Monday, March 9, 2020

नेपाल कस्को ?.

नेपाल कस्को ?.
नेपाल शिव, बुद्ध, महावीर, सीता, ब्यास, कपिल, जैमिनीको देश हो भन्दै आत्मरति गर्ने तर धर्मपरिवर्तनका कारण सङ्कटापन्न हुँदा घमाइलोमा रमाउनुको कुनै औचित्य छैन | यो देशलाई शिव वा बुद्धको विरासतका रूपमा निरन्तरता दिन धर्मनिरपेक्षताको आडमा चलिरहेको धर्मपरिवर्तनको दावानललाई रोक्नुपर्छ | सरकारले धर्मनिरपेक्षताको अर्थ सकारात्मक रूपमा लगाए पनि ब्यबहारमा एसले सभ्यता र संस्कृतिको जीवित संग्रहालय नेपाललाई ध्वत परिरहेको छ |

प्राचीन संस्कृति र सभ्यताहरूको अधिकतम सुरक्षा तथा विस्तारको ग्यारेन्टी गरेर पनि विज्ञानको विकास र उपयोग गर्न मिल्छ | यदि कसैले प्रगतिशीलताको अर्थ सामुहिक वा व्यक्तिगत रुपमा विदेशी रक्सी खाने, रात अवेरसम्म अनिँदो रहेर "मनोरंजन गर्ने, जंकफुडहरू उपभोग गर्ने, कृषियोग्य धरती मासेर कंक्रिटका भीमकाय घर/आयोजनाहरू आरम्भ गर्ने र विदेशीहरूको कार्यलाई नै विकास हो भन्ने पूर्वाग्रहले देश विकसित हुँदैन | धर्मपरिवर्तन गरेर उन्नति प्राप्त गर्न सकिन्न |

अहिले हाम्रो अगाडी रहेका पुरातात्विक सम्पदाहरूको निर्माण वा विकास हामीले गरेका होइनौं | हरेक मूर्ति, मन्दिर, गुम्वा वा इनार, पोखरी तथा देवलहरूमा हाम्रा आफ्ना पूर्खाहरूको परिश्रम लुकेको छ | हामी उनीले बोकिदिएको नेपालमा बुर्कुसी मारिरहेका छौँ | तर धर्मपरिवर्तनझैँ विदेशबाट आयात गरिएको राजनीतिले हामी निरन्तर ओराली लागिरहेका छौँ | हरेक पटक असफलता नै असफलता हात लाग्दा पनि हामी "असफल-सूत्र"लाई "सफल सूत्र"मा रुपान्तरण गर्ने आशमा दौडिरहेका छौँ |

जव मैले आफ्नो धर्म, संस्कृति तथा सभ्यताको सुरक्षाको कुरा गर्छु, केही परजीवी विद्वान तथा समाजसेवीहरू ममाथि खनिन्छन् | उनीहरूलाई लाग्छ, हामी खुला भयौं भने विश्वको भलो हुन्छ | सर्वधर्म समभाव, धर्मनिरपेक्षता, अर्को धर्मको सम्मान, आफ्नो गुमाएर पनि अरूले जयजयकार प्राप्त गर्यौं भने हामी उदार ठहरिने छौँ | कसैको अपमान गर्न वा जरो काटेर विस्थापित गराउन हाम्रो क्रियाकलाप केन्दित हुनुहुँदैन तर यदि कसैले हामीमाथि निरन्तर आक्रमण गरिरहेको छ भने ती बिरुद्ध प्रतिकारमा आवाज उठाउन नसक्नु वा धर्मनिरपेक्षताको ओतमा प्रतिकार गर्न अनिच्छुक हुनु अनुचित हो | कायर वा बिकेकाहरूले मात्र एस्तो कामलाई धर्मनिरपेक्ष संविधानको रक्षा गरेको ठान्छन् |

मैले इसाई, मुस्लिम वा अम्वेडकर ब्रान्डका बुद्धिस्टहरूलाई एकै नस्लीय प्रजाति ठान्ने गरेको छु | इसाई र मुस्लिमहरू त विदेशी धर्म हुन् तर हिन्दूसनातनी संस्कृतिप्रति मुस्लिम वा इसाई भन्दा बढी घृणा गर्ने अम्वेडकर ब्रान्डका बौद्धहरूका कारण नेपाली असुरक्षाको भूमरीमा फँस्दै छ | इसाई, मुस्लिम वा अम्वेडकर ब्रान्डका बौद्धहरूसंग नेपाली नागरिकता हुनसक्छ तर इनको असली नागरिकता जरुसलम, मक्का वा अम्वेदकरको घृणावादी चिन्तनसंग गाँसिएको छ | अम्वेडकरले बौद्ध धर्म अंगाल्दाको बौद्ध-चेतानालाई अहिलेका अम्वेडकरवादीहरूले राजनैतिक शक्तिप्राप्त गर्न रुपान्तरित गरेका छन् | ई तिनै समुदायमा सहृदयताको अर्थ नितान्त आफ्नो गुटको स्वार्थ पुरागर्नु मात्र हो | अनुभव इतिहासले यो तत्थ्य छर्लंग पार्छ | राजनीतिज्ञहरूको कुटिलतामा विश्वास गरेर "उनीहरू पनि हामीझैं हुन्" भन्ने भ्रम पाल्नुको कुनै अर्थ छैन |

