाहित भएर यौनक्रिया गर्दा पनि सन्तान जन्मिएनन् भने "पुत्रेष्टी" यज्ञ गराएर पनि ऋषि, देव तथा पितृऋण तिर्नुपर्छ | आजभोली कामसूत्रको "सेक्सी" व्याख्या गर्ने चलन छ | तर कामसूत्रले यौनव्यवहारको सेक्सी व्याख्या गर्दैन | विवाहित जीवनमा यौन (काम)लाई कसरी शारीरिक, मानसिक तथा आध्यात्मिक लक्ष प्राप्तिको लागि उपयोग गर्ने कला बताइएको छ | कामशास्त्रमा मान्छेका ६४ बटा स्वरोजगारका कामलाई "काम" भनिएको छ | यी ६४ कर्महरू मध्ये काम (यौन) क्रियाकलाप पनि एउटा हो | वैदिक शास्त्र भन्छन् "काम नितान्त प्राकृतिक क्रियाकलाप हो जुन स्त्री र पुरुषका मनका माध्यमबाट उप्जिन्छ | नियमको पालना गर्दै यौनक्रियाकलपले संसारमा सुख त प्राप्त हुन्छ नै मृत्युपछि मोक्ष प्राप्त हुन्छ | असंस्कृत वा स्वच्छन्द रूपमा यौनक्रियामा सङ्लग्न हुनेहरू शारीरिक, मानसिक तथा आध्यात्मिक रूपमा सबैभन्दा दु:खी हुन्छन् |

असन्तुलित यौनशिक्षाका कारणले नेपाली समाजमा बढ्दै गरेका विवाहइतर सम्बन्ध र तिनले नित्याएका समस्याहरू भयावह बन्दैछन् | पश्चिमाहरूको यौनप्रतिमानलाई स्वीकार गर्दा यौन पनि "पुरुष र महिला"को बन्दै छ | जवकि यौन चाहना र व्यबहारका सवालमा प्रकृतिले महिला र पुरुषलाई वरावर बनाएको छ | जसले आक्रमण गर्छ, त्यो नै यौनदुराचारी हो भन्ने शास्त्रीय घोषणाले महिला होस् वा पुरुष विवाहपूर्व यौन सम्बन्ध राख्ने, विवाहपछि पतिपत्नी बाहेक यौन व्यबहार गर्ने र जवर्जस्ती यौनक्रियामा सङ्लग्न गर्ने गराउने पापी हुन् |

हरेक मान्छे यौनक्रियाको जिउँदो विज्ञापन हो | काम लुकाएर लुक्ने र हटाएर हट्ने कुरा होइन | हामी आफैं कामको परिणाम भएकाले कामको विज्ञापन गरेर "सेक्सी" बनाउनु विकृत मानसिकता हो | वैदिक संस्कृतिले कामलाई तेस्रो महत्वपूर्ण पुरुषार्थका रूपमा स्वीकार गरेको छ तर वैवाहिक समबन्ध विनाको यौनक्रियालाई निन्दनीय मानेर अस्वीकार गरेको छ | यौनक्रियालाई "सेक्सी" ठान्नेहरूको लागि विवाहसम्म कुर्न र मर्यादाअनुसार कामको (यौनक्रिया) प्रयोग गर्ने कुरामा नै असहमति छ | यो असहमतिले यौनक्रियाकलापलाई विकृतितिर घचेटेको छ | महिलालाई योनि र पुरुषलाई लिंगका रूपमा र यौनक्रियालाई "सेक्सी" ठान्ने मानसिकताले समाजलाई विकृत नै बनाउँछ | पाश्चात्य यौनशिक्षाले विवाहपूर्व नै यौनक्रियालाई प्रोत्साहन दिएर "बलत्कार"का लागि उक्साउने काम गर्छ भने प्राचीन कामशास्त्रमा आधारित यौनशिक्षाले प्रथमपटक यौनक्रियाको अनुभव गर्न कमसेकम २५ वर्षको उमेर हुनै पर्ने र विवाह गर्ने पर्ने मनोबैज्ञानिक आधार सिर्जित गरेर यौनक्रियालाई व्यवस्थित बनाउँछ | यौनविज्ञापनको "सेक्सी" जालझेलमा परेका आधुनिक महिला तथा पुरुषहरूका लागि प्राचीन कामशास्त्रले वकालत गर्ने संयमित यौनशिक्षा मन पर्दैन र आफ्ना बालबालिका भने यौनक्रियाबाट जोगिउन भन्ने चाहन्छन् | नेपाली समाजको यौनव्यबहार क्रमशः सेक्सी यौनविज्ञापनको प्रभावमा परेर जटीलतातिर उन्मुख हुँदैछ | यो विकृतिलाई रोक्न आत्म संयमयुक्त मौलिक कामशिक्षालाई महत्व दिनुपर्छ | कामलाई रोक्ने होइन विकृति रहित र मोक्षतिर उन्मुख गर्ने तेस्रो पुरुषार्थका रूपमा उपयोग गर्ने शिक्षा उपयुक्त हुन्छ |
क्रमशः

Saturday, October 29, 2022

अब्राहमिक-प्रजातन्त्रवाद

१. यो दशैंको मौसममा एउटा राजनैतिक दलका शिर्ष नेताले "आदिवासी महिषासुरलाई बाहुनक्षेत्रीहरूले दुर्गा नामकी सुन्दरी वेश्या प्रयोग गरेर हत्या गराएको र तेसै हत्याको खुसीमा आरम्भ गरिएको दशैं पर्व" भनि आफ्नो फेसबुकमा लेखेको र तेसको समर्थनमा लाइक तथा कमेन्ट गर्नेको जमात देखेर अचम्म लाग्यो | हरेक वर्ष दशैँको माहोलमा आउने यस्ता बक्तव्यहरूले एकातिर महिलाहरूको अस्मिताउपर प्रहार गरेको छ भने अर्कोतिर नेपाल र नेपालीको अपमान गरेको छ | देशको नेतृत्व गर्छु भनेर राजनीति गर्ने एउटा पार्टीका आधिकारिक नेताले देशका ९०% जनताले बडो श्रद्धा र विश्वास गर्ने, आराधना गर्ने तथा मान्ने देवीदेउताका विषयमा एस्तो अभद्र टिप्पणी गर्नेले नेपालको राजनैतिक नेतृत्व प्राप्त गर्न सक्ला त ? अर्कोतिर के नेपाली जनताले एस्तो सिद्धान्तमा विश्वास गरेर जिताउलान् त ? सर्वसाधारणले पनि बुझ्ने तत्थ्य के हो भने एस्तो राजनैतिक दल स्थापित गर्ने नेतृत्वले सत्ता प्राप्तिको लागि होइन केवल "चर्चामा रहिरहन वा नेपालको मौलिक धर्म, संस्कृति तथा परम्परासंग घृणा गर्ने, गराउने र एकआपसमा सङ्घर्षमा उतार्ने प्रयोजनका लागि प्रयोग गरिएका छन्" भन्ने बुझ्न असजिलो हुँदैन | अर्कोतिर के महिलाहरूका लागि वेश्या हुनु वा वेश्यावृत्तिमा रहनु खुशीको कुरा हो र ? मातृशक्ति र १ खरव जनसंख्यालाई प्रतिनिधित्व गर्ने सभ्यताउपर एस्तो प्रहार गर्ने आँट कहाँबाट आएको होला ? यो एउटा उदाहरणमात्र हो, यस्ता पात्रहरू थोरै भए पनि समाजमा फैलिंदै छन् |

