Tuesday, December 21, 2021

श्रीमद्भगवद्-गीता छैठो आयाम

श्रीमद्भगवद्-गीता  छैठो आयाम
हामी तेस्रो आयाममा छौँ | चौथो आयाम समय हो जसले हाम्री समेत समस्त विश्वको जन्म, पालन र अन्त्यलाई नियन्त्रित गर्छ | पाँचौ आयाम भनेको हाम्रो भाग्यमा नियन्त्रण गर्ने शक्ति हो भने छैठो आयाम ब्रह्म हो जसले सम्पूर्ण विश्वको सृष्टिको निर्माण गर्छ | श्रीमद्भगवद्-गीताले प्राथमिक तीनबटा आयामहरूसंगै अघिल्ला तीनबटा आयाम अर्थात् समय, भाग्यविधाता र ब्रह्मसंग जीवको मिलन गराउँछ |

संस्कृतमा "ब्रह्म" शब्दको अर्थ विशालतम भन्ने हुन्छ | यही विशालतमबाट ब्रह्माण्डको निर्माण भएको हो | कुनै पनि वस्तु वा विषय यस विशालतमबाट वाहिर हुनै सक्दैनन् | एउटा अणुले ब्रह्माण्डको प्रतिनिधित्व गर्छ भने ब्रह्माण्डले अणुको | आजको विज्ञानले यो तत्थ्यलाई स्वीकार गरेको छ |

गीताले एउटा व्यक्तिलाई साधना गरेर आफुभित्र सम्पूर्ण ब्रह्माण्डलाई साक्षात्कार गर्न अभिप्रेरित मात्रै गर्दैन अपितु त्यो अवस्था प्राप्त गर्ने साधना पनि बताउँछ | पाँच महाभूत (पृथ्वी, जल. तेज, वायु र आकाश)को अस्तित्व मान्ने तर चेतनाको श्रोतलाई अस्वीकार गर्ने आधुनिक भौतिक विज्ञानको निष्कर्ष त्रुटिपूर्ण ठान्छु | जसरी विशालभित्र भौतिक वस्तुहरूको उपलब्धि छ तेसैगरी चैतन्यतत्वको पनि उपस्थिति छ |

ब्रहम र ब्रह्माण्डको अंशका रूपमा हरेक व्यक्तिले आफ्नो विराटअवस्था साक्षात्कार गर्न सक्छ | अर्जुनले विराट रूपको दर्शन गरेका थिए भन्नुको अर्थ हो अहिलेको त्रिआयामबाट माथि उठेर छैठौं आयाम अर्थात् अणुमा विराट र विराटमा अणुको आत्मसाक्षात्कार तथा एकीकृतभावमा स्थापित हुनु | उपनिषद् तथा पुराणहरूमा धेरै व्यक्तिहरूले साधना गरेर यो अवस्था प्राप्त गरेका उदाहरण उपलब्ध छन् |

मैले आफै पनि धेरैपटक गायत्री जप्दै गर्दा भौतिक शरीरले पन्चमहाभुतसंग र चेतनाले सत्चिन्दनंद अवस्थाको क्षणिक अनुभूति गरेको छु | मेरा अनुभूतिहरू मनोबैज्ञानिक विकृति वा मनोविषाद होइनन् | यी अनुभूतिहरूले मलाई सधैं प्रसन्न रहन र पुन: तिनै अनुभूतिहरूको उद्योग गर्न अभिप्रेरित गर्छन् | आहार, विहार तथा क्रियामा सात्विकता हुनुपर्छ भन्ने साधनामा विश्वास नगर्ने तर विराटको साक्षात्कारमा अभिरुचि राख्नेहरूका लागि विराट सधैं अनुपलब्ध विषय हुनेछ | छैठौं आयाममा आरुढ़ हुन तेसका नियमहरू, साधनाहरु, खुड्किलाहरू चड्दै जानुपर्छ |

मनोमय शरीरबाट माथि उठ्न नचाहनेहरूका लागि "आकाशको फल आँखातरी मर" भनेझैं ब्रह्माण्डका कणकणमा फैलिएको विशालता सधैं अन्धविश्वासमा गुम्ने छ | जवसम्म हामीले ब्रहम तथा ब्रह्माण्डका बिचको अन्तरसम्वन्ध र एकत्वको (चैतन्य तथा जड) आत्मानुभूति गर्दैनौं तवसम्म हाम्रो लागि जडपदार्थ सत्य प्रतित हुन्छ तर जडपदार्थलाई चिन्न, नियमन गर्न र अनुभूति गर्न सक्ने चैतन्य अविज्ञात नै रहन्छ | चेतनारहित जड र जडरहित चेतना व्याबहारिक रुपमा सम्भव विषयवस्तु हुन् भने आध्यात्मिकस्तरमा दूवै अविच्छिन्न विषय हुन् |
गीताका अनुसार छैठो आयाम कुनै काल्पनिक (मनोवाद) होइन | व्यक्तिले साधना गरेर प्राप्त गर्न सक्छ | अन्नमय, प्राणमय, मनमय, विज्ञानमय र आनन्दमय कोशहरूको यात्रा गर्न शरीर नै चाहिन्छ किनभने शरीरसंग आबद्ध रहेको चेतनाले नै यी पांचआयामहरूको साक्षात्कार गर्न सक्छ | शरीरको विनाशपछि गरिने साक्षात्कारको भौतिक प्रयोजन हुँदैन | तेसैले योगकारले योगसाधनाको आधार शरीरलाई तोकेका छन् र यसलाई भौतिक, मानसिक तथा आध्यात्मिकतहमा स्वास्थ्य राख्ने विधिहरू निर्माण गरेका छन् | विधि स्वीकार नगर्ने तर आलोचना गर्नेहरू दयाका पात्र हुन् |

वाम, दक्षिण र मध्यमको शब्दजाल


वाम, दक्षिण र मध्यमको शब्दजाल
वाम र दक्षिण पन्थ भन्ने शब्दहरू नेपाली मिडिया र तथाकथित बुद्धिजीविहरूमा निकै प्रचलित छन् | वाम शब्दलाई विकासवादी, प्रगतिशील, बैज्ञानिक तथा आधुनिकतासंग जोड्ने र दक्षिण शब्दलाई पुरातनवादी, विकासवाद विरोधी, अवैज्ञानिकता र नेपालका हकमा हिन्दूवादी तथा राजावादीहरूलाई समेत जोड्ने गरिन्छ | यो सबै भारतीय कम्म्युनिस्ट दार्शनिक देवीराम चट्तोपाध्यायको देन हो र नेपाली बुद्धिजीवि तथा तथाकथित मोडर्नहरूले तिनैबाट सिकेका हुन् |

अंग्रेजीको राइट-विंग नेपालीमा दक्षिण र अंग्रेजीको लेफ्ट विंग नेपालीमा वाम बनेको पढ्न सकिन्छ | के साच्चिकै दक्षिणधर विकास विरोधी, अवैज्ञानिक, पुरातनवादी र नेपालका हकमा हिन्दूवादी नै हुन् ? अनि, वाममार्गी भनेका साच्चिकै प्रगतिशील, आधुनिकतावादी, विज्ञानसम्मत र अग्रगामी छन् ? व्यबहारमा ठीक उल्टो छ | प्राय:जसो मार्क्सवादीहरू "जडसूत्रवादी" हुन्छन् भने विकासमा भन्दा विनाशमा बढी भर पर्छन् | तथाकथित "वामपन्थी"हरूले आफ्नो राजनैतिक शक्तिले सम्बन्धित देशको "उन्नति" गरेको भेटिंदैन् | चीनलाई जडवादी कम्युनिष्टहरूले "वामपन्थी" नै मान्दैनन् |

विश्वमा जेजति विकास भएका छन् - मूलत: दक्षिण पन्थिहरूकै वर्चश्वमा भएका छन् | बामपन्थिहरूले अमेरिका, वेलायत, युरोप, अस्ट्रेलियाजस्ता विकसित देशहरूलाई "दक्षिण" पन्थी भनेर आलोचना गर्छन् तर विश्वका हरेक बामपन्थी यिनै देशको नागरिक बन्न चाहन्छन् | मैले धेरै नेपाली कम्युनिस्ट नेताहरूलाई चिनेको छु, जसले आफ्ना सन्तानहरूलाई उपरोक्त "दक्षिण पन्थि" देशमा पढाएर उनीहरूकै आलोचना गरेर जीविकोपार्जन गरिरहेका छन् |

तेस्रो धारलाई "माध्यममार्गी" भन्ने गरिन्छ | मुलत: तथाकथित धर्मनिरपेक्षहरू, वामपन्थ र दक्षिण दूवैसंग सहकार्य गर्न नसकेका र चरम अवसरवादीहरूले मध्यममार्गको प्रतिनिधित्व गर्छन् | बामपन्थिहरूसंग भेट्दा आफुलाई वामपन्थीको शुभचिन्तक भन्ने र दक्षिण पन्थिहरूसंग भेट्दा आफु "स्वतन्त्रता"को पक्षधर "प्रजातान्त्रिक" भन्दै दूवैतिर ठीक्क हुने यो धारको विशेषता हो | नेपालका हकमा यो वर्गले सधैं बहुमतको विरोधमा काम गर्छ | अल्पसंख्यकको नाममा घृणावाद फैलाउन र त्यो असंगति देखाएर पूँजीवादी र सर्वहारा दूवैसंग "डलर" चप्काउन्छ |

अव अलिकति इतिहासतिर जाउँ | फ्रान्सेली क्रान्ति (१७८९) तिर यो शब्दको प्रचलन भएको थियो | तत्कालीन राज्य सत्ता कब्जा गरेका किसानहरूले आफुलाई लेफ्ट भने र तत्कालीन संसदलाई राइट भने | यहाँ राइट शब्दको मूल अर्थ "किसान-विरोधी सत्ता" भन्ने थियो | पछि, मार्क्सवादीहरूले फ्रेन्च-किसानहरूको यो आन्दोलनलाई "समाजवाद"संग जोडे | मूलत: पूँजीवादलाई सम्वोधन गर्न "राइट"शब्दको थालनी भयो | अर्कोतिर, १७९२ मा नया फ्रेन्च संसदको बैठकमा क्रान्तिकारीहरू संसदको बाँया सीट, आफुलाई तटस्थ राख्नेहरू बीचमा र आफुलाई राजावादी ठान्नेहरू (तेस बखतका धनिमानीहरू) दाहिनेतिरका कुर्सीमा बस्ने गरेका थिए | तेसै बखतदेखि दक्षिण र वाम यी शब्दहरू राजनैतिक वृत्तमा उदाए |

अव नेपालको कुरा गरौँ | नेपालका वामपन्थिहरूले आफुलाई "प्रगतिशील, वैज्ञानिक तथा अग्रगामी" भएको ठान्छन् तर व्यबहारमा कतिविध्न अव्यवहारिक र एकआपसमा असंगत छन् भन्ने तत्थ्य प्रचण्ड बहुमतमा बनेको ओलीको सरकार ढलेकोबाट देख्न सकिन्छ | वामपन्थी भन्ने "प्रगतिशील"हरूले आफ्नो बचाउँका लागि जे-जस्तो तर्कदिए पनि यिनीहरू बीच एकआपसमा लुकेको घृणावाद र जडसूत्रवाद छताछुल्ल भएको छ | आजको नेपाली परिवेशमा वामपन्थ भनेको संधैं अर्काको आलोचना गर्ने, कसैले उद्योग गर्न थाल्यो भने पूँजीवादको उदय देख्ने, आफु बाहेक सबैलाई पुरातनवादी ठान्ने रोगबाट ग्रस्त छन् | यिनका नाराहरू धेरै आकर्षक छन् तर व्यबहार निक्कै अप्रगतिशील र स्वार्थी छ |

दक्षिणपन्थिहरू नेपालमा छन् कि छैनन् ? म द्विविधामा छु | मार्क्सको परिभाषाअनुसार "पूँजीवादी तथा पुँजीपति" दक्षिण पन्थि मान्नुपर्छ | नेपालमा आफ्नो पूंजी नभएको कुनै परिवार छैन | मार्क्सवादलाई मान्ने धेरैको आफ्नो निजी-सम्पति छ अर्थात् पूंजी छ | धार्मिकहरूलाई दक्षिण पन्थि भन्ने अर्थ फ्रेन्च-क्रान्तिकारीले गरेकै थिएनन् | यदि स्वधर्म, संस्कृति र आत्मउत्थान गर्दै अर्कोको लागि रोजगारी दिने, राष्ट्रीय कोषमा राजश्व दिने, आफ्नो धर्म, संस्कृति तथा देश र जनताका विषयमा चासो राख्ने र घृणावाद विरुद्ध बोल्नेहरू दक्षिण पन्थी हुन् भने एस्तो दक्षिण हुनु गौरवको कुरा हो | बनेको भत्काउने भन्दा बनाएर दुईजनालाई रोजगारी दिने धेरै महान् हुन्छ |

तेस्रोवर्ग अचम्मको वर्ग हो | धर्मनिरपेक्षता, समानता, मानवाधिकारआदि यो वर्गका कर्णप्रिय नारा हुन् | असलमा यो वर्ग "शक्ति केन्द्र"को चापलुसी गरेर आफ्नो निजी स्वार्थ पुरा गर्ने व्यक्ति हुन् | उदाहरणको लागि नेपालमा एस्तो वर्गले सधैं गरिवी, अशिक्षा, असमानता, वेथिति, अन्याय, भष्टाचारआदि मात्रै खोज्दछ | यो वर्गले "गरिवी"लाई माग्ने भाँडो बनाएर राजनीति र समाजसेवा गर्छ | वामपन्थीसंग "लाभ" भए वामपन्थीसंग र दक्षिणपन्थीसंग लाभ हुने भए दक्षिणसंग लिसोझैं टाँसिने गर्छ | अर्कोतिर दक्षिण र बामलाई भिडाएर तमासा गराउने वर्ग पनि यही हो |

नेपाली वामपन्थीहरूले नेपाली कंग्रेसजस्ता प्रजातान्त्रिक पार्टीहरूलाई मध्यममार्गी भन्छन् भने जरोकिलो, राप्रपाजस्ता पार्टीहरूलाई दक्षिण पन्थी भनेर सम्वोधन गर्छन् | कम्युनिस्टहरूका नजरमा संसदीय राज्यव्यबस्था दक्षिणपन्थ हो | दुर्भाग्यवस, नेपाली मिडियाहरू जसले आफुलाई प्रजातन्त्रका पक्षधर ठान्छन्, उनीहरूले पनि स्वधर्म, स्वसंस्कृति र नेपाललाई केन्द्रमा राखेर गरेका गतिविधिहरूलाई समेत दक्षिण भनेर अपमानित गर्छन् | चरम धर्मान्ध मुस्लिम, इसाई तथा अन्य चरमजातिवादी, क्षेत्रवादीका घृणावादी क्रियाकलापलाई "अधिकार"को जलप दिएर शुद्धीकरण गर्छन् | हिन्दू र राजाका पक्षमा बोल्दैमा कुनै कसरी दक्षिण पन्थी हुन्छ ? उनीहरूसंग कुनै उत्तर छैन | केवल आफुहरू आधुनिक र प्रगतिशील भएको दम्भ छ |

