Saturday, December 12, 2020

मान्छेको निजीपन : मन

मान्छे दु:ख बाड्न चाहन्छन् तर सुखलाई एकलौटी मान्छन् | केही मान्छे एस्ता पनि हुन्छन्, जसको काम अर्कालाई सुखी हुन नदिनु हुन्छ | असल जीवनमा न सुख लुक्छ न दुख नै | न कसैले कसैको सुख लुट्न सक्छ न दुख नै किनभने सुख र दुख नितान्त मानसिक विषय हुन् | कसैको मनमा अरूकसैको नियन्त्रण हुनै सक्दैन | मन नितान्त मनवालको हुन्छ, मनमा मनवालको एकाधिकार हुन्छ | जसको मन दुख्छ उसको मात्र दुख्छ र जसको मन सुखी हुन्छ उसको मनमात्र खुसी हुन्छ | अरू केवल साक्षी हुन्छ, समवेदना वा खुसी भएको भागभंगीमा जाहेर गर्छन् |

तेसैले मन नै मान्छेको आफ्नो निजीपन हो र मनको भोगाई, बुझाइ र अनुभूति नितान्त एक्लैका हुन् | तेसैले मनोविज्ञानले मनको विषयमा व्यक्तिगत तवरले विचार गर्ने, बुझ्ने र क्रियाशील बनाउने सुझाव दिन्छ | धर्मले ईश्वरमा मन समर्पण गर्ने सुझाव दिन्छ | दर्शनशास्त्रले मनलाई चिन्तनमा क्रियाशील बनाउने दिशानिर्देश गर्छ | अर्थशास्त्रले मनलाई धनका लागि क्रियाशील गर्न प्रेरित गर्छ | मान्छे पिच्छे मनका अभिरुचि फरकहुँदा सजिलो भएको छ | तेरो मन र मेरो मन एकै होइन भनेर बुझ्न मैले आज लगाएको कमिज नै प्रयाप्त हुन्छ |
धेरैले मन बुझ्ने कुरा गर्छन् तर म भन्छु मन बुझ्ने कुरा होइन अनुमान गर्ने विषय हो | मैले पूर्वअनुभवहरूका आधारमा अरूको मनको कुरा बुझे प्रयत्नमात्र गर्न सक्छु | मसंग कसैको मनभित्र पस्ने कुनै संयन्त्र छैन | मैले कसैको मन चोर्न सक्दिन | मैले कसैलाई आफ्नो मन दिन सक्दिन | मैले कसैलाई मन दिएँ भने पनि मेरो मनमसंग नै रहन्छ | मन दिने र लिने कुराहरू काव्यका विषय हुन्, मनलाई मनोरंजन गर्न जुराएका मीठामीठा कल्पना हुन् |
मैले धेरैपटक आफ्नो मन दुखेको, खुसी भएको र वेवास्ता भएको अनुभव गरेको छु | म बोल्दैमा मेरो दुख हलुका हुँदैन र म हाँस्दैमा म सुखी हुन्छ भन्ने पनि हुँदैन | म धेरैपटक अर्काको लागि हाँसेको छु र धेरैपटक दुखनै अनुभव नगरी दुखहरू प्रकट गरेको छु | मैले धेरै गहिरा चोटहरूले मन मुर्च्छित हुँदैगर्दा खुसीको अभिनय गरेको छु | मनमा कत्ति पनि दुखका वीऊहरू नहुँदा पनि महादुखी बनेको अभिनय गरेर समवेदना प्रकट गरेको छु | धेरैठाउँमा त न सुख, न दुख कुनै प्रकारको संवेदना नहुँदा पनि सुख र दुखको अभिनय गरेर शुभचिन्तक बनेको छु |
विश्वमा केही अदभूत मान्छेहरू छन् जसका लागि सुखको कुनै आवश्यकता नै छैन र केही एस्ता मान्छेहरू पनि छन् जसलाई दुखको आवश्यकता पनि छैन | तर सुख र दुखका अनुभूतिहरूबाट विलग रहन सक्नुहुन्न | मनोविज्ञानले मनको चरित्र बोल्छ, दर्शनशास्त्रले मनको गतिबोल्छ, विज्ञानले मनको शक्ति बोल्छ र धर्मले मनको विश्वास बोक्छ | तर यी सबै र यी बाहेक धेरैथोक बोक्ने मेरो/तपाईंको नितान्त एक्लो मन हो | तपाईंका वरिपरी मान्छेहरूको उपस्थिति नहुँदा भरपर्दो साथी मन हो | तपाईंका वरिपरी थुप्रै साथी हुँदा पनि एक्लोपनको अनुभूति गराउने मन हो | तपाईं भनेकै तपाईंको आफ्नो मन हो |
सबैसंग एउटा मन छ, एउटा शरीर छ र एउटा जीवन छ | शरीरले मन बोक्छ, मन र शरीरले जीवन बोक्छन् | यदि मन भएन भने शरीर र जीवन दूवै अर्थहीन हुन्छन् | मनले शरीर र जीवन दूवैलाई अर्थ दिन्छ र शरीरले मनलाई व्यापार दिन्छ | शरीरका प्रवेशद्वारबाट संवेगहरू भित्र पस्छन्, मन तरंगित हुन्छ र शरीर प्रफुल्लित हुन्छ | जीवन सफल भएको भाव बलियो हुन्छ | अनुकुल वेदना र प्रतिकुल वेदना नै मनका व्यापार हुन् | तेसैले मन चिन्ने विषय पटक्कै होइन किनभने यो एतिविध्न नजिक छ कि चिन्नै पर्दैन | आँखाले आँखाका नानी देख्न सक्दैन तर त्यो आँखाको केन्द्रमा हुन्छ | मनले मनलाई बुझ्न नसकेको गुनासो गर्छ किनभने हरेक गुनासाहरू मनमा प्रवेश गरेर मनलाई उत्तेजित पार्छन् |
पृथ्वीले आजसम्म १ खर्व मान्छेहरूलाई जन्मायो, पाल्यो र पुन: माटोमा मिसायो | सबैसंग एकएकओटा मन थिए | सबैले मनको कुरा गरे, सबैको मन खुसी र दुखी पनि भयो | ती सबै मनहरूको अस्तित्व छैन | आजको मितिमा मसंग जस्तै तपाईंसंग पनि एउटा मन छ | मैले अनुमान गर्छु तपाईंको मन पनि मेरो जस्तै छ | तेसैले जुनकुरा मेरो मनलाई राम्रो-नराम्रो लाग्छ तिनै कुराहरूले अर्कोलाई पनि प्रभावित पर्ने अनुमान गर्छु | मेरो मनले मलाई खेलाउँछ, मैले मेरो मनलाई खेलाउन सक्दिन | मेरो मनले मलाई दल्नसम्म दलाउँछ तर जवजव मैले यसलाई दलाउँने प्रयत्न गर्छु धेरैजसो मैले असफलता नै पाउँछु |
मान्छेको स्वभाव नै हो रहस्यमय कुरा/विषयका वारेमा जानकारी प्राप्त गर्ने प्रयत्न गर्नु | तेसमा पनि आफ्नो मनको ऐनामा अर्काको मनको कुरा बुझ्ने जिज्ञासा र चाहना रोक्न सक्दैन | आफ्ना भावना, संवेग, आशा-निराशा तथा अनुभूतिका ऐनामा अरूलाई पढ्ने प्रयत्न आज पनि चलिनै रहेको छ | केहीले बुझेको अभिनय गर्छन्, केहीले बुझेको दावी गर्छन्, केहीले रहस्यमय भनेर चूप लाग्छन् तैपनि मनबाट विलग रहन सक्दैनन् | अर्काको मन पढ्ने इच्छा गर्नेहरूका लागि मन रहस्यमय विषय हो भने अर्काको कुरा सुनेर आफ्नै मनलाई रहस्यमय ठान्नेहरू पनि थुप्रै छन् |

Sunday, October 11, 2020

नेपाली मनभित्रको वैश्विक मन

    यजुर्वेदको रूद्राष्टध्यायीमा मनलाई "तन्मे मन: शिव: सङ्कल्पमस्तु" अर्थात् सकारात्मक चिन्तनको सङ्कल्प गर्ने आधारभूमिका रूपमा चिन्हित गरिएको छ | एसको अर्थ हो - मन नै सङ्कल्पको आधारभूमि हो जसले आत्म र परमात्माको शुभअशुभको सङ्कल्प गर्छ | यसरी नेपाली मनको अभिनिर्माणमा वैदिक चिन्तन, सिद्धान्त र सङ्कल्पको भूमिका छ जसले आफ्नो र अर्काको विभेद नगरी सबैको कल्याण, सुखी र निरोगको कामना गर्छ | 
नेपालीहरूको मन पोल्छ, मन दुख्छ, मन रुन्छ, मन हाँस्छ, मन भरंग हुन्छ, मन तातो हुन्छ, मन चीसो हुन्छ | मन गद्गद् हुन्छ, रमाउँछ, अमिलो हुन्छ, मन पिरो, तीतो र असंबेदनशील हुन्छ | मन छाडा हुन्छ, मन बलियो हुन्छ, मन कमलो हुन्छ र मन रुखो हुन्छ | मन जाली हुन्छ, मन फाट्छ, मन टालिन्छ, मन डराउँछ, मनको बाघले खान्छ, मनको प्वाँखले विश्व घुम्न सक्छ | 
    फ्राइडहरूले मनलाई जसरी बूझे तिनको बुझाईको मन र नेपाली बुझाई र भोगाईको मनमा धेरै फरक छ भन्ने कुरा नेपाली मनोविज्ञहरूले बुझ्न अझैं सकेका छैनन् | पश्चिमाहरूको मन (Mind) असलमा मन (Emotion) नभएर बुद्धि ((rationality) कै एउटा अंग हो जसले मान्छेका सम्पूर्ण सोच, व्यबहारलाई प्रभावित पार्छ | वैदिक, जैन र बौद्धसहित नेपाली रैथानेहरूले भोगिरहेको मन केवल कोमल र कठोर भावना, संवेग तथा चित्तको प्राकृतिक अवस्था हो | 
    तेसैले श्रीमद्भागवतको ११ रौँ स्कन्धमा प्रष्टसंग "मन: एव मनुष्याणांं कारणं बन्ध मोक्षयो अर्थात् मन नै मान्छेका लागि बन्धन र स्वतन्त्रताको स्रोत हुन्छ | नेपाली बोलीमा मनसंग जोडिएका अनेकौं महत्वपूर्ण भनाई तथा बुझाई छन् | भने सप्तसति चण्डीमा "यंयं चिन्तयते काम टमतं प्राप्नोति निश्चितम्" भनेर सङ्कल्पकर्ताको रूपमा बुझिएको छ | आजभोली मनको धेरै चर्चा हुन्छ मानौं मान्छेहरू केवल मनले संचालित छन् | 
    भागवत र चण्डीका उपरोक्त भनाइहरूले अत्याधुनिक मनोविज्ञान "मान्छेले सोचेको कुरा प्राप्त गर्न सक्छ अर्थात् सकारात्मक सोचको जादुलाई प्रमाणित गर्छन् | मान्छे आफ्नो सोच र चिन्तनअनुसारको बन्छ भने मान्छेले जे-जे जसरी सङ्कल्प गर्छ उसले त्यो लक्ष अवश्य प्राप्त गर्छ" विचारहरूको स्रोत वैदिक चिन्तन नै भएको प्रमाणित हुन्छ | 
    नेपाली मन भनेको वैश्विक मन हो जसले विश्वका हरेक व्यक्तिलाई कुटुम्व ठान्ने, सबैको कल्याणको कामना गर्ने र भद्रको कामना गर्ने संस्कारमा निर्मित भएको छ | विश्वका हरेक मान्छेको देशकाल र परिवेशअनुसार आ-आफ्नो संस्कार मान्ने स्वतन्त्रता प्रदान गर्छ | स्वं स्वं चरित्र शिक्षेरन् | मेरो विचारमा नेपाली मन वैश्विक छ किनभने नेपाली मनभित्र विश्वलाई प्रतिविम्वित गर्ने आधार र क्षमता छ | हरेक मान्छेहरू संगै मिलेर, संगै भोजन गरेर र सहकार्य गरेर एकअर्काको सहयोग गर्न सकिन्छ भन्ने मन वैदिकदेखि अक्षुण्ण छ | 
    विश्वमा जहाँ गए पनि नेपाली मन नेपालीहरूसंगै हुन्छ | नेपाली मनलाई विदेशी बन्न कमसेकम तीन पुस्ता लाग्छन् नै | विश्वभरी छरिएर रहेका हामी नेपालीहरूको मन आज पनि रैथाने नै छ | नेपाली गीतसङ्गीत, हिमाल, पहाड तराई र आ-आफ्नै रैथाने भाषा र चिन्तनमा रमाउँछ | विश्वको जुनसुकै कुनामा पुगेपछि नेपाली मनले हामीलाई छोड्दैन | जुनसुकै धर्म-संस्कार माने पनि हामीसंग नेपाली मन छ | तेसैले अव हामीले नेपालको रैथाने परिवेशमा हजारौं वर्षदेखि अभिनिर्मित भएको मनको रैथाने विधिले नै पहिचान र उपचारहरू विकसित गर्नुपर्छ | विदेशीले अभिनिर्माण गरेका मानसिक सिद्धान्तहरूले विपरीतार्थ हुनसक्छ | 
    
विश्व सजिलो छैन | करोनाजस्ता हजारौंलाखौँ समस्याहरू मान्छेले भोग्दै र जित्दै आएको छ | जस्तोसुकै अवस्थामा पनि सकारात्मक सोच राखौं र जीवनयात्रालाई निरन्तरता दिउँ | सहयोग गरौँ र सहयोग प्राप्त गरौँ | मनोबैज्ञानिक क्षेत्रमा काम गर्ने विद्यार्थी र अनुसन्धाताहरूले नेपाली मनको निर्माण, क्रिया र क्रियाले निम्त्याउने व्यबहारहरूको मानक स्थापित गर्न काम गरौँ | विदेशीहरूले सात समुद्र पारिका मान्छेहरूको मनको व्याख्या गरेका छन्, तिनका लागि त्यो उपयुक्त होला तर हाम्रो लागि आफ्नो मनको निर्माण, क्रिया र लक्ष आफैले निर्धारण गर्नुपर्छ |
विश्वमानसिक दिवसको अवसरमा हार्दिक 
बधाई
|

Saturday, October 10, 2020

इमानदार र भ्रष्टाचारी

सरकारका ९०% कर्मचारीहरू इमानदार, मेहनती र सहयोगी छन् | १०% कर्मचारीहरू कामचोर, चपलुस र घूसखोर भएको अनुमान गर्न सकिन्छ | राजनीतिमा पनि देश र जनताको सेवा गर्न जीवन अर्पेका त्यागिहरू छन् | सबैलाई भष्टचारीको आरोप लगाउनु इमानदार कर्मचारी र राजनैतिक नेतृत्व प्रति अन्याय हुन्छ भन्ने सबैको मान्यता हुन्छ नै |

एउटा माछोले पोखरी फोहोर गर्छ भनेझैं फोहोरी मानसिकता भएका मन्त्रीहरू र भष्टाचारको अपवित्र चिन्तन भएका कर्मचारी तथा दलालहरूले असल कर्मचारी र नेताहरूको हुर्मत लिएका छन् | चापलुसी, पैसा र पहुँचमा अब्बल कर्मचारी र भष्टाचार गर्ने लक्षका साथ नेतृत्वमा पुगेका राजनेताहरूले नेपाल र नेपालीको हदैसम्म वदनामी गरेका छन् |

एस्तो थाहा हुँदाहुँदै पनि हामी जनताहरू तिनै व्यक्तिहरूलाई राजनैतिक नेतृत्वमा चुनेर पठाऊछौँ र तिनै भ्रष्टाचार गरेर अकुत कमाएका कर्मचारीहरूको जीवनशैली प्राप्त गर्ने चाहना राख्छौं | साच्चिकै भन्ने हो भने वर्तमान राज्य संयन्त्रबाट देश र जनताको भलो हुन्छ भनेर सोच्नुनै अर्थहीन छ | जुन देशलाई १०% भ्रष्ट राजनैतिक नेता. १०% भष्टाचारी मानसिकता भएका कर्मचारी र १०% दलालहरूले संचालन गर्छन् र ९०% ले दोष बोक्छन्, पशुपति नाथले कसरी कल्याण गर्न सक्लान् ?
वर्तमान भष्टाचार राजनैतिक संरक्षणको प्रतिफल हो | वर्तमान राजनैतिक परिपाटी ढल्दा सबैभन्दा नोकसान यिनै १०% लाई हुन्छ र विदेशीको सहयोग लिएर भए पनि आफ्नो सुविधा सुविधा संरक्षण गर्नेछन् | आफ्नो स्वार्थ पुरा गर्नको लागि देश र जनताको व्यापार पनि गर्ने छन् |

अवको चुनावमा जनताले निर्णय गर्नु पर्छ कि परम्परागत पार्टीलाई भोट हालेर उपरोक्त १०% स्वाँठहरूलाई देशका जनतालाई लुट्ने लाइसेन्स दिने कि इमान्दारीका पक्षमा मतदान गरेर कपुको यथास्थितिवादबाट उन्मुक्ति प्राप्त गर्ने ? सत्य तीतो हुन्छ तर सत्य यही हो |

यो पढेपछि ठीक हो भनेर टाउको हल्लाउनु भन्दा पनि अर्को चुनावमा भोट नदिने अठोट गर्ने वा वैकल्पिक तर ९०% जनताको पक्षमा उभिने ?

