Monday, September 12, 2016

धर्मपरिवर्तनको दोषी सरकारी नीति

आज एकजना मित्रले सोध्नु भएको प्रश्न अत्यन्त सान्दर्भिक लाग्यो | एकजना फेसबुक मित्र दुर्गा प्रसाद पराजुली सोध्नु हुन्छ - इसाईमा गएका हिन्दूहरूलाई पुन: हिन्दू सनातनधर्ममा कसरी बुझाएर फर्काउन सकिन्छ ?

यो सवालका दूईवटा पाटा छन् (अ) एउटा व्यक्तिले हिन्दू सनातन धर्म छोडेर किन किन इसाई बन्नुपर्यो ? (२) इसाई बनिसकेपछि पुन: हिन्दूधर्ममा स्थापित गर्न हामी हिन्दूहरूले के गर्नु पर्छ ? र त्यसको शास्त्रीय प्रक्रिया के हो ?

पहिलो सवालका सम्वन्धमा, नेपालमा भएकाअधिकाशं धर्मपरिवर्तन सम्वन्धि घटनाहरू लोभ, लालच तथा प्रलोभनका कारण भए/गरेका छन् | धर्म परिवर्तन गर्नेहरू सबै वर्गका छन् | सबैजाति'का छन् | त्यैपनि दलित, आदिवासी जनजातिहरूले बढी धर्म परिवर्तन गरेको देखिन्छ | गरिवी, अशिक्षा तथा दलित तथा गैरदलितवाद धर्मपरिवर्तनका प्रमुख कारण हुन्  भन्न सकिन्छ | यद्यपि गरिवी, दलित तथा एउटा वा केही जाति विशेषहरूलाई  मात्र  दोष दिन पक्कै  मिल्दैन |

सरकारी नीतिहरू दोषी छन्
मेरा अनुसन्धानहरूले नेपालमा धर्मपरिवर्तनको प्रमुख दोषी सरकार हो | सरकारले अवलम्वन गरेका नीतिहरूका कारण देशले धर्मपरिवर्तनको ‘प्लेग’ भोगिरहेको छ | यदि गरिवी, अशिक्षा तथा दलितगैरदलितको विभेदले धर्म परिवर्तन बढेको भए पोखराको रामघाटमा देशको पहिलो चर्च स्थापित (२००४) भएको थियो | तर पनि २०४६ साल सम्म इसाईहरूले खासै प्रगति गर्न सकेनन् | युनाइटेड नेशनल टू नेपाल नामक संस्था तथा जेवियर कलेजका माध्यमबाट स्वास्थ्य तथा शिक्षामा कब्जा जमाउने प्रयत्नशील रहे पनि ती सफल भएनन् |  

२०४६ सालको राजनैतिक परिवर्तनले संविधानमा हिन्दूराष्ट्र लेखिए पनि अघोषित रूपमा सरकारले धर्मपरिवर्तनकारी शक्तिहरूलाई खुला गरिदियो | समाज सेवाको आवरणमा जुनसुकै विदेशी संस्था वा व्यक्तिहरूलाई गाउँगाउँ शहरशहर पसेर चर्च बनाउने, बाइबल बाड्ने, दलितहरूसंग गैरदलितहरूको फाटो बढाउने, आदिवासी जनजातिहरूमा  हिन्दूधर्म तथा बाहुनक्षेत्रीप्रति घृणा उत्पन्न गर्ने काम खुलेआम भयो |

अर्थ तथा शिक्षामन्त्रालयका तथ्यांकहरू
अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकका आर्थिक सूचकांक तथा शिक्षामन्त्रलयका सूचकांक अध्यायन गर्ने हो भने जोसुकैले पनि सजिलै बुझ्न सक्छ कि नेपालमा २०४६ भन्दा पहिला आजभन्दा बढी अशिक्षा थियो, गरिवी थियो र दलित तथा गैरदलितहरूविच छुवाछुतको समस्या पनि बढी नै थियो | वि.स. २००४ देखि २०४६को अवधिमामा केवल ४० हजार व्यक्तिहरूमात्र इसाई बने जवकि इसाईहरूको अन्तर्राष्ट्रिय संस्था जहोस ट्रस्टको तथ्यांकअनुसारलाई सत्य मान्ने हो भने वि.स. २०४७ देखि २०७२ को अवधिमा २५ लाख नेपालीहरू इसाई बनेका छन् | सन् २०११ को जनसंख्यामा  इसाईहरू कूल जनसंख्याको १.५% प्रतिनिधित्व गर्छन् | यी इसाईहरू भारत, अमेरिका वा बेलायतबाट घरबसाई सरेर नेपाल छिरेका होइनन् | यी सबै नेपाली नै हुन् | 