तेसैले, उपरोक्त वर्गहरू मध्ये कुनै पनि वर्गको मतियार नभएको निर्विकल्प "नेपाली मौलिक वर्ग"ले मात्र नेपाल र नेपालीको भलो गर्छ | दक्षिण, बाम र मध्यमका बैचारिक जालमा न परौं | आत्मकल्याणसहित देश र विश्वको कल्याणका लागि आत्मविश्वाससहित मौलिकतावादतिर अग्रसर बनौं | नेपालको समग्र विकासका लागि वैचारिक भ्रमजालहरू तोड्नै पर्छ र तोड्नका लागि यी भ्रमहरू बोकेर जनतालाई अलमल पर्ने नेतृत्वसंगको नाता छोड्नैपर्छ | देशको भलाई यसैमा छ |

Sunday, December 19, 2021

विहादिको नाम यसरी पर्यो

विहादिको नाम यसरी पर्यो
विगत १० वर्षदेखि विहादीको नाम कसरी पर्यो होला भनेर चिन्तन गर्रें | धेरै अग्रजहरूसंग मोबाइल फोनमा कुराकानी भयो | उहाँहरूले आ-आफ्ना विचार, इतिहास र सुनेका कुराहरू बताउनु भयो | यो सबैपछि विहादीको नामको गाँठो फुकेजस्तो लाग्यो | रानीपानी र बराचौरको संयुक्त नाम (अहिलेको गापामा बाच्छा, शालीग्राम, उराम पोखरा, उहाकी ठाटी जोडिएका छन् तर अस्तिसम्म यी विहादी थिएनन्) विहादीको गाँठो खोल्ने छु | विहादी पर्वत जिल्लाको दक्षिणी भेकको एउटा ठूलो गाउँपालिका हो र यसको मुख्यालय वहाकीमा रहेको तर विगतमा विहादी भनेर केवल रानीपानी र बराचौरलाई बुझ्ने गरिन्थ्यो |

विहादीका सेरोफेरोमा पूर्व त्रिविवि नेपाल ल क्याम्पसका सहायक डीन गोविन्द प्रसाद पौडेलले वि.स. २०४० सालमा आफ्नो एमएको थेसिस प्रस्तुत गर्दा विहादी सम्भवत: मगर भाषाको डी अर्थात् पानीसंग जोडिएको हुन सक्ने तर्क अगाडी सारेको र तेस्तै गाई व्याएको हुँदा विहादी भएको तर्क अगाडी सारेको उहाँले यो लेखकलाई बताउनु भएको छ | साथै संस्कृतका प्रकाण्ड विद्वान् सुकृति दत्त पन्तले आफ्नो प्रसिद्ध कृति कार्तवीर्योदयमा विहादिलाई स्वर्गको अर्थमा प्रयोग गरेको पनि प्राप्त छ तर उहाँले विहादिको प्रयोग पर्वतको विहादि भन्ने ठाउँका लागि प्रस्तुत गर्नुभएको हो भन्ने प्रष्ट छैन |

संस्कृतमा विहा शब्दको अर्थ स्वर्ग हुन्छ | विहादि शब्द मूलतः विहामा आदि प्रत्यय लागेर निर्मित भएको हो भन्ने मेरो निचोड हो | विहा भनेर प्राचीन ऋषिरूले यस ठाउँको नामाकरण गरे किनभने यो ठाउँ साच्चिकै स्वर्गझैं छ | फाँटहरूबाट प्रष्ट हिमालहरू देखिने उत्तरतिर, फेरी भगवान्ग शालीग्रामको प्राप्ति पनि गण्डकीबाट हुने र बाच्छाको पहाडले सिधैं चीसो हावा पनि रोक्ने (उपत्यका न धेरै गर्मी हुने नधेरै जाडो हुने) भएको हुँदा स्वर्गझैं लाग्यो र यो बाटो हिंडेर गलेश्वर, मुक्तिनाथ, दामोदरकुण्ड जाने ऋषिमुनिहरूले "विहा" भने र पछिल्लायदिहरूले विहाआदि ठाउँ भएर मुक्तिनाथ पुगिन्छ भन्ने प्रसंगमा विहादि भन्न थाले |

विहादीले सिङ्गो नेपालको विशेषता बोक्छ | सवैभन्दा तत्लो ठाउँमा कालिगण्डकी गङ्गा बगिरहेकी छिन् र सबै भन्दा माथि भोर्लेको उंचाई छ | रानीपानी र बराचौरको फाँटमा प्रसस्त उब्जनी हुन्छ | बाच्छावटसंग जोडिएको विशाल जङ्गलले विहादीलाई प्रकृतिसंग जोड्छ | ठाउँठाउँका गुफा (सितलगुफाआदि)ले ऋषिमुनिहरूको तपस्याको थलो इंगित गर्छन् | उच्चतम भागको भोर्ले र निम्नभागमा बग्ने गण्डकी तथा फाँटहरूको उजाउभूमिले यो ठाउँलाई विहा अर्थात् स्वर्गझैं बनाउँछ |

दोस्रो कुरा, स्वामी प्रपन्नाचार्यले पर्वतको तल्लोभागलाई "उत्तरको कासी" भनेका छन् किनभने गण्डकीको सांस्कृतिक र धार्मिक पवित्रताका कारण मुक्तिनाथ तथा दामोदर कुण्ड जाने, पुलहा (गलेश्वर) क्षेत्रमा तपस्या गर्ने (भरत तथा ऋषभ)ले यो सम्पूर्ण क्षेत्रलाई विहादी भनेको हो किनभने देवघाटदेखि गण्डकक्षेत्र आरम्भ हुन्छ तर रानीपानी र बराचौरजस्तो प्राकृतिक रूपमा मिलेको ठाउँ अर्को छैन तेसैले यो ठाउँसंग आदि जद्दा "विहादी" बनेको हो | अर्थात् गुल्मी, बाग्लुंग समेतका भूभागलाई समेत सम्मान गर्दा "विहादी" नामकरण हुने तर्क उचित नै नै लाग्छ |

विहादीको नाम कसरी रह्यो होला भन्ने क्रममा मैले गुरुङ, थकाली र मगरहरूका रैथाने शब्दमा "विहादी" शब्दको अर्थ खोज्ने प्रयत्न गरें | ती भाषाहरूमा "डी" शब्द छ तर दि अन्त्य हुने शब्द रहेन छन् | विहादी जस्तै दि जोडिएका गाउँहरू कुणादि, गुणादि, चकौंदि, अर्मादि (कहीं यो ठाउँ संस्कृत व्याकरण पढाउने गुरूहरूको वासस्थल त थिएन ?) छन् तर यिनको मगर, गुरुङ र थकाली बोलिचालिमा कुनै अर्थ लाग्दैन | तेसैले यो क्षेत्र विहादि अर्थात् स्वर्गझैं भएकोले विहा हो र आसपासका क्षेत्रहरू पनि सुन्दर भएको हुँदा विहादि बन्न पुगेको हुनुपर्छ |

सबैभन्दा रमाइलो तत्थ्य त के भने पाणिनी सूत्रमा विहाको प्रयोग भएको छ | पर्वत प्राचीनकालदेखिनै पण्डितहरूको निवास थलो हो | ज्योतिष र व्याकरणका लागि पर्वत प्रसिद्ध छ | अहिले सरकारले विहादी गाउँपालिका बनाएको छ जसमा बाच्छा, वराचौर, रानीपानी, उराम, शालीग्राम र उहाकी थाँती पुराना गाविसहरूलाई जोडिएको छ | मलाई लाग्छ, विहा अर्थात् स्वर्गझैं भन्ने प्राचीन ऋषिले गरेको ठाउँको नामाकरण अझैं फैलिएको छ |

विहादिमा अनेकौं जीवन्त तीर्थ छन् | ऋषिमुनिहरूका साधना स्थल छन् | प्राचीन गुरुकुलका आचार्यहरूले निर्मित गरेका पवित्र विद्यालयहरू छन् र गिरी, पुरी सन्यासीहरूको वासस्थल छ | गिरिपुरीसन्यासी थरको उपलब्धताले प्राचीनकालदेखि नै यो ठाउँ त्यागी, सन्यासी तथा आचार्यहरूको साधनास्थल हो भन्ने प्रमाणित हुन्छ भने मगरगुरुङआदिको न्यूनउपस्थितिले यो क्षेत्रमा बाहुनक्षेत्रीआदि समुदायको निवासस्थल रहेको प्रमाणित गर्छ | बाहुनक्षेत्री तथा गिरिपुरीसन्यासीहरूले यो ठाउँको नामकरण उनीहरूकै सांस्कृतिक भाषा संस्कृतमा "विहा" भनेर जुराए भन्ने तत्थ्यमा शंका गर्ने ठाउँ रहन्न |

नोट : यो वाहेक कसैसंग अन्य जानकारीहरू छन् भने जोड्दै जाउँ | यो नै नामकरण खोज्ने अन्तिम विकल्प होइन |

Monday, November 22, 2021

हिन्दूहरूको भविष्य

हिन्दूहरूको भविष्य
सन् १८०० सम्म विश्वमा स्थानीय धर्म-संस्कार मान्नेहरूको सङ्ख्या सबैभन्दा बढी थियो | हिन्दू धर्ममान्ने ४थो ठाउँमा छन् | यद्यपि हिन्दू समुदाय सानो छ तर उदारताको सवालमा सबैभन्दा बढी प्रजातान्त्रिक छ | सायद सम्प्रदायगत रूपमा मुस्लिम, इसाई र यहुदीहरूले कल्पना पनि गर्न सक्दैनन् ! संभवत: मुसाईभित्र सैद्धान्तिक कट्टरताको कारणले युरोप र अमेरिकामा नास्तिक जनसंख्या बढ्दो छ |

यातायातको विकासले इसाईहरूको आवतजावत बढ्यो फलत: सन् १९०० मा इसाईहरूको उल्लेखनीय वृद्धि देखियो भने मुस्लिम पनि अच्काली बढे | हिन्दूहरू तेस्रो ठाउँमा छन् तर इसाई र मुस्लिमहरूले बल प्रयोग गरेर धर्मपरिवर्तन गराएको कारणले स्थानीय विश्वासीहरूको सङ्ख्या निकै घटेको छ |

सन् २००० मा इसाई र हिन्दूहरूको सङ्ख्यामा खासै उठाव देखिन्न तर मुस्लिमहरू एकाएक बढेका छन् भने यहाँ पनि हिन्दूहरू तेस्रो ठाउँमा नै छन् | सन् २०२१ सम्म विश्वको सबैभन्दा ठूलो धार्मिक समुह मुस्लिम बन्ने र इसाई दोस्रोमा झर्ने छ | एता हिन्दू जनसंख्या भने तेस्रो नै रहने छ |

मैले होइन, इतिहासले भन्छ कि गोरेहरूले पैसा कमाउनका लागि अन्य देशहरूलाई "कोलोनी" बनाए र बौद्धिक दास बनाउँनका लागि बाइबल र तलवारको व्यापक प्रयोग गरे | साउथ अमेरिका होस् वा अफ्रीका इसाई मिसनहरूले गरेको आमहत्या इतिहासले भुल्ने छैन | व्यक्तिगत रूपमा इसाई-समुदायप्रति मेरो सद्भाव छ र सबैलाई दोषी ठान्नु उचित हुँदैन र इतिहासले गरेको दोष वर्तमानलाई बोकाउनु पनि हुँदैन |

मुस्लिमहरूले आफ्नो प्रचारप्रसार तलवार र विवाहका माध्यमबाट गरेका थिए र अहिले पनि जनसंख्या (असीमित रूपमा बालबालिका जन्माएर) गरिरहेका छन् | साउदी, दुवई, कतारजस्ता मुस्लिम बहुल मुलुकहरू धनि हुँदै जाँदा आर्थिक प्रलोभन दिएर मुस्लिम बनाउने बाटो (जुन मूलत: इसाईहरूले गरिरहेका छन्) अपनाउँदै छन् | इसाई र मुस्लिमहरूको उदारतावाद एउटा अतिअविश्वासीलो मुकुण्डो हो भन्ने बुझ्नु उचित हुन्छ |

यहुदी एकेश्वरवादी चिन्तनको पृष्ठभूमिमा विकसित भएका (पछि इसाई पृष्ठभूमिमा) विकसित भएका पूँजीवाद, साम्यवाद, समाजवादजस्ता राजनैतिक चिन्तनहरूले पनि बाध्य भएर उदारतावादको हिन्दू चिन्तन स्वीकार गरिसकेका छन् | केही कट्टरपन्थी मुस्लिम राष्ट्रहरू पनि हिन्दू-उदारतावादको चरित्र स्वीकार्न बाध्य हुँदैछन् | उदाहरणका लागि साउदी अरवले रामायण-गीता र योगलाई मान्यता दिनु, अमेरिकी राष्ट्रपतिहरूले हिन्दू चाडमा समावेश हुनुले माथिल्लो तत्थ्य प्रष्ट हुन्छ |

हालै साउदी अरवले पनि आफ्नो देशमा अन्य धर्मका मान्छेलाई स्थायी नागरिकता दिने घोषणा गरेको छ | यसले हिन्दू उदारतावादी चिन्तनको विकल्प छैन भन्ने देखाउँछ | इसाई/मुस्लिमहरूका धार्मिक विद्यालयहरूमा समेत एकेश्वरवादी चिन्तनमा आधारित राष्ट्रतन्त्रलाई क्रमशः बहुलतातिर (सर्वजन कल्याण) लैजाने पाठ्यक्रम छन् | "राष्ट्रराज्य"को सिद्धान्त क्रमशः प्राकृतिक मृत्युतिर उन्मुख हुँदैछ |

यही सनातन धर्मको विशेषता हो | मैले विश्लेषण गरे अनुसार सन् २१०० सम्ममा विश्वको ७५% जनसंख्या हिन्दूहरूको विश्वासमा चल्ने छ | हिन्दू समाजमा प्रचलित छुवाछुत पूर्णरूपले अन्त्य हुनेछ | धर्मको महलमा मुस्लिम वा इसाई लेखे पनि धेरै मान्छेहरूको "धार्मिक दृष्टिकोण" अत्यन्त उदार हुने छ | जुन पूर्णतया हिन्दू चिन्तन र जीवनशैलीका कारण हो |

धर्मपरिवर्तन गर्ने कुनै व्यबस्था नभएको हुँदा विश्वभरिका मान्छेहरू बैचारिक रूपमा हिन्दू हुँदा पनि हिन्दू धार्मिक समुहमा रहनु प्राकृतिक नै बुझिन्छ | असलमा, धार्मिक र सांस्कृतिक "उदारतावाद"ले महत्व पाइरहंदा अहिलेको ६०% विश्व जनसंख्या केही अर्थमा हिन्दू नै हो |

