Thursday, December 28, 2023

हिन्दू-पुनर्जागरणले निम्त्याएको छट्पटी !!

हिन्दू-पुनर्जागरणले निम्त्याएको छट्पटी !!

अहिलेको समय हिन्दू-पुनर्जागरणको हो | तुलनात्मक रूपमा कट्टर मानिने मुस्लिमहरूले समेत योगको अङ्गीकार गर्नु र इसाई-बाहुल्य देशहरूका गल्लीगल्लीमा योग-केन्द्रहरू हुनु यसको उदाहरण हो | यो हिन्दू पुनर्जागरणबाट अत्तालिएका बुच्याखाहरू अमेरिकी र युरोपियनको झोला बोकेर बर्बराउन थालेका छन् | यसको सीधा अर्थ हो - हिन्दुहरूको पुनर्जागरण सफल हुँदै छ | एकलवादी यहुदी, इसाई र मुस्लिमको आँखाले हिन्दु-संस्कृतिलाई बुझ्नेहरू यसै गरी बर्बराउन र आतंकित हुनुपर्छ | यो घृणावादको चीरपरिचित हतियारमा खिया लागेको प्रमाण हो | अर्कोतिर हिन्दुहरूको मौलिक बर्चस्व स्थापित हुँदै गरेको अकाट्य प्रमाण पनि हो |


इतिहासमा मुस्लिमहरूले विश्वभरी मच्चाएको रक्तपातपूर्ण आतंक होस् वा इसाईहरूले मानवता विरुद्ध गरेका असंख्य रक्त-रञ्‍जित अपराधहरू वा साम्यवाद र पूँजीवादका नाममा बगाएको रगतको खोला नै किन नहोउन्, त्यसलाई अमृत ठानेर आचमन गर्ने तर हिन्दु-संस्कृतिप्रति नाइटोको बल निकालेर असहमत हुनेहरू आतंकित भएको देख्दा, सुन्दा र पढ्दा सनातन धर्मको मौलिकता र बसुधैव कुटुम्बकंंलाई जीवन दर्शन बनाउनेहरू आनन्दित हुनुपर्छ | बढ्दो हिन्दु गौरव र स्वीकार्यताले "झोले"हरूको मानसिक आधात देख्दा रमाइलो लाग्छ |

विगतका २६ सय वर्षहरू हिन्दुहरूले सधैं मुस्लिम-इसाईहरू र त्यसपछि घृणावादको व्यापार गर्ने आधुनिकताको खोलमा पश्चिमा "झोले"हरूको राजनैतिक, धार्मिक तथा वैचारिक परतंत्रता भोग्दै आएको सही हो | आज यदि हिन्दुहरूले स्वतन्त्र हिन्दुराष्ट्र, हिन्दु-स्वाभिमान र हिन्दु गौरव खोज्दै छन् भने गौरवको कुरा हो | बुच्याखाहरू आतंकित हुनैपर्छ | नेपाल, भारत र पश्चिमी देशका सकुनिहरू आतंकित भएका छन् | हरेक वर्ष त्यस्तो आतंकको प्रतिवेदन अमेरिकी सरकारले निकाल्ने गरेको छ |

हो, बुच्याखाहरूको स्वभाव एस्तै हुन्छ | एकातिर अमेरिकी साम्राज्यवादीहरूले हिन्दू- पुनर्जागरण बिरुद्धको सल्लाहलाई स्वागत गर्छन् अर्कोतिर उपनीषदीय उदाहरणको बल्झीमा हिन्दुहरूलाई "तिमीहरूका पूर्वजहरूले तर्कमा विश्वास गर्थे तेसैले तिम्रो हिन्दुपरिचय अतार्किक भएकोले त्याग्न तयार हुनुपर्छ" जस्ता उपदेश दिनबाट पछि हट्दैनन् र हिन्दुहरूलाई भड्काउने नीति अन्तर्गत मुसाईहरूको झिनो आलोचना पनि गर्छन् | यो आलोचना पनि "साहुजी"हरूलाई खुशी पार्ने तवरले गरिएको हुन्छ | अन्तत: सारचाहिं हिन्दु-संस्कृतिको जरो काट्नु नै हुन्छ |

अचम्मको कुरा कुनै पनि मुस्लिम वा इसाईले हिन्दूहरूप्रति गुनासो गरोस् वा नगरोस् तर "झोले"हरू घृणावादका बीऊ लिएर स्वेकीय सल्लाहकार बनेर सल्लाह दिइरहेका हुन्छन् | इसाई र हिन्दू, मुस्लिम र हिन्दू, बौद्ध तथा हिन्दू एउटा मन्चमा बसेर उभिएर बौद्धिक बहस गरिरहेको अवस्थामा "बुद्धिले होइन हतियारबाट "सिन्थेसिस"मा पुग्नुपर्छ भन्दै धर्म, जाति, नाक, काम र भूगोलका आधारमा असहमति व्यक्त गर्न, सङ्घर्ष गर्न उक्साउन्छन् | सल्लाह नै दिनु छ भने यस्तो सल्लाह पाकिस्तान, अफगानिस्तान, युगान्डा, सिरियामा गएर तेहाका कट्टरपन्थीहरूलाई दिनु | रह्यो, मुस्लिम राष्ट्रमा काम गर्न गएका हिन्दूहरूको, ती राष्ट्रहरूले हिन्दुहरूलाई माया गरेर काम दिएका होइन, समाजवादीहरूको "सस्तोमा मान्छे बेच्ने" नीतिका कारण दिएका हुन् र हिन्दूहरूको कामप्रतिको समर्पणका कारण दिएका हुन् | गुगलका सीओ होस् वा युकेका प्रधानमन्त्री वा सिंगापुरका राष्ट्रपति हिन्दु हुने थिएनन् | यी पदहरू तिनले "हिन्दू"भएका कारण नै प्राप्त गरेका हुन् |

हो, सल्लाह नै दिनु छ भने साउदी र अरवियन राष्ट्रहरूलाई मुस्लिम शरणार्थी स्वीकार गर्न दिनु उचित हुन्छ | सल्लाह नै दिनु छ भने यहुदी, इसाई र मुस्लिमहरूलाई बहुलताको सांस्कृतिकता स्वीकार गर्न भन्नुपर्छ | सल्लाह नै दिनु छ भने अमेरिकीहरूले नेपालको मामिलामा हस्तक्षेप नगर्नु भनेर दिन सक्नुपर्छ | हिन्दुहरूलाई आफ्नो अस्म्मिता र परिचय त्यागेर "धर्मनिरपेक्षवादी" बन भनेर सल्लाह दिंदा एकलवादी धार्मिक कट्टरताका मामिलामा वदनाम मुसाईहरू "धर्मनिरपेक्षवादी" कसरी हुन्छन् ? जवाफ त दिनु पर्ने हुन्छ |

नेपालका प्रगतिशीलहरू अचम्मका प्राणी हुन् | एकातिर धर्म नै मान्दैनौं भन्दै भाषण ठोक्छन् अर्कोतिर तिनै धार्मिक कथाहरू, त्यसका पात्रहरू, तीर्थस्थलहरू, लेखौटहरू र ऋषिमुनिहरूको "प्रगतिशील-इतिहास" लेख्छन् | ऋषिहरूका दार्शनिक विचारहरूको धर्मनिरपेक्षतावादी व्याख्या गर्ने हास्यास्पद काम गर्छन् | नेपालमा एस्तो अभ्यास संस्कृतका विद्वान "मोदनाथ पौडेल (प्रश्रित)ले देवासुर संग्राम लेखेर आरम्भ गरेका थिए | स्वर्ग, नर्क, पापपुण्य, देवीदेवता र धर्म सबै "झूटा" हुन् भने त्रिविष्टप तिब्बत किन भन्नु पर्यो र असुरलाई दश्युको रूपमा प्रस्तुत किन गर्नु पर्यो ? त्यसपछिका संस्कृत पृष्ठभूमि भएका गोपीरमण उपाध्याय, नारायण आचार्य, विष्णु प्रभात, स्वर्गीय शङ्कर शर्मा, दीनानाथ शर्माआदिले मार्क्सवादले चिन्दैनचिनेका वैदिक साहित्यको प्रगतिशील पुनर्जागरण गर्दैछन् | धर्म अफिम हो भन्ने गुरूमन्त्र भएकाहरूले धार्मिक प्रतिमान र कथाहरूमा किन समय वर्वाद गर्नु पर्यो ?

अझैं कुरा गर्ने हो भने आजकल यिनले आफुलाई बौद्ध समेत भन्न थालेका छन् - मानौं बुद्ध धर्मका संस्थापक बुद्ध मार्क्सवादका प्रथम आचार्य हुन् र मार्क्स त्यसका आधुनिक प्रवर्तक !! नेपालका धेरैजसो प्रगतिशीलहरूले बुद्ध मात्र होइन वेदमन्त्र साक्षत्कार गरेका ऋषिहरूलाई समेत "भौतिकवादी" घोषणा गरेका छन् | कुनै पनि बौद्धले बुद्धलाई भौतिकवादी भनोस् नभनोस् तर हिन्दुहरूप्रति विद्वेषको भावना राख्दै आफुलाई अम्बेदकरले बौद्ध भनेझैं नेपाली कम्युनिस्टहरू भटाभट बौद्ध मार्गका पथिक भएको घोषणा गरिरहेका छन् | यो सबै उनीहरूले कार्लमार्क्सलाई गुरुपदबाट खारेज गरेको प्रमाण हो | कुनै पनि संस्कृतिवादी, मौलिकतावादी तथा पुनर्व्याख्यावादी कम्युनिस्ट हुनै सक्दैन, समाजवादी रहनै सक्दैन |

आधुनिक संचारको विकासले हिन्दु-संस्कृतिलाई पुनर्जीवन दिएको छ | लगभग २५ सय वर्षदेखि निरन्तर विदेशी आक्रमणकारीहरूको निर्दयी बौद्धिक तथा भौतिक आक्रमणमा परिरहेको हिन्दू-जीवन दर्शनको पुनर्जागरण हुँदैछ | यस्तो पुनर्जागरणका पहिलो योद्धा महान् दार्शनिक मण्डन मिश्र तथा राजा भर्त्रीहरी हुन् | त्यसपछि महान् आचार्य शङ्करले सनातन धर्मलाई बौद्धहरूको अत्याचारबाट उम्काउन सफल भएका थिए | उपर्युक्त आचार्यहरूको प्रयासले प्राप्त स्वतन्त्रताको स्वाभिमान पुन: सन् ७११ मुस्लिम आक्रमणकारी मोहम्मद वीन कासिमको आक्रमणले गुम्न आरम्भ भयो | क्रमशः जम्मुकास्मिर र गुजरातको सोमनाथ मन्दिरहरू विभत्स तवरले भत्काइएपछि पुन: परतंत्रताको ग्रहण लाग्यो | लाखौं सनातनीहरूको हत्या गरियो, इज्जत लुटियो | नेपालले भने पहिलो इस्लामिक आतंकवादको फोहोरी स्वाद सन् १३४७ मा बङ्गाल सुल्तान समसुदीन इलियासबाट चाखेको थियो | उसले पशुपतिनाथको लिंग भंजन गरेको थियो | तेही मेसोमा उसले अनेकों बौद्ध चैत्यहरू र पुस्तकालयमा आगो लगाएको थियो |

भारतीय घृणावादी राजनीतिज्ञ भीमराव आंबेडकरका शिक्षाहरूमा विश्वास गर्ने अर्धमुसाईहरूले नेपाल आएको वेला आचार्य शंकरले पुस्तकालयहरू जलाएको र बौद्धस्थलहरू कब्जायेर मन्दिर निर्माण गरेको आरोप लगाउँछन् | यो सत्य होइन | आचार्य शङ्करले बौद्ध-अन्धविश्वासलाई शास्त्रार्थ गरेर पराजित गरेका हुन् | आचार्य शङ्करले कुनै पनि बौद्ध विहार वा चैत्य नष्ट गरेको कुनै इतिहास छैन | यस्तो मिथ्या आरोपको आरम्भ मोदनाथ प्रश्रितको काल्पनिक र आत्मघाती देवासुर सङ्ग्रामले दिएको बौद्धिक खुराक हो | सन् १८१७ मा बृटिशमूलका भारतीय इतिहासकार जेम्स मिलले इसाईहरूको भलो गर्ने योजनाका साथ लेखेको इतिहासले "हिन्दू-सनातनी"हरूको खुवै आलोचना गरेको देखिन्छ | स्वाभाविक रूपमा उसले लेखेको इतिहासमा मुसाईहरू एकेश्वरवादी भएकोले सर्वश्रेष्ठ र मूर्तिपूजक तथा बहुलवादी भएकोले सनातनी कमसल हुने नै भए | राजा पृथ्वीनारायण शाहले एकलवादी इतिहासलाई अस्वीकार गरेर बहुलवादी "हिन्दूस्थान"को प्रतिमान स्थापित गर्दा मुसाईहरू, सुड़ो-बुद्धिस्ट तथा अर्धमुसाई (धर्मनिरपेक्षतावादी)हरूको मानसिकता खल्वालिनु स्वभाविक हो | आज यी मुसाई र सुड़ो धर्मनिरपेक्षतावादीहरूका सबैभन्दा ठूलो शत्रु राजा पृथ्वीनारायण शाहका विचार बनेका छन् |

अहिलेको समय हिन्दू-सनातनीहरूको पुनर्जागरणको हो | गौरवका साथ भन्नुपर्छ कि नेपालमा यस्तो पुनर्जागरणको नेतृत्व राजा पृथ्वीनारायण शाहले आरम्भ गरेका हुन् भने भारतमा स्वामी विवेकानंदले गरेका हुन् | रगतका आधारमा हिन्दूहरूको इतिहास स्थापित गर्ने प्रतिमान अस्वीकार्य हुँदाहुँदै पनि बी.डी. सावरकर र डा. हेडेग्वरले हिन्दू-सनातनीको गौरवशाली इतिहासलाई आधुनिक परिपेक्षमा सांगठनिक तथा राजनैतिक रुपले वैश्विकतहमा स्थापित गरेका छन् | आज यदि चरम अराजक इतिहास भएका मुसाई तथा समाजवादीहरूले हिन्दूको पुनर्जागरणलाई "मुस्लिम वा इसाई आतंकवाद"को श्रेणीमा राखेर पढ्ने प्रयत्न गरिरहेका छन् भने यो तिनको आफ्नै इतिहासको मनोविज्ञानको साक्षात्कार गर्दैछन् |

हिन्दुहरूलाई मुसाईको श्रेणीमा राखेर बुझ्ने र बुझाउने प्रयत्न गर्नेहरू हार्न लागेको इतिहासका झोलेहरू हुन् | हिन्दीमा एउटा भनाई छ "सौ चूहे खाकर बिल्ली हजको चली" आफ्नो घृणित इतिहास भएकाले "धर्मनिरपेक्षता"को खोल ओढेर हिन्दुहरूलाई "मुसाई"जस्तो नबन्न उपदेश दिंदै छन् | अनेकौं षड्यन्त्र गरेर हिन्दुहरूको मनोबल गिराउने प्रयत्न गरिरहेका छन् | आफ्नी विवाहिता पत्नीलाई छोडेर अर्काकी श्रीमतीसंग जाने "नाठो"ले सम्मानको आशा नगरे हुन्छ | नेपालमा अहिले अर्काकी स्वास्नीसंग जोइला गएका "नाठा"हरूको रुवाबासी चलेको छ | अचम्मको कुरा त के छ भने जोईहरूले नै "नाठा"हरूसंग आफ्ना श्रीमती पठाएका हुन् र हरेक मिलनको हिसाव माग्दा नेपाली नाठाहरू विचल्ली हुँदैछ |

हरेक हिन्दू सनातनी एउटा स्वतन्त्र योद्धा हुनुपर्छ जसले आफ्नो मौलिक तथा सधैं प्रगतिशील धरातलको पहिचान स्थापित गर्ने बौद्धिक युद्ध गर्न समर्थ हो | हरेक सनातनी ऋषिहरूको अमृत सन्तान हो | हरेक सनातनीसंग ऋषिहरूको अजेय तपोबल छ | हरेक सनातनीको स्वभाव र गुणनै स्वतन्त्रता हो भने प्रकृति सर्वस्वीकार्यता हो | तर एउटा पुनर्जागरणको प्रहरीले "नाठा"हरूको षड्यन्त्रलाई अस्वीकार गर्ने, प्रतिकार गर्ने र "नाठातन्त्र"लाई खरानी बनाउने आत्मशक्ति हुनै पर्छ | अव मुखमा आएको पुनर्जागरण र त्यसबाट प्राप्त हुने मौलिक स्वतन्त्रता अजेय र अद्वितीय छ, जुन प्राप्त नगर्ने छूट कुनै पनि हिन्दुहरूलाई छैन | खासगरी, नेपाली वैदिकहरूले विश्व हिन्दु पुनर्जागरणको गौरवशाली आरम्भको नेतृत्व गर्नुपर्छ | विश्वका हिन्दुहरूले हिन्दूराष्ट्रहरू प्राप्त गर्नुपर्छ किनभने यो अधिकार र कर्तव्य दूवै हो |