गरिवी धर्मपरिवर्तनको कारण होइन !!
यही अवधिमा नेपालली आर्थिकस्तर बढेर १ सय अमेरिकी डलर देखि ९०० डलर पुगेको छ, शिक्षाको दर बढेर ५% देखि लगभग ७३% पुगेको छ भने छुवाछुतको भावना पनि निकै कम भएको छ |  धनि, शिक्षित तथा दलित तथा गैरदलितविचको सम्वन्ध निकै उचाईमा पुगिरहेको अवस्थामा ४० हजारदेखि एकै चोटी २५ लाख नेपालीहरूले धर्मपरिवर्तन गर्नुमा सरकारी नीतिनै जिम्मेदार छन् | नेपालको धर्म, संस्कृति तथा सभ्यता जोगाउने दायित्व लिएका सरकारहरू आफ्नो दायित्वच्यूत भएका छन् |    

राजनैतिक पार्टीहरूले त्यो ‘जातीय घृणा एवं धार्मिक सनातन हिन्दू तथा बौद्धधर्म प्रति गरिएका/ फैलाइएका बितृष्णा’हरूलाई ‘पहिचान’को आवरणमा स्वामित्व ग्रहण गरे | धर्मपरिवर्तनकारी शक्तिहरूले धर्मका लागि जातीय तथा क्षेत्रीय  मुद्दाहरूमा समर्थन गरे | यो समर्थनले राजनैतिक दलहरूको ध्यान जातीय संस्था स्थापित गर्न केन्द्रीय भयो | इसाईहरूले यही घृणाको राजनैतिक अवसर छोपेर धमाधम धर्मपरीवर्तनको काम, योजना, जनशक्तिआदिको सृजना गरे | 

राजनैतिक दलहरूले बेइमान गरे कि ?
हामी सबै नेपालीहरूले अनुभव गरेका छौँ – नेपालका राजनैतिक पार्टीहरूका क्रियाकलापहरू पारदर्शी छैनन् | विभिन्न कित्तामा राजनीति हुनु स्वाभाविक हो | तर देश, संस्कृति तथा राष्ट्रिय पहिचान एवं महत्वका सवालमा सबै राजनैतिक पार्टीहरू चरम ढुलमुले देखिदैं आएका छन् | जनताको नाममा ‘पेट-भने’ प्रवृति बढेको छ | जानेर होस् वा नजानेर अथवा डरकर, त्रास, प्रलोभनका कारण नेपालको धर्म, सांस्कृतिक स्वरूप तथा मौलिकता जोगाउने विषयमा राजनीति चुकेको छ | स-साना संघसंस्थाहरूले समेत नेतृत्वलाई ‘ब्लेकमेल’ गर्ने हैसियत प्राप्त गरेका छन् | नेताहरू सामान्य नागरिकको तुलनामा बढी ‘प्रभावित’ हुँदा हामी नेपालीहरूले आफ्नो मौलिकता गुमाईरहेका छौँ |

संविधान घोषणा अगाडी गरिएको मत सर्वेक्षणमा जनताले “नेपाललाई हिन्दूराष्ट्र बनाऊ” भन्ने स्पष्ट आदेश दिंदा पनि नेतृत्वले बेइमानी गरेकै हुन् | यो बेइमानीको बीऊ नेपाल होइन | सत्य बदलिंदैन, राजनैतिक नेतृत्वले गरेको बेइमानीको स्वामित्व सबैदलका अनुयायीहरूले समेत लिनुपर्छ | यसरी धर्मपरिवर्तनलाई मलजल गरेको दोष हामीले पनि अगाल्नु पर्छ |   

धर्मपरिवर्तन स्वेच्छाले होइन करले भएको छ ?
धेरै राजनैतिक दलका नेताहरूमात्र म पनि भन्छु, धर्म व्यक्तिगत स्वतन्त्रताको विषय हो र हुनुपर्छ | धर्मजस्तो संवेदनशील विषयसंग खेलवाड गरिनु हुँदैन | तर नेपालमा धर्मपरिवर्तन गर्ने/गराउने काम स्वेच्छिक छैन | लोभीपापी राजनैतिक नेतृत्व र कमजोर प्रशासनले नेपालीलाई डुबाएको छ | यी सबैको कारण भ्रष्टाचार हो | इसाईहरू भन्छन् : नेपालीहरू स्वेच्छाले, बुझेर पढेर इसाई बनेका हुन् | तर चेपांगजस्ता ७९% अशिक्षित, गरिव तथा गैरदलित समुदाय कसरी र किन इसाई बन्दैछन् ? जवाफ स्पष्ट छ – लोभ, लालच तथा डरकरले !!

लोभ धर्मपरिवर्तनको कारण हो
मैले चेपांग आदिवासीको कुरा उठाएको छु | चेपांगहरू मकवानपुर र चितवनमा बढी छन् | उनीहरूको जीवनशैली आज पनि अर्ध जंगली छ | नेपालभरी यिनको जनसंख्या ८५ हजारजति छ | यी मध्ये ६५% चेपांगहरू इसाई भैसकेका छन् | के अशिक्षित तथा गरीव चेपांगहरू बाइबल पढेर, बुझेर तथा स्वविवेकले इसाई भएका हुन् त ? कदापि होइन | सरकारी नीतिको कमजोरीका कारण इसाईहरू उनको घरघरमा पुगेर प्रलोभन दिएर इसाई बनाएका हुन् | साचो भन्ने हो भने लोभ, लालच तथा स्वास्थ्य सुविधाहरूको प्रलोभनका कारण इसाई वनाइएका हुन् | समय मै सरकारके यी आदिवासीहरूको समुचित विकासमा ध्यान पुर्याएको भए ६५% चेपांगहरू धर्मपरिवर्तनको घिनलाग्दो भुमरीबाट सधैंका लागि जोगिन सक्थे |