सन् २१०० मा सबैभन्दा ठूलो धार्मिक समुह मुस्लिम वा इसा देखिए पनि गुणात्मक रूपमा विश्वको सबैभन्दा ठूलो बैचारिक-व्यक्तित्व हिन्दू नै हुने छ | यहुदी, इसाई, मुस्लिमहरूले उदारतावादको बाटो अपनाउनुनै पर्ने छ र त्यो बाटो राज्यराष्ट् भएर हिन्दूत्वबाट नै तयार पारिएको हुनेछ |
स्वस्तिअस्तु

विश्वदर्शन दिवस : निर्विकल्प विवेक

विश्वदर्शन दिवस : निर्विकल्प विवेक

यो लेख लेख्दै गर्दा चीन विश्वको ठूलो अर्थतन्त्र बनेको समाचार आएको छ | तेसै समाचारले "विश्वका १० बटा देशहरूले विश्वको ६०% अर्थतन्त्रको प्रयोग गर्छन्" भनेर पनि लेखिएको छ | हरेक वर्ष फोब्सले विश्वका धनिव्यक्तिहरूको मुल्यांकन गरेर सूचि प्रकाशित गर्छ | फोब्सको प्रतिवेदनमा विश्वास गर्ने हो भने विश्वको ३३% संसाधनहरूमा केवल १० बटा धनि व्यक्तिहरूको निर्णय चल्छ | ती मध्ये ९ जना अमेरिकी नागरिक हुन् |
कोरोनाले विश्व अस्तव्यस्त भएको छ | दुई वर्षको अन्तरालमा लगभग ५२ लाख मान्छेले ज्यान गुमाएका छन् | अझैं कतिले ज्यान गुमाउने छन् ? भन्न सकिन्न | कोरोना भाइरसको खोप विकसित भैसकेको छ तर धनिदेशहरूले गरीव देशहरूलाई बेच्न समेत आनाकानी गरिरहेका छन् भने बेचे पनि चर्को मूल्य लिएका छन् | अनुदानको क्रम नगण्य छ र केवल आफ्नो मन मिल्ने राष्ट्रलाई मात्र दिएका छन् | मान्छे मर्ने क्रम रोकिएको छैन |


यसै बीच विश्वको मह्गाई लगभग २३% ले वृद्धि भएको छ | धनिदेशहरूले अनुदान दिएर मूल्य वृद्धिलाई निस्तेज पारिरहेका छन् भने नेपालजस्तो गरीव देशमा १५५ रुपैयामा पाइने सूर्यमुखिको तेल २९० पुगेको छ | एकातिर रोजगारी गुमिरहेका छन् भने अर्कोतिर महंगाईले आकाश छोइरहेको अवस्था छ | नेपालकै हकमा सरकार, राजनैतिक दल तथा तिनका भात्रृसंगठनहरू आ-आफ्नो "कमिशन"को हिसावकितावमा व्यस्त छन् |
यस बीच दूईबटा तत्थ्यहरूमा बडो गजवले उन्नति भएको छ विश्वमा : धनिहरू अझैं धनि भएका छन् र शस्त्रअस्त्रहरूको व्यापारमा १३७% ले वृद्धि भएको छ | कोरोनाले कुनै पनि सानोठूलो युद्धलाई प्रभावित पार्न सकेन | युद्ध चलिनै रहेका छन् | हामी प्राणीहरुको साझा बासस्थललाई ९ घण्टामा ध्वस्त पार्न सक्ने १३४१० बटा परमाणुबमहरू फुट्न तयार छन् | मान्छेको बुद्धिले ऊसहित सम्पूर्ण प्रकृतिलाई अज्ञात मृत्युको माला लगाइदिएको छ | विस्फोटका लागि तम्तयार नाभकीय भट्टीमा विश्वलाई सजाएर राखिएको छ |

यसमा सन्देह छैनकि मान्छेले क्रमिक अनुभवबाट धेरै कुरा सिकेको छ | यही सिकाई र बुझाईको निरन्तरता र पुस्तान्तरणले गर्दा मानवीय जीवन सुखी भएको छ | बौद्धिक विकास र पुस्तान्तरण मान्छेको आफ्नो मौलिक विशेषता हो | राष्ट्र नामक सीमानाहरूको विकास हुँदागर्दा मान्छेको बौद्धिक विकास व्यक्तिगत सुखसुविधामा केन्द्रीय भएको छ भने व्यक्तिव्यक्तिबाट निर्मित राष्ट्रिय स्वार्थले प्राकृतिक मानिसलाई मानसिक तथा बुद्धिक रूपमा रुग्ण (स्वार्थी) बनाएको छ | अचम्मको कुरा त के भने जतिधेरै मान्छेहरूले उदारता र सहकार्यको कुरा गरिरहेका छन् तेतिनै तीब्रगतिमा मान्छेको व्यक्तिगत स्वार्थ बढीरहेको छ | सत्य, मूल्य, तत्थ्य र विवेक ओझेलमा परेका छन् |

मान्छेलाई आफुले विकास गरेका महाविध्वंसक क्रियाकलाप वारे थाहा छ | विकास र विजयका नाममा प्रकृतिसंग दुष्कर्म गरिरहेको तत्थ्य पनि मान्छेलाई राम्ररी थाहा छ | धर्म र धार्मिकताका कुराहरू अहिले राजनैतिक शक्ति आर्जनका विषय बनेका छन् भन्ने तत्थ्य सबैले बुझेका छन् | वर्तमान सत्य र आसन्न सत्यका सम्वन्धमा मान्छेले बुझेको छ, तेसको परिणाम पनि थाहा छ | त्यति हुँदाहुँदै पनि स्वार्थनै बलियो छ | मान्छेहरू स्वार्थका लागि आफुसहित सम्पूर्ण प्रकृतिको बलिदान दिन तयार छन् तर स्वार्थ छोड्न तयार छैनन् | स्वार्थका अगाडी "विवेक" निरीह छ |

मान्छे सामाजिक प्राणी अवश्य हो तर विवेकशील हो कि होइन ? हामीले आफैसंग र समकालीन विश्वसंग प्रश्न गर्नुपर्छ | अहिले विश्वसंग सम्पूर्ण मानव-जनसंख्यालाई यथेष्ट रूपमा पुग्न सक्ने खाद्यान्न, औषधि, वासस्थल तथा शिक्षाको उपलब्धता छ | तर स्वार्थका सीमाहरूले सुविधाहरूको सामानुपातिक वितरण गर्न सक्दैन | युद्धका लागि पुगिसरी अस्त्रशस्त्र उपलब्ध हुन्छन् तर रोग, भोक र अशिक्षासंग लड्न संसाधन पुग्दैन | सिरिया, अफगानिस्तानजस्ता युद्धग्रस्त देशहरूमा शस्त्रअस्त्र प्रचुरमात्रामा उपलब्ध छन् तर रोग, भोक र शिक्षाका लागि धन उपलब्ध छैन | सबैलाई थाहा छ "शस्त्रहरू ती देशले निर्माण गर्दैनन् |"

Friday, July 16, 2021

मीना, मोबाइल र त्यो मान्छे

 मीना, मोबाइल र त्यो मान्छे

उनी (मीना) १६ वर्षको उमेर मैं २८ वर्षीय पुरुषसंग पोइला हिडीन् | कथा नौं मा पढ्दापढ्दै आफ्नो मोवाइमा फ्रेन्डस-रिक्वेस्ट आयो | उनले विचार नै नगरी मित्रता स्वीकार गरिन् | उसले नम्वर माग्यो, त्यो पनि सजिलैसँग दिइन् |
तीनदिनपछि क्लास चलिरहेको बेलामा त्यो मान्छेले फोन गर्यो | उनले क्लास-छोडेर फोन उठाइन | उसले ठाउँ र गाउँको नाम सोध्यो उनले सबै कुरा साँचो-साँचो भनिदिईन् |
शनिवार भएको हुँदा मिना खरवारीमा बाख्रा चराऊंदै थिइन् | केही दिनपछि त्यो मान्छे गाउँमै आएर फोन गर्यो र भेट्ने इच्छा प्रकट गर्यो | उनले घरमा आउन अनुरोध गरिन् तर उसले मानेन |
नजिकैको चौतारीमा भेट्ने कुरा मिल्यो | पहिलो भेट मैं उसले राम्रो सूट र मोबाइल उपहार दियो | आफु एउटा सफल ब्यबसायी भएको र शहरमा घर भएको बतायो, साथै "फोटो देखेको दिन देखि नै माया" गर्न लागेको पनि जिक्र गर्यो र फेरी भेट्ने बाचा गर्दै बाटो लाग्यो |
अनि, बारम्वार मोबाइलमा कुरा हुन थाल्यो | फेसबुकमा च्याट हुन थाल्यो | यी सबै ठाउँमा उसले एउटा कुरा दोहोर्याई रह्यो "अहिले नै आमा वालाई नभन्नु | आजको जमानामा आफ्नो विषयमा निर्णय गर्ने अधिकार आफ्नै हुन्छ |"
यसपछि उ हरेक १५ दिनमा गाउँ आउन थाल्यो | हरेक पटक उसंग उपहारहरू हुन्थे | उ निकै धनिजस्तो देखिन्थ्यो र ऊ मायालु व्यवहार गर्थ्यो | यस पटक भने उसले मीनाको शरीरलाई छोयो, उनले "किन नाइँ" भन्न सकिनन् |
घर फर्केपछि मीना धेरै वेरसम्म रोइ रहिन् | मनमा ठूलो पश्चाताप भयो | "मैले तिमीलाईलाई असाध्यै माया गर्छु, हामीले अव विवाह गर्नुपर्छ" भन्दा मीनाको मन तर्सियो | विवाहका विषयमा उनको सोच नै थिएन |
घरमा एउटा भाई थियो | बा विदेशमा बस्थे | आमा अलिअलि रोगी थिइन् | घरमा धेरै अभाव त थिएन तर फुर्मास गर्न पनि थिएन | आमाले भाईलाई बढी माया गर्थिन् | घरको सबैजसो काम आफैले गर्नुपर्थ्यो | त्यैपनि "टोकेसो" थियो नै | मीनाको कुरा सुन्ने कोही थिएन |
छ महिनाको मोबाइल-प्रेमपछि एकरात मीना घर छोडेर "मान्छेसंग" सुटुक्क हिडीन् किनभने उनले "नाइँ" भन्न सकिनन् | उसको आग्रहलाई टार्ने आँट उनीमा थिएन |
उसले "बूढा सुब्बा" लगेर सिन्दुर-पोते दियो | दूवैजना एउटा होटलमा बसे | त्यसदिनको होटल बसाइ निकै डरलाग्दो थियो | उसले "जवर्जस्ती" गरेको थियो | उनलाई त्यो पीडा पचाउन निकै गारो भयो |
केही दिन घुमेपछि उनको लोग्नेले आफ्नो घर लग्यो | त्यो घर कम र गरिवीको मूर्ति बढी थियो | त्यहाँ उसकी जेठी श्रीमती र त्यसतिरका दूई सन्तान थिए | त्यस घरमा कसैले स्वागत गरेनन् | उनीसंग त्यहाँ बस्नको विकल्प थिएन |
घर पुगेपछि उनले बुझिन् - लोग्ने वेरोजगार रहेछ | उपहारमा दिएको मोबाइल, सुनका टप तथा अन्य सामग्रीहरू उधारोमा बटुलेका सामग्री रहेछन् | घर पुगेको तेर्सो दिन मैं लोग्नेले उपहारको मोबाइलसमेत खोस्यो |
सौताको टोकेसो, सासु-ससुराको गालीगलौज, जड्याहा लोग्नेको पिटाइ, आधापेट
कठोर शारीरिक श्रम मीनाको दैनिकी बने | उमेरले १८ वर्ष छुनुभन्दा पहिला नै एउटा बच्चीले जन्म लिई |
त्यसपछि लोग्नेको प्रताडना अझैं बढ्यो | पहिलेकी श्रीमतीका दुई छोरीहरूको रीस उसैमाथि पोखियो | सहनै नसक्ने गरी शारीरिक यातना बढ्न थाल्यो | उनको कलिलो मन छियाछिया भयो |
उनको सहयोगका लागि न कुनै आफन्तले पहल गरे न गाउँलेहरू नै सहयोग गर्न तयार भए | उनलाई देखेर सबै सहानुभूति प्रकट गर्थे र कहिलेकाहिं लुकेर भोजन दिन्थे | उनका परिवारसंग गाउँलेहरूको बोलचाल नै थिएन |
अन्तत: सहनै नसकेपछि उनले आफ्नो छोरीसंग कोशीमा हाम फाल्ने निर्णय गरिन् | गाउँलेले मीनाको उद्धार गरे तर छोरीलाई जोगाउन सकेनन् |
मीना अहिले "कल्याणकेन्द्रमा" छिन् | बर्बराउने, डराउने, विश्वास गर्न नसक्ने, निदाउन नसक्नेजस्ता मानसिक अस्वस्थ्यताले ग्रस्र छिन् | मनोबैज्ञानिक परामर्शदाताको प्रत्यक्ष निगरानीमा छन् |
...........
यो सत्य घटनाको अर्धसत्य कथाकरण हो | यसमा पात्रको नाम, ठाउँआदि फेरिएको छ तर घटना कत्तिपनि फेरिएको छैन | यस घटनाको प्रयोग परामर्श, संचेताना तथा जागरणका लागि मात्र होस् |
हाम्रो समाजमा यस्ता धेरै मीनाहरू छन् जसलाई सहयोगको खाँचो छ | यो घटना पढेपछि तपाईंहरूले यस्ता पात्रहरूलाई कसरी सहयोग गर्न सक्नुहुन्छ ? योजना बनाउने प्रयत्न गर्नुहोला |

