Monday, March 9, 2020

नेपाल कस्को ?.

नेपाल कस्को ?.
नेपाल शिव, बुद्ध, महावीर, सीता, ब्यास, कपिल, जैमिनीको देश हो भन्दै आत्मरति गर्ने तर धर्मपरिवर्तनका कारण सङ्कटापन्न हुँदा घमाइलोमा रमाउनुको कुनै औचित्य छैन | यो देशलाई शिव वा बुद्धको विरासतका रूपमा निरन्तरता दिन धर्मनिरपेक्षताको आडमा चलिरहेको धर्मपरिवर्तनको दावानललाई रोक्नुपर्छ | सरकारले धर्मनिरपेक्षताको अर्थ सकारात्मक रूपमा लगाए पनि ब्यबहारमा एसले सभ्यता र संस्कृतिको जीवित संग्रहालय नेपाललाई ध्वत परिरहेको छ |

प्राचीन संस्कृति र सभ्यताहरूको अधिकतम सुरक्षा तथा विस्तारको ग्यारेन्टी गरेर पनि विज्ञानको विकास र उपयोग गर्न मिल्छ | यदि कसैले प्रगतिशीलताको अर्थ सामुहिक वा व्यक्तिगत रुपमा विदेशी रक्सी खाने, रात अवेरसम्म अनिँदो रहेर "मनोरंजन गर्ने, जंकफुडहरू उपभोग गर्ने, कृषियोग्य धरती मासेर कंक्रिटका भीमकाय घर/आयोजनाहरू आरम्भ गर्ने र विदेशीहरूको कार्यलाई नै विकास हो भन्ने पूर्वाग्रहले देश विकसित हुँदैन | धर्मपरिवर्तन गरेर उन्नति प्राप्त गर्न सकिन्न |

अहिले हाम्रो अगाडी रहेका पुरातात्विक सम्पदाहरूको निर्माण वा विकास हामीले गरेका होइनौं | हरेक मूर्ति, मन्दिर, गुम्वा वा इनार, पोखरी तथा देवलहरूमा हाम्रा आफ्ना पूर्खाहरूको परिश्रम लुकेको छ | हामी उनीले बोकिदिएको नेपालमा बुर्कुसी मारिरहेका छौँ | तर धर्मपरिवर्तनझैँ विदेशबाट आयात गरिएको राजनीतिले हामी निरन्तर ओराली लागिरहेका छौँ | हरेक पटक असफलता नै असफलता हात लाग्दा पनि हामी "असफल-सूत्र"लाई "सफल सूत्र"मा रुपान्तरण गर्ने आशमा दौडिरहेका छौँ |

जव मैले आफ्नो धर्म, संस्कृति तथा सभ्यताको सुरक्षाको कुरा गर्छु, केही परजीवी विद्वान तथा समाजसेवीहरू ममाथि खनिन्छन् | उनीहरूलाई लाग्छ, हामी खुला भयौं भने विश्वको भलो हुन्छ | सर्वधर्म समभाव, धर्मनिरपेक्षता, अर्को धर्मको सम्मान, आफ्नो गुमाएर पनि अरूले जयजयकार प्राप्त गर्यौं भने हामी उदार ठहरिने छौँ | कसैको अपमान गर्न वा जरो काटेर विस्थापित गराउन हाम्रो क्रियाकलाप केन्दित हुनुहुँदैन तर यदि कसैले हामीमाथि निरन्तर आक्रमण गरिरहेको छ भने ती बिरुद्ध प्रतिकारमा आवाज उठाउन नसक्नु वा धर्मनिरपेक्षताको ओतमा प्रतिकार गर्न अनिच्छुक हुनु अनुचित हो | कायर वा बिकेकाहरूले मात्र एस्तो कामलाई धर्मनिरपेक्ष संविधानको रक्षा गरेको ठान्छन् |

मैले इसाई, मुस्लिम वा अम्वेडकर ब्रान्डका बुद्धिस्टहरूलाई एकै नस्लीय प्रजाति ठान्ने गरेको छु | इसाई र मुस्लिमहरू त विदेशी धर्म हुन् तर हिन्दूसनातनी संस्कृतिप्रति मुस्लिम वा इसाई भन्दा बढी घृणा गर्ने अम्वेडकर ब्रान्डका बौद्धहरूका कारण नेपाली असुरक्षाको भूमरीमा फँस्दै छ | इसाई, मुस्लिम वा अम्वेडकर ब्रान्डका बौद्धहरूसंग नेपाली नागरिकता हुनसक्छ तर इनको असली नागरिकता जरुसलम, मक्का वा अम्वेदकरको घृणावादी चिन्तनसंग गाँसिएको छ | अम्वेडकरले बौद्ध धर्म अंगाल्दाको बौद्ध-चेतानालाई अहिलेका अम्वेडकरवादीहरूले राजनैतिक शक्तिप्राप्त गर्न रुपान्तरित गरेका छन् | ई तिनै समुदायमा सहृदयताको अर्थ नितान्त आफ्नो गुटको स्वार्थ पुरागर्नु मात्र हो | अनुभव इतिहासले यो तत्थ्य छर्लंग पार्छ | राजनीतिज्ञहरूको कुटिलतामा विश्वास गरेर "उनीहरू पनि हामीझैं हुन्" भन्ने भ्रम पाल्नुको कुनै अर्थ छैन |

यदि हामीले स्वधर्म, संस्कृति तथा सभ्यताको रक्षाका लागि अग्रसरता लिएनौं वा नेतृत्वदायी भूमिका स्वीकार गरेनौं भने यो देश नेपाल न पशुपति नाथ, न बुद्ध, न सीता न कपिल कसैक रहन्न | विदेशी नीतिसंग विदेशी धार्मिक समुहहरूको स्वार्थी गठबन्धन लुकेको छैन | एतिबिध्न बुझ्दाबुझ्दै, जांदाजान्दै पनि हामी निरपेक्ष रहन्छौं भने इतिहासले हाम्रो पुस्ता क्षमा गर्ने छैन | अन्तत: आफैले आफुलाईक्षमा गर्न नसक्ने अवस्था आइलाग्ने छ |

हाम्रा सन्तानले इतिहास पढ्ने वेलामा नेपाल कस्को भनेर सोध्दा, त्यो इतिहासले हामीलाई घृणा गरेको हुनेछ | विदेशीहरूलाई वलत्कार गर्न निमन्त्रित गरेर आफ्नो अस्मिता सुम्पने पुस्ताका रूपमा अभिलेखकृत हुने कायर पुस्ता ठहरिने छ | हामी तेजस्वी, यशस्वी, दूरदर्शी पूर्खा वन्ने कि कायर तथा अविवेकशील पुस्ता वन्ने निर्णय हामी आफैले गर्नुपर्ने छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...