दलित समुदाय होस् वा गैरजातीय आदिवासी समुदाय सबैमा इसाईहरू झोलाभरी पैसा र मनभरी लालच बोकेर घरघर पुगिरहेका छन् | हालै झापामा पक्राउ परेका अमेरिकन चिकित्सकको बयानले यो कुरा पुष्टी गरेको छ | मैले भन्नैपर्छ केही चरमलोभी बाहुनहरूले एस्तो अपराध गरिरहेका छन् | बाहुनसमुदायबाट इसाई बनेका लोभीहरूको समुदायले बाइबल बोकेर पुरोहित्याई गरिरहेको छ | आफ्नो धर्म तथा संस्कृतिलाई कमजोर बनाउने काम गरिरहेका छन् | यी तालिवान भन्दा खतरनाक छन् |  

के मान्छेहरू केवल इसाईमात्र बनिरहेका छन् ?
होइन, यो हाम्रो अपूरो विश्लेषण हो | अपुरो बुझाई हो | नेपालमा इसाईहरूले मात्र धर्मपरिवर्तनको काम गरिरहेका छन् भन्नु आधा सत्य हो | पूर्णसत्य के हो भने विभिन्न मुस्लिम, चाइनिज तथा जापानिज बौद्ध, बहाईआदि समुदाय पनि नेपालीहरूको धर्म परिवर्तन गर्न कम्मर कसेर लागेका छन् | मलेसीया तथा खाडीमा काम गर्न गएका नेपालीहरू पनि धर्मपरिवर्तनको घृणित षड्यन्त्रको सिकार भएका छन् | घरमूली मुसलमान बनेपछि धेरै घरहरू अभिभावक विहिन बनेका छन् | हालै एउटा संस्थाले जारिगरेको सूचनाअनुसार वि.स. २०४६ पछि खाडी राष्ट्रमा काम गर्न गएका १४ हजार नेपाली बौद्ध तथा हिन्दू मुस्लिम बनेका छन् | यसैगरी बहाई, यहुदीहरूले पनि नेपालमा धर्मपरिवर्तन गराउन ठूलै भूमिका बहन गरिरहेका छन् |

धर्म परिवर्तन कसले गराउँछन् ?
यो पेचिलो प्रश्न हो | विगतमा विदेशीहरू आफैं संलग्न रहेर धर्मपरिवर्तनको काम गर्थे भने आज धर्मपरिवर्तन गरेर इसाई बनेको वर्तमान र विगतको दोस्रो पुस्ता धर्मपरिवर्तन गराउने काममा अहोरात्र खटिरहेको छ | वि.स. २०४६ देखि वि.स. २०५६ सम्म धर्मपरिवर्तन गरेको पुस्ताले अभिभावकत्व ग्रहण गरिसकेको छ भने तिनकै दोस्रो पुस्ता सूझबुझका साथ क्रान्तिकारी तवरले धर्म परिवर्तन गर्न सक्रिय छ | यस्तो पुस्ता सिपालु र हिजोको तुलनामा लोभी पनि छ | उनीहरूका लागि धर्मपरिवर्तन गराउने “काम” मनग्ये आर्थिक आर्जन गर्ने बलियो स्रोत बनेको छ | उनीहरूको रोजगारीका रूपमा “धर्मपरिवर्तन गराउने काम” विकसित भएको छ | यस अर्थमा, विदेशीहरूले आर्थिक सहयोग उपलब्ध गराउँछन् | नेपालीहरूले धर्मपरिवर्तनको जागिर खान्छन् | यदाकदा विदेशीहरू पनि सक्रीय देखिन्छन् | विद्यार्थी, पर्यटक, जागिरेआदि बनेर धर्मपरिवर्तन गराउने ‘कला’ सिकाइरहेका हुन्छन् |

कसरी गरिन्छ धर्मपरिवर्तनको धन्दा ?
मैले अगाडी नै निवेदन गरिसकें कि नेपालमा धर्मपरिवर्तन गर्ने काम ‘विजनेस’का रूपमा विकसित भैसकेको छ | जव कुनै कार्य ‘विजनेश’का रूपमा विकसित हुन्छ, त्यो क्रमशः कर्पोरेट बन्दैजान्छ | समान व्यापार गर्नेहरूसंग सहकार्य हुन्छ | आफ्नो काममा बाधा नपरोस् भन्नका लागि तिनले सिन्डिकेट खडा गर्छन् | त्यो सिन्डिकेटले सरकारी तन्त्र, प्रशासिनक तन्त्र तथा सामाजिक तन्त्रलाई सामुहिकरुपमामा प्रलोभनमा पर्छ | प्रलोभनमा नपरे विभिन्न ‘मानवतावादी’को आवरणमा सरकारलाई समेत ‘ब्लेक-मेलिंग’ गर्छ  | नेपालमा पनि विभिन्न समुदायका इसाईहरूले एउटा साझा सिण्डिकेट तयार पारेका छन् | हामी निरीह नेपालीले यो सिन्डिकेटको शक्ति ‘धर्मनिरपेक्षता’का रुपमा अनुभव गरिसकेका छौँ |

