मान्छे
आफ्नो असफलता चाहन्न | तर मैले यहाँ उठाएको विषय असफलता कै हो | यस्तो असफलता जसले
हाम्रा बा-आमा, हाम्रो र हाम्रा
सन्तानहरूलाई नराम्रोसँग प्रभावित पारिरहेको छ | मेरा बा-आमाले पनि असफलता चाहेका थिएनन्
| उनीहरूको उत्साह पनि सफलता कै लागि थियो | उनीहरूले आफ्नो ऊर्जा सफल हुनकै लागि
खर्चिएका थिए | सफल भएनन् किनभने त्यसमा सफल हुने मूलधार नै थिएन | वि.स.
२००४ र २००६ मा नेपाली राष्ट्रीय
कांग्रेस होस् वा नेपाल कम्म्युनिस्ट
पार्टी दूबै नेपाली भूमिमा जन्मेका थिएनन् | यिनको राजनैतिक विचार नेपालको रैथाने
जीवन पद्यतिबाट उम्रिएको थिएन |
२.
नेपाली राजनीतिको विदेशी उठान
नेपाली
साम्यवादका पिता पुष्पलाल त हुन् तर उनको यो मौलिक चिन्तन होइन | सन् १८७८ मा
जर्मनका अर्थशास्त्री कार्लमार्क्सले विश्वको मानव समुदायलाई दूईखेमामा विभाजन गरे
– धनि र गरीव, पूँजीपति र सर्वहारा, साहु र ऋणी, स्वामी र दास | उनको एकल चिन्तन र
आग्रह थियो – दासहरूले स्वामीको सम्पत्ति कब्जा गर्न सके साम्यवाद आउँछ | भारतको
पश्चिम बङ्गालका केही बुद्धिजीवीहरूलाई विचार मन पर्यो | अर्काको पूँजी सित्तैमा
कब्जा गर्ने कुरो कसलाई मन पर्दैन | आन्दोलन उठ्यो | केही साहुहरू काटिए | नेपाली
पुष्पलालहरूले तेस्रो पक्षका रुपमा देवीराम चट्तोपाध्यायहरूबाट कुरा बुझे | यो
राजनैतिक चेतना विदेशी थियो, विदेशीहरूबाट नै प्रभावित भएर नेपाल भित्रिएको हो
|
त्यस
बखतको नेपालमा राणाहरू सबैका साहु थिए | कृष्णप्रसादहरूको परिवार पनि कृपाजीवि
थियो साहुको राणाहरूको | ठूलो साहु र सानो साहुविच कुरा मिलेन | कोइरालाहरू भारत
भारत लखेटिए | लखेट्ने बलिया थिए, लखेटिने कमजोर | लखेटिनेहरूको मनमा लखेट्नेप्रति
प्रेम, सद्भावना तथा क्षमाको निरपेक्षताको
कल्पना कसैले गर्न सक्दैन | मनको तुसले पीडकलाई सिध्याउने जालो बुनिरहेको हुन्छ |
यही मानवीय मनोविज्ञानको नियम हो | भारतको गान्धीवाद्, जर्मनको साम्यवाद,
फ्रान्सको प्रजातान्त्रिक उदारता र राणाप्रतिको पारिवारिक घृणावादबाट पुन: विदेशमै
नेपाली प्रजातान्त्रिक राजनैतिक आन्दोलनको वीजारोपण भएको हो |
३.
पहिलो विफलता अपरिपक्व बुझाई
वि.स.
२००७ सालको परिवर्तन असफल भयो किनभने तत्कालीन परिवर्तनकारी शक्तिहरूको चिन्तनको
जरोकिलो आफ्नो थिएन | अर्कोको जरोकिलोमा उभिएको रूख जतिसुकै झांगिए पनि रूद्राक्षको
रूखझैं हुन्छ | जरा हुँदैनन् रूखमात्र ठूलो हुन्छ | जर्मन र भारतीय चिन्तनको
फ्युजनले नेपालको विकास हुन्छ भन्ने बुझाईको किलोमा उभिएको राजनीति असफल भयो |
वि.स. २०१६ सालमा एउटा असफल राजनीतिलाई विफल पार्न अर्को विफल राजनीति आरम्भ भयो |
४.
