१
संस्कृतका हरेक
श्लोकहरू मन्त्र नै हुन् किनभने संस्कृत देवभाषा हो |
हामी सबै संस्कृतलाई
असाध्य माया गर्छौं तर समय तथा परिस्थितिका कारण पढ्न सकेनौं | तर केही छैन |
शक्तिशाली गन्धले
नाकमा प्रभाव पर्छ | सुन्दर अथवा असुन्दर दृश्य आँखाले देख्छ नै | हाम्रो छालाके विभिन्न प्रकारका स्पर्सहरू
थाहा पाउँछ | त्यसैगरी हाम्रो कानका माध्यमबाट प्रवेश गरेका मन्त्रके
हामीमासकारात्मक प्रभाव पर्छ नै |
संस्कृतका हरेक शब्दहरू मन्त्र नै हुन् | यो कुरावेद, उपनिषद तथा शास्त्रहरूले बोलेको विषय हो | कुनै विषयको प्रमाणिकरण शास्त्रले गरेको हुनुपर्छ | शास्त्रले गाईको गहुत तथा गोवर लाई पवित्र भन्छ, शास्त्रले भने पछि गाईको गहतलाई सामान्य 'मूत'का रुपमा लिइन्न |
त्यसैले शास्त्रको प्रामाणलाई स्वीकार्नु पर्छ | आज यो पवित्र नन्दसूत स्तोत्र यहाँहरूका लागि समर्पित छ | यसमा कुनै संगीत छैन, कुनै कलाकारिता छैन | केवल शुद्धसंस्कृतका मन्त्रहरूको शुद्ध उच्चारण छ | आजको दिन यो मन्त्र सुनेर आरम्भ गरौँ | सबैको कल्याण हुनेछ |
हाम्रो देश
नेपाल वैदिक संस्कृतिको उद्गमस्थल हो | हिन्दूहरूको आफ्नो पूर्ख्यौली थलो हो | महर्षि बशिष्टले
कोशीको किनारामा श्री गायत्रीको साक्षात्कार गरेका थिए | महर्षि वेद ब्यासले दमौलीमा अठार पुराण लेखेका हुन् | भरत राजाले कालीगण्डकीको
किनारामा तपस्या गरेर हालको भारतको
नाम जुराईदिएका हुन् |
विश्वका प्रथम भाषाविद् पाणीनि गुल्मीको पाणिनीमा बसेर
ब्यकर्ण लेखेका थिए भने महान्
बैशेशिक दर्शनका लेखक जैनिनी को जन्म
जिमिरेघाट बाग्लुंगमा भएको थियो | संख्या दर्शनका
प्रणेता महर्षि कपिलको
नाममा कपिलवस्तु नेपाल मैं छ |
प्रथम कवि
बाल्मिकीले कोशीकै किनारमा बसेर रामायण लेखेका हुन् | वेदपुराणहरू नेपाली भूमिका उपज हुन् | बुद्ध, बोन र किरातीहरू पनि नेपालका रैथाने हुन् | यही हाम्रो
गौरव हुन् | यो सबै संस्कृति नै हार्मो पहिचान हो |
यसरी नेपाल विश्व हिन्दू धर्मको उद्गमस्थल हो | विश्वका हिन्दूहरूले नेपालबाट
हिन्दू धर्मका विषयमा सिक्नुपर्छ | नेपाल विश्वगुरू हुनुपर्छ |
२
जसरी कुनै नया
मन्दिर स्थापित गरेपछि गण्डकीको काखमा उत्पन्न हुने शालीग्राम स्थापना नगरी हुँदैन