सर्वप्रथम उनीहरूले आफ्नो ‘टार्गेट’ अर्थात् लक्षित समूह पहिचान गर्छन् | उनीहरूका लागि एस्तो लक्षित समूह दलित, आदिवासी, जनजाति तथा पढेलेखेका बाहुनक्षेत्रीहरू हुन्छन् | उनीहरूको पहिलो रोजाईमा शिक्षित बाहुनक्षेत्री तथा नेवारहरू पर्छन् | ‘बाहुन तथा नेवार कार्ड’ प्रयोग गरेर अन्य जातजातिहरूलाई सजिलै प्रभाव पार्न सकिन्छ भन्ने उनीहरूले बुझेका छन् | दलित समुदायबाट इसाई बनेकाहरू सर्वस्वीकार्य नहुन सक्छन् तर बाहुनक्षेत्री तथा नेवारबात इसाई बनेकाहरू सबैका लागि स्वीकार्य र प्रमाणिक ठानिन्छन् | बाहुनबाट इसाई बनेको एउटा मान्छेले हजारौंलाई इसाई बनाउन सक्छ  भने दलित वा चेपांग समुदायबाट इसाई बनेको मान्छेले खासै काम गर्न सक्दैन |

धर्मनिरपेक्षताको स्वांग
हरेक इसाई तथा मुस्लिमहरुले अरू समुदायमा छिर्न धर्मनिरपेक्षताको भाव देखाउँछन् | शनिवारका दिन गैर इसाईहरूलाई चर्चमा निमन्त्रणा गर्नु, बाइबल वा अन्य किताव दिएर पढ्न आग्रह गर्नु, चर्च आएपछि मीठो खाना दिनु, केही आर्थिक सहयोग गर्नु, इसाई बनेपछि छात्रवृत्ति अथवा मासिक आर्थिक सहयोग गर्ने बचन दिनु, विदेश पठाइदिने आश्वासन दिनु, रोगबाट निको भएको झूटो विवरण पेश गर्नु, छुवाछुतबाट मुक्तिको सपना देखाउनुआदि कार्य पर्छन् | कुनै पनि चर्च तथा इसाईहरू धर्मनिरपेक्ष हुनै सक्दैनन् | हरेक इसाई अत्यन्त आफ्नो धर्मप्रति अत्यन्त पूर्वाग्रही हुन्छ | एकपटल धर्मपरिवर्तन गरिसकेपछि अन्य धर्मलाई सम्मान दिने, स्वीकृति दिने, समानताको ब्यबहार गर्ने कार्यको सधैंका लागि अन्त्य हुन्छ | गोमन सर्पमा विष हुँदैन भन्नु र इसाई-मुस्लिमहरू धर्म निरपेक्ष हुन्छन् भन्नु एकै कुरा हो | गोमन विष रहित हुँदैन, इसाई-मुस्लिम धर्म निरपेक्ष हुँदैनन् |

सबै धर्महरूप्रति सम्मानको छल
यदि तपाईंलाई कुनै इसाई प्रचारकले किताव दिएको छ भने उसले ‘संसारका धर्मले मान्ने एकै ईश्वर हो, हामी सबै धर्मलाई सम्मान गर्छौ”जस्ता बाक्यहरू बोलेको अवश्य सुन्नु भएको होला | यो ठूलो छल हो | कुनै पनि इसाईका लागि अर्को धर्मको अस्तित्व स्वीकार्नु भनेको पाप हो | हामीले जनता समक्ष संदेश दिन सक्नुपर्छ कि  कुनै पनि इसाई तथा मुस्लिमहरूले अर्को धर्मको अस्तित्व स्वीकार गर्दैनन् |  

रोग निवारण हुने षड्यन्त्रपूर्ण आश्वासन
इसाईहरूले रोगबाट मुक्ति दिने नाटक ‘चंगाई’का आयोजित गर्छन् | यस नाटकका सम्पूर्णपात्रहरू पूर्वप्रशिक्षित हुन्छन् | ‘चंगाई’को नाटकमा बडो प्रभवकारी भूमिका निर्वाह गर्छन् | मदारीले वादर नचाएझैँ रोग लागेको, रोग-निको भएको तथा आफु धनि भएको आदि नाटक मंचन गर्नेहरू मंचमा हुन्छन् | हामीले सर्वसाधारणलाई भन्न सक्नुपर्छ कि यदि जिससले सबै रोग निको पार्ने भए अमेरिका, बेलायतजस्ता विकसित मुलुकहरूमा किन विश्वस्तरीय अस्पतालहरू छन् ? किन नाइजेरिया, साउथ अफ्रीकाजस्ता ९०% इसाईहरू भएको देशमा हैजा, एड्स, जिकाजस्ता असाध्य रोग लागेर मान्छेहरू मरिरहेका छन् ?