Sunday, September 27, 2020

चार्वाकीय दार्शनिक चिन्तन वैदिक नै हो |

चार्वाकको दार्शनिक चिन्तन जतिधेरै आलोचित छ तेतिनै धेरै चर्चित पनि छ | वैदिक दर्शनको यो एउटा महत्वपूर्ण विधा हो जसले साम्प्रदायिकताको खरो आलोचना गर्छ | आजसम्मका दार्शनिक र विचारकहरूले चर्वाकहरूले धर्मको निन्दा गरेका छन् भन्ने भ्रामिक विचार दिएका छन् | यो सत्य होइन | असलमा, चर्वाक दार्शनिकहरूले सम्प्रदाय र सम्प्रदायहरूले विकास गरेका रितिरिवाज, संस्कार, संस्कृतिको आलोचना गरेका हुन् | उनीहरूको आलोचना धार्मिकताप्रति छैन, उनीहरूको आलोचना सम्प्रदायिकता केन्द्रीत छ | 

भारतवर्ष वाहिर विकसित भएका एकेश्वरवादी चिन्तनको प्रभावमा नेपाली र भारतीय विद्वानहरू गहिरोसंग परेका छन् | त्यो प्रभावले गर्दा हिन्दू-संस्कृति समेत लांछित भएको छ | धर्म शब्दले "मूसाई"को सर्वसत्तावादी चिन्तनलाई बुझ्दा तिनका सबै कमसल पक्षहरूको भारी व्यर्थमा हिन्दू-संस्कृतिले बोक्नु परेको छ | उनीहरूका कुकृत्यहरूको दोष खप्नु परेको छ |

केही बामपन्थी खेमाका विद्वानहरूको गुनासो "सनातनीहरूले चार्वाक दर्शनको महत्व बुझेनन् र तिनको आलोचनामात्र गरे" भन्ने रहेको छ | केही प्रगतिशील चिन्तनहरूले "चार्वाक दार्शनिकहरू प्राचीन वैदिक समाजका वैज्ञानिक" हुन् भन्ने र केही अन्य नेपाली र भारतीय बामपन्थीहरूले चार्वाक दर्शनलाई "बैज्ञानिक चिन्तनको आधारशीला" भनेर प्रसंशा गरेका छन् | सबैको आआफनो बुझाई हो | तर तथाकथित चार्वाक पक्षधरहरूले "प्राचीन सनातनीहरूले चार्वाकहरूको आलोचना मात्रै गरे र निमिट्यान्न पार्ने प्रयत्न गरे" भन्ने विचार अनुचित हुन् र अबुझ वा पूर्वाग्रही चिन्तनका परिणाम हुन् | 

सबैले स्वीकार गरेको कुरा हो कि भौतिकवादी (शरीर केन्द्रीत सुख) चिन्तनका बीजहरू ऋग्वेद, अथर्ववेद र केही उपनिषदहरूमा प्रखररुपले उपलब्ध छन् | प्राचीन तथा अर्वाचीन साहित्यहरूमा पनि भौतिकवादी चिन्तन राईछाई नै छन् | तेसैले यो चिन्तनलाई लोकायत पनि भनिएको हो किनभने ऋषिमुनि होस् वा सर्वसाधारण सबैलाई आफ्नो व्यक्तिगत सुखको पर्वाह हुन्छ | जसले शरीरको माया गर्छ - भौतिकवादबाट निरस्त रहन सक्दैन | आध्यात्मवादी चिन्तनको संवाहक हुँदैमा कुनै पनि व्यक्ति भौतिकतावादबाट उन्मुक्त हुन्छ भनेर ऋषिहरूले बोलेका छैनन्, बरू "धर्मका लागि शरीर एकमात्र निर्विकल्प साधन हो" भनेर घोषणा गरेकै छन् | 

सत्य हो कि प्राचीन धार्मिक तथा दार्शनिक ग्रन्थहरूमा चार्वाकीय चिन्तनको धेरै आलोचना भएको छ | एस्तो आलोचना मूलतः चार्वाकका "नैतिक चिन्तन"का कारण भएको हो | समाजले स्वीकृत गरेका सदाचारहरूको आलोचना गर्दा वा ती सदाचारहरूप्रति उन्मुक्त रहन "आह्वान" गरेको हुँदा तिनको आलोचना भएको हो | सांख्य तथा वैषेशिकहरूले सदाचारहरूको आलोचना गरेनन्, उनीहरूको दार्शनिक समालोचना मात्र भयो | समाजमा स्थापित नैतिक आदर्शहरूको आलोचना गर्दा चार्वाकहरू बढी आलोचित भएका हुन् | 

मैले भौतिवादी वा अध्यात्मवादीहरूको पक्ष वा विपक्षका लागि चार्वाक दर्शनको कुरा गरेको होइन | मेरो उद्देश्य चार्वाक चिन्तन पनि वैदिक मूलधारकै दार्शनिक चिन्तन हो र अन्य दार्शनिक चिन्तन सरह आदरणीय थिए र छन् भन्ने अभिमत तयार गर्नु रहेको छ | मलाई "नैतिक र अराजक गरी चार्वाक दर्शनका दुई वर्गीकरण स्वीकार्य छैनन् | प्राचीन वैदिक, जैन तथा बौद्ध साहित्यहरूले एस्तो कुनै उल्लेख छैन | पश्चिमा भौतिकवादको प्रभावले नेपाली र भारतीयहरूमा "चार्वाक"हरूप्रति कोमल बन्ने मनोविज्ञानको प्रस्फुटन हो | मूलतः चार्वाक चिन्तन एकै प्रकारको छ | 

अव मुद्दामा फर्कौं | ऋग्वेदमा नै भौतिकवादी चिन्तनका उद्गारहरू उपलब्ध भएको हुँदा भौतिकवाद अवैदिक चिन्तन होइन | चार्वाक दार्शनिक चिन्तन परम्परागत आत्मा, परमात्मा, स्वर्गनर्क, पुनर्जन्म, कर्मतन्त्रमा विश्वास गर्दैन तेसैले आत्मा, परमात्मा, स्वर्गनर्क, पुनर्जन्म, कर्मतन्त्रमा विश्वास गर्नेहरूबाट आलोचनामा पर्नु स्वाभाविक मान्नुपर्छ | वेद आफैले भौतिकवादी चिन्तनको आलोचना गरेको छैन | यो तत्थ्य प्राचीन ऋषिमुनिहरूलव (दार्शनिक चिन्तक) बुझेका मात्र होइन, आत्मसात् समेत गरेका थिए | 

यही स्वीकारोक्तिको परिणाम हो कि चार्वाकीय दार्शनिक चिन्तनको स्रोतका रूपमा देवगुरू बृहस्पतिलाई स्वीकार गरियो | प्राचीन ऋषिमुनि वा चिन्तकहरूले चार्वाकीय दार्शनिक चिन्तनको महत्व अस्वीकार गरेको भए देवगुरू बृहस्पतिलाई एस चिन्तनको संस्थापकका रूपमा स्वीकार गरिन्न्थ्यो | दोस्रो कुरा, आध्यात्म र बाल्मिकि रामायणमा भौतिकवादका प्रस्तोताहरूलाई "मुनि" शब्दको प्रयोग गरिएको छ | मुनि अत्यन्त सम्मानित शब्द र सम्बोधन हो |बौद्ध र जैन साहित्यहरूमा पनि "चार्वाक"का लागि मुनि शब्द नै प्रयोग गरिएको छ | तेतिमात्र होइन, सर्वदर्शन संग्रहका लेखकले समेत "मुनि" शब्दकै प्रयोग गरेर चार्वाक दर्शनको संक्षिप्त परिचय प्रस्तुत गरेका छन् | 

केही वर्ष पहिले डा. काशिनाथ न्यौपानेले अनुवाद गरेको "तत्वविप्लवसिंह" भन्ने चार्वाक दर्शनको एकमात्र उपलब्ध ग्रन्थ नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशमा ल्याएको छ | यो ग्रन्थ "दार्शनिक तत्व"हरुको समालोचनामा केन्द्रीत भएको पढ्न सकिन्छ | यो ग्रन्थमा रितिरिवाजहरूको यदाकदामात्र आलोचना भएको छ | एसको अर्थ हो, चार्वाकीय दर्शन भौतिकवादी अवश्य थियो तर अहिले प्रचारप्रसार गरिएझैं अराजकतावादी थिएन | "बाँचुन्जेल ऋण गरेर भए पनि मोज गर्नुपर्छ" भन्ने विचारहरूलाई चार्वाकसंग किन जोडियो ? आश्चर्य लाग्छ | यदि यी अराजक विचारहरूका स्रोत चार्वाक नै हुन् भने तिनको आलोचना हुनैपर्छ | आध्यात्मिक विचारसंग असहमत हुनु सैद्धान्तिक वहस हो तर रितिरिवाजप्रति नै असहिष्णुता प्रकट गर्नु र अनुयायिहरूलाई अराजक बन्न उक्साउनु अराजकता हो | म फेरी दोहोर्याएर भन्छु, चार्वाकको दार्शनिक चिन्तानको भरपुर स्वागत गरिएको छ तर उनीहरूका अराजक विचारहरूको आलोचना भएको छ | भौतिकवाद वैदिक चिन्तन हो तर अराजकता होइन | 

चार्वाकीय दार्शनिकहरू मुनि थिए, तत्वलाई "भौतिक रूपमा" बुझेका थिए | शारीरिक सुखवाद र भौतिकतत्ववाद उनीहरूका दार्शनिक चिन्तनको उत्कर्ष थियो | प्राचीन समयमा राजा वेनले चार्वाक दार्शनिक चिन्तनको राजकीय प्रयोग गरेका थिए | यद्यपि रावणआदि राजामा पनि भौतिकवादी चिन्तनको प्रभाव थियो तर यी राजाहरू कर्म, पुनर्जन्म तथा पापपुण्यका चिन्तनबाट मुक्त थिएनन् | राजा बेन वाहेकका राजाहरूले तपस्या गरेर देवताहरूबाट अतिरिक्त शक्ति प्राप्त गरेको इतिहास छ | राजा वेनमा एस्तो प्रबृत्ति देखिन्न | राजा बेनले राजनैतिक शक्तिको रूपमा भौतिकवादको स्थापना गर्ने प्रयत्न गर्दा तेस वखतका जनतालाई सह्य भएन र वेन आफ्नै जनताबाट मारिए | 

प्राचीन ग्रिकेली डेमोक्रेस्ट्स र ल्युपिससको परमाणुवादी चिन्तनलाई कार्लमार्क्सले आफ्नो दार्शनिक चिन्तनको स्रोतका रूपमा अर्थ्याएका छन् | नेपाली वामपन्थीहरूले कार्लमार्क्सले झैं चार्वाक दर्शनलाई डेमोक्रेट्ससरह देख्न चाहन्छन् | यो चाहनाले दुई तत्थ्यहरू सिद्ध हुन्छन् -(१) नेपाली वामपन्थीहरू बामपन्थीहरूको संसारमा चार्वाकहरूको पनि डेमोक्रेटस सरह उल्लेख होस् भन्ने चाहन्छन् (२) वेदमा उल्लेखित भौतिकवाद बैज्ञानिक प्रगतिशील तवाकाले स्वीकार गरोस् भन्ने चाहना राख्छन् | यस अर्थमा नेपाली वामपन्थीहरू पनि आफ्नो प्राचीन धरोहरप्रति सचेत छन् तर पश्चिमा मार्क्सवादी प्रभावले गर्दा अध्यात्मवादीहरूले चार्वाकीय दार्शनिक चिन्तनलाई दिएको महत्व स्वीकार्न चाहन्नन् | वामपन्थी चिन्तनको सबैभन्दा ठूलो दुर्गुण भनेकै अर्काले गरेका असल क्रियाकलाप स्वीकार्न नसक्नु हो | 

चार्वाकीय दार्शनिक चिन्तनलाई नेपाली दृष्टिकोणले बुझ्नुपर्छ | तवमात्र चार्वाक मुनिले सम्मान प्राप्त गर्छन् | पश्चिमा दृष्टिकोणले हेर्दा चार्वाकहरू चरम अवैदिक देखिन्छन् तर चार्वाकलाई प्रयोग गरिने मुनि शब्द, वेदमा भौतिक चिन्तनको उल्लेख हुनु, चार्वाक दर्शनी चिन्तनका संस्थापकका रूपमा देवगुरु बृहस्पतिलाई मन्याया दिनु र वाल्मिकी तथा महाभारतमा जावाली ऋषिका रूपमा चार्वाक चिन्तनको उपदेशकका रूपमा अगाडी सार्नु - यी सबैले चार्वाकीय चिन्तनप्रति समाजले सम्मान जनक व्यबहार गर्ने सिद्ध गर्छन् | 

आफुलाई मन नपरेको चिन्तनको शास्त्रीय आलोचना वा शास्त्रार्थमा पराजित गरेर आफ्नो अनुयायी बनाउनु वैदिक सभ्यताको प्राचीन परम्परा हो | मलाई लाग्छ, चार्वाक् चिन्तनका अनुयायिहरू पनि अन्य मतका अनुयायिहरूसंग पराजित भए होलान् र आफ्नो मत छोडेर विजेताको चिन्तन व्यबहारमा स्वीकार गरे होलान् | सनातन संस्कृतिमा एस्ता धेरै उदाहरण छन् | प्रसिद्ध वैदिकहरू जैन मुनिहरूसंग शास्त्रार्थमा पराजित भए पछि जैन प्रचारक बनेका छन् | यही प्रसंग बौद्ध-हिन्दू, हिन्दू-बौद्ध, जैन-हिन्दू, हिन्दू जैन तथा भौतिकवादी र आध्यात्मवादीहरूका लागि पनि चरितार्थ हुन्छ | 

सारांशमा भन्नुपर्दा, चार्वाकीय दार्शनिक चिन्तन पनि वैदिक नै हो र वैदिक ऋषिहरूले (स्मरण रहोस्, बृहस्पति वैदिक मन्त्रद्रष्टा ऋषि हुन्) आध्यात्मवाद भन्दा पृथक् भौतिकवादी चिन्तन सृजित गरेका हुन् | यी बीच बैचारिक द्वन्द भए पनि आचरणका सवालमा कुनै द्वन्द थिएन भन्ने मेरो विश्वास छ | तेसैगरी प्राचीन वैदिक सामाजिक जीवनमा चार्वाकहरूको उच्चतहको सम्मान थियो तेसैले उनिहरूले "मुनि ऋषि" पद प्राप्त गरेका थिए | उनीहरू अराजक थिएनन् र उनीहरू आधुनिक अर्थमा विज्ञानका संस्थापक पनि होइन | आजको भौतिकवादी चिन्तनसंग चार्वाकहरूका चिन्तनको सामिप्य हुनु महज काकताली हो भन्न सकिन्छ |

कपीराइट 

Friday, September 25, 2020

सुनका टुक्राहरू

त्यो दिन हामी सबै बसेर हिमाल, पहाड र तराईको गीत गाइरहेका थियौं, मुक्तिनाथ र जनकपुरका भजनहरू गाइरहेका थियौं कि त्यो मान्छे आएर हामी बीच बस्यो | हामीले सधैंझैं पाहुनाको स्वागत गर्यौं | ऊ धेरै दिनको भोको रहेछ | पेटभरी खान दियौं |  हाम्रो गाउँले हरेक पाहुनाको स्वागत गर्छ | हामीले पाहुनाका विषयमा तेति सोधपुछ गर्दैनौं | उसले भन्यौं "म साझा मान्छे हुँ | मेरो परिचय मान्छे हुँ | म तपाईंको पाहुना हुँ |" उ हाम्रो गाउँको साझा पाहुना बन्यो | हरेक दिन उ फरकफरक घरमा बस्थ्यो | उ साच्चिकै अचम्मको मान्छे थियो | उसंग दुईबाट किताव थिए - एउटा रातो रङ्गको र अर्को कालो रङ्गको | ऊ रातदिन कितावमा समय विताईरहेको हुन्थ्यो | उ थोरै बोल्थ्यो तर भन्थ्यो "अव यो फेरिनु पर्छ | यी माने, मन्दिरहरू सफा हुनुपर्छ |"
Govinda S. Upadhyaya

हाम्रा हजुरबा गाउँमा सबैभन्दा जेठा थिए | हरेक फुर्सदको बेलामा हामी हजुरबा थिम हुन्थौँ | हजुरबा हाम्रा गुरू हुनुहुन्छ | सबैलाई उहाँले भन्नुहुन्छ "हामो देश हिमाल जत्तिकै प्राचीन हो | हाम्रो सभ्यता हिमाल बनेसंगै आरम्भ भएको हो | हाम्रो धर्म संस्कृतिको इतिहास हिमालको उत्पत्तिसंगै आरम्भ हुन्छ | यहाँका हिमाल, पहाड तथा तराई र यहाँका सम्पदाहरूसंग हुर्केको र यसलाई माया गर्ने हरेक मान्छे यहाको रैथाने हो, हाम्रो मिल्ती अनन्त छ किनभने हामी अनन्त अमृतक सन्तान हौँ, हामीले आफ्नो इतिहास, संस्कृति र सभ्यतामा गर्व गर्नुपर्छ | विश्वमा हामीजस्तो अरू कोही छैन, हामीले ऋषिको सन्तति भएकोमा गर्व गर्नुपर्छ - हाम्रा हजुरबाले भनिरहनु भएको थियो | हामी गज्जव मानेर सुनिरहेका थियौं | साच्चिकै भन्ने हो भने हामी तेस्तै थियौं | हिमाली, पहाडी र मधेसी एक्कैनास थियौं, जे-जस्तो थियौं, तेहा पनि उस्तै थियौं | कुनै नक्कल थिएन | जे-जति थियो सक्कल नै थियो | उ पनि हामीसंगै वसेर हजुरबाका कुरा सुनिरहेको थियो |

हजुरबाले एसो भनिरहंदा उसलाई पटक्कै मन परिरहेको थिएन | एसो हेर्दा ऊ पनि अरूजस्तै देखिन्थ्यो | अरूको जस्तै भाषा बोल्थ्यो र अरूले जस्तै लुगा पनि लगाएको थियो | उसले मुखै फोरेर भन्यो "हिमालको कुनै इतिहास हुँदैन | हिमालको कुनै सभ्यता होइन | इतिहास र सभ्यताहरूको स्रोत पश्चिमतिर छ | हामी (नाक चुच्चे) आक्रमणकारी हौँ | तेसैले हामी फरक छौँ | हरेक मान्छे फरकफरक हुन् | फरकभाषा र पहिचान हुन्छ | हरेक मान्छेले अर्कोलाई होइन आफुलाई माया गर्नुपर्छ | जे-जस्तो कितावले लेखेका छन् हामीले खुरुखुरु मानेर हिड्ने हो | विश्वभरिका प्रगतिशील मान्छेहरूले एसै गरी प्रगति गरेका हुन् | हामी प्रगति गर्न चाहन्छौं भने "वैज्ञानिक" चिन्तन स्वीकार्नुपर्छ |" हामी सबै छक्क पर्यौं | आजसम्म हजुरबासंग असहमत भएको कुनै घटना थिएन | सबैले हजुरबाको सम्मान गर्थे |

केही दिन देखि उ वदलिएको थियो | उसंग भेट्न मान्छेहरू पनि आउन  थालेका थिए | ती अरूसंग पटक्कै बोल्दैनथे | हिजो पनि उसंग भेट्न केही मान्छे आएका थिए | ती मान्छेहरूलाई पहिले कसैले देखेको थिएन | तिनीहरूसंग केही किताव थिए | फर्केका मान्छेले दिएका कितावहरू उसले पढेको थियो | अनि, ती किताव पढेपछि उसको मुखमा "प्रगतिशील" बुर्जुवा, शोषक, पददलित" जस्ता अनौठा शब्दहरू हुन्थे | धेरै मान्छेले कुरा नै बुझ्दैनथे | हिमवत्खण्ड, भारतवर्ष, उत्तरभारतजस्ता शब्दहरू सबैले बुझ्दथे |"

