ऋग्वेदमा गणेशको प्रसंग छ | गणका नेता तिमी हौँ,
धनका स्वामी तिमी, सबैका तिमी प्रिय छौं,
सबैको नेताका रुपमा हामीतिम्रो नमन गर्छौं - ऋग्वेदले गणपति अर्थात्
आफ्नो नेताको आराधना गरेको यही मन्त्र हो |
श्रीगणपतिले शिवपार्वतीको कृपाले नेतृत्व
प्राप्त गरेका हुन् | कुमार तथा गणेशको नेतृत्वका लागि झगडा पर्यो | गणेशले
शिव अर्थात् शान्ति तथा पार्वती अर्थात् शक्तिको परिक्रमा गरे | शान्ति र क्रान्तिमा संयोजन गरे | शान्ति र
क्रान्तिको संयोजन गर्न सकेकोमा नेतृत्व प्राप्त गरे |
मान्छे अस्थिर तथा अधीर हुन्छ | हात्ती शान्त हुन्छ |
धीर हुन्छ | गणेशको शिर हातीको छ | नेता हात्ती झैँ शान्त र धीर हुनु पर्छ | शरीर
मान्छेको छ | नेता मान्छे झैँ छरितो हुनुपर्छ |
कुनै पनि नेतृत्व सरल र सहज परिस्थितिमा
विकसित हुन्छ | शिव
मसानवासी छन् | अकिंचन र खरानी धारण गर्छन् | शान्त तर क्रोधी छन् | बाहन गोरू पनि सिधासाधा तथा
परिश्रमी छ | विषधारी सर्प शिवका गहना हुन् |
पार्वती सर्वसुन्दर छन् | क्रान्तिकारी, परिवर्तनशील तथा अशान्त छन् | सर्वग्राही छन् |
सर्वप्रिय छन् | मोहक छन् | संयोजक छन् | तर डर लाग्दो बाघ अम्विकाको बाहन हो |
कुमार शिवपार्वतीका पहिलो सन्तान हुन् | उनी आक्रामक छन् |
उनी अधीर छन् तर विद्वान पनि छन् | उनी
महत्वकांक्षी छन् | नेतृत्वका लागि लालायित छन् | मयुर यिनको बाहन हो |
गणेश शान्त छन् | सत्याग्रही छन् | सरल तथा दयालु छन् | कुनै पनि कार्य विचार नगरी
गर्दैनन् | यिनमा निर्णय लिने क्षमता छ | मुसोको सवारी गर्छन् |
शिव असुन्दर छन्, अशुद्ध छन् | अम्विका सुन्दर छन्, स्वच्छ छन् | जाडोमा घर छ | चिताको धुवामा बस्न अभ्यस्त छन् |
मूसो र सर्प मिल्दैनन् | बाघ र गोरुको बीच
शत्रुतापूर्ण सम्वन्ध छ | मयुर र सर्पले एकअर्कालाई देख्न
सक्दैनन् | सर्पले मुसो देख्न सक्दैन | नेत्तृत्व यस्तै विपरित परिस्थितिमा विकसित हुन्छ |
विषम परिस्थितिलाई सहयोगी बनाउने गुण
नेतामा हुन्छ | गणेश
नेता हुन् किनभने यिनमा विषमता र समतासंग सहकार्य गर्ने गजवको क्षमता छन् |
नेताको जात्रा निकालिन्छ | त्यसैले श्रीगणेशको
जात्रा निकालिन्छ |
No comments:
Post a Comment