यदि हामीले स्वधर्म, संस्कृति तथा सभ्यताको रक्षाका लागि अग्रसरता लिएनौं वा नेतृत्वदायी भूमिका स्वीकार गरेनौं भने यो देश नेपाल न पशुपति नाथ, न बुद्ध, न सीता न कपिल कसैक रहन्न | विदेशी नीतिसंग विदेशी धार्मिक समुहहरूको स्वार्थी गठबन्धन लुकेको छैन | एतिबिध्न बुझ्दाबुझ्दै, जांदाजान्दै पनि हामी निरपेक्ष रहन्छौं भने इतिहासले हाम्रो पुस्ता क्षमा गर्ने छैन | अन्तत: आफैले आफुलाईक्षमा गर्न नसक्ने अवस्था आइलाग्ने छ |

हाम्रा सन्तानले इतिहास पढ्ने वेलामा नेपाल कस्को भनेर सोध्दा, त्यो इतिहासले हामीलाई घृणा गरेको हुनेछ | विदेशीहरूलाई वलत्कार गर्न निमन्त्रित गरेर आफ्नो अस्मिता सुम्पने पुस्ताका रूपमा अभिलेखकृत हुने कायर पुस्ता ठहरिने छ | हामी तेजस्वी, यशस्वी, दूरदर्शी पूर्खा वन्ने कि कायर तथा अविवेकशील पुस्ता वन्ने निर्णय हामी आफैले गर्नुपर्ने छ |

असहमति

मेरो सधैं असहमति छ -
(१) पश्चिमाहरूको नक्कल गर्दै बृद्धभएका आफ्ना वुवाआमालाई वृद्धाश्रममा राख्नुपर्छ भनेर वकालत गर्ने तथाकथित आधुनिकतावादीसंग |

(२) सधैं नेपाल र नेपाली संस्कृतिको वदनाम गर्ने र नेपालमा सधैं वेथिति, भ्रष्टाचार र समस्यामात्रै छ भनेर विश्वमंचमा रिपोर्ट पेस गर्दै भविष्यको लागि डलर सुरक्षित गर्नेहरूसंग |

(३) आफुले जन्माएका सन्तानलाई आफैसंग राखेर शिक्षादीक्षा दिनुको साटो होस्टलमा पठाएर वा काम गर्नेको जिम्मा दिएर (कामकाजी भएकोले व्यस्त भएको कारण देखाएर) धर्म, संस्कृतिसहित आमावुवाबाट प्राप्त हुने प्राकृतिक प्रेमबाट वन्चित राख्ने मातापिताहरूसंग

(४) ३५०० वर्षदेखि एकआपसमा मिलेर मिलेर सहअस्तित्वमा रहेको नेपाली सामाजिक संस्थाका सम्मानित सदस्यहरू बीच नाक, भाषा, भूगोल, जातजाति, लिंगका आधारमा एकआपसमा घृणा गर्न सिकाउने राजनैतिक दलहरू र तथा कथित सामाजिक अभियन्ताहरूसंग |

(५) रक्सी खाने, विवाहेतर यौन सम्वन्ध बनाउने, मातापितालाई, वृद्धाश्रममा पठाउने कुराको वकातल गर्ने, करियर बनाउने नाममा पारिवारिक जीवनलाई महत्वहिन ठान्नेजस्ता विचारधाराहरू बोकेर आफुलाई आधुनिक भएको ठान्ने मूर्खतापूर्ण सिद्धान्त बोक्ने मूर्खहरूसंग |

(६) विश्वका प्राचिन सभ्यताहरूलाई खरानी बनाउने विदेशी विदेशी एकेश्वरवादी सम्प्रदायहरूको इतिहास र लक्ष जान्दाजान्दै पनि तिनलाई नेपालको मूलधारका सम्प्रदायहरूसरह नै अधिकार उपयोग गर्न दिनुपर्छ भन्ने र तेसको लागि मानवतावादको आवरण ओढ्नेहरूसंग |

(७) नेपालको गौरवमय इतिहास बुझाउने ठाउँमा धर्मनिरपेक्षताको आवरण ओढेर कट्टरपन्थी इसाई र मुस्लिम विचारधाराहरूको सम्मान गर्ने वा तिनको पक्षपोषण गर्ने नियतले पाठ्यपुस्तकमा नेपालका मौलिक कथा, इतिहास, परम्पराको जानकारी दिन नसक्ने पानीमरुवासंग |