उसका कुराहरू ठूले राई, रामहरी सुवेदी, रमिला परियार, भोज गुरुङ, मखन मण्डल, बिनु चौधरी कसैले पनि बुझ्न सकेनन् | उसले भन्यो "म साच्चै भन्छु, मैले यसरी लेखिएको इतिहास मेटाएर छोड्छु | मैले जितेपछि लेखाउने इतिहास यसरी पढिने छ "हिमालको कुनै देश हुँदैन | ऋषिमुनि भनेका शोषणका मतियार हुन् | उनी  जन्मेको दिन र उनीका भक्तहरूले तोकेको दिन देखि इतिहास आरम्भ हुन्छ | पुरानो इतिहास विर्सिएको अर्थात् मिति....देखि इतिहास आरम्भ हुन्छ | १२७ बटा देशहरूको संघमा सबै स्वत्रन्त्र छन् | यो देशले पनि त्यो दिन मुक्ति पाउने छ | तपाईंहरू पनि मुक्त हुनुहुनेछ | त्यो दिन sसबैका लागि खास हुनेछ |"

यो सुनेर सबै साच्चिकै ट्वाल्ल पर्यौं | आज सम्म कसैले एस्तो कुरा गरेको थिएन | साच्चिकै भन्छु,  मैले १२७ देशहरू सबै स्वतन्त्र छन्" भनेको पटक्कै बुझिन | मैले उसंग धेरै पटक सोधें, उसले भनिरह्यो "म १२७ बटा देशका आ-आफ्ना राजाहरू देख्न चाहन्छु | मैले मेरो वरिपरी देशैदेशको फुलवारी चाहन्छु | त्यो फुलवारीमा फुल होइन सिउडीका काँडाहरू उम्रिउन् भन्ने चाहन्छु |" मैले करै गरेपछि उसले भन्यो "यो सबै कुरा मेरो "प्रगतिशील" कितावमा लेखिएको छ | मैले त्यो किताव मांगे | उसले भन्यो "मैले विश्वास गरेको मान्छेलाई मात्र त्यो किताव दिन पाउँछु | मैले विश्वास नगरेका व्यक्तिले त्यो किताव पढ्न पाउन्नन् | मैले राजा बनाएको मान्छेलाई मात्र ती कितावमा अधिकार हुनेछ |"

मलाई किताव वारे निकै उत्सुकता जाग्यो | मैले जसरी पनि त्यो किताव खोजेर पढ्ने निधो गरें | मसंग त्यो किताव पढ्ने दुईबटा बाटा थिए - मैले उसको विश्वास प्राप्त गर्ने वा त्यो किताव चोरेर पढ्ने | मलाई थाहा थियो, म ऊजस्तो हुनै सक्दैनथें | मैले उसलाई विश्वास गर्न सक्थें तर उसले ममा विश्वास गर्नुको कुनै कारण थिएन | मैले दोस्रो विकल्प रोजें | मैले किताव उसको अनुपस्थितिमा पढ्ने निर्णय गरें |

एक दिन उसले मसंग घोषणा गर्यो "अव म मैले विश्वास गरेका सबै मान्छेहरूलाई यो किताव पढ्न दिने छु |" तर मैले त्यो किताव पाइन | म किताव पढ्न चाहन्थे | म उसले बोलेका कुराहरूको अर्थ जान्न चाहन्थे | म १२७ बटा राष्ट्रहरूवारे बुझ्न चाहन्थें | म ऊ जस्तो बन्ने सम्भावना थिएन, तेसैले मैले ऊबाट किताव पाउने कुरै थिएन |"

अचानक ऊ एक दिन आफ्नो कोठाबाट अलप भयो | मैले धेरै खोजिनिधि गरें तर पत्तो लागेन | कोठामा कितावैकिताव थिए | एउटा पुरानो बाकसभित्र मैले खोजेको किताव जतनपूर्वक राखिएको रहेछ | खासमा रातोरङ्गको त्यो किताव निकै फरक थियो | मैले निकालेर पढ्दै गएँ | त्यो कितावको पेज नंवर ५२ मा एसरी लेखिएको रहेछ -
"उनी विश्वका ज्योति हुन् | इतिहास र सभ्यताहरूले उनीलाई नाघ्न मिल्दैन | अव यो मुलुकमा इतिहास, धर्म, संस्कृतिको आरम्भ गर्नु पर्ने छ | पुरानाहरूलाई निमिट्यान्न नपारी यो हुने छैन | विश्वका अरू सबै सभ्यता र इतिहास झूटो हुन् | झूटो धर्म, संस्कृति र राजनीतिमा विश्वास गर्नेहरूले राज्यमा प्रवेश पाउन सक्ने छैनन् | हो, बरू पहाडलाई सियोको टुप्पोबाट निकाल्न सकिएला तर यो कितावको आदेश नमान्ने मान्छेहरू, संस्कृतिहरूले नयाँ राज्यमा ठाउँ पाउने छैनन् |" संसारका मान्छेसंग विकल्प छैन |"
अनि, यसै पेजसंग हातले लेखिएको एउटा खेस्रो रहेछ | निकै परिश्रम गरेर लेखिएको भए पनि ती केटाकेटीले बडो परिश्रम गरेर लेखेजस्तो थिए | सायद यी अक्षरहरू "पाहुना"कै हुनुपर्छ | मैले परिश्रम गरेर पढें | सायद यो उसको आगामी कार्ययोजना थियो | लेखिएको थियो -  

(१)  जातजातिहरू बीच भाषा, भूगोलको र रूपरंगको वहस निकालेर "मेरो मात्रै ठूलो भाषा" भन्न सिकाउनु, उनीहरूले ध्यान दिएर सुन्ने छन् | 
(२) जुन मान्छे जुन ठाउँमा भए पनि उसको नाक र बोली हेरेर उसलाई एउटा भूभाग उसको हो भनेर सिकाउँनु र उसलाई तेस ठाउँको राजा बनाउने बाचा गर्नु | जतिसक्दो धेरै राजाहरू बनाउनु | जतिधेरै राजा हुनेछन्, तेति नै धेरै कालो कितावको विजय हुनेछ |
(३) विश्वको एउटा मात्र ईश्वरका छोराले स्थापित गरेको धर्मलाई सगरमाथामा पुर्याउने उद्देश्यले काम गर्नु | यो भन्दा असल काम इतिहास आरम्भ गर्न अरू केही हुने छैन | विश्वमा दुईबटा मात्र छोरा छन् एकजना २०२० वर्ष अगाडी जन्मिए र दोस्रो २०२ वर्ष अगाडी जन्मिएका हुन् | मेरो जीवन यी दुईका लागि समर्पित छ | मेरो जीवनको उद्देश्य कालो र रातो किताव नै हुन् |"
(४) यदि सगरमाथामा कितावहरूको  प्रभुत्व स्थापित गर्नु छ भने जतिभाषा छन् तेतिनै राष्ट्र हुनेछन् भनेर आश्वासन दिनु | उनीहरू एकआपसमा लड्ने छन् | समयलाई चिन्नु , तर सोझै नबोल्नु | यी मान्छेहरू वहादुर छन् |  कुरा दुईअर्थे हुनुपर्छ रातो र कालो दूवै कितावहरू तेत्तिकै महत्वपूर्ण छन् | 
(५) उनीहरू लडिरहेको वखतमा  हरेक घरमा गएर "किताव" बाड्नु र सुनका टुक्राहरू पनि दिनु | तर विश्वास भएका र कुरा नकाट्नेलाई भने अलि धेरै सुनका टुक्राहरू दिनु किनभने उनीहरू दास हुन् | 
(६) आफ्नो विश्वासपात्र "सुनको टुक्रा" लिने र "कितावको कसम खाने"लाई मात्र बनाउनु | आफ्नो बोलीमा "अधिकार, लोकतन्त्र, प्रजातन्त्र, उन्मुक्ति" स्वतन्त्रता, समाजवाद"जस्ता शब्दहरू प्रयोग गर्नु | मान्छेहरू यी शब्दबाट लोभिन्छन् | लोभी मान्छेहरूको भीड नै शक्ति हो |
(७)  जन्म इतिहासको पुनर्लेखन गर्न भएको हो | विश्वको इतिहास छ हजारवर्षको मात्र हुन्छ | पुराना संस्कृति र सभ्यताहरू "प्रगतिमा" बाधक छन् | उन्मुक्तिको अर्थ हो - पुरानो संस्कृति र सभ्यताबाट मुक्ति र "कितावले देखेको इतिहासको स्थापना |"
(८) विश्वास र विश्वासघातमा केही फरक छैन | विश्वास तिनैको गर्नु जसले सहयोग गर्छन्, प्रश्न गर्दैनन् र आँखा चिम्लेर विश्वास गर्छन् | जतिसुकै विश्वासिलो भए पनि "प्रश्नकर्ता" उपयोगी हुँदैनन् | सफाया गर्नु र आवश्यक परेमा विश्वासघात गर्नु |
(९) जित्नेहरूको लागि यो कितावका एकएकअक्षर मूल्यवान् छन् | २०२० वर्ष अगाडिको एउटा मान्छेले एस्तै भविष्यवाणी गरेको थियो "तिमिले मलाई सगरमाथा भेट दिनु, म तिमीलाई मुक्ति दिन्छु "| खुसी हुनुपर्छ, यो मौकाको प्रतिनिधित्व मैले पाएको छु | विश्वभरीका "विश्वासी" एक छौँ |
(१०)  यो ५२ पृष्ठको पाठ्यसामग्रीहरू लेख्ने कामचाहिं पृष्ठ सङ्ख्या ४ बाट भएको थियो | अव मैले  तेहाबाट सन्दर्भ का लागि मात्र फर्किनु पर्छ  | तेस्तै पृष्ठ सङ्ख्या २९ पनि निकै महत्वपूर्ण छ तर त्यो हारेका मान्छेहरूको इतिहास हो | मेरो इतिहास त यही अर्थात् पृष्ठ ५२ बाट नै आरम्भ हुन्छ | तर पनि पृष्ठसङ्ख्या १८४८ चाहिं निकै महत्वपूर्ण छ | यो अनुवाद गरेर अर्को कितावसंगै घरघरमा दिनुपर्ने छ |"
(११) एक पटक कितावलाई स्वीकार गरिसकेपछि अल्मलिने काम छैन |  मसंग अगाडी बढ्ने विकल्प मात्र वांकी छ  | अवरोधहरूलाई कठोरतापूर्वक हटाउँ | मान्छेहरूलाई एकआपसमा भिडाउँ, एकअर्कोलाई हत्या गर्न प्रेरित गर | शक्ति बन्दुकको नालबाट आउँछ | घृणावादी र युद्ध उन्मादीहरू चिन | सुनका टुक्राहरू देऊ तर याद राख आफ्नो असली परिचय भने कहिले पनि उजागर नगर्नु |"

मलाई कितावको भाषा अचम्म लागिरहेको थियो | मैले उल्लेख गरिका पेजहरू खोजें | ती पृष्ठहरू छंदै थिएनन् | तेसमा केवल ७३ पृष्ठमात्र थिए | कालो किताव तेहा भेटिएन | अनि, १८४८ संख्या भएको पृष्ठ कसरी खोज्ने ? मेरो दिमाख चक्करायो | मैले आँखा चिम्लेर २०२० अगाडी इतिहासको जग राख्ने मानिस र पृष्ट सङ्ख्या १८४८ को विषयमा सोच्न थालें र मैले चिनेको मान्छेको परिचयका विषयमा सोच्न थालें |
क्रमशः


(copyright) 

Tuesday, September 22, 2020

पिंजडाको सुगाको कथा

एउटा प्राचीन इतिहास भएको, आफ्नै धर्म, संस्कृति, विज्ञान र पहिचान भएको एउटा राष्ट्र थियो | जनता खुसी थिए, मिलेर बसेका थिए तर वाहिरका मान्छेसंग कुनै सम्बन्ध थिएन | हालै सरकारले विदेशीहरूका लागि ढोका खोलेको थियो | अनि,

(१) एउटा नचिनेको मान्छे आयो | उसंग एउटा किताव थियो | त्यो अचम्मको मान्छे र उसको किताव देखेर मान्छेहरू झुम्मिए | उसले भन्यो "यो कितावमा तपाईंहरूको विकासको खाका कोरिएको छ | म यो किताव सिकाउँन आएको हुँ" मान्छेहरूले पत्याए | उसले किताव पढाउन थाल्यो |
मान्छेहरूले भने यो किताव साच्चिकै काम लाग्ने रहेछ | यसले हाम्रो विकास गर्छ |


(२) उसले मान्छेहरूको अगाडी किताव खोलेर पढ्यो "तिमीहरू यदि प्रगति, विकास, रोक, शोक र गरिवीबाट मुक्ति चाहन्छौं भने आफ्नो अधिकारका लागि लड | अधिकारको लडाईमा पैसा चाहिन्न | तिम्रो छिमेकीले तिम्रो शोषण गरिरहेको छ | तिम्रो लोग्नेले तिम्रो अधिकार हनन गरिरहेको छ | विद्रोह गर्नुनै आधिकार स्थापनाको आरम्भ हो |
मान्छेले पत्याए, अधिकारको लडाई लड्न थाले | एकअर्काप्रति अविश्वास, घृणा तथा रीस बढ्यो |

(३) मान्छे फेरी आयो उसले आफ्नो किताव खोलेर फेरी पढ्यो "अधिकार प्रदान गर्न सरकारलाई दवाव देऊ | हामी तेसको लागि चाहिन्ने रकम अनुदानमा दिन्छौं | आफ्नो भाषा, भूगोल, जातजाति र पहिचानका लागि सङ्घर्ष गर | तिम्रा संस्कृति र तिम्रो इतिहास तिम्रो अधिकारमा बाधक छ | उनीहरूले तिमिलाई दवाएका छन् |
मान्छेहरूले पत्याए | मान्छेहरू सरकार माथि खनिए | छिमेकी माथि खनिए | आफ्नै इतिहास र संस्कृतिप्रति खनिए | त्यो मान्छेले भत्ता दियो | मान्छेहरू खुसी भए | किताव बोक्ने मान्छेले हामीलाई सहयोग गर्ने रहेछ | आहा, अधिकारका लड्दा धन पाइने रहेछ भन्नेले सोचे |

(४) फेरी तेही मान्छे आयो उसले किताव खोलेर पढ्यो "राष्ट्रहरूले ऋण लिएर आफ्नो विकास गर्छन् | राष्ट्रसंग पैसा भयो भने जनताले सुविधा प्राप्त गर्छन् | अव तिमीले आफ्नो कुरा मान्ने सरकार बनाऊ | चुनाव गर्न हामी पैसा दिन्छौं |"
जनताले प्रजातन्त्र ल्याए र नेताहरूले विदेशीहरूबाट आफ्नो देशको विकासका लागि ऋण ल्याए | जनताहरू विकास हुनेमा ढुक्क भए |

(५) फेरी पनि त्यो मान्छे आयो उसले विकास नभएर आजित जनताका सामु आफ्नो किताव खोलेर पढ्यो "ऋण लिंदा आफु खुसी गर्नेले फेरी ऋण पाउन्नन् तेसैले ऋणीले ऋण दिनेको शर्त मान्नुपर्छ | ऋणदातासंग शर्तहरू मान्ने करारनामा नभएर काम विग्रियो |" अनि, उसले आफ्नो गोजीबाट एउटा "पवित्र किताव" निकालेर दिंदै भन्यो "तपाईंहरूले हाम्रा ईश्वरको आदेश पालन गर्नुपर्छ | अव हाम्रो परमेश्वरले तपाईंहरूलाई मार्गदर्शन गर्नुहुने छ | ऋणमुक्त पार्ने शक्ति हाम्रो परमेश्वरमा छ |"
जनताले चुनेको सरकारले सबै शर्त मान्यो | शर्त मान्नेहरू पुरस्कृत भए | विदेशमा शयर गर्ने अवसर प्राप्त गरे | पवित्र पुस्तक बोकेका मान्छेहरू सुनका टुक्राहरू गाउँगाउँमा  छिरे | ऋण ((पाप) मुक्तिका सपना सुनाए |  जनताले सोचे अव विकास हुन्छ |

(६) तैपनि देशको विकास भएन | त्यो अचम्मको मान्छे र उसको किताव गाउँगाउँमा च्याप्छ्याप्ति भयो | मान्छेहरू किताव बोकेर गरिवी, ऋण र पाप मुक्तिका लागि भनेर गाएर नाँच्न थाले | तर मान्छेहरू खुसी भएनन् | फेरी त्यो मान्छे तेही किताव बोकेर आयो र पढेर सुनायो "ऋण लिनेले समयमा ऋण तिर्न सक्नुपर्छ | होइन भने कालो सूचिमा पर्छन् | आफु भोकै मरेर पनि ऋण तिर्नुपर्छ | परमेश्वर रिसाउनु भयो | अव परमेश्वरको नाममा थप ऋण लिनुपर्छ |"
किताव खोलेर पढ्ने मान्छे र राष्ट्रको नाममा ऋण लिन अख्तियारी पाएका नेताहरू बीच हेराहेर भयो | दूवै मुसुक्क हाँसे | फेरी पनि ऋण थपियो | ऋणको रेखदेख गर्न मान्छेहरू थपिए | ऋण गाउँगाउँमा पुग्यो | मान्छेले भने "अव विकास हुन्छ |""

(७) समस्या निराकरण भएन | गरीव गरीव नै रह्यो | मान्छे दिक्क मान्न थाले | फेरी पनि तेही सुकिलो मान्छे किताव बोकेर आयो | अव उ कठोर थियो | किताव खोलेर पढ्यो -"अन्तराष्ट्रीय कानुन अनुसार ऋण तिर्न नसक्ने राष्ट्रहरू विरुद्ध प्रतिबन्ध लगाइन्छ | भोकभोकै वसेर भए पनि जनताले ऋण त तिर्ने पर्छ | अव तपाईंहरूले हाम्रा सबै शर्त मान्नुपर्छ | हाम्रो धर्म, संस्कृति, संस्कार सबै तपाईंहरूका लागि स्वीकार्य हुनैपर्छ | तपाईले हुन्न भन्ने अधिकार गुमाइसक्नु भएको छ |"

अनि उसले आफ्नो उसले आफ्नो गोजीबाट अन्तराष्ट्रीय कानुनको झ्यालखाना दियो जसले राष्ट्रलाई नै कैद गर्ने हैसियत राख्थ्यो | ऋण तिर्न नसक्नेले जेलसजाय भोग्नुपर्छ | अरूसंग ऋण लिएर मोज गर्नेले झ्यालखानामा थुनिनुपर्छ | उ आफ्नो देशतिर लाग्यो | 

