आज नेपालका पुरोहित्याई गरेर आफ्नो जीविका यापन गर्ने
ब्राह्मणवर्गहरू नेपाली इतिहासको सबैभन्दा चुनौतिपूर्ण अवस्थामा उभिएका छन् | पुरानो
नेपालले आफ्नो काँचुली फेर्ने राजनैतिक प्रयत्न गरिरहेको छ र एस्तो राजनैतिक
संक्रमणको अवस्थालाई टेकेर हाम्रो देशको वैदिक हिन्दूधर्म, संस्कृति र सभ्यताको
उद्गमस्थलकोपूरातन पहिचान मेटाउन देशी-विदेशी शक्तिहरू लागिपरेका छन् | हाम्रो
प्राचीन सभ्यता, संस्कृति, धरोहर, रितिरिवाज र परम्पराहरूप्रति घृणा फैलाइदै छ | सम्पूर्ण
संसार नै हाम्रो बन्धु हो, सबै सुखी रहुन्, कुनै पनि प्रकारको विभेद नहोस्, मातृशक्तिको
सम्मान होस्, पितृशक्तिको आदर होस्, अतिथीहरूको स्वागत होस्, महिलाहरू पूजित होऊन्
जस्ता हाम्रा मान्यताहरूलाई अनादर गरिंदै छ | दूर्भाग्यको कुरा के हो भने हाम्रो
मौलिक धर्म, संस्कृति र पूरातन पहिचानलाई नेपालबाट निमिट्यान्न पार्ने प्रयासमा
हाम्रा आफ्नै नेपालीहरू लागिरहेका छन् |
'आज राज्यका मूलधारका राजनैतिक शक्तिहरू, जनजाति, इसाईआदिले हामी पुरोहित्याई गरेर आफ्नो जीवन
यापन गर्ने ब्राह्मण समुदाय आफ्नो प्रमुख शत्रुका रूपमा परिभाषित गर्छन् | देशमा भएको गरिवी, जातीय विभेदआदिका लागि जिम्मेदार
भएको आरोप लगाउँछन् | हामी ब्राहमणहरू बेलुका तिनकै घरमा
पुगेर स्वस्तिको कामना गर्छौं | हाम्रो पहिचान मेटाउन हाम्रो
जातीय हत्या गरेर आफ्नो आन्दोलन आरम्भ गर्ने प्रचण्डजीको पनि 'भैसी-पूजा गराएर कल्याणको कामना
गर्छौं |
नेपालको समाजका लागि हामी ब्राहमणहरूको महत्व तरकारीमा नूनझैँ छ | हाम्रो अभावमा सभ्यता र
संस्कृति रोकिन्छ | जन्म-मृत्यु रोकिन्छ | हामी ब्राह्मणहरूले जन्मदा न्वारन गराउछौं, अरूलाई
नाम दिन्छौं, परिचय दिन्छौं | अन्न
प्रासन गरेर पहिलो गाँस हाल्न सिकाउछौं, विवाह गरेर नागरिक
जिम्मेदारी उठाउने सकल्प गराउंछौं, घर बनाएपछि गृह-प्रवेश
गराउछौं, अत्यमा पनि हामी साथ छोड्दैनौं | मसानमा पुगेर विदा गर्छौ | वैदिक धर्म र संस्कृतिको
अनुहार बनेर यसको सुरक्षा गर्छौं, त्यैपनि राज्य र राजनैतिक
दलहरूका लागि हामी आँखाको कचिगर भएका छौँ | हाम्रो अपराध
भनेको स्वधर्म र संस्कृतिको संरक्षण गर्नु र गराउनु नै ठहरिएको छ |
एउटा ज्यामीले निर्धक्कसंग आफ्नो ज्याला तोकेर काम गर्छ | उसलाई थाहा हुन्छ,
बेलुका पाइने परिश्रमको मूल्य | तर हामी
बाहुनहरू आफ्नो घरको काम समेत छोडेर अर्काको धर्मकर्मका लागि विहानै निजको घर
पुग्छौं | विहानै देखि भोको रहेर अर्काको ग्रहशान्ति गर्छौ,
श्राद्ध गर्छौं | काम सकिएपछि, यजमानले दिएको रुखो-मिठो खाएर आफ्नो घरतिर लाग्छौं | यजमानका सम्मुख उसले टीको लगाएर दिएको 'दक्षिणा'
कति छ भनेर हेर्न पनि लाज मान्छौं | एसो
एकान्तमा खाम खोलेर हेर्छौं, परिश्रमसंग न्याय गरिएको भए
खुसी हुन्छौ नगरिएको भए 'मारेछ आज' भन्दै
आफ्नो घरतिर लाग्छौं | आफुले दिनभरी गर्ने परिश्रमको समेत
तोक्न नसक्ने हामी ब्राह्मणहरू कसरी 'शोसक' 'शासक' छौं ? हामीलाई कसैले
बुझाउन सक्छ ?