२. वैश्विकतहमै राजनैतिक दलहरूको ऊद्देश्य "सत्ता प्राप्ति" हुन्छ | यदि कुनै व्यक्ति वा समूहले "हाम्रो राजनैतिक दलले भविष्यमा सत्ता प्राप्ति गर्ने छैन" भन्ने जान्दाजान्दै पनि राजनैतिक महत्वाकांक्षा राख्छ तर ब्यबहारचाहिं सानो गूट, जात, भाषाका लागि ठूलो भाषा, धर्म, संस्कृति विरुद्ध विष बमन गर्छ भने यस्ता पार्टीहरू र तिनका नेतृत्वले देशको भलो होइन अस्तित्वउपर नै प्रहार गरिरहेका हुन्छन् | नेपालजस्तो सम्झौताको "संबिधान" भएको देशको नेतृत्वले यस्ता "पाजी" राजनैतिक शक्तिहरू विरुद्ध संविधानले नै प्रदान गरेको शक्ति प्रयोग गर्नबाट जोगिन्छन् | नेपाली राजनीतिका विषयमा प्रष्टसंग भन्ने हो भने आदिवासी, जनजाती, मूलवासीजस्ता शब्दहरू प्रयोग गरेर राजनीति गर्नेहरूमा केही सधैं राज्यसत्तासंग "ब्लैकमेल गर्ने, गुण्डागर्दी गर्ने, राज्य सत्तालाई धम्क्याउने, आफ्नो वाहेक अन्य सबैको तीतो आलोचना गरेर आपसी सद्भाव बिथोल्न प्रयत्न गर्ने र अवसर प्राप्त हुँदासाथ सत्ताभित्र पसेर हालीमुहाली" गर्ने प्रप्वृत्ति देखिन्छ | अचम्मको तत्थ्य के छ भने संबिधानको रक्षा गर्ने अभिभारा बोकेको राज्यसत्ता यी गूटहरूसंग थर्कमान देखिन्छ, लाचार देखिन्छ | किन ? यसको उत्तर सबै शक्तिको प्रयोग गर्ने राज्यले नै दिन सक्छ |
३. नेपालमा १३३ जातजाति र १२३ बटा भाषाहरू छन् र ती सबै जीवन्त छन् | आफ्नो भाषा, भूगोल, धर्म, संस्कृति तथा सभ्यताको संरक्षण गर्ने, गराउन अभिप्रेरित गर्ने, संरक्षणका लागि राज्यसत्ता र आफु वाहेकका समूहसंग सहकार्य गर्ने दायित्व पनि सम्वन्धित समूहकै हो | जसले आफ्नो मौलिकता जोगाउन काम गरिरहेको छ, उनीहरूको उच्चसम्मान हुनुपर्छ | देशको एउटा पनि मौलिक परम्परानष्ट हुनु देश र समाजको लागि ठूलो नोक्सानी हो | तर आफ्नो धर्म, संस्कृति, परम्परा र मौलिकता संरक्षणका सवालमा नेतृत्वदायी भूमिका वहन गर्नुको सट्टा आफ्ना छिमेकीको धर्म, संस्कृति, परम्परा, भाषा, मौलिकताप्रति विष बमन गर्ने चिन्तन "माइन्ड-सेट" कसरी विकसित हुन्छ र यस्तो माइन्ड-सेटको विस्तारले देशको केकस्तो अहित हुन्छ ? राज्यको दण्डशक्ति लिएर बसेकाहरूले समय मै सोच्नुपर्छ | अन्यथा देशले अकल्पनीय क्षति वेहोर्नु पर्ने हुन्छ | समय निर्माण गर्न लाग्ने हो, विगार्न लाग्दैन |
४. मैले "आफु भिन्न अरूको आलोचना मात्रै गर्ने" माइन्ड-सेटका विषयमा चर्चा गरिरहेको छु | हिन्दू, बौद्ध, जैन, किरातआदि नेपालका रैथाने धर्म, संस्कृतिहरू बहुलतावादमा विश्वास गर्छन् | तेसैले नेपाल र भारत गरी करिव ७२८० रैथाने भाषा, संस्कृति र परम्पराहरू यहाँ जीवित छन् | सबैसंग आफ्नो मौलिक पहिचान सुरक्षित छ र आफ्नो सुरक्षा र प्रवर्धनका लागि राज्यले ती व्यक्तिहरूलाई पूर्णस्वतन्त्रता प्रदान गरेको छ | अर्कोतिर, यहुदी, इसाई, मुस्लिमहरूले "बहुलता"लाई अस्वीकार गर्छन् | प्रजातन्त्र नै भनिए पनि यहुदी, इसाई तथा मुस्लिम संस्कृतिबाट विकसित भएको छ, भने स्वाभाविक रूपमा तिनमा "बहुलता" स्वीकार्य हुँदैन | उदाहरणका लागि आब्रहमिक संस्कृतिले विकसित प्रजातन्त्रले अन्य संस्कृतिम विकसित भएको "प्रजातन्त्र"लाई अस्वीकार गर्छ | नेपालमा आब्रहमिक-प्रजातन्त्रको बर्चश्व बढ्दै जाँदा इसाई-मुस्लिमको जनसंख्या बढ्नु र आफ्नै छिमेकीप्रति चरमअसहिष्णु समूह बढ्दै जानु यसको प्रत्यक्ष उदाहरण हो |
५. नेपालमा जातका आधारमा, भाषाका आधारमा, भूगोलका आधारमा गठित गरिएका राजनैतिक, सामाजिक तथा सांस्कृतिक समूहहरूमा "केही"लाई छोडेर धेरैजसो चरम अराजक र स्वच्छन देखिन्छन् | आफ्नो धर्म, संस्कृति तथा राजनैतिक सभागिता खोज्नु भन्दा छिमेकीको (सनातनी)हरूका विरुद्ध क्रियाकलाप गरेर, बक्तब्यबाजी गरेर "जातीय पहिचान सुरक्षित हुन्छ" भन्ने भ्रम छरिरहेका हुन्छन् | यस्ता समूहको नेतृत्व गर्ने नेताहरू झन् असहिष्णु भेटिन्छन् | उनीहरू तर्क, अर्काको सम्मान र संबिधानप्रति विद्रोहलाई "जातीय पहिचान" भन्ने ठान्छन् | यो ठीक तेस्तै व्यबहार हो जस्तो कि यहुदीले इसाईसंग, इसाईले मुस्लिमसंग, मुस्लिमले यहुदी र इसाईसंग गर्छन् र अब्राहमिक-प्रजातन्त्रले अर्को प्रजातान्त्रिक चिन्तन र व्यबस्थासंग गर्छन् | उदाहरणका लागि अमेरिकी र युरोपेलीहरूले आफुले अभ्यासगरिरहेको "मोडेल"वाहेकका प्रजातान्त्रिक अभ्यासहरूलाई रत्तिभर मान्यता दिंदैनन् भन्ने तत्थ्य जगजाहेर छ | नेपालमा विकसित हुँदै गरेका असहिष्णु गूटहरू अब्राहमिक -प्रजातन्त्रको सैद्धान्तिक माइन्ड-सेटका प्रत्युत्पादन हुन् |
६. हजारौं वर्षदेखि सहअस्तित्व र सहृदयी सम्बन्धका साथ विकसित नभएको भए आजको नेपालमा १३३ बटा जातजातिको जीवन्त अस्तित्व असम्भव थियो | हाम्रोजस्तो बहुलता भएको इरान, इराक, अफगानिस्तान, युरोप, इस्लामिक राष्ट्रहरूले "अब्राहमिक माइन्ड सेट"का कारण असंख्य सभ्यताहरू बर्बरतापूर्ण तरिकाले गुमाएका छन् - यो सत्यलाई नकार्न सकिन्न | आजको मितिमा पश्चिमाहरूले आफूभित्र "कोर्स-करेक्सन" गरिरहेका छन् भने नेपालजस्तो देशका लागि भने उनीहरूसंग पुरानो "अब्राहमिक मोडेल" नै छ किनभने अब्राहमिक-मोडेलमा उनीहरूलाई फाइदा छ | अर्थात् नेपाललाई वेफाइदा हुँदा उनीहरूलाई फाइदा हुन्छ | यही फाइदाका मतियार "गूट"हरू हुन् | अब्राहमिक मोडेलको प्रजातन्त्र मान्ने यस्ता गूटहरूको पहिचान नै अर्काको "निषेध" गर्दै आरम्भ हुन्छ र कार्यान्वय सशस्त्र द्वन्दबाट हुन्छ |
७. अब्राहमिक-प्रजातन्त्र अर्थात् गणतन्त्र वा साम्यवादीलाई आफ्नो बौद्धिक आधार मान्नेहरूले "स्वन्त्रता तथा उन्नयन" छिमेकीसंग सहकार्य गरेर, आपसमा विचार आदानप्रदान गरेर तथा एकआपसमा सहृदयी सम्वन्ध विस्तार गरेर हुन्छ भन्ने तत्थ्य बुझाउन सकिन्न | एस्तो माइन्ड-सेट हुँदैजाँदा सबैको खाले समस्याको समाधान "घृणा र सशस्त्र सङ्घर्ष"ले मात्र गर्न सक्छ भन्ने विश्वास बलियो हुन्छ | जव सङ्घर्ष हुन्छ, हतियार बेचेर पैसा कमाउनेहरू उनै हुन्छन् | नेपालजस्तो मुलुक आन्तिरक द्वन्दका कारण क्षतविक्षत हुँदैगर्दा उनीहरूको जीवनस्तर विलासी हुँदैजान्छ | उदाहरणका लागि लिबिया, इराक, अफगानिस्तान, सिरिया र आजको मितिमा युक्रेन र रूसबिच द्वन्द हुँदै गर्दा अमेरिकी र युरोपेली प्रजातन्त्रहरूमा हतियारको शेयर अचम्मसंग महँगो भएको छ | मैले भन्न सक्दिन कि उपरोक्त प्रजातान्त्रिक मुलुकहरूले एस्तो विद्ध्वंस कार्य जानाजान गर्छन् कि उनीहरूको संस्कृति र सभ्यतासंग जोडिएर उनीहरूको बुद्धिमा प्रवाहित भैरहेको अर्कालाई पूर्ण निषेध गर्ने "अब्राहमिक माइन्ड-सेट" ले तेस्तो भएको हो ! सम्बन्धित व्यक्तिले यतातिर अनुसन्धान गर्दा हुन्छ | तर सबै दोष पश्चिमालाई दिनुको कुनै औचित्य छैन | उनीहरूबाट हाम्रो समाजले धेरै कुरा सिक्नुपर्छ |
८. सनातनीहरूकी आराध्या भगवती दुर्गालाई वेश्या भन्ने, नेपालको ८३% जनसंख्याको प्रतिनिधित्व गर्न हिन्दूहरूलाई "शरणार्थी" भन्दै अनर्गल गालीगलौज गर्ने, सनातनीहरूसंग केवल शत्रूतापूर्ण व्यबहार गर्ने, असहिष्णु बक्तब्य दिनेहरू आफ्नो संस्कृतिका संरक्षक हुन् भन्ने विश्वास गर्नु तिनको समुदायका लागि आत्महत्यासरह हो | जुनसुकै व्यक्ति, राजनैतिक पार्टी वा समुदाय जसले "दुर्गा वेश्या हो" भन्नेजस्ता अनर्गल र सांस्कृतिक सद्भाव विथोल्ने क्रियाकलाप गर्छन् वा बक्तव्य दिन्छन्, तीप्रति राज्य कठोर हुनैपर्छ | जुनसुकै जाति, धर्म, संस्कृति वा समुदायका भए पनि उनीहरूको संरक्षण गर्नुभनेको भविष्यमा "आ कुकुर मलाई टोक" भन्नुसरह हुनेछ | यदि राज्यले यस्ता व्यक्ति वा समूहसंग केवल धर्म, जात, भाषा वा भूगोलका आधारमा सहिष्णुता राख्छ भने राज्यस्वयं पनि अराजकहरूको मतियार बन्न पुग्छ | एस्तो राष्ट्रको भविष्य हुँदैन | राज्य अभिभाव हो जसको काखमा टाउको राखेर जनताहरू सुतिरहेका हुन्छन्, राज्यले उपरोक्त गूट वा समूहको स्वार्थ रक्षा गर्नु वा उनीहरूको ब्ल्याक-मेलिगमा परेर अकर्व्यशील हुनुभनेको आफ्नो काखमा सुतिरहेका जनताको टाउको खुकुरीले छिनाल्नुसरह विश्वासघात हो | नेपालको राज्यसत्ताले समयमै विचार पुर्याएर देश र जनताको सुरक्षा सुनिश्चित गर्नुपर्छ |
९. कुनै पनि व्यक्ति वा समूह आफ्नो मौलिक धर्म, संस्कृति, परम्परा, आदर्शहरूको संरक्षण तथा सम्बर्धनको लागि सक्रिय हुँदा अन्धविश्वासी, पश्चगामी वा विकास विरोधी हुँदैन | व्यक्तिको लबाई-खवाईले उसको प्रगतिशील चरित्र र व्यबहारलाई रोक्न सक्दैन | बारहरू चहारेर नयाँनयाँ रक्सीका ब्रान्ड खाएर मात्दैमा कुनै व्यक्ति आधुनिक हुँदैन र शालीग्रामको चरणामृत पिउंदैमा कुनै पछौटे पनि हुँदैन | एकअर्काको आलोचना गर्दैमा स्वधर्म र स्वजातिको पहिचान सुरक्षित हुँदैन | राष्ट्रराज्यको राज्नानैतिक मोडेलहरूका कारण धेरै जनता भ्रमित भएका छन् | उप्रान्त सहृदयी सम्बन्धका आधारमा एकअर्काको समालोचना गर्ने र पहिचानआदिका सवालमा एकअर्काको पहिचानको संरक्षण गर्दै उन्नत नेपालतिर "राज्यराष्ट्र"ले प्राप्त हुन्छ भन्ने तत्थ्य आत्मसात गर्नुपर्छ | राष्ट्रराज्यले राज्यराष्ट्रको अवधारणालाई ठाडै अस्वीकार गरे पनि राज्यराष्ट्रले भने राष्ट्रराज्यको महत्वलाई "अब्राहमिक माइन्ड-सेट"भएका राष्ट्रहरूलाई उपयोगी नै ठान्छ | अहिलेको वैश्विक परिवेशमा ती देशहरूमा पनि "राष्ट्रराज्य" गतार्थ भैसकेको छ भन्ने तत्थ्यचाहिं उनीहरूले पनि मनन गरिरहेका छन् तर उनको माइन्ड-सेटले स्वीकृति प्रदान गरेको छैन |
१०. यो विचारप्रधान लेख लेख्दै गर्दा "दुर्गा वेश्या हुन्"को प्रतिकारमा किन एतिबिध्न लेख्नु पर्यो भन्ने विचार नआएको होइन | तर मभित्रको एउटा सचेत नागरिकले यस्ता व्यक्ति वा समूहप्रति राज्यले आँखा चिम्लेको देखेर निकै कष्ट भयो | आधुनिक इतिहासले वर्तमान नेपाली समाजको समानान्तर अस्तित्व कमसेकम ३५ सय वर्ष प्राचीन हो भनेर बोलेकै छ | एस्तो समावेशी र सहअस्तित्वलाई निरन्तरता दिंदैआएको नेपाली समाजका लागि "दुर्गा वेश्या हुन्" भन्न सक्ने पात्रहरूको बौद्धिक प्रतिकार भएन भने देश दुर्घटनामा जान सक्छ भनेर आफ्नो कर्तव्य पालन गरेको हुँ | मलाई थाहा छ, एस्ता असहिष्णु गूट र तिनका मतियारहरूले यो बैचारिक प्रतिकार पढेपछि ज्यान मार्न सक्नेसम्मको उद्योग गर्ने छन् | जीवन र आयु पशुपति नाथ र देवी पार्वतीको हातमा छ | तर देश, जनता र मौलिक धर्मसंस्कृतिसंग जोडिएको नेपाली-नेपाली बिचको सहृदयी सम्बन्ध अझैं बलियो हुनुपर्छ |
सर्वेषां स्वस्तिअस्तु - सबैको कल्याण होस् |

राजनैतिक दर्शनमा स्वको चेतना

१. पश्चिमाहरूले प्लेटोको "रिपब्लिक"लाई प्रजातन्त्रको पहिलो दस्ताबेज ठान्छन् | रिपब्लिक लेखिनु भन्दा तीन हजार पहिला ऋग्वेदले स्वराज्य, वैराज्यआदि सात प्रकारका राष्ट्रसंचालनका व्यबस्थाहरू अभ्यास गरिसकेको थियो | सत्य के हो भने नेपाली राजनैतिक अभ्यासमा लोकतन्त्र, समाजवाद, गणतन्त्र, लोकतान्त्रिक गणतन्त्र (२०७२ को संविधानले गणतन्त्र, लोकतन्त्र र प्रजातन्त्र, समाजवाद तिनैलाई फ्युजन गरेर) बनाएको नया शब्द हो जुन नेपालको आफ्नो मौलिक होइन |