तेतिनै बेला लामो दारी पालेका लेखनाथ कविले आत्तिएको र चर्को स्वरमा "बालक बबुरो द्विज सुकुनामा म परेको छु पिंजडामा | मकन हरे सुख शान्ति र चैन सपना बीच पनि रतिभर छैन" गाउँदै गरेको सुनेर जनताहरू छक्क परे | घरबाट वाहिर र वाहिरबाट सडकमा निस्किएर |

(८) आजै पनि मान्छेहरू सडकमा निस्किएर एताउति बुझ्न थाले | तर कवि अलप भैसकेका थिए | तेतिकैमा एउटा अग्लो घरको वार्दालीमा तेही अचम्मको मान्छे र केही चिनेका सुकिला मान्छेहरू देखिए | अचम्मको मान्छेले सधैंजस्तै हातमा किताव समातेको थियो र  सुकिला मान्छेहरूबाट घेरिएको थियो | अनि, लेखनाथ कविलाई खोज्न वाहिर निस्केका मान्छेहरूतिर फर्केर त्यो अचम्मको मान्छे चिच्याएर आफुले समातेको पुस्तक  चर्को स्वरमा पढ्न थाल्यो - “प्रजातन्त्र, लोकतन्त्र, समाजवाद, अधिकार र जनताले चुनेको सरकारको कुनै विकल्प छैन | जनताले चुनेको सरकारको विकल्प खोज्न सकिन्न | चुनेको सरकारको निर्णय जनताको निर्णय हुन्छ |”
अनि, सुकिला मान्छेहरू पनि चिच्याएर बोले ““हो, हो, प्रजातन्त्र, लोकतन्त्र, समाजवाद, अधिकार र जनताले चुनेको सरकारको कुनै विकल्प छैन | जनताले चुनेको सरकारको विकल्प खोज्न सकिन्न | चुनेको सरकारको निर्णय जनताको निर्णय हुन्छ |”

वाहिर मान्छेहरू गाइरहेका थिए "बालक बबुरो द्विज सुकुनामा म परेको छु पिंजडामा | मकन हरे सुख शान्ति र चैन सपना बीच पनि रतिभर छैन || मकन हरे सुख शान्ति र चैन सपना बीच पनि रतिभर छैन ||"

अचम्मको मान्छेको कथा र तेसमा विश्वास गरेर कथा सुन्नेहरू थाकेका छैनन् | कथा चलिरहेको छ |


Wednesday, September 9, 2020

आत्महत्या रोक्ने वैदिक सूझाव

विश्व स्वास्थ्य संस्थाकाअनुसार हरेक वर्ष करिव आठलाख मान्छेले आत्महत्या गर्छन् अर्थात् हरेक ४० सेकेन्डमा एकजना मान्छेले आफुलाई मार्छ | यस हिसावले हरेक दिन १२३ जनाले आत्महत्या गरेर आफ्नो भौतिक जीवन समाप्त पार्छन् | वदलिँदो जीवनशैली, मानसिक तनाव, निराशा, आर्थिक समस्या, विभिन्न महामारीको डर तथा अन्यधे धेरै कारणहरूले आत्महत्या गर्छन् | नेपालमा पनि हरेक दिन सरदार ७-८ जना मान्छेले आत्महत्या गर्छन् भन्ने विश्वास गरिन्छ | आत्महत्याको चर्को मूल्य हुन्छ | विज्ञहरूले एकजना मान्छेले आत्महत्या गर्दा लगभग १०० भन्दा बढी मान्छेहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभावित हुने तथ्यवारे इङ्गित गर्छन् | सरकारहरूका लागि आत्महत्या रोक्नु निकै चुनौतिपूर्ण छ | 

नेपाल प्राचीनकालदेखि नै हिन्दू, जैन बौद्ध तथा किरातीहरूको वासस्थल हो | वेदका विचारहरू पढ्दा प्राचीनकामा पनि मान्छेहरूले आत्महत्या गरेर जीवन अन्त्य गर्दा रहेछन् र तेस्तो क्रियाकलाप तत्कालीन समाजलाई स्वीकार्य थिएन र तेसलाई “पाप” भनेर निन्दा गरिन्थ्यो भन्ने जानकारी पाइन्छ | आत्महत्याका सवालमा वैदिक संस्कृतिमा के-कस्तो अवधारणान् ? यस विषयमा मैले केही प्रमाणिक विचारहरू यहाँ प्रस्तुत गरेको छु |

वैदिक सभ्यता र संस्कृतिमा प्राचीनकाल देखिनै आत्महत्याको कठोर निन्दा गरिएको छ | हिन्दू धर्म र संस्कृतिले आत्महत्यालाई निरुत्साहित गर्छ | अथर्ववेदसहित अनेकौं ठाउँमा आत्महत्यालाई निरुत्साहित गर्ने अनेकौं कथनहरू उपलब्ध छन् | यी कथनहरू मध्ये सबै भन्दा पूरानो श्लोक अथर्ववेदमा आएको छ | संस्कृतमा लेखिएको यो श्लोक र तेसको अर्थ यसरी छ : 
“असुर्या नाम ते लोका अन्धेन तमसावृताः। तांस्ते प्रेत्याभिगच्छन्ति ये के चात्महनो जनाः || (यजुर्वेद ४०/ ३, ईशावास्योपनिषद् -३) अर्थ – असुरहरू अर्थात् नराम्रो विचार, कर्म र गुण भएका व्यक्तिहरू निवास गर्ने ठाउँहरू अत्यन्त अध्यारो र फोहोर हुन्छन् | आफ्नो आत्मालाई मार्ने (आत्महत्या गरेर आफुलाई मार्ने व्यक्ति) आफुलाई मारेपछि उपरोक्त कमसल लोकमा जान्छन् अर्थात् नर्कमा जान्छन् |”

यो श्लोक पुन: सबैभन्दा प्राचीन ईशावास्योपनिषदमा समेटिएको छ | एघारबटा उपनिषद्को व्याख्या गरेका विश्वप्रसिद् अद्वैत सम्प्रदायका प्रथम आचार्यशङ्करले अथर्ववेद र ईशावास्योपनिषदमा (३) उल्लेखित आत्माहत्यालाई पाप हो भन्दै उल्लेख गरिएको श्लोकको व्याख्या गर्दै लेख्नुहुन्छ : “जुन सुकैले आत्माको घात गर्छ उनीहरू आत्मघाती हुन् | ती को हुन् ? ती अज्ञानी हुन् | उनीहरूले आफ्नो आत्माप्रति कसरी हिंसा गर्छन् ? अविद्या र अज्ञानरूपि दोषका कारण आफ्नो नित्य आत्माको तिरस्कार गर्छन् | आत्माघातजस्तो दोषका कारणनै ती जन्ममरणमा पर्छन् |” आत्महत्या गर्ने व्यक्तिको आत्मा अत्यन्त गहिरो अन्धकार भएको त तमोगुणले भरिएको कमसल लोकहरूमा पुग्छन् |

ईशावास्योपनिषदले आत्महत्याको निन्दा मात्र गरेको छैन अपितु आत्म हत्याबाट जोगिन के कसो गर्नुपर्छ भन्ने सुझाव पनि दिएको छ | 

१. सम्पूर्ण विश्वलाई परमात्माको विस्तार मान्नु – यदि मैले आफुमा ईश्वरको शक्ति र वासना फैलिएको अनुभूति गरें भने मैले आफुलाई मार्न चाहन्न किनभने ईश्वर अजरअमर र दयालु छ | आत्मवास्यमिदं विश्वं अर्थात् यो विश्व आत्माको प्रतिविम्व हो भन्ने निश्चय नै आत्महत्या गर्नबाट व्यक्तिलाई जोगाउँछ |

२. मृत्युपछिको जीवन : शरीरलाई मारेर जीवनको अन्त्य गर्दैमा दुख, कष्ट तथा पीडाहरू सकिन्नन् | भौतिक शरीरको अन्त्य गरेपछि नर्कमा गएर झन् कठोर दुखहरू भोग्नुपर्छ | अत: भविष्यमा आत्माले पाउने असंख्य दुखहरूबाट जोगिन आत्महत्या गर्न हुँदैन |

३. असल कर्म गरेर १०० वर्ष बाँच्न सकिन्छ भन्ने भावना : वैदिक संस्कृतिमा हरेक मान्छेको आयु १०० वर्षको हुन्छ भनेर मानिएको छ | आफ्नो मानव जीवनमा (पशु जीवनहरू दुखमय छन्) स्वाभिमानी भावना राख्नुपर्छ र सयवर्ष बाँचेर असल कर्म गर्ने मनोवल बढाउनुपर्छ | एस्तो मनोबल बढेपछि मान्छेले आत्महत्याजस्तो पापकर्म गर्दैन |

४. आत्मतत्व मर्दैन भन्ने चेतना : शरीर मरेपछि सबै दुखहरूको अन्त्य हुन्छ भन्ने सत्य होइन | आत्मा अजरअमर छ | जव अजरअमर आत्मा मर्ने सक्दैन भने हामीले आत्माको घर शरीरको अन्त्य गरेर कुनै प्रकारको लक्ष उपलब्धि गर्न सक्दैनौं |

५. आत्मतत्व नै सबैभन्दा नजिकको मित्र हो भन्ने विश्वासलाई बलियोसँग स्वीकार गर्ने अभ्यास गर्दा आत्महत्या निरुत्साहित हुन्छ | आफ्नै शरीरको अन्त्य गरेर आफ्नो पनि भलो हुँदैन भन्ने मानसिकताको विकास गर्न यस विषयमा वारम्वार संवाद गर्नुपर्छ | 

६. सम्पूण विश्वमा आफ्नै आत्मा फैलिएको अनुभव र विश्वासको अभ्यास गर्ने व्यक्तिले आफ्नो आत्मालाई समेत हिंसा गर्न सक्दैन | यदि कसैले आफ्नो शरीर नष्ट गर्छ भने उसले एउटा सानो विश्वनै मासेको पाप गर्छ | 

७. आत्महत्या पाप हो भन्ने चेतनाको विकास र स्मरण : हरेक धर्म र संस्कृतिमा पाप-पूण्य, धर्म-अधर्मको चेतना हुन्छ | वैदिक संस्कृतिमा पनि धार्मिक अधार्मिक कर्ममा विश्वास गरिन्छ | आत्महत्या गर्ने विचार गरिरहेका वा आत्महत्या गर्न तम्तयार व्यक्तिमा "आत्महत्या पाप र अधर्म हो, एसले मलाई नर्कमा लैजान्छ" भन्ने विचारले आत्महत्या रोक्न मदत गर्न सक्छ | एसको वैधताको लागि अनुसन्धान आवश्यक छ | 

८. प्रसिद्ध हिन्दू ग्रन्थ गरुडमहापुराणमा विभिन्न पापकर्म र ती पापकर्महरूको सूचिमा आत्महत्या पनि राखिएको छ | "आत्महत्या गर्ने आत्मालाई आत्महत्या गरेको पापमा यमदूतहरूले कुम्भिपाक नर्कमा (उमालेको तातो तेलमा पकाउने) एकहजार वर्षसम्म यातना दिनेछन्" भनेर आत्माहत्याबाट जोगिन प्रेरित गरेको छ | भविष्यमा दण्डित हुने डरको धार्मिक विश्वासले पनि आत्महत्या रोक्न मदत गर्छ |

वैदिक संस्कृतिमा आत्महत्याको निन्दा गरिएको छ | वेद र उपनिषदहरूले निकै व्याबहारिक रूपमा आत्महत्यालाई निरुत्साहित गर्न व्यक्ति स्वयंले (आध्यात्मिकतहमा) आफुले विश्वलाई प्रतिविम्वित गर्ने र विश्वले आफुलाई प्रतिविम्वित गर्छौं भन्ने विश्वासलाई बलियो बनाउनुपर्छ | शरीरको निर्माता शरीरधारी आफै होइन तेसैले आफुले निर्माण नगरेको वस्तु (शरीर) नष्ट गर्ने विचार र नष्ट गर्नेकार्य दूवै पाप हुन्छन् भन्ने वैचारिकतहमा विश्वास स्थापित गर्दा आत्महत्या निरुत्साहित हुन्छ | व्यक्ति आफै आत्महत्याको विचार र क्रियाबाट निरुत्साहित हुन्छ र जीवनप्रति विश्वास गर्न थाल्छ |

हरेक दिन अनेकौं व्यक्तिहरूले आत्महत्या गरेर आफ्नो जीवनको अन्त्य गरिरहेका छन् | आफ्नो अमूल्य जीवनप्रति अन्याय गरिरहेका छन् | हामीले उपरोक्त वैदिक संस्कृतिका आत्महत्यालाई निरुत्साहित गर्ने विचार र सुझाउँहरुलाई जनजनतहमा पुर्याएर अनेकौंको जीवन जोगाउन सकिन्छ र जीवन प्रति सकारात्मक चेतना स्थापित गर्न सकिन्छ |

Tuesday, June 30, 2020

तीनबटा विद्वान एउटा मूर्ख

हितोपदेशमा चार ब्राह्मणहरूको कथा छ | ती मध्ये एकजनाले अलग भएका वस्तुहरू जस्ताको तस्तै जोड्न सक्थे | अर्काले तेसलाई प्राकृतिक आकार दिन सक्थे | तेस्रोमा जोडिएको वस्तुमा प्राण दिन सक्ने क्षमता थियो | ती मध्ये एकजना संसार देखेका बुद्धु थिए |

गूरुकुलको शिक्षा सकेर हिड्दा कुलपतिले भन्नुभएको थियो "बाबु हो ! तिमीहरू विद्वान छौँ तर विद्याको प्रयोगचाहिं कसरी गर्ने भन्ने वारे बुझेका छैनौँ | सोचेर, सम्झेर मात्र विद्याको प्रयोग गर्नु हैं |"

चारै जना जङ्गलको बाटो हुँदै आफ्नो गन्तब्यतिर लाग्दै थिए | भोकप्यासले सताएपछि सामल खान एउटा पिपलको रुख भेटें | खाँदै गर्दा एउटा कंकाल देखियो | तीनैजनामा आफ्नो विद्याप्रयोग गर्ने दम्भ बढेर आयो |

बुद्धु साथीले भन्यो "यो जङ्गलका विचमा अनाहक किन शक्ति खर्च गर्ने ?" तर उसलाई कसैले वास्ता गरेन | पहिलेले आफ्नो विद्या प्रयोग गरेर कंकालका हड्डीहरू जोडीदियो | बुद्धुले भन्यो " मांसाहारी बाघ हो, एसले कसैमा दया गर्दैन" |

दोस्रोले आफ्नो शक्ति प्रदर्शन गर्दै बाघको कंकालमा मासु भरिदियो | बुद्धुले भन्यो "बाघ हो भन्ने थाहा भयो | अव एसमा प्राण भर्नु हुँदैन | तर तेस्रोले उसको कुरोमा वास्ता नगरी जीवन फुक्न थाल्यो र भन्यो "विद्वानहरूको सबैले आदर गर्छन् |"

चौथोलाई एउटा संस्कृतको बाक्य आउंथ्यो "अल्पविद्या भयङ्करी अर्थात् अब्यबहारिक ज्ञान भयङ्कर हुन्छ | उ दौडेर तेही रुखमा चढ्यौ र मित्रहरूलाई पनि आग्रह गर्यो | तर उसको वास्ता भएन |

अन्तत: विद्या सफल भयो | बाघमा जीवन आयो | भोको बाघले तीनै जना विद्वानहरूलाई तुरुन्त मारेर खायो | विद्या पनि रहेन, जीवन पनि रहेन |

अहिलेको नेपाली शिक्षा लगभग यही गतिमा छ | पढ्ने र पढाउने दूवैले अमेरिका, बेलायत वा अस्ट्रेलियाको लागि जनशक्ति उत्पादन गर्ने काम गरिरहेका छन् |

विदेशी विश्वविद्यालयमा पढेर नेपाल आउनेहरूमा "नेपाली मौलिक रैथाने मूल्यहरू थाहा नहुँदा" नेपाल केवल प्रयोगको विषयवस्तु बनेको छ | नेपाल मै पढेकाहरू पनि "विदेशी पद्यतिको शिक्षा" हुँदा आत्मघाती प्रयोगहरू कै फन्दामा परेका छन् |

नेपाली संरचना र आवश्यकतासंग न्याय गर्ने शिक्षा पद्यति र विषयवस्तु नेपालको आफ्नो इतिहास, मौलिकता तथा रैथानेपनसंग जोडिदैन तवसम्म यो देश "अब्यबहारिक विद्वानहरू"को प्रयोगशाला वनिनै रहने छ |

Tuesday, June 9, 2020

करोना : घृणाको विषय होइन !!