Tuesday, December 26, 2023

क्रिसमस, सुदन र तुष्टीकरण

 क्रिसमस, सुदन र तुष्टीकरण

१. इसाईहरूको महानचाड क्रिसमसको अवसरमा इसाईहरूप्रति शुभकामना दिनुको सट्टा "इसाईहरूले नेपालका मौलिक धर्मसंस्कार, संस्कृति तथा धर्मपरिवर्तन गर्न डलर खाएको" भन्दै व्यापक गुनासाहरू पोखेको पढ्न सकिन्छ | यो सबै नेपाली इसाईहरूको धार्मिक तथा सांस्कृतिक व्यबहारका कारणले भएको हो | क्रिसमसका कार्यक्रमहरूमा जनजातिका पोशाक प्रदर्शन गरेर उपरोक्त आरोपबाट इसाईहरू चोखिन खोजेको बुझिन्छ | तर सत्यलाई बख्खुले छोप्न सक्दैन | धर्मपरिवर्तन गरेर इसाई बनिसकेका व्यक्तिहरूले आफ्नो मौलिकता परिवर्तन गरिसकेको हुँदा ती भोटे, बाहुन, दमै, कामी वा क्षेत्री, मधेशी जे-सुकै जातिका हुन् ती नेपालको "रैथाने पहिचानसंग बिद्रोह गरेका व्यक्ति हुन् | उनीहरूको जात "इसाईमात्र हो" |

२. क्रिसमस पर्वको वेलामा इसाईहरू विरुद्ध गालीगलौज गर्नेहरू "कागजका बाघ" हुन् | नेपाली इसाई समुदाय र तिनका चाडवाड तथा चर्चहरूलाई गालीगलौज गर्दैमा धर्मपरिवर्तन रोकिन्न | यो तत्थ्य सुदन किराती, ऋषि धमला, विरोध खतिवडा र कंग्रेस पार्टीको मौन स्वीकृतिले सिद्ध भैसकेको छ | Dr. Baburam Bhattarai र सुदनहरू त घोषित इसाई नै हुन् | इसाईहरूले शिक्षाक्षेत्रको प्रयोग गरेर "इसाई नेपालको प्रमुख धार्मिक समुह हो" भन्ने तत्थ्य स्थापित गरिसकेको छ | नेपाल सरकारको तत्थ्यांक विभागलाई प्रयोग गरेर धर्मका महलमा "इसाई" थप्न सफल भएको छ भने हिन्दुहरूलाई "धर्मका महलमा सीमित पार्न सफल भएका छन् | उनीहरू प्रतिक्रिया दिनुभन्दा पनि आफ्नो काममा बढी सक्रिय छन् | नेपालको रैथाने संस्कृतिका पक्षधरहरूले असहमति व्यक्त गर्दागर्दै पनि हरेक वर्ष क्रिसमसको अवसरमा २४ देखि ३० हजार नेपालीहरूले धर्म परिवर्तन गर्छन् |

३. सुदन किरातीको आलोचित वक्तव्य रणनैतिक कार्यक्रमको एउटा नियोजित अङ्ग हो | सुदन किरातीको वक्तव्य विरुद्ध जतिधेरै नकारात्मक प्रतिक्रिया हुन्छ त्यतिनै नेपाल क्रिश्चियन महासंघले "नेपालमा इसाईहरू असुरक्षित छन्, हिन्दूहरूका कारण नेपालमा इसाईहरूलाई ज्यान जोगाउन गाह्रो छ तेसैले विश्वका मिसनरी र सरकारहरूले नेपाली इसाईहरूको मानमर्यादा र डिग्निटीको रक्षाका लागि आर्थिक सहयोग गर्नुपर्छ" भन्दै पुन: सहयोग प्राप्त गर्छ | यो तत्थ्य प्रमाणित गर्न धेरै टाढा पुग्नु पर्दैन, समाज कल्याण परिषदमा आवद्ध इसाई संघसंस्थाले स्वीकृति लिएको बजेटको आकार हेर्दा पुग्छ | कागज मिलाएर ल्याएको बजेट अस्वीकृत गर्न मिल्दैन - एकजना अधिकृतले लेखकसंग भनेका थिए | तेहाबाट स्वीकृत अरवौंको बजेट अपेक्षाकृत सोझा दुर्गमक्षेत्रका आदिवासीहरूको धर्मपरिवर्तन गर्न प्रयोग गरिएको छ |

४. सरकारी तन्त्रभित्र इसाईहरूको व्यापक प्रभाव छ | हरेक वर्ष क्रिसमसको अवसरमा छुट्टी दिने र महत्वपूर्ण मन्त्रिहरूलाई कार्यक्रममा बोलाएर आफ्नो प्रभाव स्वीकार गर्न लगाउने - इसाई संस्थाहरूको रुटिन नै हो | प्रचण्ड, सुदन किराती, रामशरण महतआदिलाई कुनै हिन्दूहरूले बनाएको मन्दिर, सप्ताह वा अन्य चाडवाडमा उभिएर प्रबचन दिएको विरलै सुन्न पाइन्छ तर घृणावादलाई विस्तार गर्ने साँघुरो मानसिकता भएका धार्मिक-समुदायहरू स-साना आयोजनाहरूमा पनि उपर्युक्त नेतृत्वहरूको घुईचो लाग्छ | असलमा, यो सबै तुष्टीकरणको राजनैतिक परिपाटी हो | माओवादीको तुष्टीकरणको नीति कोशी प्रदेशको नाम करण र त्यसपछिको राजनैतिक अवस्थाले प्रष्ट पारेको छ | एमाले, कांग्रेसीहरू नेपालको मौलिकताका पक्षधर हुन् भन्ने भ्रममा नपर्दा हुन्छ | तुष्टीकरणको रोगले सबैलाई गाँजेको छ |
५. नेपाली इसाई समुदाय र तिनको चाडवाडप्रति लक्षित असहमति स्वभाविक ठान्छु तर गालीगलौज अनुचित हो | नेपालमा इसाई-मिसनरिजहरूले सरकारी नीतिअनुसार काम गरिरहेका छन् | नेपालको बर्तमान संबिधानले नै धर्मपरिवर्तन गर्न सजिलो बनाएको छ | कानुनको कार्यन्वयन गर्ने पुलिस-प्रसासनलाई "धर्मनिरपेक्षताको सम्मान" गर्न आदेश छ | धर्मनिरपेक्षताको बन्धनले मिसनरिजका काममा हस्तक्षेप गर्न दिंदैन | पुलिसले कानुन कार्यन्वयन गर्दा तिनको तुरुन्त सरुवा हुन्छ वा विभागीय कार्वाही हुन्छ | सरकारी मिसनरिज र तुष्टीकरणको बाटोलाई सजिलो बनाउने नीतिमा छ | साथै , मिसनरिजहरूले समाजका प्रबुद्ध भनाउंदा बाहुनहरूलाई किनेर इसाई धर्म स्वीकार गराछन् र ती धर्मपरिवर्तन गरेका बाहुनलाई प्रयोग गरेर अन्य समुदायलाई धर्मपरिवर्तन गर्न प्रोत्साहित गराउँछन् |

६. धर्म परिवर्तन र इसाइकरण विरुद्ध जनतामा निकै आक्रोश छ | यो आक्रोश जायज छ कि छैन ? यो चिन्तनको विषय हो | धर्मपरिवर्तन विरुद्ध अनेकौं संघसंस्थाहरू खुलेका छन् | यी संस्थाहरूको अनुहारमा "काम नगर्ने तर नेतृत्वका लागि मरिमेट्ने" दाग लागेको छ | कुनै पनि सङ्घसंस्थाहरूसंग दीर्घकालीन योजना छैन | योजना भएका संस्थाहरूसंग जनसमर्थन छैन | जनता पनि अचम्मका छन् - नयाँ संस्था खुल्दासाथ तेसैमा दौडने र पुरानो संस्थालाई विर्सिदिने गर्छन् | तर इसाईहरूमा एस्तो समस्या कत्ति पनि छैन र भएका समस्याहरू आपसी सल्लाह गरेर मिडियामा पुग्न रोकिन्छन् | हरेक व्यक्तिले चर्च खोल्न पाउने, त्यस्तो चर्च खोल्न सरकारी अनुमति नचाइने हुँदा चर्च खोलिने र खोलिएका चर्चहरूका प्रत्येक सदस्यले आफ्नो कमाईको अनिवार्य रूपमा १०% भेटी दिनै पर्ने परिपाटीले चर्चहरू बलिया हुन्छन् | चर्च संचालनको लागि विदेशीहरूले सजिलै दान दिने र त्यस्तो दानको हिसाव-किताव सरकारलाई देखाउनु नपर्ने हुँदा निकै सजिलो छ | तर अर्कोतिर पशुपति नाथ लगायतका हिन्दु मन्दिरहरूको सम्पूर्ण आम्दानीको हिसाव किताव सरकारले राख्छ | पशुपति नाथ लगायतका मन्दिरहरूले अडिट गर्नुपर्छ तर चर्चहरू यो प्रावधानबाट मुक्त छन् ? कुनै पनि सरकारी निकायले ती विरुद्ध छानविन गर्न पाउंदैन |

७. इसाईहरुले आफ्नो धर्मको विस्तारका लागि बाहुनहरूलाई प्रयोग गरिरहेका छन् | यी बाहुन-पास्चरहरूले धर्मपरिवर्तन गराउन वेद, उपनिषद् तथा हिन्दु शास्त्रहरूको झूटो गवाही दिन्छन् | उनीहरूको भनाईको तात्पर्य हुन्छ "म जस्तो माधव उपाध्यायले धर्मपरिवर्तन गरेर इसाई बने भने तिमीजस्ता सानोजातका, आदिवासी जनजातिका व्यक्तिले त झन् गर्नुपर्छ | मलाई छुवाछुतबाट मुक्त हुनुनै थिएन तर पनि हिन्दुहरूले दलितहरूप्रति गरेको अन्यायले मलाई इसाई बनायो |" हिन्दु संघसंस्थाहरूले दीर्घकालीन योजना बनाएर नवपरिवर्तित पास्चर वा पुराना इसाईहरूबाट हिन्दु-धर्मको व्याख्या गराउन आवश्यक छ | राजनीतिका पण्डितहरूले कुरा बुझेका छन् तर देशी र विदेशी शक्तिहरूको तुष्टीकरणका उनीहरूको भोट ब्यांक हो | कुनै पनि धर्मपरिवर्तनसंग असहमत शक्तिले नेताले "धर्मपरिवर्तन रोक्न प्रभावकारी काम गर्छ" भनेर विश्वास गर्नु गलत हुने छ | बरू, ब्युरोक्रेटहरूले सहयोग गर्न सक्छन् | भएका कानुनहरू क्रियाशील गर्ने जिम्मा उनीहरूकै हुन्छ |

८. क्रिसमसको आलोचना गरिरहंदा आलोचकहरूले एउटा कुरा बुझ्न जरुरी छ - यो देशको सबैभन्दा दुर्भाग्य तुष्टीकरण हो | हरेक दलको उच्च होस् वा निम्नतहको नेता सबै आफ्नो समुदाय, परिवारको तुष्टीकरणमा विश्वास गर्छ | मुस्लिम, इसाई, आदिवासी, जनजाति, आरक्षण, आयोगहरू र समानुपातिकता - यी सबै तुष्टीकरणका दुर्दान्त अनुहार हुन् | अस्तिमात्रै पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले "यो सम्बैधानिक व्यबस्थाले एउटा कुनै दललाई बहुमत प्रदान गर्न सक्दैन" भन्दै दलीय सहकार्यको बचाउ गरेका छन् | सहकार्यको अर्थ हो - जसरी पनि अर्कोलाई तुष्टीकरण गरेर सत्ताको सुख प्राप्त गर्नु | क्रिसमसको धार्मिक कार्यक्रममा पुगेका राजनैतिक नेताहरूको लर्कोले उपर्युक्त तत्थ्यलाई प्रमाणित गर्छ | फेरी, एउटा धार्मिक समूहको रूपमा राजनैतिक शक्तिहरूले कुनै धर्मलाई काखा र कुनैलाई पाखा गर्न मिल्दैन | तेसैले नेपालका सम्पूर्ण मौलिकता पक्षधरहरूले नेपालको मौलिकताका पक्षमा सहकार्य गर्नुको विकल्प छैन | मुसाईहरूको कपि गर्ने "अम्बेडकरवादी" बाहेक यो प्रस्तावसंग असहमत हुनु पर्ने कुनै कारण छैन |

९. एउटा कठोर सत्य के हो भने नेपालको मौलिकताका पक्षधरहरूले आफ्नो अस्तित्व जोगाउने लडाई आफै लड्नु पर्छ | आजको मितिमा नेपालका सम्पूर्ण मौलिक सम्पदाहरू आफ्नो अस्तित्व रक्षा गर्न सङ्घर्ष गरिरहेका छन् | धर्मको मात्र कुरा होइन अंग्रेजी भाषाका माध्यमबाट नेपालका मौलिक भाषाहरूको हत्या भैरहेको छ | रिलिजनलाई धर्मको पर्यायवाची बनाएर स्थानीय सम्प्रदायहरूको हत्या हुँदैछ | विज्ञानलाई हतियार बनाएर स्थानीयकलाहरू मूर्ति निर्माण, मूर्ति पूजाहरूको सामुहिक हत्या हुँदैछ | प्रगतिशीलताको आवरणमा स्थानीय रितिरिवाज तथा संस्कारहरूको हत्या गरिंदै छ | सेक्सलाई केवल बायोलोजिकल फेक्टरका रुपमा स्थापित गरेर विवाह, भावनासंग जोडिएको परिवार तथा सन्तान र पुस्ताहरूले प्राकृतिक रूपमा प्राप्त गर्ने मायाको हत्या गरिंदै छ | सबैभन्दा डरलाग्दो घात "बिज्ञान, वैज्ञानिकता, प्रगतिशीलताका नाममा मौलिक परिचय र भावना प्रधानमान्छेको मनमा विदेशी संस्कृति अनिवार्य गरिंदै छ | नेपालका मौलिक पर्वहरूलाई प्रतिद्वन्दी बनाएर आपसमा घृणावादतिर उन्मुख गरिंदै छ | तीतोसत्य के हो भने आदिवासी-जनजाति, इसाई-मुसाईका सामाजिक धार्मिक तथा सांस्कृतिक कार्यक्रमको मूल आकर्षण नै "हिन्दू-संस्कृति"लाई गालीगलौज गर्ने, देशको ८०% जनसंख्या (हिन्दु)हरू र तिनको पहिचानमा आक्रमण गर्न उक्साउने र आफ्नो संस्कृतिसंग कुनै साइनो नभएका संस्कृतिहरूलाई तुष्टीकरण गर्ने प्रवृत्ति मौलाएको छ | यो संस्कृतिले आफ्नो "घरमा आगो लगाएर अर्काको घर पोल्ने" घृणावादको पोषण गर्छ | विरोध खतिवडा, सुदन किराती, माधव नेपालहरू यसका अनुहार हुन् |