२. आधुनिक राज्यव्यबस्थाहरूमा अमेरिकाको लबीले सधैं प्रजातन्त्रको वकालत गरेको पाइन्छ | ब्राजील, भारतजस्ता विकासशील मुलुकहरूले लोकतन्त्रको वकालत गरिरहेका हुन्छन् भने कम्युनिस्टहरूले गणतन्त्रको वकालत गर्छन् | नेपालजस्ता मुलुकहरू कहिले भारत, कहिले चाइना त कहिले अमेरिकाको संबिधान र इच्छा बुझेर संविधानको नाम राख्छन् | "लोकतान्त्रिक गणतन्त्र" रिपब्लिकले कल्पना गरेको, माओले सोचेको वा अब्राहम लिंकनले कल्पना गरेको शब्द होइन | हामी "तुष्टीकरण"वादमा उभिएका छौँ जसले आफ्नो देशको मौलिकताको संरक्षणलाई भन्दा विदेशीहरूको इच्छाको बढी सम्मान गर्छ |
३. प्लेटो कालीन गणतन्त्र (प्रजातन्त्र) आजको जस्तो थिएन | स्त्री, कृषक, कामदार, मजदुर तथा दासदासीहरूलाई "मान्छे" भनिन्नथ्यो भने मत दिने, राज्यमा सहभागिता जनाउने कुनै अधिकार थिएन | त्यो न लोकतन्त्र थियो न प्रजातन्त्र न गणतन्त्र नै | प्लेटोको "गणतन्त्र" अभिजात्यहरूको भागवण्डा गर्ने एउटा प्रणाली थियो जसले प्राइभेट लिमिटेडका शेयर होल्डरहरूले झैं राज्यका संसाधनहरू बाँडेर उपभोग गरिन्थ्यो | साच्चिकै भन्ने हो भने तेस वखत प्लेटोले लेखेको र भोगेको गणतन्त्र र आजको "गणतन्त्र, प्रजातन्त्र वा लोकतन्त्र"मा आधारभूत फरक छैन | नेपाली सत्ता समीकरणमा त झन् ठ्याक्कै "प्लेटोवाद" घटीत हुँदैआएको छ |
४. लोकतन्त्र, प्रजातन्त्र, जनतन्त्र वा गणतन्त्र जुन शब्दको प्रयोग भए गरिए पनि आधुनिक राज्यव्यबस्थाहरूले प्लेटोको "रिपब्लिक"लाई आफ्नो बौद्धिक पितामह मानेका छन् | नेपाल, भारत, अमेरिका, ब्राजिलहरूको राजनैतिक सिद्धान्तको आधार "रिपब्लिक"नै हो | मुस्लिमहरूका ७४ सम्प्रदाय, इसाईहरूका ६४५ सम्प्रदाय र यहुदीहरूका ३ बटा सम्प्रदाय भएझैं "लोकतन्त्र, प्रजातन्त्र, जनतन्त्र वा गणतन्त्र" सबैका बौद्धिक र पवित्रतम स्रोत रिपब्लिक नै हो ठ्याक्कै इसाईका सबै सम्प्रदायहरूले बाइबल र मुस्लिमहरूले कुरानलाई सर्बोच्च ग्रन्थ मानेझैं | सबै कुरामा मतभेद होला तर यी राष्ट्रहरू बिच रिपब्लिकका विषयमा मतभेद छैन | त्रिविविको राजनीति विभागले पढाउने पाठ्यक्रममा पनि "रिपब्लिक"लाई प्रजातन्त्रको स्रोत भनेर पढ्नुपर्छ |
-५. आधुनिक प्रजातन्त्रका पांचबटा स्तम्भ स्वतन्त्रता, समानता, शिक्षा, सहभागिता र जीवनको अधिकार" सबैका लागि मानिन्छ | सुन्दा निकै उचित लाग्छन् र यदि यी भने र सोचेजस्तै कार्यान्वयन हुने हो भने मानवता सुखी हुन्छ पनि तर व्यबहारमा विश्वका कुनै पनि डेमिक्रेसीहरूले उपरोक्त सैद्धान्तिक आधारहरूको एक चौथाई पनि कार्यान्वयन गरेका छैनन् | अझैं भन्नुपर्दा, अब्राहम लिंकन, बेन्थम, मिलआदिले जे-जस्ता परिभाषा दिए पनि ठ्याक्कै प्लेटोको भावनाअनुसार नै प्रजातन्त्रहरू "ठूलाबडा"हरूको भागवण्डामा परेको छ | समानताको अर्थ हुने खाने विच सम्मान जनक भागबण्डा, स्वतन्त्रताको अर्थ भागबण्डाको सहमतिप्रति प्रतिबद्धता, शिक्षाको अर्थ शेयर होल्डरका लागि स्तरीय शिक्षा (नेपाल, भारत, पाकिस्तान, श्रीलंकाआदिका हकमा हुनेखानेनेका लागि नीजि र जनताका लागि सरकारी शिक्षा) सहभागिताकाको हकमा राज्य संचालकहरू बिच सत्ताका लागि "गठबन्धन" र जीवनको अधिकारका हकमा पहुँचवालको लागि मात्र औषधिउपचारआदिको सुनिश्चितता (नेपालमा पूर्वप्रधानमन्त्री, मन्त्री, निजामतिका शक्तिशालीहरूले सुविधा प्राप्त गर्छन् | उनीहरूको जीवन सुनिश्चित गर्न राज्यले अनुदान दिएर अमेरिका बेलायत पठाउँछ) भन्ने बुझ्नुपर्छ | यी राज्य (सत्ता)हरूको चरित्र ठ्याक्कै प्लेटोको डेमोक्रेसीझैं छ |
६. ऋग्वेदमा केही प्रकारका राज्य व्यबस्थाहरूको वर्णन छ : स्वराज्य, वैराज्य, पारमेष्ठ राज्यआदि | यी राज्य संचालक सिद्धान्तमा आधारित राष्ट्रको शासन प्रणाली कस्तो हुन्त्यो भन्न सकिन्न तर लगभग सात प्रकारका राष्ट्र संचालनका व्यबस्थाहरूमा "रिपब्लिक" पनि पर्न सक्छ | असलमा, संस्कृत वा नेपालीमा रिपब्लिकको ठ्याक्कै अनुवाद छैन | डेमोक्रेसी (रिपब्लिकको) आधुनिक व्याख्याहरू पढे र बुझेपछि ऋग्वेदको "स्वराज" रिपब्लिक वा डेमोक्रेसी भन्दा बढी महत्वपूर्ण लाग्यो | स्व तथा राज्य यी दूई शब्दले निर्मित भएको शब्दले "सबै सुखी रहनु, सबै निरोगी होउन, सबैको कल्याण होस् र सामाजमा कुनै पनि व्यक्ति दु:खी नरहोस् भने उपनिषदहरूको चाहना र मनुस्मृतिले खोजेझैं "पृथ्वीको प्रत्येक समाजले स्वत्रन्त्र पूर्वक आ-आफ्नो संस्कृति, परम्पराको शिक्षा प्राप्त गरोस् भन्ने भनाई चरितार्थ भएको ठान्छु | साथै, प्लेटोबाट आयात गरिएको डेमोक्रेसी वा रिपब्लिकले सैद्धान्तिक रूपमा पनि "स्वराज्य" प्रतिनिधित्व गर्न नसक्ने देख्छु | यद्यपि स्वराज्यका तुलनामा रिपब्लिक-मोडेल बढी प्रसिद्ध र चर्चित छ |
७. स्वराज्यका विषयमा चर्चा गरिरहंदा स्वतन्त्रता पनि परिचर्चाको विषय बन्नुपर्छ | मलाई कुनै पनि संदेह छैन कि स्वराज्य र स्वतन्त्रताका बिचमा गहिरो सम्बन्ध निर्विवाद छ | स्व र तन्त्र - यी दुई शब्दको मिलनबाट स्वतन्त्र शब्द बनेको छ जसले स्वराज्यको शासकीय व्यबस्थाको व्याबहारिक पक्षलाई उजागर गर्छ | सबैले स्वतन्त्रतापूर्वक आ-आफ्ना संस्कृतिअनुसार आफ्नो विकास गरुन् भने मनुस्मृतिको कथन होस् वा विश्वको अन्तिम मानिस दु:खी रहनु हुँदैन भन्ने बैदिक ऋषिहरूको चाहना नै किन नहोस्, स्वराज्यमा मात्र प्राप्त हुन्छ | स्वतन्त्र व्यक्तिहरूको सामूहिक कर्मले स्वराज्यको स्थापना हुन्छ र यस्तो राज्यले मात्र स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिन्छ | नियामकका रूपमा "स्वराट््"लाई बुझ्नुपर्छ | स्वराट त्यो अवस्था हो जसमा स्वराज्यभित्रका स्वतन्त्र व्यक्तिहरूले दशओटा धर्म (धृति, क्षमा, दम, अस्तेयआदि) पालन गरेर आर्जित गर्छन् | सद्गुण र विवेकबाट संचालित व्यक्तिनै स्वराट होस् जसले धर्मपूर्वक स्वराज्य र स्वतन्त्रताको संरक्षण गर्छ |
८. स्वतन्त्रता, स्वराट, स्वधर्म (रिलिजन होइन) र स्वराज्य यी चारबटा विषयहरूले मान्छेको बहुपक्षीय विकासलाई अनुप्रणित गर्छ | स्वराट अर्थात् आत्मबल नभएको व्यक्ति वा समाजले स्वतन्त्रताको महत्व र अनुभूति गर्न सक्दैन | व्यक्तिगत सद्गुणहरूलाई महत्व नदिने व्यक्तिले स्वराज्य प्राप्ति गर्न सक्दैन | यदि कुनै परिस्थितिवस स्वराज्य प्राप्त गरे पनि त्यसको संरक्षण गर्न सक्दैन | मलाई लाग्छ, स्वराट व्यक्तित्वमा स्वधर्म, स्वतन्त्रताको स्वभाविक उपस्थिति हुन्छ भने यस्तो गुणहरूको आधार भएको व्यक्तिका लागि स्वराज्य अनिवार्य हुन्छ | स्वधर्ममा स्वच्छन्दता र अधिकार, स्वतन्त्रता र अधिकारका बीचको सूक्ष्म कर्तव्य रेखा बुझ्ने प्रज्ञा हुन्छ | अधिकार र स्वतन्त्रता एउटा भाव हुन् भने कर्तव्य र भाव अर्को चेतना हुन् | यदि व्यक्तिमा स्वराज्य र स्वधर्मप्रतिको आस्था छैन भने अराजक अधिकार र स्वतन्त्रताले आत्मघाति व्यक्ति वा समाजको निर्माण हुन्छ |
अन्त्यमा, दार्शनिक र व्याबहारिक रूपमा चिन्तन मनन गर्दा वर्तमान नेपाल राष्ट्रका अभियन्ताहरूले स्वधर्म र स्वतन्त्रता, स्वराज्य र अधिकारका बिचको कर्तव्य रेखाको सीमांकन गर्नु आवश्यक देखिन्छ |

मानसिक स्वास्थ्य अर्थात् चित्त-शुद्धि

१. आज विश्व मानसिक स्वास्थ्य दिवस हो | नेपाली र भारतीयहरूलले "विश्व मानसिक दिवसको हार्दिक शुभकामना" भन्दै संदेश प्रवाहित गरिरहेका छन् | मैले आफैसंग प्रश्न गरें - के मानसिक दिवसका अवसरमा शुभकामना दिनु उचित हो ? उत्तर आ-आफ्नै हुन्छन् | मनोबैज्ञानिक र मनोचिकित्सकका लागि आजको दिन आफ्ना अनुसन्धानहरू, कार्यहरू तथा योजनाहरू प्रस्तुत गर्ने दिन हुनसक्छ तर मानसिक रोगीहरूका लागि महोत्सवको विषय हुनैसक्दैन | हो, मानसिक रोग प्रतिको संचेतना बढ्दै जाँदा समाजमा रहेका मानसिक समस्याहरूको पहिचान सहज हुन्छ र सेवा उपलब्ध हुन्छ | नेपालजस्तो देशमा यो सजिलो छैन |

