Saturday, August 12, 2023

लिभिंग टुगेदरको मृगमरिचिका

 लिभिंग टुगेदरको मृगमरिचिका

विदेशीहरूको नक्कल गर्दै आजभोली नेपाली युवायुवतिहरूमा पनि लिभिंग टुगेदर (विवाह नगरी युवक र युवति पतिपत्नीजस्तै संगै वस्नु) चलन बढेको छ | विभिन्न अनुसन्धानहरूले लिभिंग टुगेदरमा बसेकाहरूले पछि विवाह गर्ने निर्णय गर्दा दाम्पत्य जीवनमा निम्न समस्याहरू पर्ने निक्यौल गरेका छन् :
१. विवाहपूर्व लिभिंग टुगेदरमा रहेका दम्पतिहरुमा विवाह पश्चात एकआपसी संवादमा निकै समस्या देखिने गरेको छ र यस्ता कपलहरुका विचमा मागी विवाह गरेका पतिपत्नी भन्दा आपसमा बढी झगडा हुन्छ (थम्सन एण्ड कोलेला १९९२)
२. डोमोरिस तथा रावले १९९२ गरेको एउटा ठूलो अनुसन्धानले विवाह'पूर्व संगै बसेका युवायुवतिहरूमा वैवाहिक जीवनका लागि आवश्यक पर्ने आपसी सहमति निकै कम हुन्छ जसले विवाहित जीवननै समस्यामा पर्न सक्छ |
३. Axinn & Thornton (1992) अनुसन्धानले अमेरिका, सिंगापुर, अस्ट्रेलिया,क्यानाडा, स्विजरल्याण्डआदि देशमा लिभिंग टुगेदरमा रहेका र पछि विवाह गरेका दम्पतिहरूले अन्यका तुलनामा ५० देखि १००% सम्म डिभोर्स गरेको भेटेका छन् |
४. यसैगरी गरेको एउटा अनुसन्धानमा लिभिग टुगेदरबाट जन्मिएका बालबालिका मध्ये २०% जातिले लिभिग टुगेदर नै रोज्ने र तिनमा पनि औशतन डिभोर्सको रेट चाहिं २०% बढी हुन सक्ने देखाएका छन् |
उपरोक्त खोजका आधारमा विश्वप्रसिद्ध मनोवैज्ञानिकहरू Goldscheider, Thornton, and Young-DeMarco (१९९३) ले निष्कर्ष निकालेका छन् कि "लिभिंग टुगेदरके वैवाहिक जीवनलाई सहज सोच्नु ज्यादै कठीन कार्य हो |
नेपाली समाजमा विवाहसंग डिभोर्सको कल्पना गरिन्न तर संविधानले भने पारचुके गर्ने अनुमति दिएको छ | तेसैगरी नेपाली समाजमा पारचुकेको रेट केवल १% हाराहारीमा हुनुमा पनि विवाह सस्था र त्यसमा बाँधिएका पतिपत्नी दूवैले एकआपसमा त्यागका कारण सम्भव भएको हो |
उपरोक्त अध्ययनले के देखाउंछ भने पारिवारिक जीवनका लागि विवाह महत्वपूर्ण हुन्छ लिभिग टुगेदरले सुखी दाम्पत्यजीवनका लागि सकारात्मक भूमिका खेल्दैन | यदि पति वा पत्नीको वैवाहिक सम्वन्धलाई निरन्तरता दिंदा शारीरिक क्षतिनै पुग्छ भने डिभोर्स उचित हुन्छ तर स-साना कुरामा डिभोर्स गर्ने पचिमा परिपाटीको नक्कलले नेपालीहरूको दाम्पत्यजीवन तहसनहस गर्नुहुँदैन | साथै, लिभिंग टुगेदर वा विवाह गर्नु पूर्व एकअर्कालाई चिन्न यौनजन्य क्रियाकलापले सकारात्मक मदत गर्ने छ भन्ने कुरा पनि सही होइन भन्ने तत्थ्य उपरोक्त अनुसन्धानले सिद्ध गरेको छ |
बाँकी आजका "मोडर्न" युवतिहरुले आफु भन्दा जान्ने अरूलाई ठान्दैनन् तेसैले दु:ख वा सुखको रोजाई उनीहरूका हातमा छाडौं तर असल बाटो देखाउने काम अभिभावकको हो भन्ने कुरा पनि हेक्का राखौं | आफुले जानेको र भोगेको कुरा बोल्नु पर्छ, बताउनु पर्छ तर भीरबाट लडिरहेको गोरुका सवालमा रामराम बाहेक केही भन्न सकिन्न |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...