Monday, September 12, 2016

नेता निर्माण गर्ने दिवस अर्थात् गणेश चतुर्थी...

ऋग्वेदमा गणेशको प्रसंग छ | गणका नेता तिमी हौँ, धनका स्वामी तिमी, सबैका तिमी प्रिय छौं, सबैको नेताका रुपमा हामीतिम्रो नमन गर्छौं - ऋग्वेदले गणपति अर्थात् आफ्नो नेताको आराधना गरेको यही मन्त्र हो |

श्रीगणपतिले शिवपार्वतीको कृपाले नेतृत्व प्राप्त गरेका हुन् | कुमार तथा गणेशको नेतृत्वका लागि झगडा पर्यो | गणेशले शिव अर्थात् शान्ति तथा पार्वती अर्थात् शक्तिको परिक्रमा गरे | शान्ति र क्रान्तिमा संयोजन गरे | शान्ति र क्रान्तिको संयोजन गर्न सकेकोमा नेतृत्व प्राप्त गरे |

मान्छे अस्थिर तथा अधीर हुन्छ | हात्ती शान्त हुन्छ | धीर हुन्छ | गणेशको शिर हातीको छ | नेता हात्ती झैँ शान्त र धीर हुनु पर्छ | शरीर मान्छेको छ | नेता मान्छे झैँ छरितो हुनुपर्छ |

कुनै पनि नेतृत्व सरल र सहज परिस्थितिमा विकसित हुन्छ | शिव मसानवासी छन् | अकिंचन र खरानी धारण गर्छन् | शान्त तर क्रोधी छन् | बाहन गोरू पनि सिधासाधा तथा परिश्रमी छ | विषधारी सर्प शिवका गहना हुन् |

पार्वती सर्वसुन्दर छन् | क्रान्तिकारी, परिवर्तनशील तथा अशान्त छन् | सर्वग्राही छन् | सर्वप्रिय छन् | मोहक छन् | संयोजक छन् | तर डर लाग्दो बाघ अम्विकाको बाहन हो |

कुमार शिवपार्वतीका पहिलो सन्तान हुन् | उनी आक्रामक छन् | उनी अधीर छन् तर विद्वान पनि छन् | उनी महत्वकांक्षी छन् | नेतृत्वका लागि लालायित छन् | मयुर यिनको बाहन हो |

गणेश शान्त छन् | सत्याग्रही छन् | सरल तथा दयालु छन् | कुनै पनि कार्य विचार नगरी गर्दैनन् | यिनमा निर्णय लिने क्षमता छ | मुसोको सवारी गर्छन् |

शिव असुन्दर छन्, अशुद्ध छन् | अम्विका सुन्दर छन्, स्वच्छ छन् | जाडोमा घर छ | चिताको धुवामा बस्न अभ्यस्त छन् | मूसो र सर्प मिल्दैनन् | बाघ र गोरुको बीच शत्रुतापूर्ण सम्वन्ध छ | मयुर र सर्पले एकअर्कालाई देख्न सक्दैनन् | सर्पले मुसो देख्न सक्दैन | नेत्तृत्व यस्तै विपरित परिस्थितिमा विकसित हुन्छ |

विषम परिस्थितिलाई सहयोगी बनाउने गुण नेतामा हुन्छ | गणेश नेता हुन् किनभने यिनमा विषमता र समतासंग सहकार्य गर्ने गजवको क्षमता छन् | नेताको जात्रा निकालिन्छ | त्यसैले श्रीगणेशको जात्रा निकालिन्छ |

विश्वले गणेशोत्सवलाई 'विश्व नेत्तृत्व सृजना दिवस'का रूपमा मनाउनु पर्छ | यो प्राचीनतम नेतृत्व सिर्जनाको सिद्धान्त हो | यो गणेश चतुर्थीले हमील नेपालीवीच आफ्नै जरोकिलोलाई माया गर्ने नेत्तृत्वको विकास गर्ने छ | नेपाली 'जरोकिलो'लाई माया गर्ने नेत्तृत्व जन्माउने छ |

धर्मपरिवर्तनको दोषी सरकारी नीति

आज एकजना मित्रले सोध्नु भएको प्रश्न अत्यन्त सान्दर्भिक लाग्यो | एकजना फेसबुक मित्र दुर्गा प्रसाद पराजुली सोध्नु हुन्छ - इसाईमा गएका हिन्दूहरूलाई पुन: हिन्दू सनातनधर्ममा कसरी बुझाएर फर्काउन सकिन्छ ?

यो सवालका दूईवटा पाटा छन् (अ) एउटा व्यक्तिले हिन्दू सनातन धर्म छोडेर किन किन इसाई बन्नुपर्यो ? (२) इसाई बनिसकेपछि पुन: हिन्दूधर्ममा स्थापित गर्न हामी हिन्दूहरूले के गर्नु पर्छ ? र त्यसको शास्त्रीय प्रक्रिया के हो ?

पहिलो सवालका सम्वन्धमा, नेपालमा भएकाअधिकाशं धर्मपरिवर्तन सम्वन्धि घटनाहरू लोभ, लालच तथा प्रलोभनका कारण भए/गरेका छन् | धर्म परिवर्तन गर्नेहरू सबै वर्गका छन् | सबैजाति'का छन् | त्यैपनि दलित, आदिवासी जनजातिहरूले बढी धर्म परिवर्तन गरेको देखिन्छ | गरिवी, अशिक्षा तथा दलित तथा गैरदलितवाद धर्मपरिवर्तनका प्रमुख कारण हुन्  भन्न सकिन्छ | यद्यपि गरिवी, दलित तथा एउटा वा केही जाति विशेषहरूलाई  मात्र  दोष दिन पक्कै  मिल्दैन |

सरकारी नीतिहरू दोषी छन्
मेरा अनुसन्धानहरूले नेपालमा धर्मपरिवर्तनको प्रमुख दोषी सरकार हो | सरकारले अवलम्वन गरेका नीतिहरूका कारण देशले धर्मपरिवर्तनको ‘प्लेग’ भोगिरहेको छ | यदि गरिवी, अशिक्षा तथा दलितगैरदलितको विभेदले धर्म परिवर्तन बढेको भए पोखराको रामघाटमा देशको पहिलो चर्च स्थापित (२००४) भएको थियो | तर पनि २०४६ साल सम्म इसाईहरूले खासै प्रगति गर्न सकेनन् | युनाइटेड नेशनल टू नेपाल नामक संस्था तथा जेवियर कलेजका माध्यमबाट स्वास्थ्य तथा शिक्षामा कब्जा जमाउने प्रयत्नशील रहे पनि ती सफल भएनन् |  

२०४६ सालको राजनैतिक परिवर्तनले संविधानमा हिन्दूराष्ट्र लेखिए पनि अघोषित रूपमा सरकारले धर्मपरिवर्तनकारी शक्तिहरूलाई खुला गरिदियो | समाज सेवाको आवरणमा जुनसुकै विदेशी संस्था वा व्यक्तिहरूलाई गाउँगाउँ शहरशहर पसेर चर्च बनाउने, बाइबल बाड्ने, दलितहरूसंग गैरदलितहरूको फाटो बढाउने, आदिवासी जनजातिहरूमा  हिन्दूधर्म तथा बाहुनक्षेत्रीप्रति घृणा उत्पन्न गर्ने काम खुलेआम भयो |

अर्थ तथा शिक्षामन्त्रालयका तथ्यांकहरू
अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकका आर्थिक सूचकांक तथा शिक्षामन्त्रलयका सूचकांक अध्यायन गर्ने हो भने जोसुकैले पनि सजिलै बुझ्न सक्छ कि नेपालमा २०४६ भन्दा पहिला आजभन्दा बढी अशिक्षा थियो, गरिवी थियो र दलित तथा गैरदलितहरूविच छुवाछुतको समस्या पनि बढी नै थियो | वि.स. २००४ देखि २०४६को अवधिमामा केवल ४० हजार व्यक्तिहरूमात्र इसाई बने जवकि इसाईहरूको अन्तर्राष्ट्रिय संस्था जहोस ट्रस्टको तथ्यांकअनुसारलाई सत्य मान्ने हो भने वि.स. २०४७ देखि २०७२ को अवधिमा २५ लाख नेपालीहरू इसाई बनेका छन् | सन् २०११ को जनसंख्यामा  इसाईहरू कूल जनसंख्याको १.५% प्रतिनिधित्व गर्छन् | यी इसाईहरू भारत, अमेरिका वा बेलायतबाट घरबसाई सरेर नेपाल छिरेका होइनन् | यी सबै नेपाली नै हुन् | 

गरिवी धर्मपरिवर्तनको कारण होइन !!
यही अवधिमा नेपालली आर्थिकस्तर बढेर १ सय अमेरिकी डलर देखि ९०० डलर पुगेको छ, शिक्षाको दर बढेर ५% देखि लगभग ७३% पुगेको छ भने छुवाछुतको भावना पनि निकै कम भएको छ |  धनि, शिक्षित तथा दलित तथा गैरदलितविचको सम्वन्ध निकै उचाईमा पुगिरहेको अवस्थामा ४० हजारदेखि एकै चोटी २५ लाख नेपालीहरूले धर्मपरिवर्तन गर्नुमा सरकारी नीतिनै जिम्मेदार छन् | नेपालको धर्म, संस्कृति तथा सभ्यता जोगाउने दायित्व लिएका सरकारहरू आफ्नो दायित्वच्यूत भएका छन् |    

राजनैतिक पार्टीहरूले त्यो ‘जातीय घृणा एवं धार्मिक सनातन हिन्दू तथा बौद्धधर्म प्रति गरिएका/ फैलाइएका बितृष्णा’हरूलाई ‘पहिचान’को आवरणमा स्वामित्व ग्रहण गरे | धर्मपरिवर्तनकारी शक्तिहरूले धर्मका लागि जातीय तथा क्षेत्रीय  मुद्दाहरूमा समर्थन गरे | यो समर्थनले राजनैतिक दलहरूको ध्यान जातीय संस्था स्थापित गर्न केन्द्रीय भयो | इसाईहरूले यही घृणाको राजनैतिक अवसर छोपेर धमाधम धर्मपरीवर्तनको काम, योजना, जनशक्तिआदिको सृजना गरे | 

राजनैतिक दलहरूले बेइमान गरे कि ?
हामी सबै नेपालीहरूले अनुभव गरेका छौँ – नेपालका राजनैतिक पार्टीहरूका क्रियाकलापहरू पारदर्शी छैनन् | विभिन्न कित्तामा राजनीति हुनु स्वाभाविक हो | तर देश, संस्कृति तथा राष्ट्रिय पहिचान एवं महत्वका सवालमा सबै राजनैतिक पार्टीहरू चरम ढुलमुले देखिदैं आएका छन् | जनताको नाममा ‘पेट-भने’ प्रवृति बढेको छ | जानेर होस् वा नजानेर अथवा डरकर, त्रास, प्रलोभनका कारण नेपालको धर्म, सांस्कृतिक स्वरूप तथा मौलिकता जोगाउने विषयमा राजनीति चुकेको छ | स-साना संघसंस्थाहरूले समेत नेतृत्वलाई ‘ब्लेकमेल’ गर्ने हैसियत प्राप्त गरेका छन् | नेताहरू सामान्य नागरिकको तुलनामा बढी ‘प्रभावित’ हुँदा हामी नेपालीहरूले आफ्नो मौलिकता गुमाईरहेका छौँ |

संविधान घोषणा अगाडी गरिएको मत सर्वेक्षणमा जनताले “नेपाललाई हिन्दूराष्ट्र बनाऊ” भन्ने स्पष्ट आदेश दिंदा पनि नेतृत्वले बेइमानी गरेकै हुन् | यो बेइमानीको बीऊ नेपाल होइन | सत्य बदलिंदैन, राजनैतिक नेतृत्वले गरेको बेइमानीको स्वामित्व सबैदलका अनुयायीहरूले समेत लिनुपर्छ | यसरी धर्मपरिवर्तनलाई मलजल गरेको दोष हामीले पनि अगाल्नु पर्छ |   

धर्मपरिवर्तन स्वेच्छाले होइन करले भएको छ ?
धेरै राजनैतिक दलका नेताहरूमात्र म पनि भन्छु, धर्म व्यक्तिगत स्वतन्त्रताको विषय हो र हुनुपर्छ | धर्मजस्तो संवेदनशील विषयसंग खेलवाड गरिनु हुँदैन | तर नेपालमा धर्मपरिवर्तन गर्ने/गराउने काम स्वेच्छिक छैन | लोभीपापी राजनैतिक नेतृत्व र कमजोर प्रशासनले नेपालीलाई डुबाएको छ | यी सबैको कारण भ्रष्टाचार हो | इसाईहरू भन्छन् : नेपालीहरू स्वेच्छाले, बुझेर पढेर इसाई बनेका हुन् | तर चेपांगजस्ता ७९% अशिक्षित, गरिव तथा गैरदलित समुदाय कसरी र किन इसाई बन्दैछन् ? जवाफ स्पष्ट छ – लोभ, लालच तथा डरकरले !!