करोना : घृणाको विषय होइन !!
करोनाले सङ्क्रमित हुनु कुनै पाप होइन, देवताले दिएको दण्ड होइन, आतंकवादी फैलाएको रासायनिक आक्रमण होइन | प्रकृतिमा लुकेर वसेका आक्रामक जीवाणुहरू सक्रिय भएर देखा परेका हुन् | करोना यमराज होइन, यमराजको दूत हो | दूतले धेरैजसो भविष्यको सूचना दिने गर्छन् | जसको शरीर, मन तथा आत्मवल कमजोर छ, दूतहरूले चेतावनी दिन शरीरमा प्रवेश गर्छन् |

करोनाको संक्रमणमा पर्ने व्यक्ति आफैमा पीडित हो | एस्तो अवस्थामा विभिन्न वहाना गरेर भेदभाव गर्नु अमानवीय र धार्मिक दृष्टिकोणले पाप हो | जीवाणुबाट जोसुकै मान्छे विरामी पर्न सक्छ | त्यो म वा तपाईं जो-कोही पनि हुन सक्छौं |

करोना संक्रमितप्रति घृणा गर्ने, अरूलाई घृणा गर्न उक्साउने र सहयोगी व्यबहार प्रकट गरेर सङ्क्रमित व्यक्तिलाई रोगबाट लड्ने क्षमता प्रदान गर्नुको सट्टा भेदभव गर्नेलाई कानुनको दायरामा ल्याएर कार्वाही गर्नुपर्छ | यदि सरकारले कार्वाही गर्दैन भने विभेदकारीहरूलाई ईश्वरले दण्ड दिन्छ |

"म जोगिएको छु वा मेरो परिवार सुरक्षित छ" भनेर सङ्क्रमित प्रति असहिष्णु व्यबहार गर्ने व्यक्ति वा परिवार भोली संक्रमणमा पर्न सक्छ | तेस्तो अवस्थामा हामीले पनि तेस्तै घृणा, असहिष्णुता र सामाजिक वहिष्कार सहनु पर्ने हुन्छ |

तेसैले धर्म, मानवता तथा एउटा सामाजिक प्राणीका रूपमा कोभिड-१९ बाट सुरक्षित रहन सरकार तथा स्वास्थ्यविदहरूले "यो गरौँ" भनेका सबै नियमहरू पालन गरौँ र आफ्नो छिमेक, टोलमा यदि कुनै व्यक्ति कोरोना सङ्क्रमित छ भने सक्दो सहयोग प्रदान गरौँ |

सम्वन्धित व्यक्तिलाई जीवनप्रति हौसला प्रदान गरौँ, सम्वन्धित व्यक्तिका परिवारसंग शारीरिक दूरी बनाएर भरपर्दो भौतिक, मानसिक तथा सामाजिक सहयोग गरौँ | सङ्क्रमित प्रति हामीले जति प्रेम तथा सद्भावना प्रकट गर्छौं तेतिनै उसको आत्मबल बढ्छ र रोग तथा मृत्यु पराजित हुन्छ |

संस्क्रमितका लागि सहानुभूति होइन समानानुभूति प्रदर्शन गरौँ | "करोनाले एति मान्छे मरे" भनेर कुरा गर्नुभन्दा करोनाबाट "एति निको निको भएर घर गए" भन्ने विषयमा परिचर्चा गरौँ | मर्नेको तुलनामा मृत्युलाई जित्नेको सङ्ख्या अत्याधिक छ |

करोना कहर अवश्य हो तर एसले हामी मानव समाजलाई प्रकृति तथा आफ्नै जातिप्रति परोपकारी भएर प्रस्तुत हुन र सहयोगी भूमिकामा प्रस्तुत हुन अवसर प्रदान गरेको छ | धनि गरीव, छुत-आछुत, वर्णआदिका सबै सीमाहरू प्रकृतिले भंग गरिदिएको छ |

सतर्कता अपनाऔं र करोना सङ्क्रमितहरूप्रति हदैसम्मको सहयोगी क्रिया र भावना व्यक्त गरौँ | यदि तपाईं र म स्वास्थ्य छौं भने दिनको १० मिनट सङ्क्रमितको सु-स्वास्थ्यको लागि परिवार मिलेर प्रार्थना गरौँ | हरेक सङ्क्रमित निको भएर घर पुग्दा छोराछोरी, आमावुवा, श्रीमान् श्रीमती र अन्य परिवारका व्यक्तिहरुले खुसीको आँसु बगाउँदै सम्वन्धित व्यक्तिलाई स्वागत गरिरहेको दृश्य सम्झौं |

हामीले आफैलाई त्यो खुसीको अंसियारका रूपमा पाउने छौँ |

Saturday, June 6, 2020

उपेक्षा गरिएको सत्य : गाउँले बुढ्यौली


उपेक्षा गरिएको सत्य : गाउँले बुढ्यौली 

पश्चिमा संस्कृतिसंग जोडिएको आधुनिकताको नेपालमा प्रवेशसंगै नेपाली परिवारका धेरै परम्परागत प्रणालीमा सीधा प्रहार भएको छ | सरकार, शिक्षा र पश्चिमा मिडियाहरूले "व्यक्तिगत तथा स्वतन्त्र एकल परिवार"लाई प्रमोशन गरेकोले अनेकौं समस्या निम्तिएका छन् |

"अमुक पतिपत्नी र तिनका बालबालिका"लाई परिवार मान्ने र मातापिताको उत्तरदायित्व केवल "आफ्नो परिवार"भित्र सीमित पार्ने पश्चिमा मोडेलको विस्तारले गर्दा नेपाली समाजमा सबैभन्दा बढी "बृद्धवृद्धा"हरू सबैभन्दा बढी समस्या ग्रस्त भएका छन् |

धेरैलाई "शहरिया" बृद्धवृद्धाहरू बढी पीडित होलान् भन्ने अनुमान गर्छन् तर अव यो असत्यलाई चिर्ने वेला आएको छ | सम्पन्न मुलुकमा कामदारका रूपमा सुविधा सम्पन्न देशमा जाने जाने र तेहाबाट एकल परिवारको सिको सिकेका युवावर्गले बूढा भएका आफ्ना मातापितालाई गाउँमा छोडेर "श्रीमती र छोराछोरीसंग" शहर वसाई सार्ने प्रक्रिया बढेको छ |

अहिले शहरी संघसंस्थाले बृद्धवृद्धाको समस्या केवल शहरी र सम्पन्न वर्गमा रहेको आधारमा "बृद्धवृद्धा"को व्यबस्थापन वारे चर्चापरिचर्चा गरिरहेका छन् तर दूरदराज गाउँका बृद्धवृद्धाहरूले भोगिरहेका समस्याहरू वारे खासै चासो दिएको देखिन्न |

व्यक्तिगत सुखको तीब्रतर लोभमा परेका गाउँले युवाहरूले आफ्नो परिवार लिएर शहरिया बन्ने गति निकै भयावह छ | गाउँमा केवल बृद्धवृद्धाहरू छन् र तिनले खेतीपातीको समेत जिम्मेदारी पुरा गर्नुपर्ने दायित्व वहन गरिरहेका छन् | एसले गर्दा गाउँले बृद्धवृद्धाहरूमा शारीरिक तथा मानसिक समस्याहरू बढ्दो छ |

केही दिन अगाडी शहरमा वस्ने छोरालाई सघाउन आएकी ८१ वर्षीय आमालाई छोरा (लकडाउनको वेलामै) छ पटक कुटेर घरबाट निकाली दिए | गाउँमा प्रसस्त जग्गाजमिन भएर पनि उनीले माग्दै जीवन विताउदै थिइन् | पछि एउटा सामाजिक संस्थाले ऊद्धार गर्यो |

अर्को उदाहरण " अमुक गाउँको एउटो परिवारले दुखजिलो गरेर छोराछोरी पढायो | तर ती सबै शहरमा भासिए | शरीर स्वाथ्य रहँदासम्म काम गरे, शरीर थलियो तर छोराछोरी फर्केनन् | अन्तत: ९१ वर्षीय बृद्धाको सुसार नै नपाई मृत्यु भयो | मृत्यु भएको तीन दिनपछि क्रियाकर्म गर्न छोराछोरी आए | छोराछोरीमा कुनै पछुतोको भाव देखिएन |

अहिलेका धेरैजसो बृद्धवृद्धाहरू सामूहिक परिवारमा हुर्केका हुन् र आफ्ना बालबालिकालाई पनि तेस्तै परिवेशमा हुर्काएका हुन् | सामूहिक परिवारमा रमाएकाहरू एकल परिवार वा शहरिया (एउटा घरभित्र वन्द भएर) वस्न सक्दैनन् र कोठामा मन रम्दैन | गाउँमा एक्लो हुन्छन् | घरले "खाला जस्तो गर्छ, राती निंद पर्दैन, छोराछोरीको सम्झना आउँछ, नातिनातिनीको मुख हेर्न मन लाग्छ तर नातिनातिनाले हाम्रो वास्ता गर्दैनन् - पर्वतको पैयुका ७२ वर्षीय बृद्धले आँसु बगाउँदै मसंग भनेका थिए |

शहरमा जन्मेका हुर्केकाहरुका लागि गाउँ रमाइलो "ठाउँ" हुनसक्छ तर गाउँको परिवेशमा हुर्केकाहरूले गाउँका व्याबहारिक समस्याहरूसंग पौठेजोरी खेल्नपर्छ | घरमा भित्रिने चामलका हरेक दानामा कठोर शारीरिक श्रम लुकेको हुन्छ भने दूधघीउको हरेक वूँदमा तेस्तै शारीरिक श्रम लुकेको हुन्छ | शरीरमा बल हुँदासम्म हरेक काम गर्न सकिन्छ तर ताकत नहुँदा साथ भोकै मर्ने अवस्था उपस्थित हुन्छ | तेसैले गाउँले बृद्धवृद्धाका सामु समस्याहरूका पहाड हुन्छन् |

हातमा पैसो हुँदैन र पैसो हुँदा पनि किन्ने ठाउँ हुँदैन | अझै स्वाथ्यसमस्या आयो भने त मर्नु मात्र विकल्प रहन्छ | एसको तुलनामा शहरिया र हुँदाखाँदा बृद्धवृद्धाहरू अलि सुरक्षित ठहरिन्छन् | शहरिया बृद्धवृद्धाहरूसंग टेलिभिजन, फोन, कितावजस्ता घरभित्रका मनोरंजन हुन्छन् र भिडियो कालका माध्यमबाट क्षणिक रूपमा भए पनि एक्लोपन मेटाउने सुविधा छ तर गाउँमा यी सुविधा हुँदैनन् र भए पनि बृद्धवृद्धाले प्रयोग गर्न जान्दैनन् | अन्तत: एकलपनको कठोर मानसिक तथा शारीरिक समस्यासंग जुध्नुपर्छ | उनीहरूसंग जिउँदो हुँदासम्म शारीरिक श्रमको विकल्प हुँदैन | औषधि-उपचार र विश्राम भन्ने कुरा त निकै विलासी ठहरिन्छ |

सरकार होस् वा सामाजिक संस्थाहरू धेरैजसो शहरिया बृद्धवृद्धको समस्याहरू न्यूनीकरणतिर केन्द्रीत छन् | खासगरी शहरियाहरू (हुनेखानेले) सुविधासम्पन्न वृद्धाश्रम वारे वहस गर्न थालेका छन् | दुर्भाग्यवस, नेपाली जनताको अभिभावक मानिने सरकार पनि पश्चिमाशैलीला “ओल्ड-हाउस”को वहसमा सामेल भएको छ | सामूहिक परिवारमा अव्यस्त र आफ्ना छोराछोरी आफन्तको न्यानो छहारीमा “मर्न” रहर गर्ने अभिभावकहरूलाई जवर्जस्ती “ओल्ड-हाउस” नामको जेलखाना कोच्ने षड्यन्त्र हुँदैछ | वास्तविकता के हो भने – गाउँका दोस्रो पुस्ता पनि एस्ता “ओल्ड-हाउस”मा आफ्ना अभिभावकहरूलाई पठाउन तयार छैन |

नेपाली संस्कृति र परिवारको जग सामूहिक-पारिवारिक प्रणालीमा खडा भएको छ | पश्चिमाहरूको नक्कल गर्दै ओल्डएज हाउसको पक्षमा वहस गर्ने बृद्धवृद्धाहरू, आफ्ना बूढा अभिभावकलाई ओल्डएज हाउसमा पठाएर पैसा तिर्न आतुर सन्तानहरू र ओल्डएज हाउसको पक्षमा वहस गर्ने सरकारी पक्षकारहरू सबै नेपाली सामाजिक तथा सांस्कृतिक मूल्यका शत्रु हुन् | विदेशीशैलीको नक्कल गरेर आफ्नो दायित्वबाट उन्मुक्ति चाहने केही “प्रगतिशील”हरूको विचारलाई नेपाली समाजले प्रतिनिधित्व गर्दैन |

शहरिया होस् वा गाउँले हरेक बृद्धवृद्धाहरूलाई आफ्नै परिवारको काखमा मर्ने प्राकृतिक अधिकार छ र तेस्तो अधिकारको सुरक्षा गर्ने काम सरकार तथा स्थानीय सरकारहरूको हो | तेसमा पनि गाउँले परिवेशमा आफ्नो जीवनको अन्तिम अवस्थामा उभिएका अभिभावकहरूले आफ्नो परिवारको काखमा मर्ने व्यबस्था सरकारले नै गर्नुपर्छ | आर्थिकस्तर नराम्रो भएका परिवारलाई आफ्ना अभिभावकहरूको हेरविचार गर्न सरकारले वरू घरमै आर्थिक, स्वस्थ्यागत सहयोगहरू गर्नुपर्छ |

वैदेशिक रोजगार र आधुनिक शिक्षाका कारण टुक्रिदै गरेको परिवारलाई प्रत्यक्ष रूपमा सरकारले जोगाउन सक्दैन तर सन्तानहरूलाई आफ्ना बृद्धभएका आमावुवाहरूको हेरविचार गर्न मदत गर्न सक्छ | खासगरी गाउँले बृद्धवृद्धाहरूको हकमा उनीहरूको बुढ्यौलीलाई सहज र सरल बनाउँन तिनका युवापुस्तालाई स्थानीयतहमै खेतीपाती वा अन्य आयआर्जनको कामका लागि आर्थिक सहयोग गर्नुपर्छ | गाउँ कै चौपारी, मन्दिर, पाटी, वा हेल्थ-पोष्टमा बृद्धवृद्धाहरूका लागि मनोरंजनको व्यबस्था गर्न सकिन्छ | मन्दिरमा सत्संग गर्ने/गराउने, हेल्थपोस्टमा हेल्थ-सम्वन्धि भिडीयो र मनोसामाजिक सहयोगी वार्ता वा परामर्श दिने र महिनाको एक पटक भए पनि परिवारमै पुगेर खोजखवर लिने प्रणाली विकास गर्न सकिन्छ |

परम्परागत गाउँले परिवारमा हुर्केका सन्तानहरूको मन पश्चिमाको झैं स्वार्थी भैसकेको छ भन्ने कुरामा मलाई पटक्कै विश्वास लाग्दैन | वदलिँदो परिवेशमा सन्तानहरूका लागि सजिलो छैन तथापि गाउँमै शहरमा पाइने सुविधाहरूको केवल २०% सुविधा प्राप्त हुने ग्यारेन्टी हुन्छ भने नेपाली युवायुवततिहरू आफ्ना अभिभावकहरूको उत्तरदायित्व लिएर वस्न सहज रूपमा तयार हुनेछन् | एस्तो वातावरण तयार गर्न सर्वप्रथम पश्चिमा मोडेलको “ओल्डएज होम” सबै वहसहरूमा रोक लगाएर पारिवारिक घरपरिवारको परम्परागत प्रणालीलाई प्रोमोट गर्नुपर्छ | धेरैलाई मेरो यो सुझाव परम्परावादी लाग्ला तर नेपाली सामाजिक र सांस्कृतिक मूल्यभित्र “सामूहिक परिवार” मोडेल नै फाप्छ | न्यूक्लियर फेमिलिको पाश्चात्य रोगलाई समयमैं नियन्त्रण गरेको राम्रो |

रोग र बुढ्यौली मान्छेले भोग्नै पर्ने तर कत्ति पनि नरुचाइने अवस्था हुन् | बुढ्यौलीलाई उपयोग गर्न सके उनीहरूका अमूल्य अनुभवहरू सहजरूपमा पुस्तान्तरण हुन्छन् | बुझ्न नसके “खुर्पाको बीड़” ठहरिन्छ | कोरोनाको महासंकटले परिवारहरूलाई एकठाउँमा आउँन वा एकआपसमा संवाद गर्न बाध्य पारेको छ | एकान्तमा वस्दा एकैछिन बूढा भएका आफ्ना अभिभावकको वारेमा सोचौं, उनीहरूले तपाईंलाई हुर्काउन र मान्छे मान्छे बनाउँन गरेको त्याग र सङ्घर्षको मनन गरौँ | सङ्कल्प गरौँ, आफ्ना बूढा अभिभावकहरूको देखरेख घरमै गरिने छ र आफ्नो बुढ्यौली पनि आफ्नै छोराछोरीको काखमा वित्ने छ | खासगरी गाउँका बृद्धवृद्धाहरूप्रति हाम्रो कर्तव्य अझैं गहन र व्याबहारिक हुन आवश्यक छ | कुनै पनि गाउँले बृद्धवृद्धाहरूले आफ्ना सन्तानहरूको माया-ममताबाट टाढारहन नपरोस् भन्ने सङ्कल्प गरौँ |

अभिवादनशीलस्य नित्यं वृद्धोपसेविनः। चत्वारि तस्य वर्धन्ते आयुर्विद्या यशो बलम् || अर्थात् “जसले दैनिक रूपमा बृद्धवृद्धाहरूको सेवा गर्छ तेसले आयु, यश:, विद्या तथा वल प्राप्त गर्छ” भन्ने नीति कथनलाई सबैले आफ्नो घरमा देख्ने गरी राखौं, आफुले बुझौं र आफ्ना सन्तानहरूलाई पनि बुझाएर मनन गर्न आग्रह गरौँ |

Saturday, May 23, 2020

धर्मनिरपेक्षता : किन अस्वीकार्य छ ?


धर्मनिरपेक्षता : किन अस्वीकार्य छ ?