-१०, अन्त्यमा, इसाईहरूको र तिनका चाडवाडको आलोचना र विरोध गर्नुको सट्टा शुभकामना नै दिनु उचित हुन्छ | शुभकामना दिंदै गर्दा इसाईहरूको जस्तै एकता, आफ्नो धर्म, संस्कृतिप्रति निष्ठा, स्वधर्मको रक्षा गर्ने अल्पकालीन र दीर्घकालीन योजनाको तयारी गर्नुपर्छ | "वेद, त्रिपिटक, पशुपतिनाथ र बुद्धको नाम लिंदैमा देशको मौलिकता जोगिन्न | धर्मपरिवर्तन गरेर इसाई बनेका नेपालीहरूलाई गालीगलौज गरेर समय व्यर्थ गर्नु भन्दा हामीले स्वीकार्नुपर्छ कि उनीहरूसम्म "मौलिकताको गौरवशाली संदेश पुर्याउन सकिएन | खाली ठाउँमा पानी भरिन्छ नै | उप्रान्त, नेपालको मौलिकतावादी शक्तिहरूले एकठाउँमा उभिएर कसैले प्रबचन गर्ने, कसैले बौद्धिक कार्य गर्ने, कसैले राजनैतिक रूपमा हस्तक्षेप गरेर धर्मपरिवर्तनको वेगमा अंकुश लगाउने र सामाजिक, सांस्कृतिक तथा बालबालिका तथा युथहरूमा स्वधर्म, संस्कृति तथा असल परम्परा बारे जानकारी दिन आरम्भ गर्नुपर्छ | चर्च र मस्जिदहरू र मदरसाबाट उत्पादिन धर्मान्धहरूको प्रतिकार गर्न गुरुकुलहरूबाट ज्ञान र कर्मनिष्ट शक्ति उत्पादन हुनुपर्छ भने मन्दिर तथा गुम्वाहरूले संस्कृति रक्षाको जिम्मेदारी लिनुपर्छ |यदि विश्वविद्यालय वा विद्यालयहरूले बैज्ञानिक, समावेशी तथा प्रगतिशीलताको नाममा नेपालका मौलिक संस्कृति, परम्परा तथा आत्मगौरवमा अविश्वास फैलाउने पाठ्यक्रम बनाएर पठाउँदै छन् भने त्यस्तो पाठ्यक्रमलाई "आची पुछेर" फाल्न सक्ने जनशक्ति तयार गर्नेतिर ध्यान दिनुपर्छ | प्रगतिशीलता, बैज्ञानिकता, अग्रगमन तथा वैश्विक चेतना हिन्दू-बौद्धहरूका स्वाभाविक गुण हुन् | समावेशीकरण र वैज्ञानिकताका नाममा तुष्टीकरण तथा सांस्कृतिक आत्महत्या गर्न प्रेरित गर्ने प्रवित्तिमा अंकुश लाग्नै पर्छ | धर्म सद्गुण हुन् रिलिजियस अन्धविश्वास होइनन् | विज्ञानले कसैको पहिचान र मौलिकताको हत्या गर्छ भने त्यस्तो विज्ञान प्राणीजगतका लागि अस्वीकार्य हुनुपर्छ | साथै, चरमकट्टरपन्थीहरूले "धर्मनिरपेक्षता"को वकालत गरिरहेका छन् भने झन् सतर्क हुनुपर्छ | सुदन किरातीको आलोचनाले इसाईहरूलाई शक्ति प्राप्त हुन्छ | क्रिसमसको आलोचनालाई हिन्दु असहिष्णुतासंग जोडेर डलर भित्राउने काम हुन्छ | तेसैले प्रत्येक मौलिकताका पक्षधरले दीर्घकालीन योजना बनाएर काम गर्नुपर्छ | अन्यथा किरातीले चेतावनी दिएको कुरा सत्य हुनेछ "भ्यागुतालाई सर्पले निलेझैं नेपालका रैथाने संस्कृतिहरू इतिहासका विषय रहने छन् | सुदन किरातीको भनाइलाई चेतावनी र चुनौतिको रूपमा लिनुनै पथ्यकर हुन्छ |

स्वस्तिअस्तु
https://hatmakhabar.com/highlight/2023/12/26/161883/?fbclid=IwAR30dMcFzMR7jjQU_DOj61epAC8yhQNGP5jI8KPdC9u7BGSmS7z8UlCmciU

Tuesday, December 12, 2023

निम्बार्काचार्यको दार्शनिक परम्परा र पाश्चात्य दर्शन

 निम्बार्काचार्यको दार्शनिक परम्परा र पाश्चात्य दर्शन

१. कार्तिक पूर्णिमामाका दिन विश्वभरी आचार्य निम्बार्कको ५०१९ सौं जन्मजयन्ति मनाइदै छ | आचार्य निम्बार्कको जन्म कार्तिक पूर्णिमाका दिन हालको दक्षिण भारतमा भएको विश्वास गरिन्छ | नियमानंद, निम्बादित्य भनिने र सुदर्शन चक्रमा अवतारका रूपमा मान्यताप्राप्त आचार्य निम्बार्कले वेदको स्वाभाविक सिद्धान्त "द्वैताद्वैत"वादलाई महत्व दिंदै प्रस्थानत्रयिको व्याख्या गरेका हुन् | साथै राधाकृष्णको अभेदउपासना पद्यतिको गुरुशिष्य परम्परालाई प्रभावकारी रूपमा निरन्तरता दिएका थिए | नेपालमा पनि विभिन्न ठाउँहरूमा निम्बार्क सम्प्रदायका अनुयायिहरूले आचार्य निम्बार्कको दार्शनिक, धार्मिक, सांस्कृतिक तथा समन्वयवादी दृष्टिकोणको वरिपरी रहेर विधिध कार्यक्रम गरिरहेका छन् | कमसेकम विगत १०० वर्षदेखि यो क्रम निरन्तर चलिरहेको छ |
२. एउटा दर्शनशास्त्रको विद्यार्थीको रूपमा स्नातकको परीक्षा दिंदै गर्दा जर्मनदार्शनिक कान्ट समालोचनाको दर्शन र आचार्य शङ्करको अद्वैतवादले मलाई सबैभन्दा बढी प्रभाव परेको थियो | बुद्धिवाद र अनुभववादका विचमा ज्ञानको स्रोत, ज्ञानको कार्य र सीमाका विषयमा निकै गहिरो विवाद थियो | बुद्धिवादीहरूमा देकार्त, स्पिनोजा र लाइबनिजले एकमात्र बुद्धिलाई ज्ञानको प्रमाणिक स्रोत हुने तत्थ्यलाई अगाडी सारे भने जन लक, विसप वर्कले र ह्यूमले इन्द्रियानुभलाई ज्ञानको एकमात्र प्रमाणिक स्रोतका रुपमा उभ्याउन खोजे | बुद्धिवादीहरू अज्ञेयवादको भूमरीमा फंसेर परमसत्यको निर्णय गर्न असफल भए भने इन्द्रियानुभवको अन्त्य आत्मउच्छेदमा हुन्छ र कार्यकारणको सिद्धान्त अनुभववादका आधारमामा सिद्ध हुनै सक्दैन भन्दै ह्युमले अनुभववादको निचोड़ दिए |
३. सम्पूर्ण पाश्चात्य दार्शनिक जगत बुद्धिवाद र अनुभववादको खेमामा विभाजित भएको अवस्थामा जर्मन दार्शनिक इम्मन्युएल कान्टले बुद्धिवाद र अनुभववाद दूवैको “ज्ञानमा महत्व हुन्छ, ज्ञान प्राप्ति र त्यसको प्रमाणिकतामा दूवैको महत्व छ | केवल बुद्धि वा अनुभवको भर परेर वा यी दूवैको महत्वलाई अस्वीकार गरेर सही ज्ञान प्राप्त हुँदैन, असन्दिध प्रमाकालागि बुद्धि र अनुभवका विच समन्वय हुनुपर्छ, दूवै एकअर्कामा अनुस्यूत र स्वतन्त्र रहेर सकार्य गर्नुपर्छ | तवमा ज्ञानको उत्पत्ति, क्रिया र सीमाको पहिचान र स्थापना हुन्छ भन्ने तर्क दिए | इम्मन्युएल कान्टले पाश्चात्य दर्शनको ज्ञान विषयक विवादलाई समन्वय गरे | बुद्धि र अनुभववादको स्वतन्त्रतालाई अविच्छिन्न राख्दै, अनुभव र बुद्धिलाई एकआपसमा अनुस्यूत गर्ने जुन् दृष्टिकोण कान्टले अवलम्बन गरे आचार्य निम्बार्कले हजारौं वर्षपहिले “द्वैताद्वैत”वादका रूपमा स्थापित गरिसकेका थिए |
४. पाश्चात्य धर्मदर्शनको आधार बाइबल भएको हुँदा परमसत्यको रुपमा गडको वाहेक अन्य कसैको अस्तित्व स्वीकार गरिन्न र जीव-जीव जगतलाई यथार्थ मानिए पनि पूर्णतया गड वा अल्लाहको नियन्त्रणक विषय हुन् | प्लेटोले बहुलवादी दर्शनको स्थापना गरे तर प्लेटोका शिष्य अरस्तुले अद्वैतापेक्षी द्वैतवादको “द्रव्य र मेटर”को स्थापना गरे | उनले आफ्नो दार्शनिक चिन्तनलाई द्वैताद्वैत भनेनन् तर उनको उद्देश्य द्वैत, अद्वैत र अनेकवादको विवाद सधैंका लागि अन्त्य गर्दै सर्वमान्य सत्यको स्थापना गर्ने प्रयत्न गरे |
५. अहिलेको मानव-विश्वमा चिन्तन र सिद्धान्तकोतहमा प्राकृतिक रूपले समन्वयवादी दार्शनिक चिन्तन र व्यबहारको गहिरो मांग छ | यस्तो निष्कर्षको बलियो आधार छ जुन कुनै प्रकारको पुराग्रहमा आधारित छैन | आचार्य शङ्करले केवल अद्वैत परक वैदिक महावाक्यको सत्यतालाई स्वीकार गरे, फलत: वेदका द्वैत तथा बहुलवादी महावाक्यहरूको सत्यतामा अविश्वास भयो | द्वैतवाद र बहुलवादी सम्प्रदायका विषयमा पनि यसै गरि बुझ्नुपर्छ | बौद्धहरूले आत्मा र जगतको “अनादि”अस्तित्वलाई अस्वीकार गरेपछि उच्छेदवाद र जैनहरूले केवल बहुलवादको पक्ष पोषण गरेपछि एकवाद, द्विवादका सवालमा असहिष्णु सावित भए | यद्यपि जैन तथा बौद्धहरूले वेदको अपौरुषेयता अस्वीकार गरेपछि निम्बार्कसंग सैद्धान्तिकतहको समन्वयका सवालमा बाहेक तुलना गर्नु पर्ने देखिन्न | बुद्धले आत्माको अमरता, ईश्वरको ईश्वरता र जगतको बास्तविकतालाई पूर्णत: अस्वीकार गरेर निषेधको बाटो अबलम्बन गरेका छन् | यिनको दार्शनिक चिन्तन राजनैतिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक समन्यवको पूर्णआधार बन्न सक्दैन |
६. तर समन्वयको व्याबहारिक सिद्धान्त केवल आचार्य निम्बार्कले प्रस्तावित गरेका छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ | निश्चय नै आचार्य निम्बार्क शक्तिशाली सुदर्शन चक्रका अवतार, श्रीराधाकृष्णका विनम्र उपासक, नारद ऋषिका सुयोग्य शिष्य तथा आफ्ना आराध्य देव राधाकृष्णका समक्ष रङ्गदेवीका रूपमा र मुमुक्षुहरूका लागि द्वैताद्वैतवादका प्रवर्तक निम्बार्क सम्प्रदायका प्रथम आचार्य होलान् तर वेदका विरोधाभाषी लाग्ने संकथनहरूको अपौरुषेयता अक्षुण्ण राख्न “द्वैताद्वैत”वादको बाटो रोज्ने आचार्य निम्बार्क विश्वका साझा सिद्धान्तकार हुन् | यदि आचार्य निम्बार्कले वेदका केवल द्वैत, केवल अद्वैत वा केवल बहुलवादको एकल सिद्धान्तका पक्षमा कुरा गरेको भए अपौरुषेय वेदका आदर्शहरूको अपमान, अस्वीकृति तथा अवज्ञा हुन्थ्यो | वेदको एउटा कथनले अर्को कथनको खण्डन-मण्डन गर्छ भन्ने श्रुति-प्रतिकुल आदर्श सिद्ध हुन्थ्यो |

६. प्राध्यापक हरिशरण उपाध्यायले नेपालमा निम्बार्क सम्प्रदायको आगमन राजा गिर्वाण विक्रम शाहको बेलामा भएको तर स्याङ्गजा निवासी श्रीभगबत शरण जीले सन् १९८० तिर बाट प्रभावकारी रूपमा प्रचारप्रसार गर्न थालेको भन्ने आशय व्यक्त गरेका छन् | अर्कोतिर गोविन्द उपाध्यायले ललितपुरको कृष्ण मन्दिर पनि नरसिंह मल्लसंगै कृष्ण भक्तिका प्रवर्तक आचार्य निम्बार्ककै अनुयायी भएको तर्क गरेका छन् | सन्दर्भमा, हाल नेपालको सुदूरपश्चिम बाहेक अन्य सबै प्रदेशहरूमा निम्बार्क सम्प्रदायका प्रचुर अनुयायी, मठमन्दिर तथा आफ्नो जीवन निम्बार्क सम्प्रदायको साधना तथा विस्तारका लागि समर्पण गरेका अनेकौं सन्तहरू क्रियाशील छन् |
७. यदि निकट विगतको कुरा गर्ने हो भने आचार्य भगवतशरण देव, नरहरी शरण, चक्रपाणी शरण आचार्य खेमराज केशव शरण, रुक्मणी शरण, लक्ष्मी शरण, तुलसी शरण आदिको नाम उल्लेखयोग्य छ भने बर्तमानमा प्रा हरिशरण (गैडाकोट), बाल सन्त चतरा, गौसेवी बाबा, प्रा. मुकुन्दशरणआदिको नेपालमा उल्लेख गर्न सकिन्छ भने भारतमा नेपाली मूलकै गोपाल शरणजी गोलोक धामआदि र मैले चिने/ मैले नचिनेका वा अहिले नसम्झेका निम्बार्क सम्प्रदायका विनम्र नेपाली अनुयायीहरू क्रियाशील छन् |
८. सिद्धान्त प्रवर्तकका रूपमा आचार्य निम्बार्कले वेदका विरोधाभाषी प्रतीत हुने महावाक्यहरूका आदर्शहरूलाई एकांगी रूपमा स्वीकार गरेर दोश्रो कथनलाई असत्य तुल्याउनु भन्दा वैदिक अपौरुषेयता र सत्यको अक्ष्णुताको सम्मान गर्दै वैदिक आदेशहरूको समन्वयात्मक (द्वैताद्वैत मूलक) अर्थमा बुझ्नु पर्ने र सत्य वा परमतत्व द्वैताद्वैत परक रहेको अविरोधि चिन्तनको मार्ग अबलम्बन गरेका छन् | सिद्धान्त विस्तारका क्रममा कुनै पनि दार्शनिक चिन्तनको खण्डन नगरेको हुँदा आचार्य निम्बार्क सबैभन्दा प्राचीन रहेको सम्प्रदायका अनुयायी विद्वानहरू र प्रसिद्ध दार्शनिक बलदेव आचार्य तथा विद्यापतिले तर्क गरेका छन् | भारतका पूर्वराष्ट्रपति र दार्शनिक सर्वपल्ली राधाकृष्णनले पनि अप्रत्यक्ष रूपमा "अविरोधि" चिन्तनलाई प्राचीन हुन सक्ने उल्लेख गरेका छन् |
९. निम्बार्क सम्प्रदायको नेपालसंग अत्यन्त गहिरो सम्बन्ध छ | निम्बार्क सम्प्रदायको परम्परागत मान्यताअनुसार यस सम्प्रदायका प्रवर्तक हंस भगवान् हुन् | हंस भगवानले राधाकृष्णको समवेत लिंग शालीग्राम सनकादि ऋषिहरूलाई दिंदै अखण्डसेवाको परम्परा चलाए | नेपालको कालिगण्डकीमा उत्पन्न भएका शालीग्रामको निरन्तर सेवा गर्ने परम्पराको अग्रदूत निम्बार्क सम्प्रदाय नै हो भन्न असजिलो मान्नु पर्दैन | तेस बखतदेखि सर्वेश्वर भगवानका रूपमा शालीग्रामको अक्षुण्ण सेवा गर्ने परम्परा निम्बार्क सम्प्रदायमा छ | अन्य सम्प्रदायमा शालीग्रामको सेवापूजा गर्ने परम्परा अवश्य छ तर प्रमुख आराध्यदेवका रूपमा प्रमुख आचार्यले आफै शालीग्रामको सेवा गर्ने परम्परा आचार्य निम्बार्कले आरम्भ गरेका हुन् भने नेपाल र नेपालीहरू सांस्कृतिक तथा धार्मिक गौरवका निम्बार्क सम्प्रदायप्रति कृतज्ञ हुनैपर्छ |
१०. भारतवर्षका धेरैजसो संस्कृतिविद् र दार्शनिकहरूले आचार्य निम्बार्कलाई राधाकृष्णको उपासनालाई संस्थागत गर्ने प्रथम आचार्यका रुपमा स्वीकार गरेका छन् | यो तत्थ्यलाई नेपालका परमविद्वान् प्रा. चुडानाथ भट्टराइले पनि स्वीकार गरेका छन् | दार्शनिक दृष्टिकोणले विचार गर्दा आचार्य शङ्करले वेदको अद्वैतवादी चिन्तनको परम्परालाई महत्व दिए तर आचार्य रामानुजलाई दार्शनिक दृष्टिकोणले आचार्य शङ्करको अद्वैतवाद तर्कसङ्गत नलागेकोले "विशिष्टअद्वैत"का रूपमा संशोधन गरे | यो जगजाहेर तत्थ्य हो | यसैगरी बङ्गालका भक्तिवादी आचार्य चैतन्य आफ्नो गुरुपरम्पारामा प्राप्त शुद्धद्वैतवाद तार्किक रूपले सन्तुष्ट हुन सकेनन् र आचार्य निम्बार्कले अगाडी बढाएको द्वैताद्वैतलाई नै "अचिन्त्यभेदभेद"को नयाँ नाम राखेर अगाडी बढाए | सम्प्रदायका विनम्रअनुयायीहरूका लागि उपर्युक्त कथन असंगत लागे पनि दार्शनिक दृष्टिकोणले अकाट्य तत्थ्य हो |
११. आचार्य निम्बार्क र मध्व दूवै राधाकृष्णका उपासक हुन् | मध्वले दुईतत्वको वैदिक बाटो अबलम्बन गरेका हुन् | आचार्य मध्व, चैतन्यका गुरू ईश्वर पुरी र स्वयं चैतन्यले राधाकृष्णको उपासनामा स्वेकीय र परकीया भावको खासै चर्चा गरेका छैनन् तर गौडिया सम्प्रदायका प्रमुख आचार्यहरू रूप र जीव गोस्वामीले परकीया भावको उपासना अङ्गीकार गरेपछि अचिन्यभेदभेद र द्वैताद्वैतको उपासना व्यबहारमा सूक्ष्म पार्थक्य देखिन्छ | स्थूल दार्शनिक दृष्टिकोणबाट दुवै सम्प्रदायहरूमा फरक छुट्याउन कठीन छ | अझैं आधिकारिक रूपमा कवि जयदेवले गीत गोविन्दमा राधाकृष्णको विवाह ब्रह्माले सम्पन्न गरेको उल्लेख गरेपछि राधाकृष्णका स्वेकीय भावका उपासक निम्बार्कीहरू र परकीय भावका उपासकका रूपमा गौडियाहरू सुस्पस्ट हुन्छन् |
.....
-अद्वैत परक : एकमेवाद्वितीयम्, सर्वं खलुमिदं ब्रह्म, अयमात्मा ब्रह्म
-द्वैत परक : द्वा सुपर्णा सयुजा सखाया, यतो या इमानि भूतानि जायन्ते...संविशन्ति |
व्यबस्था
श्रुतिद्वैधम् तु यत्र स्यात् तत्रधर्माबुभौ स्मृतौ |
उभावपि हि तौ धर्मौ संयगुप्तौ मनीषिभि: || मनु २/१
भोक्ता भोग्यं प्रेरितारञ्च मत्वा सर्वं प्रोक्तं विविधं ब्रह्ममेततत् (स्वेताश्वतर १/१२

