Tuesday, June 6, 2017

अमृतं गमय : प्रदुषण उन्मुक्त नेपाल

नेपालमा एस्तो एउटा बर्ग विकसित भइरहेको छ जसले हिन्दू धर्म, संस्कार तथा संस्कृतिको संरक्षण एवं सम्वर्धनको कुरा गर्ने जोसुकैलाई नीचताको दृष्टिकोणले हेर्छ | उसको नजरमा हिन्दुत्वको कुरा गर्नु भनेको ट्वीन टावरमा आक्रमण गर्ने अतिवादीलाई संरक्षण गर्नु हो |

दोस्रो वर्ग साम्यवादीहरूको हो जुन असलमा साम्यवादी नै होइनन् | कार्लमार्क्सले उठाएका समानता, गरिवीनिवारण, पूँजीपतिप्रति घृणा र समुन्नत समाजको सपनासंग सहमत छन् | उनीहरू हिन्दू हुन् तर "साम्यवादीले धर्म मान्दैनन्" भन्ने सिद्धान्तको कुरामा अल्झिएका छन् | नेताको कुरा काट्न सक्दैनन् |

तेस्रो वर्गले चर्को स्वरमा हिन्दुत्व धर्मको रक्षाको कुरा गर्छ र हिन्दुत्वसंग भोटको "ब्लेक मेलिंग" गर्छ | उसको लागि हिन्दुत्व एउटा आकर्षक नारा हो जुन नारामा मान्छेहरू सजिलै अल्झिन सक्छन् |

पहिलो वर्गमा चरम जातिवादीहरू र धार्मिक अतिवादीहरूको (racist) वर्चस्व छ | यो वर्ग दम्भ, घृणा र अहंकारले भरिएको छ | आफुलाई सबैभन्दा बुद्धिमान, विज्ञ र अरूलाई तुच्छ ठान्छ | यसको प्रत्यक्ष सम्वन्ध युरोपेली अहम्वाद, इसाई-मुस्लिमको एकल धर्म-संस्कृतिवाद र फुटाउ र राज्यगरवादसंग जोडिएको छ | यसको मूलमन्त्र "चर्चामा रहनु, समाजलाई विभाजित गर्नु र पैसा" कमाउनु हो |

दोस्रोवर्गले ती नेपालीहरूको प्रतिनिधित्व गर्छ जुन गरिवी, अशिक्षा तथा शोषणबाट मुक्ति चाहन्छन् | युरोपेली आवश्यकतालाई सम्वोधन गर्न कार्लमार्क्सले विकसित गरेको यो सिद्धान्त नेपालको सामाजिक, सांस्कृतिक तथा संस्कारअनुकुल छैन | त्यैपनि नेताहरूले भोट वैंकका लागि "समानताका नाममा जनतासंग भावनात्मक ब्लेक-मेलिंगका लागि" प्रयोग गरिरहेका छन् | जनताहरू भ्रमित भैरहेका छन् |

तेस्रोवर्ग हिन्दुहरूको नाममा राजनीतिमात्र गर्छ | यो वर्ग सधैं सत्ताको निकटमा रहेर आफ्नो दुनो सोझोपार्छ | यसले हिन्दुत्वको चर्को नारा लगाए पनि हिन्दूहरूको लागि ब्यबहारिक परिवर्तनका काममा कत्ति रुचि राख्दैन | एउटा गीताको पुस्तक प्रकाशित गर्दैन, गुरुकुलको लागि पहल गर्दैन, प्राचीन हिन्दू सम्पदाहरूको संरक्षणका लागि एक सुकोको काम गर्दैन |

अव चौथो वर्गको कुरा गरौँ | यो उपरोक्त तीनैबटाको द्वेधचरित्रबाट आजित भएको वर्ग हो | यो अत्यन्त नेगेटिभ छ | यो वर्गमा उपरोक्त तीनैबटा वर्गबाट निकालिएका, पद र सम्मानको अवसर नपाएका र वर्तमान राजनैतिक व्यवस्थाप्रति विश्वास गुमाएकाहरूको वर्चस्व छ | यिनले अरूको आलोचना गरेर आत्मरति प्राप्त गर्छन् |