आर्थिकस्तर माथि उठ्ने
मैले धेरै पटक नेपाली इसाईहरूले प्रचारप्रसार गर्दा भन्ने गरेको बाक्य ‘हामी विश्वासी बन्यौं भने हाम्रो देश अमेरिका, बेलायतझैँ धनि बन्ने छ | उनीहरू धनि छन् किनभने उनीहरू विश्वासी छ” भनेको सुनेको छु | गरिवीबाट पिल्सिएका अशिक्षित नेपालीलाई यी बाक्यहरू सकारात्मक हुन्छन् | एकैछिन भए पनि बेलायत र अमेरिकीसरह भएको सुखद अनुभूति दिन्छ | हामीले भन्नसक्नुपर्छ नाइजेरिया विश्वको सबैभन्दा गरिव राष्ट्र किन भयो ? जवकि त्यहाँ ९०% मान्छेहरू विश्वासी छन् | हामीले बुझ्नपर्छ, आर्थिकस्तर उठ्ने आश्वासन दिंदा उनीहरूसंग विदेशीरकमको चलखेल छ | उनीहरू सधैं जनतालाई ठग्नेबाटो खोजिरहेका हुन्छन् | एकपटक इसाईहरूको माखेजालोमा परिसकेपछि त्यहाँबाट स्वतन्त्रता प्राप्त गर्न निकै गारो हुन्छ | कसैले इसाई धर्म छोड्न चाह्यो भने बाइबलका श्लोकहरू देखाएर नर्कको भीषण दुखको धम्किपूर्ण सूचना दिइन्छ |

छुवाछुतबाट मुक्तिको छल
दलित समुदायका धेरै मानिसहरू छुवाछुत मुक्तिको सपना लिएर इसाई धर्म अगाल्न पुग्छन् | हिन्दू समाजले  छुवाछुत  गलत हो  भनेर स्वीकार गरिसकेको अवस्था छ | राजा महेन्द्रले  २०२० सालको संविधानमा पहिलोपटक छुवाछुत उन्मुलनको घोषणा गरेका थिए | त्यसताका  छुवाछुत ज्यादा थियो | त्यसपछिका संविधानहरूले छुवाछुतलाई  मानवीय समस्या ठान्दै निवारणका लागि काम गरिरहेको छ | छुवाछुत उन्मुलनका विपक्षमा सडक तताएको  हामीले सुनेका छैनौँ | कुनै पनि अन्तर्राष्ट्रिय शक्तिले  हिन्दूबहुल राष्ट्रले छुवाछुत उन्मुलनका लागि गरेको प्रयासको सराहना गरेको छैन | धेरैका लागि दलित समाजको उपस्थिति ‘मागिखाने भाँडो’ भएको छ | धर्मपरिवर्तनकारीहरूले हिन्दू सामाजिक वर्णब्यबस्थाको निन्दा गर्दै दलितहरूलाई धर्मपरिवर्तन गर्न प्रेरित गर्छन् | तर के धर्मपरिवर्तन गरेर दलितहरू छुवाछुतबाट मुक्त भएका छन्  त ? उत्तर स्पस्ट छ, कत्ति पनि छैन |  

धर्मपरिवर्तनले दलितहरूलाई अझै मार परिरहेको छ | इसाई बनेपछि राज्यले दिने सुविधा प्राप्त हुदैन | उच्च जतिबाट इसाई बनेकाहरूले उनीहरूसंग चेलीवेटीको सम्वन्ध गांस्दैनन् | कतिपय स्थानमा त दलितहरूले चर्चको छेउमा बसेर पास्चरहरूको उपदेश सुन्नुपर्छ | हालै सरकारीस्तरबाट गरिएको एउटा अनुसन्धानले तमिलनाडुमा दलितहरूका छुट्टै चर्चहरू रहेको समेत खुला भएको छ | यसरी, धर्मपरिवर्तनकारीहरूले  दलितहरूको धर्मपरिवर्तन गराएर  उनले राज्यबाट प्राप्त गर्ने आरक्षणको सुविधा समेत लुटेका छन् भने धर्मको नाममा कमाईको १०% चर्चमा जम्मा गर्नै पर्ने नियम बनाएर उनीहरूलाई प्रत्यक्ष रुपमा लुटिरहेका छन् | धर्मपरिवर्तन गर्नु भनेको राज्यले दिने सुविधा पनि गुमाउनु हो भन्ने संदेश छर्न सके र दलितबाट इसाई बनेका व्यक्तिहरूका  विषयमा सरकार समक्ष सूचना दिएर रोक्न सकिन्छ |