एक बौना पानी !!

 एक बौना पानी !!

पानी परिरहेको छ | मान्छेहरू डोको बोकेर खरवारीमा घाँस काटी रहेका छन् | मैले ती सबैलाई नदेखेको गरीझैं बाटो काटेर अगाडी बढें | "नाति ! किन बाटो काटेको हो नदेखेझैं गरेर ? हामी पनि आफ्नै मान्छे हौँ ! कान्छो हजुर वा र सानीमाहरूले भने | मैले सुन्ने कर लाग्यो | मैले भने "फर्कंदा पस्छु |"
अव पानीको नामनिसान थिएन | म बारीका पाटा उक्लिँदै गएँ | बाटोमा एउटा दुनुनो भैसी उभिएको थियो, मलाई देखेर बाटो छोडिदियो | म त्यो घर पुंगे |आँगनमा मसुरोको दालको रास रहेछ | आँगनमा एउटी बूढी मान्छे सुतिरहेकी थिइन् | मैले पुग्ने वित्तिकै अंगालो हालें | उनको बूढो शरीर चल्पलायो | उनले आँखा उघारिन् | उनको आँखामा आँसु देखिए |
"नाति ! म धेरै सुतिसकें | तिनीहरूले मलाई सम्झेनन् | मलाई तिर्खा लाग्यो | एक बौंना पानी खान्छु !"
प्रसंग सकियो |

आधुनिक मानवतावादको परिपेक्षमा मनुस्मृतिलाई बुझ्दा !!

 आधुनिक मानवतावादको परिपेक्षमा मनुस्मृतिलाई बुझ्दा !!

आधुनिक मानवतावादी चिन्तनको उद्देश्य कुनै पनि भेदभाव विना हरेक मान्छेलाई गरिमा (Dignity) पूर्ण सहयात्रिका रूपमा स्वीकार गर्दै उसको सम्मान गर्नु र सम्मान प्राप्त गर्नु हो | अंग्रेजी डिग्निटी शब्दले मानवअधिकारलाई पनि आकर्षित गर्छ जसले भूगोल, जातजाति, आर्थिकस्तर, धार्मिक भिन्नता तथा पेशाका आधारमा भेदभावपूर्ण व्यबहारलाई विस्थापित गर्न अनुरोध गर्छ | सामान्यता १४ औं ई. तिर इटालीमा जन्मेका पित्रेजलाई (Petrarch) आधुनिक मानवतावादी चिन्तनका जनक मानिन्छ तर यो दृष्टिकोण युरोपेली र अमेरिकनहरूको हो | परापूर्वकालदेखि नै पश्चिमाहरूले मानवतावादको अर्थ र प्रयोजन "मानव-महत्व"संग जोडे | मानवप्राणी बाहेक अन्य ८३९९९९९ (वैदिक मान्यताअनुसार) प्राणी र अजीव विश्वको गरिवमातिर खासै महत्व दिएनन् | यसरी पश्चिमा मानवतावादको दृष्टिकोण आज पनि मानव-प्रमुख (Human supremacy) आधारित छ र यो बैचारिक दृष्टिकोण र व्यबहार विश्वभरी फैलिएको छ | नेपाल तथा भारतजस्ता प्राचीन सभ्यता भएका देशहरूले समेत आधुनिक परिपेक्षमा "प्रकृतिमा मानवमात्र गरिमामय प्राणी हो" भन्ने मान्यतालाई आत्मसात गरेका छन् | यद्यपि द्वितीय विश्वयुद्धका विनाशक परिणामहरूबाट झस्किएका पश्चिमा चिन्तकहरूले "मानवतावाद"को अर्थमा केही संशोधन गरेर प्रकृति र प्रकृतिका अन्य उत्पादहरुको "गरिमा"मा पनि ध्यान दिनु पर्ने दृष्टिकोण अगाडी सारेका छन् |
पछिल्लो मानवतावादी चिन्तन "मानवकेन्द्रित" सिद्धान्तबाट केही माथि उठेको छ तर व्याबहारिक रूपमा Human supremacy को "स्वार्थ" जस्ताको तस्तै छ | सीमानाहरूमा बाँधिएका शक्तिशाली राष्ट्रहरूले आफ्ना "राष्ट्रिय स्वार्थ"लाई कत्तिपनि छोडेका छैनन् बरू आफ्नो राजनैतिक राष्ट्रको स्वार्थलाई अझैं बलियो र प्रभावकारी रूपले कार्यान्वयन गरेका छन् | खासगरी आर्थिकस्तरका आधारमा नागरिकहरूको मानवोचित स्वतन्त्रतामा अंकुश लगाएका छन् | वाहिर देखाउंदा अन्य कारण उद्धृत गरे पनि उपर्युक्त अंकुशहरूमा भूगोल, धार्मिकता, छालाको रङ्ग र भाषा पनि जोडिएका छन् | शक्तिशाली राष्ट्रहरूले निर्धन राष्ट्रका नागरिकहरूलाई आफ्नो देशमा प्रवेशाज्ञा नदिनु यसको प्रखर उदाहरण हो |
मनुस्मृतिको समय र आजको परिवेश निकै भिन्न छ | मनुस्मृतिले केवल तत्कालीन समाजको मार्गदर्शक सिद्धान्तहरू निर्माण गरेको छ भन्नु अर्धसत्य हुने छ | मनुस्मृतिका केही कथन र मान्यताहरूलाई लिएर आजका मानवतावादी तथा अधिकारवादीहरूले यसको कठोर आलोचना गर्छन् | समालोचना गर्नु र आलोचना गर्नुमा फरक छ | मनुस्मृतिका आलोचकहरूमा ती व्यक्ति वा समुदाय बढी छन् जसले मनुस्मृतिलाई उसको मूलभाषा (संस्कृत)मा पढ्न र बुझ्न सक्दैनन् वा तेस्रो व्यक्तिको भनाईमा विश्वास गरेर निरापद आलोचनाको बाटो अवलम्बन गर्छन् | सत्य के हो भने मनुस्मृति एस्तो कालजयी सभ्यता र संस्कृतिको निर्माता ग्रन्थ हो जुन चिन्तन र पथप्रदर्शनले आजको हिन्दु-समाजको धार्मिक, सांस्कृतिक, राजनैतिक र सामाजिक जरोकिलो निर्माण भएको छ र आज पनि दैनिक जीवनमा तिनको न्युनाधिकरूपमा अनुशरण गरिंदै छ | हो, यो अनुशरणमा केही तत्थ्यहरू आधुनिक न्यायव्यबस्था र मानवतावादी दृष्टिकोणमा अस्वीकार्य छन् |
संस्कृत भाषामा लेखिएको मनुस्मृति, मानवशास्त्र वा मनुसंहिताका रूपमा प्रसिद्ध मनुस्मृतिमा १२ अध्याय र २६९० श्लोक छन् | धेरैजसो श्लोकहरू अनुष्ठुप छन्दमा लेखिएका छन् तर लेखक र लेखन समयका विषयमा तीब्र विवाद छ | पश्चिमाहरूले ई.पू. ४००-३०० तिर मानेका छन् भने डा. राधाकृष्णन् जस्ता भारतेली विद्वानहरूले ई.पू. ९०० तिर मानेका छन् | अर्कोतिर वैदिक गणना पद्धतिमा विश्वास गर्नेहरूले मनुस्मृतिको रचना महाराज मनुले गरेको हुँदा यसको रचना यस मन्वन्तरको आरम्भमा (लाखौं वर्ष पहिले) गरिएको विश्वास गर्छन् | भारत अंग्रेजहरूको अधिनमा रहेको बखत तत्कालीन अंग्रेज भाषाविद्, इतिहासकार र न्यायधीश सर विलियम जोइन ले सन् १७९४ मा पहिलोपटक अंग्रेजीमा अनुवाद गरेपछि पश्चिमाविच यो पुस्तक निकै चर्चाको विषयवस्तु बनेको थियो | यो पढेपछि तत्कालीन पोपले "बाइबललाई (परमेश्वरलाई) चुनौती दिने" भन्दै आलोचना गरेका थिए |
आधुनिक मानवतावादी चिन्तनमा मानवीय स्वतन्त्रतालाई विशेष महत्व दिइएको छ जसमा बाक्स्वतन्त्रता, हिडडुल गर्ने स्वतन्त्रता, न्यायमा पहुँचको स्वतन्त्रता, बाँच्न र पेशा गर्न पाउने स्वतन्त्रता र धार्मिक तथा शिक्षा प्राप्त गर्ने स्वतन्त्रता | यस्तो स्वतन्त्रताको सबैभन्दा ठूलो शत्रु "भेदभाव"पूर्ण व्यबहारलाई मानिएको छ | प्रसिद्ध विश्वकोश ब्रिटेनिकाले हुमनिज्ममा समझदारी, परिपकारी ब्यबहार, करूणा, दया, सकारात्मक गुणहरूप्रति दृढता, न्याय, विवेकशील दृष्टिकोण, सद्भाव र प्रेमजस्ता गुणहरू नै - मानवतावाद भएको उल्लेख गरेको छ | ईश्वरवादी तथा नास्तिक मानवतावादीहरू पनि उपरोक्त कथनमा सहमति जनाउंदै "भेदभावरहित" व्यबहारप्रति समान विचार राख्छन् | अर्थात् समानता र समभाव नै आधुनिक मानवतावादी दृष्टिकोण भन्नुपर्छ र आजको विश्व मानवतावादी आन्दोलन भेदभावरहित र समानतामूलक मानव-समाजका लागि प्रतिबन्ध छ भनिन्छ |

होमरको इलियाड़ र सति लेयोमेडिया

 होमरको इलियाड़ र सति लेयोमेडिया

अतिवाद र अतिवादी दूवैतिर छन् | आधुनिक विश्वविद्यालय र विद्यालयहरूको विकास पश्चिमाहरूले आफ्ना उपनिवेशका जनतालाई बैचारिक रूपमा "कामदार" बनाउने उद्देश्यले स्थापित गरेका/गरिएका हुन् भन्ने कुरा स्वीकार गर्न नेपाली र भारतीय विद्यालय/विश्वविद्यालयहरूलाई धेरै गाह्रो छ | तेसैगरी सधैं वैदिक, जैन तथा बौद्ध संस्कृति नै सर्वगुण सम्पन्न भन्दै पश्चिमाहरूप्रति विमति राख्ने र सम्पूर्ण विकृतिहरूलाई पश्चिमाहरूको टाउकोमा फोर्नेहरूले विद्यालय र विश्वविद्यालयहरूलाई उपर्युक्त उपनिवेशी प्रोग्रमिंगबाट बाहिर निकाल्न र स्वावलम्बी बनाउनेतिर कुनै पनि दीर्घकालीन योजना बनाएको भन्ने तत्थ्य पनि छैनन् | विगार्ने सवालमा एता र उता दुवै सक्रिय छन् |
इतिहासको एउटा स्मृतिग्रन्थ मनुस्मृतिले महिला र क्षुद्रहरूलाई अमानवीय व्यबहार गर्न सिकाएको छ भन्दै सधैं वैदिक संस्कृतिको दोहोलो काडेर पश्चिमा र पश्चिमाहरूप्रति बफादारहरूलाई दोहन गर्ने समूहले होमरको एलियाड महाकाव्य पढेका छन् भन्ने विश्वास गर्न सकिन्न किनभने मनुस्म्मृतिको विरोध गर्नेले संस्कृतभाषामा लेखेको असली मनुस्मृति आफैले पढे वा भीमराव अम्बेदकर वा इसाई मिसनरीहरूको भनाईमा विश्वास गरेर आलोचना गरेका हुन् ? तिनैले जानुन् तर सतिप्रथाचाहिं एलियाड कालीन ग्रीकेली समाजको अङ्ग हो भन्दै गर्दा चित्त नबुझ्ला | चित्त नबुझ्दैमा, नमान्दैमा इतिहास असत्य हुँदैन | ट्रायल्याण्डका योद्धा प्रोटिसिलेअस युद्धमा मारिएपछि उसकी नवविवाहित पत्नी लेयोमेडियाले आफ्ना पतिको काठको प्रतिरुप बनाएर सुत्न थालिन् | बाबुले त्यो काठको प्रतिमा खोसेपछि अत्यन्त दुखी भएर त्यसै काठप्रतिमासहित स्वेच्छाले चितामा प्रवेश गरेर सति गइन् | अहिले न त्यहाँ सतिप्रथा छ न नेपालमा | तर इतिहासमा विलिनभएको सतिप्रथा र संबिधानले निर्मुल गरेको जातिप्रथाका आधारमा वैदिकहरूलाई बदनाम गर्नेहरू जीवित छन् र अचम्मको कुरा त के भने तथाकथित मोडर्नहरूले यिनको कुरा सुन्छन् !
सतिप्रथा कुनै कालखण्डको दुर्भाग्यपूर्ण यथार्थ थियो र यो प्रथाले अनेकौं हत्या गरेको थियो तर समयले यो प्रथालाई पूर्णतया अन्त्य गरिदिएको छ | यसै गरी छुवाछुतजस्ता अमानवीय प्रथाहरू पनि नेपाली भूमिमा अन्तिम श्वासप्रश्वास लिइरहेका छन् | पश्चिमा प्रतिमान विस्तार गर्न खोलिएका विश्वविद्यालयका स्नातकहरू (विद्वान् र राजनैतिक कर्मीले) यो परिवर्तन देख्दैनन् बरू आयोगहरू बनाएर संस्थागत गरेका छन् | यसरी एउटा समुदायलाई आफ्नै छिमेकीबाट टाढा पुर्याएका छन् | तेसैले भन्न मिल्छ : पश्चिमाहरूको प्रोग्रामिगको जालमा फंसेको नेपाली तथा भारतीय शिक्षा व्यबस्थाले आज पनि आत्मविश्वासरहित पश्चिमाहरूका बौद्धिक कार्यक्रता उत्पादन गरिरहेका छन् | आफ्नै इतिहाससंग घृणा गर्ने, गतार्थ भएका ऐतिहासिक घटनाका लागि बर्तमान समुदायलाई दोष दिने र समुदायसमुदाय विच अविश्वास फैलाउने काम गरिरहेका छन् |
उदाहरणका लागि नेपालको बर्तमान राजनैतिक व्यबस्थालाई नै हेरौं | यदि लोकतन्त्र वा प्रजात्रन्त्र भनिए जति उत्तम र बैज्ञानिक व्यबस्था हुन्थ्यो भने नेपाल विश्वको सबैभन्दा गरिव राष्ट्र बन्ने थिएन | वि.स. २०६२ मा प्रचण्ड र परिवर्तनवादीहरूले बोलेझैं नेपाल स्वीजरल्याण्ड, बेलायत वा सिंगापुरजस्तै विकसित बनिसक्नु पर्ने हो ? एलियाडको महाइन्द्र ज्यूसझैं नेपालीहरूको दुर्गतिमा यही विदेशीहरूको हितैषी "लोकतन्त्र र लोकतन्त्रवादी पूर्वाग्रह नै दोषी छ | तर विदेशप्रतिको भक्ति र आफ्नो इतिहासप्रतिको अविश्वासले नेपालको सतिप्रथालाई दोषी देख्ने तर पश्चिममा भएको हुँदा विचक्राफ्टलाई ढाक्ने प्रबृत्ति बलियो छ | यसबाटोमा राज्यनै नीतिगततहमा सहयोगी भएपछि कसैको केही लाग्ने रहेनछ ! देखेको कुरा बोल्ने बाहेक !!
उपर्युक्त प्रसंगको सत्यता पर्गेल्न चाहनुहुन्छ भने महाकवि होमरको एलियाड पढ्नु होला |

क्रिसमसको सतबीज !!