आधा फाटेका लुगाहरूले शरीर छोपेर, सात ठाउँबाट जुटाएका अक्षताहरू पकाएर 'बाजे-बाजे' को सम्बोधन सुन्दै आफ्नो जीवन यापन गर्ने
हामी ब्राह्मणहरूलाई राज्यले धनी, शासक र शोसक भन्छ, हामीलाई गालीगलौज नगरेसम्म राजनैतिक नेताको भात पच्दैन | यी सर्वहारा वर्गको नेतृत्व गर्छु भन्नेले के हामीसंग बसेर 'सात थरीका अक्षता'को भात खान सक्छन् ! के आफ्ना
कार्यकर्ताहरूलाई हामीले झैँ कुनै प्रकारको शर्त नराखी 'सांस्कृतिक'
सेवा गर्न सक्छन् | जसको लुक नै महान् शोसकको
जस्तो छ, जुन विदेशीहरूको पैसामा आफ्नो जीवन यापन गर्छन्,
जसको कर्म र बचनमा समेत आफ्नो देश, धर्म र
संस्कृतिप्रति माया छैन तिनले हामीलाई शोषक भन्ने ?
अरू जातजातिले लुगा-लगाएर, टुँडिखेलमा जांड र रक्सीको पसल थापेपनि रक्सीको विज्ञापन मुनि उभिएका
प्रधानमन्त्रीले तिनलाई धर्म र संस्कृतिको रक्षा गरेको पगरी दिने तर हामीले दिनरात
नभनि, आफ्नो परिश्रम समेत नतोकी धर्म र संस्कृतिको लागि काम
गर्दा, हामीलाई शोसक र फटाहाको उपनाम दिने !! रक्सी खान
हुन्न, आफ्नो धर्म र संस्कृतिलाई माया गर्नुपर्छ भनेर मात्रै
होइन दौरास्रुरुवाल, टोपी सहित फिल्डमा खटिने हामीलाई 'शोसक' भन्ने अधिकार र बुद्धि यिनलाई कसले दियो ?
पुरोहित्याईबाट प्राप्त आम्दानीले हामी आफ्ना बालबच्चाहरू राम्रो
विद्यालयमा पढाउन सक्दैनौ | अनि, गुरूहरूले चलाएका गुरुकुलहरूमा तिनलाई
पठाउनुपर्छ | तर हाम्रो दूर्भाग्यले त्यहा पनि साथ छोड्दैन |
आश्रममा बसेर दिनभरी काम गरेर विहान बेलुका धर्म-संस्कृति सिक्ने
हाम्रा बालबालिकाहरूको टुप्पी काटिन्छ, जनै काटिन्छ र
गुरुकुल जवरजस्ती बन्द गराइन्छ | यो देशमा इसाईहरूले
बालबालिकालाई टाई लगाएर बाइबल पढाउँदा विरोध हुँदैन, गुम्वामा
राखेर भिक्षु धर्म सिकाउँदा धर्म-संस्कृतिको रक्षा ठानिन्छ, मुस्लिमहरूले
मदरसामा कुरान पढाउँदा प्रगति भएको ठानिन्छ तर हाम्रा बालबालिकाले आफ्नो धर्म,
संस्कृति सिक्न गुरुकुलमा पढ्दा प्रतिगामी ठानिन्छ | हाम्रो बैदिक धर्म र संस्कृतिलाई निमिट्यान्न पार्ने गरी हामी उपर प्रहार
गरिन्छ | के हामी ब्राहमणहरू यो देशका लागि अवान्छनीय शक्ति
भएका छौँ, राज्यले जवाफ दिनुपर्छ | हामीले
राज्यसंग, नेतासंग यो कुराको जवाफ खोज्नुपर्छ |
हामीले आफ्नो कर्म गरिरहंदा आदिवासी, जनजाति, गैरजाति सबैलाई समान
रूपमा सम्मान गरेका छौँ | मन्दिरहरूमा पुजारी भएर तिनको
सुरक्षा गरिरहेका छौँ | पूजापाठ गरेर धर्म र संस्कृतिलाई निरन्तरता दिएका छौँ, ज्योतिषी बनेर जनतालाई सुख पूर्वक जिउने परामर्श प्रदान गरिरहेका छौँ र आफूखुसी दिएको दक्षिणाले आफ्नो जीवन यापन
गरिरहेका छौँ | त्यैपनि हामीलाई देश र जनताको सबैभन्दा ठूलो
दुष्मन, प्रतिगामी, विकास-विरोधी भनेर
लान्छना लगाइन्छ | के यो देशका लागि हामी भारी बनाई हौँ ?