हामीले विर्सन नहुने तत्थ्यहरू
हामीले यहाँ विर्सनै नहुने तत्थ्य केहो भने धर्मपरिवर्तनकारीहरू संगठित छन् | उनीहरूको आवाज तथाकथित अन्तर्राष्ट्रिय शक्तिहरूले सुन्छन् | उनीहरू साधन सम्पन्न छन् | उनीहरूसंग मोटर, गाडी, घर, प्रशिक्षित कार्यक्रता र आगामी कार्यक्रमहरूको स्पष्ट रुपरेखा छ | उनीहरूले राज्य तथा राजनैतिक नेतृत्वलाई किन्न सक्ने क्षमता छ | उनीहरू वैचारिकरुपमा स्पष्ट छन् | उनीहरूसंग दिन साहित्य छ, गराउन धार्मिक विधिविधानहरू छन् | मान्छेहरूलाई छल गर्न विद्यालय, अस्पताल तथा चंगाईजस्ता ‘लालच’ छन् | उनीहरूले मिडिया किनेका छन् |

अर्कोतिर हामी हिन्दूहरू तथा अन्य रैथाने शक्तिहरू विना साधन, राज्यको समर्थन, अन्तराष्ट्रिय शक्तिहरूको तारो बनेर विना तयारी, अपूर्ण तथा अनिश्चित कार्यक्रमहरू लिएर संघर्ष गर्नु परेको छ | हामीसंग आफ्नो धर्मसंस्कृतिको बलियो जग छ, नेपालका तीनकरोड जनताको सद्भाव छ र सबैभन्दा बढी र महत्वपूर्ण कुरो आत्मबल र ऋषिमुनिहरूको सन्तानका हामीसंग परमात्माको शक्ति छ |

हिन्दूहरू जागेका छैनन् भन्नु ठीक होइनन् | धर्मपरिवर्तनका विषयमा चेतना छैन भन्नु पनि उचित होइन | विषयवस्तुको ज्ञान छैन भन्नु पनि राम्रो होइन | समस्या  साधन र स्रोतको हो | साधनस्रोत नभएपछि असजिलो हुन्छ | सरकारको नीतिले असजिलो पारेको छ | सरकारी कर्मचारीले  कानुन कार्यन्वयन नगर्दा असजिलो परेको छ | हामी हिन्दूहरूकै नियतिवादी विचारले असजिलो परेको छ | आफ्नो धर्म संस्कृतिको अज्ञानताले असजिलो पारेको छ | हाम्रो नपढ्ने बानीले असजिलो पारेको छ | युवाहरू विदेशमा पलायन हुँदा असजिलो पारेको छ | तर जनताको विशाल धार्मिक आस्था हाम्रा शक्ति हुन् | हाम्रा धरोहरहरू हाम्रा प्रेरणा छन् | विश्वका एक अरव हिन्दूहरुको सद्भावना हामीसंग छ | हामी कमजोर र लाचार पटक्कै छैनौँ |

अव दोस्रो प्रश्नको उत्तर खोज्नतिर लागौं | नेपालमा ८.१% हिन्दू छौँ | यो संख्या सन् २०११ को जनगणनाले बोल्छ | बौद्ध, जैन, किरातीआदि पनि मूर्ति पूजक भएकाले हिन्दू कै श्रेणीमा पर्छन् | यो संख्या जोड्दा ९५% हिन्दू हुन्छन् | बौद्धहरूले आफुलाई हिन्दूको कोटीमा नराखे पनि उनीहरू मूर्तिको विरोध गदैन् | हिन्दूहरूले उनीहरूलाई जवरजस्ती हिन्दू भन्नु पनि अनुचित हुन्छ | तर स्वधर्म, संस्कृति जोगाउने सवालमा बौद्ध-समुदायको मत भिन्न छैन | यसको अर्थ हो – नेपालका बौद्ध र हिन्दू दुवै समुदाय मिलेर स्वधर्मको काममा लाग्नुपर्छ |

नेपालको प्रमुख जनसंख्या हिन्दू छ | स्वधर्म तथा रैथाने संस्कृतिहरूको रक्षा तथा सम्वर्धनको नेतृत्व हिन्दू-समुदायले लिनुपर्छ | नेपाल धर्मनिरपेक्ष घोषित भएकोमा हामीले अरूलाई दोष दिन मिल्दैन | यो दोष हाम्रै हो | हामीले समयमैं ‘हिन्दू-शक्ति’ निर्माण गरेनौं | हामीले हिन्दूहरूविच धर्मनिरपेक्षताको कू-प्रस्तावका विषयमा सर्वसाधारणलाई बुझाउन सकेनौं | हाम्रा प्रयासहरू अपूरो भए | हामो संदेशमा जनताले विश्वास गर्न सकेनन् | हामीले आफ्ना समुदायहरूलाई “दलका नेताहरूको द्वैधचरित्र’ बुझाउन सकेनौं | हाम्रो हातमा भोट थियो तर त्यसको प्रयोग धर्म-संस्कृतिका पक्षमा गर्न सकेनौं | हाम्रा पनि कमजोरी छन् |

