Thursday, September 1, 2016

हिन्दू एकताको सन्दर्भ र विभाजित मानसिकता

हिन्दू एकताको सन्दर्भ र विभाजित मानसिकता
आजभोली केही विद्वानहरूविच सनातन बैदिक धर्म र संस्कृति अब्यबहरिक भए भन्ने चिन्तन हावी भएको देखिन्छ | छापामाध्यमबाट होस् अथवा टेलिभिजन वा रेडियो यी परिवर्तनवादी विचारकहरुलाई मसालेदार तवरले पस्कने गर्छन् | परम्परा र आधुनिकताका नाममा सनातन धर्मका स्थापित मान्यताहरूका विषयमा विद्वानहरूले लेख्दाबोल्दा निकै विचलन उत्पन्न हुन्छ नै | सनातन धर्मका अनेकौं संस्कार, पद्यति तथा परम्पराहरूका विषयमा आज अनेकौं प्रश्नचिन्हहरू उब्जाइएको छ | परम्परावादीहरू ठीक छन् कि आधुनिकतावादी ठीक  भन्ने कुराको निर्क्योल हुनै पर्छ | विद्वानहरूले आआफ्नै चिन्तनलाई महत्व दिंदा समग्र समाज नै दिग्भ्रमित हुने स्थिति आजको यथार्थता हो |

एस्तो अन्यौलता धर्म-संस्कृति तथा संस्कारका सन्दर्भमा मात्रै होइन, गणनामा आधारित ज्योतिषमा पनि रहेको देखिन्छ, सुनिन्छ | वैदिक परम्पराअनुसार स्मृतिभन्दा श्रुति अर्थात् वेद प्रमाणिक हुन्छन् | हिन्दू संस्कृतिले स्थानीय परम्पराहरूलाई समेत महत्व दिने हुँदा केही स्थानीक संस्कारहरू पनि मान्य छन् | तर वेदहरूको प्रमाणयतालाई भने आजसम्म प्रत्यक्षरूपमा कुनै पनि हिन्दूहरूले चुनौती दिएको बुझिन्न | पन्थहरूले आन्तरिकरुपमा के-कस्तो प्रमाण स्वीकार गर्छन् ? उनको आन्तरिक विषय हो |  

वि.स. २०४६, ६३ तथा वि.स. २०७२ का राजनैतिक परिवर्तन र आफ्नै देशको जरोकिलोलाई अस्वीकार गर्ने राजनैतिक चिन्तनको दरिद्रताले संस्कृतका विद्वानहरूलाई पनि गाँजेको छ | जर्मन वा फ्रान्स मोडेलको राजनैतिक परिवेश र ककेसीयाका आप्रवासीका रुपमा रैथाने आर्यहरूलाई विदेशी बनाउने इतिहासलाई अस्वीकार गर्ने लाकत नभएका विद्वानहरूबाट धर्ममा अपूरणीय क्षति पुगेकै हो | यसमा धर्मपरिवर्तनकारी शक्तिहरूको चलखेल पनि हिन्दू धर्म तथा रैथाने शक्तिहरूलाई कमजोर बनाउन क्रियाशील छन् | त्यस्ता २.५% जनसंख्याले ८२% हिन्दू जनसंख्या अपमानित, अपहेलित तथा निषेधित हुनपरेको छ | एस्तो अपमानमा हिन्दू धर्मका विद्वानहरूको विभाजित धार्मिक दृष्टिकोण नै सबैभन्दा बढी जिम्मेदार छ | हामी हिन्दूहरूको कायरता, दुर्भाग्य वा विभाजित मनस्थितिका कारण सरकारहरूले हिन्दू धर्मका विषयमा कुनै पनि निर्णय गर्दा हिन्दू विद्वानहरूसंग पटक्कै सोध्दैन वा सोध्ने आवश्यकता ठान्दैन |

नेपालको ८२% जनसंख्या हिन्दू छ तर हिन्दूहरूका धार्मिक विषयमा निर्णय दिने हिन्दूहरूको सर्वोच्च कुनै निकाय छैन | नेपालमा छरिएर रहेका मुस्लिम समुदायका धार्मिक विषयमा निर्णय गर्न संस्कृति मन्त्रालय अन्तरगत ‘वक्फ़वोर्ड’ले मौलवीहरूसंग सरसल्लाह गर्छ, इसाईहरूका विषयमा ‘चर्च अफ नेपाल’संग सहकार्य गर्छ भने सिख तथा जैनहरूका सन्दर्भमा पनि कुनै न कुनै केन्द्रीय निकाय छन् | हामी हिन्दूहरूको विषयमा निर्णय लिंदा सरकारले हिन्दूहरूको कुन् सर्वोच्च निकायसंग सहकार्य गर्नुपर्छ ? भन्ने उत्तर हामीले खोज्न आवश्यक छ | नेपालको ८२% जनसंख्या हाम्रो छ भनेर आत्मविलास गर्नुको कुनै औचित्य छैन | सन् १९४७ ताका दक्षिण कोरियामा ९०% जनसंख्या बौद्ध तथा अन्य रैथानेहरूको थियो भने आज सन् २०१५ मा त्यहाँको ६४% जनसंख्या इसाई बनिसकेको छ र विश्वको सबैभन्दा ठूलो चर्च पनि त्यहीं छ | 