अहिलेको नेपालका लागि सबैभन्दा ठूलो चुनौती पहिलो वर्ग हो | नेपालको धर्म, संस्कृति तथा समावेशी संस्कृतिलाई ध्वस्त पारेर युरोपेली जातिवाद, अहम्वाद तथा घृणावादलाई सधैं जीवित राखेर चलखेल गर्न चाहन्छ | यसले आफ्नो वर्चस्व राख्न नेपालको सबैभन्दा ठूलो जनसंख्यालाई प्रतिनिधित्व गर्ने "हिन्दूहरू विरुद्ध घृणा" फैलाउन आर्थिकस्तर मैं सहयोग गर्छ |

यो वर्गले धर्मपरिवर्तनको वकालत गर्छ | धर्मपरिवर्तनका लागि आर्थिक, राजनैतिक तथा कूटनैतिक कुटिलताको खुलेआम प्रयोग गर्छ | वाहिर समतामूलक सामाजिकीकरण, मानवअधिकार, रोजगारआदिको आकर्षक नारा हुन्छ तर भित्र सामाजिक, सांस्कृतिक तथा परमपरागत सहयोगीपनको चरित्रलाई ध्वस्त नियत हुन्छ | समय-समयमा राजनायिकस्तरमै यी कुराहरू उजागर भएका छन् |

यो वर्ग अर्थपिपासु र विदेशीहरूको भलो साध्ने भएकोले सधैं स्रोत तथा साधन सम्पन्न हुन्छ | राजनैतिक नेतृत्व, ब्युरोक्रेसी तथा जनसाधारण समेतलाई सजिलै प्रलोभनमा पार्न सक्छन् | यिनको मूल उदेश्य नै समाजमा आफ्ना एजेन्डाहरू स्थापित गराएर सामाजिक मतान्तर क्रियेट गर्नुहुन्छ | आफ्नो एजेन्डा स्थापित भएन भने विध्वंसात्मक गतिविधि यिनको विकल्प हुन्छ | वर्तमान नेपाल यिनका कू-कृत्यहरूको जिम्दो उदाहरण हो |

सन् १९५० पछिका अनुभवहरूले उपरोक्त चारैवर्ग नेपालका लागि अभिशाप हुन् भन्ने कुरा प्रमाणित भैसकेको छ | यसका लागि राजनैतिक नेतृत्व नै दोषी हो तर उ अमुक व्यक्ति नै हो भन्न मिल्दैन | सबै राजनैतिक नेतृत्वले असल नियतले नै काम गरेका छन् तर राजनैतिक बैचारिक स्रोत नै फोहोर तथा आयातित भएपछि परिवर्तन असम्भव भएको हो |

जसरी मुहान सफा नगरिकन स्वस्थ्यकर पानी प्राप्त हुँदैन त्यसरी नै नेपाली राजनैतिक स्रोत नै परिवर्तन नगरी नेपालमा तात्विक परिवर्तन सम्भव छैन | अझै भन्नुपर्दा, चेरोनेविलमा फैलिएको आणविक विकिरणलेझैं नेपाली राजनीतिको मूहान नै प्रदूषित भएको छ | हाम्रो काँधमा प्रदूषित मुहाननै फेर्ने दायित्व आएको छ |

प्रदूषित मुहान फेर्न सजिलो छैन | विगत ७० वर्षदेखि प्रदूषित मुहानबाट प्रवाहित भएको राजनैतिक प्रदूषणले सर्वसाधारण जनताको चिन्तन, सोच तथा ब्यबहारलाई समेत प्रदूषित पारेको छ | यो प्रदुषणले सर्वसाधारण समेत भ्रमित भएका छन् | यो भ्रमको बलियो उदाहरण हो - आफुलाई साम्यवादी पनि भन्ने र विद्यालय वा मन्दिर निर्माण गर्न भागवतको कथा लाउने, दैनिक जीवनमा सबै प्रकारका हिन्दू संस्कारहरूको पालना गर्ने तर राजनैतिक स्तरमा स्वधर्म, संस्कृति तथा आफ्नो जरोकिलो संरक्षणको कुरा गर्न नरुचाउनु |