धर्मपरिवर्तन रोक्ने पहिलो ‘रोडम्याप’ आफ्नो गल्ती स्वीकार गर्नुहो | यो आत्मस्वीकृतिले हाम्रो लागि स्वधर्म रक्षाको लागि नया बाटो खोल्छ | जनताले देशलाई धर्मनिरपेक्ष बनाएका होइनन् | कांग्रेस, एमाले, माओवादी आदिको नेतृत्वले जनतालाई धोका दिएका हुन् | देश र जनताको अभिमत स्वीकार नगरेर विदेशीको परामर्शमा चल्ने नेताहरूको विषयमा हामी सुध्रनै पर्छ | हामी आफ्नो पार्टीको नीतिसंग विमति राख्ने हिम्मत गर्नुपर्छ | हामी आफ्नो पार्टीको नीतिमा देश, धर्म, संस्कृतिको बलिदान दिन  सकिन्न – स्पष्ट बोल्न सकिन्छ | मैले पहिले नै निवेदन गरिसकें कि सरकार बनाउन अभिमत दिने अनि, सरकारले ‘धर्म-संस्कृति’ बेच्यो’ भनेर कम्प्लेन गर्न मिल्दैन | हाम्रो दूईजिब्र नीतिले धर्मसंस्कृति जोगिन्न | आफुसंलग्न रहेको ‘धर्मनिरपेक्ष’ पार्टीलाई छोड्न पनि नसक्ने ! अनि, हिन्दू राष्ट्र चाहिन्छ भनेर उफ्रन पनि नछोड्ने ?!

धर्मशिक्षाको विकास
हामी इसाईले धर्म परिवर्तन गराए भनेर कम्प्लेन गर्छौं | यो सत्य पनि हो | तर के हामीसंग “हामी किन हिन्दू हौँ ? एउटा हिन्दू भएर उसले कस्तो आहार-ब्यबहार र धार्मिक आचरण गर्नुपर्छ ?” सोध्यो भने ९०% हिन्दूसंग जवाफ हुँदैन | इसाईहरूले बाल्यकाल देखि नै बाइबलको शिक्षा दिन्छन् | मुस्लिमहरूका लागि कुरान पढ्नु र बुझ्नु अनिवार्य हुन्छ | तर हामी आफ्ना बालबालिकालाई ‘गीता, भागवत’ वेद, चण्डी’ पढ्ने होइन बाइबल पढाउने स्कूलमा भर्ति गराउन मरिहत्ते गर्छौं | हाम्रा गुरूकुलहरू ‘गरिव बाजेका छोराछोरी’ पढ्ने आत्म-विश्वासरहित, प्राणरहित विद्यालय हुन्छन् | हामी आफ्नो विद्यालयमा गएर ‘गीता’ पढाउन दवाव दिन सक्दैनौं |

हामी र हाम्रा बालबालिकासंग हिन्दूत्व भनेको के हो ? हिन्दूहरूको जीवन पद्यति के हो ? भन्ने विषयमा जानकारी हुनुपर्छ | हामी आफुलाई हिन्दू भन्छौं | हामी किन हिन्दू हौँ ? भनेर कसैले प्रश्न गर्यो भने उत्तर छैन | न बाबुसंग छ, न आमासंग, न हजुरवा-हजुरआमासंग नै | एस्तो परिस्थितिमा “हिन्दूधर्म जोगिएन” भन्नु हास्यास्पद हुनेछ | यसका लागि हामीले आफ्नो परिवारसंग बसेर ‘बेद, पुराण, पुनर्जन्म, आत्मा, परमात्मा, स्वर्ग, नर्क, कर्म”आदिमा विश्वास गर्ने र “गाई, महिला, तुलसी, शालीग्राम, मन्दिर, गुरू, मातापिताआदिलाई भगवान् सरह आस्था गर्ने हिन्दू हुन्छन्’ भन्ने न्यूनतम जानकारी हुनैपर्छ | शास्त्रहरूले ‘धृति, क्षमा, दम, अस्तेय, शौच, इन्द्रीय निग्रह, धी:, विद्या, सत्य तथा अक्रोध” यी दशबाट लक्षण सनातन धर्मका हुन्छन्’ भन्ने जानकारी दिन कुनै असजिलो छैन | हामी नेपालीहरूको दूर्भाग्यनै भन्नुपर्छ, हाम्रो सरकारले धर्म-संस्कृतिको शिक्षा दिने न्यूनतम ब्यबस्था पनि गरेको छैन | हामीले पनि मांगेका छैनौं |

हिन्दू धर्म ब्यबहारिक धर्म हो | हरेक हिन्दूहरूले जन्मदेखि मरणसम्म धार्मिक आचरण गर्नुपर्छ | बच्चा जन्मे लगत्तै सूतक लाग्छ | छ दिनमा विधाताको पूजा हुन्छ | नवौं वा एघारौं दिन नामकरण संस्कार हुन्छ | बालबालिका तिथि-मितिअनुसार नक्षत्रका आधारमा नाम राखिन्छ | चूडाकरण, ब्रतवन्धआदि पन्ध्र संस्कारहरूले व्यक्ति संस्कृत हुन्छ | मृत्युपछि पुन: मृत्युसंस्कार पनि हुन्छ | अनि, हरेक वर्ष दूईपटक श्राद्ध पनि गरिन्छ | यस बाहेक असंख्य सम्प्रदाय तथा रितिरिवाजहरू पनि प्रचलित छन् | जन्माष्टमी, तीज, फागु-पूर्णिमा, दशैँतिहार इत्यादि चाडवाडहरू पनि धर्मकै अंग हुन् | यी चाडवाडहरूसंग जोडिएका आध्यात्मिक, धार्मिक तथा सामाजिक मान्यताहरू जोडिएका हुन्छन् | ती विषयमा पनि हामी र हाम्रो बालबालिकालाई ज्ञान हुनुपर्छ |

