Friday, February 4, 2022

गयासुद्दीन र पर्वत

नालन्दा-तक्षशीला, पर्वत र गयासुद्दीन तुगलक
पश्चिमाहरूको इतिहासका भर परेर धेरैजसो नेपाली बौद्ध र तथाकथित विदेशीहरूले आफ्नो फाइदाका लागि विज्ञ भनेर किनेका नेपाली मूलका विद्वानहरूले सन् ८०० तिर श्रीशंकराचार्यले काठमाडौँका बौद्धहरूलाई पराजित गरेर बौद्ध-पुस्तकालयमा आगो लगाएर बौद्धहरूको बर्चश्व मासेका थिए भन्ने आरोप लगाउँछन् |

बास्तविक तत्थ्य के हो भने भारतको तक्षशीला र नालन्दाका विश्वविद्यालयहरूमा आक्रमण गरेर मोहम्मद गजनवीले सबै थोक नष्ट पारेको थियो | तेसै बखत केही श्रमण र ब्राह्मणहरूले आफुले सक्ने हस्तलिखित कितावहरू बोकेर भाग्ने क्रममा गण्डकी बेसिनको प्रयोग गरेका थिए |

तेस बखत भारतेली तीर्थालुहरू शालीग्राम खोज्न र मुक्तिनाथको दर्शन गर्न जान्थे | गण्डकीको खोंचमा भएको हुँदा मुस्लिम आक्रमणकारी बाट सबैभन्दा सुरक्षित रहेको ठानी श्रमण र ब्राह्मणहरूले गण्डकी-बेसीन अर्थात् हालको पाल्पा, पर्वत, वाग्लुंग तथा म्याग्दी क्षेत्रलाई शास्त्रहरूको सुरक्षा गर्ने र तेसको शिक्षा दिने काम गरेका थिए |

त्यसमा पनि पर्वतमा रहेका ठूलाठूला फाँटहरू र त्यहाँ फाल्ने अन्नले तिनलाई सघाएको हो | पर्वतेली मल्ल राजाहरू आफैमा संस्कृतका प्रेमी तथा विद्वान भएको नाताले पनि भागेर आएका विद्वानहरूले त्यहाँ सजिलैसंग आश्रय पाएको हुन्छ | खासगरी, पैयुँ, बिहादी, मोदीवेणी, वेनी, ग्यादी, पांग, बलेवाआदि क्षेत्रहरू संस्कृत विद्याका लागि निकै प्रसिद्ध थिए |

पछि, काठमाडौँ उपत्यकातिर यहीं बाट पुस्तकहरू बोकेर विद्वानहरू गएको र चारैतिरबाट पर्वतले घेरेको हुँदा यसलाई सुरक्षित ठानेर पुस्तकहरू पशुपति, पाटनमा पुस्तकालय बनाएर विद्याको प्रचार गरेको भन्ने मत अनुसन्धाता डा. लक्ष्मी खतिवडाको रहेको छ |

यहाँ मैले उल्लेख गर्नैपर्छ कि काठमाडौँका पुस्तकालयहरू जलाउने काम सन् १३०० तिर बङ्गालको मुस्लिम आक्रमणकारी गयासुद्द्दीन तुगलकले गरेको हो | उसले त्यस बखत पुस्तकालय आगो लगाएको र ती पुस्तकालयहरू २८ दिनसम्म जलिरहेको व्योहोरा इतिहासले प्रमाणित गरेको हो |

गयासुद्दीनले बौद्ध-चैत्य तथा मन्दिरहरू भत्काएर सुन, हिरामोती लुकेको थियो र तेसै बखत पशुपतिनाथको लिंगसमेत तोडेको थियो | हाल पशुपतिनाथको लिंग पुननिर्मित हो भन्ने विद्वानहरूको मत छ | आचार्य शंकरलाई दोष दिनेहरू विदेशीहरूका दास हुन् अथवा अबुझ हुन् |

दुखको कुरो त के भने नालन्दा र तक्षशीलाबाट ज्यानको माया समेत नगरी श्रमण तथा ब्राह्मणहरूले गण्डकीको खोंच (पर्वत)मा जोगाएको शास्त्रलाई मुस्लिम आक्रमणकारी गयासुद्दीनले काठमाडौंमा जलायो | तेसमा बौद्ध-साहित्यमात्र होइन पाली, संस्कृत (हिन्दू) ग्रन्थ पनि जलेर खरानी भए | अल्पज्ञहरूले तेसको दोष आचार्य शंकरलाई दिंदैछन् जसको विषयमा कुनै पनि काठमाडौँ उपत्यकाका बज्रयानी विद्वानहरूले उल्लेख गरेको भेटिन्न | तेस्तो छ भने प्रमाण देखाउन चुनौती दिन्छु |

तक्षशीला र नालन्दाबाट बोकेर ल्याएका बौद्ध, जैन तथा हिन्दू ग्रन्थहरू नेपाली कागजमा उतार्ने काम पर्वतका विद्वानहरूले गरेकोले सबै साहित्य काठमाण्डौमा मात्र खुम्चिनु परेन | पर्वतेली विद्वानहरूका घरमा ती सुरक्षित रहे र पुन: वि.स. १६०० तिर पुन: काठमाडौंका पुस्तकालयमा पुस्तकहरू एकत्रित भए | तर सबै पुस्तकहरू गण्डकी-मैदानबाट आएका हुन् भन्न सकिन्न |

तै भएर होला, स्वामी प्रपन्नाचार्यले पर्वतलाई दोस्रो "काशी" सम्बोधन गरे | आज पर्वतमा संस्कृतका केन्द्र छैनन् तर पर्वतेली विद्वान् डा.रेग्मीका अनुसार २०२८ साल,मा पर्वतमा ४८ बटा मा.वि. थिए जवकि छिमेकी बाग्लुंग जिल्लामा केवल ९ बटा | एसले पनि पर्वत सधैं विद्याको क्षेत्रमा अग्रणी रहेको तत्थ्य प्रमाणित हुन्छ | पर्वतले सनातनी त बौद्धहरूको संरक्षणमा ठूलो गुण लगाएको छ |

पर्वतेलीहरूले (बाग्लुङ, स्यांग्जा, गुल्मी, कास्की, अर्गाखाँची, म्याग्दी) आफ्नो यो गौरवपूर्ण इतिहासको रक्षा गर्न पहल गर्नुपर्छ | कर्मकाण्डी हिसावले होइन एउटा अनुसन्धाताका रूपमा यी क्षेत्रमा लेखिएका र सुरक्षित गरिएका प्राचीन पाली तथा संस्कृत साहित्यको खोज तथा प्रकाशनतिर अग्रसर हुनुपर्छ | तेसै पनि प्रकृतिले पर्वतलाई नेपालको मध्यविन्दूमा पारेको छ भने नक्सा पनि झन्डै नेपालसंग मिल्दो छ | एस्तै इतिहास अन्य क्षेत्रको हुनसक्छ तिनको खोज गर्नुपर्छ |

आज पनि पर्वतका गण्डकीको काखमा फैलिएका पर्वतका फाँटहरू विश्वविद्यालय स्थापनाका लागि सबैभन्दा उत्तम छन् र पर्वतेलीहरूको प्राचीन इतिहासले समेत पर्वतले विश्वभरी ज्ञानको नेतृत्व गर्न सक्छ भन्ने साहस दिन्छ | अवको पालो आफ्नो गौरव चिन्ने र त्यो गौरवस्थापित गर्न पर्वतलाई पुन: विद्याको केन्द्र बनाउनेतिर पहल गर्नुपर्छ |

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...