क्रिसमसको सतबीज !!
क्रिसमसका रक्सी पार्टीहरूको समाचारका लागि एक महिनादेखि तयारी गरिन्छ तर लाखौंलाख हिन्दुहरूले रातभारी जाग्राम बसेर सतबीज छरेको समाचार खोज्न, लेख्न र पढ्न ठूला मिडियासंग समय छैन |
कुनै पनि अमेरिकी, इटाली वा युकेको मूलधारको पत्रिकाले होलीदिवाली वारे चर्चा गरेको मैले पढेको छैन | त्यहाँ हुँदा नेपाली पत्रपत्रिका हेरेर चित्त बुझाउनु पर्छ - त्यो पनि नेपाली पत्रिकाले मन नलागी पस्केको अधुरा समाचार पढ्नुपर्छ | नेपाली समाचारले पस्किने आफ्ना मौलिक चाडवाड सम्बन्धि समाचार आत्मविश्वास र तेजरहित हुन्छन् कहींकहीं त आत्मग्लानीले भरिपूर्ण समेत हुन्छन् | क्रिसमस वा इदहरूले महत्व प्राप्त गरेका किनभने यहाँ "हिन्दू-माइन्ड" छ |
विश्वका सबै चालचलन तथा त्यौहार बारे जानकारी प्राप्त गर्नु र आफ्नो संस्कृतिसंग शत्रुतापूर्ण व्यबहार नभएका चाडवाड मान्नु राम्रो कुरा हो तर मूर्तिपूजक भन्दै हिन्दू, जैन, बौद्ध संस्कृतिको जरो काट्न सङ्कल्प गर्नेहरूका चाडवाडलाई महत्व दिनु दिक्कलाग्दो र अविवेकी मनोविज्ञान हो | क्रिसमस इसाईहरूको महत्वपूर्ण चाड हो, उनीहरूले मान्नु उचित हो तर मूर्तिपूजकहरूका देशका मिडियाले आफ्नै देशको मौलिकता मास्ने सङ्कल्पित चाडवाडको "जयजयकाट" दास मानसिकता हो |
यदि यस्तो दास मानसिकता हुँदैनथ्यो भने मूलाधारका मिडियाहरू लाखौं जनताले रातभरी अत्यन्त श्रद्धपूर्वक आराधना गरेर छरिने "सतवीज"का समाचारहरूले प्रमुखता प्राप्त गर्नु पर्थ्यो ? तर ठूला अनलाइन, छापापत्रिका टेलिभिजनहरू "नोटिस" गरेको बाहेक भेट्न सकिन्न |
यो मौसम नेपालको मौलिक पर्ब सतबीजको हो | यो समयमा हरेक नेपालीले आफ्ना पूर्खाको स्मरण गरिरहेका छन् | तर आफ्नो मौलिकता र आत्मसम्मान गुमाएको पत्रकारिताले यसलाई "क्रिसमसको बालाचतुर्दशी" बनाएका छन् |
गतवर्ष पशुपति पुगेको बेला एउटा ८-९ वर्षकी स्कूले बालिकाले आफ्ना अभिभावकसंग बडो अभिरुचि पूर्वक छरिएका बीऊबिजन स्पर्स गर्दै त्यसको नाम सोध्दै र प्रोजेक्ट वर्कका लागि सङ्कलन गरेको मैले देखेको थिएँ |
यो सबै रक्सी र पैसाको खेल होइन र ?
No comments:
Post a Comment