अव हामीले बुझ्नुपर्छ : उनीहरू वैचारिक प्रदुषण फैलाएर हाम्रो जरोकिलो काट्दैछन्, हामीमा आफ्नै धर्म, संस्कृति तथा विज्ञानप्रति घृणा गर्ने नकारात्मक दृष्टिकोणको विकास गरिरहेका छन् | परिणाम स्पस्ट छ : हामी आफ्नै हातले आफ्नो जरोकिलो काट्न हौसिन्छौँ | त्यसो गर्दा आफुलाई "आधुनिक"भएको ठान्छौं | अव यो भ्रमबाट वॉरिनुपर्छ |

नेपाल हाम्रो हो र हामी नेपाली हौँ - यो तत्थ्य चिन्न जुन दिन विदेशीहरूले लेखिदिएको इतिहासलाई अस्वीकार गर्नेछौँ, त्यो दिन हाम्रो पहिलो जागरण हुनेछ | त्यस दिन हामीले आफ्नो इतिहास आफै लेख्ने बाटो खोल्ने छौँ | वैदिक ऋषिमुनिहरूको तपोभूमि नेपाल, बोन ऋषिहरूको नेपाल, बौद्ध-भिक्षुहरूको नेपाल र हजारौंवर्षदेखि अनेकताका वीच एकताको ब्यबहारिक कार्यथलोका रूपमा नेपालको परिभाषा आफै लेख्ने छौँ |

वेदहरू हाम्रा चिन्तनका स्रोत हुन्, राज्यराष्ट्र हाम्रो परिवर्तन हो, सहृदयता हाम्रो विश्वास हो, विज्ञान ब्यबहार हो र हाम्रा रैथाने भाषा, संस्कृति, चालचलनहरू हाम्रा परिचय हुन् | हाम्रो यो प्राकृतिक परिचयलाई उनीहरूले परिभाषित गरेर प्रदूषित गरिदिएका छन् | आफ्नै मौलिक तथा रैथाने परिभाषामा उभिएर मात्र नेपाल समुन्नत बन्छ भन्ने विषयमा विवाद छैन |

अन्त्यमा, अव हामी उनीहरूले लेखिदिएको परिभाषा मान्नेवाला छैनौं | हाम्रो यात्रा मुहान सफा गर्ने होइन, मुहान परिवर्तन गर्ने हो | समयले सबै नेपालीहरूलाई यो बाटोमा लैजाने छ | यसै बाटोले नेपाललाई सधैंको लागि प्रदुषण रहित बनाउने छ | यसैबाटोले हामी नेपालीलाई अमृत बनाउने छ -मृत्योर्माऽमृतं गमय: |

समय, सोच र जोस


भारतीय नेताहरू नेपालमा आएर धर्म, संस्कृति तथा इतिहासबीच रहेको पुरातन सम्बन्धको भाषण गर्दै हामी नेपालीहरूलाई भावनात्मक रुपमा ब्लेकमेलिंग गरिरहेका हुन्छन् | अर्कोतिर जव नेपालका पूर्वप्रधानमन्त्रीहरू भारतीयहरूको निमन्त्रणामा त्यहा जान्छन्, उनीहरूको ९८% भाषण भारतीयहरूको चापलुसीमा खर्च हुन्छन् |

हो, धेरै विषयमा नेपाली र भारतीयहरू बीच समानता छ | धर्म, संस्कृतिमात्र होइन हाम्रो शरीरमा बग्ने रगतको डीएनए पनि एकै हुनसक्छ तर यसको अर्थ आफ्नो स्वतन्त्रता र गौरवको परित्याग गरेर "भारत और नेपाल एक ही है" भन्ने मूर्खतापूर्ण नियम स्वीकार्न सकिन्न |