लोभ धर्मपरिवर्तनको कारण हो
मैले चेपांग आदिवासीको कुरा उठाएको छु | चेपांगहरू मकवानपुर र चितवनमा बढी छन् | उनीहरूको जीवनशैली आज पनि अर्ध जंगली छ | नेपालभरी यिनको जनसंख्या ८५ हजारजति छ | यी मध्ये ६५% चेपांगहरू इसाई भैसकेका छन् | के अशिक्षित तथा गरीव चेपांगहरू बाइबल पढेर, बुझेर तथा स्वविवेकले इसाई भएका हुन् त ? कदापि होइन | सरकारी नीतिको कमजोरीका कारण इसाईहरू उनको घरघरमा पुगेर प्रलोभन दिएर इसाई बनाएका हुन् | साचो भन्ने हो भने लोभ, लालच तथा स्वास्थ्य सुविधाहरूको प्रलोभनका कारण इसाई वनाइएका हुन् | समय मै सरकारके यी आदिवासीहरूको समुचित विकासमा ध्यान पुर्याएको भए ६५% चेपांगहरू धर्मपरिवर्तनको घिनलाग्दो भुमरीबाट सधैंका लागि जोगिन सक्थे |

दलित समुदाय होस् वा गैरजातीय आदिवासी समुदाय सबैमा इसाईहरू झोलाभरी पैसा र मनभरी लालच बोकेर घरघर पुगिरहेका छन् | हालै झापामा पक्राउ परेका अमेरिकन चिकित्सकको बयानले यो कुरा पुष्टी गरेको छ | मैले भन्नैपर्छ केही चरमलोभी बाहुनहरूले एस्तो अपराध गरिरहेका छन् | बाहुनसमुदायबाट इसाई बनेका लोभीहरूको समुदायले बाइबल बोकेर पुरोहित्याई गरिरहेको छ | आफ्नो धर्म तथा संस्कृतिलाई कमजोर बनाउने काम गरिरहेका छन् | यी तालिवान भन्दा खतरनाक छन् |  

के मान्छेहरू केवल इसाईमात्र बनिरहेका छन् ?
होइन, यो हाम्रो अपूरो विश्लेषण हो | अपुरो बुझाई हो | नेपालमा इसाईहरूले मात्र धर्मपरिवर्तनको काम गरिरहेका छन् भन्नु आधा सत्य हो | पूर्णसत्य के हो भने विभिन्न मुस्लिम, चाइनिज तथा जापानिज बौद्ध, बहाईआदि समुदाय पनि नेपालीहरूको धर्म परिवर्तन गर्न कम्मर कसेर लागेका छन् | मलेसीया तथा खाडीमा काम गर्न गएका नेपालीहरू पनि धर्मपरिवर्तनको घृणित षड्यन्त्रको सिकार भएका छन् | घरमूली मुसलमान बनेपछि धेरै घरहरू अभिभावक विहिन बनेका छन् | हालै एउटा संस्थाले जारिगरेको सूचनाअनुसार वि.स. २०४६ पछि खाडी राष्ट्रमा काम गर्न गएका १४ हजार नेपाली बौद्ध तथा हिन्दू मुस्लिम बनेका छन् | यसैगरी बहाई, यहुदीहरूले पनि नेपालमा धर्मपरिवर्तन गराउन ठूलै भूमिका बहन गरिरहेका छन् |

धर्म परिवर्तन कसले गराउँछन् ?
यो पेचिलो प्रश्न हो | विगतमा विदेशीहरू आफैं संलग्न रहेर धर्मपरिवर्तनको काम गर्थे भने आज धर्मपरिवर्तन गरेर इसाई बनेको वर्तमान र विगतको दोस्रो पुस्ता धर्मपरिवर्तन गराउने काममा अहोरात्र खटिरहेको छ | वि.स. २०४६ देखि वि.स. २०५६ सम्म धर्मपरिवर्तन गरेको पुस्ताले अभिभावकत्व ग्रहण गरिसकेको छ भने तिनकै दोस्रो पुस्ता सूझबुझका साथ क्रान्तिकारी तवरले धर्म परिवर्तन गर्न सक्रिय छ | यस्तो पुस्ता सिपालु र हिजोको तुलनामा लोभी पनि छ | उनीहरूका लागि धर्मपरिवर्तन गराउने “काम” मनग्ये आर्थिक आर्जन गर्ने बलियो स्रोत बनेको छ | उनीहरूको रोजगारीका रूपमा “धर्मपरिवर्तन गराउने काम” विकसित भएको छ | यस अर्थमा, विदेशीहरूले आर्थिक सहयोग उपलब्ध गराउँछन् | नेपालीहरूले धर्मपरिवर्तनको जागिर खान्छन् | यदाकदा विदेशीहरू पनि सक्रीय देखिन्छन् | विद्यार्थी, पर्यटक, जागिरेआदि बनेर धर्मपरिवर्तन गराउने ‘कला’ सिकाइरहेका हुन्छन् |

कसरी गरिन्छ धर्मपरिवर्तनको धन्दा ?
मैले अगाडी नै निवेदन गरिसकें कि नेपालमा धर्मपरिवर्तन गर्ने काम ‘विजनेस’का रूपमा विकसित भैसकेको छ | जव कुनै कार्य ‘विजनेश’का रूपमा विकसित हुन्छ, त्यो क्रमशः कर्पोरेट बन्दैजान्छ | समान व्यापार गर्नेहरूसंग सहकार्य हुन्छ | आफ्नो काममा बाधा नपरोस् भन्नका लागि तिनले सिन्डिकेट खडा गर्छन् | त्यो सिन्डिकेटले सरकारी तन्त्र, प्रशासिनक तन्त्र तथा सामाजिक तन्त्रलाई सामुहिकरुपमामा प्रलोभनमा पर्छ | प्रलोभनमा नपरे विभिन्न ‘मानवतावादी’को आवरणमा सरकारलाई समेत ‘ब्लेक-मेलिंग’ गर्छ  | नेपालमा पनि विभिन्न समुदायका इसाईहरूले एउटा साझा सिण्डिकेट तयार पारेका छन् | हामी निरीह नेपालीले यो सिन्डिकेटको शक्ति ‘धर्मनिरपेक्षता’का रुपमा अनुभव गरिसकेका छौँ |

सर्वप्रथम उनीहरूले आफ्नो ‘टार्गेट’ अर्थात् लक्षित समूह पहिचान गर्छन् | उनीहरूका लागि एस्तो लक्षित समूह दलित, आदिवासी, जनजाति तथा पढेलेखेका बाहुनक्षेत्रीहरू हुन्छन् | उनीहरूको पहिलो रोजाईमा शिक्षित बाहुनक्षेत्री तथा नेवारहरू पर्छन् | ‘बाहुन तथा नेवार कार्ड’ प्रयोग गरेर अन्य जातजातिहरूलाई सजिलै प्रभाव पार्न सकिन्छ भन्ने उनीहरूले बुझेका छन् | दलित समुदायबाट इसाई बनेकाहरू सर्वस्वीकार्य नहुन सक्छन् तर बाहुनक्षेत्री तथा नेवारबात इसाई बनेकाहरू सबैका लागि स्वीकार्य र प्रमाणिक ठानिन्छन् | बाहुनबाट इसाई बनेको एउटा मान्छेले हजारौंलाई इसाई बनाउन सक्छ  भने दलित वा चेपांग समुदायबाट इसाई बनेको मान्छेले खासै काम गर्न सक्दैन |

धर्मनिरपेक्षताको स्वांग
हरेक इसाई तथा मुस्लिमहरुले अरू समुदायमा छिर्न धर्मनिरपेक्षताको भाव देखाउँछन् | शनिवारका दिन गैर इसाईहरूलाई चर्चमा निमन्त्रणा गर्नु, बाइबल वा अन्य किताव दिएर पढ्न आग्रह गर्नु, चर्च आएपछि मीठो खाना दिनु, केही आर्थिक सहयोग गर्नु, इसाई बनेपछि छात्रवृत्ति अथवा मासिक आर्थिक सहयोग गर्ने बचन दिनु, विदेश पठाइदिने आश्वासन दिनु, रोगबाट निको भएको झूटो विवरण पेश गर्नु, छुवाछुतबाट मुक्तिको सपना देखाउनुआदि कार्य पर्छन् | कुनै पनि चर्च तथा इसाईहरू धर्मनिरपेक्ष हुनै सक्दैनन् | हरेक इसाई अत्यन्त आफ्नो धर्मप्रति अत्यन्त पूर्वाग्रही हुन्छ | एकपटल धर्मपरिवर्तन गरिसकेपछि अन्य धर्मलाई सम्मान दिने, स्वीकृति दिने, समानताको ब्यबहार गर्ने कार्यको सधैंका लागि अन्त्य हुन्छ | गोमन सर्पमा विष हुँदैन भन्नु र इसाई-मुस्लिमहरू धर्म निरपेक्ष हुन्छन् भन्नु एकै कुरा हो | गोमन विष रहित हुँदैन, इसाई-मुस्लिम धर्म निरपेक्ष हुँदैनन् |

सबै धर्महरूप्रति सम्मानको छल
यदि तपाईंलाई कुनै इसाई प्रचारकले किताव दिएको छ भने उसले ‘संसारका धर्मले मान्ने एकै ईश्वर हो, हामी सबै धर्मलाई सम्मान गर्छौ”जस्ता बाक्यहरू बोलेको अवश्य सुन्नु भएको होला | यो ठूलो छल हो | कुनै पनि इसाईका लागि अर्को धर्मको अस्तित्व स्वीकार्नु भनेको पाप हो | हामीले जनता समक्ष संदेश दिन सक्नुपर्छ कि  कुनै पनि इसाई तथा मुस्लिमहरूले अर्को धर्मको अस्तित्व स्वीकार गर्दैनन् |  

रोग निवारण हुने षड्यन्त्रपूर्ण आश्वासन
इसाईहरूले रोगबाट मुक्ति दिने नाटक ‘चंगाई’का आयोजित गर्छन् | यस नाटकका सम्पूर्णपात्रहरू पूर्वप्रशिक्षित हुन्छन् | ‘चंगाई’को नाटकमा बडो प्रभवकारी भूमिका निर्वाह गर्छन् | मदारीले वादर नचाएझैँ रोग लागेको, रोग-निको भएको तथा आफु धनि भएको आदि नाटक मंचन गर्नेहरू मंचमा हुन्छन् | हामीले सर्वसाधारणलाई भन्न सक्नुपर्छ कि यदि जिससले सबै रोग निको पार्ने भए अमेरिका, बेलायतजस्ता विकसित मुलुकहरूमा किन विश्वस्तरीय अस्पतालहरू छन् ? किन नाइजेरिया, साउथ अफ्रीकाजस्ता ९०% इसाईहरू भएको देशमा हैजा, एड्स, जिकाजस्ता असाध्य रोग लागेर मान्छेहरू मरिरहेका छन् ?