कुनै प्रकारका छापाखाना, कम्युटर नभएको बेला हाम्रा पुर्खाहरूले सीमी, कटुसको पातबाट मसी निर्मित गरेर लोक्ताको कागजमा लेखेर पूर्खाले लेखेका
हजारौं र लाखौं संस्कृतका साहित्य जोगाएका हुन् | आज पनि ती
साहित्यहरू संग्रहालयमा सुरक्षित छन् | त्यस बखत हामीले केवल
कर्मकाण्डका किताव मात्र सुरक्षित राखेनौं ज्योतिष, आयुर्वेद,
धनुर्वेद, नाट्य, दर्शन
यहाँसम्म कि ब्राह्मणहरूको जरो काट्ने नास्तिकता वादी चिन्तन चार्वाक-दर्शनलाई
जोगाएका छौँ | हामीले आफ्नो पढ्ने-पढाउने कार्यलाई त्यागेनौं
| हामीले सृजना गरेका मठमन्दिर, पाटी-पौवा
यहासम्म कि ठाउँका नाम समेत सबैले साझा रूपमा उपयोग गरिरहेका छौँ | त्यैपनि हामी पुरोहितहरूलै देशको अवान्छित नागरिक बनाउनेहरू प्रति हामी
सहिष्णु छौँ | अव हामीले आफ्नो यो सहिष्णुता तोड्ने बेला आयो
| अव अपमानित भएर वस्न सक्दैनौं | हामी
जाग्नुपर्छ | हाम्रा पूर्खाले दिएको योगदानको अवमूल्यन गरेर
विदेशीहरूको चिन्तनलाई स्वागत गर्नेहरूसंग हिसाव माग्नुपर्छ |
हामी पुरोहितहरूले कसैको अपमान गरेका छैनौ | हामी गरीव भए पनि आरक्षण
प्राप्त समुदायप्रति हाम्रो कुनै अवसाद छैन | उनीहरूले आफ्नो
परिचय खोज्दा हामीलाई खुसी छौं | हामीले कसैलाई विद्यालय जानबाट रोकेका छैनौ | के यो
देशमा जांड नखाउँ, मादकपदार्थ सेवन नगर, व्यभिचार नगर, जिम्मेदार नागरिक बन, मातापिताको सम्मान गर, अहिंसक जीवन अपनाऊ, सत्य बोल, सहयोगी बन आदि भन्नु अपराध हो | यदि राज्य र राजनैतिक नेताहरू, जातिवादीहरूको
विचारमा अपराध हो भने असल नागरिक को हुन् ? राज्यले हाम्रो
जवाफ दिनुपर्छ | हाम्रो कार्यलाई प्रगतिविरोधी भन्नेहरूले
आफ्नो प्रगतिको मोडल देखाउन सक्नुपर्छ, 'बाहुनवाद'जस्तो चरम जातीय दुर्भावना फैलाउने र हाम्रो योगदानलाई वदनाम गर्ने चिन्तन
विरुद्ध राज्यले प्रतिवन्ध लगाउनुपर्छ | अव हामीले अपमान सहन
सक्ने छैनौं |
सबैले संविधानमा आफ्नो पहिचानको सुरक्षाको लागि लविंग गरिरहेका बेलामा, हामी १४% ब्राह्मणको
अधिकार पनि सुरक्षित हुनुपर्छ | हाम्रो पेशा, रहनसहन, धर्म र संस्कृति रक्षाको कुरा संविधानले
किटान गर्नुपर्छ | अरूले पाउने अधिकार हाम्रो लागि पनि
सुरक्षित हुनुपर्छ | सबैले पहिचान प्राप्त गरिरहंदा हाम्रो
पहिचान हुँदैन भनेर सोच्नेहरू कायर हुन्, हुतिहारा हुन् |
अव हामी जाग्नैपर्छ | हामीले आफ्नो पहिचान संविधानमा लिपिबद्ध भएको पाउनुपर्छ | सबैले आफ्नो मौलिक पहिचान प्राप्त गरिरहेको बेलामा हामी यो अधिकारबाट
बन्चित हुन सक्दैनौ | बैदिक संस्कृतिको संवाहक वनेर आफ्नो
धर्म, संस्कृति र रीतिरिवाजको पालन गर्ने क्रममा हामी पुरोहित्याई गर्छौ | यो