२. मानसिक स्वास्थ्य भन्नाले "मानसिक, शारीरिक, सामाजिक तथा आध्यात्मिक अवस्थाको सन्तुलन" भनेर बुझ्न विश्व स्वास्थ्य संस्थाले आग्रह गरेको छ | जव कुनै व्यक्तिमा यी उपरोक्त स्वास्थ्यहरू मध्ये एउटामा समस्या देखा पर्छ, अन्य तीनबाट स्वास्थ्यका सूचकहरू स्वत: प्रभावित हुन थाल्छन् | वैदिक शास्त्रहरूले विश्व स्वस्थ्य संस्थाले "होलेस्टिक हेल्थ" भनेको यो आधुनिक मानसिक स्वास्थ्यको परिभाषालाई "तापत्रय" आधिभौतिक, आधिदैविक र आध्यात्मिक स्वास्थ्य भनेर बुझाएको थियो | भौतिकभित्र शरीरक स्वास्थ्य समस्याहरू, आधिदैविकभित्र सामाजिक, सांस्कृतिक, मानवीय भावनात्मक समस्याहरू र आध्यात्मिक भित्र अहम् अर्थात् स्वअस्तित्व आत्मगत समस्याहरूको समग्रता बुझ्ने प्रयत्न गरिएको छ | यहाँ "ताप" शब्दलाई मानसिकअर्थमा पश्चाताप भनेर बुझ्नुपर्छ, भौतिक अर्थमा शारीरिक सन्ताप र भनेर बुझ्नुपर्छ भने आध्यात्मिक अर्थमा "ताप"का रूपमा बुझ्नुपर्छ |
३. भौतिक विज्ञानले आफ्नो विकाससंगै मानसिक स्वास्थ्यमा पनि नकारात्मक समस्याहरू थपिदिएको छ | विज्ञानको चमत्कारिक विकासले मान्छेमा भौतिक सुख प्राप्त गर्ने "महत्वाकांक्षी" मनको विकास भएको छ | तर विज्ञान महङ्गो हो | सबैका लागि त्यो सुलभ छैन | पैसोको जोहो गर्न नसक्नेहरूले विज्ञानबाट लाभान्वित हुन सक्दैनन् | विश्वको हरेक वस्तु "क्यापिटल"मा रुपान्तरित भएको छ | आजको मान्छेको जन्म, मृत्यु, जीवनकाल र बुढ्यौली समेत "पैसो"को विषय बनेको छ | यदि तपाईंसंग पैसो छैन भने बाँच्ने र जिउने अधिकार रहन्न | तपाईं यदि जीवित हुनुहुन्छ तेसको अर्थ हो तपाईंका लागि कसैले (ट्याक्स) खर्च गरिरहेको छ | यस्तो अवस्थामा "आर्थिक असुरक्षा"ले मानिसमा मानसिक समस्या बढाउँछ | विश्व "क्यापिटल"जन्य मानसिक रोगले पिडित छ |
४. "क्यापिटल" विश्वको मानव-समाजलाई क्यापिटलमा रुपान्तरित गर्ने अपराध को-कसले गरेका हुन् ? मनोबैज्ञानिकहरूले खोज गरूँन् तर पाश्चात्य शिक्षा दीक्षाबाट विकसित भएका "साइकोलोजिस्ट"हरूले माथिल्लो हरफलाई बुझेर न्याय गर्ने छन् ? सजिलो छैन | यिनको कुनै दोष छैन किनभने क्यापिटलको एउटा अङ्ग बनिसकेको हाम्रो "मानसिक व्यबस्था"मा क्यापिटल वाहिर गएर बुझ्ने कुनै अवस्था नै छैन | हरहमेशा "क्यापिटल"प्राप्तिलाई मात्र सफलता ठान्ने "मानसिक तन्त्र"मा मानसिक स्वास्थ्यका अनेकौं समस्याहरू देखिनु स्वाभाविक ठान्छु | जतिजति मान्छेको सफलता भनेकै "क्यापिटल प्राप्ति" हो भन्ने प्रतिमान स्थापित हुँदैजान्छ, मान्छेमा मानसिक समस्याहरू पनि बढ्दै जान्छ | क्यापिटल प्राप्त गरेकाहरू अधिकतम भौतिक वस्तुहरूबाट सुख प्राप्त गर्ने लिगलिगे दौडका कारण मानसिक सन्तापले भरिन्छन् भने "क्यापिटल" प्राप्त गर्न नसक्नेहरू यसैलाई असफलता मानेर मानसिक रूपमा पश्चाताप ग्रस्त हुन्छन् | अहिलेको विश्व यसरी नै दौडीरहेको छ |
५. यो वर्ष "सबैको लागि मानसिक स्वास्थ्य" भन्ने नारा तोकिएको छ | सुन्दा राम्रो लागे पनि युक्रेन-रसीया युद्ध चलिरहेको छ | कोरोनाबाट मान्छेहरू राम्ररी तंग्रिन पाएको छैन समाज तर एस्तो अवस्थामा "सबैको लागि मानसिक स्वास्थ्य" एउटा अत्यन्त महत्वाकांक्षी नारा हुन्छ | युक्रेनको युद्ध होस् वा कोरोनाको कहर अमेरिकी र युरोपेली औषधि तथा हतियार कम्पनीहरूको भाउ बढेको छ | अर्कोतिर अमेरिकाले डलरमा व्याज थपेर विश्वैकतहको "क्यापिटल"लाई महँगो बनाएको छ | हामी नेपाली कै सवालमा कुरा गर्ने हो भने गतवर्षको तुलनामा हरेक नेपालीको घरमा ३०-३४% महंगी बढेको छ | कुरा फेरी पनि "क्यापिटल"कै हो | राज्यको ढुकुटीमा जानेका राजनैतिक नेतृत्व र जनताको गोजीबाट महंगाईको भरपाई गर्ने व्यापारीहरूको "मानसिक स्वास्थ्य"मा कुनै असर नपर्ला तर आम नेपालीका लागि "सबैका लागि मानसिक स्वास्थ्य" टाढाको फल आँखातरी मर" झैं भएको छ |
६. असलमा मानसिक स्वास्थ्य शब्द र यसले प्रदान गर्ने निकास नै अपूर्ण छ | मन चित्तको एउटा अंशमात्र हो | "चित्त"को निर्माणमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक सबै प्रकारका भोगाईको योगदान हुन्छ | मनले मन अर्थात् माइन्ड शब्दले केवल भावनात्मक र बौद्धिक क्रियालाई प्रतिनिधित्व गर्छ तर चित्तभित्र शारीरिक, मानसिक तथा आध्यात्मिकतहका क्रियात्मक पक्ष समेत समेटिएका हुन्छन् | तेसैले सम्पूर्ण मानसिक स्वास्थ्य (स्वस्थचित्त) प्राप्तिका लागि चित्त-शुद्धिको आवश्यकता पर्छ | चित्त-शुद्धि त्यो क्रिया वा सैद्धान्तिक अवधारणा जसले भौतिक (शरीर) दैविक (मानसिक) तथा आध्यात्मिक (अस्तित्व) सम्बन्धि समस्याहरू समाधान भएपछि प्राप्त हुन्छ | चित्त-शुद्धि अन्तर्गत काम, क्रोध, लोभ, मोह, ममताआदिको संयमित उपयोगको अभ्यास गराइन्छ |
७. चित्त-शुद्धिको अबधारणाले भन्छ - मान्छेले प्रकृतिसंग बढी समन्वय गर्दै जीवनयात्रा गर्नुपर्छ | सुख, सन्तोष, आनन्द तथा पूर्णता जीवनको लागि अनिवार्य लक्ष हुनुपर्छ तर यी लक्षहरू केवल भौतिक वस्तुले प्राप्त मानसिक सन्तुष्टिबाट प्राप्त हुन्छ भनेर सोच्नु पूर्वाग्रह हो | आधुनिक साइकोलोजीले यो तत्थ्य बल्ल बुझ्न आरम्भ गरेको छ | ऋषि शुकदेवले भनेका छन् "इन्द्रीयहरूलाई जतिधेरै विषयसुखको भोगी बनायो, ती त्यतिनै नयाँ सुखको लागि व्याकुल हुने छन् | चित्त-शुद्धिको पहिलो पाइला इन्द्रियहरूलाई नियमित गर्नबाट आरम्भ हुन्छ | इन्द्रीयहरूको चाहनाहरूलाई नियमित गर्नुको अर्थ हो उपलब्ध संसाधनहरूभित्र रहेर अर्थात् आत्मनियन्त्रित भएर उपलब्ध साधनबाट अधिकतम सन्तोष प्राप्त गर्नु | दुर्भाग्यवस, आजको मनोविज्ञानले चित्तलाई पनि "क्यापिटल"जस्तै व्यबहार गर्छ |
८. चित्त-शुद्ध भएपछि चित्त शान्त हुन्छ | चित्त प्रसन्न हुन्छ | चित्त दुख्न, बल्न, घुम्न छोड्छ | एउटा कुरा पक्का हो "क्यापिटल"को एउटा मोहरा बनाउने आधुनिक शिक्षा प्रणालीमा चुर्लुम्म डुबेको हामीजस्तो मनुवाले यो तत्थ्य बुझ्न सक्दैनौं किनभने क्यापिटलले "आमाको प्रेम, बहिनिको माया, श्रीमतीको सहृदयीपन र साथीभाईको मिठासमा समेत "कम्पिटिशन" र स्वार्थ देख्छ | हो, निस्वार्थ त्यति सजिलो छैन तर स्वार्थको मात्र न्यून बनाउने कामचाहिं चित्त-शुद्धिको क्रियाले गर्न सक्छ | एक पटक आफूतिर फर्केर मूल्यांकन गरौँ - के आजको तमाम मानसिक तनाव, चिन्ता, डर, उदासीपनजस्ता मानसिक अवस्थाहरू हाम्रो स्वार्थ र तेसको आपूर्तिमा हामीले आर्जन गर्ने "क्यापिटल"को हात छैन त ? अवश्य छ |
९. जवसम्म हामीले स-सानो उपलब्धिमा वा यथास्थितिको अवसरलाई प्रसन्नता र खुसीका रूपमा अंगिकार गर्दैनौं, मानसिक स्वास्थ्य पनि कसैको क्यापिटल प्राप्त गर्ने एउटा मार्केटिंग विधि बाहेक केही हुने छैन | हामी प्रसन्न रहनका लागि आफ्नो मौलिक संस्कृति, सभ्यता तथा चालचलनमा रम्न सक्नु पर्छ | ससानो खुसीका अवसरहरूलाई खुशी हुने उत्सव बनाउन सक्नुपर्छ भने उपलब्ध साधनहरूलाई प्रयोग गरेर अधिकतम शारीरिक सन्तोषको बाटोमा हिड्नु पर्छ | क्यापिटल आजको आवश्यकता हो, सबैलाई चाहिन्छ तर आमाको माया, बाबुको प्रेम, साथीको न्यानोपन तथा मायालुको मायालाई समेत "क्यापिटल"मा रुपान्तरित गर्ने संस्कारले हामी खुसी हुनै सक्दैनौं | तेसैले चित्त शुद्धिको अभ्यास गरौँ, चित्त खुसी भयो भने हामी सबैको चित्त बुझ्छ | चित्त बुझ्नुको अर्थ हो - हामी शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा स्वस्थ छौँ | मनोचिकित्सक प्राडा Ajay Risal रिसालले गीता पढेर बुझेको मानसिक स्वास्थ्य पनि यही हो भन्ने मैले अनुमान गरेको छु |
-हामी सबैको भलो होस् (स्वस्तिअस्तु)