अंग्रेजले भारत छोड्ने बेलामा त्यहाँ ५६७ बटा सानाठूला राज्यहरू थिए | ती राज्यहरूको पारस्परिक विद्वेषले "इन्डिया"को निर्माण भएको हो | मुस्लिमहरूको संस्कृति होस् वा इसाई धर्म भारतीय बाटो भएर नेपाल प्रवेश गरेका हुन् |

यतिमात्र होइन, नेपालका ठूला-साना राजनैतिक परिवर्तन पनि भारतीय चाहनाले भएको तत्थ्य लुकेको छैन | मुखले भावनात्मक ब्लेक-मेलिंग गर्ने तर ब्यबहारमा नेपालीहरूलाई "कागदी निचोरेझैं निचर्ने" भारतीय संस्थापन पक्षको ब्यबहार सबैले बुझे कै हो |

मोदीको पहिलो नेपाल भ्रमणले अत्यन्त सकारात्मक भएको नेपाली मन नाकावन्दीले नराम्रोसंग कुँडियो | मोदी सरकारले दिएको मनभित्रको गहिरो घाउँ आजको युवापुस्ताले कमसेकम पचास वर्ष त बिर्सन सक्दैनन |

विश्वको सबैभन्दा ठूलो र संगठित मानिने हिन्दुहरूको संगठन राष्ट्रिय स्वयम् सेवक संघको राजनैतिक विभाग भारतीय जनतापार्टीबाट चुनिएको हिन्दुवादी सरकारले भूइँचालोले थिलोथिलो भएको नेपालमा (खासगरी पहाडीउपर) कठोर नाकावन्दी लगाउँदा न त दूई देशका जनता बीचको धार्मिक र सांस्कृतिक एकता सम्झ्यो न नेपाली जनसंख्यामा ८३% भाग ओगट्ने हिन्दूहरूको जीवनलाई नै महत्व दियो | मोदी सरकारले केवल राजनैतिक स्वार्थलाई सर्वोपरी ठान्यो र ठानिरहेको छ |

भारतीय संस्थापन पक्षमा एस्तो कठोरतापूर्ण ब्यबहार विकसित हुनुमा उनीहरूमात्र जिम्मेदार छन् भनेर मान्नु सही होइन | नेपाली जनताको नेतृत्व गर्ने नेताहरू नै भारतीयहरूको लोलोपोतो गरेर एस्तो स्थिति निम्त्याएका हुन् | नेपाली राजनीतिको नेतृत्व गर्नेहरूले नेपालीहरूको स्वार्थ होइन भारतीय राजनीतिको स्वार्थलाई महत्त्वपूर्ण ठाने | अहिले भारतीय संस्थापन पक्षलाई यो बानी परिसकेको छ |

राजनीतिको एउटा नियम छ : कुनै पनि राष्ट्रको राजनीति आफ्नै राष्ट्रको स्वार्थ पूरा गर्न संचालित हुनुपर्छ | अमेरिका होस् वा चीन, भारत होस् वा रूस उनीहरूले आफ्नो स्वार्थको लागि काम गर्छन् | उनीहरूका लागि आफ्नो राष्ट्रिय स्वार्थ सर्वोपरी हुन्छ |

नेपाली राजनैतिक नेतृत्व विश्वका केही "दुर्भाग्यपूर्ण राजनैतिक नेता" मध्ये पर्छन् जसले नेपाल र नेपालीको स्वार्थलाई अगाडी राखेर काम गर्दैनन् | यिनीहरूको मुख्यलक्ष व्यक्तिगत स्वार्थ पूरा गर्न राजनैतिक पदको उपयोग गर्नुहुन्छ |