हाम्रो धर्म र पेशा दूबै हो | हाम्रो संस्कृति र रितिरिवाजहरू हाम्रा पूर्खाबाट
प्राप्त भएको हुन्| हाम्रोपेशाका आधारमा हामीउपर लगाइनेआरोपहरू हाम्रो लागि
अस्वीकार्य छ | हामी न यो देश र जनताका शोषक हौँ न सामन्त नै | जसले हामी उपर आरोप
लगाउछन्, तिनीहरू विदेशी राजनैतिक विचारबाट प्रभावित व्यक्ति हुन् अथवा विदेशी
धार्मिक समुहहरूका लागि काम गर्ने ज्यामी | नेपाली मनले विवेकहीन आरोप लगाउन
सक्दैन |
अव हामी ब्राह्मणहरू राज्य र राजनैतिकदलहरूका गालिगलौज सहन तयार छैनौँ
| राज्यले हाम्रो उचित
सम्मान दिनुपर्छ | हामीसंग अछुतको ब्यबहार गर्न सक्दैन |
हाम्रा पुर्खाहरूले केही समुहलाई अछुत बनाए तर अहिले राज्यले
हामीहरूसंग अछुतको ब्यबहार गरिरहेको छ | हामी यसको विरोध
गर्छौं |'
हामीसंग एकीकृत हुनुको विकल्प छैन | १७ सताब्दीतिर युरोपमा इसाईहरूको अत्याचार सहन नसकेर
प्रतिनिधिका रूपमा जर्मनका कार्लमार्क्सले साम्यवादको परिकल्पना गरेका थिए |
नेपालका केही राजनैतिक शक्तिहरूले त्यसलाई अङ्गीकार गरे | एमाओवादीले त्यसलाई जनयुद्ध भनेर अगाडी बढाए | जनयुद्धकालमा
तिनले हामी ब्राह्मणलाई नै तारो बनाए | मुकिनाथ ब्राह्मणको
हत्या गरेर नेपालीहरू माथि 'विदेशी-राजनैतिक चिन्तन' थोपर्ने प्रयत्न गरे | हाम्रो धर्म र संस्कृतिमा
मात्र होइन, उनीहरूले हाम्रा बालबच्चाको टुप्पीसमेत काटे |
अव यो अत्याचार खप्न हामी तयार छैनौं | हामी ब्राह्मणहरूको प्रतिनिधित्व
गर्ने नेपालका मुख्य सचिवलव पनि बुझेका छन् 'हामी पुरोहित
ब्राह्मणहरू निर्दोष छौँ र राज्यले खर्वो खर्चेर गर्न नसक्ने धर्म
संस्कृति रक्षाको काम हामीले गरिरहेका छौँ |
हामीले आत्मग्लानी गर्नुपर्ने कुनै कारण छैन | हामी सनातन वैदिक हिन्दू
संस्कृतिका मुख हौँ, प्रवक्ता हौँ, संरक्षक
र संरक्षण कर्ता हौँ | हामी अमृतका सन्तान हौँ | हाम्रो माध्यमबाट वैदिक संस्कृतिको सुरक्षा हुन्छ | विश्वले
यो कुरा बुझेको छ, स्वीकार गरेको छ | हामी
वीच सुधार गर्नुपर्ने धेरै कुरा छन् | ती सुधारहरू गरिनुपर्छ
| सानो र ठूलो जातको दम्भ हामीले तोड्न र छोड्न पर्छ |
आफ्नो पेशालाई गर्वका रूपमा लिनुपर्छ | हामीलाई
'काठा वा बाजे' भनेर अपमान गर्नेहरूलाई
सालीन जवाफ दिनुपर्छ - हामी नेपालको इज्जत हौँ | विश्वका
मान्छेहरू नेपाल आउंछन् किनभने यहाँ हामीले र हाम्रा पूर्खाहरूले निर्माण गरेको
सनातन संस्कृति छ, जीवन्त सभ्यता छ |
हीनताबोध तिनले गरून् जसले राजनीतिका नाममा जर्मनीबाट साम्यवाद नेपाली
जनतामा थोपर्ने प्रयत्न गरिरहेका छन्, समाजवादका नाममा फ्रान्सेली विचारहरू थोपर्ने प्रयन्त