वैदिक-धर्म तथा संस्कृतिप्रति गर्व
कुनै पनि जाति र देशको पहिचान नै त्यसको धर्म, संस्कृति तथा परम्परा हो | हिन्दू धर्मका आधारहरू वेद हुन् | वेदहरू मानवीय सभ्यताका पहिला लिखित दस्तावेज हुन् | बौद्ध, जैन तथा सिख धर्मको जन्म पनि वैदिक संस्कृति भित्रबाट भएको हो | हाम्रा परम्परा र तथा संस्कृति (आधुनिकमतमा) कमसेकम पांचहजार वर्ष प्राचीन छन् | वैदिक परम्पराअनुसार हिन्दू धर्मको आरम्भ भगवान् आफैले गरेका हुन् | हामी मनुष्यहरू ईश्वरका प्रत्यक्ष सन्तान हौँ | कर्म नै हाम्रो पहिचान र व्यक्तित्व हो | मान्छेले जस्तो कर्म गर्छ, त्यसैअनुसारको उसको जात हुन्छ | छुवाछुत हिन्दूहरूविचको रूढ़ी हो |

देवीदेवताहरू, सम्प्रदायहरू, मठमन्दिरहरू, चालचलनहरू हाम्रा गौरव हुन् | हामीले परोपकारलाई सबैभन्दा ठूलो पुण्य ठान्छौं | महिलालाई देवी ठानेर पूजा गर्छौं | पशुपक्षी, रुख, हावा, आगो, पानी तथा आकाश समेत हाम्रो लागि सम्मानका विषय हुन् | स्वधर्मी हुन् वा विधर्मी हाम्रो लागि सबै पूजनीय छन् | हामी मुस्लिम, इसाई तथा यहुदीहरूलाई समेत पवित्र धर्मका रूपमा स्वीकार गर्छौं | यो हाम्रो सबैभन्दा महत्वपूर्ण दृष्टिकोण हो | लाखौं संस्कृत ग्रन्थहरू, लाखौं सम्प्रदायहरू, चालचलनहरूमा हामी गर्व गर्छौं | यसरी हिन्दू हुनुनै गर्वको विषय हो | लाखौंवर्ष प्राचीन आफ्नो धर्म र संस्कृतिमा हामीले गर्व नगरे कसले गर्छ ?

बौद्धिक प्रतिकार
हामीले धर्मपरिवर्तनकारीसंग बौद्धिक प्रतिकार (शास्त्रार्थ) गर्न सक्नुपर्छ | बौद्धिकप्रतिकारका लागि हामीमा आफ्नो धर्म तथा संस्कृतिको ज्ञान तथा आचरण हुनुपर्छ | साधनारहित व्यक्तिको आत्मबल हुँदैन | यदि तपाईं पूर्णसाधना गर्न सक्नु हुन्न भने कमसेकम स्नान गरेर १०८ पटक गायत्री मन्त्र जप्न सकिन्छ | माला समातेर जप्नुपर्छ भन्ने छैन, हातका औलामा गनेर पनि जप्न सकिन्छ | यसैगरी, हामीले कमसेकम गीता पढेको हुनुपर्छ | यस बाहेक हिन्दू धर्मका विषयमा जानकारी दिने साहित्यहरू पढेको हुनुपर्छ | यी सबैभन्दा महत्वपूर्ण विषय : हामीमा आफ्नो हिन्दू धर्म, ऋषिमुनि, शास्त्र तथा रितिरिवाजप्रति गर्व हुनुपर्छ | तव मात्र, हामीले आफ्नो घरमा प्रचारप्रसार गर्न आएका धर्मपरिवर्तनकारी व्यक्तिहरूसंग प्रतिकार गर्न सक्छौं |

साधना नगर्ने र हिन्दूधर्मका विषयमा पढ्न नरुचाउने वा नपढ्ने व्यक्तिहरू सजिलै विधर्मीको जालमा पर्छन् | आजभोली बजारमा, यु-ट्युवमा, वेभसाइटहरूमा हिन्दूधर्म सम्वन्धि प्रसस्त सामग्रीहरू छन् | ती सामग्रीहरूबाट साभार गरेर अथवा आफै तयार गरेर स-साना हिन्दू धर्मको विषयमा जानकारी दिने पुस्तिकाहरू छपाउनु पर्छ | ती साहित्यहरू आफ्नो बालबच्चा पढ्ने विद्यालय, पाठशाला वा अन्य सार्वजनिक ठाउँमा वितरण गर्नुपर्छ | हिन्दू धर्मका विज्ञहरूलाई बोलाएर प्रवचन सुन्नुपर्छ 
क्रमशः

Copyright Article 

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...