Monday, November 22, 2021

हिन्दूहरूको भविष्य

हिन्दूहरूको भविष्य
सन् १८०० सम्म विश्वमा स्थानीय धर्म-संस्कार मान्नेहरूको सङ्ख्या सबैभन्दा बढी थियो | हिन्दू धर्ममान्ने ४थो ठाउँमा छन् | यद्यपि हिन्दू समुदाय सानो छ तर उदारताको सवालमा सबैभन्दा बढी प्रजातान्त्रिक छ | सायद सम्प्रदायगत रूपमा मुस्लिम, इसाई र यहुदीहरूले कल्पना पनि गर्न सक्दैनन् ! संभवत: मुसाईभित्र सैद्धान्तिक कट्टरताको कारणले युरोप र अमेरिकामा नास्तिक जनसंख्या बढ्दो छ |

यातायातको विकासले इसाईहरूको आवतजावत बढ्यो फलत: सन् १९०० मा इसाईहरूको उल्लेखनीय वृद्धि देखियो भने मुस्लिम पनि अच्काली बढे | हिन्दूहरू तेस्रो ठाउँमा छन् तर इसाई र मुस्लिमहरूले बल प्रयोग गरेर धर्मपरिवर्तन गराएको कारणले स्थानीय विश्वासीहरूको सङ्ख्या निकै घटेको छ |

सन् २००० मा इसाई र हिन्दूहरूको सङ्ख्यामा खासै उठाव देखिन्न तर मुस्लिमहरू एकाएक बढेका छन् भने यहाँ पनि हिन्दूहरू तेस्रो ठाउँमा नै छन् | सन् २०२१ सम्म विश्वको सबैभन्दा ठूलो धार्मिक समुह मुस्लिम बन्ने र इसाई दोस्रोमा झर्ने छ | एता हिन्दू जनसंख्या भने तेस्रो नै रहने छ |

मैले होइन, इतिहासले भन्छ कि गोरेहरूले पैसा कमाउनका लागि अन्य देशहरूलाई "कोलोनी" बनाए र बौद्धिक दास बनाउँनका लागि बाइबल र तलवारको व्यापक प्रयोग गरे | साउथ अमेरिका होस् वा अफ्रीका इसाई मिसनहरूले गरेको आमहत्या इतिहासले भुल्ने छैन | व्यक्तिगत रूपमा इसाई-समुदायप्रति मेरो सद्भाव छ र सबैलाई दोषी ठान्नु उचित हुँदैन र इतिहासले गरेको दोष वर्तमानलाई बोकाउनु पनि हुँदैन |

मुस्लिमहरूले आफ्नो प्रचारप्रसार तलवार र विवाहका माध्यमबाट गरेका थिए र अहिले पनि जनसंख्या (असीमित रूपमा बालबालिका जन्माएर) गरिरहेका छन् | साउदी, दुवई, कतारजस्ता मुस्लिम बहुल मुलुकहरू धनि हुँदै जाँदा आर्थिक प्रलोभन दिएर मुस्लिम बनाउने बाटो (जुन मूलत: इसाईहरूले गरिरहेका छन्) अपनाउँदै छन् | इसाई र मुस्लिमहरूको उदारतावाद एउटा अतिअविश्वासीलो मुकुण्डो हो भन्ने बुझ्नु उचित हुन्छ |

यहुदी एकेश्वरवादी चिन्तनको पृष्ठभूमिमा विकसित भएका (पछि इसाई पृष्ठभूमिमा) विकसित भएका पूँजीवाद, साम्यवाद, समाजवादजस्ता राजनैतिक चिन्तनहरूले पनि बाध्य भएर उदारतावादको हिन्दू चिन्तन स्वीकार गरिसकेका छन् | केही कट्टरपन्थी मुस्लिम राष्ट्रहरू पनि हिन्दू-उदारतावादको चरित्र स्वीकार्न बाध्य हुँदैछन् | उदाहरणका लागि साउदी अरवले रामायण-गीता र योगलाई मान्यता दिनु, अमेरिकी राष्ट्रपतिहरूले हिन्दू चाडमा समावेश हुनुले माथिल्लो तत्थ्य प्रष्ट हुन्छ |