आर्थिकस्तर माथि उठ्ने
मैले धेरै पटक नेपाली इसाईहरूले प्रचारप्रसार गर्दा भन्ने गरेको बाक्य ‘हामी विश्वासी बन्यौं भने हाम्रो देश अमेरिका, बेलायतझैँ धनि बन्ने छ | उनीहरू धनि छन् किनभने उनीहरू विश्वासी छ” भनेको सुनेको छु | गरिवीबाट पिल्सिएका अशिक्षित नेपालीलाई यी बाक्यहरू सकारात्मक हुन्छन् | एकैछिन भए पनि बेलायत र अमेरिकीसरह भएको सुखद अनुभूति दिन्छ | हामीले भन्नसक्नुपर्छ नाइजेरिया विश्वको सबैभन्दा गरिव राष्ट्र किन भयो ? जवकि त्यहाँ ९०% मान्छेहरू विश्वासी छन् | हामीले बुझ्नपर्छ, आर्थिकस्तर उठ्ने आश्वासन दिंदा उनीहरूसंग विदेशीरकमको चलखेल छ | उनीहरू सधैं जनतालाई ठग्नेबाटो खोजिरहेका हुन्छन् | एकपटक इसाईहरूको माखेजालोमा परिसकेपछि त्यहाँबाट स्वतन्त्रता प्राप्त गर्न निकै गारो हुन्छ | कसैले इसाई धर्म छोड्न चाह्यो भने बाइबलका श्लोकहरू देखाएर नर्कको भीषण दुखको धम्किपूर्ण सूचना दिइन्छ |

छुवाछुतबाट मुक्तिको छल
दलित समुदायका धेरै मानिसहरू छुवाछुत मुक्तिको सपना लिएर इसाई धर्म अगाल्न पुग्छन् | हिन्दू समाजले  छुवाछुत  गलत हो  भनेर स्वीकार गरिसकेको अवस्था छ | राजा महेन्द्रले  २०२० सालको संविधानमा पहिलोपटक छुवाछुत उन्मुलनको घोषणा गरेका थिए | त्यसताका  छुवाछुत ज्यादा थियो | त्यसपछिका संविधानहरूले छुवाछुतलाई  मानवीय समस्या ठान्दै निवारणका लागि काम गरिरहेको छ | छुवाछुत उन्मुलनका विपक्षमा सडक तताएको  हामीले सुनेका छैनौँ | कुनै पनि अन्तर्राष्ट्रिय शक्तिले  हिन्दूबहुल राष्ट्रले छुवाछुत उन्मुलनका लागि गरेको प्रयासको सराहना गरेको छैन | धेरैका लागि दलित समाजको उपस्थिति ‘मागिखाने भाँडो’ भएको छ | धर्मपरिवर्तनकारीहरूले हिन्दू सामाजिक वर्णब्यबस्थाको निन्दा गर्दै दलितहरूलाई धर्मपरिवर्तन गर्न प्रेरित गर्छन् | तर के धर्मपरिवर्तन गरेर दलितहरू छुवाछुतबाट मुक्त भएका छन्  त ? उत्तर स्पस्ट छ, कत्ति पनि छैन |  

धर्मपरिवर्तनले दलितहरूलाई अझै मार परिरहेको छ | इसाई बनेपछि राज्यले दिने सुविधा प्राप्त हुदैन | उच्च जतिबाट इसाई बनेकाहरूले उनीहरूसंग चेलीवेटीको सम्वन्ध गांस्दैनन् | कतिपय स्थानमा त दलितहरूले चर्चको छेउमा बसेर पास्चरहरूको उपदेश सुन्नुपर्छ | हालै सरकारीस्तरबाट गरिएको एउटा अनुसन्धानले तमिलनाडुमा दलितहरूका छुट्टै चर्चहरू रहेको समेत खुला भएको छ | यसरी, धर्मपरिवर्तनकारीहरूले  दलितहरूको धर्मपरिवर्तन गराएर  उनले राज्यबाट प्राप्त गर्ने आरक्षणको सुविधा समेत लुटेका छन् भने धर्मको नाममा कमाईको १०% चर्चमा जम्मा गर्नै पर्ने नियम बनाएर उनीहरूलाई प्रत्यक्ष रुपमा लुटिरहेका छन् | धर्मपरिवर्तन गर्नु भनेको राज्यले दिने सुविधा पनि गुमाउनु हो भन्ने संदेश छर्न सके र दलितबाट इसाई बनेका व्यक्तिहरूका  विषयमा सरकार समक्ष सूचना दिएर रोक्न सकिन्छ |

हामीले विर्सन नहुने तत्थ्यहरू
हामीले यहाँ विर्सनै नहुने तत्थ्य केहो भने धर्मपरिवर्तनकारीहरू संगठित छन् | उनीहरूको आवाज तथाकथित अन्तर्राष्ट्रिय शक्तिहरूले सुन्छन् | उनीहरू साधन सम्पन्न छन् | उनीहरूसंग मोटर, गाडी, घर, प्रशिक्षित कार्यक्रता र आगामी कार्यक्रमहरूको स्पष्ट रुपरेखा छ | उनीहरूले राज्य तथा राजनैतिक नेतृत्वलाई किन्न सक्ने क्षमता छ | उनीहरू वैचारिकरुपमा स्पष्ट छन् | उनीहरूसंग दिन साहित्य छ, गराउन धार्मिक विधिविधानहरू छन् | मान्छेहरूलाई छल गर्न विद्यालय, अस्पताल तथा चंगाईजस्ता ‘लालच’ छन् | उनीहरूले मिडिया किनेका छन् |

अर्कोतिर हामी हिन्दूहरू तथा अन्य रैथाने शक्तिहरू विना साधन, राज्यको समर्थन, अन्तराष्ट्रिय शक्तिहरूको तारो बनेर विना तयारी, अपूर्ण तथा अनिश्चित कार्यक्रमहरू लिएर संघर्ष गर्नु परेको छ | हामीसंग आफ्नो धर्मसंस्कृतिको बलियो जग छ, नेपालका तीनकरोड जनताको सद्भाव छ र सबैभन्दा बढी र महत्वपूर्ण कुरो आत्मबल र ऋषिमुनिहरूको सन्तानका हामीसंग परमात्माको शक्ति छ |

हिन्दूहरू जागेका छैनन् भन्नु ठीक होइनन् | धर्मपरिवर्तनका विषयमा चेतना छैन भन्नु पनि उचित होइन | विषयवस्तुको ज्ञान छैन भन्नु पनि राम्रो होइन | समस्या  साधन र स्रोतको हो | साधनस्रोत नभएपछि असजिलो हुन्छ | सरकारको नीतिले असजिलो पारेको छ | सरकारी कर्मचारीले  कानुन कार्यन्वयन नगर्दा असजिलो परेको छ | हामी हिन्दूहरूकै नियतिवादी विचारले असजिलो परेको छ | आफ्नो धर्म संस्कृतिको अज्ञानताले असजिलो पारेको छ | हाम्रो नपढ्ने बानीले असजिलो पारेको छ | युवाहरू विदेशमा पलायन हुँदा असजिलो पारेको छ | तर जनताको विशाल धार्मिक आस्था हाम्रा शक्ति हुन् | हाम्रा धरोहरहरू हाम्रा प्रेरणा छन् | विश्वका एक अरव हिन्दूहरुको सद्भावना हामीसंग छ | हामी कमजोर र लाचार पटक्कै छैनौँ |

अव दोस्रो प्रश्नको उत्तर खोज्नतिर लागौं | नेपालमा ८.१% हिन्दू छौँ | यो संख्या सन् २०११ को जनगणनाले बोल्छ | बौद्ध, जैन, किरातीआदि पनि मूर्ति पूजक भएकाले हिन्दू कै श्रेणीमा पर्छन् | यो संख्या जोड्दा ९५% हिन्दू हुन्छन् | बौद्धहरूले आफुलाई हिन्दूको कोटीमा नराखे पनि उनीहरू मूर्तिको विरोध गदैन् | हिन्दूहरूले उनीहरूलाई जवरजस्ती हिन्दू भन्नु पनि अनुचित हुन्छ | तर स्वधर्म, संस्कृति जोगाउने सवालमा बौद्ध-समुदायको मत भिन्न छैन | यसको अर्थ हो – नेपालका बौद्ध र हिन्दू दुवै समुदाय मिलेर स्वधर्मको काममा लाग्नुपर्छ |

नेपालको प्रमुख जनसंख्या हिन्दू छ | स्वधर्म तथा रैथाने संस्कृतिहरूको रक्षा तथा सम्वर्धनको नेतृत्व हिन्दू-समुदायले लिनुपर्छ | नेपाल धर्मनिरपेक्ष घोषित भएकोमा हामीले अरूलाई दोष दिन मिल्दैन | यो दोष हाम्रै हो | हामीले समयमैं ‘हिन्दू-शक्ति’ निर्माण गरेनौं | हामीले हिन्दूहरूविच धर्मनिरपेक्षताको कू-प्रस्तावका विषयमा सर्वसाधारणलाई बुझाउन सकेनौं | हाम्रा प्रयासहरू अपूरो भए | हामो संदेशमा जनताले विश्वास गर्न सकेनन् | हामीले आफ्ना समुदायहरूलाई “दलका नेताहरूको द्वैधचरित्र’ बुझाउन सकेनौं | हाम्रो हातमा भोट थियो तर त्यसको प्रयोग धर्म-संस्कृतिका पक्षमा गर्न सकेनौं | हाम्रा पनि कमजोरी छन् |

धर्मपरिवर्तन रोक्ने पहिलो ‘रोडम्याप’ आफ्नो गल्ती स्वीकार गर्नुहो | यो आत्मस्वीकृतिले हाम्रो लागि स्वधर्म रक्षाको लागि नया बाटो खोल्छ | जनताले देशलाई धर्मनिरपेक्ष बनाएका होइनन् | कांग्रेस, एमाले, माओवादी आदिको नेतृत्वले जनतालाई धोका दिएका हुन् | देश र जनताको अभिमत स्वीकार नगरेर विदेशीको परामर्शमा चल्ने नेताहरूको विषयमा हामी सुध्रनै पर्छ | हामी आफ्नो पार्टीको नीतिसंग विमति राख्ने हिम्मत गर्नुपर्छ | हामी आफ्नो पार्टीको नीतिमा देश, धर्म, संस्कृतिको बलिदान दिन  सकिन्न – स्पष्ट बोल्न सकिन्छ | मैले पहिले नै निवेदन गरिसकें कि सरकार बनाउन अभिमत दिने अनि, सरकारले ‘धर्म-संस्कृति’ बेच्यो’ भनेर कम्प्लेन गर्न मिल्दैन | हाम्रो दूईजिब्र नीतिले धर्मसंस्कृति जोगिन्न | आफुसंलग्न रहेको ‘धर्मनिरपेक्ष’ पार्टीलाई छोड्न पनि नसक्ने ! अनि, हिन्दू राष्ट्र चाहिन्छ भनेर उफ्रन पनि नछोड्ने ?!