त्यसरी नै विश्वका हिन्दूहरूले हिन्दू सनातन धर्मको शिक्षा नेपालबाट प्राप्त
गर्नुपर्छ | यी ससाना बटुकहरूमा विश्वगुरूको दायित्व छ | यो दायित्वपूर्तिको लागि हाम्रो सहयोग चाहिन्छ | यी बटुकहरू आफ्नो धर्म र संस्कृतिका
सवालमा सूर्यझैँ तेजस्वी हुनुपर्छ र मानवताका लागि चन्द्रमाझैं शीतल हुनुपर्छ |
नेपाल हाम्रो रैथाने
हो, सनातन
धर्मको असली केन्द्र हो | हामीले ब्रह्माबाट प्राप्त यो भूमिमा बंसजको
अधिकार छ | हाम्रो यो अधिकारलाई कसैले चुनौती दिन सक्दैन | देवभूमि नेपाल मेरो आत्मा हो, मेरो स्वास प्रश्वास
हो | मेरो
मेरो शरीरबाट मेरो स्वास खोस्ने वा मेरो
स्वासको परिभाषा गर्ने अधिकार कसैसंग छैन |
हामी कसैसंग विवाद
गर्दैनौं तर हाम्रो धर्म, संस्कृतिमा आक्रमण
गर्छन् र हामी आर्यहरूलाई विदेशी भनेर हेप्छन् भने पटक्कै सहने छैनौँ | हाम्रो लागि विश्व
नै एउटा परिवार हो तर परिवारको सदस्यले अर्को सदस्यको सम्मान गर्नुपर्छ | हाम्रो धर्म,
संस्कृति तथा
रितिरिवाजसंग सहमत नहुनु एउटा पाटो हो तर यसलाई शैतान भन्ने अधिकार कसैसंग छैन |
वेनको अराजक
गतिविधिलाई नियन्त्रण गर्न ऋषिहरूले मन्त्रको प्रयोग गरेका थिए | हाम्रा लागि यी
बटुकहरू ती ऋषिहरूभन्दा कम छैनन् | यिनको मन्त्रमा आज पनि त्यही शक्ति छ |
३
आहार, निद्रा भय र मैथुनकार्यका लागि मान्छे
र पशु समान छ | मान्छेमा
आध्यात्मिकता छ | यही आध्यात्मिकताले हाम्रो जीवन सरल छ | जीवनको सार नै आध्यात्मिकता
हो | आध्यात्मिकताले मनलाई
शान्ति दिन्छ, बुद्धिमा
विवेकीय शक्तिको संचार गर्छ |
विवेकहिन व्यक्तिहरू
विद्वान त हुन सक्छन् तर तिनमा मानवीयता न
हुन सक्छ | ऋषिहरूले मान्छेलाई ज्ञानी मात्र होइन
आध्यात्मिक प्राणिका रूपमा पहिचान गरेका थिए | आध्यात्मिकता भएको मान्छेले कसैलाई
घृणा गर्न सक्दैन, कसैको हत्या गर्न
सक्दैन |
ज्ञानहिन व्यक्ति
पशुसमान हुन्छ तर विवेकहीन व्यक्ति राक्षस समान हुन्छ | ऋषिको आदर्शलाई
स्वीकार्नेहरू हिन्दू हुन् तर राक्षसको आदर्शलाई स्वीकार्नेहरू हिंसकपन्थका
अनुयायी हुन् | विश्वमा भगवानको अस्तित्व देख्नेका लागि हिँसा असम्भव हुन्छ |
एकैछिन आखाँ चिम्लेर विचार गरौँ – हाम्रो
शरीरमा कमिलाले टोक्दा पीडा हुन्छ | जसको
घांटी रटेर काटिन्छ, उसलाई कस्तो पीडा हुँदो हो ?