(१) धर्मको अर्थ पन्थ वा सम्प्रदाय होइन | वैदिक संस्कृतिमा धर्मको अर्थ स्वभाव, गुण, प्रकृति तथा असल-ब्यबहार हो | आगोले तातोपान, पानीले चीसोपन, हावाले स्पर्शत्व र मान्छेले चिन्तनशक्ति त्याग्न सक्दैन | धृति, क्षमा, दम, अस्तेय, अहिंसा, विश्वकल्याणको कामना मेरा आफ्ना धर्म हुन् मैले यी मूलगुणहरू कसरी त्याग्न सक्छु |

(२) मेरो देश नेपाल हिमवतखण्ड हो जहाँबाट समस्त सनातन धर्मको आरम्भ भएको हो, जुन देशका कणकणमा ऋषिमुनिहरूले साक्षात्कार गरेका वैदिक ऋचाहरू, उपनिषदका सूक्तहरू र पुराणहरूका मधुर युगजयी गानहरू निर्झारित भैरहेका छन् | दधीचिजस्ता महामानव जसले मानवताको रक्षाका लागि आफ्नो शरीर नै दान दिएर धर्मको पालन गरे | परोपकारका लागि आत्मत्याग गर्नेको सन्तान भएर म कसरी धर्म-निरपेक्ष हुन सक्छु |

(३) इसाईका लागि धर्म क्रुसेड र बाइबलको अनुसरण हो, मुस्लिमहरूका लागि मूर्तिपूजक काफिरहरू विरुद्ध जिहाद हो | बौद्धहरूका लागि धर्म अज्ञान हो, जैनहरूका लागि धर्म कर्मको प्रवाह हो तर मेरो लागि धर्म परोपकार हो (परोपकराय पुण्याय) भने म धर्म निरपेक्ष हुनै सक्दिन | धर्मनिरपेक्षता अर्थात् जिहाद तथा क्रुसेड स्वीकृति |

(४) म हिन्दू हुँ अर्थात् मैले विश्वका कणकणमा परमात्माको उपस्थितिमा विश्वास गर्छु | मेरो व्यक्तित्व यही विश्वासको जगमा निर्मित भएको छ | मैले विश्वका हरेक प्राणिलाई ईश्वरको स्वरूपमा दर्शन गर्छु | तेसैले म इसाई, मुस्लिमजस्ता कट्टर क्रुसेडवादी र जिहादीलाई पनि घृणा गर्न सक्दिन | विश्वका हरेक प्राणीमा ईश्वरको उपस्थिति देख्नु नै मेरो सनातन धर्म हो | तेसैले म धर्मनिरपेक्ष हुनैसक्दिन |

(५) मेरो लागि ज्ञान, कर्म र भक्ति नै जीवनको स्वभाव हो | मेरो संस्कृतिमा अनेकतामा एकता र एकत्वमा अनेकत्वमा विश्वास गर्छ | मेरो हरेक जीवनशैली अनेकताको सम्मान गर्न र असहमतिहरूलाई शास्त्रार्थ गरेर टुङ्गो लगाउने तत्थ्यमा विश्वास गर्छ | माछा, कछुवा, वंदेल, नरसिंहमा विश्वास गर्ने र रूख, खोला, पहाडमा समेत ईश्वरको आराधना गर्ने मेरो संस्कृतिले मभित्र असहमत प्रति घृणा गर्ने स्थान दिंदैन | प्रेम र असहमतिको सम्मान नै मेरो सनातन धर्म हो | तेसैले म धर्मनिरपेक्ष हुनै सक्दिन |

(६) मान्छेले पन्थ परिवर्तन गर्न सक्छ, सम्प्रदाय परिवर्तन गर्न सक्छ, बसेको ठाउँ परिवर्तन गर्न सक्छ तर कुनै पनि मान्छेले आफ्नो मूल वास अर्थात् पृथ्वी, जल, अग्निआदिको मूलतत्व परिवर्तन गर्न सकिन्न | जसरी दियोले आफ्नो प्रकाशकीय धर्म त्याग्न नसकेझैं मैले पनि सनातन धर्म त्याग्न सक्दिन | तेसैले धर्मनिरपेक्षता असम्भव विषय हो | असम्भव विषय स्वीकार्य हुनैसक्दैन |

(७) यहुदीले यहुदीको कुरा गर्छन्, इसाईले इसाई-बाहेकको धार्मिक अस्तित्व मान्दैन, मुस्लिमले जिहाद गरेरै भए पनि काफिरहरूबाट पृथ्वीलाई मुक्त पार्ने प्रतिज्ञा गर्छ तर हाम्रो सनातन धर्मले प्राणीमात्रको कल्याणको प्रतिज्ञा गर्छ | विश्वका हरेक प्राणी समान छन् भन्ने सनातन धर्मको संदेशको संवाहकका रूपमा धर्मनिरपेक्षता असम्भव छ |

(८) धर्मको निर्माण व्यक्तिको लहडले हुँदैन | मोसेजको लहडले यहुदी, जिससको लहडले इसाईको, मोहम्मदको दिवा-स्वप्नले इस्लामको, बुद्धको महत्वाकांक्षाले बौद्धको, महावीरको असहमतिले जैन तथा सिख धर्मको निर्माण वावा नानकको महत्वाकांक्षी चेतनाका कारण भएको हो | सनातनले धर्मको निर्माण, व्यबस्थापनको जिम्मा साक्षात ईश्वरले गरेका हुन् | व्यक्तिले निर्माण गरेका सम्प्रदायको आरम्भ छ भने आरम्भ भएका कारण अवशान पनि छ | अवसानसंग जोडिएकाहरू हारजितको प्रतियोगिता खेल्छन् | राजनीति गर्छन् तर तर धर्मले राजनीतिलाई दिक्षीत, शिक्षित र प्रशिक्षित गर्छ | तेसैले उनीहरूले आफ्नो लाभका कहिले धर्मनिरपेक्षता र कहिले धर्म-सापेक्षताको खेल खेल्छन् | मेरो सनातन धर्मको लक्ष मोक्ष भएकाले म धर्मनिरपेक्ष हुनै सक्दिन |

(९) वेदका अनुसार असल आचरण नै धर्म हो र त्यो साक्षात भगवान्ले निर्माण गर्नुभएको हो | धर्म, अर्थ, काम तथा मोक्षको समग्र नाम पनि धर्म हो | वैदिक साहित्यमा धर्म भनेर सम्प्रदाय बुझिन्न | वैदिक सनातन धर्मभित्र धेरैधेरै सम्प्रदायहरू छन् | सबैका आ-आफ्ना इष्ट देव छन्, आचारविचार छन् तर एकआपसमा घृणा छैन | कृष्ण भक्त देवी मन्दिर, देवी भक्त हनुमान मन्दिर मन्दिर, हनुमान भक्त कुमारको मन्दिरमा सजिलैसंग जान्छन् तर आफ्नो आराध्यदेव/देवीलाई श्रेष्ट मान्छन् | अनेकतामा एकता र एकता अनेकता गुण नै सनातन धर्म हो | कमसेकम सैद्धान्तिकरूपमा सनातन धर्ममा घृणावाद छैन | क्रुसेड र जिहादसंग विद्रोह गरेर स्थापित भएको धर्मनिरपेक्षता मेरो लागि अस्वीकार्य छ

(१०) म मान्छु, संस्कृति परिवर्तनशील विषय हो | देश, काल र परिवेशले हिन्दू संस्कृतिमा असल र कमसल पक्ष दूवै थपेका होलान् तर अपरिवर्तनीय गुणहरू भएको धर्मले (गुण) हिन्दू-सनातन धर्म सधैं प्रकाशित छ | हरेक नेपालीको दैनिकीमा स्थापित छ | तेसैले हरेक नेपाली धर्मप्राण कहलिन्छ | तेसैले होला नेपालका साम्यवादी, पूँजीवादी, समाजवादी तथा नास्तिकहरू पनि सनातन धर्मको छहारी ताप्न वाध्य छन् | हरेक नेपालीको जन्मदेखि मृत्युसम्म फैलिएको सनातन धर्म कसरी निरपेक्ष रहन सक्छ ? अत: फेरी पनि भन्छु, नेपालको संविधानमा उल्लेख भएको धर्मनिरपेक्षता शब्द गलत छ | तेसैले धर्मनिरपेक्षता अस्वीकार्य छ |

(११) यदि यो लेख पढेपछि पनि कसैले आफुलाई धर्मनिरपेक्षताको पक्षधर नै ठान्छ भने उसको अज्ञानताप्रति खेद व्यक्त गर्न सकिन्छ | पन्थ, सम्प्रदाय, कल्टआदि र धर्मका बीचको फरक थाहा नपाउने वा थाहा पाएर पनि स्वार्थवस बुझ पचाउनेहरू संसारका सबैभन्दा दुखी र स्वार्थी मान्छे हुन् | तेसैले पुन: म भन्छु, मान्छे पन्थ, कल्ट सम्प्रदाय निरपेक्ष हुन सक्छ तर धर्मनिरपेक्ष हुनैसक्दैन | तसर्थ, धर्म-निरपेक्षता अस्वीकार गर्छु र पन्थ निरपेक्षताप्रति सहमति जनाउँछु |

नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनै सक्दैन किनभने कुनै पनि नेपाली धर्मनिरपेक्ष छैन | धर्मनिरपेक्षता भ्रम हो, पन्थ निरपेक्षता सत्य हो | सत्यको बाटो सजिलो र सहज छ | बनावटी बाटो छोडौं, प्राकृतिक बाटो स्वीकार गरौँ | आफ्नो आत्माको सम्मान गरौँ, आफ्नो इतिहासको सम्मान गरौँ, आफ्नो गौरवलाई भविष्यका पुस्ताका लागि सुरक्षित राखौं | 

Wednesday, May 20, 2020

क्रियाको प्रतिक्रिया - मानचित्र


क्रियाको प्रतिक्रिया - मानचित्र 
गतवर्ष इन्डियाले जम्मुकास्मिरलाई दिएको विशेष अधिकार हटाएर आफ्नो नयाँ राजनैतिक मानचित्र जारिगरेको थियो | यो उसको आफ्नो अधिकार थियो तर तेसभन्दा अगाडी इन्डिया र नेपाल दूवैको नक्शामा नदेखिएको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालसंग कुनै सरसल्लाह नगरी एकपक्षीय ढंगले यो क्षेत्र आफ्नो मानचित्रमा समावेश गरेपछि नेपालमा यसले तरंग ल्याएको थियो |


गतवर्षको तेही तरंगले अहिले मूर्तरुप धारण गरेको छ | नेपालले विभिन्न चरणको वहस र छलफलपछि लिम्पियाधुरासहितको राजनैतिक मानचित्र जारी गरेको छ | इण्डियाको एकपक्षीय निर्णयले नेपाल खिन्न हुनुस्वाभाविक देखिन्छ | असलमा, ठूलो देशको रूपमा इन्डियाले राजनैतिक रुपमा वार्ता गरेर एउटा टुङ्गोमा पुगेपछि मात्र नेपाल वा इन्डिया कसले आफ्नो नक्शामा लिम्पियाधुरा राख्ने भनि निर्णय गर्नुपर्थ्यो | इन्डियाले गतवर्ष मात्रै आफ्नो राजनैतिक नक्शामा लिम्पियाधुरा समावेश गरेको तेहीका संचारमाध्यमहरूले बोलिरहेका छन् |

विगतका वर्षहरूमा दूवै देशले आफ्नो राजनैतिक मानचित्रमा यो क्षेत्र समावेश नगरेकोले यो क्षेत्रमा सीमा विवाद थियो भन्ने प्रष्ट हुन्छ | एकपक्षीय रूपमा इन्डियाले आफ्नो मानचित्रमा राख्नुको अर्थ विवादित क्षेत्रमा प्रत्यक्ष हस्तक्षेप नै हो | एउटा सार्वभौमसत्ता मुलुकको रूपमा नेपालले उठाएको कदमलाई उचित नै भन्नुपर्छ |

नेपालले राजनैतिक मानचित्रमा लिम्पियाधुरा-लिपुलेक समावेश गरेर जारी गरिसकेपछि भारतीय विदेशमन्त्रालयले "राज्नायिक वार्ताको उपदेश दिनु"को औचित्य नै रहन्न | गल्ति भारतले गरेको हो तर त्यो गल्ति मान्न उसलाई सजिलो छैन | गल्ती स्वीकार्दा विश्व र आफ्नै जनता बीच उसको इज्जत बढ्ने छ तर एस्तो सम्भावना एकदमै कम छ |

नेपालले नक्शा जारी गरिसकेको अवस्थामा यो क्षेत्र स्वाभाविक रूपमा द्वीपक्षीय विवादको विषयका रूपमा जगजाहेर भएको छ | हिजोका दिनमा सजिलैसंग सीमा विवाद टुङ्गो लगाउन सकिन्थ्यो भने अव नेपाल तथा इन्डिया बीच "भूमिको लेनदेन" गरेर सीमा विवाद सुल्झाउन आन्तरिक "राष्ट्रवाद" भोट केन्द्रीत डेमोक्रेसीका कारण निकै गारो हुनेछ |

अव नक्शाको विवाद राष्ट्रीय मुद्दा वनिसकेको छ | विश्वको कुनै पनि जमिनको टुक्रा दुवै देशको नक्शामा हुनै सक्दैन | नेपाल तथा इण्डियाको नक्शामा "लिम्पियाधुरा" छन् | एसको अर्थ हो - सीमामा विवाद छ | नेपालले आफ्नो नक्शामा लिम्पियाधुरा-कालापानी समावेश गर्छ भन्ने इन्डिया सोचेको पनि थिएन | "पेलेर" जाने भारतीय नीतिलाई नेपालले १००% चुनौती दिएको छ |

प्रतिक्रियामा इन्डियाले "ब्लोकेड"को बाटो रोज्न सक्छ | कोरोनाले थुनिएका नेपालीहरूले इन्डियाबाट पनि थुनिने जोखिम छ | जव इन्डियाले भुइचालोको कहरमा थुन्न छोडेन भने कोरोनाको के परवा गर्ला ? तर तेस वखतकी विदेश मन्त्री सुष्मा स्वराज दिवंगत भएकी छन् भने इन्डियाले जतिठुलो कुरा गरे पनि विश्वमंचमा उसको वदनाम भएको थियो | हालको नक्शा प्रकरण इन्डियाले देखाएको क्रियाको प्रतिक्रिया हो | यसमा नेपालको दोष छैन |

नेपालले लिम्पियाधुरा सहितको नक्शा सार्वजनिक गरेको छ | सबै नेपालीले एसको स्वागत गरेका छन् र गर्नु पनि पर्छ | अर्को कठोर सत्यका लागि पनि तयार हुनुपर्छ त्यो भनेको नेपालले आगामी दिनहरूमा राजनैतिक, आर्थिक तथा सामाजिकस्तरमा इन्डियाले खडा गर्ने धेरै खाले अवरोधहरूको सामना गर्न पनि तयार रहनु पर्छ | मैले लेखेका यी पङ्क्ति पढ्दै गर्दा पाठकहरूलाई असजिलो अनुभव भए पनि विगतमा इन्डियाले विभिन्न कालखण्डमा नेपाल र नेपालीप्रति देखाएको अमानवीय व्यबहारले यही लेख्न र बोल्न प्रेरित गर्छ |

इण्डियाको राजकीय आधारवाक्य "सत्यमेव जयते" उसले कालापानीमा वेवास्था गरेको छ भने नेपालले कसरी "स्वर्गादपि गरियसि" त्याग्न सक्छ ? आफ्नो मानचित्रमा लिम्पियाधुरा समावेश गर्नुभन्दा पहिला नेपालसंग राजनैतिकतहमा वार्ता गरेको भए इण्डियाको कद ठूलो हुन्थ्यो | लिम्पियाधुराको मामिलामा कम्युनिष्टहरूले सधैं भन्ने र लेख्ने गरेको बाक्य "साम्राज्यवादी भारत" भन्ने तत्थ्य भारत आफैले प्रमाणित गरेको छ |

अव हाम्रो पालो

अव हाम्रो पालो 

(१) जवसम्म नेपाली तथा भारतीय समाजशास्त्रीहरूले भारतवर्षमा सभ्यताको विकास पश्चिमतिरबाट भएको हो भन्ने असत्यलाई सत्य थानिरहन्छन् तवसम्म भारतवर्षको गौरव स्थापित हुँदैन

(२) जवसम्म नेपाली र भारतीय इतिहासकारले आर्यलाई जाति भनेर उल्लेख गरिरहन्छन् तवसम्म अंग्रेजी-इतिहासकारको बौद्धिक दासत्वबाट मुक्त हुनै सक्दैनन् |

(३) जवसम्म नेपाली राजनैतिक शक्तिहरूले एकभाषा, एकजाति, एउटा धर्नका आधारमा निर्मित भएको राष्ट्रराज्यमा मरिहत्ते गरिरहने छन् तवसम्म नेपाली तथा भारतीयहरू पश्चिमाहरूका सैद्धान्तिक दास रहिरहने छन् |

(४) जवसम्म नेपाली तथा भारतीय विश्वविद्यालय र विद्यालयहरूले प्राचीन वैदिक, जैनी, बौद्ध तथा अन्य रैथाने ज्ञानका विषयवस्तुहरूलाई पाठ्यपुस्तकमा प्राथमिकताका साथ समावेश गर्दैनन् तवसम्म यो समाज ज्ञानका लागि पश्चिमाको दासत्वबाट मुक्त हुनैसक्दैन |

(५) जवसम्म नेपाली तथा भारतीय विद्वानहरूले आफ्नो सभ्यता प्राकृतिक रूपमै मौलिक तथा समावेशीपनले युक्त भएको तत्थ्यलाई स्वीकार गर्दैनन् तवसम्म विदेशीहरूले विभिन्न वहाना गरेर यो समाजलाई घृणावादी द्वन्दतिर धकेली रहन्छ |

(६) जवसम्म नेपाली तथा भारतीय विद्वानहरूले आफ्ना अनुसन्धानका स्रोतका रूपमा आफ्ना मौलिक विद्याहरूको पहिचान र उल्लेख गर्दैनन् तवसम्म विश्वले मात्र होइन नेपालीहरूले पनि आफ्नो महत्व थाहा पाउन्नन् |

(७) जवसम्म नेपाली तथा भारतीय विद्वान तथा राजनैतिकहरूले रिलिजनलाई धर्मको पर्यावाचिका रूपमा व्यबहार गरिरहन्छन् तवसम्म यहुदी-इसाई-इस्लामीहरूको धार्मिक कट्टरता हिन्दू-बौद्ध समुदायमा पनि विकसित हुने खतरा रहिररहंछ |

(८) जवसम्म नेपाली तथा भारतीय विद्वानहरूमा परिभाषा तथा सिद्धान्तहरू अभिनिर्माण गर्ने आँट हुँदैन तवसम्म पश्चिमाहरूको बौद्धिक वर्चस्वलाई विस्थापित गर्न सकिन्न |

(९) जवसम्म हरेक नेपाली र भारतीयले आफु वैदिकसनातन धर्म र जीवकपन्थका अनुयायी भएको तत्थ्य गौरवका साथ प्रस्तुत गर्न सक्दैनन् र आफुलाई धर्मनिरपेक्षताका सवालमा निरीह पाउँछन् तवसम्म विदेशी विधर्मीहरूले हेपिनै रहने छन् |

(१०) जवसम्म नेपाल तथा भारतीय प्राथमिक विद्यालयहरूले संचारका भाषाका रूपमा स्वदेशीभाषालाई महत्व नदिएर विदेशीभाषालाई महत्व दिन्छन् तवसम्म नेपालीसहित नेपाली मातृभाषाहरू विलुप्त हुने आत्मघातिबाटोमा अग्रसर रहन्छन् |

(११) जवसम्म हामीले पश्चिमा वा पश्चिमाहरूको बौद्धिक सुप्रिमेसी स्वीकार गरेर पश्चिमाहरूलाई सभ्यता, इतिहास, विज्ञान, मानवता, राजनीति, अधिकार तथा कर्तव्यका श्रोत तथा मोडेलका रूपमा स्वीकार गरिरहन्छौं तवसम्म हामीले आफ्नो मौलिक विज्ञान, संभ्यता, राजनीति तथा सुप्रिमेसीको विकास गर्न सक्दैनौं |

उपरोक्त भनाइहरूलाई एउटा नेपाली बनेर पढौं, मनन गरौँ र बुझौं | तेसपछि आफ्नो सत्यता थाहा हुन्छ | अझै पनि समय छ, अनुकुलता छ, जागौं, जागाऔं र सत्यमेव जयतेको बाटो अंगीकृत गर्दै धर्म, अर्थ, कामको सेवन गर्दै मोक्षको मार्ग प्राप्त गरौँ | सत्यं, शिव तथा सुन्दरम् हाम्रो मौलिकता हो एसको सम्मान गरौँ र असल कुराहरू विश्वबाट प्राप्त गरौँ र हाम्रा असल कुराहरू विश्वलाई प्रदान गर्ने वातावारण तयार गरौँ |