जातिको अर्थ

जातिको अर्थ जन्म लिने वाला प्राणी भन्ने बुझ्नुपर्छ | जाति पशुपक्षी सबैको हुन्छ | जाति नभएको कोही पनि हुँदैन | यहाँको समस्या जाति होइन होच्याउनु (छुवाछुत) हो | अमेरिकामा पनि जाति छन् | कमसल काम गर्ने जुनसुकै मान्छे होच्याइन्छ | अपराध गर्नेलाई कानुनले अपराधी नै भन्छ | हाम्रो समाजमा छुवाछुत छ हुनुहुँदैन तर हाम्रो समाज गतिशील छ र हामी अगाडी आएर छुवाछुत मेटाउन लागि परेका छौँ | विगत ४० वर्षमा हाम्रो समाजले ५०% परिवर्तन गरेको छ तेसो गर्नेमा तपाईं हामी सबै छौँ | यहुदीहरूको जातीय सफाया गर्ने कुनै हिन्दू वा बौद्ध थिएनन् |

निम्न मानिएको वर्णहरूले पनि तोकिएको साधना गरेर माथिल्लो वर्ण प्राप्त गर्न सक्ने व्यबस्था हाम्रो संस्कृतिमा रहेछ | एतिमात्र होइन वैष्णवहरूले "दास" उपाधि धारण गरेर (शर्मा, बर्मा, गुप्त र दास) सेवानै जीवनको सर्वोत्तम अर्थ हो भन्ने संदेश दिए | भगवानमा पूर्ण समर्पित भएका वैष्णवहरूले आज आज पनि आफुलाई "दासानुदास" नै भन्छन् | यतातिर पनि हामीले ध्यान दिनुपर्छ | ब्राहमणले "दास" पदवी ग्रहण गरेको र शूद्रले ब्राह्मण पदवी प्राप्त गरेका उदाहरण शास्त्रहरूमा प्रसस्त छन् |
साधना गर्ने ब्राहमण पनि बन्न सक्छ तर साधना नगर्ने शूद्रमा खस्न सक्छ | हिन्दू-समाज यहुदी, इसाई मुस्लिमजस्तो जडवादी छैन | अमेरिकी वा युरोपेली संस्कृतिसंग तुलना गरेर उनीहरूको संस्कृति बौद्धहिन्दूहरूमा थोपर्न खोज्नु सरासर गलत हुन्छ | राम्रो कुरा विश्वको जुनकुनाबाट ल्याए पनि हुन्छ तर आफ्ना असल कुराहरूको वेवास्ता गर्न मिल्दैन |
अत: जाति प्राकृतिक हुन्छ र वर्ण आर्जित हुन्छ | तेसैले धेरै शास्त्रहरूले असल कर्म गर्ने व्यक्तिले अर्को जन्ममा ऊच्चजातिमा जन्म प्राप्त गर्छ र कमसल कर्म गर्नेले पशु, पक्षीआदि जातिमा समेत जन्म प्राप्त गर्छ भनिएको छ |

हामी मान्छे किन ?

मान्छेको जीवन सबैभन्दा महत्वपूर्ण छ तर यसको उपयोग ठीकठीक तवरले गर्न जान्नुपर्छ | शास्त्रहरू भन्छन् - मृत्यु हुँदा आफुसंग पाप र पुण्य वाहेक केही जाँदैन | तेसैले हरेक व्यक्तिले जीवन हुँदै परोपकार गर्नुपर्छ | विद्यालय, अस्पताल, पुस्तक प्रकाशन, जीवन जिउन सहयोग गर्दा ईश्वर खुसी हुन्छन् भने व्यक्ति स्वयंलाई पनि बडो खुसी हुन्छ | तपाईं कस्तो महलमा वस्नु हुन्छ ? तपाईं कस्तो खानु हुन्छ ? कोसंग उठवस गर्नुहुन्छ, यी सबै महत्वपूर्ण होलान् तर सबैभन्दा महत्वपूर्ण कुरा तपाईं जीवित रहँदै तपाईंलाई "उहाँ असल मान्छे हुनुहुन्छ" भनुन् र मृत्युपछि पनि "फलानो व्यक्तिले एस्तो महत्वपूर्ण काम गरेर सेवा पुर्यायो" भन्दै स्मरण गरूँन् | श्रीशुकदेव महाराज भन्नुहुन्छ "मान्छेले आफ्नो मृत्यु र मृत्युपछि आफ्नो जन्मसफल बनाउनका लागि शास्त्रले निर्देश गरेका असल कर्मतिर ध्यान दिनुपर्छ किनभने मृत्युपछि "फलानो को जीवन असफल रह्यो" कसैले पनि भन्न नपाउँन् | के गर्ने निर्णय तपाईंको आफ्नो हुनुपर्छ |

जीवन सरल र सहज लागे पनि आफ्नो हातमा छैन | विश्वका सबै घटनाहरू देवका अधिन छन् | भोलीको विश्वास वाहेक मान्छेसंग केही छैन | हामी सबै संसारको बन्धनमा छौँ र विभिन्न चर्तिकला गर्दै यसै संसारमा रमाउने प्रयत्न गरिरहेका छौँ | विश्वका धेरैजसो मान्छेले अर्थ र कामको प्राप्तिको लागि खुव प्रयत्न गर्छन् | यसैका लागि कसैसंग मित्रता र कसैसंग शत्रूता गर्छन् | एउटा लक्ष पूरा हुँदासाथ अर्को लक्ष आरम्भ गर्छौं | धर्म र मोक्षको प्राप्तिको लागि हामीसंग कुनै योजना छैन | जसले यी लक्षका विषयमा सचेत गराउँछ, उसलाई हामी "अन्धविश्वासी" भन्दै अविश्वास गर्छौं | शुकदेव महाराज भन्नुहुन्छ "पेट पर्ने, सन्तान उत्पादन गर्ने काम पशुले पनि गर्छन् | जसले मनुष्य भएर धर्मपूर्वक धन कमाउँछ, जसले त्यो धनको धर्म पूर्वक काममा प्रयोग गर्छ, उसले मोक्ष प्राप्त गर्छ अर्थात् जीवन सफल हुन्छ |

निरीह अहङ्कार

विश्वमा धेरै शक्तिशाली, धनवान्, रूपवती र प्रसिद्ध व्यक्तिहरू भए, छन् र भविष्यमा हुने छन् | यो संसारमा रावणजस्ता व्यक्तिहरूको सम्झना रहन्छ कि रामजस्ता सद्गुणी व्यक्तिको स्मृतिशेष रहन्छ | हामी रहे पनि नरहे पनि सृष्टिको क्रम रोकिने छैन | सृष्टिका नयानया स्वरूपहरू देखिने छन्, जुन अहिलेको विज्ञानले परिकल्पना नै गरेको छैन | वैदिक साहित्यहरूले अनन्त ब्रह्माण्ड र ती ब्रह्माण्डहरूमा पानीले निर्माण भएका, अग्नितत्वबाट निर्माण भएका, बायुतत्वबाट निर्माण भएका, आकाश अर्थात् पारदर्शी तत्वहरू र अहिलेको विज्ञानले कल्पना पनि नगरेका तत्वहरूबाट निर्मित जीव-जगतको उल्लेख गरेका छन् |

ती जीवहरू पृथ्वीको जीव भन्दा धेरै शक्तिशाली, धेरै आयुभएका, धेरै ज्ञान भएका तथा एक सेकेन्डमा एउटा ब्रह्माण्डबाट अर्को ब्रह्माण्डको यात्रा गर्न सक्ने र चिताएको कुरा गर्न सक्ने भन्ने उल्लेख गरेका छन् | श्रीमद्भागवतको दशौँ स्कन्धको १४ औं अध्यायमा सङ्क्षेपमा यी कुरा भनिएको छ | साथैम जतिसुकै शक्ति भए पनि, जतिसुकै धन भए पनि, जतिसुकै रूप भए पनि एक दिन ती नष्ट हुने हुँदा हरेक व्यक्तिका लागि ज्ञान, कर्म वा भक्तिको आश्रय लिएर भगवानको आराधना गर्नु पर्ने प्रावधान गरिएको छ |
हाम्रो अभिमानले ऋषिहरूका यी आदेश अन्धविश्वास देख्ला तर लाखौंवर्षको साधना र अनुभवले खारिएका ऋषिमुनिहरूका आदेशहरूको वेवास्ता गर्दा मृत्यु अत्यन्त दु:खमय हुनसक्छ | अहङ्कारले आफुउपर विजय प्राप्त गर्न सकिन्न भने अज्ञान वाहेक के प्राप्त होला र ? आजको संसारमा हिजोका कुनै पनि शक्तिशाली, रूपवान्, भाग्यमानी, धनवान्, विश्वप्रसिद्ध वा ज्ञानी कुनै पनि जीवित छैनन् | तिनको सम्झनामा मात्र छ | श्राद्ध गर्नेहरूलाई थाहा छ - पिता, पितामह (हजुर वा) प्रपितामह (जिजुहजुरवा) यी तीन पुस्ताको सम्झना गरिन्छ, तेस अगाडीका को नाम लिनु पर्ने व्यबस्था नै छैन |

खुसीको खेत -१

लारा र रानिकोट भन्ज्याङ

खुसी मनको अवस्था हो | खेत शब्द संस्कृतको क्षेत्रबाट अपभ्रस भएर बनेको हो | खुसी कस्तो खेतमा राम्ररी सप्रिन्छ ? उत्तर सजिलो छैन | तर जसले शरीरको तहमा खुसी खोजिरहेका छन्, तिनलाई खेतको ज्ञान छैन | सुख शरीरमा फल्छ | खुसी मनमा हुर्किन्छ | आनन्द आत्माको गहिराईमा सप्रिन्छ | शरीरले सुख चाहन्छ | मनले खुसी खोज्छ | आत्मा आनन्दमा रमाउँछ | तेसैले सुखको खेत शरीर हो, खुसीको खेत मन हो भने आनन्दको खेतचाहिं आत्मा हो |

२७ वर्षीय लारा अमेरिकामा हुर्किन, पढिन् | ठूलो अन्तराष्ट्रिय कम्पनिमा काम गर्छिन् | विश्वका धेरैजसो मुलुक घुमेकी छन् | विश्वका धेरै संस्कृतिका भोजनहरू र मान्छेसंग सङ्गत गरेकी छन् | तर उनको घुमाई, उनको अनुभव तथा महङ्गा होटलहरूको रहनसहनले न सुख मिल्यो न मनमा खुसीको संचार नै भयो | ठूलो जिम्मेवारीले सुखका साधनहरूको "लत" बढायो | जतिजति सुखका साधनहरू प्राप्त भए तेतितेतिनै सुख नपुग भएको अनुभव बढ्यो |
उनी प्रकृति देखि धेरै टाढा भइन् | आफन्तले उनको मन देख्न र पढ्न छोडे | सबैले उनको अप्राकृतिक जीवन दिने "डलर"लाई महत्व दिन थाले | उनको सुख उनका लागि नै उकुसमुकुसको कारण बन्न थाल्यो | शरीरले भौतिक सुखहरू प्राप्त गर्दा पनि मन "शान्त, संस्कृत र जीवन्त" भएन | विश्व सुन्दर देखिन छाड्यो | मान्छे रमाइला देखिन छाडे | आफु अप्राकृतिक (Artificial) जालोमा थुनिएको अनुभव हुन थाल्यो |
मानसिक खुसी खोज्दै होइन कामको सिलसिलामा उनी नेपालमा थिइन् | उपाध्यायसंग कामकै सिलसिलामामा भेट भयो | एउटा शनिवार काठमाडौँका भन्ज्याङ घुम्ने निधो भयो | विहानै भक्तपुरको डोलेश्वर हुँदै रानीकोट पुगियो | भन्ज्याङबाट खुलेका हिमालहरू, प्रकृतिमा घोलिएको काँचो माटोको सुगन्ध, गरिव तर सुसंस्कृत स्थानीयहरूको निर्दोष मुस्कान, प्राकृतिक फापरको खाना र कुनै पनि देखावटीपन रहित व्यबहार पाएर उनको मन तृप्त भयो | उनी जीवनमा तेस्रो पटक सबैभन्दा बढी खुसी भइन् |
मान्छे पनि अचम्मको प्राणी हो | उ ज्यादै दुखी हुँदा होस् वा खुसी हुँदा, यो पोख्न चाहन्छ | उसका आँखाबाट भल बनेर सुखदु:ख पोखिन्छ | उनी खुवै रोइन | यो रुवाईबाट बगेका आँसुका भलमा जताततै मानसिक खुसी पोखिएको थियो | उनी रानिकोट भन्ज्याङको "हाइल्याण्ड"मा पाँच दिन बिश्राम गरिन् | रानीकोटको जङ्गलमा प्रकृतिसंग रमिन् | विहानैको घामले उनको मनलाई उज्यालो पार्यो | बाघभैरवले उनका ग्रह शान्त पारे | भोटे-भोटेनीको निर्दोष मुस्क्यानबाट उनीले डलरवाहिर लुकेको खुसीलाई बुझ्न सकिन् |
नेपालका हरेक डाँडाकाँडा, भन्ज्याङ, पोखरी, पौवा, संस्कृति, भाषा, पहाड, हिमाल, तराई र मान्छेका बिचमा खुसीको खेती हुन्छ भनेर राम सुन्दर बंकेले न बोलेको भए मैले "सुखको खेत" नेपालका असंख्य भन्ज्याङहरूमा लटरम्म फालिरहेको खुसीलाई बुझ्न सक्ने थिइन | नपत्याई, नपत्याई रानीकोट पुगेकी लाराको मनबाट खुसी छल्किएर आँखाबाट बग्ने थिएन |
तेसैले नेपाल विश्वको एकमात्र एस्तो देश हो जहाँ प्राकृतिक रूपमा खुसीको खेती हुन्छ | वास खेतसम्म तिमीले हिंडेर जानुपर्छ | तिमीभित्र पनि लारा नै लुकेकी छन्, त्यो लाराको मनलाई एकैछिन् भए पनि खुसीको खेतमा पुर्याउने दायित्व तिमीले पुरा गर |
स्वस्तिअस्तु