धर्मशिक्षाको विकास
हामी इसाईले धर्म परिवर्तन गराए भनेर कम्प्लेन गर्छौं | यो सत्य पनि हो | तर के हामीसंग “हामी किन हिन्दू हौँ ? एउटा हिन्दू भएर उसले कस्तो आहार-ब्यबहार र धार्मिक आचरण गर्नुपर्छ ?” सोध्यो भने ९०% हिन्दूसंग जवाफ हुँदैन | इसाईहरूले बाल्यकाल देखि नै बाइबलको शिक्षा दिन्छन् | मुस्लिमहरूका लागि कुरान पढ्नु र बुझ्नु अनिवार्य हुन्छ | तर हामी आफ्ना बालबालिकालाई ‘गीता, भागवत’ वेद, चण्डी’ पढ्ने होइन बाइबल पढाउने स्कूलमा भर्ति गराउन मरिहत्ते गर्छौं | हाम्रा गुरूकुलहरू ‘गरिव बाजेका छोराछोरी’ पढ्ने आत्म-विश्वासरहित, प्राणरहित विद्यालय हुन्छन् | हामी आफ्नो विद्यालयमा गएर ‘गीता’ पढाउन दवाव दिन सक्दैनौं |

हामी र हाम्रा बालबालिकासंग हिन्दूत्व भनेको के हो ? हिन्दूहरूको जीवन पद्यति के हो ? भन्ने विषयमा जानकारी हुनुपर्छ | हामी आफुलाई हिन्दू भन्छौं | हामी किन हिन्दू हौँ ? भनेर कसैले प्रश्न गर्यो भने उत्तर छैन | न बाबुसंग छ, न आमासंग, न हजुरवा-हजुरआमासंग नै | एस्तो परिस्थितिमा “हिन्दूधर्म जोगिएन” भन्नु हास्यास्पद हुनेछ | यसका लागि हामीले आफ्नो परिवारसंग बसेर ‘बेद, पुराण, पुनर्जन्म, आत्मा, परमात्मा, स्वर्ग, नर्क, कर्म”आदिमा विश्वास गर्ने र “गाई, महिला, तुलसी, शालीग्राम, मन्दिर, गुरू, मातापिताआदिलाई भगवान् सरह आस्था गर्ने हिन्दू हुन्छन्’ भन्ने न्यूनतम जानकारी हुनैपर्छ | शास्त्रहरूले ‘धृति, क्षमा, दम, अस्तेय, शौच, इन्द्रीय निग्रह, धी:, विद्या, सत्य तथा अक्रोध” यी दशबाट लक्षण सनातन धर्मका हुन्छन्’ भन्ने जानकारी दिन कुनै असजिलो छैन | हामी नेपालीहरूको दूर्भाग्यनै भन्नुपर्छ, हाम्रो सरकारले धर्म-संस्कृतिको शिक्षा दिने न्यूनतम ब्यबस्था पनि गरेको छैन | हामीले पनि मांगेका छैनौं |

हिन्दू धर्म ब्यबहारिक धर्म हो | हरेक हिन्दूहरूले जन्मदेखि मरणसम्म धार्मिक आचरण गर्नुपर्छ | बच्चा जन्मे लगत्तै सूतक लाग्छ | छ दिनमा विधाताको पूजा हुन्छ | नवौं वा एघारौं दिन नामकरण संस्कार हुन्छ | बालबालिका तिथि-मितिअनुसार नक्षत्रका आधारमा नाम राखिन्छ | चूडाकरण, ब्रतवन्धआदि पन्ध्र संस्कारहरूले व्यक्ति संस्कृत हुन्छ | मृत्युपछि पुन: मृत्युसंस्कार पनि हुन्छ | अनि, हरेक वर्ष दूईपटक श्राद्ध पनि गरिन्छ | यस बाहेक असंख्य सम्प्रदाय तथा रितिरिवाजहरू पनि प्रचलित छन् | जन्माष्टमी, तीज, फागु-पूर्णिमा, दशैँतिहार इत्यादि चाडवाडहरू पनि धर्मकै अंग हुन् | यी चाडवाडहरूसंग जोडिएका आध्यात्मिक, धार्मिक तथा सामाजिक मान्यताहरू जोडिएका हुन्छन् | ती विषयमा पनि हामी र हाम्रो बालबालिकालाई ज्ञान हुनुपर्छ |

वैदिक-धर्म तथा संस्कृतिप्रति गर्व
कुनै पनि जाति र देशको पहिचान नै त्यसको धर्म, संस्कृति तथा परम्परा हो | हिन्दू धर्मका आधारहरू वेद हुन् | वेदहरू मानवीय सभ्यताका पहिला लिखित दस्तावेज हुन् | बौद्ध, जैन तथा सिख धर्मको जन्म पनि वैदिक संस्कृति भित्रबाट भएको हो | हाम्रा परम्परा र तथा संस्कृति (आधुनिकमतमा) कमसेकम पांचहजार वर्ष प्राचीन छन् | वैदिक परम्पराअनुसार हिन्दू धर्मको आरम्भ भगवान् आफैले गरेका हुन् | हामी मनुष्यहरू ईश्वरका प्रत्यक्ष सन्तान हौँ | कर्म नै हाम्रो पहिचान र व्यक्तित्व हो | मान्छेले जस्तो कर्म गर्छ, त्यसैअनुसारको उसको जात हुन्छ | छुवाछुत हिन्दूहरूविचको रूढ़ी हो |

देवीदेवताहरू, सम्प्रदायहरू, मठमन्दिरहरू, चालचलनहरू हाम्रा गौरव हुन् | हामीले परोपकारलाई सबैभन्दा ठूलो पुण्य ठान्छौं | महिलालाई देवी ठानेर पूजा गर्छौं | पशुपक्षी, रुख, हावा, आगो, पानी तथा आकाश समेत हाम्रो लागि सम्मानका विषय हुन् | स्वधर्मी हुन् वा विधर्मी हाम्रो लागि सबै पूजनीय छन् | हामी मुस्लिम, इसाई तथा यहुदीहरूलाई समेत पवित्र धर्मका रूपमा स्वीकार गर्छौं | यो हाम्रो सबैभन्दा महत्वपूर्ण दृष्टिकोण हो | लाखौं संस्कृत ग्रन्थहरू, लाखौं सम्प्रदायहरू, चालचलनहरूमा हामी गर्व गर्छौं | यसरी हिन्दू हुनुनै गर्वको विषय हो | लाखौंवर्ष प्राचीन आफ्नो धर्म र संस्कृतिमा हामीले गर्व नगरे कसले गर्छ ?

बौद्धिक प्रतिकार
हामीले धर्मपरिवर्तनकारीसंग बौद्धिक प्रतिकार (शास्त्रार्थ) गर्न सक्नुपर्छ | बौद्धिकप्रतिकारका लागि हामीमा आफ्नो धर्म तथा संस्कृतिको ज्ञान तथा आचरण हुनुपर्छ | साधनारहित व्यक्तिको आत्मबल हुँदैन | यदि तपाईं पूर्णसाधना गर्न सक्नु हुन्न भने कमसेकम स्नान गरेर १०८ पटक गायत्री मन्त्र जप्न सकिन्छ | माला समातेर जप्नुपर्छ भन्ने छैन, हातका औलामा गनेर पनि जप्न सकिन्छ | यसैगरी, हामीले कमसेकम गीता पढेको हुनुपर्छ | यस बाहेक हिन्दू धर्मका विषयमा जानकारी दिने साहित्यहरू पढेको हुनुपर्छ | यी सबैभन्दा महत्वपूर्ण विषय : हामीमा आफ्नो हिन्दू धर्म, ऋषिमुनि, शास्त्र तथा रितिरिवाजप्रति गर्व हुनुपर्छ | तव मात्र, हामीले आफ्नो घरमा प्रचारप्रसार गर्न आएका धर्मपरिवर्तनकारी व्यक्तिहरूसंग प्रतिकार गर्न सक्छौं |

साधना नगर्ने र हिन्दूधर्मका विषयमा पढ्न नरुचाउने वा नपढ्ने व्यक्तिहरू सजिलै विधर्मीको जालमा पर्छन् | आजभोली बजारमा, यु-ट्युवमा, वेभसाइटहरूमा हिन्दूधर्म सम्वन्धि प्रसस्त सामग्रीहरू छन् | ती सामग्रीहरूबाट साभार गरेर अथवा आफै तयार गरेर स-साना हिन्दू धर्मको विषयमा जानकारी दिने पुस्तिकाहरू छपाउनु पर्छ | ती साहित्यहरू आफ्नो बालबच्चा पढ्ने विद्यालय, पाठशाला वा अन्य सार्वजनिक ठाउँमा वितरण गर्नुपर्छ | हिन्दू धर्मका विज्ञहरूलाई बोलाएर प्रवचन सुन्नुपर्छ 
क्रमशः

Copyright Article 

धर्म डायरी : चिन्तन चौतारी

संस्कृतका हरेक श्लोकहरू मन्त्र नै हुन् किनभने संस्कृत देवभाषा हो | हामी सबै संस्कृतलाई असाध्य माया गर्छौं तर समय तथा परिस्थितिका कारण पढ्न सकेनौं | तर केही छैन | शक्तिशाली गन्धले नाकमा प्रभाव पर्छ | सुन्दर अथवा असुन्दर दृश्य आँखाले देख्छ नै | हाम्रो छालाके विभिन्न प्रकारका स्पर्सहरू थाहा पाउँछ | त्यसैगरी हाम्रो कानका माध्यमबाट प्रवेश गरेका मन्त्रके हामीमासकारात्मक प्रभाव पर्छ नै |

संस्कृतका हरेक शब्दहरू मन्त्र नै हुन् | यो कुरावेद, उपनिषद तथा शास्त्रहरूले बोलेको विषय हो | कुनै विषयको प्रमाणिकरण शास्त्रले गरेको हुनुपर्छ | शास्त्रले गाईको गहुत तथा गोवर लाई पवित्र भन्छ, शास्त्रले भने पछि गाईको गहतलाई सामान्य 'मूत'का रुपमा लिइन्न |

त्यसैले शास्त्रको प्रामाणलाई स्वीकार्नु पर्छ | आज यो पवित्र नन्दसूत स्तोत्र यहाँहरूका लागि समर्पित छ | यसमा कुनै संगीत छैन, कुनै कलाकारिता छैन | केवल शुद्धसंस्कृतका मन्त्रहरूको शुद्ध उच्चारण छ | आजको दिन यो मन्त्र सुनेर आरम्भ गरौँ | सबैको कल्याण हुनेछ |

हाम्रो  देश  नेपाल  वैदिक  संस्कृतिको उद्गमस्थल हो | हिन्दूहरूको  आफ्नो पूर्ख्यौली थलो हो | महर्षि बशिष्टले कोशीको किनारामा श्री गायत्रीको साक्षात्कार गरेका थिए | महर्षि वेद ब्यासले  दमौलीमा अठार पुराण लेखेका हुन् | भरत राजाले  कालीगण्डकीको  किनारामा  तपस्या गरेर  हालको भारतको  नाम  जुराईदिएका हुन् |