Thursday, May 7, 2020

हिन्दू तथा बौद्धहरू

सनातन हिन्दू तथा बौद्ध
प्राचीनकालदेखि नै नेपालमा हिन्दू, जैन, बौद्ध तथा बोनहरू सहअस्तित्वमा रहेका छन् | वेदलाई अपौरुषेय हो भन्ने सैद्धान्तिक मतभिन्नता वाहेक बौद्ध तथा सनातनीहरूमा मतभेद छैन | नाकका आधारमा धार्मिकताको विभाजन गर्ने मोजेजका मानससन्तानहरू (इसाई, मुस्लिम, कम्युनिष्ट, पूँजीवादी)हरूको अपवित्र गठजोडले यी दुई सनातनीहरू बीचको सहकार्य र सहअस्तित्वमा खलल पुर्याउन ठूलो प्रयत्न गरिरहेका छन् | यसका लागि दूवै सनातनीहरूले निम्न वूँदाहरूमा ध्यान दिनुपर्छ |

हिन्दू तथा बौद्धमा समानता
(१) दूवैको स्रोत वेद हुन् |
(२) दूवैको जरोकिलो भारतवर्ष हो |
(३) दूवैले कर्म-सिद्धान्तमा विश्वास गर्छन्
(४) दूवैले पुनर्जन्ममा विश्वास गर्छन् |
(५) दुवैले संस्कारमा विश्वास गर्छन् |
(६) दूबैले अवतारवादमा विश्वास गर्छन् |
(७) दूवैले तपस्या, साधना, त्याग तथा करुणाबाट आध्यात्मिक शक्ति प्राप्त हुन्छ भन्ने तत्थ्यलाई आत्मसात् गर्छन् |
(८) दूवैले बहुदेववाद, देवीवादमा विश्वास गर्छन् |
(९) दुवैले एकअर्काको अस्तित्वप्रति सम्मान गर्छन् |
(१०) दूवैले प्राचीन ऋषिमुनिहरूको तपस्या तथा अस्तित्वप्रति विश्वास गर्छन् |
(११) हिन्दू र बौद्ध आन्तिरिकरूपमा अनेकौं उपसम्प्रदायहरूमा विभाजित छन् |
(१२) हिन्दू र बौद्ध दुवैका ग्रन्थहरू संस्कृत र पालिभाषामा छन् |
(१३) बौद्ध तथा हिन्दू दूवैले ॐकारलाई सर्वश्रेष्ठ मन्त्र मान्छन |
(१४) बौद्ध र हिन्दू दूवै समुदायले जन्मदेखि मृत्युसम्ममा कर्मकाण्ड गर्छन् |
(१५) नेपालमा हिन्दू र बौद्ध दुवैका आराधनास्थलरू साझा गर्छन् |
(१६) गणेश, भैरव र जीवित कुमारी हिन्दू तथा बौद्धका साझा देवीदेवता हुन् |
(१७) हिन्दू तथा बौद्ध धार्मिक श्रेष्ठताको निर्णय शास्त्रार्थ हो भन्ने विश्वास गर्छन् |
(१८) हिन्दू तथा बौद्ध दुवैले प्रत्यक्ष, अनुमान, उपमान तथा sशब्दलाई ज्ञानको प्रमाणिक आधार मान्छन् |
(१९) हिन्दूहरूझैँ बौद्धहरूमा पनि मांसाहार र शाकाहार दूवैको प्रचलन छ |
(२०) हिन्दूहरूले बुद्धलाई विष्णुको दशौँ अवतार मान्छन् भने बौद्धग्रन्थहरू हिन्दू देवीदेवताले बौद्धको आराधना गरेका थुप्रै प्रमाण छ |
(२१) दूवै धर्ममा ज्ञान, तप र साधनामा श्रेष्ट व्यक्तिलाई "आर्य" भनिएको छ | आर्यलाई जातिका रूपमा निराकरण गरिएको छ |
(२२) दूवैले पापपुण्य तथा स्वर्गनर्कमा विश्वास गर्छन् |
(२३) दूवैले संसारलाई क्षणिक तथ दुखको स्रोत मान्छन् |
(२४) हिन्दू र बौद्ध दूवैले मोक्ष (निर्वाण)लाई दुखको उन्मुक्ति मान्छन् |
(२५) हिन्दूले बौद्धको र बौद्धले हिन्दूको धार्मिक अस्तित्वलाई स्वीकार गर्छन् |

असमानताहरू
(१) हिन्दू र बौद्धको कर्मकाण्ड मिल्दैन |
(२) हिन्दूहरूले वेदलाई समस्त ज्ञानको स्रोत र अपौरुषेय मान्छन् तर बुद्धिस्टले मान्दैनन् |
(३) हिन्दूहरूले आत्माको अमरतामा विश्वास गर्छन् तर बुद्धिष्टले गर्दैनन् |
(४) बौद्धहरूले सर्वशक्तिमान ईश्वरको अस्तित्त्वमा विश्वास गर्दैनन् जवकि हिन्दूहरू गर्छन् |
(५) हिन्दूहरूले बुद्धिस्टहरूले बुद्धको आराधना गरेर मोक्ष प्राप्त गर्न सक्ने तत्थ्यमा विश्वास गर्छन् भने बौद्धहरूले बुद्ध-देशनाको अनुसरण नगरी कसैले पनि निर्वाण प्राप्त गर्न सक्दैन भन्ने मान्यता राख्छन् |

निष्कर्ष
हिन्दू तथा बौद्धहरू बीच धार्मिकमतभेदका तुलनामा सहअस्तित्वका आधारहरू अतिधेरै छन् | यो सबैले हिन्दू र बौद्धहरूको मतभेद सिद्धान्तसंग सम्बन्धित छ भन्ने प्रस्ट हुन्छ | एकेश्वरवाद, एक पुत्र वा दूतवाद र एउटा धार्मिक-पुस्तकमा विश्वास गर्ने मोजेजका मानसिक सन्तानहरूको प्रभावमा परेर नेपाल अर्थात् हिमवतखण्डका सहकर्मी हिन्दू, बौद्ध, जैन, बोनहरू बीच एकआपसमा फुटहालेर सगरमाथामा क्रस गाड्ने सपना देख्नेसंग सावधान र सुरक्षित रहौं | आफ्नो जरोकिलो अर्थात् हिन्दू बौद्ध जागरणको पथ न त्यागौं र धर्मनिरपेक्षताको भ्रममा पनि नपरौं |

(लेखकको नाम उल्लेख गरेर सक्दो शेयर गरौँ)
जरो किलो प्रतिष्ठान नेपाल /Jarokilo pratishthan Nepal
हिन्दू-बाैध्द धार्मिक केन्द्र (hindu-bouddha religious centre)
हिन्दू युवा संयोजन नेपाल | Hindu Youth Movement.
सामाजिक संजालमा नेपालको आवाज: मौलिक जरोकिलो पार्टी।
हिन्दू जागरण रेडियाे
⛳विश्वहिन्दू एकता महासंघ⛳

Monday, April 27, 2020

आदिशंकराचार्य : नेपाल नातो

आदिशंकराचार्य : नेपाल नातो
भगवान् पशुपतिनाथका अवतार अद्वैत-सम्प्रदायका संस्थापक तथा वैदिक सनातन धर्मका पुरोत्थानकर्ता आदिशंकराचार्य (वि.सं. ७४३, सन् ६८६ दक्षिण भारत) तथा शेषराजका अवतार प्रतिवादी भयङ्कर विशिष्ट-अद्वैत सम्प्रदायका संस्थापक गुरू श्रीरामानुजाचार्यको ( सन् १०१७ - ११३७) जन्म-जयन्तिका अवसरमा निजहरूप्रति श्रद्धाञ्जली अर्पण गर्छु |

एउटा दर्शनशास्त्रको विद्यार्थीको नाताले आदिशंकराचार्यलाई मैले विश्वका सबैभन्दा प्रभावशाली दार्शनिक व्यक्तित्वको रूपमा सम्मान गर्छु | केवल ३२ वर्षको उमेरभित्र भारतवर्षको अनेकौं पटक भ्रमण गर्न सफल भएका, तेस बीचमा करिव ७५ बटा ठूला-साना पुस्तकहरू रचना गर्न सफल भएका र लोपोन्मुख सनातन धर्मको गौरवलाई बौद्ध तथा जैनहरूसंग शास्त्रार्थ गर्दै उनीहरूलाई पराजित गरी शिष्य वनाएर सनातन धर्मको पुनारोत्थान तथा पुनरोत्थान गरेका आदि शंकराचार्य वास्तवमा अदभूत छन् | आज भन्दा १२ सयवर्ष पहिलेको भारतवर्षका कुनै ३२ वर्षको उमेर पाएका ठिटाले एतिविध्न काम अदभूत, अवर्चनीय र विश्वमा कसैले गर्न नसक्ने सिद्ध हुन्छ |

आदि शंकराचार्यको नेपाल नातो निकै महत्वपूर्ण छ | केही भारतीय दर्शनशास्त्री तथा विद्वान् बलदेव उपाध्याय, डा. राधाकृष्णन् र नेपाली इतिहासकार गोपालनिधि तिवारीले आदिशंकराचार्य नेपाल आएको र श्रीपशुपतिनाथको सेवा-पुन संचालन गरेको, नेपालमा पुन: सनातन धर्मको स्थापना गरेको भनेर उल्लेख गरेको पाइन्छ भने फ्रान्सेली इतिहासकार सिल्भर लेवीले पनि "कुनै भारतीय सन्यासी नेपाल आएको" भनेर उल्लेख गरेका छन् |

विकिपिडियाले शंकराचार्य नेपाल आउंदा उनको उमेर २८–३० वर्ष थियो । सन् ७०३ मा उनी नेपाल आउंदा संभवतः यहां लिच्छवी राजा शिवदेवले शासन गरेका थिए । यस विषयमा इतिहासकारहरुमा केही मतभेद पाइन्छ ।" भनेर उल्लेख गरेको छ |आदिशंकराचार्यलाई स्मरण गर्दा मैले मीमांसाका महाविद्वान मण्डन मिश्रकि धर्मपत्नी विदुषी उभय भारतीको स्मरण गर्न चाहन्छु जसले आफ्ना पतिका तर्फबाट आदिशंकराचार्यसंग एकमहिना लामो शास्त्रार्थ गरेकी थिइन् | आजभन्दा करिव १२०० वर्ष पूर्व एउटी महिलाले आचार्य शङ्करसंग एकमहिना लामो शास्त्रार्थको प्रसंगले तत्कालीन हिन्दू-समाजमा नारीहरूले पुरुषसरह शिक्षादीक्षा प्राप्त गर्थे भन्ने तत्थ्यको जीवन्त प्रमाण हो |\

प्राचीन नेपालमा मूलत: छ बटा प्राचीन वैदिक सम्प्रदायहरू प्रचलित थिए जसमा स्मार्त (जसले वेद र स्मृतिहरूलाई प्रमाणिक मान्छन्) शैव (जसले भगवान् शिवलाई सर्वोच्च तत्व मान्छन्), शाक्त (जसले भगवती पार्वतीलाई परमतत्व र परमशक्ति मानेर उपासना गर्छन्) वैष्णव (जसले भगवान् विष्णु र निजका अवतारहरूलाई नै परमसत्य मान्छन्) गाणपत्य (जसले गणेशलाई ब्रहमतत्वका रुपमा उपासना गर्थे) र सौर्य (जसले सूर्यलाई परमतत्व मानेर उपासना गर्थे) नेपालमा बौद्धहरूको वर्चस्वसंगै उपरोक्त सनातनीहरू सङ्कटमा थिए | आदि शंकराचार्यले नेपाल आएर उपरोक्त सनातन पन्थहरूको पुनरोत्थान गरेका थिए |

केही नेपाली तथा तिब्बतेली बौद्धहरूले आचार्यपाद आदि शंकराचार्यको आलोचना गर्छन् कि उहाँले काठमाडौँ उपत्यकाका बौद्धहरूलाई शास्त्रार्थमा शास्त्रार्थमा परिजित गरेपछि विशाल बौद्ध-पुस्तकालयमा आगो लगाउन पठाए जसका कारण लगातार वछ महिनासम्म सङ्कलित हस्तलिखित पुस्तकहरू जलिरहे भन्ने आरोप लगाउँछन् | आरोपको सत्यता सिद्ध हुँदैन किनभने आजका मितिमा सबैभन्दा बढी हस्तलिखित बौद्धग्रन्थहरूको सङ्ग्रह नेपालमा उपलब्ध छ | बरू, शंकराचार्यको आगमनपछि नेपालमा बौद्ध र सनातनीहरू बीच पूजाआजा तथा कर्मकाण्डमा सहिष्णुतापूर्ण  सम्बन्ध विकास भएको छ र एकआर्काको स्वीकार्यता बढेको छ | आज बाघभैरबको आराधना गर्दा बौद्धहरूले त्रिपुंडको प्रतिक धारण गर्छन् |

जैन र बौद्धहरू पनि सनातन धर्मकै अंग भएको नाताले आचार्य शङ्करले निजका धार्मिक पुस्तकहरू जलाए भन्ने आरोप अनुचित हुन्छ | हो, शास्त्रार्थमा पराजित हुनेले आफ्नो पूर्वसम्प्रदाय त्यागेर विजेताको गुरुत्व स्वीकार्नु पर्थ्यो | अनेकौं अबौद्ध विद्वानहरूले  बौद्ध विद्वानहरूसंग शास्त्रार्थमा पराजित भएपछि बौद्ध धर्म स्वीकार गरेका प्रसस्त उदाहरणहरू छन् | आचार्य नाग सेन, पद्मसम्भव तथा नागार्जुन पहिले सनातनी थिए तर बौद्धसंग पराजित भएपछि बौद्ध आचार्य बनेका हुन् |

उपरोक्त छ प्राचीन सम्प्रदायहरू मध्ये नेपलममा गाणपत्य र सौर्य सम्प्रदायहरू शैव, स्मार्त, वैष्णव तथा शाक्तउपसानासंग विलय भएका छन् | हरेक कामको आरम्भ गणेश पूजाबाट आरम्भ गरिनु पर्ने स सूर्यलाई हरेक कर्ममा अर्ध्य दिनु पर्ने परम्परागत नियमभित्र गाणपत्य र सौर्य जीवन्त छन् | नेपालमा आज पनि शाक्त, शैव, स्मार्त तथा वैष्णवजस्ता सनातनीहरूको बलियो उपस्थितिका लागि आदि शंकराचार्यप्रति ऋणी हुनुपर्छ |

आदिशंकराचार्य र आदिरामानुजाचार्य बीच दार्शनिकतहमा तीब्रमत भिन्नता थियो तर आदिरामानुजाचार्यले आफ्ना दार्शनिक कृतिहरूमा अद्वैतवादी आदि शंकराचार्यलाई सर्वत्र "भगवत्पाद" शब्दप्रयोग गरेर अत्यन्त सम्मान व्यक्त गर्नुभएको छ | वैदिक-संस्कृतिको यही महानता हो कि विचारसंग असमत हुनुको अर्थ तेसका प्रवर्तक तथा अनुयायीको निराकरण गरिन्न | एकपटक विचार गरौँ त यदि आचार्य शङ्कर र रामानुज इसाई वा मुस्लिमसरहको विचार राख्थे भने के हुन्थ्यो ?

दुवै महापुरुषप्रति सादर नमन |

Sunday, April 26, 2020

श्रीपरशुराम जयन्तिको सन्दर्भ


श्रीपरशुराम जयन्तिको सन्दर्भ.....
शुद्धं बुद्धं महाप्रज्ञापण्डितं रणपण्डितं । रामं श्रीदत्तकरुणाभाजनं विप्ररंजनम् ||
पवित्र, परमज्ञानी, महापण्डित, वीर, भगवान राममा कृपा गर्ने र करुणायुक्त तथा ब्राहमणका हितकारी भगवान् परशुराममा हार्दिक नमन |

आस्था र विश्वासको दिवस अक्षय तृतीया र भृगुवंशी ब्राह्मण भएर पनि क्षत्री योद्धाका कर्म स्वीकार गरेका भगवान् विष्णुका छैठों अवतार भगवान् श्रीपरशुरामको जन्मजयन्तिको हार्दिक शुभकामना |

स्कन्दपुराण हिमवतखण्डले सृष्टिको आरम्भ नेपालभूमिबाट भएको हो भनेर किटानी नै गरेपछि नेपाललाई अक्षय तथा सनातन वैदिक धर्मस्थल हो भन्न डराउँनु पर्ने अवस्था रहँदैन |

वेद, उपनिषद् तथा पुराणहरूले धर्मको उत्पत्ति र विनाश हुँदैन भनेर तोकेपछि "सनातन धर्मको उद्गमस्थल नेपाल हो" भन्नुको अर्थ छैन | नेपाल सनातन धर्मको प्राकृतिक भूमि हो किनभने यो देवभूमि हो |

भगवान् श्रीपरशुराम क्षत्रीय राजा प्रसेनजितकी पुत्री रेणुका र भृगुवंशीय ऋषि जमदग्निका पुत्र हुन् । बाल्यकाल देखि नै भगवान् शिवका भक्त भएको हुनाले भगवान् शिवबाट परशु (बन्चरो) प्राप्त भएको थियो भगवान् शिवले दिएको अदभूत परशु धारण गर्ने हुँदा निजको नामका अगाडी परशु जोडिएको हो र यसरी परशुराम नाम पर्न गएको हो | जमदग्निका पुत्र भएको इनलाई कारण 'जामदग्न्य' पनि भनिन्छ |

भृगुवंशीय ब्राह्मण भएर पनि परशुरामको हातमा झोलिमाला, कमण्डलु वा वेदको किताव नभएर बन्चरो छ | आफ्ना पिता जमदग्नीको हत्याराहरूलाई दिंदै २१ पटक क्षत्री राजाहरूलाई मारेका थिए भन्ने पुराणमा उल्लेख छ | जङ्गलमा गुरुकुल संचालन गरेर सनातन वैदिक धर्म, संस्कृति तथा संस्कार सिकाउने ऋषि जमदग्निलाई तत्कालीन क्षत्रीय राजाले विनासित्ति मारेर अपराध नै गरेका थिए |

आज तथाकथित पूँजीवादी, वामपन्थी तथा धर्मनिरपेक्षताको खोलमा लुकेका बाइबल, कुरानधारीहरूले जसरी सनातन धर्मको मूल भूमि नेपाल र नेपालीहरूमा आक्रमण गरिरहेका छन्, एस सन्दर्भमा पुन: ब्राहमणहरूमा क्षत्रीय-तेजको आवश्यकता परेको छ |

