Saturday, August 12, 2023

हिन्दू हुनुको गौरव

 मलाई एउटा हिन्दू परिवारको अङ्ग हिन्दू हुनु गौरवको कुरा भने यहुदी, इसाई, मुस्लिम, जैन, बौद्ध, शिख हुनु पनि त्यत्तिकै गौरवको कुरा हो | आफु जन्मेको, हुर्केको, सिकेको परिवेश धेरैजसोलाई प्रिय पनि लाग्छ | तर यदि सम्बन्धित परिवेशले शारीरिक, मानसिक तथा बौद्धिक स्वतन्त्रताको सम्मान गर्दै, लिंगका आधारमा, जन्मका आधारमा, भाषाका आधारमा, भूगोलका आधारमा, विश्वासका आधारमा वा रुपरंगका आधारमा विभेद गर्छ भने मान्छेको चित्त दुखिरहेको हुन्छ | भित्रभित्र अपमानबोधले छटपटाई रहेको हुन्छ | यस्तो छटपटाहटले विद्रोह निम्त्याउछ | सचेत रहनुपर्छ केही विद्रोहहरू प्रायोजित तथा लोभलालच तथा संस्कृति र सभ्यतालाई नष्ट गर्ने दृष्टिकोणबाट संचालित हुन्छन् |

फेरी पनि भन्छु, मैले एउटा विनम्र सनातनी हिन्दूका रूपमा कुनै लाजलाग्दो वा अपराधबोध हुने काम गरेको छैन | केही अपवाद बाहेक विश्वको धेरै हिन्दुजनसंख्या मजस्तै निर्दोष छ | हिन्दुहरू विश्वको जुनसुकै भागमा फैलिएका भए पनि तेस ठाउँको संस्कृति, परम्परा, भाषा तथा राष्ट्रियतालाई सहजमा स्वीकार गरेर ती समुदायहरूसंग मिलेर बसेका छन् | आज विश्वको कुनै पनि हिन्दू व्यक्तिलाई अतिवादी तथा आतंकवादी वा अराजकतत्व भएको प्रमाणित गर्न सकिन्न तर आरोप लगाउनेहरूको मुख थुन्न सकिन्न र धेरैजसो आरोप लगाउनेहरू ती समुदायका सदस्य हुन्छन्, जुन समुदायहरू नितान्त एकलकाटे र विश्वको विविधतासंग मिल्न सक्दैनन् | यी विचारलाई स्वीकार गरेर "अधिकारको जामा" पहिर्याउनेहरू राजनैतिक नेतित्व पनि साम्यवाद वा समाजवादको एकलकाटे चिन्तनका पक्षधर नै भेटिन्छन् |
विकासका क्रममा धेरै थोक हिन्दू-संस्कृतिमा मिसिएका छन् | हिन्दूहरूले मुस्लिम, इसाई, पारसी तथा जैन, बौद्ध सबैसंग केही न केही ग्रहण गरेका छन्, सिकेका छन् | अरू आफुआफु पनि मिलेर नबस्ने र अन्य संस्कृतिसंग सधैं शत्रुतापूर्ण दृष्टिकोण र व्यबहार गर्नेहरूको (इसाई, मुस्लिम, यहुदी र अम्बेदकर ब्रान्डका बौद्ध) प्रभावले गर्दा पछिल्लो समयमा हिन्दूहरूमा पनि अनुदारवादी चरित्रको विकास हुँदैछ | धर्मपरिवर्तनका लागि राजनैतिक शक्तिको प्रयोग गरेर मौलिक संस्कृतिहरू समाप्त परिरहेका समुदाय विरुद्ध यदि हिन्दूहरू असहिष्णु हुँदैछन् भने दोष हिन्दुको होइन एकलकाटे विचार राख्नेहरूको दुराग्रहलाई दिनुपर्छ | उदाहरणका लागि राजनैतिक दुराग्रहले २२ करोड़ जनसंख्या भएको मुसलमान र ९ करोड़ जनसंख्या भएको इसाई समुदाय भारतमा अल्पसंख्यक मानिन्छ भने केवल १ प्रतिशत भन्दा पनि कम जनसंख्या भएकोजैन र पारसी समुदायको लागि कुनै आरक्षण छैन |
पारसी र जैन दूवै धार्मिक समुदायले आफु बाहिरका सम्प्रदायलाई सम्मान गर्छन् र यहुदी, इसाई तथा मुस्लिमहरूझैं बहुसंख्यकसंग विद्रोह गर्न राजनैतिक शक्तिको प्रयोग गर्दैनन् | हिन्दूहरूले सधैं त्याग गर्नु पर्ने तर यहुदी, इसाई र मुस्लिम समुदायले कुनै पनि त्याग नगर्दा पनि आरक्षण प्राप्त हुने र सम्मानजनक सहभागिता हुनुपर्छ भन्दा आलोचित हुनु पर्दा हिन्दूहरूमा विद्रोही स्वभाव जाग्नु स्वाभाविक हुन्छ | हिन्दूहरूले खाडीदेशका मुस्लिमहरूप्रति गुनासो गरेको सुन्न पाइन्न किनभने तेहाका मुस्लिमहरू आफ्नो धर्म, संस्कृतिप्रति समर्पित छन् र हिन्दू, बौद्ध, जैन वा अन्य धर्मप्रति उनीहरूको प्रत्यक्ष सरोकार छैन | एकल बहुमत भएको हुँदा आफ्नो देशमा "उदारवादी" हुने आवश्यकता पनि छैन |
सामाजिक संजालको सघनताले जसरी हिन्दू संस्कृति र सभ्यताहरू विश्वमा फैलिएका छन्, यसले धर्मनिरपेक्षताको खोल ओढेर एकेश्वरवादीहरूको सेवा गर्ने राजनैतिक नेतृत्व र गैरवैदिक एकेश्वरवादीहरू अत्तालिएका छन् | हिन्दू मनको उदारता, प्राकृतिक पन्थ निरपेक्षता र वैश्विक स्वीकार्यताले गर्दा हिन्दूहरूको विश्वभरी बर्चश्व बढेको छ | विगतमा हिन्दु-संस्कृतिका वारेमा सुन्दै नसुनेकाहरू पनि हिन्दुहरूप्रति आकर्षित भएको देख्दा " र यो विश्व सबैको साझा गूंड हो भन्ने मूर्ति पूजक" समुदायसंग वेखुसी छन् | हिन्दूहरूको सर्वस्वीकार्यता बढ्दै गर्दा अब्राहमिक र अब्राहमिक पृष्ठभूमिमा विकसित भएका राजनैतिक शक्तिहरू एकठाउँमा उभिएर हिन्दु-संस्कृति मास्न तम्सिएका छन् | धार्मिक सर्वसत्तावादी र राजनैतिक सर्वसत्तावादीहरूको यस्तो एकीकृत प्रयत्नलाई हरेक हिन्दू (मूर्तिपूजक)ले बुझ्नैपर्छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...