विश्वका प्रथम  भाषाविद् पाणीनि गुल्मीको  पाणिनीमा बसेर  ब्यकर्ण लेखेका  थिए भने महान् बैशेशिक  दर्शनका लेखक जैनिनी को जन्म जिमिरेघाट बाग्लुंगमा भएको  थियो | संख्या दर्शनका प्रणेता  महर्षि  कपिलको  नाममा कपिलवस्तु नेपाल मैं छ |

प्रथम कवि बाल्मिकीले कोशीकै किनारमा बसेर रामायण लेखेका हुन् | वेदपुराणहरू नेपाली भूमिका  उपज हुन् | बुद्ध, बोन र किरातीहरू पनि नेपालका रैथाने  हुन् | यही हाम्रो  गौरव  हुन् | यो सबै संस्कृति नै हार्मो पहिचान हो | यसरी  नेपाल विश्व हिन्दू धर्मको  उद्गमस्थल हो | विश्वका हिन्दूहरूले  नेपालबाट  हिन्दू धर्मका विषयमा सिक्नुपर्छ | नेपाल विश्वगुरू हुनुपर्छ |
जसरी कुनै नया मन्दिर स्थापित गरेपछि गण्डकीको काखमा उत्पन्न हुने शालीग्राम स्थापना नगरी हुँदैन त्यसरी नै विश्वका हिन्दूहरूले हिन्दू सनातन धर्मको शिक्षा नेपालबाट प्राप्त गर्नुपर्छ | यी ससाना बटुकहरूमा विश्वगुरूको दायित्व छ | यो दायित्वपूर्तिको लागि  हाम्रो सहयोग चाहिन्छ | यी बटुकहरू आफ्नो धर्म र संस्कृतिका सवालमा सूर्यझैँ तेजस्वी हुनुपर्छ र मानवताका लागि चन्द्रमाझैं शीतल हुनुपर्छ |

नेपाल हाम्रो रैथाने हो, सनातन धर्मको असली केन्द्र हो | हामीले ब्रह्माबाट प्राप्त यो भूमिमा बंसजको अधिकार छ | हाम्रो यो अधिकारलाई कसैले चुनौती दिन सक्दैन | देवभूमि नेपाल मेरो आत्मा हो, मेरो स्वास प्रश्वास हो | मेरो मेरो शरीरबाट मेरो  स्वास खोस्ने वा मेरो स्वासको परिभाषा गर्ने अधिकार कसैसंग छैन  |

हामी कसैसंग विवाद गर्दैनौं तर हाम्रो  धर्म, संस्कृतिमा आक्रमण गर्छन् र हामी आर्यहरूलाई विदेशी भनेर हेप्छन् भने पटक्कै सहने छैनौँ | हाम्रो लागि विश्व नै एउटा परिवार हो तर परिवारको सदस्यले अर्को सदस्यको सम्मान गर्नुपर्छ | हाम्रो धर्म, संस्कृति तथा रितिरिवाजसंग सहमत नहुनु एउटा पाटो हो तर यसलाई शैतान भन्ने अधिकार कसैसंग छैन |

वेनको अराजक गतिविधिलाई नियन्त्रण गर्न ऋषिहरूले मन्त्रको प्रयोग गरेका थिए | हाम्रा लागि यी बटुकहरू ती ऋषिहरूभन्दा कम छैनन् | यिनको मन्त्रमा आज पनि त्यही शक्ति छ |

आहार, निद्रा भय  र मैथुनकार्यका लागि  मान्छे  र पशु  समान छ | मान्छेमा आध्यात्मिकता  छ | यही आध्यात्मिकताले हाम्रो  जीवन सरल छ | जीवनको सार नै  आध्यात्मिकता  हो | आध्यात्मिकताले  मनलाई शान्ति  दिन्छ, बुद्धिमा  विवेकीय  शक्तिको संचार गर्छ | विवेकहिन व्यक्तिहरू विद्वान त हुन सक्छन्  तर तिनमा  मानवीयता न  हुन सक्छ | ऋषिहरूले मान्छेलाई ज्ञानी मात्र होइन आध्यात्मिक प्राणिका रूपमा पहिचान गरेका थिए | आध्यात्मिकता भएको मान्छेले कसैलाई घृणा गर्न  सक्दैन, कसैको हत्या गर्न सक्दैन |

ज्ञानहिन व्यक्ति पशुसमान हुन्छ तर विवेकहीन व्यक्ति राक्षस समान हुन्छ | ऋषिको आदर्शलाई स्वीकार्नेहरू हिन्दू हुन् तर राक्षसको आदर्शलाई स्वीकार्नेहरू हिंसकपन्थका अनुयायी हुन् | विश्वमा भगवानको अस्तित्व देख्नेका लागि हिँसा असम्भव हुन्छ | एकैछिन आखाँ  चिम्लेर विचार गरौँ – हाम्रो शरीरमा कमिलाले टोक्दा पीडा  हुन्छ | जसको घांटी रटेर काटिन्छ, उसलाई कस्तो पीडा हुँदो हो ?

हामीले कसैको निन्दा गर्नु हुँदैन | कसैले खाने वस्तुको निन्दा गर्नु उचित हुँदैन | तर सत्यको साक्षात्कार गर्न सत्यको बाटो हिड्नै पर्छ | सत्यको विचार आफ्नै लागि अप्रिय हुनसक्छ | तर सत्यसंग हामी भाग्न सक्दैनौं | जीवनका हरेक पलमा मृत्यु हाम्रो सत्य हो | हिंसा पनि त्यस्तै अप्रिय सत्य हो |

आध्यात्मिक परामर्शले व्यक्तिको अहिंसक र मानवीय जीवन प्रकट गर्छ | सत्य प्रकट हुँदा कसैलाई ठूलै पीडा हुन्छ भने केहीले आँखा चिम्लेर बुझेको नाटक गर्छन्  र केही पूर्णतया परिवर्तन हुन्छन् | हरेक व्यक्तिले आफ्नो निर्णय आफै गर्नुपर्छ | ईश्वरले हामी मानिसलाई आफ्नो मार्ग चुन्न स्वतन्त्रता प्रदान गरेका छन् |

टुप्पी राखेर, दिनहुँ नुहाएर, सुन्दर तिलक लगाएर, दिनहुँ गायत्री मन्त्र जपेर, मन्दिर धाएर, लामो दारी पालेर कुनै पनि मान्छे धार्मिकजस्तो देखिन सक्छ | तर यी सबै सदाचारका लक्षण होइन | धार्मिक हुनु र सदाचारी हुनु नितान्तफरक विषय हुन् |

हातमा रक्सीको वोतल लिएर पिउन खोज्दा घांटीमा बाधिएको तुलसीको मालाले बोल्दैन | निधारको त्रिपुन्डले रोक्दैन, पहेलों कपडाले छेक्दैन | भित्री मनदेखि वदलिएको धार्मिकता अपनाएपछि खराव आचरण गर्नै सक्दैन | किनभने उसको मन र बुद्धिले खराव आचरणलाई स्वीकार्नै सक्दैन |

यदि मनमा स्वधर्म रक्षाको संकल्प बलियो छ, सनातनधर्म प्रति माया छ र आफ्नो जरोकिलोमा बलियो आस्था छ भने हाम्रो रूप, रंग, जात-जाति, आर्थिकस्तर आदिले रोक्दैन | संकल्पले काम गर्ने हो | हामी कहाँ बस्छौं, को संग बस्छौं, कति पैसा कमाऊछौँ ? भन्दा पनि के हामी आफ्नो धर्म संस्कृतिमाथि अरूले हस्तक्षेप गरेको सहन सक्छौं ? प्रश्न यही हो |
बाहिरी आवरणका आधारमा कसैको सदाचार नाप्न सकिन्न | ९७% नेपालीहरूले आफ्नो धर्म, संस्कृति तथा छिमेकीहरू संग असाध्य प्रेमगर्छौं | हामी मदेशी, पहाडी हिमाली सबैको मन जोड्ने सूत्रनै सनातन धर्म हो | हामविच अन्यधेरै विषयमा विषयमा विवाद होला तर सनातन धर्मको सवालमा कुनै विमति छैन |

हामी हिन्दू, बौद्ध, बोन, किराती, जैन हौँ | हाम्रो पहिचान नै यही हो | हाम्रो राजनैतिक विवादले हाम्रो 'धार्मिक-सम्वन्ध'लाई प्रभाव पार्दैन, पार्दैन र पार्दैन | धर्मसंस्कृति रक्षाका सवालमा हामी एकछौँ | के हामी सनातनहिन्दू धर्मको रक्षाका लागि तयार छौँ ?

हामी नेपालको जनसंख्याको ८२% भएपनि राजनैतिक रुपमा दोस्रो दर्जाको नागरिक बन्नपुगेका छौँ | संविधान निर्माणको सवालमा सरकारलाई ९०% जनताले हिन्दूराष्ट्रका पक्षमा मत जाहेर गरेका थिए तर खै ती मतहरूको मूल्य ?

देशको पहिलो दर्जाको नागरिक अधिकार कसले प्राप्त गरे ? यो प्रश्नको उत्तर सबैलाई थाहा छ, छैन भने थाहा पाउनु पर्छ |अव हामी फेसबुकबाट बाहिर निस्कने बेला भएको छ | नेपालमा १०३ भाषा बोलिन्छन् ती मध्ये ५४ भाषाहरूमा 'पहिलो दर्जाका नागरिकहरू'को पहुँच स्थापित भैसकेको छ | हामी भने फेसबुकमा सीमित छौँ | पैसो खर्च नगरिकन पनि हामी हरेक घरघरमा पुगेर स्वधर्म, संस्कृति तथा सनातन धर्मको रक्षा गर्न सक्छौं | के तपाईं मेरो प्रयत्नमा साथ दिन तयार हुनहुन्छ (पैसा लाग्दैन) केवल तपाईंहरूको बुद्धि र विवेक मलाई दिनुहोस्, मैले तपाईंको बुद्धिलाई जनतासम्म पुर्याउने छु |

Sunday, September 11, 2016

ब्राह्मणको आवाज ब्राह्मणहरूका लागि

आज नेपालका पुरोहित्याई गरेर आफ्नो जीविका यापन गर्ने ब्राह्मणवर्गहरू नेपाली इतिहासको सबैभन्दा चुनौतिपूर्ण अवस्थामा उभिएका छन् | पुरानो नेपालले आफ्नो काँचुली फेर्ने राजनैतिक प्रयत्न गरिरहेको छ र एस्तो राजनैतिक संक्रमणको अवस्थालाई टेकेर हाम्रो देशको वैदिक हिन्दूधर्म, संस्कृति र सभ्यताको उद्गमस्थलकोपूरातन पहिचान मेटाउन देशी-विदेशी शक्तिहरू लागिपरेका छन् | हाम्रो प्राचीन सभ्यता, संस्कृति, धरोहर, रितिरिवाज र परम्पराहरूप्रति घृणा फैलाइदै छ | सम्पूर्ण संसार नै हाम्रो बन्धु हो, सबै सुखी रहुन्, कुनै पनि प्रकारको विभेद नहोस्, मातृशक्तिको सम्मान होस्, पितृशक्तिको आदर होस्, अतिथीहरूको स्वागत होस्, महिलाहरू पूजित होऊन् जस्ता हाम्रा मान्यताहरूलाई अनादर गरिंदै छ | दूर्भाग्यको कुरा के हो भने हाम्रो मौलिक धर्म, संस्कृति र पूरातन पहिचानलाई नेपालबाट निमिट्यान्न पार्ने प्रयासमा हाम्रा आफ्नै नेपालीहरू लागिरहेका छन् |