 क्रिसमसको सतबीज !!

क्रिसमसका रक्सी पार्टीहरूको समाचारका लागि एक महिनादेखि तयारी गरिन्छ तर लाखौंलाख हिन्दुहरूले रातभारी जाग्राम बसेर सतबीज छरेको समाचार खोज्न, लेख्न र पढ्न ठूला मिडियासंग समय छैन |
नेपालका सबैजसो तीर्थस्थलहरूमा आफ्ना पूर्खाका लागि सम्झेर अनेकौं प्रकारका अन्न मिलाएर सतबीज छरिने गरिन्छ | असलमा, सतबीजले मानव-जीवनका लागि कुनकुन् अन्न ज्यादै महत्वपूर्ण छन् र तिनको प्रदर्शन गरेकेको हुन्छ | छर्ने एकप्रकारको प्रयोग हो -जसले बालबालिका तथा सिखारूलाई अन्न चिन्ने मौका दिन्छ |
कुनै पनि अमेरिकी, इटाली वा युकेको मूलधारको पत्रिकाले होलीदिवाली वारे चर्चा गरेको मैले पढेको छैन | त्यहाँ हुँदा नेपाली पत्रपत्रिका हेरेर चित्त बुझाउनु पर्छ - त्यो पनि नेपाली पत्रिकाले मन नलागी पस्केको अधुरा समाचार पढ्नुपर्छ | नेपाली समाचारले पस्किने आफ्ना मौलिक चाडवाड सम्बन्धि समाचार आत्मविश्वास र तेजरहित हुन्छन् कहींकहीं त आत्मग्लानीले भरिपूर्ण समेत हुन्छन् | क्रिसमस वा इदहरूले महत्व प्राप्त गरेका किनभने यहाँ "हिन्दू-माइन्ड" छ |
विश्वका सबै चालचलन तथा त्यौहार बारे जानकारी प्राप्त गर्नु र आफ्नो संस्कृतिसंग शत्रुतापूर्ण व्यबहार नभएका चाडवाड मान्नु राम्रो कुरा हो तर मूर्तिपूजक भन्दै हिन्दू, जैन, बौद्ध संस्कृतिको जरो काट्न सङ्कल्प गर्नेहरूका चाडवाडलाई महत्व दिनु दिक्कलाग्दो र अविवेकी मनोविज्ञान हो | क्रिसमस इसाईहरूको महत्वपूर्ण चाड हो, उनीहरूले मान्नु उचित हो तर मूर्तिपूजकहरूका देशका मिडियाले आफ्नै देशको मौलिकता मास्ने सङ्कल्पित चाडवाडको "जयजयकाट" दास मानसिकता हो |
यदि यस्तो दास मानसिकता हुँदैनथ्यो भने मूलाधारका मिडियाहरू लाखौं जनताले रातभरी अत्यन्त श्रद्धपूर्वक आराधना गरेर छरिने "सतवीज"का समाचारहरूले प्रमुखता प्राप्त गर्नु पर्थ्यो ? तर ठूला अनलाइन, छापापत्रिका टेलिभिजनहरू "नोटिस" गरेको बाहेक भेट्न सकिन्न |
यो मौसम नेपालको मौलिक पर्ब सतबीजको हो | यो समयमा हरेक नेपालीले आफ्ना पूर्खाको स्मरण गरिरहेका छन् | तर आफ्नो मौलिकता र आत्मसम्मान गुमाएको पत्रकारिताले यसलाई "क्रिसमसको बालाचतुर्दशी" बनाएका छन् |
गतवर्ष पशुपति पुगेको बेला एउटा ८-९ वर्षकी स्कूले बालिकाले आफ्ना अभिभावकसंग बडो अभिरुचि पूर्वक छरिएका बीऊबिजन स्पर्स गर्दै त्यसको नाम सोध्दै र प्रोजेक्ट वर्कका लागि सङ्कलन गरेको मैले देखेको थिएँ |
यो सबै रक्सी र पैसाको खेल होइन र ?

वेदको रचनाकार र वेद

 वेदको रचनाकार र वेद

अस्य महतो भूतस्य नि:श्वसितमेतद्ऋग्वेदोयजूर्वेद: (वृ.उ. २/४/१०
ऋग्वेदसहित चारै वेद महान् प्रकृतिका स्वामीको श्वासप्रश्वासबाट निस्किएका हुन् | यहाँ महतो भूतस्य शब्दलाई परमतत्व -परमात्मा वा ईश्वरका भनेर अनुवाद गर्ने चलन छ तर यसको अर्थ "महान् प्रकृति" पनि हुन्छ |
स्मरणीय के छ भने मूलत: वेद एउटामात्र हो | ऋषि वेदव्यासले ज्ञानकाण्डका रुपमा ऋग्वेद, कर्मकाण्डका रूपमा यजुर्वेद, स्तुति अर्थात् भक्तिकाण्डका रूपमा साम वेद र जीवन दर्शनका रुपमा अथर्ववेद संहिताका फरकफरक ग्रन्थ बनाएका हुन् | समग्र वेद एकै जना व्यक्तिले घोक्न र जीवनभरी सम्झेर अर्कालाई घोकाउन गाह्रो देखेर यस्तो विभाजन भएको हो |
ऋग्वेदका १० मण्डलमा १०५५२ मन्त्रहरू, यजुर्वेदका ४० अध्यायमा १९७५ मन्त्रहरू, सामवेदका ६ अध्याय र १८७५ मन्त्रहरू तथा अथर्ववेदका २० खण्डमा ५९७७ मन्त्र छन् | सम्पूर्ण वेदमा २०३७९ मन्त्रहरू रहेका छन् | हो, मन्त्र सङ्ख्यामा केही विवाद छ तर समग्रमा वेद र वेदमा मन्त्रहरूको सङ्ख्या एत्ति नै हो | एति कुराको जानकरी हरेक सनातनीमा हुनुपर्छ |
वेदहरूसंग नेपालको गहिरो सम्बन्ध छ | ऋषिहरूले वेदका ऋचाहरूको साक्षात्कार वर्तमान नेपाली भूमिभित्र गरेका हुन् भन्ने प्रमाणहरू वेदमै यथेष्ट छन् | ऋग्वेदको १० सौं मण्डल, १२१ सौं सूक्तलाई हिरण्यगर्भ-सूक्त भनिन्छ | यसमा १० बटा मन्त्रहरू छन् | यो सूक्तहरूले प्रष्टरूपमा हिरण्यगर्भ (गर्भमा स्वर्ण भएका) शालीग्रामको उत्पत्ति हिमालमा (ऋग्वेद १०/१२१/४) भएको र त्यो प्रवाहशील नदीको बाटो हुँदै समुद्रसम्म फैलिएर चारैदिशाको रक्षा गर्दै प्रजापतिका रूपमा पूजाआराधना गर्न योग्य भएको प्रष्ट उल्लेख गरेको छ |
हिरण्यगर्भ (शालीग्राम) पाइने एकमात्र ठाउँ हिमालय नै हुन् र ती नदीको बाटो हुँदै समुद्र पुग्ने पनि यथार्थ हो | विश्वभरीका वैदिकहरूले शालीग्रामको पूजाआराधना गर्ने परम्परा पनि जीवित नै छ | साथै, पान्चायन देवताको पूजा गर्दा आफ्नो गुरू परम्पराअनुसार शिव, विष्णु, शक्ति, गणेश वा सूर्यका रूपमा हिरण्यगर्भको (शालीग्राम) आराधना गर्ने परम्परा पनि विश्वभरी प्रचलित छ |
ऋग्वेदकालीन ऋषिहरूले हिमालयबाट जन्मेका शालीग्रामलाई शिव,गणेश, शक्ति, सूर्य र विष्णुका रूपमा एकै थालमा (शैव, शाक्त, वैष्णव, गाणपत्य तथा सौर्य) पूज्ने “सहना ववतु”को सहृदयी दर्शनशास्त्र नेपालको मौलिक दर्शनशास्त्र हो भन्न मिल्छ | दार्शनिक रूपमा उपर्युक्त ऋग्वेदीय हिमवन्त-हिरण्यगर्भको उपस्थितिले नेपाली समाजको समावेशी तथा द्वैताद्वैतवादी चरित्र विकसित भएको स्थापित भएको स्वीकार गर्न सकिन्छ र यही स्वीकारोक्तिबाट नेपाली दर्शनशास्त्र स्थापित हुने छ |
भाषाका आधारमा नेपाली इतिहास युरोपसंग जोडिने इतिहासको परिकल्पनालाई उपर्युक्त हिरण्यगर्भ सूक्तका मन्त्रहरूले गहिरो चुनौती दिन्छन् |अफगानिस्तानका पहाडहरूमा हिरण्यगर्भको (शालीग्राम) अस्तित्व छैन |
घोकाइका आधारमा द्विवेदी, त्रिवेदी, चतुर्वेदी, सुवेदी आदि थर निर्मित भएका हुन् | वेदलाई हिन्दू धर्म ग्रन्थ भन्नेहरू अज्ञानी हुन् किनभने वेद स्वयंले (तल्मुद, बाइबल र कुरानले प्रष्ट रूपमा आफु यहुदी, इसाई र मुस्लिमहरूको धर्म-कर्म ग्रन्थ भएको र गड वा अल्लाहले केवल आफ्नाजनलाई दिएको भनेर बोलेका छन्) आफुलाई मानवमात्रको ज्ञान भनेर घोषणा गरेका छन् | तेसै पनि वेद शब्दको अर्थ "ज्ञान" नै हो र ज्ञान सबैको साझा हुने हुँदा वेद मानवमात्रका साझा ग्रन्थ हुन् | ऋषिहरूले वेदका मन्त्रहरू नेपाली भूमिमा साक्षात्कार गरेर नेपालको गौरव बढाएका छन् | नेपाल र नेपालीलाई गौरवशाली बनाएका छन् |

Monday, December 11, 2023

आत्मगौरवको बाटोमा नेपाली हिन्दू

भारतमा हिन्दूहरूको दमन आरम्भ भएको मोहम्मद गज्नवी (971-1030) को बेला देखि हो | त्यसपछिका सबै मुसलमानहरूले भारतका हिन्दु तथा त्यहाँका अन्य जातजाति र धर्मको शोषण मात्र गरेका थिए | सत्य के हो भने मुस्लिम आक्रान्ताहरूले हिन्दुहरूका पूजास्थलमात्र होइन जैन र बौद्धहरूका मन्दिर, विहार तथा त्यहाँ रहेका मूर्ति तोडेका थिए, सम्पति लुटेका थिए | प्रसिद्ध जापानी बौद्ध इतिहासकार मारामुतोले भारतबाट बौद्धधर्म पलायन हुनुको मुख्यकारकका रुपमा मुस्लिम आक्रमणकारीहरूले मूर्ति-पूजकहरूप्रति अपनाएको दमन नीति भएको उल्लेख गरेका छन् |