दोस्रो विफलता दम्भ
वि.स.
२०२० सालमा राजा महेन्द्रले पंचायती संविधान जारी गरे | भारतीय स्वतन्त्रता
आन्दोलनका लागि जेल गएकाहरू र भारतीय भूमिमा बसेर राणासाहुसंग सङ्घर्ष गर्न पार्टी
खोलेकाहरू पुन: एकैठाउँमा फकिए – भारत | सत्ताको दम्भमा महेन्द्रले छिमेकी शक्तिको
शक्तिलाई कुटनैतिक ब्यबस्थापन गर्न ध्यान
दिएनन् | पंचायतलाई उनले चाणक्य, साम्यवाद र पश्चिमा प्रजातान्त्रिक राजनीतिको
“सारतत्व’का रूपमा विकास गर्न खोजे | “मैले पंचायतवादको नया राजनैतिक चिन्तन विकास
गरेको छु’ भन्ने अहंकारमा उनले तत्कालीन राजनैतिक हावालाई महत्व दिएनन् | भारतीय
प्रजातान्त्रिक मोडेललाई आफ्नो राजनैतिक लक्ष ठान्ने कांग्रेस र चीन, रूसको
साम्यवादलाई आफ्नो लक्ष ठान्ने साम्यवादी शक्तिहरू चरम उपेक्षामा परे |
देशी
शक्तिहरूलाई उपेक्षा गरेर, ती शक्तिहरूको स्रोत भएका राष्ट्रहरूबाट कृपा खोज्नु
महेन्द्रको असफलताको कारण हो | भारतले प्रजान्त्रिक शक्ति चाहन्थ्यो किनभने
त्यस्तो प्रजातान्त्रिक शक्तिको नेतृत्वमा भारतीय स्वतन्त्रता सेनानी हुन्थे भने
रूस तथा चीन स्वभाविक रूपले साम्यवादीहरूसंग थिए | महेन्द्र असफल भए किनभने उनले
आफ्नो देशमा रहेका विभिन्न शक्ति केन्द्र र ती शक्ति केन्द्रहरूलाई संचालित गर्ने
राष्ट्रहरूको कूटनीतिक ब्यबस्थापन गर्न सकेनन् |
५.
तेस्रो विफलताको निरन्तरता
वि.स.
२०४६ मा पुन: संविधान आयो | सबैले सफल-परिवर्तन भने | सबैले आफ्नो पीठ थपथपाए | नराम्रो श्रोतबाट प्राप्त र
नराम्रो जगमा राखिएको जग बलियो हुँदैन | यो संविधान देश र जनताका लागि नभए
राजनैतिकसत्ता प्राप्तिको उदेश्यमा केन्द्रीत थियो | साम्यवादी र
प्रजातन्त्रवादीहरूको मिलन “पंचायत” विरुद्ध थियो किनभने पंचायतको पतनले मात्र
राजनैतिक सत्ता हस्तान्तरण हुन सक्थ्यो | पंचायत गयो, सुमधुर मिलनको गीत सुरविहिन
भयो | पारिवारिक घृणावादको पुन: जागरण भयो | कृष्णप्रसादको सरकार गएको होइन,
प्रजात्रन्त्रभित्रको घृणावाद जीवित भएको थियो | गिरीजाप्रसाद, शेरबहादुर देउवा वा
मनमोहन अधिकारीहरूलाई दोष दिनुको कुनै औचित्य छैन |
श्रोतमैं
फोहोर भएपछि पानी सफा हुँदैन | राजनीति सत्ताका लागि हुन्छ, सत्ता राजनीतिका लागि
तर यहा दुवै भएन | न राजनीतिले सत्ता चलाउन सफल भयो न सत्ताले राजनीतिनै | नेपालमा
राजनीति छ तर सत्ता उनीहरूसंग छैन | उधारो लिएको राजनैतिक चिन्तनले सत्ता बलियो
हुँदैन | राजनीतिको समय सत्ताकेन्द्रको स्वार्थ पूरा गर्दा जान्छ | विचरा जनता त
केवल दशैको बोकाझैँ हुन्छन् | ट्रकहरूमा झेलेको दु:ख आन्दोलन हो | ओर्लिएपछि
घरबेटीले दिने सत्कार परिवर्तनका केही दिन हुन् | त्यसपछि सबैलाई थाहा छ | घरबेटीको
केही बिग्रदैन | बोकाको सबैथोक जान्छ | राजनीतिको भाषा परिवर्तन गरेर पुन: बोकाहरू
ओसार्ने काम आरम्भ हुन्छ | मैले जनतालाई बोका भनेर अपमानित गर्न खोजेको होइन | सरल
जनतालाई कठीन बाटो हिडाउने असफल नेतृत्वको पोल मात्रै खोलेको हुँ |
६.