विश्वको राजनैतिक चरित्र वदलिएको छ तर भारतीय संस्थापन पक्ष कुनै पनि हालतमा वदलिन चाहन्न र नेपाली नेतृत्व पनि नेपालीहरूको स्वार्थका लागि व्यक्तिगत स्वार्थ छोड्न तयार छैन | भारतीय संस्थापन पक्ष र नेपाली राजनैतिक नेतृत्व बीचको सम्वन्ध "तिमीहरू ब्लेक-मेलिंग गर, हामी ब्लेक-मेलिंग हुने तयारी गरेर आउंछौं" नै छ |

मैले लेखेको कुरा धेरैलाई नपच्ला तर भारतमा हिन्दुवादी सरकार हुँदाहुँदै नेपाल धर्मनिरपेक्ष राष्ट्रमा रुपान्तरित हुनु नेपालीहरूको चाहना होइन | भारतको हिन्दूवादी सरकारले नै नेपाललाई "धर्मनिरपेक्ष गणतन्त्रात्मक राष्ट्र" बनाएको हो | यो कुराको जवाफ नेपाली राजनैतिक नेतृत्वले नाटकीय मंचन "संविधान निर्माणमा जनताको सुझाव लिने क्रममा "नेपाल हिन्दू राष्ट्र हुनुपर्छ" भन्ने दिएको मतबाट बुझ्न सकिन्छ |

जनताले "नेपाललाई हिन्दू राष्ट्र वनाउँ" भनेर स्पस्ट निर्देशन दिंदादिंदै पनि नेपाल धर्मनिरपेक्ष बन्यो | यो भारतको हिन्दूवादी सरकार कै चाहनामा भएको हो | मोदीहरूले नेपाल हिन्दूराष्ट्र नै चाहेको भए यहाँ धर्मनिरपेक्षता सम्भव थिएन |

अहिले नेपाली जनतामा एउटा नकारात्मक विश्वास बलियो बनाउन भारतीय संस्थापन पक्ष सफल भएको छ त्यो हो "भारतले नेपालमा जस्तो चाह्यो तेस्तै हुन्छ "| आम नेपालीहरूमा निराशा. कुण्ठा, आत्महीनताबोधबाट उम्कन नदिने यो मानसिक लडाईमा भारत सफल भएको छ | हरेक नेपालीमा भारत-फोवियाले घर गर्न थालेको छ |

समयसमयमा नेपालीहरूले नेपाल र नेपालीहरूलाई केन्द्रमा राखेर राजनैतिक दिशा निर्धारण गर्ने प्रयत्न गरेका हुन् तर ती सफल हुन सकेनन् किनभने "भारत-फोबिया"को गहिरो आघातले तिनलाई निल्यो |

समयले कोल्टे फेर्ने होइन, समयलाई पर्खने पनि होइन, सोच परिवर्तन गर्ने हो | मान्छेको सोचले समयलाई परिवर्तन गर्छ समयले मान्छेको सोच होइन | अवको नेपाली भारतीय राजनैतिज्ञको राजनैतिक ब्लेक-मेलिंगसंग सहमत हुँदैन | भारतीय राजनैतिक नेतृत्वले बुझे हुन्छ : अवको युवाले नेपाल केन्द्रित राजनीति गर्नेछन् | सोच बदलिएपछि भारत-फोविया पनि विलाउने छ | भारतीय नेतृत्व आफ्नो सोच बदल्न बाध्य हुनेछन् |

वैदिक इतिहास केलाउने हो भने नेपाल भारतभन्दा प्राचीन हो | भारत अनेकौं राज्यहरूमा विभाजित रहेको बेला नेपाल अखण्ड थियो | कालीगण्डकीको किनारामा तपस्या गरेका राजा भरतले भारतको न्वारन गरेका थिए | अवको युवाले भारतीयहरूसंग यो कुरा भन्न कत्तिपनि डराउने छैन, लर्वराउने छैन |