रीसको कथा

रीस एउटा प्राकृतिक अवस्था हो जसले आत्मरक्षा गर्न सहयोग गर्छ तर धेरैजसो रिसको प्रयोग आफ्नो र अर्काको हानिनोक्सानी गर्न प्रयोग हुन्छ | रीसको प्राकृतिक अवस्था र व्यबस्थालाई नबुझ्दा सनकादि ऋषिहरू (जुन सधैं छ वर्षको उमेरका बालक झैं निर्दोष र सरल रहन्छन् र ब्रह्माजीका प्रथम मानसिक सन्तान र मानवका सबैभन्दा पुराना पूर्खा हुन्) भगवान विष्णुको दिव्य वैकुण्ठमा प्रवेश गर्ने क्रममा रीसको प्रभावमा परे |

आफ्नो पद र दायित्वअनुसार सबैको संम्मान गर्न सिक्नुपर्छ | जयविजय भगवानका द्वारे हुन् | वैकुण्ठमा केवल पापरहित भगवानका भक्तहरूको मात्र निर्वाध प्रवेश हुन्छ भन्ने बुझ्दाबुझ्दै पनि ऋषिहरूलाई नग्न-बालक ठानेर भगवानको दर्शनबाट रोक्नु जयविजयको अनुचित कार्य थियो भने भगवानक सर्वोत्तम भक्त भएर पनि सनकादि ऋषिले रीसले भरिएर जयविजयलाई राक्षस बन्ने शाप दिनु पनि उचित थिएन |
रीसको घटना भैसकेपछि जयविजय र सनकादि ऋषि दूवै पक्षले आफुले गरेको गल्ती स्वीकार गरेका छन् | यसको अर्थ हो रीसलाई ठीक तवरले बुझ्न सकिएन भने जस्तोसुकै व्यक्तिका लागि विध्वंसक हुन सक्छ | तेसैले रीसलाई सामान्य ठान्नु हुँदैन | रीसले सबैभन्दा पहिले आफैलाई नोक्सान गर्छ भने त्यसपछि अन्यलाई | रीसलाई व्यबस्थापन गर्ने सबैभन्दा उचित तरिका "रीस"को घटना घटिसकेपछि सम्बन्धित पक्षले आत्मालोचना गर्नुनै हो | जयविजय र सनकादि ऋषिहरूले यही गरेका छन् | यहाँ एउटा तत्थ्य प्रष्ट हुन्छ कि रीस एस्तो प्राकृतिक अवस्था हो जुन वैकुण्ठमा पनि संगै हुन सक्छ तेसैले "ममा क्रोध छैन" भन्ने भ्रम कसैले पनि नपाले हुन्छ |
स्वस्तिअस्तु

अनुचित सेक्सको कथा

श्रीमद्भागवतका अनुसार यौनजन्य क्रियाकलापका माध्यमबाट मान्छेको जन्म आरम्भ भएको ब्रह्माका मानसिक सन्तान मनु र सतरुपाबाट भएको हो | मनु र सतरूपा सृष्टिको पहिलो राजारानी र सेक्सका माध्यमबाट सन्तान जन्माउने पहिलो जोडी थिए | वैदिक संस्कृतिमा सृष्टिकार्यमा सङ्लग्न हुनु सबैभन्दा पवित्र कर्म हो, यज्ञ हो | यो कार्य विधिवत् विवाह गरेका दम्पतिका लागि स्वीकृत छ | अविवाहितका लागि स्त्री-पुरुषका लागि सेक्स बर्जित मानिएको छ किनभने वैदिक यज्ञको अधिकार विवाहित दम्पतिका लागि मात्र हुन्छ |

जसरी हामीले कुनै यज्ञ गर्दा विधिविधानको पालन गर्छौं त्यसरी नै यौन (सेक्स)को विधान भनेको भगवानको विधानको पालन गर्दै आफ्नो बंश अगाडी बढाउनु हो | श्रीमद्भागवतको तेस्रो स्कन्धमा यस्तै अनुचित सेक्सको कथा आउँछ जहाँ विवाहित पतिपत्नी नै भए पनि देवी दितीले ऋषि कश्यपसंग निलज्ज भएर साँझको बखतमा सेक्सको याचना गर्नुभयो | ऋषिले अनुचित समयमा सेक्सको चाहना नगर्न अनुरोध गर्दा पनि दितीले मान्नुभएन | पतिधर्मको पालन गर्दा ऋषि कश्यपले यौनजन्य क्रिया गर्नुभयो |
अनुचित सेक्समा इन्द्रले अहिल्यासंग रुचि लिए | प्रतिफलमा उनको शरीर योनि (Vagina)ले भरियो | अनुचित सेक्सको चाहना गर्दा परशुरामकी आमा रेणुकाको ज्यान गयो | यसैगरी अनुचित सेक्सको चाहनाले शक्तिशाली तर परमविद्वान रावणको ज्यान गयो भने विश्वका निर्माता ब्रह्माले आफ्नै छोरी सरस्वतीसंग सेक्सको इच्छा गर्दा शरीर नै त्याग्नु पर्यो | पुराणहरूमा यस्ता थुप्रै प्रसंगहरू छन् जहाँ अनुचित सेक्स-डिमाण्ड र कर्मले मान्छेमात्र होइन देवताहरू पनि मासिएका छन् | आज पनि अनुचित सेक्सले निम्त्याउने समस्याहरू कम भएका छैनन् | अबैध सेक्स-सम्बन्ध, अनैतिक सेक्स-सम्बन्ध, शास्त्र बर्जित सेक्स-सम्बन्धले समाज र व्यक्ति रुग्ण बनेको छ |
इन्द्रको शरीरमा हजारबटा योनिहरू उम्रिएको कथा आजको समाजमा निकै फलिभूत भएको छ | नितान्त सृष्टि प्रयोजनका लागि प्राकृतिक रूपमा मान्छेले प्राप्त गरेको "सेक्स"लाई मिडियाको विषय बनाइदिंदा यसले उमेर नपुगेका र उमेरले नेटोकाटेका र विधिपूर्वक विवाह गरेर सृष्टिकर्ममा लागेका व्यक्तिहरूमा पनि सेक्स-भावना वा चाहना असीमित भएको छ | व्यापारीहरूले नारी शरीर र पुरुष शरीरलाई योनि तथा लिंगका रूपमा छताछुल्ल बनाएर सेक्स-क्रियालाई मर्यादा वाहिर निकालेका छन् | फलत: सेक्स-क्रियाका लागि विधान गरिएका नियमहरू तोडिएका छन् | साथै, सेक्स-का लागि तय गरिएका नियमहरूलाई तोड्नेहरू (सहमतिका नाममा) सेलेब्रेटी बन्न थालेका छन् | यसरी पुरुष होस् वा स्त्री सबैको मनभित्र स्थायी रूपमा हजारबटा योनि र लिंगको चाहना उब्जिएको छ | यदि कानुन नहुने हो भने हरेक स्त्री र पुरुष बलात्कारीका रूपमा रुपान्तरित हुने अवस्था सृजित भएको छ |
अनुचित समयमा, अनुचित तवरले पतिपत्नीका विचको यौनजन्य क्रियाकलापलाई शास्त्रमे नगर्नु भनेको छ | यदि कसैले शास्त्रीय मर्यादा तोडेर शारीरिक सुखका लागि मात्र (अनुचित समय, परिवेश, अनुचित व्यक्तिसंग) सेक्स गर्छन् भने हिरण्यक्ष ( धनसम्पत्तिमा मरिमेट्ने आँखा भएको) सन्तान जन्मन सक्छ | आजभोलीका सन्तानहरू प्रायजसो धनसम्पतिका लागि सबै थोक छोड्न सक्ने हुन्छन्, बुवाआमाले पनि राम्रो कमाउने सन्तान चाहना गर्छन्, प्रेम गर्ने होइन |
सत्य तीतो हुन्छ, जसरी समाजमा शास्त्रले स्थापित गरेका मान्यताहरू वाहिर गएर (विवाह नगरी, स्वगोत्रमा विवाह, शास्त्रले हुँदैन भन्ने अवस्थामा यौनजन्य क्रिया गर्ने) को बर्चश्व बढ्दै जाँदा विश्वको सम्पति आफ्नो होस् भन्ने मानसिकता भएका सन्तानहरू बढ्न थालेका छन् | आफ्ना आमाबुवा, दिदीबहिनी, गुरू वा मानवसहित पृथ्वीसंग प्रेम गर्ने मनको अभाव हुँदैछ

द्रव्यपिसाचको जन्म

म केटाकेटी हुँदा ज्यादै लोभी मान्छेलाई "द्रव्य पिसाच" भनेर सम्बोधन गरेको सुनेको थिएँ | यो संस्कृतको शब्द हो र गालीगलौजको प्रयोजनमा प्रयोग हुन्छ | द्रव्य पिसाच त्यो व्यक्ति हो जसले धन प्राप्ति र रक्षाका लागि जस्तोसुकै अनैतिक काम गर्न सक्छ | कश्यप ऋषि र दितीद्वारा (शास्त्रले निषेध गरेको समयमा) यौन कर्मद्वारा स्थापित गर्भबाट हिरण्यक्ष (जताततै सुन-सम्पत्ति मात्र देख्ने) हिरण्यकशिपु (सम्पूर्ण संसार नै सुनको होस्, परीधान पनि सुनका) दुई सन्तानको जन्म भयो |