विगतमा बाइबलधारीहरूनिर्माण गरेको इतिहास र सिद्धान्तहरूका आधारमा वर्णव्यबस्थालाई जातीयताको रूप दिने र तेसको दोष ब्राह्मणवर्गलाई दिएर सम्पूर्ण संस्कृति तथा संस्कृतिप्रति विषवमन गर्ने "तुच्छता" निकै बढेको छ | आफ्नो प्राचीन धर्म, संस्कृति तथा सभ्यतालाई विनम्रता पूर्वक अभ्यास गर्दै पुस्तान्तरण गरिरहेका ब्राहमण, क्षत्री, वैश्य तथा शिल्पी समुदायलाई एकआपसमा भिडाएर शत्रुतापूर्ण अवस्था सृजना गरिंदै छ |

भगवान् परशुराम आफै क्षत्रीय राजकुमारीबाट उत्पन्न हुनुभएको हो तर भृगुवंशी ब्राह्मणहरूमा सर्वाधिक श्रेष्ठ हुनुहुन्छ | वर्णव्यबस्थाको यो वास्तविकतालाई आत्मसात गर्न नसक्ने र विभिन्न अपूर्ण तथा विदेशीहरूले दुरासयपूर्वक अनुवाद गरेका अपूर्ण उद्धरण दिएर आफ्नै धर्म, संस्कृति तथा सभ्यताको जरो काट्नेहरूको बौद्धिक प्रतिकार गर्न आज घरघरमा परशुरामको आवश्यकता ठान्छु |

आज हरेक नेपाली क्षत्रीय तेज भएका ब्राह्मणमा विकसित हुन आवश्यक छ | जन्मले कुनै ब्राह्मण हुँदैन | हरेक जुनसुकै व्यक्तिले वैदिक संस्कार प्राप्त गरेर र वैदिक साहित्यको विनम्र अध्ययन गरेर ब्राह्मणपद प्राप्त गर्न सक्छ | महान ऋषि विश्वमित्रको शरीर क्षत्रीको थियो तर उनले साधना गरेर ब्राह्मणपद प्राप्त गरेका थिए | एस्ता धेरै उदाहरण छन् |

ब्राह्मण (अध्ययन गर्ने/ अध्यापन गर्ने, दान दिने/दान लिने, वेद पढ्ने/वेद पढाउने) कर्म गरेर जोसुकै मान्छेले ब्राह्मणपद प्राप्त गर्न सक्छ | ब्राह्मण एउटा ब्रहमज्ञानीले प्राप्त गर्ने पद हो | साधना गर्न जाँगर काटिएका, विदेशी विचारको दासत्व गर्ने र संस्कृत भनेपछि पुरोहितले पढ्ने भाषामात्र हो भन्ने विदेशीहरूको भनाईमा विश्वास गर्नेहरूका लागि ब्राह्मण निन्दाका विषय हुन्छन् |

आज भगवान् परशुरामको जन्मजयन्ती मान्दै गर्दा नेपाल र नेपालीको प्राचीन गौरवको पुनरोत्थान गर्दै विश्वका सम्पूर्ण विज्ञान प्रविधिहरूको समग्र प्रयोग गर्दै सनातन संस्कृतिको प्रचारप्रसार गर्ने सङ्कल्प लिन पर्छ | विदेशी प्रतिमानका वादहरूको वहिस्कार गर्दै नेपालको देवसंस्कृतिलाई विश्वब्यापी बनाउनु पर्छ | हामीले यो अभियान आरम्भ गरिसकेका छौँ | अलगअलग बाटो हिंडेर पुगिन्न, हामी सबै एकठाउँमा उभिनु पर्ने एको छ | हाम्रो एकताले मात्र नेपाल विश्वगुरू बन्न सक्छ | ब्राहमण शब्द र प्रयोजनको अर्थ नबुझि तथानाम भन्ने/बोल्नेहरूलाई श्री परशुरामझैं तपोमय र साधनामय जीवन अपनाएर पराजित गर्नुपर्छ |\

श्रीपरशुराम जयन्तिलाई हामी नेपालीहरूले सनातन धर्मको सौर्य दिवसको रुपमा लिनुपर्छ र मनाउनु पर्छ | नेपालका सनातन धार्मिहरूले समग्र रूपमा श्रीपरशुरामको तेजोमय सौर्यलाई अङ्गीकार गर्दै अगाडी बढ्नुपर्छ |

ब्राहमण शब्दको अर्थ वेदहरूको ज्ञाता, ब्रह्मज्ञानी र विद्वान् हुन्छ भनेर जान्दाजान्दै पनि ब्राहमणप्रति विषयवमन गर्नेहरू मूलत: प्राचीन वैदिक संस्कृतिका घोर शत्रु हुन् | निश्चय नै हाम्रो समाजमा छुवाछुतप्रथा विद्यमान छ र त्यो अन्धविश्वासका रूपमा अविश्वनीय तवरलले उपस्थित छ | सरकार र नागरिकतहमा गरिएका प्रयाशहरूले निरन्तर छुवाछुतको गहनता कमजोर हुँदैछ र एकसमयमा यो पूर्णत: नष्ट हुने छ | हामी सनातन धर्मी मिलेर छुवाछुतको निराकरण गर्नु त् छंदैछ साथमा हामी सबै मिलेर हरेक नेपालीलाई (हरेक नेपालीलाई) ब्राह्मणत्वमा स्थापित गर्नुछ |

Saturday, April 18, 2020

आयुर्वेद सन्दर्भ

कोभिड - १९ मा आयुर्वेद सन्दर्भ
नेपाल आयुर्वेदको उत्पत्त्ति थलो हो | सरकारले आयुर्वेद चिकित्सालय संचालन गर्छ | विविहरूले आयुर्वेद क्याम्पस संचालन गरिरहेका छन् र नेपालभरि हजारौं आयुर्वेदमा प्रशिक्षित चिकित्सकहरू छन् |

मैले सूचना पाएअनुसार धेरैजसो आयुर्वेदका चिकित्सकहरू लकडाउनमा वसेका छन् | एसको अर्थ हो

आयुर्वेदाचार्यहरूलाई सरकारले कोभिड-१९ को उपचारको लागि पत्याउएन र आयुर्वेदाचार्यहरूले आफ्नो दक्षता प्रयोग गर्न पाएनन् | तेतिमात्रै होइन सरकारले आफैले संचालन गरेको आयुर्वेद चिकित्सा पद्यतिलाई करोना उपचारका लागि पत्याएन |

नेपालमा असंख्य जडीबुटीहरू छन् | हरेक जडीबुटीमा औषधीय गुण हुन्छ भने ती औषधिहरूमा करोना विषाणुलाई मार्ने क्षमता पनि पक्कै छ | एसको अर्थ हो सरकारी तन्त्रले नेपालको प्राचीन आयुर्वेदलाई पनि करोनाको उपचारका लागि खटाउन पर्यो |

अमेरिका, युरोप जस्ता विज्ञानमा मैं हुँ भन्ने देशहरूले पनि करोनाको वास्तविक उपचार गर्न सकेका छैनन् किनभने अहिलेसम्म एसको औषधि नै पत्तो लागेको छैन | अहिलेसम्म संसारभरि करोनको उपचार "आए आप गए झटारो"का रूपमा भै/गरिरहेको अवस्था छ | अर्को शब्दमा भन्दा हरेक संक्रमित मान्छे "गिनीपिग" वनाइएको छ |

औषधि पत्तो नलागी सकेको अवस्थामा नेपाल सरकारले करोना सङ्क्रमित मध्ये केही प्रतिशत रोगीहरूलाई निजहरूको स्वीकृति लिएर आयुर्वेदका चिकित्सकहरूको जिम्मा दिनुपर्छ | आधुनिक आयुर्वेदले पनि इसिजी, भेन्टिलेटरजस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्छ नै |

संक्रमितहरूलाई जसरी एलोपेथिक चिकित्सकहरूले "तुक्का"का भरमा औषधि गरिरहेका छन् तेसको तुलनामा आयुर्वेदिक औषधिहरू मान्छेको स्वास्थ्यलाई न्यून नोक्सानी गर्छन् | मैले साइड इफेक्टको कुरा गरेको हो | करोना संक्रमितलाई कम साइड-इफेक्ट गर्ने र प्राकृतिक रुपमा इम्युनसिस्टम बढाउने आयुर्वेदको प्रयोग गर्ने अवसर दिनुपर्छ |

विदेशीले औषधि पत्तो नलगाएको अवस्थामा आयुर्वेदले पत्तो लगाउनै सक्दैन भन्ने मानसिक रोगबाट सरकार, एलोपेथिक चिकित्सक, आधुनिक औषधि विज्ञहरू मुक्त भएको राम्रो | कोरोना सङ्क्रमितलाई आयुर्वेदीय उपचार गर्ने क्रममा करोना पराजित भयो भने नेपाल र नेपालीको भाग्यको साँचो खुल्छ | अरूले औषधि पत्तो नलगाएको अवस्थामा आयुर्वेदकालागि यो सम्भावना छंदैछ |

यदि आयुर्वेद करोनाको वास्तविक औषधि पत्तो लगाएन भने पनि हीनताबोध गर्नुपर्ने अवस्था छैन किनभने अरवों बजेट खर्चिरहेका एलोपेथिकहरूले पनि माखो मार्न सकेका छैनन् |

तेसैले मेरो नेपाल सरकार र आयुर्वेद चिकित्सकहरूसंग विनम्र निवेदन छ, तपाईंहरू पनि कोरोनाको आयुर्वेदीय उपचार गर्न र औषधि खोज्न खट्नुपर्छ र सरकारले त्यो अवसर प्रदान गर्नुपर्छ |

यदि नेपाल सरकार र आयुर्वेद चिकित्सकहरूले आयुर्वेदउपर आफ्नो स्वामित्व लिएर एस्तो महामारीका बखतमा आयुर्वेद प्रणालीको चिकित्साको प्रयोग, उपयोग र अनुसन्धान नगर्ने हो भने आयुर्वेद विभाग खारेज गरिदिए हुन्छ |

Thursday, April 9, 2020

कोरोना-१

के नेपालीको इम्युन सिस्टम नै बलियो छ ? 
अहिलेसम्म तुलनात्मकरूपमा सुरक्षित छ | सुदूरपश्चिममा भारतबाट प्रवेश गरेका नेपाली बाहेकका ठाउँमा संक्रमण भेटिएको छैन | यो पशुपतिनाथको कृपा र नेपालीहरूको असल भाग्य होला भन्नुपर्छ |

लोकडाउनका २२ दिन वितिसकेका छन् | करोनाले अहिलेसम्म ठूलो मानवीय क्षति भएको छैन | पश्चिमा मिडियाहरूले नेपाल र भारतजस्ता देशमा करोना सबैभन्दा बढी दुखदायी हुने भविष्यवाणी गरेका थिए तर एस्तो भविष्यवाणी उनीहरूकै आँगनमा बज्रिएको छ | 

विश्वभरी फैलिएको महामारी रोक्न नेपाल सरकारको निर्णयलाई जनताले स्वागत गरेका छन् | नेपाल सरकार तथा जनताले आफ्नोतह बाट सकेसम्म नियन्त्रणका लागि प्रयत्नशील छन् | यद्यपि एस्तो अवस्थामा पनि ठूलो ओहदाधारीले भष्ट्राचार गरेको सुन्दा जनतालाई निकै पीडा भएको छ |

केही भारतीय, नेपाली र पाकिस्तानी विज्ञहरूले नेपाली उपमहाद्विपमा रहेको गरिवी र तेसले दिएको अस्वस्थ्यकर जीवनशैलीमा प्राकृतिक रुपमा विकसित भएको शारीरिक इम्युन-सिस्टमले करोना फैलिन नसकेको जिकिर गरेका छन् - यो जिकिर सत्य/असत्य के हो बुझ्नै बाँकी छ |

भारत, पाकिस्तान, बंगलादेशआदि दक्षिण एसियाली देशहरूमा कोभिडको महामारी फैलिए पनि पश्चिमा देशहरूमा झैं विनाशकारी भएको छैन | मलाई लाग्छ, निर्धन हुनुको यो एउटा उपलब्धि हो |

निर्धनता र भ्रष्टाचार देशको समग्र विकास भएन | विदेशीहरूलेझैं हरेक स-सानो स्वास्थ्य समस्यालाई भयङ्कर रूपमा लिएर उपचार गर्ने, हरेक वस्तुमा क्वालिटी सुनश्चित गर्ने म्यकानिज्म विकास भएन | जनताले जे-जस्तो पाउन सके तेसमा चित्त बुझाउनु परिरहेको छ |

पेटभरी खाना, क्यालोरिज नापिएको स्वस्थ्यकर खाना, शुद्ध पानी, हरेक छ महिनामा स्वास्थ्य जाँच, आरामदायी जीवन शैली त आम नेपालीहरूका लागि आज पनि सपना छ र भोलिका दिनहरूमा पनि सपना नै रहने छ |

सम्भवत: यही न्यूनता र जे-जस्तोमा पनि "काम चलाउने" वानीले होला आम नेपाली, भारतीय, पाकिस्तानी, बंगलादेशी नागरिकहरूमा करोनाले महामारी बन्न सकेको छैन | आधुनिक औषधिसंग जीवनशैली नजोडिएको हुँदा प्राकृतिक इम्युन-सिस्टमले काम गरिरहेको छ | 

भोली करोनाले नेपाली महाद्वीपमा के-कस्तो स्वरूप अख्तियार गर्छ भन्न सकिन्न तथापि यदि अहिलेको अवस्थाअनुसार नै एसको विस्तार वा विनाश भयो भने तथाकथित विकसित देशहरूले पुन: प्राकृतिक इम्युन-सिस्टमतिर फर्कनु पर्ने देखिन्छ |

प्रकृतिमा मान्छे र पशुका बीचमा "बौद्धिकता" वाहेक केही फरक छैन | पशुरू आज पनि प्राकृतिक अवस्था मै छन् - मान्छेले आफ्नो फाइदाको लागि तिनलाई अप्राकृतिक जीवन बाँच्न बाध्य वनाएको वाहेक | एसको अर्थ मान्छे पुन: प्राकृतिक अवस्था र व्यवस्थामा फर्कनु पर्छ भन्ने होइन, दवाईको परनिर्भरता घटाउनु पर्छ भन्ने हो |

हिजो मैले घाँस काट्दै गर्दा हँसियाले हात काट्दा "मूतेको" भरमा निको हुन्थ्यो, पाती, सयपत्री फूलका पातको रस दलेको भरमा निको हुन्त्यो भने औषधि कम्पनिहरू र चिकित्सकको मिलोमतोमा औषधिहरूको बजारीकरण गरेर शरीरको प्राकृतिक रोग-निरोधक शक्तिलाई कमजोर तुल्याउने काम गरियो | इटाली, वेलायत, फ्रान्स, अमेरिकाजस्ता शक्ति राष्ट्रहरूले अव यो तत्थ्य अवश्य मनन गर्लान् |

अहिलेको हाम्रो शरीर अप्राकृतिक (फ्याक्ट्रीमा निर्मित) औषधिहरूको एडिक्ट भैसकेको छ | हरेक दिन हाम्रो शरीर प्राकृतिक जगतबाट टाढाटाढा जाँदैछ | स-साना रोगहरूले ठूलो संसाधनको मांग गर्न थालेको छ | जतिजति देश विकसित हुँदैछन्, गरीवहरूका लागि विश्व असुरक्षित वन्दैछ | रोगबाट जनतालाई जोगाउने कि भोकबाट करोनाले भयङ्कर द्विविधा निम्त्याएको छ |

यो महामारीले हुँदा खाने र हुने खाने बीचको खाडल उदाङ्गो पारिदिएको छ | विगतका महामारीहरूमा हुँदा खानेहरू बढी मारमा पर्थे भने ठीक एसको उल्टो एस पटकको महामारीले "हुनेखाने"लाई समातेको छ | हुँदा खानेहरूको तुलनामा हुनेखानेहरू मरेका छन् र पिरोलिएका छन् | कारण प्रस्ट छ, प्राकृतिक प्रणालीमा सबैभन्दा हस्तक्षेप गर्नेहरू "हुनेखाने" नै हुन् "हुँदाखाने"संग तेस्तो क्षमता र आवस्यकता नै छैन |

आज पनि नेपाल "हुँदा खाने" श्रेणीमा पर्छ | तेसैले आज पनि हामी नेपालीहरूसंग ती प्राचीन स्वास्थ्य सुरक्षाका प्रणालीहरू विद्यमान छन् जसको प्राकृतिक प्रयोग आज पनि भइरहेको छ | आधुनिक औषधिहरूको तुलनामा प्राकृतिक औषधि (आयुर्वेद तथा परम्परागत जडीबुटी) प्रयोग गरेर साधारण रोगहरू निको बनाउनेतिर प्रोत्साहन गर्नुपर्छ | 

आधुनिक चिकित्सा मान्छेको लागि वरदान हो तर यो समाज सेवा होइन ब्यापार पनि हो | व्यापारीहरूले औषधि बेचेर-निर्माण गरेर पैसा कमाउने हो, सेवा गर्ने होइन | आयुर्वेदसंग एस्तो समस्या छैन किनभने हाम्रै घरवारीमा ती उपलब्ध छन् - ज्ञान भए पुग्छ | एमडीको डिग्री चाहिन्न | सामान्य ज्ञानले काम चल्ने ठाउँमा डिग्रीको भारी बोकाउनु हुँदैन तर डिग्रीचाहिं चाहिन्छ नै | 

यो महामारीपछि पश्चिमाहरूले प्राकृतिक चिकित्सा सहित प्राकृतिक जीवनशैलीबाट प्राप्त हुने प्राकृतिक इम्युन-सिस्टमतिर फर्कने निश्चित देखिन्छ | यो अवस्थालाई हाम्रो सरकारले बुझेर त्यसअनुसारको आयुर्वेद-विज्ञानको विकासतिर ध्यान दिनु आवश्यक छ |

५० वर्ष अगाडीसम्म थारूजातिमा रहेको मलेरिया विरुद्ध लड्न-सक्ने इम्युन-प्रणाली आज नष्ट भएको छ भने दोष औषधि-व्यापारी र प्रकृतिमा भन्दा बनाबटी औषधिको प्रयोगमा जोड दिने राजकीय नीति तेसको लागि जिम्मेदार छ | आफ्नो नाइटोमा कस्तुरी बोकेर हिड्ने र तेसको उपयोग गर्न नजान्ने अवस्था र व्यबस्थाको तिलान्जली दिने यो उचित अवसर हो भन्ने हामीले बुझ्नु र बुझाउनु पर्छ | 

आहार, निद्रा तथा काम (यौन पनि)को उचित व्यबस्थापन गर्ने सके मान्छेले आफ्नो भाग्यलाई समेत जितेर १०० वर्ष बाँच्न सक्छ भन्ने चरक ऋषिको कथनलाई स्मरण गर्दै करोना विरुद्ध हाम्रो सक्रियता जस्ताको तस्तै रहोस् भन्ने विश्वास गर्छु |

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...