गरिरहेका छन्, धर्मका नाममा इसाई र इस्लाम थोपर्ने
प्रयत्नगरिरहेका छन् | हीनताबोध तिनले गरून् जसको चिन्तन नै
विदेशीहरूको दासत्व गर्न तयार पारिएको छ | विदेशीले बनाएको
इतिहास पढ्छन्, विदेशीले लेखेर ल्याएको एजेन्डा नेपालीहरूमा
थोपर्छन् | आफ्नो धर्म, संस्कृति र
सभ्यताको संवाहक भएकोमा हामी गर्व गर्छौं |
हामी सबै मिलेर बोल्यौ भने दाहाल, भट्टराई, नेपाल, कोइरालाहरूले झुक्नु पर्ने छ | हामी नेपालीहरूका
बीचका मान्छेहरू उठेपछि तिनीसंग हाम्रो संस्कृतिक पहिचानको रक्षा गर्नु बाहेक
अर्को विकल्प रहने छैन | हामी एकत्र हुनुपर्छ, संगठीत हुनुपर्छ | हामी जाग्नुपर्छ | हामीले आफ्नो पहिचान कायम राख्न हामी एकजुट हुनैपर्छ |
अनेकौं राजनैतिक परिवर्तनपछि पनि नेपाली जनताको भाग्यबाट चरम गरिवी,
आर्थिक असमानता, सामाजिक विभेद तथा अन्धविश्वास हटेको छैन | अचम्मको कुरा के छ भने
नेपालका प्रगतिशील ठानिने राजनैतिक पार्टी, सामाजिक कार्यक्रता, महिला अभियन्ता
समेतका व्यक्तिहरूले उपरोक्त सबै समस्याको जडका हामी पुरोहितहरू, ब्राह्मणहरूलाई
लान्छित गर्छन् र समस्याहरूको प्राथमिक स्रोतका रूपमा हामीप्रति लक्षित गरेर
गालीगलौज गर्छन् | हाम्रो अस्तित्वमा प्रहार गर्छन्, हामीलाई विदेशी आक्रमणकारी
भएको आरोप लगाएर अपमानित गर्छन् | हाम्रो चित्त, मन र आत्म रूँदा पनि हामीले तिनको
राम्रो कै लागि प्रार्थना गर्छौं, तिनको उन्नतिको कामना गरेर मन्त्रहरू पाठ गर्छौं
|
हाम्रा पूर्खाहरूले नेपाललाई नाम दिए, धर्म र संस्कृतिको स्रोतका
रूपमा विकसित गरे | मुस्ताङको दूर्गम्य दामोदरकुण्ड, मुक्तिनाथको खोज गर्ने हामी
पुरोहित नै हौ | नेपालका पूर्वमा पाथिभरा, उत्तरमा दामोदरकुण्ड, सुदूरपश्चिममा त्रिपुरासुन्दरी,
मध्यपश्चिममा लुम्विनी, काठमाडौं पशुपतिनाथ तथा चार नारायणआदि, जनकपुरमा जानकी,
म्याग्दीमा राजा भरत, जिमिरेघाटमा जैमिनी, पणीनिमा पाणिनीयजस्ता असंख्य विद्वानहरू
हाम्रा पूर्वजहरू भए | यी सबैले नेपाल र नेपालीको गौरव नै बढाए | भरतको नामबाट
भारतवर्ष बन्यो, ने ऋषिबाट नेपाल | ऋषि पाणिनीयले संसारको पहिलो व्याकरण लेखेर
नेपालीहरूको गौरव बढाए | आज विश्वले जुन सांस्कृतिक र धार्मिक नेपाललाई चिन्छ,
अधिकांश सबै हाम्रा पुरोहितहरूकै सृजना हुन् भन्दा अत्युक्ति हुँदैन | तर आज
नेपालको तथाकथित प्रगतिशीलहरूले हाम्रा योगदानहरूको प्रसंसा गर्नुभन्दा आलोचना,
लान्छना र निन्दा गरेको सुन्दा हाम्रो मन दुख्छ, छियाछिया हुन्छ |
हामीले आफ्नो देशको माटोसंग नाता गाँसेर आफ्नो मन र आत्मासंग प्रेम
गर्छौ र अरूलाई पनि त्यसै गर्न प्रेरित गर्छौं भने हामी कसरी अपराधी हुन् सक्छ ?