चौथो विफल राजनैतिक यात्रा
वि.स.
२०४६ को परिवर्तनपछि राजनीतिमा घृणावाद (गिरिजाप्रसाद-कृष्णप्रसाद), सत्तावाद (शेरबहादुर
र गिरिजाप्रसाद) तथा असहिष्णुतावाद (मनमोहन अधिकारी र गिरिजाप्रसाद)का कारण
सत्ताको राजनीति गुम्यो | सत्ता अस्थिर हुँदा साथ जनता कमजोर भए | सकारात्मक
परिवर्तन असम्भव भयो | अनि, दुखद: आन्दोलन आरम्भ भयो | २० हजार जनताले ज्यान गुमाए
| यो घृणावाद, सत्तावाद, असहिष्णुतावाद र साम्यवादको खोलमा पश्चिमाहरूले खेलेको
“फुटाउ र राज गर, विभाजित गर र भित्र पस तथा मिल्न सक्ने सम्भावनाहरूका ढोका
सधैंका लागि वन्द गर”को विस्फोट २०६३ मा आन्तरिम संविधानसभाका रूपमा स्थापित भयो |
त्यसपछिका
वर्षहरू घृणावाद, सत्तावाद, असहिष्णुतावाद र साम्यवादको खोलमा पश्चिमाहरूले खेलेको
“फुटाउ र राज गर, विभाजित गर र भित्र पस तथा मिल्न सक्ने सम्भावनाहरूका ढोका
सधैंका लागि वन्द गर”को सिद्धान्तलाई कार्यन्वयनमा खर्च गरिए | नाकका आधारमा,
क्षेत्रका आधारमा, जातका आधारमा, धर्मका आधारमा, वोलीका आधारमा, आस्थाका आधारमा,
लिंगका आधारमा, भूगोलका आधारमा विभाजनका नियमहरू तय गरिए | वि.स. २०७३ को संविधान
नेपालीहरूलाई विभाजन गर्ने दस्तावेज वनेको छ |
यो
संविधान विभाजनको दस्तावेज हो किनभने यसमा साम्यवादीहरूले जातिवाद,
क्षेत्रीयतावाद, विभाजनवादलाई स्वीकार्न हस्ताक्षर गरेका छन् | यो अप्रजातान्त्रिक
संविधान हो किनभने तथाकथित प्रजातान्त्रिक शक्तिहरूले ८२% नेपाली जनताको अभिमतलाई
(हिन्दूराष्ट्र) स्वीकार्न हुँदैन भनेर हस्ताक्षर गरेका छन् | तत्थ्य सबैलाई थाहा
छ : हस्ताक्षर गर्ने हात नेपाली नेतृत्वका हुन् तर मसीचाहिं अमूक शक्तिहरूको | ८२%
जनमतको अवहेलनाको हस्ताक्षर गर्नेहरूले बुझेकै होलान् : यो संविधान पनि सम्भवत:
भविष्यको विफल संविधान नै हो !!