सम्वन्ध मधुर गर्न र नेपाली युवाहरूको मनमा परेको "हेपाई"को चोटमा राहत दिने काम "चोट दिने"को हो | नाकावन्दी नेपालीले लगाएका होइन, उनीहरूले लगाएका हुन् | धार्मिक र सांस्कृतिक समानताको कुरा गर्दा ब्लाक-मेलिंग नहुने पुस्ता विकसित हुँदैछ |

यो युवा पुस्ताले द्वन्दमा पटक्कै विश्वास गर्दैन तर आफ्नो स्वाभिमानका विषयमा सम्झौता पनि गर्न सक्दैन | यदि नेपाल र भारत दुई राष्ट्र हुन् भने यिनको सम्वन्ध समान हुन्छ, हैसियत पनि समान नै हुन्छ | यो तत्थ्य भारतीय राजनैतिक नेतृत्वले जतिसक्दो छिटो बुझेको राम्रो हुन्छ |

जव हामीले समानताको सम्वन्धको कुरा गर्छौं धेरै नेपालीहरू सहसा विश्वास गर्न तयार देखिन्नन् | यो स्वाभाविक हो किनभने जसजसमा उनीहरूले विश्वास गरे, उनीहरूले नेपाल र भारतीयवीचको समान सम्बन्ध स्थापित गर्नुभन्दा आफ्नो स्वार्थलाई प्राथमिकता दिए | अवको स्वार्थ नेपाल र नेपालीको लागि हुनुपर्छ |

हामीसंग समानताको सम्वन्ध राख्न चाहनेले न्यूनतम रूपमा नेपाल वैदिक सनातन हिन्दूधर्म, बौद्ध, जैन, किराती र बोनको श्रोत स्थल हो, नेपालीहरूसंग विश्वले समावेशी सम्बन्धको ब्यबहारिक प्रयोग सिक्नुपर्छ र नेपालीहरूले सिद्धान्त र परिभाषा निर्माण गर्न सक्छन् भन्ने विषयमा सहमत हुनैपर्छ |

हामी आफ्नो जरोकिलो छोड्न सक्दैनौं | आफ्नो वैदिक हिन्दू संस्कृतिको छहारीमा जागरणको धूनी बालेर भए उदेश्य प्राप्त गर्नेछौँ | सत्य तीतो हुन्छ र अन्त्यमा स्वीकार्नैपर्छ | विश्वास गर्नुस् : अवको बाटो हाम्रो आफ्नो हुनेछ, अवरोध त आउनेछन् तर गन्तव्य प्राप्त हुने विषयमा कुनै शंका छैन | जो आफ्नो जरोकिलोसंग जोडिएको छ, उ पराजित हुँदैन |

आफ्नो स्वाभिमान, इतिहास तथा दाईत्वसंग जोडिएको सोचसंग निर्मल-गोविन्दहरूले यदि "राज्यराष्ट्र" विकल्प प्रस्तुत गर्छन् भने यो कुनै काकताली होइन | नेपालीहरूको रगतमा रहेको परिवर्तनको सूर्योदय हो | कसैले नाक खुम्च्याउदैमा नेपालका नदीहरूले पथ परिवर्तन गर्दैनन् | यो सोचको परिवर्तन हो, यो सोचको परिवर्तनलाई रोक्ने ताकत कसैसंग छैन | हामी आफ्नो मूलबाटोमा छौँ र सबै बाटोहरू अन्ततः मूलबाटो मै जोडिने छन् |

अन्त्यमा, हामी सबै समय, सोच र जोश लिएर परिवर्तनको मार्गमा छौँ | हामी जित्नेछौँ |

Friday, June 2, 2017

सुन्दर देखिने इच्छा जव बन्छ समस्या

महिला वा पुरुषले आफ्नो शारीरिक सुन्दरताका लागि सरदार दैनिक ३० मिनट विताउने गर्छन् | तर केही पुरुष तथा महिलाहरू शारीरिक सिंगार-पटारका लागि आवश्यकता भन्दा बढी नै समय खर्च गर्छन् |