(८) सांस्कृतिक तथा धार्मिक आवरणमा आफ्नै छिमेकिलाई "छूत, पानी नचल्ने सानो जात" भनेर आफुलाई सभ्य, सम्मानित र ऊच्चतहको मान्ने कठमुल्लाहरूसंग |

(९) मन्दिर-मन्दिर धाएर देवीको पूजाआजा गर्ने तर आफ्नै पत्नी, आमा, फुपू, छोरीसंग असमान व्यबहार गर्ने, अपमानित गर्ने र विभिन्न लान्छना लगाएर दोस्रो दर्जाको व्यबहार गर्नेसंग |

(१०) अधिकारका नाममा घोर स्वच्छन्दतावादको वकालत गर्दै विवाह-संस्थाको प्राकृतिक सिद्धान्त विरुद्ध उभिने र यौनजन्य स्वच्छन्द यौनजन्य क्रियाकलापलाई नै "स्वतन्त्रताको पूर्णता" मान्ने महिला तथा पुरुषहरूसंग |

(११) आफ्नै पुर्खाले देखाएका महत्वपूर्ण सामाजिकीकरणका विषयवस्तुलाई अस्वीकार गर्दौ विदेशी राजनीतिको नक्कल गरेर ऋषिमुनिहरूले लाखौंलाख वर्ष लगाएर विकसित गरेका व्यबस्थाहरूप्रति घृणा फैलाउने राजनैतिक संस्कार बोकेका राजनीतिज्ञहरूसंग |

(१२) ती कूटनैतिक व्यक्ति, नेता, पण्डित, संस्था, समाजसेवी वा कर्मकाण्डी जसले सधैं "हाम्रो संस्कृति विश्वको सबैभन्दा प्राचीन तथा पूर्ण र विज्ञान सम्मत" छ भनेर कोकोहलो गर्ने तर वेद, गीता र साहित्यमा ऋषिमुनिहरूले प्रतिपादन गरेका विषयहरू सङ्कलन गरेर बुझ्ने भाषामा जनतासम्म न पुर्याउनेसंग |

(१३) ती व्यक्ति जसले देश, धर्म, संस्कृति तथा असलपरम्पराहरूको पुनरोत्थान गर्ने विचारहरू प्रवाहित गर्दै जनताको भावना जितेका छन् तर मूलतः केवल आफ्नो अहङ्कारलाई अगाडी सार्ने र आफ्नो पूजा गराउन उद्यतहरूसंग |

(१४) जुन शिक्षानीतिले गरीव र हुनेखानेका छोराछोरीहरूका लागि फरकफरक शिक्षाको तर्जुमा गरेर (अंग्रेजी पढे सभ्य, वैज्ञानिक, आधुनिक भन्ने मनोविज्ञानको सृजना गरेर जनसाधारणलाई भ्रमित पारेको छ र गरीवहरू सरकारी विद्यालयमा पढ्छन्, हुनेखाने अंग्रेजी स्कूलमा पढ्छन् ) आफ्नो मौलिक शिक्षाप्रति वेवास्ता गर्दै "टाई-शिक्षा"मा होमेको छन् तथा सरकारी तवरबाट नै आफ्नो मौलिक भाषाहरूको उत्थानमा ध्यान दिनु पर्ने ठाउँमा विदेशी भाषा (अंग्रेजीलाई मात्र) महत्व दिनेसंग (अंग्रेजी महत्वपूर्ण भाषा हो जान्नु पर्छ तर आधुनिकताको नाममा थोपरिनु हुँदैन)

(१५) आर्य शब्दलाई विदेशी आक्रमणकारी जातिका रूपमा थोपर्ने, बहुमतले सरकार वनाउने तर वहुमतको चरम उपेक्षा गर्ने, विदेशी सिद्धान्तकारहरूको फोटो पूज्ने तर पशुपतिनाथमा नगएको मा गर्व गर्ने र आफै विदेशी धर्म, संस्कृति, राजनीतिको दास बनेर देश हाक्नेहरूसंग |

यदि मेरा असहमतिहरू कसैको व्यक्तिगत जीवनसंग मिल्न गए मैले तेसलाई स्वाभाविक मान्ने छु | यसका लागि मलाई कुनै प्रकारको खेद हुने छैन | वरू, निजले मैले देखाएका असमतिका वूँदामा आत्ममन्थन गरेर नेपाल र नेपालीको उन्नयनतिर लाग्न प्रेरणा प्राप्त गरोस् चाहन्छु | साथै, मेरा उपरोक्त असहमतिसंग असहमत हुनेहरूको नागरिकता नेपाली भए पनि मनचाहिं नेपाली होइन भनेर बुझ्न सजिलो हुनेछ |

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...