एउटा केटो

 एउटा केटो

मैले भेट्दा मनोज सांग्रीला होटेलको अगाडीको सडकमा झोक्राएर बसिरहेको थियो | उ एउटा बोरामा आडेस लागेर बसेको थियो | उसको उमेर अन्दाजी १३ वर्षको होला | उसका वरिपरी फोहोरको थुप्रो थियो | नजिकै उ भन्दा कही ठूलो उमेरका केटाहरू "ग्लू" तानिरहेका थिए |
मैले एकैछिन त्यसलाई उभिएर हेरें | मैले अन्य भन्दा ऊ फरक होला कि भनेर अनुमान गरें | उसका लुगा हेर्दा त्यस ठाउँका लागि ऊ नया देखिन्थ्यो | त्यहाँ उ रम्न सकिरहेको थिएन |
मैले ऊसंग कुरा गर्ने निर्णय गरें | म एक्लो त्यस केटातिर गएको देखेर अन्य केटाहरू पनि चनाखो भए | ती मध्ये एकजनाले त मुखै फुटालेर भन्यो "अव यसले पनि खान बोलाउने होला" | मैले वास्ता गरिन |
त्यो केटा मङ्गोल जातिको थियो – लिम्बु थरको | उसको शरीरको विकास सामान्य नै देखिन्थ्यो | म नजिक उभिएको देखे पनि उसले पटक्कै वास्ता गरेन | "बाबु, बाबु" भनेर तीन पटकसंग बोलाउँदा पनि उसले आफ्नो मुख उठाएर म तिर हेरेन |
केही वेरपछि उसले बडो उपेक्षित तरिकाले मलाई हेर्यो | त्यस्तो उपेक्षाको भावना मैले कहिले पनि भोगेको थिइन | "बाबु ! म तिमीलाई केही सहयोग गर्न चाहन्छु | ठीकै छ, यो पाउरोटी तिम्रो लागि हो | म भोली फेरी आउनेछु | उसले पाउरोटीतिर पुलुक्क हेर्यो |
भोली फेरी म त्यसै ठाउँमा पुगें | ऊ त्यही बसिरहेको थियो | तर आज उसको आँखामा हिजोको जस्तो उपेक्षा थिएन | उसले मेरो कुरा ध्यान दिएर सुन्यो | अन्त्यमा उसले भन्यो "मान्छे मीठो-मीठो कुरा गर्छन् तर घरमा लगेपछि के-के गर्न लाउछन् | मलाई कतै जानु छैन |"
तेस्रो दिन ऊ मलाई नै कुरिरहेको थियो | मैले उसको लागि केही नया लुगा किनेर लागेको थिएँ | उसले लुगा स्वीकार गर्यो तर ती लुगा त्यहाँ लगाउने अवस्था थिएन | उसले ती लुगा आफैसंग राख्यो | ऊ मेरो पछाडी लाग्यो |
मैले उसलाई मेरो आफ्नै घरमा लगें | मेरी श्रीमती र छोरी हाम्रो नै प्रतीक्षा गरिरहेका थिए | सबैले मुसुक्क हाँसेर स्वागत गरे | मैले आफ्नो परिवारसंग उसको परिचय गराए | परिवारले उसलाई अत्यन्त सहजरूपमा स्वीकार गरे |
सुरुका उसलाई दिनहरूमा परिवारसंग मिल्न असजिलो भयो | सडकमा विन्दास जीवन बाच्ने बानी परेकाहरूलाई घर सजिलो हुँदैन | ऊ एक्लै बस्न र कम बोल्न मन पराउन्थ्यो | यदाकदा अचानक रून थाल्थ्यो | ऊ सानोतिनो कुरामा डर मान्थ्यो | राम्रो लुगा लगाउँदा लाज मान्थ्यो | तर लुकेर पत्रपत्रिका पढ्ने, केटाकेटीका कितावहरू पढेको ऊ देखिन्थ्यो |
लगभग तीन महिनापछि मैले "विद्यालय जान्छौं" भनेर सोधें, उसले सहज रूपमा हुन्छ | मैले नजिकैको सरकारी विद्यालयमा भर्ना गरिदिएँ | विद्यालयमा उसको पठनपाठन राम्रो थियो | सरहरू पनि निकै माया गर्नुहुन्थ्यो | मैले उसको वास्तविकता कसैलाई बताएको थिइन |
अव ऊ हाम्रा परिवारको अंग नै बनिसकेको थियो | त्यसवेला सम्म मैले उसको पारिवारिक पृष्ठभूमिका विषयमा अप्रत्यक्षरूपमा बुझ्ने प्रयत्न गरें तर केही थाहा हुन सकेन | मैले उसंग सोधिन | उसले पनि भनेन |
एकदिन हामी तीनदिने भ्रमणमा चितवन गयौं | ऊ असाध्यै खुशी भयो | त्यही खुसीको बेलामा मैले उसको परिवारका विषयमा सोधें | एकैछिन केही बोलेन मलाई एकोहोरो मेरो मुखमा हेरिनै रह्यो | सायद ऊ मसंग आस्वस्थ हुन चाहन्थ्यो |
उसको कथा यस प्रकारको रहेछ - उसको सानो जीवन सरल थिएन | ऊ धरानमा मध्यम परिवारमा जन्मेको रहेछ | तीन वर्षको उमेरमा आमा वितिछन् | बाबुले केही वर्षपछि नै कान्छीआमा ल्याए | केही दिन कान्छीआमाले निकै माया गरिन् तर बहिनी जन्मिएपछि उनको ब्यबहार रुखो हुँदै गयो |
बाबाले माया गर्नु हुन्थ्यो तर बाबाको अनुपस्थितिमा कान्छीआमाले सहनै यातना दिनु हुन्थ्यो | उनको ब्यबहार अचम्मको दियो | बहिनी प्रति उनी निकै क्रूर थिइन् | बहिनीप्रति उनको रत्ति पनि माया थिएन | बहिनिको खुट्टा समातेर विस्तारामा गुडिया झैं पछार्थिन् | त्यो देखेर मलाई निकै डर लाग्थ्यो |
त्यो सानी नानीको शरीरमा नीलडाम हुन्थे | म बहिनीलाई निकै माया गर्थे | त्यसो त सानीआमाले मलाई पनि न पिट्ने होइन | तर त्यो सानी बहिनीको तुलनामा मेरो दुख निकै कम थियो | उ एकवर्ष पनि पुगेकी थिइन | उ बोल्न सक्ने थिइन | उसले आफ्नो कुरा बुवा वा मलाई भन्न नसक्ने थिई | उनी निकै निर्दयी छन् |
बाबालाई यी सबै कुरा थाहा थियो कि थिएन भन्न सक्दिन | एक दिनको कुरा हो - म विद्यालयबाट फर्किदा सानीआमाले बहिनीलाई काखमा राखेर उसको कपाल लुछिराहेकी थिइन् | बहिनी चिच्याईमात्र रहेकी थिई | म निकै डराएँ |
बेलुका मैले यी सबै कुरा बुवालाई बताएँ | वुवाले कत्त्ति पनि मेरो विश्वास गर्नु भएन | भोली पल्ट विहान उहाले मलाई आफ्नो कोठामा बोलाउनु भयो र बेस्करी पिट्नु भयो | मैले वुवाबाट पिटाई खाएको यो पहिलो पटक थियो |
त्यस घटनापछि कान्छीआमाको अत्याचार बहिनी उपर बढ्दै गयो र उनी कराएर त्यसको दोष मलाई लगाउथिन् | बा कान्छीआमाको कुरा पत्याएर मलाई नै बेस्मारी कुट्नु हुन्थ्यो | मेरो कुरा सुन्न नै चाहानु भएन | घरको धेरैजसो काम भाँडा माझ्ने, कुचो लगाउने यहाँसम्म कि लुगा धुने काम पनि मैले नै गर्नु पर्थ्यो |
त्यसदिन एकविहानै बाबाले कोठाबाट निकालेर कुटेपछि त्यस घरमा बस्नै मन लागेन | म घरबाट बाहिरिए | मसंग केही पैसा थिए | म काठमाडौँको वसमा चढें | भोलीपल्ट विहान काठमाडौँ आइपुगे | यहाँ मैले चिनेको कोई थिएन | कहाँ जाने-कहाँ नजाने कुनै ठेगान थिएन | एक रात वसपार्क मै वितायें | राती एकजना मान्छे आएर गोजीमा भएको धेरथोर पैसा पनि जवास्जती लग्यो |
भोली पल्ट मसंग खाने केही थिएन | तीन दिनसम्म भोकभोकै बसें | तेस्रो दिन एकजना मजस्तै उमेरको केटाले फोहोर उठाएको देखेर त्यहीं गएँ | मैले आफ्नो कुरा बताएँ | ऊसले एउटा बोरा खोजिदियो | ऊसंग नै मैले उठाएको फोहोर ११० रुपियामा कवाडीमा बेचें | त्यही पैसाले पेट भरियो | तर राती भने तिनै केटाहरू मध्ये बलियोले सबैसंग रहेको पैसा जवर्जस्ती लगिदिने गर्थे | नदिए लात्तैलात्ताले कुट्थे |
तीन महिमा यसै गरी वित्यो | त्यसपछि एकजना धनी मान्छेले पढाई दिन्छु भनेर आफ्नो घर लग्यो | तर उसले त्यहाँ जे गर्न खोज्यो त्यो भन्न लाज लाग्छ | म फेरी पनि त्यो घरबाट भागें | मलाई धेरैले झुक्याए | तर तपाईंलाई विश्वास गर्छु |
त्यो घरबाटपछि म फेरी पुरानै जीवनमा फर्किए | यहाँको संसार विचित्रको छ | यहाँ ठूला “दाईहरू”को मात्र नियम चल्छ | ठूलाले भनेको नमान्ने हो भने ढुङ्गा थिचेर पनि मार्न सक्छन् | यहाँ धेरैजसो ग्लूको लतमा हुन्छन् | पैसा पाउँदा खाने हो नत्र भोकै बस्ने हो |
प्रहरीको ब्यबहार सबैभन्दा निर्दयी हुन्छ | कुनै पनि ठाउँमा चोरी भयो कि उनीहरूले “खाते”लाई समात्छन् | कठोर यातना दिन्छन् | चोरको रूपमा प्रस्तुत गरेर केही दिन थुन्छन् र छोडीदिन्छन् | कुनैकुनै प्रहरी निकै दयालु हुन्छ | एक पटक प्रहरीले मेरो ज्यान जोगाएका थिए | ती प्रहरी अंकलले कहिलेकाहिं मलाई खाना पनि दिन्थे |
म खातेहरू संग हिड्थे तर उनीहरूबाट अलग हुन चाहन्थे | मलाई फेरी कथा आठमा नै भर्ना भएर पढ्न मन लागिरहेको हुन्थ्यो | कहिलेकाहिं म सरकारी विद्यालयको छेउमा गएर उभिन्थे | तर त्यहाँ मलाई सोध्ने कोही हुदैनथ्यो | धेरैजसोले खाते भनेर धपाऊथे |
म केवल रुन्थे | मलाई वावाआमाको भन्दा पनि त्यो सानी बहिनिको असाध्यै माया लाग्छ | म मेरी सानी बहिनिलाई असाध्यै माया गर्छु | मेरो वा र सानीआमाप्रति कुनै माया छैन | उहाँहरूसन्द डर लागिरहन्छ | तर एकपटक मैले आफ्नी बहिनीलाई भेट्न चाहन्छु |
हामी चितवनको भ्रमण गरेर घर फर्क्यो | मैले धरानको उसको परिवारको विषयमा बुझ्न पठाएँ | सबै उसले भने बमोजिम नै भेटियो | मैले मनोजका आमाबुवासंग सम्पर्क बनाएँ | मनोजले घर छोडेपछि सानीआमाको ब्यबहारमा केही परिवर्तन आएछ | बाबु पनि आफ्नो छोरालाई भेट्न आतुर देखिन्थे |
आमा र बाबु दूबैलाई मनोपरामर्षदातासंग भेट गर्न सहमत गराएँ | उनीहरूले नाचिने पनि सात पटकासम्म हामी परामर्शका बैठकमा बस्यौं | आठौँ पटकमा मनोज र आमावुवाकोबीच भेटभयो | यस पटक मनोजले आफ्ना आमावुवामा विश्वास गर्न सकेन तर बहिनीलाई काखमा लिएर धेरैवेरसम्म खेलिनै रह्यो |
अव मनोज आफ्नी कान्छी-आमा र बासंग आफ्नै घर धरानमा बस्छ | बहिनी र उ दूबै विद्यालय जान्छन् | बहिनीलाई उसले असाध्यै माया गर्छ | यद्यपि कान्छीआमाप्रति उ अझै विश्वास गर्न सकिरहेको छैन | तर कान्छीआमाको ब्यबहार भने सकरात्मक भएको छ |
अहिके मनोज कक्षा दशमा पढ्छ भने बहिनी नर्सरीमा | मैले हरेक चौथो वा पाँचौदिन फोन गर्छु | मेरो फोनको उ प्रतिक्षा गरिरहेको हुन्छ | मेरी छोरी छोरी ऊभन्दा उमेरमा धेरै ठूला छन् तर दुवैले उसलाई असाध्यै माया गर्छन् र “कान्छो भाई” भनेर सम्बोधन गर्छन् | मेरी श्रीमती उसलाई “विन्दास” भन्छिन् | साच्चिकै भन्ने हो भने हरेक दिन हामीले एउटा सदस्य “मिस” गरिरहेका हुन्छन् |
.....................................
नोट : यो कथा होइन | यो वास्तविक घटना हो | पात्रको नाम र ठाउँ मात्र फेरिएको हो | हामीले आफ्नो दृष्टिकोण वदल्ने हो भने धेरैलाई सहयोग गर्न सक्छौं | सद्भाव, प्रेम र सकारात्मक ब्यबहारले जस्तोसुकै समस्यामा परेका मान्छे पनि वदलिंछन् |
विश्वास गर्नुस्, धेरै मनोजहरूले हाम्रो प्रतिक्षा गरिरहेका छन् | के हामी सहयोग गर्न तयार छौँ ?