'आज राज्यका मूलधारका राजनैतिक शक्तिहरू, जनजाति, इसाईआदिले हामी पुरोहित्याई गरेर आफ्नो जीवन यापन गर्ने ब्राह्मण समुदाय आफ्नो प्रमुख शत्रुका रूपमा परिभाषित गर्छन् | देशमा भएको गरिवी, जातीय विभेदआदिका लागि जिम्मेदार भएको आरोप लगाउँछन् | हामी ब्राहमणहरू बेलुका तिनकै घरमा पुगेर स्वस्तिको कामना गर्छौं | हाम्रो पहिचान मेटाउन हाम्रो जातीय हत्या गरेर आफ्नो आन्दोलन आरम्भ गर्ने प्रचण्डजीको पनि 'भैसी-पूजा गराएर  कल्याणको कामना गर्छौं |

नेपालको समाजका लागि हामी ब्राहमणहरूको महत्व तरकारीमा नूनझैँ छ | हाम्रो अभावमा सभ्यता र संस्कृति रोकिन्छ | जन्म-मृत्यु रोकिन्छ | हामी ब्राह्मणहरूले जन्मदा न्वारन गराउछौं, अरूलाई नाम दिन्छौं, परिचय दिन्छौं | अन्न प्रासन गरेर पहिलो गाँस हाल्न सिकाउछौं, विवाह गरेर नागरिक जिम्मेदारी उठाउने सकल्प गराउंछौं, घर बनाएपछि गृह-प्रवेश गराउछौं, अत्यमा पनि हामी साथ छोड्दैनौं | मसानमा पुगेर विदा गर्छौ | वैदिक धर्म र संस्कृतिको अनुहार बनेर यसको सुरक्षा गर्छौं, त्यैपनि राज्य र राजनैतिक दलहरूका लागि हामी आँखाको कचिगर भएका छौँ | हाम्रो अपराध भनेको स्वधर्म र संस्कृतिको संरक्षण गर्नु र गराउनु नै ठहरिएको छ |

एउटा ज्यामीले निर्धक्कसंग आफ्नो ज्याला तोकेर काम गर्छ | उसलाई थाहा हुन्छ, बेलुका पाइने परिश्रमको मूल्य | तर हामी बाहुनहरू आफ्नो घरको काम समेत छोडेर अर्काको धर्मकर्मका लागि विहानै निजको घर पुग्छौं | विहानै देखि भोको रहेर अर्काको ग्रहशान्ति गर्छौ, श्राद्ध गर्छौं | काम सकिएपछि, यजमानले दिएको रुखो-मिठो खाएर आफ्नो घरतिर लाग्छौं | यजमानका सम्मुख उसले टीको लगाएर दिएको 'दक्षिणा' कति छ भनेर हेर्न पनि लाज मान्छौं | एसो एकान्तमा खाम खोलेर हेर्छौं, परिश्रमसंग न्याय गरिएको भए खुसी हुन्छौ नगरिएको भए 'मारेछ आज' भन्दै आफ्नो घरतिर लाग्छौं | आफुले दिनभरी गर्ने परिश्रमको समेत तोक्न नसक्ने हामी ब्राह्मणहरू कसरी 'शोसक' 'शासक' छौं ? हामीलाई कसैले बुझाउन सक्छ ?

आधा फाटेका लुगाहरूले शरीर छोपेर, सात ठाउँबाट जुटाएका अक्षताहरू पकाएर 'बाजे-बाजे' को सम्बोधन सुन्दै आफ्नो जीवन यापन गर्ने हामी ब्राह्मणहरूलाई राज्यले धनी, शासक र शोसक भन्छ, हामीलाई गालीगलौज नगरेसम्म राजनैतिक नेताको भात पच्दैन | यी सर्वहारा वर्गको नेतृत्व गर्छु भन्नेले के हामीसंग बसेर 'सात थरीका अक्षता'को भात खान सक्छन् ! के आफ्ना कार्यकर्ताहरूलाई हामीले झैँ कुनै प्रकारको शर्त नराखी 'सांस्कृतिक' सेवा गर्न सक्छन् | जसको लुक नै महान् शोसकको जस्तो छ, जुन विदेशीहरूको पैसामा आफ्नो जीवन यापन गर्छन्, जसको कर्म र बचनमा समेत आफ्नो देश, धर्म र संस्कृतिप्रति माया छैन तिनले हामीलाई शोषक भन्ने ?

अरू जातजातिले लुगा-लगाएर, टुँडिखेलमा जांड र रक्सीको  पसल थापेपनि रक्सीको विज्ञापन मुनि उभिएका प्रधानमन्त्रीले तिनलाई धर्म र संस्कृतिको रक्षा गरेको पगरी दिने तर हामीले दिनरात नभनि, आफ्नो परिश्रम समेत नतोकी धर्म र संस्कृतिको लागि काम गर्दा, हामीलाई शोसक र फटाहाको उपनाम दिने !! रक्सी खान हुन्न, आफ्नो धर्म र संस्कृतिलाई माया गर्नुपर्छ भनेर मात्रै होइन दौरास्रुरुवाल, टोपी सहित फिल्डमा खटिने हामीलाई 'शोसक' भन्ने अधिकार र बुद्धि यिनलाई कसले दियो ?

पुरोहित्याईबाट प्राप्त आम्दानीले हामी आफ्ना बालबच्चाहरू राम्रो विद्यालयमा पढाउन सक्दैनौ | अनि, गुरूहरूले चलाएका गुरुकुलहरूमा तिनलाई पठाउनुपर्छ | तर हाम्रो दूर्भाग्यले त्यहा पनि साथ छोड्दैन | आश्रममा बसेर दिनभरी काम गरेर विहान बेलुका धर्म-संस्कृति सिक्ने हाम्रा बालबालिकाहरूको टुप्पी काटिन्छ, जनै काटिन्छ र गुरुकुल जवरजस्ती बन्द गराइन्छ | यो देशमा इसाईहरूले बालबालिकालाई टाई लगाएर  बाइबल  पढाउँदा विरोध हुँदैन, गुम्वामा राखेर भिक्षु धर्म सिकाउँदा धर्म-संस्कृतिको रक्षा ठानिन्छ, मुस्लिमहरूले मदरसामा कुरान पढाउँदा प्रगति भएको ठानिन्छ तर हाम्रा बालबालिकाले आफ्नो धर्म, संस्कृति सिक्न गुरुकुलमा पढ्दा प्रतिगामी ठानिन्छ | हाम्रो बैदिक धर्म र संस्कृतिलाई निमिट्यान्न पार्ने गरी हामी उपर प्रहार गरिन्छ | के हामी ब्राहमणहरू यो देशका लागि अवान्छनीय शक्ति भएका छौँ, राज्यले जवाफ दिनुपर्छ | हामीले राज्यसंग, नेतासंग यो कुराको जवाफ खोज्नुपर्छ |

हामीले आफ्नो कर्म गरिरहंदा आदिवासी, जनजाति, गैरजाति सबैलाई समान रूपमा सम्मान गरेका छौँ | मन्दिरहरूमा पुजारी भएर तिनको सुरक्षा गरिरहेका छौँ पूजापाठ गरेर धर्म र संस्कृतिलाई निरन्तरता दिएका छौँ, ज्योतिषी बनेर जनतालाई सुख पूर्वक जिउने परामर्श प्रदान गरिरहेका छौँ  र आफूखुसी दिएको दक्षिणाले आफ्नो जीवन यापन गरिरहेका छौँ | त्यैपनि हामीलाई देश र जनताको सबैभन्दा ठूलो दुष्मन, प्रतिगामी, विकास-विरोधी भनेर लान्छना लगाइन्छ | के यो देशका लागि हामी भारी बनाई हौँ ?

कुनै प्रकारका छापाखाना, कम्युटर नभएको बेला हाम्रा पुर्खाहरूले सीमी, कटुसको पातबाट मसी निर्मित गरेर लोक्ताको कागजमा लेखेर पूर्खाले लेखेका हजारौं र लाखौं संस्कृतका साहित्य जोगाएका हुन् | आज पनि ती साहित्यहरू संग्रहालयमा सुरक्षित छन् | त्यस बखत हामीले केवल कर्मकाण्डका किताव मात्र सुरक्षित राखेनौं ज्योतिष, आयुर्वेद, धनुर्वेद, नाट्य, दर्शन यहाँसम्म कि ब्राह्मणहरूको जरो काट्ने नास्तिकता वादी चिन्तन चार्वाक-दर्शनलाई जोगाएका छौँ | हामीले आफ्नो पढ्ने-पढाउने कार्यलाई त्यागेनौं | हामीले सृजना गरेका मठमन्दिर, पाटी-पौवा यहासम्म कि ठाउँका नाम समेत सबैले साझा रूपमा उपयोग गरिरहेका छौँ | त्यैपनि हामी पुरोहितहरूलै देशको अवान्छित नागरिक बनाउनेहरू प्रति हामी सहिष्णु छौँ | अव हामीले आफ्नो यो सहिष्णुता तोड्ने बेला आयो | अव अपमानित भएर वस्न सक्दैनौं | हामी जाग्नुपर्छ | हाम्रा पूर्खाले दिएको योगदानको अवमूल्यन गरेर विदेशीहरूको चिन्तनलाई स्वागत गर्नेहरूसंग हिसाव माग्नुपर्छ |

हामी पुरोहितहरूले कसैको अपमान गरेका छैनौ | हामी गरीव भए पनि आरक्षण प्राप्त समुदायप्रति हाम्रो कुनै अवसाद छैन | उनीहरूले आफ्नो परिचय खोज्दा हामीलाई खुसी छौं हामीले कसैलाई विद्यालय जानबाट रोकेका छैनौ | के यो देशमा जांड नखाउँ, मादकपदार्थ सेवन नगर, व्यभिचार नगर, जिम्मेदार नागरिक बन, मातापिताको सम्मान गर, अहिंसक जीवन अपनाऊ, सत्य बोल, सहयोगी बन आदि भन्नु अपराध हो | यदि राज्य र राजनैतिक नेताहरू, जातिवादीहरूको विचारमा अपराध हो भने असल नागरिक को हुन् ? राज्यले हाम्रो जवाफ दिनुपर्छ | हाम्रो कार्यलाई प्रगतिविरोधी भन्नेहरूले आफ्नो प्रगतिको मोडल देखाउन सक्नुपर्छ, 'बाहुनवाद'जस्तो चरम जातीय दुर्भावना फैलाउने र हाम्रो योगदानलाई वदनाम गर्ने चिन्तन विरुद्ध राज्यले प्रतिवन्ध लगाउनुपर्छ | अव हामीले अपमान सहन सक्ने छैनौं

सबैले संविधानमा आफ्नो पहिचानको सुरक्षाको लागि लविंग गरिरहेका बेलामा, हामी १४% ब्राह्मणको अधिकार पनि सुरक्षित हुनुपर्छ | हाम्रो पेशा, रहनसहन, धर्म र संस्कृति रक्षाको कुरा संविधानले किटान गर्नुपर्छ | अरूले पाउने अधिकार हाम्रो लागि पनि सुरक्षित हुनुपर्छ | सबैले पहिचान प्राप्त गरिरहंदा हाम्रो पहिचान हुँदैन भनेर सोच्नेहरू कायर हुन्, हुतिहारा हुन् |