हिन्दू धर्मशास्त्रका हरेक विषयहरू युग तथा समय सुहाउँदा छन् भन्नु उचित हुँदैन | छुवाछुतको चिन्तन र ब्यबहार अवका लागि स्वीकार्य छैन तर पनि ब्यबहारिकरुपमा छुवाछुतवादवाट हामी उन्मुक्त हुनसकेका छैनौं | एस्तो अवस्था हिन्दू धर्म तथा संस्कारहरूमा के-कति र कस्तो परिवर्तन गर्नुपर्छ तथा परिवर्तित परिवेशमा जनताको संस्कारकस्तो हुनुपर्छ ? भनेर निर्णय गर्न अधिकारप्राप्त निकाय हुनुजरुरी छ | एस्तो निकायको निर्णयलाई नेपालका हिन्दूहरूले मात्र होइन, विश्वभरीका हिन्दूहरूले स्वीकार्न सकून् | विश्वका हिन्दूहरूलाई नेपाली हिन्दूले नेतृत्व गर्नुपर्छ | नेपाली विद्वानहरूमा एस्तो खुवी छ |

हामीले चाहे/नचाहे पनि हामी धर्मनिरपेक्ष नेपालका नागरिक बनेका छौँ | हामी हिन्दू विद्वानहरूले यो धर्मनिरपेक्षतालाई प्रयोग गरेर हिन्दूधर्म तथा संस्कृतिको राम्रो प्रवर्धन गर्न सक्छौं | धर्म निरपेक्षतालाई ‘हिन्दू विरोधी’ मानसिकताको सर्वोच्च अभिव्यक्तिका रूपमा बुझेर यसलाई अवसरका रूपमा स्वीकार गर्ने हो भने हिन्दूहरू एकठाउँमा उभिन सकिन्छ | धर्म, संस्कार तथा रितिरिवाजका सवालमा हामी विभाजित नै रहने हो भने उनीहरूले हामी उपर खेल्ने निश्चित छ | हामी प्रतिदिन कमजोर हुनेछौँ धर्मपरिवर्तनकारी शक्ति र हिन्दू धर्म विरोधी मानसिकताले हाम्रो रैथाने परिचय र शक्तिलाई निल्ने छन् |
नेपाली जनताका तर्फबाट र आफ्नै मनको गहिराईबाट निम्न यक्षप्रश्नहरूको उत्तर हामी आफैले खोज्न आवश्यक भएको छ :
१.       के सनातन वैदिक धर्म, संस्कार तथा रितिरिवाजको विषयमा निर्णय गर्ने सर्वमान्य हिन्दू निकाय गठन गर्न सकिन्छ ?
२.       के हिन्दूहरूका विषयमा सरकारले जस्तो सुकै निर्णय लिंदा पनि हामीले आँखा चिम्लेर स्वीकार गर्न जरूरी छ ?
३.       सरकारले हिन्दू धर्मका विषयमा सोध्न चाहे कुन् सर्वोच्च निकायसंग समन्वय गर्दा सर्वस्वीकार्य हुने छ ?
४.       समावेशी तथा आरक्षणको अधिकार निरीह गरीव बाहुन, क्षेत्री वा वैश्यवर्गका लागि हुनुपर्छ कि पर्दैन ?
५.       हिन्दूहरूलाई आक्रमणकारी भनिएको बर्तमान इतिहासका विषयमा हाम्रो दृष्टिकोण के छ ?


अन्त्यमा,  संसारको कुनै पनि विद्वान वा ल्याबले वेदहरू मानवीय इतिहासका पहिलो लिखित दस्तावेज हुन् भनेर स्थापित गर्न सक्दैन न त हिन्दूहरू भन्दा अन्य कुनै धार्मिकवर्गहरू ‘समावेशी छ’ भनेर प्रमाणित नै गर्न सक्छ | हामी हिन्दूहरूसंग विभिन्नताभित्र एकअर्काको अस्तित्वको रक्षा गर्दै मिलेर बस्न सक्ने विशेषज्ञता छ भने पश्चिमासंग मिलेर बसेकाहरूलाई अलगथलग पारेर लडाउने | अव निर्णय गर्ने पालो हाम्रो हो – हामी एकतामा अनेकता चाहन्छौं कि अनेकतामा एकता ? 
copyright gsu300(at)gmail.com

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...