विद्याको शाब्दिक अर्थ प्रकाश हो | प्रकाश
नै विश्वको प्रमुख चाहना हो | कुनै पनि मान्छे अन्धकार अर्थात् अज्ञानी रहन
चाहन्न | आज विश्वमा जुन भौतिक विकास भएको छ, त्यो
सबै विद्याको नै प्रतिफल हो | मौलिक तथा भौतिक विकासका लागि विद्या अर्थात्
शिक्षाको समुचित विकास हुनु अति आवश्यक हुन्छ |
त्यै भएर हाम्रा ऋषिमुनिहरूले "विद्या या
ऽमृत मस्नुते अर्थात् विद्या त्यो हो जसले मानव समाजलाई मुक्ति अर्थात् प्रकाशको
बाटोतिर डोर्याउन मदत गर्छ - भनेर शिक्षाको महत्व प्रदर्शन गरेका थिए | हामी
नेपालीहरू तिनै युगद्रष्टा शिक्षाप्रेमी, शिक्षा दानी
ऋषिमुनिका सन्तान हौँ | हामी निरीक्षर, अशिक्षित तथा
परचक्री कसरी रहन सक्छौं ?
हाम्रा पुर्खाहरूले शिक्षाको लागि गरेको त्याग,
परिश्रम तथा साधनालाई सम्झौं त | यी ऋषिमुनीहरूले
शिक्षाको लागि आफ्नो परिवारलाई त्यागेर जंगलमा गुरुकुलहरू खोलेर बालबालिकाहरूलाई
निशुल्क शिक्षा दिएका थिए | यतिमात्र होइन, उनीहरूले शिक्षाको
निरन्तरलाई सुनिश्चित गर्न श्रुति अरथा सुनाउने र स्मृति अर्थात् स्मरण गरेर
शैक्षिक विषय\वस्तुलाई निरन्तर दिने, पुस्तान्तरण गर्ने
विधि अपनाएका थिए | वेद, उपनिषदआदि यसै परम्पराका कारण आज हाम्रो
लागि उपलब्ध छन् |
जुन बखत आजको जस्तो प्रेस, इन्टरनेटआदि
माध्यम नहुँदा शिक्षाको ज्योति जोगाई राख्न सबैभन्दा पहिले ढुंगामा लेखेर, त्यस
पछि छालामा, ताडपत्रमा, अन्त्यमा हातले नै
नेपाली बनाएको कागजमा (जसलाई आजभोली नेपाली कागज भनिन्छ) मा विष सिचेर कटुस,
सीमि, विषआदि\बाट मसी बनाएर
बाँसको कलमले लेखेर शैक्षिक सामग्रीहरू हाम्रा लागि छोडेका छन् |
एउटा हाते किताव लेखेर तयार पार्न वर्षौं\वर्ष
लाग्थ्यो | ऋषिमुनिहरू, हाम्रा पुर्खाहरूले
हरेश खाएनन् | उनीहरुले वेद, उपनिषद, आरान्यक,
पुराण, उपपुराण, आयुर्वेद, योग,
दर्शन, साहित्य यहासम्म कि चार्वाक ऋषिको भौतिकवादी
चिन्तन, ऋषि वात्यस्यायनको यौनशास्त्रलाई पनि जीवित राखे |
आज हामी हिन्दू, बौद्ध जैनहरूसंग
शिक्षाकै लागि हाम्रा पुर्खाहरूले अनन्त परिश्रम, त्याग तथा आत्मदान
गरेर जोगाएका असंख्य शैक्षिक सामाग्री छन् | बडो दुख र खेदका साथ
भन्नुपर्छ - हामीले शिक्षाप्रति गम्भीर नभएर ती ऋषिमुनिहरूका त्यागको अपमान
गरिरहेका छौं | आफ्ना पुर्खाहरूले जोगाएका बौद्धिक सम्पदाहरूको
अध्ययापनप्रति ध्यान नदिएर तिनको अवमूल्यन गरिरहेका छौँ |
यो कुरा सत्य हो कि शिक्षा जहाँबाट लिए पनि हुन्छ
तर आफ्नो रैथाने शिक्षा पद्यति तथा शैक्षिक विषयहरूको उपेक्षा गरेर हामीले ठूलो
भूल गरिरहेका छौँ | अव हामीले एस्तो भूल सुधार्ने वेला आएको छ |
हामीले आफ्ना प्राचीन गौरवमय शैक्षिक सामग्रीहरू आधुनिक परिवेशमा
हाम्रा सन्तानहरूको मस्तिष्कमा पस्किने बेला आएको छ |
उनीहरूले आधुनिक शिक्षाका साथै आफ्नो मौलिक
रैथाने शिक्षा पनि जान्ने बेला आएको छ | पश्चिमा शिक्षा
पद्यति भन्दा हाम्रो रैथाने शिक्षा पद्यति उदारवादी, प्रायोगिक, ब्यबहारिक