ती मध्ये कान्छो हिरण्यक्षले पृथ्वीनै समुद्रमा लगेर लुकायो अर्थात् द्रव्य-पिसाचलाई सम्पूर्ण पृथ्वीको स्वामित्व प्राप्त हुँदा पनि असुरक्षित ठान्छ र त्यो लुकाएर राख्न चाहन्छ | द्रव्य-पिसाचसंग दया, माया, प्रेम, करूणाआदि सात्विक भाव हुँदैनन् | उ त्यस व्यक्तिसंग प्रेमको अभिनय गर्छ जुनबाट उसले धनप्राप्त गर्न सक्छ | यस्ता द्रव्य-पिसाचहरूको मृत्यु सधैं दु:खदायी नै हुन्छ किनभने वराह (सुँगुर) कुनै पनि अर्थमा सात्विक प्राणी होइन र उसको मृत्यु पनि वराहको दाह्राले थिचेर भएको थियो |
यहाँ एउटा कुरा प्रष्ट हुन्छ मान्छे जतिसुकै तपस्वी होस् (कश्यप जस्तो महान् तपस्वी) र जतिसुकै शक्तिशाली हो धर्मको उलंघन गरेर शास्त्रले हुँदैन भनेको अवस्थामा आफ्नै पत्नीसंग सेक्स गर्छ भने पनि उसबाट जन्मने सन्तानहरू "द्रव्य-पिसाच" नै हुन्छन् | आजभोली जसरी संसार "क्यापिटल"को वरिपरी घुमिरहेको छ, यसबाट एउटा साधारण व्यक्तिले पनि अनुमान लगाउन सक्छ कि समाज कसरी हिरण्यक्ष र हिरण्यकशिपुमा रुपान्तरित हुँदैछ |
आज हरेक मान्छेको प्राथमिकता "पैसा" बनेको छ र पैसा कमाएपछि सबै दायित्वहरू पुरा गर्न सकिन्छ भन्ने भ्रम बढ्दो छ | एक पटक कुनै मान्छेमा "द्रव्य कमाउने लत बस्छ" त्यसबाट फर्केर आउँदा धेरै ढिलो भैसकेको हुन्छ | मातापिता, श्रीमान्, श्रीमती, छोराछोरी, छिमेकी र कर्तव्यहरू अवसान भैसकेका हुन्छन् | द्रव्य आर्जन गरौँ तर द्रव्यपिसाच बन्ने अवस्थाबाट जोगिने प्रयत्न गरौँ |
मलाई थाहा छ कि धेरैजसो देहात्मवादी (शरीर शरीरबाट प्राप्त हुने सुख वाहेक संसारमा अन्य कुनै कर्तव्य छैन) धर्मपूर्वक दाम्पत्य धर्म (विधिपूर्वक विवाह गरेपछि मात्र यौनजन्य क्रियाकलाप गर्ने विधान) अन्धविश्वास लाग्न सक्छ | सत्य धेरैलाई पच्दैन र रमाइलो (रोमान्टिक) पनि हुँदैन | यो औषधि हो | सुन्न सक्ने, बुझ्न सक्ने र मनन गरेर धर्मको पालन गर्नेले मायालु सन्तान प्राप्त गर्छन् | यसलाई अन्धविश्वास ठान्नेको घरमा "हिरण्याक्ष जन्मिने छन् | मातापिताको मृत्यु हुँदा सन्तानबाट एउटा फूल पनि प्राप्त हुने छैन |
(श्रीमद्भागवत ३/१४-१८ अध्यायमा आधारित प्रसंग)

के महाकवि देवकोटा दार्शनिक थिए ?

१. दूई जना अध्येता प्रा.डा. दुर्गा प्रसाद अर्याल र गोविन्द शरण उपाध्यायले महाकवि देवकोटाका कृतिमा आधारित भएर दार्शनिक अध्ययन गरेका छन् | अर्यालले नेपाली विषयको विद्यावारिधि गरेका हुन् भने उपाध्यायले दर्शनशास्त्र विषयमा | विषयअनुसार दृष्टिकोण फरक हुनु स्वाभाविक हुन्छ | अर्यालले देवकोटाका कविताहरूमा दार्शनिकता खोज्ने प्रयत्न गरे भने उपाध्यायले विचारहरूमा दार्शनिक चिन्तन खोल्ने प्रयत्न गरे | उपाध्यायले देवकोटामा उठाएको दार्शनिक प्रश्न दार्शनिक दृष्टिकोणमा आधारित छन् भने अर्यालले उठाएका दार्शनिक प्रश्नहरू साहित्यसंग बढी नजिक छन् |