Friday, June 25, 2021

मन्दिर र तपाईं

 मन्दिर र तपाईं

नेपालमा कति मठमन्दिर छन् ? कसैसंग अभिलेख छैन | निजी, सार्वजनिक र गूठी यी तीन श्रेणीमा नेपाली मन्दिरहरूलाई राख्न मिल्छ भन्ने मेरो ठहर हो त्यैपनि गूठीअन्तर्गत निजी र सार्वजनिक दूवै प्रकारका मन्दिर छन् भनेर बुझ्नुपर्छ |
काठमाडौँ उपत्यकाका धेरैजसो मन्दिरहरू निजी धनले निर्माण गराएर तिनको संचालन गर्न गुठीको अबस्था गरिएको छ | त्यस्ता मन्दिरहरू निजिगुठीका नामले चिनिन्छन् र गुठियारहरू सम्बन्धित परिवारकै पुस्ताहरू हुन्छन् | पूर्वजले राखेको नासो चलाउने काम जीवित पुस्ताको हुन्छ | दुर्भाग्यवस, पछिल्लो पुस्ता निजी गुठीहरूको उठिवास गर्न सक्रिय छन्, आफ्ना पुस्ताको सत्कर्म मेटाउन तम्तयार छन् | सबैलाई एकै भाँडोमा हाल्नु अन्याय हुनेछ |
श्रीपशुपतिनाथ सार्वजनिक गुठी हो | गुठी परम्परा विश्वकै लागि परम्परा संचालनको नेपाली प्रतिमान हो | एस्ता मन्दिरहरूको दायरा र लोकप्रियता वृहद् हुन्छ | तेस्रो, व्यक्तिले आफ्नो घरकम्पाउन्ड भित्र निजी पूजाआजाका लागि निर्माण गरिने मन्दिर हुन्छन् | मन्दिर जस्तो विधिमा संचालन किन नहोस्, सबैको उद्देश्य वैदिक सनातन धर्मको निरन्तरता सुनिश्चित गर्नुनै हो | मन्दिरहरू सनातन धर्म सिकाउने सबैभन्दा प्रमाणिक र जीवन्त आधार हुन् |
मन्दिरको अर्थ 'घर' हुन्छ | मन्दिर त्यो घर हो जहाँ हामी हिन्दू, जैन तथा बौद्धहरूका आराध्यदेव देवीहरूको आराधना गरिन्छ | मन्दिरसंग आस्था, विश्वास, इतिहास, त्याग, दान, संस्कृति तथा दैनिक संस्कारहरू जोडिएका हुन्छन् |
हरेक सनातन धर्मिका लागि मन्दिर एउटा "आत्मिक घर वा समुह र परिवार जोडिने पवित्र" मिलनस्थल हुन्छ | जहाँ पुगेपछि धनिगरीव, ऊंचनीच, छुतआछुतजस्ता भिन्नताहरू समाप्त हुन्छन् | मन्दिरमा आराधना गरिने देवीदेवता सबैका साझा हुन्छन् र हरेक व्यक्तिको आध्यात्मिक, मानसिक समस्याहरूको समाधान गर्ने आधार हुन्छन् |
नेपालीहरूको मन्दिरको इतिहास नेपालजत्तिकै प्राचीन छ | नेपालका निर्माता ने-मुनिले नेपालको जग भगवान् शिवको मन्दिर निर्माण गरेर राखेका थिए | साच्चिकै भन्नुपर्दा हामी नेपालीका लागि नेपाल पनि एउटा वृहदकाय मन्दिर हो जहाँ हामी सबै मिलेर आराधना गर्छौं |
नेपालमा असंख्य मठमन्दिरहरू छन् जसले सर्वसाधारण नेपालीहरूको धर्म, संस्कृति, संस्कार तथा असल-कमसल कार्यको नियन्त्रण हुन्छ | हरेक मठमन्दिरले धर्म, संस्कृति तथा संस्कारहरूको पुस्तान्तरण गर्छन् | मन्दिरमा गएर अर्पित गरिने नगद वा वस्तु, गरिने ढोग, सम्पदान गरिने संस्कार यी सबैले हामी वैदिक संस्कृतिका अंश भएको प्रमाणित गर्छन् |
मन्दिरहरू : हिन्दू वैदिक सनातन धर्मका असली जग अर्थात् स्रोत हुन् | जसले सबैभन्दा पहिले मन्दिर वनाएर वैदिकहरूलाई मन्दिर जान उत्प्रेरित गरे उनी वास्तव नै दूरदर्शी थिए | हामी भाग्यमानी छौँ, मन्दिर र मन्दिर निर्माताले राखेको विश्वासको जगले गर्दा हरेक प्राचीन मन्दिरहरूको वारम्वार पुनर्निर्माण, पुनउद्धार र पुन: संस्कृति सिकाउने थलोका रूपमा सुरक्षित छन् | धेरै राजाका सुन्दर महलहरू हराए तर एउटा मन्दिरहरू हाम्रो आस्थाका कारण जीवित छन् |
मन्दिरहरू हामी वैदिक (हिन्दू, जैन, बौद्ध) हरूका स्वाभिमान हुन् | हाम्रा पूर्खाहरूको त्याग, तपस्या तथा दूरदृष्टिका जीवित प्रतिमान हुन् | मन्दिरको अपमान गर्नु वा मन्दिरहरूको वेवास्ता गर्नु भनेको आफ्नो स्वाभिमान त्याग्नु वा तेसको महत्वलाई नबुझ्नु हो | जीर्ण भएका मन्दिर, वेवास्तामा परेका मन्दिर तथा अतिक्रमणमा परेका मन्दिरहरूले हाम्रो गीर्दो स्वाभिमान देखाउंछन् | मैले सम्पूर्ण योरोप घुम्दा कुनै पनि चर्च वेवास्तामा परेको देखिन, भेटिन |
काठमाडौँलाई मन्दिरहरूको सहर भनेर बुझिन्छ | हरेक मन्दिरले त्यो चाहे ठूलो होस् वा सानो, एउटा इतिहास, आस्था, विश्वास र संस्कृतिको प्रतिनिधित्व गरिरहेको हुन्छ | एउटा मठमन्दिर नष्ट हुनु भनेको एउटा सम्पूर्ण इतिहासको धरोहर नष्ट हुनु हो | अहिले मन्दिर तथा गुठीहरूको जग्गा कब्जा गरेर तेसको इतिहास नष्ट गर्ने व्यक्तिहरूको वर्चश्व छ | एस्ता व्यक्तिहरू आफ्नै धर्म, संस्कृति तथा धरोहरका शत्रु हुन् | दण्ड इतिहासले दिनेछ |
हाम्रो समाजमा मठमन्दिरलाई वेवास्ता गर्ने जमातहरू बढेको छ | एस्तो जमात आफुलाई "आधुनिक र प्रगतिशील" ठान्छ | यो एउटा आत्मघाति प्रबृत्ति हो | हरेक अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई कमसेकम हप्ताको एक दिन निकटतम मन्दिरमा लैजानु पर्छ, आराधनामा समावेश गर्नुपर्छ र दान दिने संस्कृति सिकाउँनु पर्छ | इसाई-मुस्लिमहरूबाट हामीले धर्मप्रतिको समर्पण सिक्नुपर्छ | आज मुस्लिम र इसाई समुदाय क्रमशः दोस्रो र पहिलो ठूलो धार्मिक समुदाय हो किनभने उनीहरूले मस्जिद र चर्चलाई कहिले पनि वेवास्ता गर्नेनन् |
हामी हिन्दूहरू मन्दिरहरूको संरक्षणका सवालमा निकै पछि परेका छौँ | हरेक सानोठूलो समुदायले एउटा मन्दिरको संरक्षण गर्ने जिम्मा लिनुपर्छ | आजभोली एस्तो प्रबृत्ति बढेको छ तर मन्दिरहरूको तुलनामा हाम्रा प्रयाशहरू निकै कम छन् | यदि हामीले मन्दिरहरूको संरक्षण गर्यौं भने मन्दिरहरूले हाम्रो धर्म, संस्कृति तथा इतिहासको गौरवलाई निरन्तरता दिने छन् | हाम्रो धार्मिकताले मन्दिरको र मन्दिरले हाम्रो धर्मसंस्कृतिको रक्षा गर्ने छन् |
धर्मको कोलममा हिन्दू लेख्दैमा हिन्दू धर्मको रक्षा हुँदैन | मन्दिरप्रतिको दायित्व हामीले पूर्ण गर्नुपर्छ | मन्दिरले आयोजना गर्ने कार्यक्रममा सक्रियता पूर्वक भाग लिनुपर्छ | आफुले कमाएको धन मध्ये केही प्रतिशत नियमित रूपमा दान दिनुपर्छ | महिनामा एक पटक मन्दिरमा स्वयंसेवक बनेर मन्दिरको संरक्षणमा टेवा दिनु पर्छ |
सबैभन्दा महत्वपूर्ण कुरा, आजभोली केही प्रगतिशील भनाउंदा र विदेशी धर्महरूले "मठमन्दिर, पण्डितपुरोहित, पूजाआजा"हरू सामन्तवादका प्रतिनिधि हुन्" भन्ने जस्तो नितान्त घृणित, विभेदकारी र आफैलाई नष्ट गर्ने "वैचारिक-जाल"हरू फैलाएर आफ्नै धर्म, संस्कृति तथा इतिहासप्रति हीनताबोध उत्पन्न गर्ने काम भइरहेको छ | एस्ता घृणावादी सोचको प्रतिवाद गर्नुपर्छ | मन्दिरहरू हाम्रो पहिचान हुन्, हाम्रा इतिहास हुन् | हाम्रो संस्कृतिको निरन्तरताका लागि अनिवार्य सोपान हुन् | यी घृणावादीको बैचारिक जालमा परेर आफ्नै धर्मका विरुद्ध बोल्नेहरूको बौद्धिक प्रतिवाद गरौँ |
अन्त्यमा, मन्दिरहरू, मठहरू, हरू, गुम्वाहरू, चैत्यहरू, हाम्रा जीवित धर्म, संस्कृति र इतिहास हुन् | हाम्रो स्वाभिमानी इतिहास यिनैसंग जोडिएको छ | मन्दिरको वेवास्ता गर्नु आत्मघात हो | मन्दिर र मन्दिर संस्कृतिसंग आफु र आफ्नो परिवारलाई जोडौं | सनातन धर्मको विनम्र तर स्वाभिमानी अनुयायी भएको प्रमाण बनौं | धन हुनेले धन, मन हुने ले मन र शारीरिक सेवा दिन सक्नेले स्वयंसेवा प्रदान गरौँ |
हामी गर्न सक्छौं |

Thursday, June 17, 2021

नेपालको मौलिक कला

 नेपालको मौलिक कला

नेपाली शिक्षाविद् तथा नीतिनिर्माताहरूले प्राचीनतम समयदेखि अध्ययन/अध्यापन गर्दै आएका यी विषयहरू वारे थाहा छ कि छैन ? यी प्राविधिक शिक्षाका विधाहरू आज पनि समाजमा प्रचलित छन् | विषयहरू थपिएका छन्, घट्ने सवाल नै छैन | अहिलेको नेपाली समाजमा स्वरोजगारको समस्या छ भने सिटिभीइटीआदि संस्थाहरूले वैदिक कालदेखि प्रचनमा रहेका निम्न विधाहरूसहित अन्य विधाहरूको शैक्षिक व्यबस्था गर्दा के हुन्छ ?
आफ्नै मौलिक तथा रैथाने प्रणालीको विस्तारमा ध्यान नदिने, नक्कल गर्न मात्रै तम्सिएर देश र समाजको विकास हुन्छ भन्नेहरू "झूटा" हुन् | सबै अरूका राम्रा हुँदैनन्, सबै थोक आफ्ना नराम्रा हुँदैनन् | असल कुराहरू विश्वबाट ग्रहण गर्नुपर्छ, आफ्ना असल कुराहरू विश्वभरि पुर्याउनु पर्छ |
आज राजनैतिक दलका नेताकार्यक्रता, शिक्षाविद्हरू र विकास कर्मीहरूको चासो कला अर्थात् (Vocational education) मा छ | मैले लामो समयदेखि अध्ययन गर्दा के पाएँ भने नेपालजस्तो देशका युवायुवतिहरूलाई स्वरोजगारमा केन्द्रीत गर्ने हो भने कामसूत्रले स्थापित गरेका ६४ प्रकारका कलाहरू (Vocational education) सबैभन्दा उपयुक्त ठहरिन्छन् | आज पनि नेपालमा केही वाहेक सबै ६४ प्रकारका कलाहरू सिकाउने जनशक्ति उपलब्ध छ |
शिक्षामन्त्रालयका कर्ताधर्ताहरूले भन्नुपर्छ तल दिएका ६४ कलाहरू मध्ये कुन काम नलाग्ने वा तुरुन्त रोजगार दिन नसक्ने छ ? ठूलाठूला कुरा गर्ने तर स्थानीय जनशक्ति, स्थानीय साधनस्रोत तथा ज्ञानको सर्वोत्तम उपयोग गरेर दक्ष जनशक्ति (विश्वभरी सजिलै विक्ने) तयार गर्नेतिर फिटिक्क माखो नमार्नेहरूका के भन्नु !! यी ६४ कलाहरू स्थानीय जनशक्ति, स्थानीय स्रोतसाधन र अत्यन्त न्यूनतम खर्चमा सिकाउँन सकिने विषय हुन् |
सरकार त सरकार नै भैहाल्यो ! प्राचीन गुरुकुलहरूमा उपरोक्त विषयहरूको छुट्टाछुट्टै पठनपाठनको व्यबस्था भएको हुँदानै यी विषयहरूको सिलेवस बनेको हो | आजका गुरुकुल तथा पाठशालाहरूले निम्न ६४ कलाहरू मध्ये स्थानीय आवश्यकता, जनशक्तिको उपलब्धि तथा स्थानीय स्रोतका आधारमा ५ देखि १० बटासम्म कार्यक्रमहरू संचालन गर्न सक्छन् | निजिस्तरका गुरुकुलहरूले पनि आफ्नो अनुकुलका Vocational education विषयहरूको पाठ्यक्रम बनाएर पढाउन सक्छन् |
यजुर्वेदको तेस्रो अध्यायको चौथो मन्त्रदेखि २२ मन्त्र सम्म र कामसूत्रको कामसूत्र १.३.१५ मा निम्न चौसठ्ठी प्रकारका (कला) अर्थात् (Vocational education) को प्रष्ट उल्लेख गरिएको छ :
१- गानविद्या, २- वाद्य - भांति-भांतिका बाद्यवादन, ३- नृत्य, ४- नाट्य, ५- चित्रकारी, ६- बुट्टा भर्नु , ७- विभिन्न सामाग्री प्रयोग गरेर उपहार बनाउनु
८- फूलका विभिन्न मालाआदि निर्माण गर्नु , ९- दांत, वस्त्र तथा अंगहरूमा रङ्ग लगाउनु ब्युटीपार्लर, १०- ढुंगाका विभिन्न वस्तु निर्माण गर्नु, ११. शय्या-रचना
१२- पानीलाई कलात्मक रूप दिनु १३- जादु इत्यादि देखाउनु,
१४- हार-माला आदि निर्माण गर्नु, १५- कपाललाई कलात्मक बनाउनु (नाउँको काम), १६- गहना र कपडा निर्माण गर्नु, १७- फूलले सजावट गर्ने काम , १८- कान सजाउनु , १९- सुगंध वस्तुएं-इत्र, तैल आदि निर्माण गर्नु
२०- इंद्रजाल-जादूगरी, २१- रूप फेर्नु, २२- हातले फुर्तिलोसंग काम गर्नु, २३- अनेकौं प्रकारका खाद्य समान बनाउनु )सेफ), २४- अनेकौं पेय पदार्थ निर्माण गर्नु , २५- सियोको काम जान्नु, २६- पुतली निर्माण र नाँच , २७- गाउँ खाने कथा जान्नु २८- काठ वा ढुंगाका मूर्ति कुद्नु , २९- कूटनीति, ३०- पढाउने कला (शिक्षक/विद्या), ३१- नाटक आख्यायिको रचना जान्नु, ३२- समस्यापूर्ति गर्न जान्नु, ३३- शस्त्रअस्त्र-निर्माण गर्नु, ३४- गलैचा, दारी आदि बुन्नु, ३५- काठको कारीगरी, ३६- घरको कारीगरी ३७- रत्नपरीक्षा परीक्षा ज्ञान, ३८- सुनचाँदीको काम (सुनार), ३९- हिरामोति चिन्ने कला, ४०- खानी सम्बन्धि ज्ञान, ४१- वृक्ष चिकित्सा, ४२-पशु चिकित्सा, ४३- पशुपक्षीको बोली जान्नु, ४४- उच्चाटनकी विधि, ४५- शरीरको सफाई विधि, ४६- मनोविज्ञानको ज्ञान, ४७- म्लेच्छित-कुतर्क-विकल्प, ४८- अनेकौं भाषाको ज्ञान, ४९- शकुन-अपशकुन जान्नु, ५०- मातृकायन्त्र निर्माण गर्नु, ५१- रत्नहरूको कटनी, ५२- सांकेतिक भाषाको ज्ञान, ५३- तत्कालै गीत रचना गर्ने कला , ५४- आविष्कार गर्ने कलाहरू, ५५- छल , ५६- शब्द ज्ञान, ५७- छन्दहरूको ज्ञान, ५८- लुकाउने कला, ५९- द्यू्त क्रीड़ा, ६०- आकर्षक देखिने कला, ६१- बालप्रिय खेल/विभिन्न खेलहरूको ज्ञान
६२- मन्त्रविद्या, ६३- युद्धमा विजय प्राप्त गर्ने कला, ६४- वेतालआदिलाई वस पार्ने विद्याको ज्ञान
उपरोक्त सबै विषयहरू स्वतन्त्र तथा मिश्रित सिलेवसको हैसियत राक्छन् | उदहारणका लागि आजभोली गायक/गायिका बन्ने रहर नभएको मान्छे हुँदैन | उदाहरणका लागि हरेक विद्यालयहरूले प्रथिमिकतहमा भए पनि सङ्गीत सिकाएकै हुन्छन् | प्राचीन र आधुनिक मिश्रितसंगीत सिक्नका लागि स्वतन्त्र Sangiit Vocational training school संचालन गर्न सकिन्छ |
रैथाने बाजाहरूको निर्माण तथा बजाउने सम्वन्धि ज्ञानहरू लोप हुँदैछन् | विदेशी सङ्गीतले रैथाने सङ्गीत र बाद्यवादनका साधनहरूको विनाश हुँदैछ | यदि हामीले "बाद्य" (मृदंग, मुचुन्गा, सहनाई, दमाहा, ट्याम्को, मुरली) आदिको निर्माण, सिकाईका लागि "बाद्य-वादन स्कूल" खोलेर इच्छुक समुदायलाई सिकाउने काम गर्न सकिन्छ | नेपालको गंदर्भजातिले यो काम परापूर्वकालदेखि नै गर्दै आएको छ | उनीहरूलाई नै निकाय खडा गरेर जिम्मेवारी दिने हो भने बाद्यवादनको संरक्षण मात्र होइन प्रवर्धन पनि हुन्छ, स्वरोजगारी बढ्छ |
फ्रान्स सुगन्धि (परफ्युमको) उत्पादनका लागि प्रसिद्ध छ भने इटाली सुन्दरी प्रतियोगिताका लागि | यजुर्वेदले यी दूवै विषयजरूलाई स्वतन्त्र सिकाईका विषयहरूका रूपमा स्थापित गरेको छ | फ्रान्सेलीहरूले आज पनि परम्परागत शीपको प्रयोग गरेर सुगन्धि उत्पादन गरिरहेका छन् भने इटालीको मिलानो सहर मोडेल उत्पादनको लागि प्रसिद्ध छ | यी दूवै कलाहरू तिनका रैथाने हुन् | हाम्रो संस्कृतिमा उपरोक्त दूवै शीप-विद्याहरू प्राचीनकालदेखि नै अभ्यास हुँदै आएका हुन् | उप्रान्त निजी तथा सरकारीतहहरूले स्वरोजगार विकासका लागि उपरोक्त सीप विद्यालयहरू संचालन गर्न मिल्छ |
हो, तत्कालीन ६४ कलाहरू मध्ये आजको आवश्यकताका लागि "खरा" नहुन सक्छन् तर संरक्षणकातहमा सिलेवस निर्माण गरेर सिकाउनु हरेक नेपालीको दायित्व हो | ६४ मा धेरै थप्न मिल्छ तर Vocational education को इतिहासमा वैदिक शिक्षा प्रणाली नै "Vocational education" को मातृभूमि हो भन्न मिल्छ र इतिहासमा लेख्न मिल्छ | Vocational education को इतिहासमा उप्रान्त हामीले स्वाधिकार ठान्नुपर्छ |
यहाँ सबैभन्दा महत्वपूर्ण कुरा के छ भने उपरोक्त ६४ कलाहरू सिक्ने, सिकाउने अधिकार महिला तथा पुरुषलाई समानतहमा छ | स्त्री र पुरुषका लागि विभेद गरिएको छैन | उपरोक्त कलाहरू मध्ये एउटा पनि कलामा दक्षता प्राप्त गरेको व्यक्तिले वेरोजगार रहने सम्भावना नै हुँदैन |
अव एता पो चिन्तन, कार्यान्वयन पो गर्ने हो कि ?