७. पाँचौं
राजनैतिक विफलतामा हस्ताक्षर
जनताले
२०७३ को संविधानले निम्त्याएको पीडा क्रमशः विर्सलान्, किनभने नेपाली जनताहरू
धेरैनै विर्साहा छन् | तर आस्था, संस्कृति तथा धर्ममा भएका आक्रमणहरू सहन र विर्सन
सक्ने क्षमता जनतामा छैन | एउटा राजनैतिक भूइचालोपछि थाकेहारेका जनताहरू पेटको
जोहो गर्न विदेश लाग्छन्, केही बूढाबूढी भएर मर्छन्, केही राजनीतिमा अनास्था भएर
नागरिक जीवन व्यतित गर्न थाल्छन् तर सपना कहिले पनि मर्दैन | विदेशी जरोकिलोमा
उभिएको नेपालको विफल राजनीतिप्रति अव घृणा आफ्नो चरमचुलीमा पुग्नेछ | हरेक जनताले
आफ्नोपनसंग जोडिएको, नेपालीपनको राजनैतिक सत्ताको विकासमा विश्वास गर्नुपर्ने छ | अनि,
जनताले बुझ्ने छन् : जरो र किलो नेपाल मैं भएको राजनैतिक शक्तिले वाहेक नेपालीको
हित हुँदैन |
७.
विफलताको जरोकिलो
संक्षेपमा,
नेपालका परम्परागत राजनैतिक शक्तिहरूले नेपालीको समुचित विकास गर्न सक्ने कुनै
सम्भावना छैन किनभने :
१. सबैजसोको
राजनैतिक विचारको स्रोत विदेशमा छ |
२. सबैजसोले
नेपालीपनमा भन्दा विदेशीपनमा विश्वास गर्छन् |
३. सत्ताको
स्थायित्वमा भन्दा राजनीतिमा बढी विश्वास गर्छन् |
४. मानसिक
एकतामा भन्दा मानसिक विभाजनमा विश्वास गर्छन् |
५. घृणावाद,
सत्तावाद, असहिष्णुतावाद र साम्यवादको खोलमा पश्चिमाहरूले खेलेको “फुटाउ र राज गर,
विभाजित गर र भित्र पस तथा मिल्न सक्ने सम्भावनाहरूका ढोका सधैंका लागि वन्द गर”को
कूटनीतिलाई आफ्नो पथप्रदर्शक सिद्धान्तका रूपमा अङ्गीकार गर्छन् |
६. आफ्नो
धर्म, संस्कृति तथा संस्कारलाई भन्दा विदेशीहरूको “एकेश्वरवादी” चिन्तनलाई बढी
प्रगतिशील तथा अग्रगामी ठान्छन् |
७. स्वदेशी
जनता, स्वदेशी विद्वान, स्वदेशी शीपको क्षमतामा कत्ति पनि विश्वास गर्दैनन् |
८. नेपालीले
रामो भन्दा नपत्याउने तर विदेशीहरूले राम्रो भन्दिउन् भनेर मरिहत्ते गर्ने मानसिक
हीनताबोधबाट वर्तमान नेतृत्व ग्रसित छ |
९. वर्तमान
नेतृत्वसंग मन जोड्ने होइन तोड्ने, शान्ति स्थापित गर्ने होइन द्वन्द्व
निम्त्याउने, प्रेम गर्ने होइन घृणा गर्ने, निर्माण गर्ने होइन विध्वंस गर्ने मोडेलहरू
मात्र छन् | जुन बूँदा ५ बाट उधारो लिएका हुन् |
१०. विचार,
सिद्धान्त र कार्यमा फरकपन अर्थात् मनले एउटा कुरो सोच्ने, बोल्ने अर्कै थोक र काम
चाहिं न सोचेको गर्ने न बोलेको नै गर्ने
राजनैतिक संस्कार |
११. वि.स.
२००७ देखि २०७३ सम्मका राजनैतिक परिवर्तनहरू निष्फल छन् | यिनै शक्तिहरूबाट देशको सकारात्मक परिवर्तन असम्भव छ |
८.