अव हामी जाग्नैपर्छ | हामीले आफ्नो पहिचान संविधानमा लिपिबद्ध भएको पाउनुपर्छ | सबैले आफ्नो मौलिक पहिचान प्राप्त गरिरहेको बेलामा हामी यो अधिकारबाट बन्चित हुन सक्दैनौ | बैदिक संस्कृतिको संवाहक वनेर आफ्नो धर्म, संस्कृति र रीतिरिवाजको पालन गर्ने क्रममा हामी पुरोहित्याई गर्छौ | यो हाम्रो धर्म र पेशा दूबै हो | हाम्रो संस्कृति र रितिरिवाजहरू हाम्रा पूर्खाबाट प्राप्त भएको हुन्| हाम्रोपेशाका आधारमा हामीउपर लगाइनेआरोपहरू हाम्रो लागि अस्वीकार्य छ | हामी न यो देश र जनताका शोषक हौँ न सामन्त नै | जसले हामी उपर आरोप लगाउछन्, तिनीहरू विदेशी राजनैतिक विचारबाट प्रभावित व्यक्ति हुन् अथवा विदेशी धार्मिक समुहहरूका लागि काम गर्ने ज्यामी | नेपाली मनले विवेकहीन आरोप लगाउन सक्दैन |

अव हामी ब्राह्मणहरू राज्य र राजनैतिकदलहरूका गालिगलौज सहन तयार छैनौँ | राज्यले हाम्रो उचित सम्मान दिनुपर्छ | हामीसंग अछुतको ब्यबहार गर्न सक्दैन | हाम्रा पुर्खाहरूले केही समुहलाई अछुत बनाए तर अहिले राज्यले हामीहरूसंग अछुतको ब्यबहार गरिरहेको छ | हामी यसको विरोध गर्छौं |'

हामीसंग एकीकृत हुनुको विकल्प छैन | १७ सताब्दीतिर युरोपमा इसाईहरूको अत्याचार सहन नसकेर प्रतिनिधिका रूपमा जर्मनका कार्लमार्क्सले साम्यवादको परिकल्पना गरेका थिए | नेपालका केही राजनैतिक शक्तिहरूले त्यसलाई अङ्गीकार गरे | एमाओवादीले त्यसलाई जनयुद्ध भनेर अगाडी बढाए | जनयुद्धकालमा तिनले हामी ब्राह्मणलाई नै तारो बनाए | मुकिनाथ ब्राह्मणको हत्या गरेर नेपालीहरू माथि 'विदेशी-राजनैतिक चिन्तन' थोपर्ने प्रयत्न गरे | हाम्रो धर्म र संस्कृतिमा मात्र होइन, उनीहरूले हाम्रा बालबच्चाको टुप्पीसमेत काटे | अव यो अत्याचार खप्न हामी तयार छैनौं हामी ब्राह्मणहरूको प्रतिनिधित्व गर्ने नेपालका मुख्य सचिवलव पनि बुझेका छन् 'हामी पुरोहित ब्राह्मणहरू  निर्दोष छौँ  र राज्यले खर्वो खर्चेर गर्न नसक्ने धर्म संस्कृति रक्षाको काम हामीले गरिरहेका छौँ |

हामीले आत्मग्लानी गर्नुपर्ने कुनै कारण छैन | हामी सनातन वैदिक हिन्दू संस्कृतिका मुख हौँ, प्रवक्ता हौँ, संरक्षक र संरक्षण कर्ता हौँ | हामी अमृतका सन्तान हौँ | हाम्रो माध्यमबाट वैदिक संस्कृतिको सुरक्षा हुन्छ | विश्वले यो कुरा बुझेको छ, स्वीकार गरेको छ | हामी वीच सुधार गर्नुपर्ने धेरै कुरा छन् | ती सुधारहरू गरिनुपर्छ | सानो र ठूलो जातको दम्भ हामीले तोड्न र छोड्न पर्छ | आफ्नो पेशालाई गर्वका रूपमा लिनुपर्छ | हामीलाई 'काठा वा बाजे' भनेर अपमान गर्नेहरूलाई सालीन जवाफ दिनुपर्छ - हामी नेपालको इज्जत हौँ | विश्वका मान्छेहरू नेपाल आउंछन् किनभने यहाँ हामीले र हाम्रा पूर्खाहरूले निर्माण गरेको सनातन संस्कृति छ, जीवन्त सभ्यता छ |

हीनताबोध तिनले गरून् जसले राजनीतिका नाममा जर्मनीबाट साम्यवाद नेपाली जनतामा थोपर्ने प्रयत्न गरिरहेका छन्, समाजवादका नाममा फ्रान्सेली विचारहरू थोपर्ने प्रयन्त गरिरहेका छन्, धर्मका नाममा इसाई र इस्लाम थोपर्ने प्रयत्नगरिरहेका छन् | हीनताबोध तिनले गरून् जसको चिन्तन नै विदेशीहरूको दासत्व गर्न तयार पारिएको छ | विदेशीले बनाएको इतिहास पढ्छन्, विदेशीले लेखेर ल्याएको एजेन्डा नेपालीहरूमा थोपर्छन् | आफ्नो धर्म, संस्कृति र सभ्यताको संवाहक भएकोमा हामी गर्व गर्छौं |

हामी सबै मिलेर बोल्यौ भने दाहाल, भट्टराई, नेपाल, कोइरालाहरूले झुक्नु पर्ने छ | हामी नेपालीहरूका बीचका मान्छेहरू उठेपछि तिनीसंग हाम्रो संस्कृतिक पहिचानको रक्षा गर्नु बाहेक अर्को विकल्प रहने छैन | हामी एकत्र हुनुपर्छ, संगठीत हुनुपर्छ | हामी जाग्नुपर्छ | हामीले आफ्नो पहिचान कायम राख्न हामी एकजुट हुनैपर्छ |

अनेकौं राजनैतिक परिवर्तनपछि पनि नेपाली जनताको भाग्यबाट चरम गरिवी, आर्थिक असमानता, सामाजिक विभेद तथा अन्धविश्वास हटेको छैन | अचम्मको कुरा के छ भने नेपालका प्रगतिशील ठानिने राजनैतिक पार्टी, सामाजिक कार्यक्रता, महिला अभियन्ता समेतका व्यक्तिहरूले उपरोक्त सबै समस्याको जडका हामी पुरोहितहरू, ब्राह्मणहरूलाई लान्छित गर्छन् र समस्याहरूको प्राथमिक स्रोतका रूपमा हामीप्रति लक्षित गरेर गालीगलौज गर्छन् | हाम्रो अस्तित्वमा प्रहार गर्छन्, हामीलाई विदेशी आक्रमणकारी भएको आरोप लगाएर अपमानित गर्छन् | हाम्रो चित्त, मन र आत्म रूँदा पनि हामीले तिनको राम्रो कै लागि प्रार्थना गर्छौं, तिनको उन्नतिको कामना गरेर मन्त्रहरू पाठ गर्छौं |

हाम्रा पूर्खाहरूले नेपाललाई नाम दिए, धर्म र संस्कृतिको स्रोतका रूपमा विकसित गरे | मुस्ताङको दूर्गम्य दामोदरकुण्ड, मुक्तिनाथको खोज गर्ने हामी पुरोहित नै हौ | नेपालका पूर्वमा पाथिभरा, उत्तरमा दामोदरकुण्ड, सुदूरपश्चिममा त्रिपुरासुन्दरी, मध्यपश्चिममा लुम्विनी, काठमाडौं पशुपतिनाथ तथा चार नारायणआदि, जनकपुरमा जानकी, म्याग्दीमा राजा भरत, जिमिरेघाटमा जैमिनी, पणीनिमा पाणिनीयजस्ता असंख्य विद्वानहरू हाम्रा पूर्वजहरू भए | यी सबैले नेपाल र नेपालीको गौरव नै बढाए | भरतको नामबाट भारतवर्ष बन्यो, ने ऋषिबाट नेपाल | ऋषि पाणिनीयले संसारको पहिलो व्याकरण लेखेर नेपालीहरूको गौरव बढाए | आज विश्वले जुन सांस्कृतिक र धार्मिक नेपाललाई चिन्छ, अधिकांश सबै हाम्रा पुरोहितहरूकै सृजना हुन् भन्दा अत्युक्ति हुँदैन | तर आज नेपालको तथाकथित प्रगतिशीलहरूले हाम्रा योगदानहरूको प्रसंसा गर्नुभन्दा आलोचना, लान्छना र निन्दा गरेको सुन्दा हाम्रो मन दुख्छ, छियाछिया हुन्छ |

हामीले आफ्नो देशको माटोसंग नाता गाँसेर आफ्नो मन र आत्मासंग प्रेम गर्छौ र अरूलाई पनि त्यसै गर्न प्रेरित गर्छौं भने हामी कसरी अपराधी हुन् सक्छ ? हामीले नेपालमा मात्र पाइने सालीग्रामलाई देउता मानेर पूजा गर्छौ, यहाँका नदीहरूलाई स्वर्गकी गंगा ठानेर स्नान गर्छौं, पूजा गर्छौं, मन्दिरहरूलाई तीर्थस्थल ठानेर सम्मान गर्छौं | जनकपुरको परिक्रमा गरेर माटोको टीको लगाउँछौं नेपाली माटोसंग प्रेम गर्न प्रेरित गर्ने यी हाम्रा आचरणहरू कसरी पश्चगामी तथा अप्रगतिशील हुन सक्छन् ? यदि हामी पुरोहितहरूका उपरोक्त आचरणलाई पाणिनीय अपराध भन्छ भने हामी हजारपटक यी अपराधहरू गर्न तयार छौँ | त्यैपनि उनीहरूले जवाफ दिनुपर्छ आफ्नो माटो, नदीनाला र संस्कृतिसंग जोडिएको प्रेम अपराध हो भने असल आचरण के हो ? हामी सही कुरा स्वीकार्न तयार छौँ |

वर्तमान नेपालका हरेक वित्त्ताहरूमा हामी ब्राह्मणहरूका पुर्खाहरूको पौरख पोखिएको छ | हामीले नेपाल निर्माण गर्न आफ्नो रगत र पसीना बगाएका छौँ | २१ सयवर्ष पहिलेको चाँगुनारायण मन्दिरको शीलालेखजस्ता हजारौंहजार पुरातात्विक प्रमाणहरूले हाम्रो प्राचीनता बोलिरहेको छ | यी सबै प्रमाणहरूलाई वेवास्ता गरेर हामी पुरोहित/क्षेत्रीहरूलाई विदेशी आक्रमणकारी भन्ने कपोलकल्पित इतिहास बोकेर हिंड्नेहरूप्रति हामी खिन्न छौँ | हाम्रो इतिहासलाई अस्वीकार गर्नेहरूले नेपाल र नेपालीसंग माया गर्न सक्दैनन् | हाम्रो पहिचान मेट्न आतुरहरूले नेपालको इतिहास मेट्ने षड्यन्त्र गरिरहेका छन् | विदेशीहरूले दिएको चस्मा बोकेर नेपाल र नेपालीहरूलाई हेरिरहेका छन् | हाम्रो दोष भनेकै विदेशी चस्माले नेपाललाई पढ्न अस्वीकार गर्नुहो |