हामीले कसैको निन्दा
गर्नु हुँदैन | कसैले खाने वस्तुको निन्दा गर्नु उचित हुँदैन | तर सत्यको
साक्षात्कार गर्न सत्यको बाटो हिड्नै पर्छ | सत्यको विचार आफ्नै लागि अप्रिय
हुनसक्छ | तर सत्यसंग हामी भाग्न सक्दैनौं | जीवनका हरेक पलमा मृत्यु हाम्रो सत्य
हो | हिंसा पनि त्यस्तै अप्रिय सत्य हो |
आध्यात्मिक
परामर्शले व्यक्तिको अहिंसक र मानवीय जीवन प्रकट गर्छ | सत्य प्रकट हुँदा कसैलाई
ठूलै पीडा हुन्छ भने केहीले आँखा चिम्लेर बुझेको नाटक गर्छन् र केही पूर्णतया परिवर्तन हुन्छन् | हरेक
व्यक्तिले आफ्नो निर्णय आफै गर्नुपर्छ | ईश्वरले हामी मानिसलाई आफ्नो मार्ग चुन्न
स्वतन्त्रता प्रदान गरेका छन् |
४
टुप्पी राखेर,
दिनहुँ नुहाएर,
सुन्दर तिलक लगाएर,
दिनहुँ गायत्री
मन्त्र जपेर, मन्दिर धाएर, लामो दारी पालेर कुनै पनि मान्छे धार्मिकजस्तो
देखिन सक्छ | तर यी सबै सदाचारका लक्षण होइन | धार्मिक हुनु र सदाचारी हुनु नितान्तफरक
विषय हुन् |
हातमा रक्सीको वोतल
लिएर पिउन खोज्दा घांटीमा बाधिएको तुलसीको मालाले बोल्दैन | निधारको त्रिपुन्डले रोक्दैन, पहेलों कपडाले
छेक्दैन | भित्री
मनदेखि वदलिएको धार्मिकता अपनाएपछि खराव आचरण गर्नै सक्दैन | किनभने उसको मन र
बुद्धिले खराव आचरणलाई स्वीकार्नै सक्दैन |
यदि मनमा स्वधर्म
रक्षाको संकल्प बलियो छ, सनातनधर्म प्रति माया छ र आफ्नो जरोकिलोमा बलियो
आस्था छ भने हाम्रो रूप, रंग, जात-जाति, आर्थिकस्तर आदिले रोक्दैन | संकल्पले काम गर्ने
हो | हामी
कहाँ बस्छौं, को संग बस्छौं, कति पैसा कमाऊछौँ ? भन्दा पनि के हामी आफ्नो धर्म
संस्कृतिमाथि अरूले हस्तक्षेप गरेको सहन सक्छौं ? प्रश्न यही हो |
बाहिरी आवरणका
आधारमा कसैको सदाचार नाप्न सकिन्न | ९७% नेपालीहरूले आफ्नो धर्म, संस्कृति तथा
छिमेकीहरू संग असाध्य प्रेमगर्छौं | हामी मदेशी, पहाडी हिमाली सबैको मन जोड्ने सूत्रनै
सनातन धर्म हो | हामविच अन्यधेरै विषयमा विषयमा विवाद होला तर सनातन धर्मको सवालमा
कुनै विमति छैन |
हामी हिन्दू,
बौद्ध, बोन, किराती, जैन हौँ | हाम्रो पहिचान नै
यही हो | हाम्रो
राजनैतिक विवादले हाम्रो 'धार्मिक-सम्वन्ध'लाई प्रभाव पार्दैन, पार्दैन र पार्दैन | धर्मसंस्कृति
रक्षाका सवालमा हामी एकछौँ | के हामी सनातनहिन्दू धर्मको रक्षाका लागि तयार
छौँ ?
५
हामी नेपालको
जनसंख्याको ८२% भएपनि राजनैतिक रुपमा दोस्रो दर्जाको नागरिक बन्नपुगेका छौँ |
संविधान निर्माणको सवालमा सरकारलाई ९०% जनताले हिन्दूराष्ट्रका पक्षमा मत जाहेर गरेका थिए तर खै ती
मतहरूको मूल्य ?
देशको पहिलो दर्जाको नागरिक अधिकार कसले प्राप्त गरे ? यो प्रश्नको उत्तर सबैलाई थाहा छ, छैन भने थाहा पाउनु पर्छ |अव हामी फेसबुकबाट बाहिर निस्कने बेला भएको छ | नेपालमा १०३ भाषा बोलिन्छन् ती मध्ये ५४ भाषाहरूमा 'पहिलो दर्जाका नागरिकहरू'को पहुँच स्थापित भैसकेको छ | हामी भने फेसबुकमा सीमित छौँ | पैसो खर्च नगरिकन पनि हामी हरेक घरघरमा पुगेर स्वधर्म, संस्कृति तथा सनातन धर्मको रक्षा गर्न सक्छौं | के तपाईं मेरो प्रयत्नमा साथ दिन तयार हुनहुन्छ (पैसा लाग्दैन) केवल तपाईंहरूको बुद्धि र विवेक मलाई दिनुहोस्, मैले तपाईंको बुद्धिलाई जनतासम्म पुर्याउने छु |
No comments:
Post a Comment