हामीले नेपालमा मात्र पाइने सालीग्रामलाई देउता मानेर पूजा गर्छौ, यहाँका
नदीहरूलाई स्वर्गकी गंगा ठानेर स्नान गर्छौं, पूजा गर्छौं, मन्दिरहरूलाई तीर्थस्थल
ठानेर सम्मान गर्छौं | जनकपुरको परिक्रमा गरेर माटोको टीको लगाउँछौं नेपाली
माटोसंग प्रेम गर्न प्रेरित गर्ने यी हाम्रा आचरणहरू कसरी पश्चगामी तथा अप्रगतिशील
हुन सक्छन् ? यदि हामी पुरोहितहरूका उपरोक्त आचरणलाई पाणिनीय अपराध भन्छ भने हामी
हजारपटक यी अपराधहरू गर्न तयार छौँ | त्यैपनि उनीहरूले जवाफ दिनुपर्छ आफ्नो माटो,
नदीनाला र संस्कृतिसंग जोडिएको प्रेम अपराध हो भने असल आचरण के हो ? हामी सही कुरा
स्वीकार्न तयार छौँ |
वर्तमान नेपालका हरेक वित्त्ताहरूमा हामी ब्राह्मणहरूका पुर्खाहरूको
पौरख पोखिएको छ | हामीले नेपाल निर्माण गर्न आफ्नो रगत र पसीना बगाएका छौँ | २१
सयवर्ष पहिलेको चाँगुनारायण मन्दिरको शीलालेखजस्ता हजारौंहजार पुरातात्विक
प्रमाणहरूले हाम्रो प्राचीनता बोलिरहेको छ | यी सबै प्रमाणहरूलाई वेवास्ता गरेर
हामी पुरोहित/क्षेत्रीहरूलाई विदेशी आक्रमणकारी भन्ने कपोलकल्पित इतिहास बोकेर
हिंड्नेहरूप्रति हामी खिन्न छौँ | हाम्रो इतिहासलाई अस्वीकार गर्नेहरूले नेपाल र
नेपालीसंग माया गर्न सक्दैनन् | हाम्रो पहिचान मेट्न आतुरहरूले नेपालको इतिहास
मेट्ने षड्यन्त्र गरिरहेका छन् | विदेशीहरूले दिएको चस्मा बोकेर नेपाल र
नेपालीहरूलाई हेरिरहेका छन् | हाम्रो दोष भनेकै विदेशी चस्माले नेपाललाई पढ्न
अस्वीकार गर्नुहो |
इतिहास साक्षी छ, वर्तमान नेपालको निर्माणमा जति हामी
ब्राह्मण-पुरोहित तथा क्षेत्रीहरूले रगत बगाएका छौँ त्यति अरूकसैको योगदान छैन |
पुरोहितहरूको सल्लाह मानेर क्षेत्री/मल्ल, ठकुरीहरूले सांस्कृतिक धरोहरहरूको
निर्माण गरे | काठमाडौंलाई मन्दिरैमन्दिरको शहर भनेर चिनिनुमा, नेपाल आफैमा
पूर्वीय धर्मसंस्कृति तथा जातीय विविधताको जीवित संग्रहालयका रूपमा चिनिनुमा हामी
पुरोहितहरूको ठूलै योगदान छ | हामीले आफ्ना विचारहरू र धर्मका सवालमा कसैसंग
जवरजस्ती गरेका थिएनौं भन्ने कुराको प्रमाण हामीले भोगिरहेको विविधतापूर्ण नेपाल
नै छ | यदि हामी पुरोहित-ब्राह्मणहरू ‘मुस्लिम वा इसाईझैँ’ धर्मान्ध भएको भए
नेपालको विविधता गुम्ने थियो | इसाई र मुस्लिमहरूको अतिवादी तथा सर्वसत्तावादी
चिन्तनको भूमरीमा परेर पाकिस्तान, बंगालदेश, अफगानिस्तान, ब्राजील, संयुक्त राज्य
अमेरिकाले आफ्ना प्राचीन मौलिकता गुमाएर नांगेझार भएझै नेपाल पनि एकल धर्म र
संस्कृतिको देश बन्ने थियो | हामी पुरोहितहरूलाई देश विगारेको आरोप लगाउनेहरूले
तपाईंहरूले सांस्कृतिक नेपालको निर्माण गर्न के-कस्तो योगदान गर्नुभएको छ, देखाउन
चुनौती दिन्छौं | हामी पुरोहित ब्राह्मणहरूलाई गालीगलौज गरेर देश र समाजको निर्माण
हुन्छ भन्ने सोच भएका बज्रमूर्ख तथा विदेशी चिन्तनका सेवकहरूले हाम्रो मन दुखाएका
छन् |
हामी पुरोहितहरूले दुखजिलो गरेर आफ्ना बालबच्चालाई शिक्षाको उज्यालो
दियौं | गाई-बस्तु बेचेर, खेती गरेर, झारफुक गरेर, पूजाआजा गरिदिएर, चीना हेरेर,
हात हेरेर, मजदुरी गरेर, आफ्नो शारीरिक श्रम बेचेर हामीले आफ्ना बालबालिकालाई पढ्न
प्रेरित गर्छौं | आफ्नो धर्म, संस्कृति र सभ्यताका कुराहरू सिकाऊछौ | रातदिन नभनि,
सुखदुख नभनि हाम्रा बालबालिकाहरू विद्यालय जान्छन् | हाम्रा सन्तानहरू आफ्नै
योग्यता बेचेर ओहदा जव पुग्छन् त्यहाँ पनि हामीले गालीगलौज भोग्नुपर्छ |
बाहुनहरूले झ्याली गरे, ओहदा ओगटे भनेर हाम्रा बालबालिकाले गरेको परिश्रमको
अवमूल्यन गरिन्छ | हामीले कसैलाई पढ्न/पढाउन रोक लगाएका छैनौ | यहाँसम्म कि हाम्रो
घरमा पढ्न आउने बालबालिकालाई निशुल्क पढाएर मदत पनि गर्छौं | त्यैपनि ‘बाहुनहरूले
हाम्रो अवसर खाइदिए’ भनेर हामी उपर आरिस गरिन्छ, दाहा गरिन्छ, किन ? त्यसो अव
हामीले आफ्ना बालबालिकालाई विद्यालय पठाउन भएन !!!