तथा सर्वस्वीकार्य छ भनेर प्रमाणित गर्ने बेला आएको छ | यसका लागि हामीले
आधुनिक शिक्षाप्रणाली भित्र प्राचीन शैक्षिक सामग्रीहरूको आत्माको प्राणप्रतिष्ठा
गर्नुपर्ने छ | आफ्नो प्राचीन गुरुकुल शिक्षापद्यतिको
पुन:स्थापना गरेर हामीले आफ्नो विशिष्टता स्थापित गर्ने बेला आएको छ |
यसका लागि न हामीले आधुनिक शिक्षा पद्यति
त्याग्नु पर्ने छ न कुनै भाषा, शैक्षिक क्यालेन्डर नै परिवर्तन गर्नुपर्ने छ |
विद्यमान शैक्षिक सामग्रीहरूमा आफ्नै इतिहास, संस्कृति
तथा परम्पराको इतिहास समावेश गराउनुपर्ने छ र हामीले यसो गर्ने छौँ | हामीले
आधुनिक शिक्षा पद्यतिभन्दा दिगो, समावेशी, ब्यबहारिक शैक्षिक
विकल्प दिने छौँ | त्यस्तो शिक्षा पद्यतिले "म्याकाले"लाई
पूर्णत: विस्थापित गर्ने छ |
आफ्नो इतिहास, संस्कृति, परम्परा
तथा पद्यतिलाई माया गर्ने नया पुस्ता सिर्जना गरेर हामीले म्याकलेलाई विस्थापित
गर्ने छौं | हाम्रो लागि आफ्नै शिक्षाधन सबैभन्दा प्रिय र
स्थायी हुनेछ | हाम्रा विद्यार्थीहरूले सुकरातभन्दा पहिला
चाणक्यको इतिहास जान्ने छन् | प्लेटोको रिपब्लिक भन्दा पहिला मनुस्मृतिको विषय
बुझ्ने छन् |
समयले हामी नेपालीहरूलाई एस्तो मोडमा लाएर
उभ्याएको छ जहाँबाट हाम्रो अस्तित्व र अस्तित्व विनासकारी बाटो छुट्टिन्छ |
म्यकालेको शिक्षानीतिले हाम्रो आफ्नो पहिचान जोगाउने प्राचीन शिक्षापद्यति लोपोन्मुख
भएको छ भने अंग्रेजीकरणका नाममा शैक्षिक अतिक्रमणले हाम्रो आफ्नो मौलिक तथा रैथाने
विधिहरू दिनहुँ गुन्दै गैरहेका छन् | हाम्रा शैक्षिक नेतृत्वहरू “आफु गुम्दा” गर्व
गरिरहेका छन् | सरकारीतन्त्र विदेशी शैक्षिक माफियाहरूको पकड लाचार छ |
हाम्रो आन्दोलन आधुनिक शिक्षा पद्यतिको विरुद्ध
होइन | हामी आधुनिक शिक्षाको विरोध गर्दैनौं | हाम्रो आन्दोलनको मुख्यविन्दू हाम्रा
प्राचीन ऋषिमुनिहरूले कठोर तपस्या गरेर सिर्जना गरेका र हाम्रा पुर्खाले कठोर
परिश्रम गरेर जोगाएका शैक्षिक सम्पदाहरूको विषयमा बालबालिकाहरूलाई जानकारी
दिनुपर्छ, ती सामग्रीहरूको अध्ययन/अध्यापन हुनुपर्छसंग सम्वन्धित छ | यदि हामीले
आफ्ना रैथाने शैक्षिक सम्पदाहरूको विद्यालय, विश्वविद्यालयको शैक्षिकतहबाट
सम्वर्धन गरेनौं भने आजको ५० वर्षपछि हाम्रो पहिचानपूर्णत नष्ट हुनेछ | अमेरिकाका
रैथाने इन्डियनहरू, अस्ट्रेलियाका माओरीहरूले, न्युजिल्यान्डका दोखाहरूले आफ्नो
पहिचान गुमाएझैं हामी गुम्ने छौँ |
अव निर्णय गर्ने दायित्व हाम्रो हो – हामी प्राणहीन,
तेजहीन, प्राणहीन, आत्मविश्वास तथा पहिचान गुमाएका पुस्ता चाहन्छौं कि
ऋषिमुनीहरूको तपस्याको शक्तिको दिब्य प्राणशक्ति प्राप्त गरेका, अत्यन्त आत्मविश्वासले
भरिएका, नेपाललाई विश्वको शैक्षिक केन्द्रको रूपमा स्थापित गर्नआतुर पुस्ता
चाहन्छौं ? र गुरुकुलको हाम्रो आन्दोलन आरम्भ भै सक्यो, तन, मन तथा
धनले आफ्नोपनलाई सहयोग गर्ने महान् दायित्वले हामीलाई पर्खिरहेको छ | यस
दायित्वबाट पन्छिने कसरी कल्पना गर्न सक्छौं ?
No comments:
Post a Comment