वाध्यताको विकास र भ्रम
हामी
नेपालीहरूको विकास सूचकांक आधुनिक विश्वलाई सुहाउँदो छैन | हामी निकैपछि छौँ |
नेपालमा जेजस्तो विकासका गतिविधि देखिएका छन् ती सबै विश्वसन्दर्भमा वाध्यकारी भएर
प्रवेश गरेका हुन् अथवा व्यापारीहरूले ब्यापारिक स्वार्थका कारण भित्रिएका हुन् | राजनैतिक
शक्तिहरूको इच्छाशक्तिका कारण सडक, पक्काघर, विजुली, टेलीफोन, मोबाइल,
इन्टरनेटआदिको विकास भएको ठान्नुहुन्छ भने आफैलाई सच्याउनु पर्छ | यी सबै
व्यापारिक प्रयोजनका कारण विकास भएका हुन् | ठेकेदारहरूले सडकहरू खनेका छन् किनभने
तिनबाट राजनैतिक दलहरूले कमिसन प्राप्त गर्छन् | कमिशन र नाफा नहुने कुनै
“विकास”हरू मौलाएका छैनन् | दलीय स्वार्थ र ब्यापारिक स्वार्थ (दलाली) नहुने कुनै
पनि विकास-योजना सफल हुँदैनन् |
९.
अन्धविश्वासमा जेलिएको विश्वास
यदि
मैले “नेपालीको विकास गर्ने शक्तिशाली मोडेल हामीसंग छ” भनेर सुनाए भने
नेताको जालोमा बाधिएको जनताले मेरो ठूलै हाँसो उडाउने छन् | असलमा, राजनैतिक
कार्यकर्ताहरू दलालीको स्वार्थका कारण दिग्भ्रमित वा बाध्य भएका छन् | उनीहरू
आफुले खाइपाई आएको सुविधा घट्छ कि भन्ने कुराले त्रसीत छन् | उनीहरू सफल विकल्प
भेट्टाए तुरुन्त परिवर्तित हुन्छन् | आफ्नो र परिवारको स्वार्थका विषयमा सोच्नु
गलत होइन तर त्यसको पूर्तिको लागि गलतबाटो अङ्गीकार गर्नु गलत हो |
१०.
परिणाममुखी विकल्पको बोलावट
मेरो
बुझाइमा, हामीसंग अव ७० वर्षको बूढो र अरूको खेतमा जरोकिलो भएको राजनैतिक चिन्तनको
विकल्प खोज्नुनै पर्ने भएको छ | विगतका विफल परिवर्तनहरूले अव निरन्तरता पाउनु
हुँदैन | आज पनि हामी अर्को विफल परिवर्तन बोकेको संविधानमा उभिएका छौँ | अवको
विकल्प सफल हुनुपर्छ | एस्तो सफल विकल्पको “मार्गचित्र” हामीसंग/मसंग छ | उनीहरूको
मार्गचित्रलाई हामीले विगतका ६३ वर्षमा भोगिसकेका छौँ र भोगिरहेका छौँ | अव हामी
असफलताहरूलाई सफल भनेर ढाट्नेहरूसंग पारचुके गर्नुपर्छ | पारचुके नगरी अर्को विवाह
हुँदैन | परिणाममुखी परिवर्तन दिने बैचारिक विकल्परुपी दूलाही नभई हामीले
तपाईंहरूलाई पारचुके गर्नुस् भनेको होइन | हामीसंग परिणाममुखी विकल्प छ | हामी
मिलेर आफ्नो, आफ्ना सन्तानको र छिमेकीको समेत राम्रो भविष्य निर्माण गर्नसक्छौं
|
११.
विफलताबाट सफलतातिर
तपाईं
विश्वास गर्नुस्, हामी स्वर्णीम भविष्य दिन्छौं | हरेकलाई आफ्नै खुट्टामा उभिने
स्वाभिमान, नेपाली पासपोर्ट देखाउंदा गर्व गर्ने परिवेश र विदेशमा काम गर्न जाने
होइन विदेशीहरू नेपालमा काम खोज्दै आउने परिस्थिति निर्माण गर्छौं | संकल्प हाम्रो
र विश्वास तपाईंहरूको मिल्यो भने विकसित भविष्य हाम्रो हातमा हुनेछ | हाम्रो हातमा
सफालय हुने छ र उनीहरूको हातमा असफलता | असफलता हामीसंग हार्ने छ | हामी सफल भएर
सुखी हुनेछौं | किनभने हाम्रो मुहान सफा
छ, हाम्रो जरोकिलो नेपालमैं छ र हामी विगत पांचहजार वर्षदेखि “मिलेर बस्नको”
ज्ञानमा पुख्त छौँ |
No comments:
Post a Comment