हालै साउदी अरवले पनि आफ्नो देशमा अन्य धर्मका मान्छेलाई स्थायी नागरिकता दिने घोषणा गरेको छ | यसले हिन्दू उदारतावादी चिन्तनको विकल्प छैन भन्ने देखाउँछ | इसाई/मुस्लिमहरूका धार्मिक विद्यालयहरूमा समेत एकेश्वरवादी चिन्तनमा आधारित राष्ट्रतन्त्रलाई क्रमशः बहुलतातिर (सर्वजन कल्याण) लैजाने पाठ्यक्रम छन् | "राष्ट्रराज्य"को सिद्धान्त क्रमशः प्राकृतिक मृत्युतिर उन्मुख हुँदैछ |

यही सनातन धर्मको विशेषता हो | मैले विश्लेषण गरे अनुसार सन् २१०० सम्ममा विश्वको ७५% जनसंख्या हिन्दूहरूको विश्वासमा चल्ने छ | हिन्दू समाजमा प्रचलित छुवाछुत पूर्णरूपले अन्त्य हुनेछ | धर्मको महलमा मुस्लिम वा इसाई लेखे पनि धेरै मान्छेहरूको "धार्मिक दृष्टिकोण" अत्यन्त उदार हुने छ | जुन पूर्णतया हिन्दू चिन्तन र जीवनशैलीका कारण हो |

धर्मपरिवर्तन गर्ने कुनै व्यबस्था नभएको हुँदा विश्वभरिका मान्छेहरू बैचारिक रूपमा हिन्दू हुँदा पनि हिन्दू धार्मिक समुहमा रहनु प्राकृतिक नै बुझिन्छ | असलमा, धार्मिक र सांस्कृतिक "उदारतावाद"ले महत्व पाइरहंदा अहिलेको ६०% विश्व जनसंख्या केही अर्थमा हिन्दू नै हो |

सन् २१०० मा सबैभन्दा ठूलो धार्मिक समुह मुस्लिम वा इसा देखिए पनि गुणात्मक रूपमा विश्वको सबैभन्दा ठूलो बैचारिक-व्यक्तित्व हिन्दू नै हुने छ | यहुदी, इसाई, मुस्लिमहरूले उदारतावादको बाटो अपनाउनुनै पर्ने छ र त्यो बाटो राज्यराष्ट् भएर हिन्दूत्वबाट नै तयार पारिएको हुनेछ |
स्वस्तिअस्तु

विश्वदर्शन दिवस : निर्विकल्प विवेक

विश्वदर्शन दिवस : निर्विकल्प विवेक

यो लेख लेख्दै गर्दा चीन विश्वको ठूलो अर्थतन्त्र बनेको समाचार आएको छ | तेसै समाचारले "विश्वका १० बटा देशहरूले विश्वको ६०% अर्थतन्त्रको प्रयोग गर्छन्" भनेर पनि लेखिएको छ | हरेक वर्ष फोब्सले विश्वका धनिव्यक्तिहरूको मुल्यांकन गरेर सूचि प्रकाशित गर्छ | फोब्सको प्रतिवेदनमा विश्वास गर्ने हो भने विश्वको ३३% संसाधनहरूमा केवल १० बटा धनि व्यक्तिहरूको निर्णय चल्छ | ती मध्ये ९ जना अमेरिकी नागरिक हुन् |
कोरोनाले विश्व अस्तव्यस्त भएको छ | दुई वर्षको अन्तरालमा लगभग ५२ लाख मान्छेले ज्यान गुमाएका छन् | अझैं कतिले ज्यान गुमाउने छन् ? भन्न सकिन्न | कोरोना भाइरसको खोप विकसित भैसकेको छ तर धनिदेशहरूले गरीव देशहरूलाई बेच्न समेत आनाकानी गरिरहेका छन् भने बेचे पनि चर्को मूल्य लिएका छन् | अनुदानको क्रम नगण्य छ र केवल आफ्नो मन मिल्ने राष्ट्रलाई मात्र दिएका छन् | मान्छे मर्ने क्रम रोकिएको छैन |