नेपाली समाजमा राजा पृथ्वीनारायण शाहपछि सबैभन्दा बढी देवत्वकरण गरिएका व्यक्ति देवकोटा नै हुन् | देवकोटाको गरिवी, उहाँको आशुकवित्व, राजनीतिक चेतना, सामाजिक दृष्टिकोण, बहुभाषाहरूको ज्ञान सहित उनको बहुलट्ठीपन पनि चर्चाको विषय बनेका छन् | पृथ्वीनारायण शाहलाई "हिन्दूवादी" मान्नेहरू र राजा महेन्द्रलाई "नेपाली भाषा थोपरेको" आरोप लगाउनेहरू देवकोटाको बहुव्यक्तित्वका आगाडी उनके आफ्नो मन्त्रित्वकालमा नेपाली भाषाको सन्दर्भमा गरेका निर्णयहरूमा सवाल खडा गरेर अलोप्रिय बन्न चाहन्नन् |
जव हामी दर्शनशास्त्रको कुरा गर्छौं हामीले दर्शनशास्त्रका आधारभूत प्रश्नहरू र क्षेत्रका विषयमा सही जानकारी प्राप्त गरेको हुनुपर्छ | देवकोटाका विशाल विचार भण्डारमा अनेकौं दार्शनिक प्रश्नहरूका उत्तर छन् तर के उनी दार्शनिक सिद्धान्तकार कहलाउन योग्य छन् त ? के देवकोटालाई "सिद्धान्तकार" भन्न मिल्छ त ? यो प्रश्नको वस्तुगत उत्तर खोज्नु आवश्यक पर्छ | देवकोटा पनि मान्छे नै हुन्, उनी देउता होइन | उनी सबैथोकका ज्ञाता पनि होइन | तर उनी त्यस बखतको नेपाली सामाजिक, सांस्कृतिक राजनैतिक परिवेश भन्दा ५० बर्षपछिको चेतना बोकेका मान्छे हुन् भन्न मिल्छ |
२, उनले आफ्नो जीवनकालमा लेखेका ६५४ बटा कविता, छ बटा महाकाव्य, (छ बटा प्रकाशित भएका छैनन्) ११ बटा निवन्ध (अंग्रेजी सहित) ४ बटा अनुवाद, २ बटा नाटक, अनेकौं खण्डकाव्यहरू, समालोचनाहरू प्रकाशित छन् र अझैं थुप्रै प्रकाशनको क्रममा छन् | सम्भवत: अझैं पनि केही खोज समेत भैसकेका छैनन् | सम्भवत: खोज हुन बाँकी लेखौटमा विशुद्ध दर्शनशास्त्र सम्बन्धित पुस्तक भेटियो भने अचम्म मान्नु पर्दैन | आफ्नो समय भन्दा ५० वर्षपछिको सोच राख्ने देवकोटा दर्शनशास्त्रका सिद्धान्तहरूसंग अपरिचित थिए भन्न मिल्दैन | मैले यहाँ दर्शनशास्त्र शब्दको प्रयोग "दर्शनशास्त्र भनेकै वैदिक, उपनिषदीय, पौराणिक, जैन, बौद्ध वा षड्दर्शन मात्र हुन्" भन्ने पूर्वाग्रह मुक्त भएर गरेको छु | धरती धेरै फैलिएको छ | सबै थोक भारतवर्षले देख्न सक्दैन |
नेपालको सामाजिक, सांस्कृतिक तथा धार्मिक स्वरूपमा दार्शनिक चेतना पानीमा नून मिसिएझैं अभिन्न छ | दर्शनशास्त्र र अन्य विधालाई फरकफरक अवस्थामा अध्ययन/अध्यापन गर्न अभ्यस्त पश्चिमा अनुसन्धानकर्ताको लागि नेपाली सांस्कृतिक तथा धार्मिक बनावटबाट दार्शनिक चेतना अलग्याउनु निकै मेहनत गर्नुपर्छ | एतिबिध्न हुँदा पनि नेपाली सामाजिक, सांस्कृतिक, धार्मिक चरित्रबाट दर्शनशास्त्रलाई टपक्क टिपेर अलग पार्ने कल्पना गर्न सकिन्न | यसको अर्थ, यहाँ दर्शनशास्त्रको स्वतन्त्र अस्तित्व छैन भन्ने पटक्कै होइन |धर्म, संस्कृति, राजनीति, सिद्धान्त तथा संस्कारहरू एकअर्कोमा अन्योश्रित भएको नाताले दर्शनशास्त्रलाई बुझ्न पनि समग्रको ज्ञान हुनैपर्छ | दूई फक्लेटे सत्यमा विकसित भएको चिन्तन-संस्कारका लागि नेपाली दर्शनशास्त्र सधैं "अपूर्ण, धर्मसंग टाँसिएको" हुन्छ | जुन सत्य होइन | देवकोटा यही समाजका उपज भएकोले उनका दार्शनिक चिन्तन पनि उनका सृजनामा छरिएर रहेका छन् |
देवकोटाको दार्शनिक चिन्तनलाई सुकरात, अरस्तु, प्लेटोको आँखाले हेरिनुपर्छ, देकार्त, ह्युम, कान्ट वा सात्रेको आँखाले बुझ्ने प्रयत्न गर्नुहुँदैन | यसैगरी देवकोटालाई आचार्य शङ्कर, निम्बार्क, रामानुज, उपनिषद तथा वेदका बहुआयामिक दृष्टिकोणले बुझ्ने प्रयत्न गर्नुपर्छ, सांख्य, योग, वेदान्त वा राधाकृष्णन्, अरविँदोका नजरियाले बुझ्न गाह्रो हुन्छ | देवकोटालाई पढेर मार्क्सवाद" ठान्ने, देवकोटालाई पढेर आध्यात्मवादी मान्ने, देवकोटालाई पढेर मानवतावादी मान्ने र देवकोटालाई केवल बग्दो नदीझैं निर्झर मान्ने सबै ठीक छन् | किनभने वैदिक संस्कृति र सभ्यतामा विकसित हुने सत्य बहुआयामिक नै हुन्छ | जुन देवकोटामा छरपष्ट छरिएको छ | सिमल्न धेरै बाँकी छ तर देवकोटालाई केवल प्रगतिवादी ठान्नेहरूले देवकोटाको अर्धसत्य बखान गरेझैं मानवतावादी तथा आध्यात्मवादीहरू पनि यही श्रेणीमा पर्छन् |
३. तेसो भए के देवकोटा दार्शनिक हुन् वा होइनन् ? यो प्रश्न आफैमा पूर्वाग्रह पूर्ण पश्चिमेली दार्शनिक दृष्टिकोणमा आधारित छ | देवकोटा निश्चय नै दार्शनिक सिद्धान्तकार होइनन् न उनले दर्शनशास्त्र विषयमा विद्यावारिधि नै गरेका छन् तर उनका रचनाहरूमा दर्शनशास्त्रको चेतना राइछाई छ | उनी नेपाली समाजका सशक्त बौद्धिक आवाज हुन् जसले प्रथमत: नेपाली भाषालाई वैश्विकस्तरमा उभ्याएका छन् भने यही भाषामा व्यक्ति भएका परम्परागत तथा आफ्ना समयको सङ्घारमा उभिएर बहुआयामिक रूपमा व्यक्त भएका छन् | उनको चिन्तनको परिधि एतिबिध्न विशाल छ कि खोज्नेले आफ्नो अभिरुची अनुसार खोजेको विषयवस्तु प्राप्त गर्छ | उनी विश्वविद्यालयमा दीक्षित दार्शनिक होइन तर दार्शनिकहरूलाई दृष्टिकोण दिने शक्तिशाली विचारक अवश्य हुन् |
नेपालका धेरैजसो विचारकहरू तिनथरिका राजनैतिक घेरामा बाँधिएरका छन् | यही साँघुरो घेराभित्र रहेर विचारकहरूको समीक्षा गरिन्छ | पहिलो र शक्तिशाली घेरा हो "प्रगतिशील" बर्गको | प्रगतिशील भनिए पनि धेरैजसो समालोचकहरूहरू मार्क्सवादी हुन्छन् | उनीहरूले हरेक "चिन्तन"लाई मार्क्सवादी दृष्टिकोणमा ढाल्ने प्रयत्न गर्छन् | आधुनिक मनिषीहरूको कुरा छोडौं, यिनीहरूले मार्क्सवादसंग गोरू बेचेको पनि सम्बन्ध नभएको वेदका चिन्तनमा पनि मार्क्सवाद खोज्छन् र "सेथिस, एन्टीथेसिस र सिन्थेसिस"को जामा पहिराई दिन्छन् | मूलत: मार्क्सवाद एउटा प्रभावशाली "राजनैतिक अर्थचिन्तन" हो तर मार्क्सवाद बैज्ञानिक दर्शनशास्त्र हो भन्दै हरेक ठाउँमा थोपर्ने प्रयत्न गर्छन् र प्रगतिवादको चस्मा तयार गर्छन् | देवकोटाको चिन्तनउपर पनि "प्रगतिवाद"को कोट पहिराउनेहरू थुप्रै छन् | समरकन्दको भाषण, सुलोचना महाकाव्यमा प्रस्तुत भएका केही कथन र अन्धविश्वासउपर उनको प्रहारलाई "प्रगतिवाद"का रूपमा प्रस्तुत गर्छन् |
दोश्रो प्रवृति समाजवाद (प्रजातन्त्रवादी)हरूको हो जसले देवकोटाका विचारहरूका आधारमा उनलाई "समाजवादी घोषित गर्छन् | तेस्रोधार, परम्परावादीहरूको हो जसले देबकोटालाई पूर्णतया वैदिक सनातन धर्मका विनम्र र प्रखर प्रस्तोताका रूपमा देख्छन् र त्यही रूपमा प्रस्तुत गर्छन् | मैले माथि उल्लेख नगरेको चौथोधार चाहिं मानवतावादको हो जुन देवकोटाको सरलमन र समयको आवश्यकताका कारण देवकोटाको सवल पक्ष भन्न मिल्छ तर यसो गर्दा पनि उहाँका "चिन्तन"मा न्याय हुनैसक्दैन | यस सम्बन्धमा अंग्रेजीका प्राध्यापक डा. पद्म प्रसाद देवकोटाले "द विच डक्टर" नामक अंग्रेजी निवन्ध संग्रहमा महाकविको सम्वन्धमा लेखेको तत्थ्य मनन गर्नुपर्ने देखिन्छ | प्राध्यापक पद्मप्रसादले लेखेका छन् "...देबकोटा नेपाली समाजमा प्रचलित अनेकौं अन्धविश्वास र कुरीतिका प्रवल विरोधी थिए | तर उनी नास्तिक थिएनन् | उनले सधैं नेपाली समाजमा व्याप्त रहेको अध्यात्मिक चेतनाको भौतिकतहमा विश्वास गरिरहे र वैज्ञानिक चिन्तन तथा व्यबहारप्रति समर्थन गरिरहे | उनले नेपाली मौलिक परम्परा र बैज्ञानिक चिन्तनको जोड़मा जीवनको अर्थ खोजे |"
४. परम्परावादीले देवकोटालाई अन्धविश्वासतिर डोर्याउने सम्भावना हुन्छ, प्रगतिवादीले देवकोटालाई कम्युनिस्टका रूपमा उभ्याउन खोजेको देखिन्छ, समाजवादीले धर्मनिरपेक्षवादको राजनीतिको कित्तामा उभ्याउने प्रयत्न गरेको बुझ्न सकिन्छ भने मानवतावादी धारहरूमा उपरोक्त चारैप्रकारका प्रवृत्तिहरू बुझ्न सकिन्छ | मेरो ठम्याई भने उपरोक्त सबै अतिवादका विपरित देवकोटा एउटा विनम्र तथा चिन्तनशील नागरिक हुन् जसले नेपाल र नेपालीको चहुर्दिश विकासको सपना देखे | उनले आफुले देखेको सपना प्रज्ञाप्रतिष्ठान, त्रिभुवन विश्व विद्यालय, नेपाली भाषालाई नेपालको पहिचानका तत्वका रूपमा स्थापित गरेर देखाए | उनी साधारण मान्छे नै थिए तर उनको चिन्तन "वाद. प्रतिवाद, विवाद"को पिंजडामा कैद थिएन | उनी जतिधेरै प्रगतिशील थिए त्यतिनै धेरै परम्परावादी पनि थिए | उनी जतिधेरै उदात्त चिन्तनका थिए तेतिनै धेरै स्वधर्म, संस्कृति तथा परम्पराका पक्षधर पनि थिए | उनले छुवाछुतको आलोचना गरे भने हत्यानै गर्ने भए पछि गाई हत्याको विपक्षमा विचार पनि दिए | साथै जनताको सर्वतोमुखी प्रगति र वैज्ञानिक विकासका लागि तत्कालीन सोभियतको साम्यवादका पक्षमा पनि उभिए |
लेखक तथा साहित्यकार सूर्य विक्रम ज्ञावलीले देवकोटाको प्रतिभालाई सम्मान गर्दै एउटा कार्यक्रममा "महाकवि" भन्दै सम्बोधन गरेको वाणी कालान्तरमा देवकोटाको एकल चिनारी बन्न पुग्यो | देवकोटा "महाकवि"को उपाधि कुनै विश्वविद्यालय, संघसंस्था वा सरकारबाट प्राप्त गरेका होइन | उनको "महाकवि" देशका जनताले सामुहिक रूपमा प्रदान गरेको प्रेमपूर्ण सम्मान हो | सायद यदि कुनै संघसंस्था वा सरकारले यो उपाधि दिएको भए, देवकोटाको व्यक्तित्व एतिबिध्न विशाल र स्वीकार्य हुने थिएन | भारतीय घुमन्ते विद्वान राहुल साँन्कृत्यायनले "पन्त, निराला र प्रसाद"को समवेत देवकोटा हुन्" भनेर गरेको प्रसंशा अर्थपूर्ण मान्नुपर्छ | भारतीयहरूले चानचुने अवस्थामा नेपाली विद्वानको सम्मानमा शब्द खर्च गरेको विरलै भेटिन्छ | भारतीय वाहेक आफ्ना छिमेकी मुलुकका प्रतिभाहरूको सम्मान गर्न गर्ने सवालमा भारतीय विद्वानहरू निकै कन्जुस्याइँ गर्छन् |
५. दर्शनशास्त्रका आफ्ना पूर्वस्थापित मान्यताहरू हुन्छन् | ती मान्यताहरूको फ्रेममा अटाउने गरि प्रेषित गरिएका विचारहरू दर्शनशास्त्रको श्रेणीमा पर्छन् | आजको समयमा अन्य शैक्षिक विषयवस्तुहरूले प्रगति गरेझैं दर्शनशास्त्रभित्र पनि अनेकौं नवीन विषयवस्तुहरूले स्थान पाएका छन् | यदि परम्परागत रूपमा भन्ने हो भने कुनै पनि विचारकको विचार "दर्शनशास्त्र" बन्न निम्नतम परमतत्वका विषयमा प्रश्न सोधिएको र उत्तर दिएको हुनुपर्छ | नैतिक-अनैतिक, शुभअशुभ, उचितअनुचित, राम्रो नराम्रो, मूल्यवान्, अमूल्य तथा मूल्यहीन विषयहरू वारे चर्चा गरिएको हुनुपर्छ | ज्ञानको उत्पत्ति, ज्ञानको कार्य र सीमाका विषयमा छलफल गरिएको हुनुपर्छ | प्रस्तुत गरिएको विचार तर्कका दृष्टिकोणले बैध हुनुपर्छ र स्वतन्त्रता, परतन्त्रताआदिका विषयमा चर्चा गरिएको हुनुपर्छ | बर्तमान समयमा दर्शनशास्त्रले विश्वको जुनसुकै विधाभित्र मूल्यको तत्थ्य उठान गर्न आरम्भ गरेको छ - मनोविज्ञानको दर्शन, बायोलोजीको दर्शन, विज्ञानको दर्शन, अर्थशास्त्रको दर्शन, राजनीतिको दर्शनआदिआदि |
उपरोक्त परम्परागत दार्शनिक प्रश्नहरू गर्ने र तिनको अर्थपूर्ण वा निरर्थक उत्तर खोज्ने मान्छे हो | तेसैले अहिलेको विश्वमा दर्शनशास्त्रको मानवतावादी धार पनि निकै तिखारिंदै गैरहेको छ | के देवकोटाका कृतिहरूमा तत्वमीमांसा, ज्ञान मीमांसा, नीति मीमांसा, तर्क मीमांसा तथा मानवीय मूल्यका विषयमा प्रश्नहरूको उठान र उत्तर उपलब्ध छन् त ? के देवकोटाका कृतिहरूमा उपरोक्त प्रश्नहरूको उत्तर खोज्ने प्रयत्न गरिएको छ त ? यी प्रश्नहरूको उत्तर यदि "छ"मा आउँछ भने देवकोटा दार्शनिक हुन्, यदि "छैन" भन्ने आउँछ भने देवकोटा विचारक, समाजसेवी, राजनीतिज्ञ, बैज्ञानिक त हुन सक्छन् तर दार्शनिक होइन | निश्चयनै देवकोटा विश्वविद्यालयबाट दर्शनशास्त्रको डिग्री प्राप्त गरेका हिगल, राधाकृष्णन् वा रसेलजस्ता दार्शनिक त होइनन् तर उनले आफ्ना कृतिहरूमा उपरोक्त दर्शनशास्त्रका आधारभूत प्रश्नहरूको उत्तर दिएको हुँदा उनी दार्शनिक कवि, समाजसुधारक, राजनीतिज्ञ तथा चिन्तक अवश्य हुन् |
६. देवकोटाका कृतिहरूमा दर्शनशास्त्र राइछाई छ | यसको प्रमुख कारण उनको आफ्नो पृष्ठभूमि नै हो | विदेशी दार्शनिकहरूले नेपालीहरूको आलोचना गर्ने प्रमुख विषय नै "हिन्दूहरूको दार्शनिकता विहान उठेपछि र गहिरो निन्द्रामा नपरेसम्म चलिनै रहन्छ | मृत्युपछि पनि दार्शनिक चेतनाको अन्त्य हुँदैन - भन्ने प्रकारको हुन्छ | देबकोटाको जन्म एउटा परम्परागत पण्डित परम्परामा भएको धार्मिक जीवनशैलीमा रमिएको थियो | उनी सर्वप्रथम स्वसंस्कृति पक्षका दार्शनिक हुन् | यो तत्थ्य लक्ष्मी निवन्ध सङ्ग्रहको "पांचबटा चाहिमे कुरा नामक निवन्धको उठान गर्दै देवकोटाले "दूनियाँमा पाँचौटा चाहिने कुराहरू छन् - ईश्वर, आत्मा, स्वर्ग, नर्क र धर्म | यो उनको अन्तिम सत्य पनि हो किनभने आर्यघाटमा भारतीय अंग्रेजी साहित्यकार डोम मोरेललाई भेट्दा उनले "तिनीहरूले मलाई वामपन्थी भने, किन भने म रूस गएँ | म सिर्फ एक कविमात्र थिएँ, मेरा लागि प्रार्थना गर्नुहोस् म मर्न सकूँ | म नर्कको कुण्डमा गएँ भने यस्भन्द्दा वेस हुन्छ | म नेपाली लेखकहरूमध्येको अति अभागी लेखक हुँ" भनेर गुनासो गरेको कुरा महाकवि देवकोटा (पेज-४५)मा नरेन्द्रनाथ प्रसाईंले उल्लेख गरेका छन् |
यसको अर्थ उनी प्रगतिशील लेखक, चिन्तक थिएनन् भन्ने पटक्कै होइन | उनी कम्म्युनिस्ट प्रगतिशील थिएनन् यो प्रष्ट छ | प्रगतिशील हुनका लागि कम्म्युनिस्ट नै हुनुपर्छ भन्ने केही छैन | देवकोटाले नेपालको विकास, प्रगति तथा उत्थानका सवालमा साम्यवादी चिन्तन र सामुहिक सक्रियतालाई मन पराए र मन पराएको कुरा स्वच्छन्द रूपमा लेखे | खण्डकाव्य, महाकाव्य, निवन्ध, कविता, उपन्यास तथा फुटकर रचनाहरूमा पनि देवकोटाको मौलिक संस्कृति र संस्कृत-साहित्यमा रहेको लालित्य तथा चिन्तनप्रति गहिरो अनुराग पढ्न, बुझ्न र देख्न सकिन्छ |

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...