इतिहास साक्षी छ, वर्तमान नेपालको निर्माणमा जति हामी ब्राह्मण-पुरोहित तथा क्षेत्रीहरूले रगत बगाएका छौँ त्यति अरूकसैको योगदान छैन | पुरोहितहरूको सल्लाह मानेर क्षेत्री/मल्ल, ठकुरीहरूले सांस्कृतिक धरोहरहरूको निर्माण गरे | काठमाडौंलाई मन्दिरैमन्दिरको शहर भनेर चिनिनुमा, नेपाल आफैमा पूर्वीय धर्मसंस्कृति तथा जातीय विविधताको जीवित संग्रहालयका रूपमा चिनिनुमा हामी पुरोहितहरूको ठूलै योगदान छ | हामीले आफ्ना विचारहरू र धर्मका सवालमा कसैसंग जवरजस्ती गरेका थिएनौं भन्ने कुराको प्रमाण हामीले भोगिरहेको विविधतापूर्ण नेपाल नै छ | यदि हामी पुरोहित-ब्राह्मणहरू ‘मुस्लिम वा इसाईझैँ’ धर्मान्ध भएको भए नेपालको विविधता गुम्ने थियो | इसाई र मुस्लिमहरूको अतिवादी तथा सर्वसत्तावादी चिन्तनको भूमरीमा परेर पाकिस्तान, बंगालदेश, अफगानिस्तान, ब्राजील, संयुक्त राज्य अमेरिकाले आफ्ना प्राचीन मौलिकता गुमाएर नांगेझार भएझै नेपाल पनि एकल धर्म र संस्कृतिको देश बन्ने थियो | हामी पुरोहितहरूलाई देश विगारेको आरोप लगाउनेहरूले तपाईंहरूले सांस्कृतिक नेपालको निर्माण गर्न के-कस्तो योगदान गर्नुभएको छ, देखाउन चुनौती दिन्छौं | हामी पुरोहित ब्राह्मणहरूलाई गालीगलौज गरेर देश र समाजको निर्माण हुन्छ भन्ने सोच भएका बज्रमूर्ख तथा विदेशी चिन्तनका सेवकहरूले हाम्रो मन दुखाएका छन् |

हामी पुरोहितहरूले दुखजिलो गरेर आफ्ना बालबच्चालाई शिक्षाको उज्यालो दियौं | गाई-बस्तु बेचेर, खेती गरेर, झारफुक गरेर, पूजाआजा गरिदिएर, चीना हेरेर, हात हेरेर, मजदुरी गरेर, आफ्नो शारीरिक श्रम बेचेर हामीले आफ्ना बालबालिकालाई पढ्न प्रेरित गर्छौं | आफ्नो धर्म, संस्कृति र सभ्यताका कुराहरू सिकाऊछौ | रातदिन नभनि, सुखदुख नभनि हाम्रा बालबालिकाहरू विद्यालय जान्छन् | हाम्रा सन्तानहरू आफ्नै योग्यता बेचेर ओहदा जव पुग्छन् त्यहाँ पनि हामीले गालीगलौज भोग्नुपर्छ | बाहुनहरूले झ्याली गरे, ओहदा ओगटे भनेर हाम्रा बालबालिकाले गरेको परिश्रमको अवमूल्यन गरिन्छ | हामीले कसैलाई पढ्न/पढाउन रोक लगाएका छैनौ | यहाँसम्म कि हाम्रो घरमा पढ्न आउने बालबालिकालाई निशुल्क पढाएर मदत पनि गर्छौं | त्यैपनि ‘बाहुनहरूले हाम्रो अवसर खाइदिए’ भनेर हामी उपर आरिस गरिन्छ, दाहा गरिन्छ, किन ? त्यसो अव हामीले आफ्ना बालबालिकालाई विद्यालय पठाउन भएन !!!

इतिहासका सबै घटनाहरू असल हुँदैनन्, खराव हुँदैनन् | हामी समयअनुसार बदलिएका छौँ | कानुन बनाएर ‘छुवाछुत’को जघन्य विभेद विरुद्ध बोल्ने पनि हामी ब्राह्मण नै हौँ |हजारौंवर्षदेखि चलिआएका कू-प्रथाहरू सजिलै समाप्त हुँदैनन् | हामीले आफ्नो सामाजिक र सांस्कृतिक सुधारको बाटो समातेका छौँ | २००७ साल भन्दा २०७२ साल निकै खुकुलो छ | बालविबाह समाप्त भएको छ, छुवाछुत मन्थर भएको छ, महिलाहरूले बढी अधिकार उपभोग गर्न पाएका छन् | कर्मकाण्डहरू अपेक्षाकृत सरल भएका छन् | यी सकारात्मक परिवर्तनको चर्चा गर्न राजनैतिक नेतृत्वले चासो राख्दैन | भेटिकन-नगरको सम्राट भएर राज गर्ने पोप र नेपालमा उसको साम्राज्य फैलाउन चर्चसंस्कृतिका वफादारहरूमा कसैको कर्के नजर पदैन तर हामीले कहीं श्राद्ध गरायौं भने प्रगतिशील शक्तिहरूले आगो ओकल्ने गर्छन् | आफ्नो धर्म, संस्कृति र परम्परा जोगाउन गरिरहेको परिश्रमको जस र प्रसंसा प्राप्त गर्नु हाम्रो मौलिक अधिकार हो, अव हामीले यो अधिकार प्राप्त गरेरै छोड्ने प्रतिज्ञा गर्नुपर्छ |

हाम्रो समाजप्रति हामी गर्व गछौं | कामीदाईले बाटो नखोलिदिएसम्म हाम्रो विवाह हुँदैन | सुनारले गहना नबनाइदिएसम्म श्रीमान र श्रीमतीको नाता गांसिदैन | दमाईले लुगा नछेके हामी नांगै हुन्छौं | सार्कीले जूता नसिलाए हामी हिड्न सक्दैनौ |इतिहासले छुवाछुत ल्यायो, हामी सबैले त्यसलाई अंगिकार गर्यौं | समयले छुवाछुतलाई अस्वीकार गर्यौं, हामी सबै मिलेर त्याग्ने प्रयत्नशील छौँ | हामी ब्राह्मण/पुरोहितहरूले कामका सम्वन्धमा जवर्जस्ती गरिरहेका छैनौं | हरेक नागरिक आफ्नो परम्परागत काम गर्न वा नगर्न स्वतन्त्र छ | हामीले कुनै प्रकारको जातीय-सूचक शब्द प्रयोग नगर्दा वा व्यवहार नगर्दा पनि अपहेलित गर्ने तर काँठे, टपरे, काठा, बाहुनेजस्ता जातीय सूचकशब्द बोलेर हाम्रो अपमान गर्नेहरूप्रति अव सहनशील हुनुको कुनै औचित्य छैन |

हामी ब्राहमण-पुरोहितहरूसंग भविष्यको नेपाली समाजको स्पष्ट मार्गचित्र अथवा खाका छन् | हामी नेपालको बहुसांस्कृतिक राज्यको कुरा गर्छौं | स्वधर्म र संस्कृतिप्रति निष्ठावान नागरिकहरूको कुरा गर्छौ | हामी इस्लाम वा इसाईजस्तो कट्टरपन्थी धार्मिक समाजमा विश्वास गर्दैनौं | हाम्रो चाहनाको व्यक्तित्वले एउटा हातमा वेदको किताव र अर्को हातमा विज्ञानको किताव बोकेको हुनेछ | हामी दौरासुरुवाल-टोपी लगाएर, धोतिकूर्थामा सजिएर कछाड बाँधेर, निधारमा टीको लगाएर, गुन्युचोली र सिन्दुरमा सजिएको आधुनिक नेपालको परिकल्पना गर्छौं | हामीलाई पाइन्ट-सर्टसंग कुनै शत्रुता छैन | ‘पव’ भनिने आधुनिक रक्सीका भट्टीहरू र आधुनिक वेश्यालयको चाहनाहरूसंग हामी सहमत छैनौं | विदेशी संस्कृतिसंग हामी सरोकार राख्दैनौ, विदेशीले पठाएका डलरको पहुँच हामीसंग हुँदैन | हाम्रो त्याग, तपस्या र नेपाललाई सांस्कृतिक राष्ट्रका रुपमा उभ्याउन हामीले गरेको अहोरात्र प्रयत्नलाई ‘डलर र डलरका भरौटे’हरूका लागि बाहेक अर्गेलो हुन सक्दैन | हामीलाई नेपाली जनताले माया गर्छन्, विश्वास गर्छन् | हामी डलरदाताले विश्वास गरेका नागरिक मध्ये पर्दैनौं | त्यैभएर उनीहरू सधै हाम्रो खैरो खनिरहेका हुन्छन् | सरकार र राजनैतिक शक्तिहरूले तिनको कुरा सुन्दा, तिनको तालमा नाचेर हाम्रा योगदानहरूको कदर नगर्दा चित्त दुख्छ |

हामी ब्राह्मणक्षेत्रीहरूलाई इस्लाम, इसाईवा यहुदीको आँखाले पढ्नेहरूले बुझ्नुपर्छ कि हामीलेअन्य धार्मिक समुहहरूलाई अस्वीकार गर्दैनौं | हामी बसुधैव कुटुम्बकम्, सर्वेभवन्तु सुखिन, सम्वदध्वं, सम्गच्छध्वं, सहना बबतुसह्नौ भुनक्तुजस्ता वैदिक आदेशहरूको अनुशीलन गर्छौं | ज्ञान, शीप र ब्यबहारका आधारमा समाजको अस्तित्व रहेको विश्वास गर्छौं | ठकुरी भर पनि श्रीकृष्णको हामी पूजा गर्छौ, माझीका सन्तान भए पनि वेदव्यास हाम्रो लागि पूज्य नै छन्, सूद्र वा दासीका छोरा भए पनि नारद र विश्वमित्रहरूको हाम्रो उच्च सम्मान छ | त्याग, सदाचार, सद्भाव, ज्ञान, आफ्नो धर्म र संस्कृतिप्रतिको समर्पणका कारण यदि हामीलाई सामन्त-शोषक भनिएको हो भने एस्तो आरोपहामीलाई स्वीकार्य छ र आरोप लगाउनेहरूको अल्पविवेकप्रति खेद व्यक्त गर्छौं |


अन्त्यमा, हाम्रो देश नेपाल वैदिक धर्मसंस्कृतिको स्रोतकेन्द्र हो र हामी नेपालका अनन्त सन्तान | हामीबाट नेपाललाई अलग्याएर बुझ्ने विवेक र आँखाहरू अन्यायी र विवेकहीन हुन् | नेपालआमाको सन्तानका रूपमा धर्म र संस्कृतिजोगाउन हामीले गरेको अथक प्रयत्न र समर्पणलाई अनर्थ ठान्नेहरू नेपाल र नेपालीहरूका शत्रु हुन्| यस्ता शत्रुहरूलाई हामीले संगठीत नभएसम्म परास्त गर्न सक्दैनौं | विवेकमा आधारित हाम्रो आस्थामा ईश्वरीय सहयोग प्राप्त हुनेछ | हामी सत्यका लागि एकत्रित हुनुपर्छ र | सत्य र असत्यका बीचको संघर्षमा सत्यकै विजय हुने निश्चित छ | हामीहाम्रो एकता सत्यका लागि भएकोले हाम्रो जीत हुनेछ, असत्य पराजित हुनेछ | 

सत्यमेव जयते | (copy-right article)
२०७२ मा  ब्राह्मणहरूको महासभामा प्रस्तुत भाषणको अंश 

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...