स्वर्ग जाने चिता

 स्वर्ग जाने चिता...

जिन्दगी चलिनैरहेको थियो | मान्छेहरू आ-आफ्नो काममा व्यस्त थिए | तेसै बीच केही नौला मान्छेहरू आएर भने "तिमी नर्कमा छौँ, हामीसंग यो ठाउँलाई स्वर्ग बनाउँने क्षमता छ |"
तेसपछि उनीहरूले घरघर गएर स्वर्गका सुखहरू बताउँन थाले | स्वर्गप्राप्तिका लागि एकजुट हुन आग्रह गरे |
स्वर्गमा पाइने सुखका कथा सुनेपछि मान्छेलाई जिउंदै जान मन लाग्छ | मान्छेहरू एकत्र भए | नौला मान्छेहरूले "ठाउँ" स्वर्ग बनाउदिने न भए स्वर्ग नै पठाउने ठेक्का लिए |
धेरै समय वित्यो त्यो ठाउँ स्वर्ग बन्न सकेन | पुरानो व्यबस्थामा बाँच्ने कला रहेन | मान्छेहरूले भने "खै तपाईंहरूले ल्याउने स्वर्ग ?"
नेताहरूले भने "हामीलाई यहाँ स्वर्ग ल्याउँन गार्हो भएको छ | तर तपाईंहरूलाई हामी स्वर्गको सुख भोग्न पठाउँछौँ | तपाईंहरू भोलिविहानै यहाँ आउनु हो |
त्यो ठाउँका सबै मान्छेहरू भोलिपल्ट आर्यघाटमा आए | सबै स्वर्गको सुख भोग्न, देख्न चाहन्थे | तेहा हजारौं चिताहरू सजाइएका थिए |
जनताले भने "हामीलाई स्वर्गका सुख चाहिएको हो | हामी मर्न चाहन्नौं | सुख हाम्रो लक्ष हो हामी आफ्ना सन्ततिहरूको सुख सुनिश्चित गर्न चाहन्छौं |"
नेताहरूले भने "पहिले स्वर्ग गएर तेहाको सुख तपाईंका लागि ठीक छ कि छैन ? बहुमतले निर्णय गर्नुस् | तपाइँहरू चितामा बस्नुस् | हामी "शक्ति प्रयोग" गरेर स्वर्ग पठाई दिन्छौं | स्वर्गमा गएर तेहाका सुखमा अल्मलिने धेरै हुन्छन् | तपाईंहरू "बहुमत" फर्कनु हुन्छ भन्ने विश्वास गर्छौं |"
सबै मान्छेहरू सुखको चाहनामा खुसिखुसी चितामा चढे | घाटमा सेनाका ब्याण्डहरू जोडजोड़ले बजिरहेका थिए | नेताहरू एकआपसमा खुसी साटासाट गर्दै थिए |
तेसै बखत नेपाल खाल्टोमा जर्मनीका स्वर्गीय कार्लमार्क्स, अमेरिकाका जर्ज वाशिंगटन र जन क्याल्भिन प्रकट भए, नेताहरूसंग मिसिए | अनि सबै मिलेर तरुणतपसीको यो श्लोक जोडजोडले गाउँन थाले - "मै खाउँ मैं लाउँ सुखसयल वा मोज म गरूँ, मैं बाँचु मैं नाचूँ अरू सब मरूँन् दुर्वलहरू "|
यसरी त्यो देश नेताहरूका लागि स्वर्ग र जनताहरूका लागि स्वर्ग जाने चिताका रूपमा चलिनै रहेको छ | न नेताले स्वर्ग ल्याउँने बाचा छोडेका छन्, न जनताले चितामा बसेर स्वर्गमा पुगिने विश्वास नै मारेका छन् |
कोरोनाका चिताहरू आर्यघाटमा जलिरहंदा लोकतान्त्रिक गणतन्त्रका लेखकहरू हाँस्दै रहेका छन् | जनता स्वर्ग जाँदैछन् | नेताहरू स्वर्ग भोग्दैछन् | कठै ! हाम्रो भाग्य !!

गुरुकुलको यो पाठ्यक्रम (Syllabus)

गुरुकुलको यो पाठ्यक्रम (Syllabus)
प्राचीन गुरुकुलको पाठ्यक्रममा अणिमा अर्थात् परमाणु सरह सानो हुने, महिमा अर्थात् अत्यन्त ठूलो हुने, गरिमा अर्थात् धेरै गह्रुङ्गो हुने, लघिमा अर्थात् हलुङ्गो हुने, प्राप्ति अर्थात् मनले चिताएको कुरा प्राप्त गर्ने, प्रकाम्य अर्थात् अर्काको मनको कुरा बुझ्ने, ईशत्व अर्थात् सर्वज्ञता प्राप्त गर्ने र वसित्व अर्थात् निर्जीव र सजीव दूवैलाई आफ्नो वसमा पारेर काम लिने विद्याहरूको पनि अभ्यास गराइन्थ्यो कि ?

तन्त्र, मन्त्र यन्त्र तिनैबटा साधनहरू र योगसाधनाले उप्रोत्ज अष्टसिद्धिहरू प्राप्त हुन्छन् भनेका छन् भने उपरोक्त आठैबटा सिद्धिहरूको प्रयोग गरेका महपुरुषहरूको उदाहरणहरू पनि छन् | महत्वपूर्ण तत्थ्य के हो भने हरेक सिद्धि प्राप्तिका लागि के-कस्तो साधना गर्नुपर्छ भन्ने साधनका व्याबहारिक पक्षहरू पनि शास्त्रहरूमा प्रसस्त साक्षहरू प्राप्त छन् |

विज्ञानका विषयहरू पनि प्रयोगमा नआउँदासम्म अविश्वसनीय नै हुन्छन् | आज भन्दा ५० वर्ष अगाडीसम्म इन्टरनेट, मोबाइल फोन, रङ्गीन टेलिभिजन, आज भन्दा ४० वर्ष अगाडीसम्म लेपटप कम्प्युटर, डिजिटल घडी, मङ्गल ग्रहको यात्रा सबै अविश्वासनीय नै थिए | प्राचीन वैदिक सभ्यतामा सभवत: प्रयोग भएका तर अहिले कालगतिका कारण शास्त्रीय चर्चामा रहेका अष्ट-सिद्धिका विषयहरूलाई "मानवीय कल्पना" मात्र भन्नु विज्ञानको नियमलाई अस्वीकार गर्नु हो | वरू, शास्त्रीय रूपमा उपलब्ध प्रमाणहरूका आधारमा पुनर्स्थापित गर्ने आवश्यकता ठान्छु |

आजको वैदिक समाजले र समाजका अगुवा गुरूहरूबाट साधनाको लिंक टुटेको छ भने अर्कोतिर योग्य तथा जिज्ञासु विद्यार्थीहरूको अभाव देखिन्छ | आधुनिकताको प्रवाहले प्राचीन साधना र साधकहरूको निरन्तरता भंग भएको हो भनेर मैले प्रमाणित त गर्न सक्दिन तर योग्य शिक्षकहरू जिज्ञासु तथा योग्य विद्यार्थीहरूको मिलन नभएर साधना विपत्तिमा परेको छ कि सोच्नु पर्ने बुझिन्छ |

हनुमानले सुरसाको मुखमा पस्दा सानो रूप लिएको (अणिमा) , दुर्योधनले श्रीकृष्णलाई वन्दी बनाउँन खोज्दा विश्वरूप देखाएको(महिमा) , रावणको छोरोले अंगदको गोडा उचाल्न खोज्दा (गरिमा), सत्यभामाले जोख्न खोज्दा श्रीकृष्णले आफ्नो वजन तुलसीको पात भन्दा हलुङ्गो बनाएका (लघिमा), तपस्या गरेर ऋषि-मुनि, राजाहरूले चाहेको वरदान प्राप्त गरेको (प्राप्ति) महर्षि वशिष्ठले मनको कुरा बुझ्ने शक्ति प्राप्त गरेको (प्रकाम्य) रावणआदिले शक्ति प्राप्त गरेर विश्वको प्रभु बनेको (ईशत्व) र मोहनी रूपधारण गरेका विष्णुले देवदानव तथा मानवलाई मोहित पारेका (वसित्व) उदाहरण नै छन् |

यो विश्वका वस्तुहरू किन अणुरूप छन् कि विशाल | ती अत्यन्त गह्रौं छन् कि एजदमै हलुका | प्रज्ञाशील व्यक्तिहरूले सधैं के यी सबै सिद्धि र प्रयोगकर्ताहरू निरापद थिए त ? खोज्ने, पुनस्थापित गर्ने र पहिल्याउने काम हाम्रै जिम्मेवारीमा परेको छ | 

आत्मदीपो भव:

 आत्मदीपो भव:

आफ्नो ज्ञानको स्रोत आँफै बन, आफ्ना कर्मको दायित्व स्वीकार गर, आफुलाई चिन, आफ्नो बाटो आफै बनाऊ - उपनिषद्को यो अभिप्रेरणालाई बुद्धले "अप्पदीपो भव:" पुन: आत्मालाई चिन्न प्रेरित गरेका थिए |
हामी सबै स्वप्रकाश बनौं | आफ्नो स्वाभिमानको रक्षा गरौँ तर अभिमानलाई त्यागौं | आँफै स्वावलम्बी बनेपछि अरूलाई प्रेरित गर्न सजिलो हुन्छ | एउटा दीयोले लाखौंलाख दीयोहरू बाल्न मिल्छ |
तीनबटा बाटो छन् - ज्ञान, भक्ति र कर्म | तिनैबटा मार्गहरू महत्वपूर्ण छन् | मैले अनुभव गर्छु, ज्ञानपूर्वक गरिने कर्म ज्ञानयोग हुन् | समर्पणपूर्वक गरिने कर्महरू भक्ति योग हुन् | निष्कामभावले गरिने कर्महरू शुद्ध कर्मयोग हुन् | आज विवेकयुक्त र समर्पित भावले कर्म गर्ने कर्मयोगीहरूको खाँचो छ | कर्मयोगी बनौं | कर्मयोगीहरू बनेर सबैलाई जगाऔं |
दुख तथा सुख जीवनका दूईबटा पाटा हुन् | सुखमा मातिनु हुँदैन | दुखमा आत्तिनु हुँदैन | सुख र दुख दुवैको अवसान निश्चित छ | जीवनसंग सुखदुख स्वत: प्राप्त हुन्छन् | शारीरिक सुखका लागि मात्र कर्म गर्नु स्वार्थ हो | आफुलाई स्वास्थ्य राख्दै अरुको कल्याणका लागि कर्म गर्नु कर्मयोग हो | यो तत्थ्य बुझ्ने र मनन गर्नेहरू स्वप्रकाश हुन्छन् |
विवेकी र दैवी व्यक्तिहरू आत्मकल्याण र अन्यको कल्याणको लागि कर्म गर्छन् | स्वार्थीहरू धर्मको आवरणमा आफ्नो अहङ्कार सिद्ध गर्छन् | आफ्नो "जयजयकार" गर्ने झुण्डहरू खडा गर्छन् | ज्ञान, भक्ति र कर्मयोगको आवरणभित्र स्वार्थ साँध्नेहरू नर्कमा जान्छन् | तिनका अनुयायीहरू पनि नर्कमा पर्छन् | तर विचलित हुनुपर्दैन, आत्मदीपहरूको स्वप्रकाशले छलहरू चिन्छ | हामी आत्मदीप ऋषिका सन्तान हौँ | हामी निर्भय भएर सत्कर्मको पथमा अगाडी बढौं |
अहिले हाम्रो देश, संस्कृति, धर्म, असल-संस्कारहरू सङ्कटमा छन् | सङ्कटबाट उठाउँने जिम्मवारी बोध गरौँ | जातीय, वर्गीय, भौगोलिक तथा छुवाछुतजस्ता बिकृतिहरूलाई दृढताका साथ अस्वीकार गरौँ |
"म"लाई हामीमा रुपान्तरित गरौँ | आफै जागृत भएर अरूलाई जगाऔं | कुनै पनि परिवर्तन तुरुन्त हुँदैन, धैर्यपूर्वक कर्म गरौँ | सेवाभावले कर्म गर्नुनै निष्काम कर्मको अभ्यास हो | कर्मयोगको अभ्यास हो र कर्मयोगी बन्नेतिरको कदम हो | कर्मयोगी बनौं |
कर्मयोगको बाटो सजिलो छैन | आँफु जाग्नु सजिलो छैन | आफ्नो दीयो आँफै बन्नु सहज छैन | धेरै अवरोधहरू आउने छन् | धेरै शत्रुहरू भेटिने छन् | अनेकौं प्रलोभनहरूले बाटो रोक्ने छन् | केही योगीका रूपमा, केही भोगिका रूपमा, केही गुरूको रूपमा, केही सहयोगीका रूपमा अवरोध बन्ने छन् | तर आत्माभित्र स्वप्रकाश भएको दीयोले सबै असल-कमसल, सहयोगी-असहयोगी, स्वार्थी-निस्वार्थीको छिनोफानो गर्ने छ |
जवजव मैले आत्मदीप बन्ने अभ्यास गर्छु, मलाई विश्वसंग एकात्माको अनुभव गर्छु | मभित्र शुद्ध उर्जा भरिन्छ | विश्वको कुनै पनि मान्छे शत्रु लाग्दैन | म काल, रोग, शोक, चिन्ता तथा गहिरो पीडाहरूबाट निर्भय भएको अनुभव गर्छु | मान्छे मात्र होइन पशुहरू पनि मसंग प्रेम गर्न थाल्छन् | प्रकृति समेत मेरो सहयोगी बन्छ | किनभने आत्पदीपको अभ्यास गर्नु भनेको अहङ्कार र छलप्रपंच तथा अभिमानबाट मुक्तभै सत्यको पथ समात्नु हो |
कुनै व्यक्ति विशेषलाई खुसी पार्न कर्म नगरौं | कसैको कृपा प्राप्त गरेर लाभान्वित बन्न कर्म नगरौं | आँफु र अरूलाई कष्ट, दु:ख दिन कर्म नगरौं | खराव मान्छेहरूलाई सहयोग पुग्ने कर्म नगरौं | हाम्रा हरेक कर्महरू अर्काको लागि दियो बनुन् | हाम्रो हरेक कर्म सेवामा रुपान्तरित हो |
मेरो मनमा घृणा छैन तर स्वाभिमान छ | स्वाभिमान नै आत्मदीपको लक्षण हो | ऋषिकुल र देवदेश नेपालको उत्तराधिकारी भएकोमा आनन्द लाग्छ | विश्वका हरेक प्राणिमा म मेरै प्रतिविम्व देख्छु किनभने हरेक व्यक्तिभित्र त्यही दियो छ जुन मभित्र निरन्तर प्रज्वलित भएर मलाई जीवन्त बनाइरहेको छ | मलाई सत्कर्ममा अभिप्रेरित गरिरहेको छ |
मैले अनुभव गरेको छु, जव हामी स्वप्रकाश बन्छौं, संसारका अध्याराहरू स्वत: हटेर जान्छन् | चुम्वकले फलाम तानिएझैं असल व्यक्तिहरूको सङ्गत बढ्छ | असल मनका मान्छेहरू जोडिन्छन् | कमसल मनका मान्छेहरू अलिअलि गरेर वाहिरिन्छन् | असल र कमसलहरू आँफै छुट्टिन्छन् | अर्को कुरा, आत्मदीपको अगाडी, पछाडी, माथि-तल जता परे पनि असलहरू तुरुन्त प्रकाशित हुन्छन् |
आज हाम्रो देश, समाज र सनातनधर्मको लागि कर्मयोगीहरूको प्रतीक्षा छ | आँफुले सेवापूर्वक कर्म गरौँ | हाम्रो सुकर्म अर्काको लागि प्रेरणा बन्ने छ | कर्म प्रेरणा बनेपछि आयु, यश, विद्या र बल प्राप्ति हुनेछ | सामूहिक कल्याणको चेतनाले गरिएका हरेक कर्म अमृत हुन् | हामी अमृतका वाहक बनौं |

गर्भवान् पुरुष..


गर्भवान् पुरुष र सिजेरियन विधिको वैदिक विज्ञान
अमेरिकाको होनोलुलु नामक सहरमा सन् १९७४ मा जन्मिएका थोमस बेटी नामक पुरुषले आफ्नै कोखबाट सन् २००७ सम्ममा चारबटा सन्तान जन्माए | अहिलेको समयमा पुरुष गर्भवान् भएर बच्चा जन्माएको यो पहिलो उदाहरण हो | तेसपछि भने धेरै पुरुषहरूले बच्चा जन्माएका छन् |
आधुनिक चिकित्सा विज्ञानले पुरुषहरूको पेटमा गर्भासय निर्माण गरेर महिलाको डिम्ब र पुरुषको शुक्र यन्त्रमा निषेचित गराई प्राकृतिक विधिबाट नै बच्चा कोरालिंछ | धेरैले पुरुषले बच्चा जन्माउँनुलाई अप्राकृतिक भनेर आलोचना गरेका छन् भने अन्य केहीले यस विधिको प्रसंशा गरेका छन् |
सूर्यवंशी राजा युवानश्वका कुनै सन्तान थिएनन् | उनले आफ्ना कुलागुरु भृगु ऋषिसंग सन्तानका लागि प्रार्थना गरे | ऋषि भृगुले यज्ञमा जल अभिमन्त्रित गरेर युवानश्वकी रानीका लागि सुरक्षित गरे | लामोसमयसम्म यज्ञका खटेका राजाको अचानक रात्रीमा निन्द्रा खुल्यो | प्यास मेताउँन राजाले तेही अभिमन्त्रित पानी पिए |
अभिमन्त्रित जलका कारण राजा गर्भवान् बन्न पुगे | नौमहिना पछि राजा युवानश्वको पेट चीरेर एउटा बालक निकालियो | स्तनपानको अभावमा इन्द्रले आफ्नो कान्छी औला चुसाए | इन्द्रको औला पान गरेको कारण बालकको नाम "मान्धाता" राखियो |
यो प्रसंग ऋग्वेदमा समेत उल्लेख छ तर अलिफरक रूपमा | अथर्ववेदमा सन्तान प्राप्तिका लागि अनेकौं विधिहरूको उल्लेख गरिएको छ |
यो प्रसंग भागवतको नवौं स्कन्ध, महाभारत, अग्निपुराण, पद्मपुराण र अन्य थुप्रै पुस्तकहरूमा इतिहासका रूपमा दर्ता छ | यस प्रसंगमा तीनबटा तत्थ्यहरू उजागर हुन्छन् -
१. प्राचीनकालमा पुरुषहरूले बच्चा जन्माउँन सक्ने उन्नत प्रविधि विद्यमान थियो | युवानश्वले अभिमन्त्रित विधिले गर्भधारण गरेका थिए (भागवत ९/६/२५-३१)
३.वाल्मीकि रामायणमा श्रीरामआदिको जन्म पनि अभिन्त्रण विधिबाट नै भएको थियो तर यहाँ पुरुषले होइन मात्रिशक्तिबाट नै बालकहरू जन्मेका थिए, सम्भवत: यो ट्युब-विधि थियो |
२. आधुनिक समयमा सिजेरियन विधिले बच्चा वाहिर निकालेझैं प्राचीन समयमा पनि सिजेरियन विधि थियो | (कुक्षी निर्भिद्य दक्षिणम् - दाहिनेतिरको पेट काटेर बालक वाहिर ((निकालियो भागवत ९/६/३०)
३. विशेष अवस्थामा पुरुषहरूले जमाएका अप्राकृतिक बालबालिकालाई १३ दिनमैं किशोर-किशोरी अवस्थामा विकसित गर्ने औषधि उपलब्ध थियो |
आजको मेडिकल विज्ञानले भनेझैं पुरुषहरूले बच्चा जन्माएका थोमस बेटी पहिलो व्यक्ति होइनन् | दोस्रो, सिजेरियन विधिको पहिलो प्रयोग पनि युवानश्वको गर्भबाट मान्धतालाई निकाल्न प्रयोग गरिएको थियो | यसरी पुरुषले बच्चा जन्माएको र सिजेरियन विधिले बच्चा निकाल्ने प्रयोग वैदिक ऋषि बैज्ञानिकहरूको अन्वेषण हो |
आज यसरी अप्राकृतिक तवरले जन्मेका बालबालिकालाई १३ दिनमै किशोर-किशोरी बनाउने प्रविधि नष्ट भैसकेको छ | अश्विनी कुमारहरूले बूढा च्यवन ऋषिलाई नवयुवक बनाएका थिए भने अर्कोतिर इन्द्रले शिशुलाई जन्मेको पन्ध्र दिनमा किशोरमा रुपान्तरण गरेका थिए |
पुराणमा उल्लेखित यी कथाहरू कल्पना नै भए पनि आयुर्वेदको इतिहास हुन् | पुरुष गर्भधारण, शल्यविज्ञानको इतिहासमा आधुनिक मेडिकल साइन्सले उपरोक्त मान्धाताको जन्मलाई आफ्नो जेनेसिस मान्नु पर्छ | कसेकम भारतवर्षका मेडिकलका विद्यार्थी, विज्ञ तथा अनुसन्धाताले उपरोक्त प्रसंगलाई साहित्य-समीक्षाको पहिलो सोपानमा राख्नुपर्छ तर आधुनिक मेडिकल विज्ञानसंग प्रतियोगिता गर्न आवश्यक छैन |
विज्ञानका विद्यार्थीहरूले प्राचीन विज्ञानको (कथा नै भए पनि तेसै वन्दैन) यो प्रगति कुन् कालखण्डमा किन र कसरी थामिन पुग्यो खोज गर्नुपर्छ | हामीले आफ्नो इतिहास जरोकिलोको विषयमा अनुसन्धान नगरे कसले गरिदिन्छ ? अगाडी बढौं र प्राचीन वैदिक विज्ञानसंग आधुनिक विज्ञानको लिंक (सूत्र)को खोज गरौँ |