उनीहरू हरेक समय आफ्नो सुन्दरतामा केन्द्रित हुन्छ | घरमा घन्टौं सृंगरपटारमा विताए तापनि उनीहरू समय मिल्दा साथ पुन: लिपिस्टिक लगाउन, कपाल कोर्ने, कपालमा जेल फेर्ने, सुगन्धित बस्तु हाल्ने, लुगा फेर्ने र वारम्वार ऐना हेर्ने काम गर्छन् |

एसो गर्ने मध्ये ५-१०% पुरुष तथा स्त्रीहरू "एक्ट्रेस-सिन्ड्रोम"ले पिडित हुन्छन् | सृगरपटार गर्ने इच्छामा नियन्त्रण गर्ने नसक्ने अवस्था आउनु र यसका कारण अन्य दैनिक कामहरू प्रभावित भैरहेको छ भने तपाई "एक्ट्रेस-सिन्ड्रोम"बाट पिडित हुनुहुन्छ |
"एक्ट्रेस-सिन्ड्रोमका निम्न लक्षण हुन्छन् :
१. बाटोमा हिड्दा नराम्रो/नराम्री देखिएँ कि भनेर चिन्ता हुने |
२. कही ठूलो ऐना देख्यो कि आफुलाई हेर्न मन लाग्ने
३. आफुसंग सृगरका सामग्री लिएर हिड्ने
४. ठाउँ पाउदा साथ ड्रेस परिवर्तन गर्ने
५. बारम्वार कपाल मिलाउने, काहियो लगाउने
६. नराम्रो देखिने डरले आत्तिने
७. अरूलाई बढी राम्रो देखेर डाहा हुने आदि
८. बारम्वार सेल्फी खिच्न मन लाग्ने

परामर्श : शारीरिक सुन्दरता सबैका लागि चाहिन्छ नै | हरेक मान्छे सुन्दर देखिनुपर्छ | यदि सुन्दरदेखिनका लागि तपाइँले आफ्नो दैनिक ब्यबहार छोड्नु भएको छ अर्थात् यदि तपाईंले आफ्नो शारीरिक सुन्दरता प्राप्त गर्नका लागि जानाजान त्यो भन्दा पनि महत्वपूर्ण कामहरू छोड्नु भएको छ वा गर्न ढीला गर्नुभएको छ भने आफ्नो सोच बदल्ने बेला आयो |

यसका लागि तपाईंले निम्न काम गर्न सक्नुहुन्छ
१. सुन्दरता समय सापेक्ष र उमेर सापेक्ष हुन्छ भनेर आफै रियलाइज गर्ने
२. बारम्वार ऐना हेर्ने बानीमा क्रमश: नियन्त्रण गर्दै लैजाने
३. संगै लिएर हिड्ने सृगर सामग्रीहरूको संख्या पनि घटाउने
४. अरूको सुन्दरता हेरेर रमाउने
५. आफ्नो प्राकृतिक बनावटमा विश्वास गर्ने र त्यो आफ्नोलागि अद्वितीय छ भनेर विश्वास गर्ने |
६. सेल्फी लिनु एउटा प्राकृतिक कुरा हो तर जव कसैले ठाउँ-कुथाउमा, आफ्नो शरीरलाई नै जोखिममा पारेर सिल्फी लिने कुरामा सचेतता अपनाउनुपर्छ | शरीर नै नभए तपाईंले खिचेको सेल्फिको कुनै महत्व हुँदैन |

यदि पनि तपाईंको समस्या यथावत् रहन्छ र चाहँदाचाहदै आफुलाई परिवर्तन गर्न सक्नुभएको छैन भने मनोबैज्ञानिक परामर्शकसंग सम्पर्क गरेर अगाडी बढ्ने | तपाईंको सुन्दरता रमाइलोपनका लागि हो, यसको लागि बढी अल्झिएर आफ्ना अन्य महत्वपूर्ण कुराहरू न गुमाओं |

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...