नेपालमा पनि मोहम्मद कासिमले आक्रमण गर्दा केवल पशुपतिनाथको मन्दिरमात्र होइन अनेकौं बौद्ध-विहारहरू र पुस्तकालयहरूमा आगो लगाएको थियो | अर्को सत्य के हो भने अहिलेको राजनैतिक नक्साभित्र रहेको भारतमा धेरैजसो भूभागमा मुस्लिमहरूले राजपाट चलाएका थिए | यस अर्थमा, मुस्लिमहरू भारतका प्रशासक समुदायमा पर्छन् | मुस्लिम र अंग्रेजले हिन्दू समुदाय विरुद्ध लिएको धार्मिक-असहिष्णुतालाई सम्झंदै यदि आज तेहाका हिन्दुहरू एककृत हुँदैछन् भने त्यो तिनको अधिकार पनि हो | यदि १०१२ देखि १७३७ सम्मको लामो शासनकालमा मुस्लिम समुदायले आफ्नो धर्म, संस्कृति वाहेक शिक्षाका क्षेत्रमा मुस्लिमहरूको बर्चश्व स्थापित गर्न सकेन भने खोट तिनैहरूमा छ, हिन्दुहरूलाई दोष दिनु मूर्खता र पूर्वाग्रह हो |
तर समय बदलिएसंगै हिन्दुहरूउपर अत्याचार गर्ने ती राजाहरू इतिहासमा रुपान्तरित भएका छन् | तिनले गरेका पापका लागि बर्तमान मुस्लिम समुदायलाई दोषारोपण गर्नु उचित हुँदैन | अर्कोतिर, भारतीय मुस्लिम समुदाय आफै पनि मुगलकालीन प्रसशाकीय मनोविज्ञानबाट मुक्त भएको छैन | शिक्षामा ध्यान दिनुभन्दा मूर्तिपूजक विरुद्ध "मौलानावाद"मा रमाउन बढी व्यस्त छ | कुरानका आदेशहरूलाई कट्टरतावादमा रुपान्तरण गर्ने स्वभावमा कुनै फरक परेको देखिन्न | यसले गर्दा, तीब्रतर रुपान्तरण गर्न सक्ने हिन्दु-जैन समुदायसंग मिलेर हिड्न सक्ने प्रश्न नै उठ्दैन |
आफ्नो कट्टरपन्थी चिन्तन र व्यवहारका लागि मुस्लिमहरू आफै दोषी छन् | यदि हिन्दुहरूले अहिले आएर क्षतिपूर्ति खोजिरहेका छन् भने अस्वाभिक होइन | यो हिन्दुहरूको आत्मसम्मानको समय हो | नेपालका हिन्दुहरूले पनि आत्मसम्मानको बाटो पछ्याउने प्रयत्न गरेका छन् भने उदारवादका आवरणमा मुसाईहरूको विचारका पक्षधरहरूको टाउको दुख्छ नै | यी मुसाई-पक्षधरहरूले कट्टरपन्थका विरुद्ध एकशब्द लेख्न र बोल्न सक्दैनन् तर हिन्दु, जैन तथा बौद्धहरूले आफ्नो आत्मसम्मान प्राप्त गर्न खोज्दा आकाश फाटेझैं गरेर कोकोहलो गर्छन् | नेपालमा आत्मसम्मान प्राप्तिको पक्षधर हिन्दुहरू विरुद्ध विषबमन गर्नेहरूको सक्रियताको अर्थ सर्वसाधारणले समेत बुझ्न थालेका छन् | प्रतिहिंसाको डर देखाएर हिन्दुहरूलाई "आत्मसम्मान प्राप्तिको बाटोबाट बिमुख बनाउने" चाल चलिरहेका छन् |
सत्य के हो भने धेरै समयको अन्तरालमा हिन्दुहरूले आफ्नो आत्मसम्मान, पहिचान र उत्थानका लागि गौरवपूर्ण तवरले बोल्ने, लेख्ने र प्रयोग गर्ने अवसर प्राप्त गरेका छन् | आफुभित्र रहेका विसंगतिहरूको समिक्षा गर्ने अवसर प्राप्त गरेका छन् | मूर्तिपूजक (हिन्दु) भन्दै हजारौं वर्षसम्म अपमानित गर्ने धार्मिक चरित्र विरुद्ध एकीकृत हुने अवसरप्राप्त गरेका छन् | एतिबिध्न लामो समयसम्म दलनमा रहेका हिन्दुहरूले हिन्दु गौरवको कुरा गर्दा देशलाई पाकिस्तान, अफगानिस्तान, इराक, इरान, साउदी अरेविया जस्तै राज्यसत्ता स्थापित गर्ने कल्पनासम्म गरेका छैनन् |
सबै राजनीति गर्नेहरूले बुझ्नुपर्छ, गौरवपूर्ण आत्मसम्मान केवल राजनैतिक लक्षप्राप्तिबाट मात्र प्राप्त हुन्छ भने यदि भारतीय हिन्दुहरूले राज्यसत्ता प्राप्त गरेर आत्मसम्मान प्राप्त गर्ने दिशातिर बढ्दै छन् भन्ने उनीहरूलाई बधाई दिनुपर्छ | राजनीतिमा एकअर्कोबाट सिक्ने हो | यदि नेपालका हिन्दुसमुदाय भारतको सिको गरेर होस् वा यहुदीहरूको सिको गरेर आत्मसम्मानका पक्षमा उभिन्छन् भने मुसाई-समर्थकहरूलाई बाहेक सबैले गौरवबोध गर्नु पर्छ | नेपालका तथाकथित उदारवादी तथा राजनैतिक शक्तिहरूले बहुसंख्यक हिन्दुहरूको जसरी मानमर्दन गर्दै "मुसाई"सरह कट्टरपन्थीका भएको प्रतिमान स्थापित गर्ने प्रयत्न गरिरहेका छन्, यसबाट नवजागरणमा प्रवेश गरेको हिन्दु-समुदायले क्रमशः उर्जा प्राप्त गर्दै जान्छ |
जव एउटा हिन्दुले हिन्दुगौरवको कुरा गर्छ त्यस बखत तथाकथित सूड़ो बुद्धिजीवी र मुसाईसंरक्षणवादीहरूले "एक्काइसौं शताब्दिमा धर्मको कुरा गर्ने" भन्दै अपमानित गर्छन् | मुसाईका कट्टरपन्थी क्रियाकलापहरू "धार्मिक स्वतन्त्रताको अधिकार"मा टुंगिन्छन् | नेपालकै हकमा, गाउँगाउँमा फैलिएका इसाईप्रचारकहरूले "ईसाले निको पार्नु हुन्छ" भन्दा त्यो अधिकारको कुरा ठहरिन्छ, मुस्लिमहरूले एउटा अबोध बालकको लिंग छेदन गर्दा (खतना) गर्दा बालअधिकारको हनन हुँदैन, एउटी बालिकालाई उसको इच्छा विपरित कालो लवेदा भिराइन्छ, अपरिचित पुरुषहरूसंग (हलला) गर्न बाध्य परिन्छ, त्यस बखत बौद्धिक बर्गहरूलाई दुख्दैन तर एउटा हिन्दुले आफ्नो गौरवका लागि आत्मसम्मानको कुरा गर्छ, अनि धर्मनिरपेक्षवादी तथा प्रायोजित बुद्धिजीविहरू बर्वराउन थाल्छन् | हजारौं वर्ष पूर्व लेखिएको मनुस्मृतिको इतिहासबाट मृत्यप्राय श्लोकहरू खोजेर हिन्दुहरूलाई प्रताडनाको आरोप लगाउँछन् | अचम्मनै मान्नुपर्छ, एस्तो आरोप लगाउनेहरू अंग्रेजीभाषा बोल्ने "एलिट"हरू हुन्छन् | बाँकी कुरा आफै बुझ्नुहोला |
नेपाली समाजमा हिन्दुहरूको जागृति आरम्भ भएको धेरै भएको छैन | वि.स. २०४७ सालसम्म नेपालमा हिन्दु र गैरहिन्दुका बिच त्यति मतभेद र मन भेद थिएन | तथाकथित प्रजात्रन्त्रले उन्नत राजनैतिक व्यबस्थाको गर्भाधान गर्ने उपक्रममा माओवादी आन्दोलन आरम्भ भयो | यो गर्भाधान क्रिया २०६२ मा टुंगियो र प्रजातन्त्र र लोकतन्त्रको ककलेट "प्रजातान्त्रिक लोकतन्त्र" जन्मियो | यस व्यवस्थाका तेस्रो राष्ट्रपति रामचन्द्र पौडेलले भाषण गर्दै "धेरैले यस अर्थनै जानेका छैनन्" भन्दै आज पनि यो ककलेट परिभाषित भएको छैन भन्ने प्रमाणित भएको छ | माओवादसंग आएको घृणावादले नेपाली सामाजिक शान्तिलाई कित्ताकित्तामा काट्ने क्रममा सबैभन्दा बढी हिन्दुहरूलाई टार्गेट गर्यो | मन्दिरहरू भत्काइए | बटुकहरूका टुप्पी काटिए | पण्डितहरूको निर्ममतापूर्वक हत्या गरियो | ८८ वर्षकी वृद्धालाई सुँगुरको मासु कोचियो | यी अत्याचारहरू मुस्लिमले र अंग्रेजले गरेका तत्कालीन भारतका भन्दा गुणात्मक रूपमा बढी थिए | आज पनि यी राजनैतिक शक्तिहरूको मूलभूत एजेण्डा "हिन्दु विरुद्ध" नै भएको व्यबहारमा अनुभूत गर्न सकिन्छ | अनि, हिन्दु आफ्नो आत्मसम्मानका लागि न जागेर के गरोस् ? यो जागरणका लागि भारतीय पैसा देख्नेहरू कार्लमार्क्स वा जिससका भूत हुन् |
महेन्द्र महत्वाकांक्षी राजा थिए | थोरै पढेलेखेका भए पनि नेपालको मौलिक गौरव र नेपाललाई राजनैतिक शक्तिको रूपमा स्थापित गर्ने मन्त्र बुझेका थिए | तेसैले उनले २०२१ को पंचायती संबिधानमा "हिन्दू राष्ट्र" भन्ने शब्द जोडे | उनको यो राजनैतिक दुरदर्शीताले विश्वभरीका हिन्दूहरूको एकमात्र आफ्नो राष्ट्र नेपाल भएको भावनात्मक सम्बन्धको विकास गर्यो | आज पनि देशविदेशका हिन्दूहरूले "एकमात्र हिन्दु राष्ट्र नेपाल" भन्ने गरेको सजिलै सुन्न पाइन्छ | यदि नेपाल हिन्दूराष्ट्र हुँदा विश्वभरिका हिन्दुहरूको आस्थास्थल बन्न सफल हुन्छ भने आर्थिकरूपले नेपालको अर्थतन्त्रलाई फाइदा नै हुन्थ्यो | साउदी अरवले मक्कालाई धार्मिक भन्दा पनि धर्मअर्थतन्त्रसंग जोडेर व्यापार गरिरहेको तत्थ्य कसैसंग लुकेको छैन | राजा महेन्द्रले हिन्दुराष्ट्र र हिन्दूराजालाई नेपालको अर्थतन्त्र र विश्वभरीका हिन्दूहरूको मनोविज्ञानसंग जोड्ने प्रयत्न गरेका थिए |
भारतमा चाहेर पनि हिन्दुराष्ट्र सफल हुनैसक्दैन किनभने केरल र सुदुर पश्चिमी प्रदेशहरू (मिजोरम, अरूणचल, केरल, नागल्याण्ड, जम्मु कास्मिर) हिन्दुराष्ट्रका अङ्ग बन्नै सक्दैनन् किनभने यी राज्यहरूमा हिन्दूहरू बहुमतमा छैनन् | साथै हिन्दू राजा पनि असम्भव नै थियो किनभने अहिलेको भारत ५५७ विभिन्न साना राष्ट्रहरूको एकीकरण गरेर निर्माण भएको हो | भारतमा राजतन्त्रको कुरा गर्दा पूर्वराज्यका राजाहरू विच नै शक्ति प्राप्तिका खातिर रक्तपात हुने संभवाना हुन्थ्यो | नेपालमा राजालाई एकीकरणको रूपमा पहिले नै स्वीकृति प्राप्त थियो नै | यी तत्थ्यहरूमा विचार गर्दा भारतीय आरएसएसले आरम्भ गरेको राजनीतिको राजनैतिक लाभ महेन्द्रले बुझे र त्यसलाई शक्तिका रूपमा कार्यान्वयन गर्ने संबिधान उनले नेपालका लागि निर्माण गरे | व्यबहारमा हेर्दा पनि उनको यो राजनैतिक "हिन्दुराष्ट्र" सफल नै रह्यो किनभने नेपालमा बाटोघाटो र औद्योगिकी करणका पिता महेन्द्र नै मानिन्छन् | बर्तमान राजनैतिक शक्तिहरूलाई मन परे पनि नपरे पनि सत्य यही हो | राजा महेन्द्रले हिन्दुत्वको पहिचानलाई आधुनिक विश्वमा पहिलो पटक राजनैतिक पहिचान दिने कामको नेतृत्व गरेका थिए |
यसको तुलना कार्लमार्क्सले निर्माण गरेको मार्क्सवादलाई सन् १९१७ मा लेनीनको नेतृत्वमा रसियाले राजनैतिक शक्तिका रूपमा रुपान्तरण गर्यो यसै गरी राजा महेन्द्रले हिन्दूत्वको राजनैतिक पुनर्जागरणको मनोविज्ञानलाई नेपाललाई "हिन्दुराष्ट्र" घोषणा गरेर निर्माण गरेका थिए | तथाकथित धर्मनिरपेक्षवादीहरू र धर्मनिरपेक्षताको भेषमा रहेका कट्टरपन्थी मुस्लिम तथा इसाईहरू र समाजवादीहरूले यसको विरोध गरे | हिन्दूराष्ट्रको विरोध गरेर नेपाललाई धर्मनिरपेक्ष बनाउनेहरूले नेपाल र नेपालीलाई "कस्तो आत्म गौरवशाली बनाए, आर्थिक रुपमा सम्पन्न बनाए ? सम्भवत: हरेक नेपालीले उक्त प्रश्नको उत्तर बुझेको छ | बूझ पचाउनेहरूमा सबैभन्दा खप्पीस नेपाली नै हुन् जस्तो लाग्छ |
राजनैतिक रूपमा आफ्नो अस्तित्वको गौरव जोगाउन हिन्दुहरूले राजनैतिक हस्तक्षेप गर्नेपर्छ | मार्क्स वा लिंकनका भूतहरूले निर्माण गरेका राजनैतिक प्रतिमानहरूलाई मात्र "सही राजनैतिक व्यबस्था" भन्ने प्याराडाइम आजको नेपालका लागि अफाफ सिद्ध भैसकेको छ | मार्क्स र लिंकन आफ्नो देश र समाजको तत्कालीन अवस्थाका लागि उपयोगी भए पनि नेपालमा भने भ्रष्ट्राचार र हिन्दुहरूलाई अपमानित गर्ने प्रमुख शक्तिका रूपमा अस्तित्वमा छन् | हिन्दुहरूको जागरणले आफ्नै मौलिक राजनैतिक प्रतिमानको मांग गरिरहेको छ | आजको संविधानले नै "बहुमतको सरकार"को प्रतिमान स्थापित गरेको हुँदा पक्कै पनि आफ्नै प्रतिमान विरुद्ध आजको संविधान जाने छैन ! तर हिन्दुहरूप्रतिको पूर्वाग्रहले हिन्दुबहुमत अस्वीकार गर्न यिनीहरू कत्तिपनि पछि पर्ने छैनन् | इतिहासले हिन्दुलाई धेरै सिकाएको छ र अझै पनि सिक्न ध्रेरै बाँकी छ | अन्तिम सत्य यही हो कि आजको हिन्दु समाजले आफु विरुद्ध भएका अत्याचार विरुद्ध, अन्याय विरुद्ध, शोषण विरुद्ध, राजनैतिक षड्यन्त्र विरुद्ध बोल्न र प्रतिक्रिया व्यक्त गर्न थालेको छ | यो प्रतिक्रियाबाट प्रतिक्रियावादीहरूको "निन्द्रा" हराम भएको छ |
कट्टरवादका समर्थक उदारवादीहरूले प्रष्ट रूपमा बुझ्नुपर्छ - उदारवाद तथा अतिथिको सम्मान गर्ने परम्परा केवल र केवल हिन्दूहरूको मनोबैज्ञानिक पुर्खौलीमा छ | तेसै भएर अफगानिस्तान देखाएर नेपालमा रहेका अन्य समुदायलाई तर्साउने "मुसाई-विद्वान"को छलकपट बुझ्नुपर्छ | कुनै वेला हिन्दू बाहुल्य रहेको अफगानिस्तानमा किन ८०-८२ घरमात्र हिन्दू शेष छन् र कुनै वेला १ जना पनि मुस्लिम वा इसाईको अस्तित्व नभएको नेपालमा किन ५% मुस्लिम र २% इसाई जनसंख्याले स्वतन्त्रतापूर्वक आफ्नो धार्मिक आस्था निर्वहन गर्दै छ ? भन्ने तत्थ्यको उत्तर खोजे हुन्छ |

Friday, October 20, 2023

दुर्गापूजा गर्दैगर्दै...

 दुर्गापूजा गर्दैगर्दै...

नेवारहरूले बनाएको सुन्दर महिषासुर मर्दिनीको अष्टधातुको यो मूर्ति हाल न्युयोर्कको म्युजियममा छ | मूर्तिहरू म्युजियममा हुनु नौलो कुरा होइन तर यो नेपालको प्राचीन मूर्ति त्यहाँसम्म पुर्याउनेहरूको घर-परिवारले यो मूर्ति बेचेर कति पैसा कमायो, कति मोज गर्यो र अहिले त्यो व्यक्ति र परिवारको के अवस्था छ ? यो निकै महत्वपूर्ण प्रश्न हो | हामीले पर्वहरू मनाउंदै गर्दा हाम्रा पुजनीय देवीदेवताका मूर्तिहरू म्युजियममा "हेर्ने वस्तु"मा रुपान्तरित हुनु नेपाली र व्यक्तिगत तवरमा हामी सबैलाई लज्जाबोधको विषय हो |

एकातिर धर्मपरिवर्तन गराएर देशलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा परिचय विहिन बनाइदै छ भने अर्कोतिर महिषासुर मर्दिनीजस्ता हजारौंहजार आस्था र विश्वासका धरोहरहरू विदेशमा बिक्रय गरिदै छ | भगवती दुर्गाको आराधना गरेर बलि दिने वा बलिको विरोध गर्ने भन्दा पनि आफ्ना मौलिक रैथाने सम्पदाहरू (मूर्त र अमूर्त) सम्पदाहरूको सुरक्षातिर ध्यान दिनु आवश्यक छ | अष्टमी वा महानवमीका दिन भक्ति र श्रद्धाको खोलो बगाउने अरू दिन चाहिं मन्दिर/कोटहरूको वास्ता नगर्ने श्रद्धाचाहिं आत्मघाती हो | हरेक गाउँ तथा टोलले आफ्ना सम्पदाहरूको रक्षा र पूजाआजको दीगो व्यबस्था गर्न लागौं |

हरेक गाउँ र टोलका समुदायहरूले स्थानीय मूर्त तथा अमूर्त सम्पदाहरूको सुरक्षा गर्ने कार्ययोजना बनाउंदै भगवती देवी दुर्गाको आराधना गर्नेतिर पनि ध्यान दिनुपर्छ | आजको मितिमा गाउँगाउँबाट प्राचीन सम्पदाहरू चोरेर विदेशमा महङ्गो मुल्यमा बेच्ने "सफेद पोस" चोरहरूको बिगीविगी बढेको छ | यस्ता चोरहरू जस्तोसुकै आवरणमा हुन सक्छन् | यस्तो अवस्थामा स्थानीयहरूले नै आफ्नो गाउँठाउँमा उपलब्ध प्राचीन सम्पदाहरूको फोटो खिचेर राख्ने, सो फोटो स्थानीय प्रहरीलाई उपलब्ध गराउने, स्थानीय सरकारसंग समन्वय गरेर वडा भवन वा तोकेको ठाउँमा ती सम्पदाहरूको विवरण राख्ने र ती विवरणहरू नेपालको आर्काइभ-सेन्टरमा पठाउने व्यबस्था मिलाउनु पर्छ |

यस्तो नहोस् कि आज भगवतीको पूजाआजा (बलि दिंदै वा नदिएर) गरिन्छ, भोलिपल्ट त्यो मन्दिरको मूर्ति न्युयोर्कको म्युजियमका लागि प्रस्थान गर्छ ? के हिन्दु, के बौद्ध, के जैन, के किराती, के बोन्पो, के आस्तिक, के नास्तिक, के समाजवादी, के साम्यवादी, के मुस्लिम तथा के इसाई नेपाली प्राचीन सम्पदाको रक्षा गर्ने जिम्मा सबैको हो |

अन्त्यमा, श्रद्धा त श्रद्धा नै हो तर श्रद्धा गर्न नजान्दा बढो नोक्सानी हुन्छ | मन्दिरका मूर्तिहरूमा अवीर तथा गुलियोहरू अर्पण गर्दा अवीरमा रहेको सीसाले मूर्तिको आयुलाई क्षय गर्छ | मूर्तिहरू कुरूप हुन्छ, पाप्रा उकिन्छन् | मूर्तिका लागि यो अविर निकै घातक हुन्छ | तेसैले अवीरको विकल्प खोज्नुपर्छ | उदाहरणका फूल मात्र अर्पण गर्न सकिन्छ तथा गाउँमा सजिलै पाइने कपुरको रूखको डाला घोटेर बनाएको चन्दन अर्पण गर्न सकिन्छ | यसरी देवदेवीको पूजाआजा गर्न पनि पाइने र मूर्तिलाई पनि कुनै क्षति नहुने बाटो अवलम्बन गर्न हामी सबै स्वयं तयार हुनुपर्छ |

स्वस्तिअस्तु
फोटो : प्रा.डा. दीपक

Friday, October 13, 2023

कसैले त बोल्नुपर्छ !!!