इतिहासका सबै घटनाहरू असल हुँदैनन्, खराव हुँदैनन् | हामी समयअनुसार
बदलिएका छौँ | कानुन बनाएर ‘छुवाछुत’को जघन्य विभेद विरुद्ध बोल्ने पनि हामी
ब्राह्मण नै हौँ |हजारौंवर्षदेखि चलिआएका कू-प्रथाहरू सजिलै समाप्त हुँदैनन् |
हामीले आफ्नो सामाजिक र सांस्कृतिक सुधारको बाटो समातेका छौँ | २००७ साल भन्दा
२०७२ साल निकै खुकुलो छ | बालविबाह समाप्त भएको छ, छुवाछुत मन्थर भएको छ, महिलाहरूले
बढी अधिकार उपभोग गर्न पाएका छन् | कर्मकाण्डहरू अपेक्षाकृत सरल भएका छन् | यी
सकारात्मक परिवर्तनको चर्चा गर्न राजनैतिक नेतृत्वले चासो राख्दैन | भेटिकन-नगरको
सम्राट भएर राज गर्ने पोप र नेपालमा उसको साम्राज्य फैलाउन चर्चसंस्कृतिका
वफादारहरूमा कसैको कर्के नजर पदैन तर हामीले कहीं श्राद्ध गरायौं भने प्रगतिशील
शक्तिहरूले आगो ओकल्ने गर्छन् | आफ्नो धर्म, संस्कृति र परम्परा जोगाउन गरिरहेको
परिश्रमको जस र प्रसंसा प्राप्त गर्नु हाम्रो मौलिक अधिकार हो, अव हामीले यो
अधिकार प्राप्त गरेरै छोड्ने प्रतिज्ञा गर्नुपर्छ |
हाम्रो समाजप्रति हामी गर्व गछौं | कामीदाईले बाटो नखोलिदिएसम्म
हाम्रो विवाह हुँदैन | सुनारले गहना नबनाइदिएसम्म श्रीमान र श्रीमतीको नाता
गांसिदैन | दमाईले लुगा नछेके हामी नांगै हुन्छौं | सार्कीले जूता नसिलाए हामी
हिड्न सक्दैनौ |इतिहासले छुवाछुत ल्यायो, हामी सबैले त्यसलाई अंगिकार गर्यौं |
समयले छुवाछुतलाई अस्वीकार गर्यौं, हामी सबै मिलेर त्याग्ने प्रयत्नशील छौँ | हामी
ब्राह्मण/पुरोहितहरूले कामका सम्वन्धमा जवर्जस्ती गरिरहेका छैनौं | हरेक नागरिक
आफ्नो परम्परागत काम गर्न वा नगर्न स्वतन्त्र छ | हामीले कुनै प्रकारको जातीय-सूचक
शब्द प्रयोग नगर्दा वा व्यवहार नगर्दा पनि अपहेलित गर्ने तर काँठे, टपरे, काठा,
बाहुनेजस्ता जातीय सूचकशब्द बोलेर हाम्रो अपमान गर्नेहरूप्रति अव सहनशील हुनुको
कुनै औचित्य छैन |
हामी ब्राहमण-पुरोहितहरूसंग भविष्यको नेपाली समाजको स्पष्ट मार्गचित्र
अथवा खाका छन् | हामी नेपालको बहुसांस्कृतिक राज्यको कुरा गर्छौं | स्वधर्म र
संस्कृतिप्रति निष्ठावान नागरिकहरूको कुरा गर्छौ | हामी इस्लाम वा इसाईजस्तो
कट्टरपन्थी धार्मिक समाजमा विश्वास गर्दैनौं | हाम्रो चाहनाको व्यक्तित्वले एउटा
हातमा वेदको किताव र अर्को हातमा विज्ञानको किताव बोकेको हुनेछ | हामी
दौरासुरुवाल-टोपी लगाएर, धोतिकूर्थामा सजिएर कछाड बाँधेर, निधारमा टीको लगाएर, गुन्युचोली
र सिन्दुरमा सजिएको आधुनिक नेपालको परिकल्पना गर्छौं | हामीलाई पाइन्ट-सर्टसंग