यसै बीच विश्वको मह्गाई लगभग २३% ले वृद्धि भएको छ | धनिदेशहरूले अनुदान दिएर मूल्य वृद्धिलाई निस्तेज पारिरहेका छन् भने नेपालजस्तो गरीव देशमा १५५ रुपैयामा पाइने सूर्यमुखिको तेल २९० पुगेको छ | एकातिर रोजगारी गुमिरहेका छन् भने अर्कोतिर महंगाईले आकाश छोइरहेको अवस्था छ | नेपालकै हकमा सरकार, राजनैतिक दल तथा तिनका भात्रृसंगठनहरू आ-आफ्नो "कमिशन"को हिसावकितावमा व्यस्त छन् |
यस बीच दूईबटा तत्थ्यहरूमा बडो गजवले उन्नति भएको छ विश्वमा : धनिहरू अझैं धनि भएका छन् र शस्त्रअस्त्रहरूको व्यापारमा १३७% ले वृद्धि भएको छ | कोरोनाले कुनै पनि सानोठूलो युद्धलाई प्रभावित पार्न सकेन | युद्ध चलिनै रहेका छन् | हामी प्राणीहरुको साझा बासस्थललाई ९ घण्टामा ध्वस्त पार्न सक्ने १३४१० बटा परमाणुबमहरू फुट्न तयार छन् | मान्छेको बुद्धिले ऊसहित सम्पूर्ण प्रकृतिलाई अज्ञात मृत्युको माला लगाइदिएको छ | विस्फोटका लागि तम्तयार नाभकीय भट्टीमा विश्वलाई सजाएर राखिएको छ |

यसमा सन्देह छैनकि मान्छेले क्रमिक अनुभवबाट धेरै कुरा सिकेको छ | यही सिकाई र बुझाईको निरन्तरता र पुस्तान्तरणले गर्दा मानवीय जीवन सुखी भएको छ | बौद्धिक विकास र पुस्तान्तरण मान्छेको आफ्नो मौलिक विशेषता हो | राष्ट्र नामक सीमानाहरूको विकास हुँदागर्दा मान्छेको बौद्धिक विकास व्यक्तिगत सुखसुविधामा केन्द्रीय भएको छ भने व्यक्तिव्यक्तिबाट निर्मित राष्ट्रिय स्वार्थले प्राकृतिक मानिसलाई मानसिक तथा बुद्धिक रूपमा रुग्ण (स्वार्थी) बनाएको छ | अचम्मको कुरा त के भने जतिधेरै मान्छेहरूले उदारता र सहकार्यको कुरा गरिरहेका छन् तेतिनै तीब्रगतिमा मान्छेको व्यक्तिगत स्वार्थ बढीरहेको छ | सत्य, मूल्य, तत्थ्य र विवेक ओझेलमा परेका छन् |

मान्छेलाई आफुले विकास गरेका महाविध्वंसक क्रियाकलाप वारे थाहा छ | विकास र विजयका नाममा प्रकृतिसंग दुष्कर्म गरिरहेको तत्थ्य पनि मान्छेलाई राम्ररी थाहा छ | धर्म र धार्मिकताका कुराहरू अहिले राजनैतिक शक्ति आर्जनका विषय बनेका छन् भन्ने तत्थ्य सबैले बुझेका छन् | वर्तमान सत्य र आसन्न सत्यका सम्वन्धमा मान्छेले बुझेको छ, तेसको परिणाम पनि थाहा छ | त्यति हुँदाहुँदै पनि स्वार्थनै बलियो छ | मान्छेहरू स्वार्थका लागि आफुसहित सम्पूर्ण प्रकृतिको बलिदान दिन तयार छन् तर स्वार्थ छोड्न तयार छैनन् | स्वार्थका अगाडी "विवेक" निरीह छ |

मान्छे सामाजिक प्राणी अवश्य हो तर विवेकशील हो कि होइन ? हामीले आफैसंग र समकालीन विश्वसंग प्रश्न गर्नुपर्छ | अहिले विश्वसंग सम्पूर्ण मानव-जनसंख्यालाई यथेष्ट रूपमा पुग्न सक्ने खाद्यान्न, औषधि, वासस्थल तथा शिक्षाको उपलब्धता छ | तर स्वार्थका सीमाहरूले सुविधाहरूको सामानुपातिक वितरण गर्न सक्दैन | युद्धका लागि पुगिसरी अस्त्रशस्त्र उपलब्ध हुन्छन् तर रोग, भोक र अशिक्षासंग लड्न संसाधन पुग्दैन | सिरिया, अफगानिस्तानजस्ता युद्धग्रस्त देशहरूमा शस्त्रअस्त्र प्रचुरमात्रामा उपलब्ध छन् तर रोग, भोक र शिक्षाका लागि धन उपलब्ध छैन | सबैलाई थाहा छ "शस्त्रहरू ती देशले निर्माण गर्दैनन् |"

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...