 कसैले त बोल्नुपर्छ !!!

मुस्लिम होस् वा अन्य यदि कसैले गलत काम गर्छ भने त्यो विरुद्ध बोल्नै पर्छ | केही मुस्लिमअतिवादीको दोष सबै मुसलमानलाई दिनु हुँदैन | तर स्थायी घर भै हाल काठमान्डौमा बसोवास गर्ने शिक्षाक्षेत्रसंग एकजना मुस्लिम मित्रले मुखै फोरेर भने "सर्लाही र नेपालगञ्जको दङ्गा भारत र पाकिस्तानबाट दीन (धर्म) सिकाउन नेपाली मुसलमानहरूले बोलाएर मस्जिद तथा मदरसामा राखेका मुल्लाहरूले दिएका शिक्षाको फल हो | नेपालीले अव धेरै दङ्गाहरू खप्नुपर्छ | होइन भने इजरायलले हमास विरुद्ध निर्मम अभियान चलाएझैं "गुस्ताखे नविको एक ही सजा, सर तन से जुदा सर तन से जुदा" (जसले पैगम्वर मोहम्मद विरुद्ध बोल्छ, उसको टाउको काट्नु नै न्याय हो ) भन्दै पाकिस्तानी नारा घन्काउनेहरूलाई तुरुन्त कानुनअनुसार कडाभन्दा कडा सजायको व्यबस्था गर्नुपर्छ |
कुनै पनि धर्म मान्ने समुदायले आफ्ना धर्मको विषयमा जान्न विश्वको जुनसुकै कुनाबाट विज्ञ व्यक्ति बोलाउन सक्छ | नेपाली मुस्लिम र इसाईहरूले संविधानले दिएको एस्तो अधिकारको दुरुपयोग गरिरहेका छन् | इसाईहरूले विदेशबाट डलर बोकेका गोराहरू वा कोरियनहरूलाई बोलाएर धर्मपरिवर्तन गराईरहेका छन् भने मुस्लिमहरूले पाकिस्तानजस्ता कट्टरपन्थी उत्पादन गर्ने देशबाट इस्लामको शिक्षाको लागि मुल्लाहरूलाई बोलाएर नेपालका मुसलमानहरूको मनमा हिन्दू, बौद्ध, जैन तथा मुस्लिम वाहेकका समुदायहरूमा घृणावाद भरिरहेका छन् | मदरसाहरूमा उपर्युक्त मुल्लाहरूले काफिर विरुद्ध जिहाद गर्न प्रेरित गरिरहेका छन् | फलत: नेपाली मुस्लिमहरूमा पनि जिहादीपनाले बलियो घुसपेठ गरिरहेको छ |
हाम्रो छिमेकी देश पाकिस्तानले सन् १९७३ मा आफुलाई "मुस्लिम देश" घोषणा गर्यो | त्यसपछि क्रमशः पाकिस्तानी राजनीतिमा कट्टरपन्थी अलहदिस देववंदी मुस्लिमहरूको प्रभाव बढ्दै गयो | सन् १९७६ मा जियाउलहकले कानुन बनाएर कुरान र त्यसका रचयिता मोहम्मदका विरुद्ध बोल्नेलाई मृत्युदण्ड दिने व्यबस्था गरे | त्यसपछिका दिनहरूमा अहमदिया समुदायका मुस्लिमहरूलाई प्रतिबन्धित गरियो भने इसाई, बौद्ध तथा हिन्दु अल्पसंख्यक विरुद्ध हदैसम्म अत्याचार हुन थाल्यो | आजको मितिमा पाकिस्तानलाई आतंकवादीहरू उत्पादन गर्ने देशका रुपमा चिनिन्छ | भारत र पाकिस्तानबाट नेपाल आएर इस्लामको शिक्षा दिने "मुल्ला र मौलवी"हरूलाई पूर्णतया प्रतिबन्धित गरिनुपर्छ र विभिन्न बहानामा धर्मपरिवर्तन गराउन आउने विदेशीहरूलाई पनि सख्त कार्वाही गरिनुपर्छ | यस्तो कार्वाही विरुद्ध उत्रने जुनसुकै व्यक्तिलाई कठघरामा उभ्याउनु पर्छ |
यो लेख लेख्दैगर्दा हमास नामक कट्टरपन्थी मुस्लिम संगठनले सवाथको दिन परेर इजरायलमा आक्रमण गर्यो | ४००० हजार मिसाइलहरू प्रहार गरेर १००४ जना इजरायलीहरूको निर्मम हत्या गर्यो | तर पाकिस्तानी र भारतीय मुस्लिम मुल्लावाट शिक्षा प्राप्त गरेका नेपाली मुसलमानहरूले हमासको क्रूरतापूर्ण कार्यलाई समर्थन गर्दै अभिव्यक्ति दिएका छन् | यद्यपि यो समर्थनले अहिले नेपाली समाजमा खासै अर्थ नराख्ला तर दीर्घकालमा यो कट्टरपन्थी विचारले नेपाली समाजलाई अफगानिस्तान र पाकिस्तानको बाटोमा लैजाने पक्का छ | यदि कुनै मुसलमानले कुरानको कानुन मान्छु देशको कानुन मान्दिन भन्छ भने निर्ममतापूर्वक कार्वाही गर्नेपर्छ | एउटा वा दुईटा कट्टरपन्थीले गर्दा सम्पूर्ण मुस्लिमसमाजले दुख पाउँछ |
सर्लाही तथा नेपालगंजमा "सर तन से जूदा"को नारा लगाउनेहरूलाई संरक्षण दिनेहरूले हिन्दु विरुद्ध षड्यन्त्र त गरिनै रहेका छन् निर्दोष मुसलमानहरूलाई पनि असुरक्षित बनाउंदै छन् | नेपालगंजमा अतिवादी मुस्लिमहरूले "सरतनसे जुदा" भन्दै लगाएको नाराको चलचित्र सुरक्षित छ | आजका मितिमा नेपालभरीका युवा मुसलमानहरूम उपरोक्त नारा निकै लोकप्रिय छन् | मैले स्याङ्गजाको पुतली बजारमा पनि यस्ता नारा लगाउने "हरियो फेटा बाँधेका" भारतीय वा पाकिस्तानी मौलवीको समुहलाई देखेको छु भने बाग्लुंग बजारमा पनि एस्तै समुह भेटेको छु | यस बाहेक काठमाडौँको मुटुमा रहेको कास्मिरी तकिया मस्जिदमा इस्लाम सिकाउने पाकिस्तानी मौलवीलाई मैले भेटेको छु | ती मौलवीले नेपाली हिन्दू नागरिकहरूसंग दोश्रो दर्जाको व्यबहार गर्छन् | यो मैले आफै अनुभव गरेको तत्थ्य हो |
नेपालको इतिहासमा (सन् १३३७) बंगालको मीर कासिमले पहिलोपटक आक्रमण गरेर काठमाडौँ उपत्यकामा पुगेको र त्यहाँको पशुपतिनाथको लिंग फुटाएको. पुस्तकालयहरू जलाएको र उपत्यकाको शहरी तथा ग्रामीणक्षेत्रमा आगो लगाएको तथा लुटपाट गरेको तत्थ्य दर्ज छ | अहिले सन् २०२३ मा पनि मुस्लिमहरूको आक्रमणकारी चिन्तनमा कुनै फरक आएको छैन | अफगानिस्तान होस् वा भारत वा पाकिस्ताननै किन नहोस् - मुस्लिमहरूले काफिरहरूको हत्या गरेकै छन् | मुस्लिम वाहुल्य देशहरूमा अल्पसंख्यकलाई कुनै पनि प्रकारका अधिकार छैनन् | यो कट्टरताको मियो कुरान हो वा कुरानमा नभएका कुराहरू पनि जोडेर मुल्लाहरूले मुस्लिम समाजलाई अन्य समाजविरुद्ध उक्साउने गर्छन् | अरू समुदायसंग मिलेर बस्न नसक्ने र कुरान बाहेकको न्यायिक व्यबस्थामा विश्वास नगर्ने हुँदा यो समुदाय अर्को समुदायसंग मिलेर बस्नै सक्दैन भने मुस्लिमहरूकै दुई फरक सम्प्रदायहरूबिच पनि काटाकाट भैरहन्छन् | नेपाली समाजमा कट्टरताको यो बाछिटा पर्न दिनुहुँदैन |
नेपाललाई मिनी पाकिस्तान बनाउने काम मधेश र पहाड दूवैतिर हुँदै गरेको प्रमाण "जो पैगम्वर मोहम्मद विरुद्ध बोल्छ, उसको टाउको काट्नु नै न्याय हो" नारा लगाउने जमात हुनु हो | यी नाराहरूलाई सुन्ने तर प्रतिक्रिया नदिने तराईका हिन्दूहरू आफ्नै ठाउँमा शरणार्थी बन्नु पर्ने निश्चित छ | यस विषयमा सरकारी संयन्त्रले समयमै सहीसही निर्णय लिनुपर्छ | यस्तो उग्रवादी सोचलाई भोटसंग जोड्नु भनेको निर्दोष मुसलमान तथा त्यहाँका हिन्दू विरुद्ध अन्याय हो |
अन्त्यमा एउटा कुरा जोड्नै पर्छ - यहुदी, इसाई र मुस्लिम यी तिनै पन्थहरूको जन्म यहूदाबाट भएको हो | यी फरकफरक देखिए पनि अन्य संस्कृतिका सवालमा अनुदार हुन्छन् | यहुदीको सङ्ख्या थोरै भएको हुँदा खासै चर्चा हुँदैन तर इसाई र मुस्लिमहरूको चर्चा हुन्छ | मुस्लिम र इसाई दूवैले धर्म परिवर्तन गराएर मुस्लिम वा इसाई बनाउने कामलाई पवित्र ठान्छन् | मूर्ति पूजक, बहुदेववादी तथा देवी (स्त्रीशक्ति)को उपासना गर्ने कामलाई सिर्क वा ब्लेसफेमि मान्छन् | नेपालमा इसाई र मुस्लिमहरूले समाजवादीहरूसंग मिलेर नेपाललाई एकेश्वरवादतिर लैजाने कुरामा सहकार्य गरिरहेका छन् | कुनै पनि हिन्दू, जैन वा बौद्धले मुस्लिम वा इसाईसंग घृणा गर्न, यिनको आलोचना गर्न आवश्यक छैन | हरेक समुदायले आफ्नो समुदायका व्यक्तिहरूलाई मुस्लिम-इसाईको धर्मपरिवर्तनको चक्रबाट जोगाउन काम गर्नुपर्छ | यसो गर्यो भने देशको र जनताको रैथाने पहिचान जोगिने छ अन्यथा हामी उनीहरूलाई गालीगलौज गर्ने छौँ, उनीहरू धर्मपरिवर्तन गराएर "नया जोगी"हरू तयार गर्ने छन्, जुन अत्यन्त कट्टर, अनुदार र घृणावादी हुनेछ |
स्वस्तिअस्तु

Saturday, October 7, 2023

सानो कुरा - ७६ (ब्रह्मनाल)

 सानो कुरा - ७६ (ब्रह्मनाल)

समय : ४:३०, आर्यघाट
आर्यघाटमा मृतकको शव आउने क्रम चलिरहेको थियो | आर्यघाटको ब्रह्मनालमा सुताएर पानी ख्वायेपछि मृतकको आत्मा स्वर्ग जान्छ भन्ने विश्वासले ब्रह्मनालको पालो कुर्नुपर्छ | तीनचारबटा मृतशरीर राखेर आफन्तहरूले ब्रह्मनाल खाली हुने प्रतिक्षा गरिरहेका थिए | आफन्तहरू रोइकराई गरिरहेका थिए |
एत्तिकैमा एउटा समूह मृतकको मृत शरीर लिएर आइपुग्यो | त्यो समूहले आफुले ल्याएको मृत शरीरलाई पहिले त्यहाँ रहेका मृतशरीर भन्दा अगाडी ल्याएर सुताए | आफन्तको मृत्युका कारण दुखी आफन्तले पालो मिच्दा अचम्म माने तर केही बोलेनन् | फलानो राजनैतिक पार्टीको झण्डाले शव छोपिएको हुँदा त्यो शव कुनै नेताको हो भन्ने प्रष्ट हुन्थ्यो | शवलाई फलानो पार्टीको झण्डाले छोपिएको थियो |
यो घटना मैले आर्यघाट माथिको बाग्मतीतिरको पशुपतिको दलानबाट नियाली रहेको थिएँ | अनि, ब्रह्मनालमा सुताएको शव निकाल्दासाथ पालो मिचेर झण्डाले छोपिएको शव ब्रह्मनालमा सुताए | पालो मिचिएकाले केही प्रतिवाद गर्न खोजे तर अन्तिम दर्शनका लागि आएका सरकारी मान्छेहरूका सुरक्षाकर्मीले अवरोध उत्पन्न गरे | कसैको केही लागेन, शवले प्राथमिकता पायो | अनि, उठाएर चितातिर लगियो |
यो दृश्य हुँदै गर्दा मसंगै एकजना जोगी उभिएका थिए | त्यो सबै घटना देखेपनि उनले मुख विगार्दै भने "मरेपछि पनि यो मान्छेको लाशले राजनीतिबाट मुक्ति पाएन | पार्टीको झण्डा ओढाएपछि घाटमा पनि पालो मिच्ने मिल्ने रहेछ | अव यो मान्छेले यही पार्टीको झण्डा बोकेर नर्कमा पनि पालो मिच्ने होला नि ! " हे भगवान्, मरेपछि पनि पार्टीको झण्डा ओढाएर ब्रह्मनालको पालो मिच्नेले देश र जनताको भलो गर्छन् भन्नु त सपनामा नसोचे पनि हुन्छ | समाजवादको बाटो एस्तो रहेछ बाबु ! होइन र ? मसंग कुनै जवाफ थिएन | मैले राजनैतिक झण्डाको आडमा धेरै ठाउँमा नियम मिचेको देखेको थिएँ तर शवको लागि नियम (पालो मिचेको) मिचेको भने पहिलोपटक आफैले देखेको छु |
'''''''''
म भने ती जोगी, शव र पालो मिचेर "ठूला-बडा" भएका राजनैतिक मलामीलाई हेरेर ट्वाल्ल परिरहें |

Friday, September 29, 2023

ॐ कारको नासा कनेक्शन !!