Wednesday, June 16, 2021

अमृतं गमय : प्रदुषण उन्मुक्त नेपाल

 अमृतं गमय : प्रदुषण उन्मुक्त नेपाल

नेपालमा एस्तो एउटा बर्ग विकसित भइरहेको छ जसले हिन्दू धर्म, संस्कार तथा संस्कृतिको संरक्षण एवं सम्वर्धनको कुरा गर्ने जोसुकैलाई नीचताको दृष्टिकोणले हेर्छ | उसको नजरमा हिन्दुत्वको कुरा गर्नु भनेको ट्वीन टावरमा आक्रमण गर्ने अतिवादीलाई संरक्षण गर्नु हो |
दोस्रो वर्ग साम्यवादीहरूको हो जुन असलमा साम्यवादी नै होइनन् | कार्लमार्क्सले उठाएका समानता, गरिवीनिवारण, पूँजीपतिप्रति घृणा र समुन्नत समाजको सपनासंग सहमत छन् | उनीहरू हिन्दू हुन् तर "साम्यवादीले धर्म मान्दैनन्" भन्ने सिद्धान्तको कुरामा अल्झिएका छन् | नेताको कुरा काट्न सक्दैनन् |
तेस्रो वर्गले चर्को स्वरमा हिन्दुत्व धर्मको रक्षाको कुरा गर्छ र हिन्दुत्वसंग भोटको "ब्लेक मेलिंग" गर्छ | उसको लागि हिन्दुत्व एउटा आकर्षक नारा हो जुन नारामा मान्छेहरू सजिलै अल्झिन सक्छन् |
पहिलो वर्गमा चरम जातिवादीहरू र धार्मिक अतिवादीहरूको (racist) वर्चस्व छ | यो वर्ग दम्भ, घृणा र अहंकारले भरिएको छ | आफुलाई सबैभन्दा बुद्धिमान, विज्ञ र अरूलाई तुच्छ ठान्छ | यसको प्रत्यक्ष सम्वन्ध युरोपेली अहम्वाद, इसाई-मुस्लिमको एकल धर्म-संस्कृतिवाद र फुटाउ र राज्यगरवादसंग जोडिएको छ | यसको मूलमन्त्र "चर्चामा रहनु, समाजलाई विभाजित गर्नु र पैसा" कमाउनु हो |
दोस्रोवर्गले ती नेपालीहरूको प्रतिनिधित्व गर्छ जुन गरिवी, अशिक्षा तथा शोषणबाट मुक्ति चाहन्छन् | युरोपेली आवश्यकतालाई सम्वोधन गर्न कार्लमार्क्सले विकसित गरेको यो सिद्धान्त नेपालको सामाजिक, सांस्कृतिक तथा संस्कारअनुकुल छैन | त्यैपनि नेताहरूले भोट वैंकका लागि "समानताका नाममा जनतासंग भावनात्मक ब्लेक-मेलिंगका लागि" प्रयोग गरिरहेका छन् | जनताहरू भ्रमित भैरहेका छन् |
तेस्रोवर्ग हिन्दुहरूको नाममा राजनीतिमात्र गर्छ | यो वर्ग सधैं सत्ताको निकटमा रहेर आफ्नो दुनो सोझोपार्छ | यसले हिन्दुत्वको चर्को नारा लगाए पनि हिन्दूहरूको लागि ब्यबहारिक परिवर्तनका काममा कत्ति रुचि राख्दैन | एउटा गीताको पुस्तक प्रकाशित गर्दैन, गुरुकुलको लागि पहल गर्दैन, प्राचीन हिन्दू सम्पदाहरूको संरक्षणका लागि एक सुकोको काम गर्दैन |
अव चौथो वर्गको कुरा गरौँ | यो उपरोक्त तीनैबटाको द्वेधचरित्रबाट आजित भएको वर्ग हो | यो अत्यन्त नेगेटिभ छ | यो वर्गमा उपरोक्त तीनैबटा वर्गबाट निकालिएका, पद र सम्मानको अवसर नपाएका र वर्तमान राजनैतिक व्यवस्थाप्रति विश्वास गुमाएकाहरूको वर्चस्व छ | यिनले अरूको आलोचना गरेर आत्मरति प्राप्त गर्छन् |
अहिलेको नेपालका लागि सबैभन्दा ठूलो चुनौती पहिलो वर्ग हो | नेपालको धर्म, संस्कृति तथा समावेशी संस्कृतिलाई ध्वस्त पारेर युरोपेली जातिवाद, अहम्वाद तथा घृणावादलाई सधैं जीवित राखेर चलखेल गर्न चाहन्छ | यसले आफ्नो वर्चस्व राख्न नेपालको सबैभन्दा ठूलो जनसंख्यालाई प्रतिनिधित्व गर्ने "हिन्दूहरू विरुद्ध घृणा" फैलाउन आर्थिकस्तर मैं सहयोग गर्छ |
यो वर्गले धर्मपरिवर्तनको वकालत गर्छ | धर्मपरिवर्तनका लागि आर्थिक, राजनैतिक तथा कूटनैतिक कुटिलताको खुलेआम प्रयोग गर्छ | वाहिर समतामूलक सामाजिकीकरण, मानवअधिकार, रोजगारआदिको आकर्षक नारा हुन्छ तर भित्र सामाजिक, सांस्कृतिक तथा परमपरागत सहयोगीपनको चरित्रलाई ध्वस्त नियत हुन्छ | समय-समयमा राजनायिकस्तरमै यी कुराहरू उजागर भएका छन् |
यो वर्ग अर्थपिपासु र विदेशीहरूको भलो साध्ने भएकोले सधैं स्रोत तथा साधन सम्पन्न हुन्छ | राजनैतिक नेतृत्व, ब्युरोक्रेसी तथा जनसाधारण समेतलाई सजिलै प्रलोभनमा पार्न सक्छन् | यिनको मूल उदेश्य नै समाजमा आफ्ना एजेन्डाहरू स्थापित गराएर सामाजिक मतान्तर क्रियेट गर्नुहुन्छ | आफ्नो एजेन्डा स्थापित भएन भने विध्वंसात्मक गतिविधि यिनको विकल्प हुन्छ | वर्तमान नेपाल यिनका कू-कृत्यहरूको जिम्दो उदाहरण हो |
सन् १९५० पछिका अनुभवहरूले उपरोक्त चारैवर्ग नेपालका लागि अभिशाप हुन् भन्ने कुरा प्रमाणित भैसकेको छ | यसका लागि राजनैतिक नेतृत्व नै दोषी हो तर उ अमुक व्यक्ति नै हो भन्न मिल्दैन | सबै राजनैतिक नेतृत्वले असल नियतले नै काम गरेका छन् तर राजनैतिक बैचारिक स्रोत नै फोहोर तथा आयातित भएपछि परिवर्तन असम्भव भएको हो |
जसरी मुहान सफा नगरिकन स्वस्थ्यकर पानी प्राप्त हुँदैन त्यसरी नै नेपाली राजनैतिक स्रोत नै परिवर्तन नगरी नेपालमा तात्विक परिवर्तन सम्भव छैन | अझै भन्नुपर्दा, चेरोनेविलमा फैलिएको आणविक विकिरणलेझैं नेपाली राजनीतिको मूहान नै प्रदूषित भएको छ | हाम्रो काँधमा प्रदूषित मुहाननै फेर्ने दायित्व आएको छ |
प्रदूषित मुहान फेर्न सजिलो छैन | विगत ७० वर्षदेखि प्रदूषित मुहानबाट प्रवाहित भएको राजनैतिक प्रदूषणले सर्वसाधारण जनताको चिन्तन, सोच तथा ब्यबहारलाई समेत प्रदूषित पारेको छ | यो प्रदुषणले सर्वसाधारण समेत भ्रमित भएका छन् | यो भ्रमको बलियो उदाहरण हो - आफुलाई साम्यवादी पनि भन्ने र विद्यालय वा मन्दिर निर्माण गर्न भागवतको कथा लाउने, दैनिक जीवनमा सबै प्रकारका हिन्दू संस्कारहरूको पालना गर्ने तर राजनैतिक स्तरमा स्वधर्म, संस्कृति तथा आफ्नो जरोकिलो संरक्षणको कुरा गर्न नरुचाउनु |
अव हामीले बुझ्नुपर्छ : उनीहरू वैचारिक प्रदुषण फैलाएर हाम्रो जरोकिलो काट्दैछन्, हामीमा आफ्नै धर्म, संस्कृति तथा विज्ञानप्रति घृणा गर्ने नकारात्मक दृष्टिकोणको विकास गरिरहेका छन् | परिणाम स्पस्ट छ : हामी आफ्नै हातले आफ्नो जरोकिलो काट्न हौसिन्छौँ | त्यसो गर्दा आफुलाई "आधुनिक"भएको ठान्छौं | अव यो भ्रमबाट वॉरिनुपर्छ |
नेपाल हाम्रो हो र हामी नेपाली हौँ - यो तत्थ्य चिन्न जुन दिन विदेशीहरूले लेखिदिएको इतिहासलाई अस्वीकार गर्नेछौँ, त्यो दिन हाम्रो पहिलो जागरण हुनेछ | त्यस दिन हामीले आफ्नो इतिहास आफै लेख्ने बाटो खोल्ने छौँ | वैदिक ऋषिमुनिहरूको तपोभूमि नेपाल, बोन ऋषिहरूको नेपाल, बौद्ध-भिक्षुहरूको नेपाल र हजारौंवर्षदेखि अनेकताका वीच एकताको ब्यबहारिक कार्यथलोका रूपमा नेपालको परिभाषा आफै लेख्ने छौँ |
वेदहरू हाम्रा चिन्तनका स्रोत हुन्, राज्यराष्ट्र हाम्रो परिवर्तन हो, सहृदयता हाम्रो विश्वास हो, विज्ञान ब्यबहार हो र हाम्रा रैथाने भाषा, संस्कृति, चालचलनहरू हाम्रा परिचय हुन् | हाम्रो यो प्राकृतिक परिचयलाई उनीहरूले परिभाषित गरेर प्रदूषित गरिदिएका छन् | आफ्नै मौलिक तथा रैथाने परिभाषामा उभिएर मात्र नेपाल समुन्नत बन्छ भन्ने विषयमा विवाद छैन |
अन्त्यमा, अव हामी उनीहरूले लेखिदिएको परिभाषा मान्नेवाला छैनौं | हाम्रो यात्रा मुहान सफा गर्ने होइन, मुहान परिवर्तन गर्ने हो | समयले सबै नेपालीहरूलाई यो बाटोमा लैजाने छ | यसै बाटोले नेपाललाई सधैंको लागि प्रदुषण रहित बनाउने छ | यसैबाटोले हामी नेपालीलाई अमृत बनाउने छ -मृत्योर्माऽमृतं गमय: |

Wednesday, April 28, 2021

अलिअलि मनको कुरा

अलिअलि मनको कुरा
अलिअलि झिझो लाग्नु, अलिअलि रीस, मनमा डर, थोरै चिन्ता र असुरक्षाको भावना कोभिडले थोरैथोरै हामी सबैमा निम्त्याएको छ | अलिअलि निन्द्रामा पनि समस्या परेको हुनसक्छ - कि धेरै सुत्ने कि थोरै सुत्ने |
डेढवर्ष सम्म हामीले कोभिडलाई डटेर सहेका छौँ | तर सबैको मन एकै नासको हुँदैन | कसैको कमलो हुन्छ, कसैको दह्रो हुन्छ | कसैकसैको मन स-सानो घटनाले धेरै पिरोलिंछ | कोभिड त ठूलै मानवीय समस्या हो | कोभिडले मान्छेको आर्थिक, सामाजिक, सांस्कृतिक तथा रहनसहनमा निकै प्रभाव परेको छ |
Dr. Govinda
पहिले नलाग्ने तर अहिले यदि "धेरै झिझो लाग्ने गरेको छु, निकै सूर्ता लाग्छ, निकै डर लागि रहन्छ, मन ज्यादै अशान्त रहन्छ, स-सानो कुरामा अतिधेरै रीस उठ्छ, दैनिक व्यबहार पनि अचम्मले बदलिएको छ र पछि आफ्नो व्यबहारप्रति निकै पश्चाताप हुन्छ भने कोबिडले हाम्रो मानसिक स्वास्थ्यमा असर पार्न थालेको भनेर बुझ्नु राम्रो हुन्छ |

शरीरका घाउँ देखिन्छन्, मनका घाउँ देखिन्नन् | मनका घाउँहरू निकै गहिरा हुन्छन् | जव मनका घाउँहरू गहिरा हुँदै जान्छन् | मन अत्तालिन्छ, पिरोलिंछ, डराउँछ, अशान्त हुन्छ, रिसाउँछ, रुन्छ, वेवास्ता गर्ने खालको हुन्छ, निराश हुन्छ, अन्त्यमा "आत्महत्या गरेर संसारबाट विदा हो" सम्म भन्छ | मन विरामी भएको कुरा मनले नै थाहा पाउनुपर्छ |

हामी हरेकसंग एउटा मन छ | त्यो मननै हाम्रो आफ्नो हो | एकमात्र मनलाई धेरै पिरल्नु हुँदैन | मन पिरलियो भने सबैतिर विग्रन्छ | समय मै पिरलिएको मनलाई सहयोग गर्नुपर्छ | सहयोग प्राप्त गरे मन खुसी हुन्छ | मन खुसी भए मनवाला सुखी हुन्छ | तेसैले यदि आफ्नो "मन विग्रिएको" जस्तो लाग्छ छ भने निर्धक्कसंग परामर्श गरौँ | मनलाई पनि सहयोग चाहिन्छ भन्ने स्वीकार गरौँ |

मन स्वास्थ्य हुँदा शरीर स्वास्थ्य हुन्छ | संसार रमाइलो लाग्छ | आफन्त रिसाए पनि रीसमा सुन्दरता र प्रेमको झल्को लाग्छ | छोराछोरीको बोलीमा प्रेम प्रकट हुन्छ | श्रीमतीका सिकायतहरू पनि सहज हुन्छन् | हरेक काममा आत्मविश्वास झल्किन्छ | ठूलासाना निर्णयहरू सजिलैसँग गरिन्छ | समयमा सुतिन्छ, समयमा उठिन्छ | मज्जाले भोजन मिठो हुन्छ | साथीहरूसंग जिस्किन, घुम्न सबै रमाइलो लाग्छ | मन विग्रेको छ भने यही कुराले पीडा दिन्छन् |

विश्वमा जे-जति मान्छे भए पनि मेरो मन "मेरो मात्र हो" | मैले मेरो मनको हेरविचार गर्नै पर्छ | मैले मेरो मन हेरविचार गरिन भने कसैले गर्दैन | मनमा धेरै विचार आउँछन्, ती विचारले असजिलो पार्छन् भने आफैलाई असजिलो हुन्छ | कोभिडले मन विग्रनसक्छ, हेरविचार गरौँ |

मन दुख्ने, मन पिरोलिने, मन पोल्ने, मन डराउँने, मन आत्तिने, मन फाट्छ, मन पात्तिने, मन छियाछिया हुने, मन रूँने, मन खुम्चिने, मन नपर्ने, मन नमान्ने, मन च्याँठिने, मन चीसो हुने, मन मात्तिने, मन झुम्म हुने, मन गुम्म्म हुने, मन तर्सिने, मन उदास हुने, मन नलाग्ने, मन तर्सिने - जस्ता अनेकौं कुराहरूले मन विरामी भएको तत्थ्यको सूचना दिन्छन् | यदि कसैको मनले ३५ दिन भन्दा बढी यी समस्याहरूसंग लडिरहेको छ, भने अव यसले विश्राम पाउनुपर्छ |

हाम्रो मन रमाउँनु पर्छ, गद्गद् हुनुपर्छ, मनकारी हुनुपर्छ, माया गर्ने हुनुपर्छ, बलियो हुनुपर्छ, मन लाग्नु पर्छ, मन हर्षित हुनुपर्छ, मन पर्नु पर्छ, सहज र सरल हुनुपर्छ | मन बलियो हुनुपर्छ तर अनावश्यक बलियो पनि हुनुहुँदैन | शरीरलाई बलियो बनाउँन हामीले कसरत गर्छौं तर मनलाई बलियो र स्वास्थ्य बनाउँन हामीले केही गर्दैनौ | साच्चिकै भन्ने हो भने जान्दैनौं | अव मन बलियो, स्वास्थ्य पार्ने तरिका जान्नु पर्छ |

विहानै उठेर विहानी हावामा उभिंदा मन खुसी हुन्छ | करेसावारीमा फुल रोप्दा, पानीले सिचाई गर्दा, केही वेर खन्दा, केटाकेटीसंग जिस्किंदा, उनीहरूसंग खेल्दा, उनीहरूलाई मीठामिठा कथा सुनाउंदा, आफैले कथा सुन्दा, विहानी पखको घामले जीऊ देखाउँदा, लामोलामो सास फेर्दा, प्राणायाम गर्दा, ध्यान गर्दा, गीता-भागवत पाठ गर्दा, मन लागेको मन्दिरमा भगवान्को दर्शन गर्दा, कहिलेकाहीं परिवारसंग मिलेर घुम्न जाँदा मन खुसी हुन्छ, मनको मरम्मत हुन्छ |

राम्रो कुरा सोच्ने अभ्यास गरेर, राम्रो ठाउँमा घुमेको कुरा सम्झेर, जीवनका असल र मीठा घटनाहरू सम्झेर/ अरूलाई सुनाएर, मन पर्ने तर स्वास्थ्ययुक्त भोजन खाएर, दैनिक रूपमा केही वेर नाँचेर, केही वेर हाँसेर, केही वेर विंदास तरिकाले एताउता तहलकदमी गरेर मन राम्रो हुन्छ | तर अलिकति बढी समय बढी लाग्छ | अलिधेर्य चाहिन्छ |

आफैलाई विश्वास गरौँ | आफ्नो शक्तिलाई चिनौं | म निको हुन्छु भन्ने विश्वास गरौँ | निको हुनका लागि नियमहरूको पालना गरौँ | वितेका कुरामा शोक नगरौं , भविष्यका लागि चिन्ता छोडौं, वर्तमानका लागि डराउँन त्यागौं | यी सबै हामी आफैले गर्नुपर्छ | परिवारले सघाउँनुपर्छ | परिवार, आफन्त र छिमेकीले सहयोग गर्नुपर्छ | मान्छे सहयोगमा बाँच्ने प्राणी हो भन्ने नविर्सौं |

तपाईंमा, तपाईंको छिमेकमा र आफन्तमा उपरोक्त लक्षणहरू देखा परेका छन् भने हामी सहयोग गर्न तयार छौँ | मनोबैज्ञानिक परामर्श लिनुहोस् र मानसिक रूपमा स्वास्थ्य रहनुहोस् |
सम्पर्कका लागि इनबक्समा म्यासेज गर्नुहोला |

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...