कुनै शत्रुता छैन | ‘पव’ भनिने आधुनिक रक्सीका भट्टीहरू र आधुनिक वेश्यालयको
चाहनाहरूसंग हामी सहमत छैनौं | विदेशी संस्कृतिसंग हामी सरोकार राख्दैनौ, विदेशीले
पठाएका डलरको पहुँच हामीसंग हुँदैन | हाम्रो त्याग, तपस्या र नेपाललाई सांस्कृतिक
राष्ट्रका रुपमा उभ्याउन हामीले गरेको अहोरात्र प्रयत्नलाई ‘डलर र डलरका
भरौटे’हरूका लागि बाहेक अर्गेलो हुन सक्दैन | हामीलाई नेपाली जनताले माया गर्छन्,
विश्वास गर्छन् | हामी डलरदाताले विश्वास गरेका नागरिक मध्ये पर्दैनौं | त्यैभएर
उनीहरू सधै हाम्रो खैरो खनिरहेका हुन्छन् | सरकार र राजनैतिक शक्तिहरूले तिनको
कुरा सुन्दा, तिनको तालमा नाचेर हाम्रा योगदानहरूको कदर नगर्दा चित्त दुख्छ |
हामी ब्राह्मणक्षेत्रीहरूलाई इस्लाम, इसाईवा यहुदीको आँखाले पढ्नेहरूले
बुझ्नुपर्छ कि हामीलेअन्य धार्मिक समुहहरूलाई अस्वीकार गर्दैनौं | हामी बसुधैव
कुटुम्बकम्, सर्वेभवन्तु सुखिन, सम्वदध्वं, सम्गच्छध्वं, सहना बबतुसह्नौ भुनक्तुजस्ता
वैदिक आदेशहरूको अनुशीलन गर्छौं | ज्ञान, शीप र ब्यबहारका आधारमा समाजको अस्तित्व
रहेको विश्वास गर्छौं | ठकुरी भर पनि श्रीकृष्णको हामी पूजा गर्छौ, माझीका सन्तान
भए पनि वेदव्यास हाम्रो लागि पूज्य नै छन्, सूद्र वा दासीका छोरा भए पनि नारद र
विश्वमित्रहरूको हाम्रो उच्च सम्मान छ | त्याग, सदाचार, सद्भाव, ज्ञान, आफ्नो धर्म
र संस्कृतिप्रतिको समर्पणका कारण यदि हामीलाई सामन्त-शोषक भनिएको हो भने एस्तो आरोपहामीलाई
स्वीकार्य छ र आरोप लगाउनेहरूको अल्पविवेकप्रति खेद व्यक्त गर्छौं |
अन्त्यमा, हाम्रो देश नेपाल वैदिक धर्मसंस्कृतिको स्रोतकेन्द्र हो र
हामी नेपालका अनन्त सन्तान | हामीबाट नेपाललाई अलग्याएर बुझ्ने विवेक र आँखाहरू
अन्यायी र विवेकहीन हुन् | नेपालआमाको सन्तानका रूपमा धर्म र संस्कृतिजोगाउन
हामीले गरेको अथक प्रयत्न र समर्पणलाई अनर्थ ठान्नेहरू नेपाल र नेपालीहरूका शत्रु
हुन्| यस्ता शत्रुहरूलाई हामीले संगठीत नभएसम्म परास्त गर्न सक्दैनौं | विवेकमा
आधारित हाम्रो आस्थामा ईश्वरीय सहयोग प्राप्त हुनेछ | हामी सत्यका लागि एकत्रित
हुनुपर्छ र | सत्य र असत्यका बीचको संघर्षमा सत्यकै विजय हुने निश्चित छ | हामीहाम्रो
एकता सत्यका लागि भएकोले हाम्रो जीत हुनेछ, असत्य पराजित हुनेछ |
सत्यमेव जयते | (copy-right article)
२०७२ मा ब्राह्मणहरूको महासभामा प्रस्तुत भाषणको अंश
२०७२ मा ब्राह्मणहरूको महासभामा प्रस्तुत भाषणको अंश
No comments:
Post a Comment