ॐ कार वैदिक संस्कृतिको भारतभूत परिचयको प्रतिक हो | वैदिक संस्कृतिबाट उद्भव भएका जैन, बौद्ध, किरात र शिख समुदायले पनि ॐ कारको आध्यात्मिक जीवन तथा साधनामा दैनिक प्रयोग गर्छन् - यो सत्य हो | आज ॐ कार हिन्दूहरूको आध्यात्मिक प्रतिकमात्र नभएर पुन: जैन, बौद्ध, किराती, बोन्पो तथा शिखसमुदायको सामुहिक सम्पदा हो |

आजभोली ॐ कारको सामाजिक संजालमा निकै चर्चापरिचर्चा भैरहेको छ | खासगरी Swagat Nepal को समुहको मुद्दामा अदालतले आदेश जारी गरेपछि चर्चा चुलिएको हो | यो परिचर्चाका कारण ॐ कारसंग निरपेक्ष रहेका वा ॐ कारको विषयमा केही पनि नजानेका व्यक्ति वा समुदाय पनि ॐ कारको विषयमा खोजिखोजी पढेका छन् | यो राम्रो पक्ष हो |
तर ॐ कार अमेरिकी अन्तरीक्षको अध्ययन गर्ने संस्थासंग जोडेर "ॐ कारको ध्वनी अन्तरीक्षमा प्रमाणिक भएको छ, नासाले ॐ कारलाई मान्यता दिएको छ, ॐ कारका आधारमा नासाके अन्तरीक्षको खोज गरिरहेको छ"जस्ता भ्रामक तथा कपोलकल्पित लेख्ने जमात पनि बढेको छ | सर्वसाधारणसहित विद्वान पनि यो भ्रामक प्रचारप्रसारमा सरिक भएका छन् | यस्तो भ्रामक प्रचारप्रसारले सनातन संस्कृतिको बैज्ञानिक पक्षमा आधात र अविश्वास बढ्छ | ॐ कारलाई नासाजस्ता कुनै पनि देशी वा विदेशी संस्थाहरूले मान्यता दिनु पर्दैन | यो हामी सबैको आस्थाको धरोहर हो |
उपर्युक्त विषयमा पाठकहरूले के बुझ्न पर्छ भने अमेरिकी संस्था नासाले ॐ कारको विषयमा अनुसन्धान गर्नु पर्ने कुनै कारण छैन | आजको मितिसम्म अन्तरीक्ष विज्ञानमा काम गर्ने कुनै पनि संस्थाले अन्तरीक्षमा ॐ कारको अध्ययन गरेको कुनै प्रमाण छैन | तर दर्शनशास्त्र, मनोविज्ञान, cognitive science, न्युरो-साइन्स तथा तान्त्रिक विज्ञानअन्तरगत अनुसन्धान भएका छन् | उदाहरणका लागि महर्षि महेश योगी तथा आचार्य श्रीराम शर्माका संस्थाहरूले ॐ कार र त्यसले शारीरिक, मानसिकतहमा पर्ने प्रभावहरूको डाटा-बेसमा अनुसन्धान गरेका छन् | केही स्वतन्त्र संस्थाहरूले पनि ॐ कारको ध्वनि र तेसले पार्ने प्रभाव बारे अनुसन्धान गरेका छन् | सबैभन्दा महत्वपूर्ण तत्थ्य के हो भने सबैजसो अनुसन्धानले ॐ कारलाई थेरापीका रूपमा उपयुक्त भएको ठहर गरेका छन् |
पुन: ॐ कार सम्पूर्ण सनातानिको साझा तथा अपौरुषेय सम्पदा हो, अस्तित्व तथा परिचय हो | जन्मदेखि मृत्युसम्मको साधना हो | आध्यात्मको उत्स हो | ॐ कार विना वैदिक सभ्यता परिचय विहिन हुन्छ | यसको सुरक्षा र निरन्तरता हरेक सनातनीको प्राथमिक दायित्व हो | ॐ कार विरुद्ध कुनै पनि षड्यन्त्र अक्षम्य हुन्छ | तर पनि वैज्ञानिकताका नाममा ॐ कारसंग असम्बद्ध संस्था तथा व्यक्तिहरूको नाम जोड्नु उचित होइन | सचेत रहेर ॐ कारको आराधना गरौँ |
ओंकारं बिन्दुसंयुक्तं नित्यं ध्यायन्ति योगिनः |
कामदं मोक्षदं चैव ओंकाराय नमो नमः ||
अर्थ : ऋषिमुनि तथा योगीहरूले विन्दुभएको ॐ कारको सधैं साधना गर्छन् | किनभने ॐ कारमा सम्पूर्ण कामना पूर्ण गर्ने र अनन्त: मोक्ष दिने शक्ति छ, ॐ कारप्रति नमन गरौँ |
स्वस्त्यस्तु (सबैको कल्याण होस्)

Tuesday, September 19, 2023

धर्म समानताभित्रको षड्यन्त्र

 धर्म समानताभित्रको षड्यन्त्र

आजभोली "सबै धर्म समान छन्" भन्ने कथन जताततै व्याप्त भएको छ | यो कथन निकै छलकपट र हिन्दू सनातनिको आस्थाका विरुद्ध छ | यदि तपाईंको कुनै साथी वा तपाईंले "सबै धर्म समान हुन्" भन्दै हुनुहुन्छ, भने यो समानताको भ्रमबाट मुक्त हुनुनै उचित हुन्छ | मैले यसरी लेखिरहंदा केही धर्मनिरपेक्षताको भूतले छलेकाहरूलाई निकै आश्चर्य र कष्ट हुनसक्छ तर सत्य तीतो हुन्छ र तीतो औषधि खानैपर्छ |
मैले कुनै पनि इसाई, मुस्लिम वा यहुदीले सबै धर्म समान हुन् भनेको सुनेको छैन | यदि कसैले भनि हाल्यो भने पनि त्यो उनका विश्वासहरूको विरुद्ध हो | उनीहरू आफ्नो धर्म र धार्मिकतामा निकै दृढ छन् | आफ्नो धर्म र धर्मिक्ताका मामिलामा उनीहरू कुनै पनि सम्झौता गर्दैनन् | यदि कुनै यहुदी, मुस्लिम, इसाई वा सिन्तोले धर्मनिरपेक्षताको वकालत गर्छ भने त्यो नितान्त रणनैतिक हुन्छ, धर्मनिरपेक्षतालाई उपयोग गरेर आफ्नो पन्थ विस्तार गरिरहेका हुन्छन् | यसको सबै भन्दा उचित र जीवन्त उदाहरण नेपाल हो |
एउटा सनातनीले विर्सेर पनि सबै धर्म समान हुन्छन् भन्नु हुँदैन किनभने गौपूजा गर्ने गाईलाई विश्वको आमाका रूपमा आदर गर्ने, जन्मदेखि मृत्युसम्म गौको धर्म, अर्थ, काम र मोक्षसंग जोड्ने सनातन धर्म र गाईको हत्या गरेर गाईको मासु खाने "धर्म"को समानताको कल्पना पनि गर्न सकिन्न | गाई पूज्ने र गाईको हत्या गर्नेका बिच कुनै समानता हुनै सक्दैन | गौपूजकले गौहत्यारालाई "समान" ठान्नु शास्त्र विरुद्ध हो |
सबै धर्म समान हुन् भन्नु शास्त्रीय दृष्टिले पनि गलत हुन्छ | यहुदी, इसाई र मुस्लिमले आफुलाई धर्म नभनेर रिलिजननै भन्छन् | सद्गुणलाई धर्म भन्ने हिन्दू धर्म र ला इलाह इलिल्लाह, मोहम्मद रसुल्लाह अर्थात् एक अल्लाह र मोहम्मदमा विश्वास गर्ने (मोसा र क्राइस्ट) मा विश्वास गर्ने धार्मिक हुन्छ, अन्य हुनै सक्दैनन्" भन्ने समुदायलाई वैदिक सनातन धर्मसंग दाज्दै "समान" हुन् भन्नु र सोच्नु अनुचित हो, वैदिक सनातन धर्मको अपमान हो | तेसैले वैदिक सनातन धर्म मात्र "धर्म" हो | तेसैले सबै धर्म समान हुन् भन्नु र यस्तो भनाईमा विश्वास गर्नु धोका हो |
बहुदेव र मूर्तिपुजामा विश्वास गर्ने, विश्वका कणकणमा ईश्वरको व्याप्ति ठानेर पश्, पक्षी, स्थावर तथा जंगमको आराधना गर्ने र देवदेवीका मन्दिरहरू तोड्ने, बहुलदेववादको आलोचना गर्ने, मूर्ति पूजकलाई "बध" गर्न आदेश दिने "पन्थ"का विच समानता छ भन्नु नितान्त अनुचित हो | मूर्ति भंजक र मूर्ति पूजकका विचमा कुनै हालतमा समानता हुनै सक्दैन | मूर्ति तोड्नेहरूलाई आफुसमान भन्नु आफैलाई धोका दिनु हो र व्याबहारिक दृष्टिकोणले पाप पनि हो | तेसैले यत्रतत्र देवदेवीको व्याप्ति ठान्ने हिन्दू र एकल देवमान्ने, मूर्ति तोड्ने बिच कुनै समानता हुनै सक्दैन | धर्मनिरपेक्षताको यो भ्रामक भुमरीमा कुनै पनि हिन्दू, बौद्ध तथा जैन फंस्नु हुँदैन |
महिलालाई देवी मानेर पूजाआजा गर्ने, इष्टदेवका रूपमा देवीका विभिन्न रूपको आराधना गर्ने तथा आदिशक्तिका रूपमा आराधना गर्ने र "महिलामा आत्मा हुदैन, महिलाहरूको निर्माण पुरुषको बस्तुका रूपमा निर्माण गरिएको हो" भन्ने बाइबल-कुरानको उपदेशका विश्वास गर्नेहरू विच कुनै पनि प्रकारको समानता हुनै सक्दैन | हामी फुस्रो उदारताको चक्करमा परेर "सबै धर्म समान हुन्" भने पनि मुसाईहरूले एकरत्ति यो भनाईलाई अस्वीकार गर्ने छैनन् र गरेका छैनन् | तसर्थ एउटा हिन्दू सनातनीले "सबै धर्म समान हुन्" वैदिक संस्कृतिमा शक्ति रूपमा पुजिएकी मात्रिशक्तिको अपमान गर्नु हो | तेसैले हिन्दू धर्मको समानता कुनै पनि अन्य पन्थसंग हुनै सक्दैन |
सबै धर्म समान हुन् भन्नेहरू त्यो विचारका प्रतिनिधि हुन् जसले वैदिक सनातनीहरूलाई ककेसियाबाट भारतवर्षमा आक्रमण गरेको कपोलकल्पित इतिहासलाई सत्य मान्छन् | गौ र गङ्गाको अपमान गर्छन् | वेदसंग घृणा गर्छन्, बाइबलसंग प्रिती गाँस्छन् | जन्मेको, हुर्केको, खेलेको, गृहस्थ जीवन व्यतीत गरेको ठाउँको अस्तित्व हुँदाहुँदै पनि रामकृष्णआदि देवीदेवतालाई "मैथ" भन्ने तर कुमारीआमाबाट जन्मिएका, साउदी अरवको रेगिस्तानमा हुर्किएका संस्कृतिलाई प्रमाणित मानेर सधैं "वैदिक"हरूको खेदो खन्नेहरूले सर्वधर्म समान भनिरहंदा मस्जिद तथा चर्चमा वेद पाठको व्यबस्था मिलाउनु पर्छ ! विचार गरौँ, सर्वधर्म समान हुन् भन्ने हिन्दूहरूले के मस्जिदमा गएर वेद पाठ गर्न मिल्छ ? होइन भने वैदिकहरूलाई भ्रमित पार्ने "ईश्वर अल्लाह तेरो नाम"लाई स्वीकार गर्नु हुँदैन, र मिल्दैन पनि |
सम्पूर्ण विश्वलाई "कुटुम्ब" ठान्ने आध्यात्मिकताको अभ्यास गर्ने वैदिक सनातन धर्म र धर्म परिवर्तन गरेर "यहुदी, इसाई तथा मुस्लिम" नबनेसम्म व्यक्तिले स्वर्ग प्राप्त गर्न सक्दैन तथा एउटा यहुदीको लागि यहुदी, मुस्लिमको लागि मुस्लिम तथा इसाईका लागि केवल इसाईमात्र हुन्छन् भन्ने साँगुरो मान्यतामा बाँधिएका पूर्वाग्रही विच समानताको प्रश्ननै उठ्दैन | विश्वको हरेक जीव हाम्रो कुटुम्ब हो भन्ने मान्यता स्वीकार नगरेसम्म कुनै पनि सम्प्रदाय, पन्थ "हिन्दू धर्मसंग समान हुनै सक्दैन | अत: सबै धर्म समान हुन् भन्नु धर्मनिरपेक्षताको जालमा फंसेर मुसाईलाई समर्थन गर्नु हो |
"सबै धर्म समान छन्" भन्ने कथाम पूर्णतया राजनैतिक हो र हिन्दूहरूलाई बरगलाउन अगाडी सारिएको हो भन्ने तत्थ्य भारतका डा. भीमराव अम्बेदकरले आरम्भ गरेको अम्बेडकरवादी बुद्धिस्टका १६ बटा प्रतिज्ञा पढे पुग्छ | बुद्ध आफै हिन्दू थिएनन् तर उनले वैदिक सनातन धर्मको आलोचना गरेका छैनन् | अम्बेडकर ब्रान्डका बुद्धिस्टहरूको मुख्य काम नै हिन्दू धर्मको निन्दा गर्नु नै हो | अम्बेडकर ब्राण्डका बुद्धिस्टहरूले "हिन्दू धर्मका कुनै पनि क्रियाकलापमा सहभागी हुनु भनेको पाप हो" भनेर भन्दै गर्दा "अम्बेदकरवादीहरू र सनातन धर्म समान" हो भन्नु अनुचित हो | गालीगलौज गर्ने, सधैं वैदिक सनातन धर्म र यसका प्रतिमानहरूको अपमान गर्ने, मनुस्मृति र वेदहरू जलाएर खुला रूपमा वैदिक सनातन धर्मको दोहोलो काड्नेसंग सनातन धर्म पनि समान हो भन्नु छल हो | समानताको व्यबहार समान विचार र समान सम्मान गर्नेसंग हुन्छ | तेसैले हरेक हिन्दूले "सबै धर्म समान हुन्" भन्ने भ्रमबाट मुक्त हुनुपर्छ |
"मुखले सबै धर्म समान हुन्" भन्ने तर व्यबहारमा मुस्लिमको मस्जिदमा गएर टोपी लगाउने, चर्चमा गएर इसाईको गुणगान गाउने तर मन्दिर वा अन्य वैदिक समुदायका चाडवाडमा "धर्मनिरपेक्षता"को आवरणको कुरा गर्ने राजनैतिक व्यक्तित्वहरूको उपर्युक्त भनाइ भ्रम हुन् | नेताहरूका यी कथन र कार्यले धर्मपरिवर्तनकारीहरूको समर्थन गर्छ र सनातनीको आत्मबल घटाउने काम गर्छ | "मुखमा रामराम र बगलीमा छुरी" बोक्ने राजनेता र "सबै धर्म समान हुन्" भन्दै हिन्दू धर्मका कार्यक्रमलाई उपयोग गर्दै कट्टरता फैलाउने तथाकथित लिबरलहरूको षड्यन्त्रलाई बुझ्नुपर्छ | यदि लिबरलहरूले "सबै धर्म समान् हुन्" भनिरहेका छन्, भने संगै गएर मस्जिद वा चर्चमा गीता पाठ गर्ने प्रस्ताव राख्नु होला | यी धोकेबाजहरूको पोल खुल्छ |
उपर्युक्त तर्कबाट सिद्ध हुन्छ कि धर्म शब्दको प्रयोग केवल हिन्दू विश्वासका लागि हुन्छ | गाईलाई पुजनीय मान्ने, वर्णाश्रममा विश्वास गर्ने, वेदमा आस्था राख्ने र पुनर्जन्मको आधार कर्मतन्त्रमा विश्वास गर्ने वैदिक सनातनीहरू केवल वैदिक सनातनीमात्र हुन् | वैदिक सनातन धर्मको कसैसंग समानता छैन | उदारतावास हिन्दूले "सबै धर्म समान हुन्" भने तापनि उनीहरुका लागि त्यो व्याबहारिक तथा पन्थगत हिसावले पनि स्वीकार्य हुँदैन | प्रत्येक यहुदी, इसाई, मुस्लिम वा अन्य धर्म र तेसका अनुयायीहरूप्रति सम्मानको भाव राखौं तर "सबै धर्म समान हुन्" भन्ने शब्दजालमा परेर आफ्नो सनातन वैदिक ऋषिसंस्कृतिका मामिलामा सम्झौता नगरौं | याद राखौं, गाई खाने र पूजा गर्ने, मूर्ति पूजक र मूर्ति तोडक, नारी शक्तिको आराधना गर्ने र नारी शक्तिलाई बस्तु भन्ने तथा अन्यका देवदेवीको सम्मान गर्ने र हिन्दू देवीदेवतामात्र होइन आफ्नै सम्प्रदायबाट फुटेर गएकालाई समेत शैतानको प्रतिनिधि मान्नेहरू विच कुनै समानता खोज्नु "पाप" हो | यस्तो पापबाट हरेक सनातनी जोगिनुपर्छ |
सनातन धर्मको जय !!!

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...